Friday, December 31, 2010

सरकारद्धारा राष्ट्रसंघलाइ पत्राचार

UN
सरकारले नेपाल स्थीत राष्ट्रसंघिय राजनैतिक मिसन अनमिनको म्याद नथप्न आग्रह गर्दै राष्ट्रसंघलाइ पत्र पठाएको छ । सरकारले माओवादी लडाकुको समायोजन तथा ब्यवस्थापनको काम सेना समायोजन विषेश समितीले गर्ने उल्लेख गर्दै अनिमनको म्याद नथप्न आग्रह सहितको पत्र संयुक्त राष्ट्रसंघमा पठाएको हो । यसअघि हिजो माओवादीले आउँदो जेठ १४ गते सम्मका लागी अनमिनलाइ नेपालमै राख्न आग्रह गर्दै पत्राचार गरेको थियो । माओवादीले सेना समायोजन नहुदाँ सम्म अनमिनको नेपालमा उपस्थीती जरुरी रहेको भन्दै म्याद थपका लागी आग्रह गरिएको पत्र हिजो अनमिनलाइ बुझाएको थियो । 

यद्यपी सरकारले भने आज राष्ट्रसंघलाइ पठाएको पत्रमा सेना समायोज, ब्यवस्थापन तथा शान्ती प्रक्रियाका बाँकी काम सेना समायोजन विषेश समितीले गर्ने जनाएको छ । सरकारको पत्रमा अनमिनले हेदै आएको हतियार सहितको कन्टेनरको सेना समायोन विशेष समितीले निगरानी गर्ने उल्लेख गरिएको छ । साथै सरकारले लडाकु तथा हतियारको अनुगमनका लागी प्रयोग गरेका विभीन्न सामाग्री समेत छाडिदिन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुुभयो । आउँदो बिहीबार बस्ने राष्ट्रसंघिय सुरक्षा परिषद्को बैठकले नेपालमा अनमिनको बर्हिगमनको निणर्य गर्दै छ । राष्ट्रसंघले यसअघि नै नेपालमा रहेको राष्ट्रसंघिय मिसन अनमिनको म्याद नथप्ने संकेत गरिसकेको छ । 

यसैबिच संयुक्त राष्ट्रसङघले नेपालको जारी शान्ति प्रक्रिया जोखिममा रहेको भन्दै चिन्ता ब्यक्त गरेको छ । राष्ट्रसंघका महासविच वान कि मुनले दलहरुबीच सेना समायोजन तथा नयाँ सरकार गठन लगायतका विषयमा सहमिती हुन नसकेको भन्दै चिन्ता जनाउनु भएको हो । अनमिनको समयावधि सकिन लाग्दा पनि माओवादी सेनाका झण्डै १९ हजार लडाकु समायोजन गर्ने चुनौति बाँकी रहेको भन्दै वानले दलहरुबीच समझदारी नभएमा अर्को द्धन्द निम्तिन सक्ने चेतावनी समेत दिनुभएको छ ।

गएराति  राष्ट्रसंघीय सुरक्षा परिषदमा पेश भएको नेपाल सम्बन्धि प्रतिवेदनमा वानले दलीय स्वार्थ र असहमतिलाई थाति राखेर माओवादी सेनाको समायोजन र पुनस्र्थापनाको काम तिब्र रुपमा अघि बढाउन नेपालका राजनीतिक दललाई आग्रह समेत गर्नुभएको छ । अनमिन फिर्ता भएपछि रिक्तताको अवस्था आउन सक्ने र त्यसबेला सेना समायोजन लगायतका विषय टुंगाउन गाह्रो हुने भएकाले अनमिनको म्याद नसकिँदै यस्ता विषय टुंगोमा पुराउनुपर्ने महासचिव वानले सचेत गराउनु भएको छ ।  

राजनीतिक दलहरुले शान्ति प्रक्रियाको विषयलाई हारजितको विषय नबनाएर सबैलाई मान्य हुने समझदारीमा पुग्नुपर्ने वानको भनाइ छ ।  प्रतिवेदनमा दलहरुले गएको सेप्टेम्बरमा अनमिन फिर्ता नहुँदै शान्ति प्रक्रिया पूरा गर्ने सहमति गरेपनि त्यो पूरा नगरेको भन्दै वानले नेपालमा रहेको राजनीतिक अस्थिरताका कारण शान्ति प्रक्रिया समेत संकटमा परेको उल्लेख गर्नु भएको छ । सन् २००७ देखि नेपालमा शान्ति प्रक्रियालाई सघाउन आएको राष्ट्रसंघीय मिसन अनमिनको अवधि आउँदो माघ १ गते सकिँदैछ ।

यता संयूक्त राष्ट्र संघीय राजनीतिक मिसन अनमिन प्रमुख करिन ल्यानग्रेनले राजनीतिक दलहरुले अनमिन फिर्त अघि नै सेना समायोजन लगायतका विषयमा स्प्ष्ट हुनपर्ने बताउनु भएको छ ।  राजधानीमा आज आयोजित कार्यक्रममा अनमिन प्रमुख ल्यानग्रेनले नेपालका राजनीतिक दल र सरकारले अनमिनलाई दिएको सीमित म्याण्डेटलाई पूरा गर्न अनिमन सफल भएको दावी समेत गर्नुभयो । उहाँले माओवादीले अनमिनको कार्यकाल थप गर्न आग्रह गर्दै राष्ट्र सङ्घमा पत्राचार गरेपनि सबैको सहमति नभएसम्म म्याद थपको सम्भावना नरहेको बताउनुभयो । लनग्रेनले सरकारले यसअघि अन्तिम पटक म्याद थपगर्न प्रस्ताव गरेका कारण अनमिन फिर्ताको तयारीमा रहेको स्पष्ट पार्नुभयो । अनमिनको म्याद थप्ने निर्णय सुरक्षा परिषद्ले गर्ने भएका कारण म्याद थपका विषयमा आफुले केही भन्न नसक्ने बताउनुभयो । 

राष्ट्रसंघिय सुरक्षा परिषद्को बैठकमा भाग लिन लनग्रेन भोली न्ययोर्क प्रस्थान गर्दै हुनहुन्छ । 

प्रधानमन्त्री नेपाल

प्रधानमन्त्री माधव कुमार नेपालले एकीकृत नेकपा माओवादीले सैन्य चिन्तन नत्यागेका कारण मुलुकमा शान्ति सुब्यवस्था कायम हुन नसकेको बताउनुभएको छ । गोरखाको खोप्लाङ गाविसमा माओवादी कार्यकर्ताको आक्रमणमाट घाइते भएका एमाले कार्यकर्ता देवराज श्रेष्ठको स्वस्थ्यअवस्था बुझ्न राजधानीको बासवारी स्थित न्युरो अस्पताल पुग्नुभएका प्रधानमन्त्री नेपालले माओवादीले सैन्य सोच र चिन्तन नत्यागेको आरोप लगाउनुभएको हो ।

माओवादीले हतियारको भरमा एकदलिय शासनब्यवस्था लाद्न खोजेको भन्दै उहाले माओवादीको सबै दलले भण्डाफोर गर्नुपर्ने बताउनुभयो । घटनाको छानविन गरि संलगन माओवादी कार्यकर्तामाथि कार्वाही गर्ने प्रतिवद्धता समेत उहाले जनाउनुभएको छ । सञ्चारकर्मीको जिज्ञासामा उहाले आफूले राजीनामा दिएको ६ महिनासम्म पनि सरकार निर्माण हुन नसक्नु आफ्नो कमजोरी नभएको बताउनुभयो । नया“बर्ष सन् २०११मा नया सरकार निर्माण हुने प्रधानमन्त्रीको अपेक्षा थियो । 

गत मंगलबार यातायात रुट सम्वन्धि विवादमा दुई यातायात ब्यवसायी बीच भएको झडपमा एमाले गोरखा क्षेत्र नं २ का सह–इन्चार्ज श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेको थियो । एकीकृत नेकपा माओवादीले भने घटनामा आफ्नो संलग्नता अस्विकार गरेको छ ।

तमलोपा फूट्यो

संविधानसभाको छैटौं ठूलो दल तराई मधेश लोकतान्त्रीक पार्टी विभाजित भएको छ । पार्टी महामन्त्री महेन्द्र यादव सहित ९ जना सभासद्ले मतलोपा परित्याग गरि तमलोपा नेपाल नामको नया“ पार्टी गठन गरेका छन् । दल त्यागसम्बन्धी उनीहरुको प्रस्तावमा समामुखले आजै स्वीकृत गर्नुभएको छ । नया“ पार्टीको नेतृत्व उद्योगमन्त्रीसमेत रहनुभएका महेन्द्र यादवले गर्नुभएको छ । तमलोपा त्याग गरि नया“ पार्टी प्रवेश गर्नेमा तमलोपाका सहमहामन्त्री तथा उद्योग सहायक मन्त्री गोविन्द चौधरी, सभासदहरु रामबहादुर चौधरी, अरविन्द शाह, सलाउद्दीन मुसलमा, चन्दन शाह, सुमित्रादेवी राय यादव, रमणी राम र उर्मिला महतो कोइरी रहेका छन् । ४० प्रतिशत सभासद्ले हस्ताक्षर बुझाएमा संविधानसभा नया“ पार्टी गठन हुनसक्ने ब्यवस्था छ । संविधानसभामा मतलोपाका २० सभासद् थिए । उनीहरुले पार्टी नेतृत्वले मधेश आन्दोलनलाई उपेक्षा गरेको, पार्टीमा आफूहरुलाई अधिकार नदिएको, ७ महिनासम्म पनि केन्द्रीय कमिटी बैठक नबोलाएको, विभाग गठन नगरेका कारण आफूहरु नया“ पार्टी गठन गर्न बाध्य भएको बताएका छन् । 

विभाजनपछि तमलोपा २० सिटवाट ११ मा झरेको छ । यो संगै संविधानसभामा दलको संख्या २८ पुगेको छ । 

भट्टराईलाई कारबाही हुदैन

एकिकृत नेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टिले कारबाही गर्ने चर्चा चलिरहकै बेला अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले त्यसको प्रतिबाद गर्दै भट्टराईलाई कारबाही नहुने स्पष्ट पार्नुभएको छ । आज राजधानीको एक कार्यक्रममा उपाध्यक्ष प्रकाशले बाहिर आएको हल्लाको प्रतिवाद गर्देै भट्टराई लाई कारबाहीको कुनै सम्भावना नरहेको बताउनु भयोे । पार्टिभित्र भिन्न बिचार आएकै भरमा कसैलाई कारबाही नहुने भन्दै कारबाही भन्दा पनि फरक बिचारहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा पार्टिभित्र छलफल भईरहेको प्रकाशले जानकारी दिनुभयो । उपाध्यक्ष भट्टराईले पार्टि अनुसाशन बिपरित अभिव्यक्ती दिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो स्थाई समितीको बैठकमा भट्टराईलाई कारबाहीको प्रस्ताव पेश गरेको समाचार बिभिन्न सञ्चार माध्यममा सार्वजानिक भएका थिए । 

उपाध्यक्ष प्रकाशले व्यवस्थापिका संसदको आगामी अधिबेशनले मुलुकलाई नयाँ सरकार दिने बिश्वास व्यक्त गर्दै आफ्नो पार्टि संबिधान सभाको सबैभन्दा ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्नुपर्ने दाबी गर्नुभयो । उपाध्यक्ष प्रकाशले कांग्रेश र एमालेले मिलेर सरकार गठन गरेपनि आफु प्रतिपक्षमा बस्न तयार रहको स्पष्ट पार्नुभयो ।

तारा क्यासिनोका प्रमुख सुवेदीलाइ थप ३ दिन थुनाका लागी म्याद थप 

राजस्व छलि गरेको आरोपमा हिजो पक्राउ परेका तारा क्यासिनाका व्यवस्थापक मनोज सुबेदीलाई थप अनुसन्धानको लागि तिन दिनको म्याद थपिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौको बिशेष टोलीको नियन्त्रणमा रहेका सुवेदीलाई थप अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौले अनुमति दिएको हो । काठमाडौंको बौद्धस्थित होटल हायतमा रहेको तारा क्यासिनाले राजस्व छली मात्रै नभई नेपालीहरुलाई समेत प्रबेश गराएको अभियोग छ । राजस्व छली गरी नेपालीलाई क्यासिनोमा प्रवेश गराई मुलुकलाई नै चुनौती दिएकोले ब्यवस्थापक सुवेदीलार्ई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख रमेश खरेलले बताउनु भयो । सुवेदीलाई राजस्व छली र जुवा ऐन अन्र्तगत मुद्दा दर्ता गरिने एसपी खरेलले बताउनुभयो । अनुसन्धानपछि उहाँलाई कारबाहीका लागि राजस्व अनुसन्धान बिभाग बुझाइने प्रहरीले बताएको छ ।

माओवादीका कारण संविधान निर्माणका विलम्ब – उपेन्द्र यादव

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत नेकपा माओवादीका कारण संविधान निर्माणमा विलम्ब भएको आरोप लगाउनुभउको छ । रिपोर्टस क्लब पर्साले आज वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले माओवादीले लोकतान्त्रिक संविधान लेख्न नचहेकाले संविधान लेखन कार्य अघि नबढेको आरोप लगाउनुभएको हो । माओवादीले मुलुकमा एकतन्त्रीय शासन लाद्न खोजेको भन्दै माओवादीको यो सपना कपादी पूरा नहुने स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले तीन ठूला दलको सत्ता मोहका कारण नया“ सरकार बन्न नसकेको टिप्पणी गर्नुभयो । यस्तै अवस्था रहे मुलुकमा ठूलो संकट निम्तिने चेतावनी उहा“को थियो । 

यता एकिकृत नेकपा माओवादीका नेता कृष्ण वहादुर महराले एकले अर्कालाई वाधक देख्ने प्रवृत्तिका कारण गतिरोध लम्विएको वताउनु भएको छ । दाङको घोराही स्थित वाल विकास निम्न माध्यामिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा वोल्दै नेता महराले प्रत्यक दलहरुको सोच फरक फरक भएका कारण मुलुकले निकास पाउन नसकेको वताउनु भयो । फरक विचारधारालाई अन्त्य गरी राष्ट्रियताका लागी दलहरुले नयाँ प्रतिवद्धता गर्नुपर्ने नेता महराको भनाई छ । 

कागे्रसको मेलमिलाप दिवसः

आज पुष १६ गते, नेपाली कग्रेशले आजको दिनलाई ३५ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिबसको रुपमा मुलुकभर बिभिन्न कार्यक्रम गरि मनाएको छ । मेलमिलाप दिबसको अबसर पारेर कग्रेशले आज देखि तीन महिना सम्म जागरण अभियान पनि सुरु गरेको छ । 

बिस २०३३ साल पुस १६ गते आजकै दिन स्वर्गीय नेता बीपी कोइरालाको नेतृत्वमा कग्रेशका नेताहरु गणेशमान सिह र शैजला आचार्य सहित काग्रेश कार्यकर्ता मेलमिलापको निती लिएर भारत बाट स्वदेश फर्कनु भएको थियो । कग्रेशले त्यहि दिन देखि पुष १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिबसका रुपमा मनाउदै आएको छ ।

मेलमिलाप दिबसको अबसर पारेर आज ७५ वटै जिल्लामा एक साथ कार्यक्रम गरेर तीन महिने जागरण अभियान सुरु गरिएको कग्रेशले जनाएको छ । दिगो शान्ति, लोकतान्त्रिक सबिधान र सवल राष्ट्रियता हामा्रे अभियान भन्ने नारा सहित कग्रेशका नेताहरु जिला पुगेका हुन् । पार्टीका सबै केन्द्रीय नेताहरुलाई जिल्ला जिल्लामा खटाइएको र तीन महिना सम्म जिल्ला नगर, गाउँ र वडा इकाइमा बिभिन्न कार्यक्रम गरिने मुख्य सचिब बसन्त गौतमले जानकारी दिनु भयो ।

मेलमिलाप दिवसका अवसर पारेर आयोजित कार्यक्रममा सहभागी हुन कग्रेश सभापति शुशिल कोइराला बिराटनगर बरिष्ट नेता शेर बहादुर देउवा चितवन तथा ससदीय दलका नेता राम चन्द्र पौडेल सप्तरी पुग्नु भएको थियो । त्यस्तै नेता भीमबहादुर तामाङ सर्लाही, महामन्त्री प्रकाशमान सिंह काभ्रेपलाञ्चोक, कोषाध्यक्ष चित्रलेखा यादव ललितपुर, पूर्वमहामन्त्री विमलेन्द्र निधि कास्की र नेता अर्जुननरसिंह केसी नुवाकोटको कार्यक्रममा सहभागी हुनुभएको छ । 

यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी मेलमिलाप हुन नसकेका कारण नै संबिधान सभामा कांग्रेश दास्रो स्थानमा आएको स्विकार गर्नुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा नेता देउवाले पार्टि भित्र मेलमिलापको आवश्यको रहेको बताउनु भयो । उहाले पार्टि भित्र मेलमिलापको संस्किृति सरु गर्न नेताहरुलाई अग्रह समेत गर्नुभयो । 

खड्ग बहादुर बिश्वकर्मा

पुर्व मन्त्रि एंब एकिकृत नेकपा माओबादीका पोलिटव्युरो सदस्य खड्ग बहादुर बिश्वकर्माले प्रहरीले आफ्नो गाडी गैरकानुनी रुपमा पक्राउ गरेको आरोप लगाउनु भएको छ ।  राजधानीमा आज पत्रकार सम्मेलन गर्दैै उहाले सो गाडी चोरीको नभएको स्पष्ट गर्नुभयो । गाडीको बिवरण गलत दर्ता भएको उल्लेख गर्दैै पूर्वमन्त्रि बिश्वकर्माले गाडीको बिबरण संशोधन गर्ने क्रममा रहेको जानकरी दिनुभयो । उहाले गाडीको चेसिस नम्बर र ईन्जिन नम्बर फरक पर्न गएकोले सो गाडी पक्राउमा परेको बताउनु भयो । गाडीको चेसिस नम्बर र ईन्जिन नम्बर संशोधन गर्न गत साल असार १७ गते सरकारको निर्णय अनुसार पूर्वमन्त्रि बिश्वकर्माले चढेको गाडीको बिवरण संशोधन गर्न शान्ति मन्त्रालयले यातायात मन्त्रालयमा पठाएको पत्र समेत उहाले पत्रकार सम्मलेनमा पेश गर्नुभएको थियो ।  हिजो साँझ राजधानीको गौशालाबाट उहा चढेको गाडीको चोरीको गाडी भएको आशंकामा प्रहरीले पक्राउ गरेको थियो । 

पर्साका सबै सरकारी कार्यालय बन्द

कर्मचारीमाथि भएको कुटपिटको विरोधमा कर्मचारी संगठनहरुले पर्साका सबै सरकारी कार्यालय आज एक दिनका लागि बन्द गरेका छन् । मालपोत कार्यालय पर्साका कर्मचारीलाई कुटपिट गरेको विरोधमा जिल्लाका ७ वटा कर्मचारी संगठनले आज जिल्लाका सबै कार्यालय बन्द गरेका हुन् । बन्दका कारण जिल्ला विकास समिति, वीरगन्ज उपमहानगरपालिका, वीरगन्ज भन्सार, जिल्ला मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला अदालत, भूमिसुधारलगायतका सरकारी कार्यालयको कामकाज ठप्प भएका थिए ।

उता शान्ति सुरक्षाको माग गर्दैे उद्योग बाणिज्य सघ नेपालगजले पनि आज सम्पुर्ण बजार तथा पसल बन्द गराएको छ । नेपालगञ्जको पुष्पलालचोक स्थित गौरी शकर हार्डवेयरमा केहि दिन अघि भएको बम बिष्फोटको घटनाको बिरोधमा सघंले बजार ब्यबसाय बन्द गरिएको जनाएको छ । बन्दका कारण त्यहाँको जनजीवन आज दिनभर प्रभावित बन्यो भने शैक्षिक प्रतिष्ठान, कलकारखाना, साना तथा ठूला पसल समेत बन्द भएको हाम्रा सहकर्मीले जानकारी दिएका छन् ।

चिसोबाट एकको निधन

बाराको  निजगढबाट तीर्थयात्री लिएर गोरखाको मनकामना जान आउदै गरेको तिर्थयात्री सवार बस चितवनको भरतपुर स्थीत मिलनचोकमा आज दिउसो दुर्घटनाग्रस्त हुदा ३ महिने शिुसुको  मृत्यु भएको  छ । दुर्घटनामा परी २२ जना घाइते भएका छन। ना ३ ख १६३३ नम्मरको तिव्र गतीमा रहेको बस चालकले नियन्त्रण गुमाउदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा मकबानपुर घर भएका ३ महिनाका शिसु सुजन तामाङ रहेका छन घाइतेमध्ये १६ जनाको भरतपुर अस्पताल र एक जनाको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

यस्तै चिसोले कठ्याङ्ग्रिएर रुकुमको चुनवाङमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुनवाङ–२ गहुँकम्दका ३५ वर्षीया टीकाराम पुन रहका छन् । 

पर्यटन बर्ष २०११ को शुभारम्भ ¥याली सम्पन्न

NEPAL TOURISM YEAR 2011
नेपाल पर्यटन बर्ष २०११ को पुर्वसन्ध्यामा आज नेपाली होटल व्यवसायी संघ र काठमाडौ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको सयुक्त आयोजनामा मोटरसाईकल ¥याली सम्पन्न भएको छ । ¥यालीको पर्यटन मन्त्री शरदसिंह भण्डारीले एक भव्य कार्यक्रमकाबीच समुदघाटन गर्नुभएको छ ।  मन्त्री भण्डारीले पर्यटन वर्ष मनाउनका लागि सवै नेपालीले मन मनवाट पर्यटकलाई स्वागत गर्दैै नेपाली संस्कृति झल्काउनका लागि आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बर्ष २०११ को अभियानलाई सफल बनाउन यो ¥यालीको आयोजना गरीएको नेपाली होटल व्यवसायी संघका अध्यक्ष अमृत भुजेलले जानकारी दिनुभयो । विहान ११ बजे शुरु भएको ¥याली ५ सय भन्दा बढी मोटरसाईकल तथा गाडिसहित राष्ट्रिय पोषाकमा निस्केको थियो । ¥याली मित्रनगर, बालाजु दुरसंचारबाट प्रारम्भ भै बालाजु चोक, स्वयम्भू चोक, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, कान्तीपथ, दरबारमार्ग, घण्टाघर, पर्यटन बोर्ड, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, एयरर्पोट, गौशाला चावहिल हुदै महाराजगंज हुदै पुन ः बालाजुमा गएर टुंगिएको थियो ।

आयोजक संस्थाले पर्यटन बर्षको शुभारम्भ स्वरुप भोली जनवरी १ मा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उत्रने स्वदेशि तथा विदेशि पर्यटकलाई भव्य स्वागत गर्ने कार्यक्रम पनि राखेको जानकारी दिएको छ । 

No comments: