Sunday, December 26, 2010

मन्त्रीपरिषद्द्धारा लडाकु विषेश समितीमा आए मात्र नियमीत अधिवेशन बालाउने निणर्य

सरकारले माओवादी शिविरमा रहेको लडाकुलाई विषेश समिति मातहातमा ल्याए पछि मात्र संसदको अधिवेशन बोलाउने निर्णय गरेको छ । 

NEPAL GOVERNMENT OFFICE
सेना समायोजन प्रक्रिया लम्बीन सक्ने भएकोले तत्काल एकीकृत माओवादी आफ्ना लडाकुलाई विषेश समिति मातहातमा ल्याउन सहमति नभएसम्म अधिवेशन बोलाउन नसकिने समेत सरकारले ठहर गरेको छ । लडाकुलाई विषेश समितिमा ल्याउने र ससद अधिवेशन बोलाउने कार्य संगसंगै हुन्छ बैठक पछि सरकारका प्रवक्ता एवं सचारमन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो । यसबारेमा भोलि प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेर टुङ्गो लगाउने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । सरकारले राष्टसंघीय मिसन अनमिनको म्याद थप नगर्ने निर्णय पनि गरेको छ । नेपालले यसअघि नै राष्टसंघसमक्ष अन्तिम पटकको लागि म्याद थप गर्न लागिएकोले अब अनमिनको म्याद थप गर्न नसकिने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो ।

मन्त्रीपरिषद बैठकले राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा गोपाल काफ्ले र महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै रक्षामन्त्री विद्यादेवी भण्डारीको अध्यक्षतामा तीन सदस्यीय रक्षा निर्देशन समिति गठन गरेको छ ।

बैठकले नागरिक राहत तथा क्षतिपूर्ति समितिको म्याद थप गर्नुका साथै जिविस, गाविस र नगरपालिकाको कार्यविधि र एचआइभी÷एड्स रोगसम्बन्धी राष्ट्रिय नीति–२०६७ लाई सैद्धान्तिक सहमति दिने निर्णय बैठकले गरेको छ । यसैगरी बैठकले मकै अनुसन्धान आयोजना अन्तर्गत स्वीस सरकारबाट प्राप्त हुने रु. २७ करोडको सहायताका लागि स्वीकृति प्रदान गर्नुका साथै सार्कस्तरीय अनुसन्धान केन्द्र स्थापनाका लागि पनि स्वीकृति दिएको छ ।

बैठकले सेनाका सहयाक रथी डा गम्भीरलाल राजभण्डारीलाइ प्राविधीक उपरथीमा बढुवा गरेको छ । त्यस्तै उपरथी नरेश बस्नेतको दुइबर्ष कार्यअवधि समेत थप गरेको छ । यसैगरी प्रहरी अतिरिक्त महानिरीक्षक मदन खड्कालाइ मानब संशाधन तथा अर्का अतिरिक्त महानिरीक्षक रविन्द्र प्रताप शाहलाइ कार्यविभागको जीम्मेवारी दिएको बताउनुभयो  । 

प्रधानमन्त्रीद्धारा राज्यमन्त्री संञ्जय कुमार साह पदमुक्त

भोतिक योजना तथा निमार्ण राज्य मन्त्री सञ्जय कुमार शाहलाइ मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को सिफारिसमा प्रधानमन्त्री माधव कुमार नेपालले पदमुक्त गर्नु भएको छ ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा ८ को खण्ड ‘ग’ बमोजिम साहलाई पदमुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । संविधानको धारा ३८ को उपधार ८ ‘ग’ मा ‘सम्बन्धित दलसँगको सिफारिस वा सम्बन्धित दलसँगको सल्लाहमा प्रधानमन्त्रीले निजलाई पदमुक्त’ गर्नसक्ने प्रावधान रहेको छ । फोरम लोकतान्त्रीकले राज्यमन्त्री साहले पार्टि फुटाउँदै ‘मधेस क्रान्ति फोरम’ नामक सङ्गठन घोषणा गरेपछि उनलाइ पदमुक्त गर्न सिफारिस गरेको थियो । 

विशेष अदालतद्वारा कंशकारलाइ १५ दिनभीत्र उपस्थित गराउन निर्देशनः 

विशेष अदालतले नेपाल वायुसेवा निगमकालागि नयाँ विमान खरिद प्रकरणमा भष्ट्राचारको आरोप लागेका कार्यकारी अध्यक्ष सुगतरत्न कङ्साकार लगायत छ जनालाइ बयानकालागि १५ दिनभीत्र उपस्थित हुन निर्देशन दिएको छ । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश शर्मा र केदारप्रसाद चालिसाको इजलासले उनीहरूलाई १५ दिनभित्र अदालतमै उपस्थित भएर बयान दिन निर्देशन दिएकोे अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिनुभयो । 

नेपाल वायुसेवा निगमका लागि दुइवटा जाहाज खरीद प्रकरणमा बिधि नपु¥याइ एअरबस कम्पनीलाइ बैना रकम बुझाएर भ्रष्टाचार गरेको आरोपमा खख्तियारले कङ्साकार, कामु नायब महाप्रवन्धकद्वय राजुबहादुर केसी र गणेश ठाकुर, कामु निर्देशक ज्ञानेन्द्रपुरुष ढकाल, तत्कालीन अर्थ विभागका निर्देशक मयुरशम्शेर राणा र कामु उपनिर्देशक केशवराज शर्माविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दामा विमान खरिद प्रकरणमा बैना स्वरुप बुझाएको झण्डै ५ करोड ७५ लाख बिगो सहित १३ बर्ष कैदको माग गरेको छ । 

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीमा निमार्ण हुन लागेका आकाशे पुलको निर्माण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज काठमाडौ महानगरपालिका र सम्बन्धित मन्त्रालयहरुलाई पत्र लेखेर आकाशे पुलको निर्माण कार्य रोक्न निर्देशन दिएको हो । अख्तियारले आज विज्ञप्ति निकालेर सरोकारवालाहरुस‘ग छलफलमा कमी भएको भन्दै छलफल गरेर मात्र निमार्ण थाल्न आग्रह  गरेको हो । 

अधिवेशन बोलाउनमा भएको ढिलाइप्रति माओवादी आपत्तिः

एकीकृत नेकपा माओवादीले तिन दलिय सहमति विपरित सरकारले नियमित अधिवेशन बोलाउन गरेको ढिलाईको संंकेत प्रति आपत्ती प्रकट गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास नयाँवजारमा आज बसेको स्थायी समिति वैठकले तत्काल नियमीत अधिवेशनको आरम्भ गरि सरकार गठनका लागि दवाव दिने वताइएको छ । माओवादीले सरकारी रवैयाप्रती ३ दलसँग गंभिरताका साथ कुरा उठाउने र सरकार गठनमा सहमतीको प्रयास गर्ने निर्णय गरेको छ । पार्टि प्रवक्ता दिनानाथ शर्माका अनुसार सरकार संग तत्काल अधिवेशन बोलाउन आग्रह गर्ने र अन्य दलहरुसँग पनि सोही अनुरुप छलफलको प्रकृयालाई तिव्रता दिने सहमती भएको छ । वर्तमान.सरकार समर्थित दलहरुले प्रधानमन्त्रीलाई दिएको सुझावले गतिरोध थप लम्विने माओवादीले जनाएको छ ।..तर सत्तारुढ दलहरुको हिजोकोे बैठकले नयाँ सरकार गठन, शान्ति प्रंक्रिया र संविधान निमार्णमा सहमति नभएसम्म संसद बैठक नबोलाउने निर्णय गरेको छ । प्रवक्ता शर्माले सो वारेमा कांग्रेस र एमालेका नेताहरुको धारणा वुझ्ने वताउनुभयो ।

गत बिहीबार प्रमुख तीन दलहरुबीच सरकारले एक साताभित्र संसदको नियमित अधिवेशन बोलाउने सर्तमा माओवादीले विशेष अधिवेशन प्रस्ताव फिर्ता लिएको थियो । माओवादीले अन्मिनको म्याद थपवारे पुरानै अडान दोहोर्याएको छ । सरकारले भोलिदेखि जनसेना लाई विषेश समिति मातहात ल्याउने भनि गरेको प्रचारको पनि सहमती विपरित भएको माओवादीले जनाएको छ । तीन दलको  वैठकमा माओवादी लडाकुलाई विषेश समिति मातहत ल्याउने लगायतका विषयमा छलफल हुने बुझिएको छ । माओवादीले पार्टिको सांगठनिक जिम्मेवाररीके हेरफेरवारेमा आगामि वैठकमा छलफल गर्ने वताएको छ ।

समायोजन सचिवालय

माओवादीका जनसेनाका कमाण्डरहरुले आफूह्रु छाती नापेर समायोजनमा नजाने स्पष्ट पारेका छन् । आफूहरुको शारिरीक तौल र उचाईका आधारमा नभइ दुवै सेना गाभेर राष्ट्रिय सेनामा समाहित हुन चाहेको उनीहरुले बताएका छन् । 

लडाकुहरुको धारणा बुझ्न चितवनको शक्तिखोर शिविर गुगेको सेना समायोजन विशेष समिती सचिवालयका पदाधिकारीहरु समक्ष उनीहरुले यस्तो अडान राखेका हुन् । सो अवसरमा उनीहरुले माओवादी लडाकूलाइ विलिन गर्न खोजिएमा देशमा गृहयुद्ध हुनसक्ने चेतावनी समेत दिएको शिविर स्रोले जनाएको छ । लडाकूहरुस“ग अन्र्तक्रिया गर्नुभन्दा अगाडि नै संचारमाध्यमका लागि समय छुट्याएको समितीले आफूहरु पहिलो भेटघाट र चिनजानका लागि शिविर आएको वताएपनि लडाकूहरुस“ग समायोजनको प्रक्रियाका वारेमा २ घण्टा छलफल गरेको वताइएको छ 

अनमिनवारे राजनैतिक दलहरुवीच विवाद कायमै रहेका वेला समायोजन वा व्यवस्थापन वारेमा लडाकूको धारणा बुझ्न सचिवालयका संयोजक वालानन्द शर्मा नेतृत्वको टोली विहान शक्तिखोरस्थित तेश्रो डिभिजनको मुख्यालय पुग्दा लडाकूका कमाण्डरहरुले यसअघिका पाहुनाहरुलाइ जस्तै फूलमालाले स्वागत गरेका थिए ।

सचिवालयका सयोजक वालानन्द शर्माले  शिविर प्रवेश गर्नुअघि पत्रकारसग कुरा गर्दै सवैभन्दा नजिकको शिवीर शक्तीखोर भएकोले यहिबाट अन्र्तक्रीया सुुरु गर्ने निर्णय भएको बताउनु भयो । अन्तर््क्रियाका दौरान लडाकुहरुको ताजा धारणा,शिवीरभित्रको बसाईं लगायतका विषयहरुमा छलफल गरिने संयोजक शर्माले जानकारी दिनुभयो । विशेष समितीले नै माओबादी लडाकुहरुसग प्रतक्ष्य सम्बन्ध राख्नुपर्ने भएकाले सम्वन्ध विस्तार गर्नकोलागी पनि शिविरपुगी छलफल गर्न थालिएको शर्माको भनाई छ । अनमिन बर्हिगमनको चर्चा चलेपछि तपाइहरुको सक्रीयता बढेको हो भन्ने पत्रकारहरुको जिज्ञासामा शर्माले  अनमिन रहने—नरहने मुख्य विषय नभई समायोजको जिम्मा आफूहरुले पाएकाले आफ्नो जिममेवारमिा सक्रिय भएको धारणा राख्नुभयो । 
माओवादी जनसेनाका डेपुटी कमान्डर बलदेवले भने आफूहरु अनमिनको म्याद थप गर्नुपर्नेमा अडिग रहेको बताउनुभयो । शिविरमा रहेका लडाकुहरुको पनि धारणा म्याद थप गर्नुपर्छ भन्ने नै रहेको उहाँको दावी छ । वलदेवले आफूह्रु शान्ति प्रकिया नटुङीएसम्म अनमिन रहनुपर्छ भन्ने मान्यतामा रहेपनि राजनैतिक दलहरुको सहमतिका आधारमा समायोजन वा पुर्नस्थापनमा जान तयार रहेको वताउनुभयो ।

सो टोलीले सातवटै शिविरमा लडाकूहरुस“ग अन्र्तक्रिया गरी राजनैतिक दलहरुस“ग छलफल गरेर मात्रै निश्कर्ष निकाल्ने समितीका एक सदस्यले वताए ।अनमिन वहिर्गमनको वारेमा माओवादी र इतरका राजनैतिक दलहरुवीच विवाद जारी रहेका वेला सचिवालय समितीले शुरु गरेको लडाकूस“गको अन्र्तक्रियालाइ राजनैतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।

शिवीर पुगेको टोलीमा सहायकरथी महेश विक्रम कार्की , प्रहरीका डिआईजी केश बहादुर शाही र शशस्त्रका डिआईजी सिह बहादुर श्रेष्ठ सहभागी थिए ।यसै गरी माओवादी जनसेनाका डेपुुटी कमाण्डर चन्द्र प्रकाश खनाल वलदेव , कुल बहादुर केसी सोनाम र तेजवहादुर ओली, काग्रेसका शम्भुराम सिखडा, एमालेका गोपाल सिह बोहरा र दिपकप्रकाश भट्ट ,फोरमका रमानन्द मिश्र र सनन्दन प्रसाद कुर्मी लगायत रहेका थिए । 

पेट्रोलियम पदार्थको कारोवार सम्बन्धी कानुन बनाउनुपर्ने सभासदहरुको जोडः 

सभासदहरुले पेट्रोलीयम पदार्थको कारोवार सम्बन्धी ऐन÷कानून नहुदा पेट्रोलीयम पदार्थमा भइरहेको भष्ट्राचारमा संलग्नलाइ कार्वाही गर्न नसकिएको बताएका छन । व्यबस्थापिका संसदको सार्वजानिक लेखा समिति बैठकमा सरोकारवालाहरु संगको छलफलपछि समिति सदस्यहरु सरकारलाइ तत्काल कानून बनाउन निर्देशन दिनुपर्ने निश्कर्षमा पुगेका हुन । उनिहरुले मुलुकभीत्र पेट्रोलीयम पदार्थको माग दिनप्रतिदिन बढेपनि यसको व्यबस्थापनमा जटिलता देखिएको भन्दै व्यस्थितगर्न कानून निर्माण गर्नुपर्ने पक्षमा पुगेका हुन । बैठकमा आपूर्ती मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले आयल निगमले बनाएको नियमाबलीको आधारमा कारोबार भइरहेका कारण अमियमिततामा संलग्नलाइ कार्वाहीको व्यबस्था नभएको बताउनुभयो । सभासद डा प्रकाशचन्द्र लोहनीले अत्यापस्यक सेवासंग गासिएको पेट्रोलीयम ढुवानीमा निगमले आफ्नो संयन्त्र बनाउनु पर्ने बताउनुभयो । सरोकारवाला सबैसंग बृहत छलफल गरिएकोले यसवारे छिट्टै निर्णयमा पुगिने समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । 

यसैबीच, पेट्रोलियम पदार्थमा सहुलियत दिने प्रस्तावले दुरुपयोग निम्ताउने भन्दै अन्य बिकल्पमा जान सरोकारवालाले जोड दिएका छन । लेखा समिति बैठकमा सरोकारवालाले संभव भए ग्यासमा भ्याट छुट दिन वा अन्य विकल्पमा जान सुझाव दिएका हुन । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डेले मट्टितेलमा १० रुपैया सहुलियत दिने प्रस्तावले सदुपयोगको ठूलो रकम दुरुपयोग हुने बताउनु भयो । उहाँले मट्टितेल र डिजेलको दोहोरो मूल्य निर्धारणगर्दा मिसावट बढ्ने भएकोले अन्य विकल्पमा जान सुझाव दिनुभयो । बैठकमा उपभोक्ता महासंघका प्रतिनिधिहरुले भने ग्यासमा दोहोरो मूल्य निर्धारण गरी औद्योगिक प्रयोजन र घरासयी प्रयोजनकालागि छुट्टा÷छुट्टै मूल्य निर्धारणगर्न माग गरेका थिए । 

परराष्ट्र मन्त्रालयले आजबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण सुरु 

परराष्ट्रमन्त्रालयअन्तर्गतको केन्द्रिय राहदानी विभागले आज प्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई पहिलो चरणमा राहदानी उपलब्ध गरायो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रम गरी मन्त्रालयले प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलाई एमआरपी वितरण गरेको हो । 

सोही कार्यक्रममा सर्वसाधारणको तर्फबाट सीएनएन हिरो २०१० की विजेता अनुराधा कोइरालालाई पनि एमआरपी वितरण गरिएको थियो । राष्ट्रपति डाक्टर रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई भने निवासमै पुगेर राहदानी दिने मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रालयले सर्वसाधारणलाई सर्वसुलभ रुपमा एमआरपी पाउने व्यवस्था गर्न गृहमन्त्रालयस“ग छलफल गरिरहेको उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले जानकारी दिनुभयो ।

उहा“ले आगामी दुई महिनाभित्र ७५ वटै जिल्लाका प्रशासन कार्यालयबाट एमआरपी वितरण गरिने बताउनुभयो । आजबाट वितरण गरिएको एमआरपी संवैधानिक अङ्गका लागि रातो, सरकारी कर्मचारीका लागि निलो, सर्वसाधरणका लागि हरियो र ट्राभल भिषाका लागि कालो रङ्गको एमआरपी वितरण गरिएको छ । फ्रान्सको ओबरथर इन्टरप्राइजेज कम्पनीले सरकारलाई ४ लाख एमआरपी बुझाउन पर्ने भएतापनि हाल २ लाख ६० हजार एमआरपीमात्र उपलब्ध गराएको छ ।

हात्ती दौड प्रतियोगिता

चितवनको सौराहामा आजबाट सातौं अन्तर्राष्ट्रिय हात्तीदौड तथा हात्ति महोत्सब शुरु भएको छ । पर्यटन प्रवद्धनका लागी आयोजना गरिएको प्रतियोगिता अन्तर्गत आज भएको पहिलो चरणको दौडमा १२ ओटा हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन् । जोन एडभान्चर होलिडे , फ्रान्सको कर्णाली कली , होटल वाराहि पोखराको चम्पाकली , सिजी फुड्सको व्युटीकली, नेपाल ड्रिम ट्राभल्स चिनको इच्छाकली दोस्रो चरणमा प्रवेश गरेको छ । यस्तै एन एफ एसीको रानीमाया कली , रोवर्ट डङकलन वेलायतको फुलमाया कली , द एक्स्प्लोर नेपालको रुक्सी कली , माउन्ट एभरेष्ट व्रुअरीको वम्वोज कली र कोल्ड फिड वेलायतको पुजाकली पनि दोस्रो चरणमा प्रवेश गरेका छन् । 
सौराहामा रहेको वाघमारा मध्यवर्ती सामुदायीक वनको खेल मैदानमा सुरु भएको प्रतियोगितामा विदेशका ९ सहित २० समुहले भाग लिएका छन् । महोत्सबको पर्यटन तथा नागरिक उड्ययन मन्त्रि शरद सिंह भण्डारीले उद्घाटन गर्नुभयो ।
तीन दलको बैठक

संसदको अधिवेशन बोलाउने विषयमा छलफल गर्न आज बस्ने भनिएको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । नेकपा एमालेका सभासद डम्बर खड्काको निधनका कारण एमाले नेता हरु संखुवासभा जाने भएका कारण बैठक स्थगित भएको बताइएको छ । आज दिउँसो बस्ने बैठकमा नियमित अधिबेशन आब्हान, सरकार निर्माण, अनमिनको म्याद थप लगायतका बिषयमा गम्भिर रुपमा छलफल हुने बताइएको थियो ।  

तीन दल बिच भएको सहमती अनुसार माओबादीले बिशेष अधिबेशन बाट आफ्नो प्रस्ताब फिर्ता लिए पनि सरकारले भने नियमित अधिबेशन आब्हान गरेको छैन । नियमित अधिबेशन अब्हानका लागी प्रधानमन्त्री माधवकुमार नेपालले हिजो गर्नु भएको परामर्शका क्रममा सक्तारुढ दलहरुले प्याकेजमा सहमती पछि मात्र ससद अधिबेशन डाँक्न सुझाब दिएका थिए । सत्तारुढ दलहरुको सो निर्णयसँगै सरकार समर्थित र माओवादीको सम्बन्धमा चिसो बढेको छ । सत्तारुढ दलहरुको सो निर्णयलाई सत्ता लम्बाउने खेल भन्दै माओवादीले आजको तीन दलको बैठकमा सो विषयमा छलफल गर्नै तयारी समेत गरेका थिए ।

नेविसङ्घद्वारा उपत्यकाका सबै क्याम्पसमा एकघन्टे धर्ना 

काठमाडौँ, ११ पुस । नेपाल विद्यार्थी सङ्घले त्रिचन्द्र क्याम्पसमा भएको अनेरास्वियुसँग भएको झडपलाई लिएर प्रहरीले आफ्ना कार्यकर्तामाथि झुठा मुद्दा लगाएको विरोधमा आज उपत्यकाका सबै क्याम्पसअगाडि एकघन्टे धर्ना दिएको छ । गत आइतबार अनेरास्ववियुका वीरेन्द्र रावललाई त्रिचन्द्र क्याम्पस हातामा नेविसङ्घका वीरेन्द्र गिरी र भीमसेन गुरुङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोप लगाएर नेविसङ्घका कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा तत्काल फिर्ता लिनुपर्ने मागसहित सो चक्काजाम गरिएको नेविसङ्घका अध्यक्ष प्रदीप पौडेलले बताउनुभयो । 

नेविसङ्घले त्रिचन्द्र क्याम्पसमा आफ्ना कार्यकर्तामाथि अनेरास्ववियुद्वारा गरिएको आक्रमण, निर्दोष कार्यकर्तालाई झुठा मुद्दा लगाइएको र अनेरास्ववियुलाई राजनीतिक संरक्षण दिइएको विषयलाई लिएर भोलि प्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र बुझाइने पनि अध्यक्ष पौडेलले जानकारी दिनुभयो । आजको चक्काजामका क्रममा त्रिचन्द्रका स्ववियु सचिव हरिश भण्डारीलगायत दर्जनाँै कार्यकर्तालाई प्रहरी नियन्त्रणमा लिएको नेविसङ्घले जनाएको छ । 

यसअघि अनेरास्ववियुले आफ्ना कार्यकर्तामाथि भएको आक्रमणमा संलग्न नेविसङ्घका कार्यकर्तालाई पक्राउ गर्नुपर्ने माग राख्दै गत शुक्रबार १२ बजेसम्मका लागि उपत्यका बन्दको आह्वान गरेको थियो । त्रिचन्द्रमा भएको नेविसङ्घ–अनेरास्ववियुबीचको विवादका कारण अहिले भइरहेको स्नातक प्रथम वर्षको भर्ना प्रक्रियासमेत प्रभावित बन्न पुगेको छ । 

उखूको मूल्य ४५० कायमगर्न तमलोपाको मागः

तराइ मधेश लोकतान्त्रिक पार्टीले उखूको मूल्य प्रति क्यिुन्टल ४५० कायमगर्न माग गरेको छ । तमलोपा संसदीय दलका उपनेता हृदयश त्रिपाठीलृ आज एक विज्ञप्ती प्रकासितगरी उखू किसानहरुको आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताउनु भएको हो । तमलोपाले कृषि मन्त्रीको किसान विरोधी अभिव्यक्तीप्रति आपत्ति जनाएको छ । किसानले डिजेल मटितेल, मलखाद लगायतमा उच्च मूल्यबृद्धि भएको समयमा सोही अनुपातमा उखूको मूल्यबृद्धि गर्न तमलोपाले माग गरेको छ । उखुको मूल्य ४२१ कायमगर्न मागगर्दै किसानहरुले तराइका जिल्लाहरुमा आन्दोलन गरिरहेका छन ।

सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल

सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले एकीकृत नेकपा माओवादीले आफ्नो पक्षमा बहुमत हुने नदेखेपछि संसदको विशेष अधिवेसन फिर्ता लिएको टिप्पणी गर्नुभएको छ । पे्रस चौतारी कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले अरु दलले मत नदिने भएपछि माओवादीलाई फेस सेभिङ गर्न दिइएको उल्लेख गर्नु भयो । मुलुकको राजनीतिक गतिरोधबारे सोधिएको जिज्ञासाको जवाफमा उहाँले माओवादीबाहेकलाई एमालेले नेतृत्व दिन तयार रहेको बताउनुभयो । हतियार र लडाकूको मोह रहेको माओवादीलाई तत्काल सरकारको नेतृत्व दिने पक्षमा एमाले नभएको पनि मन्त्री पोखरेलको भनाई थियो । उहाँले शान्तिप्रक्रियालाई यहाँ सम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि अन्मिनका पछिल्ला क्रियाकलाप निष्पक्ष नभएको टिप्पणी समेत गर्नुभयो । प्रधानमन्त्री माधवकुमार नेपाल र अध्यक्ष झलनाथ खनालबीचको विवाद बाहिरआएजस्तो भित्र त्यस्तो नभएको मन्त्री पोखरेलको दाबी थियो । 

उपप्रधानमन्त्री कोइराला चीन प्रस्थान

उपप्रधान तथा परराष्ट्रमन्त्री सुजता कोइराला चार दिने भ्रमणका लागी आज चीन प्रस्थान गर्नुभएको छ ।  गैरसरकारी सस्थाको कार्यक्रममा भाग लिन उहाँ त्यस तर्फ लाग्नु भएको हो । मन्त्री कोइरालाले चीनको सिन्हवा बिश्व बिद्यालय अन्तर्गत स्थापना हुन लागेको इन्स्टिच्युट अफ हिमालयन स्टडिज सेन्टरको उदघाटन कार्यक्रममा सहभागीता जनाउनु हुनेछ । उपपं्रधानमन्त्री कोइराला सँगै मन्त्रालयका सह सचिब रुद्र कुमार नेपाल, परराष्ट्र मामिला अध्ययन केन्द्रका टीकाजग थापा, आईफाका सदस्य राकेश हमाल र उहाँका सल्लाहकार बिनोद बिष्ट पनि भ्रमण टोलीमा हुनुहुन्छ । 

चीन प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उपप्रधानमन्त्री कोइरालाले भ्रमण राजनीतिक नभई बौद्धिक तथा आर्थिक पक्षमा केन्द्रित हुने जानकारी दिनुभयो । यसैगरी प्रशिक्षण संस्थाको आफूले उद्घाटन गर्र्र्ने जानकारी दिँदै उहाँले आपसी सहयोगका आधारमा तालिम र अध्ययन अनुसन्धानका क्रममा नेपाल र चीनबीच सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । विश्वमै आर्थिक क्रान्ति गर्न सफल चीनबाट लाभान्वित हुन सक्नुपर्ने धारणा व्यक्त गर्दै उपप्रधानमन्त्री कोइरालाले भ्रमणका क्रममा निर्यात प्रवद्र्धन अभियानमा आफूले सक्दो पहल गर्ने बताउनुभयो । 

आन्दोलनका कारण यात्रु मर्कामा

नेपाल वायुसेवा निगमका कर्मचारीले गरेको आन्दोलनका कारण यात्रुहरू मर्कामा परेका छन् । निगममा कर्मचारीहरूले विमान खरिद प्रक्रियालाई रोक्न नहुँने भन्दै गरेको आन्दोलनले सडक यातायात नपुगेका स्थानका वासिन्दा अझ बढी मर्कामा परेका छन् ।

नेपालमा राष्ट्रिय ध्वजाबाहक विमान नभएकाले सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०११ लाई समेत असर पु¥याउने भएकाले तत्काल जहाज खरीद प्रक्रिया टुङ्गोमा पु¥याउनु पर्ने माग राख्दै १३ दिनअघिदेखि निगमका कर्मचारीले आन्दोलन गर्दै आएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष राजेन्द्र रेग्मीले आफूहरुले राखेको माग पूरा नभएसम्म आन्दोलन गर्ने बताउँदै सरकारले यसप्रति चासो नदिएकोमा गुनासो व्यक्त गर्नुभयो । उहाँले नेपाल वायुसेवा निगममा भएका प्रबन्ध निर्देशक र कार्यकारी निर्देशक दुबै हुँदा २०१९ को सार्वजनिक संस्था ऐनले यस्तो प्रावधान राख्न नपाउने र यस्तो राखेमा अख्तियारले हेर्ने भनिएता पनि सो कुरामा भने अख्तियारले चासो नदिएको बताउनुभयो । तेह्र दिन अघिदेखि वायुसेवाको नेपालको आन्तरिक उडान रद्द भएको थियो भने विभिन्न स्थानमा गरी निगमले दैनिक १० वटा आन्तरिक उडान भर्ने गरेको छ । 

विद्युत उत्पादन गर्ने
गैरआवासीय नेपालीद्वारा प्रवर्तित सानिमा हाइड्रोपावर प्रालि र सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ प्रालिले ताप्लेजुङमा कुल ४७२ मेगावाटको विद्युत् उत्पादन गर्ने भएको छ । जिल्लामा पर्ने माथिल्लो तथा मध्य तमोर जलविद्युत् आयोजना निर्माणका लागि नेपाल सरकारबाट अनुमति लिइसकेकाले आगामी दुई वर्षभित्र माथिल्लोबाट ४१५ र मध्यबाट ५७ मेगावाट गरी कुल ४७२ मेगावाट विद्युत् उत्पादन गर्नसकिने सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ प्रालिका सर्भेयर विवशकुमार अमात्यले जानकारी दिनुभएको छ । आयोजनाले विद्युत् उत्पादनका लागि जिल्लाको प्रभावित लेलेप, तापेथोक, लिङ्खिम, इखाबु, खेजेनिम, सावादिन, फुरुम्बु, हाङ्देवा र खोक्लिङ गाविसमा भूमिगत भू–गर्भ अध्यायन गर्न सुरु गरिसकेको समेत सर्भेयर अमात्यले बताउनुभएको छ । 

खेल समाचार

समयमा तलब नपाएको विरोधमा राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरुले परिषदका सदस्य सचिव हरिबाबु चौधरीलाई घेराउ गरेका छन । 

बिगत दुई महिना देखि तलब नपाएका परिषदका कर्मचारीहरुले तलब नपाउनुको कारण माग्दै आज सदस्य सचिव चौधरीलाई परिषदको मुलढोकामै घेराउ गरेका हुन । उनीहरुले मुख्य ढोकामा तालाबन्दी गरि करिब एक घन्टा विरोध सभासमेत गरेका थिए । सभाको बीचैमा कार्यालय आइपुगेका परिषद सदस्य सचिव चौधरीलाई कर्मचारीले तलब नपाउनुको स्पष्ट कारण नबताएसम्म कार्यकक्ष प्रबेशमा रोक लगाएका थिए  । सदस्य सचिव चौधरीले भने सरकारको उदासिनताका कारण तलब निकासा हुन नसकेको जबाफ दिएका थिए । तलब खुवाउनको लागि आफु खटिरहेको चौधरीको जबाफ थियो । तर कर्मचारीहरुले भने सदस्य सचिव चौधरी कर्मचारीको तलवको बिषयमा गैरजिम्मेवार भएको आरोप लगाएका छन । कर्मचारीहरुले परिषदका सदस्य समिम मिया अन्सारी बब्लुले सहायक प्रशिक्षक तालिममा गैरकानुनी रुपमा ट्याक सुट खरिद गरेर भष्ट्राचार गरेको भन्दै छानबिन गर्न माग गरेका छन् । 

No comments: