Friday, December 31, 2010

नयाँ बर्षमा नयाँ अठोट

नयाँ बर्षमा नयाँ अठोट

पछिल्लो समयमा नेपालमा पनि विदेशी नयाँ बर्ष मनाउने प्रचलन बढेको छ । विदेशी पर्यटकको आगमन सँगै नयाँ संस्कृती भित्रीएपछि नेपालमा विक्रम सम्बत् भन्दा पनि इस्वी सम्वत् लोकप्रिय भएको हो । पर्यटकहरुलाइ आकर्षित गर्न विभीन्न विदाका प्याकेज कार्यक्रम अन्तरगत भित्रिएको नयाँ बर्ष आज सम्म आइपुग्दा नयाँ स्वरुपमा नेपालीहरु माझ समेत लोकप्रिय बनेको छ । नेपाल सरकारले समेत अन्तराष्ट्रिय मुलुकसँग समन्वय गर्न सहजताका लागी विदेशी मिती तथा बर्षलाइ मान्यता दिएपछि त झन् नेपालमा विदेशी बर्ष औपचारिक रुपमा भित्रीएको छ । नेपालीहरु बिच नयाँ बर्षलाइ स्वागतका लागी पोखरा, ठमेलमा भेला हुने तथा रमाइलो गर्ने प्रचलन पछिल्लो समयमा वृद्धि भएको छ । पर्यटकिय नगरी पोखरा तथा ठमेलमा नयाँ बर्षलाइ स्वागत गर्नेको भिड लाग्ने गरेको छ । यसका लागी नयाँ बर्षको पूर्व सन्ध्यामा पोखरा तथा ठमेल झकिझाकाउ पारिएको छ । 

यता नेपालीहरु माझ भने नयाँ बर्षमा नयाँ अठोट गर्ने प्रचलन रहँदै आएको छ । नयाँ बर्षबाट केही पुराना नराम्रा बानीहरु छाडेने अठोट तथा केही नयाँ तथा बाँकी काम पुरा गर्ने अठोट गर्ने प्रचलन रहेको छ । र यो ब्लगको अठोट रहेको छ कि सदैव नयाँ सुचना तथा समाचार पोस्ट गरिरहने । हामी नयाँ बर्ष सँगै नयाँ नयाँ सुचनालाइ छिटो भन्दा छिटो तथा दुरुस्त समस्त तपाइहरु माझ ल्याउने बाचा गछौँ । मनोज (स्मार्ट)

No comments: