Saturday, December 25, 2010

पुस १० गते २०६७

प्रधानमन्त्री र प्रचण्ड बिच भेटवार्ता

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासिन दलहरुले गरेको माओवादी सँग शान्ती प्रक्रियामा सहमती नभएसम्म नियमित अधिवेशन नबालाउने निणर्य प्रति चासो प्रकट गर्नु भएको छ ।

प्रधानमन्त्री माधव कुमार नेपालसँग आज साँझ भेटघरी प्रचण्डले  सत्तासिन दलहरुको निणर्य प्रति चासो जनाउनु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब १ घण्टा भएको भेटमा प्रचण्डले प्रधानमन्त्री नेपाललाइ तिन दलबिच भएको सहमति प्रति ध्यानाकर्षण गराउँदै तत्काल अधिवेशन बोलाउन समेत आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो । भेटमा प्रचण्डले प्रधानमन्त्री नेपाललाइ हालसम्म काम गरिरहेको अनमिनलाइ थप केही समय उपलब्ध गराउन म्याद थपको समेत प्रस्ताव गर्नु भएको बताइएको छ । भेटमा प्रधानमन्त्री माधव कुमार नेपालले भने सरकारले कुनै पनि हालतमा अनमिनको म्याद नथप्ने बताउनु भएको थियो । प्रधानमन्त्री नेपाललले प्रचण्डलाइ सत्ता साझेदार १३ दलको बैठकले गरेको निणर्यबारे समेत जानकारी गराउनु भएको प्रेस सल्लाहकार रिजालले बताउनुभयो ।

यसअघि आजै बसको सत्ता साझेदार दलहरुको बैठकल शान्ति प्रक्रियाका मुलभुत विषयमा सहमती नभएसम्म तत्काल संसद अधिवेशन नबोलाउने निर्णय गरेको थियो । प्रमुख तीन दलवीच अविलम्ब संसदको नियमित अधिवेशन बोलाउने सहमती भएको दुई दिन नबित्दै सत्ता साझेदार दलहरुले सहमति विपरित यस्तो निणर्य गरेका हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सरकार समथर््िात दलहरुको बैठकले शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा ठोस सहमती नबनेसम्म नियमित अधिवेशनले मात्र निकास नदिने निशकर्ष निकाल्दै तत्काल अधिवेशन नबोलाउने निर्णय गरेको हो । एकीकृत माओवादीले विषेश अधिवेसनमा प्रस्तुत प्रस्ताब फिर्ता लिने क्रममा प्रमुख तीन दलवीच एक तत्काल नियमित अधिवेशन बोलाउने सहमती भएको थियो । सत्ता साझेदारहरुको आजको निर्णय संगै दुई दिन अघि भएको सहमती समेत अन्योलमा परेको छ ।

यस्तै सत्ता साझेदार दलहरुले भावी सरकारमा पनि वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निर्णय दलहरुले गरेका छन् । दलहरुले लडाकु समायोजन नभए सम्म माओवादी नेतृत्वमा सरकार बन्न नदिने भन्दै उसको नेतृत्व स्वीकार नगर्ने समेत निणर्य गरेका छन् । बैठकपछि नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले दलहरु बिच माओवादी सँग सहमति नभएसम्म रामचन्द्र पौडेलको उमेद्धारी फिर्ता नलिने तथा अनमिनको म्याद समेत नथप्ने निणर्य भएको जानकारी दिनुभयो ।

अघिल्लो पटक अन्तिम पटकका लागि भनेर सरकारले अनमिनको म्याद थपिएकाले अब अनमिनको म्याद नथप्ने समेत बैठकले निष्कर्ष निकालेको छ । साथै आजको बैठकमा अनमिनको बिदाई पछि माओवादी लडाकुहरुको समायोजन र ब्वस्थापनका लागि सेना समायोजन विशेष समितीलाई जिम्मा दिएर सक्रिय बनाउने समेत सहमती भएको छ ।

यता सत्ता साझेदार दलहरुको बैठकमा मधेशवादी दल तथा साना दलहरुले नेकपा एमालेलाइ अनमिनको म्याद थप, रामचन्द्र पौडेलको उमेद्धारी, तथा नयाँ गठबन्धन निमार्णबारे स्पष्ट हुन दबाद दिएका छन् । उनीहरुले अहिलेको गठबन्धनबारे पनि स्पष्ट हुन एमालेलाइ आग्रह गर्दै नभए माओवादी नेतृत्वको सरकारलाइ स्र्वीकार्ने चेतावनी समेत दिएका छन् ।

आजको बैठकमा कांग्रेस सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले नेता केपी ओली, महासचिव ईश्वर पोखरेल, फोरम –लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित सत्तासाझेदार १३ दलका नेताहरुको सहभागिता रहेको थियो ।


मधेसी जन अधिकार फोरमले स्पष्टीकरण लिने

मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) केन्द्रीय अनुशासन समितिले पार्टीका तीन जना केन्द्रीय सदस्यसँग ४८ घण्टाभित्रै हदैसम्मको कारबाही किन नगर्ने ? भन्दै स्पष्टीकरण लिने निर्णय गरेको छ । फोरम केन्द्रििय कार्यलयमा आज बसेको अनुसासन आयोगको बैठकले केन्द्रीय सदस्य रामेश्वर साह, सन्जयकुमार साह र रामलाल सुतिहारसँग पार्टी विधान विपरीत काम गरेको भन्दै स्पस्टीकरण लिने निर्णय गरेको हो ।

तीन जना केन्द्रीय सदस्य विगत केही समय यता पार्टी विरोधी क्रियाकलापमा संलग्न रहेको र अलग्गै पार्टी गठन गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको भन्दै केन्द्रीय अनुशासन समितिले यो निर्णय लिनुपरेको समितिका संयोजक हेमराज तातेडले बताउनुभएको छ ।

  गोप्य सहमति भएको छैन– अध्यक्ष खनाल

नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले नयाँ प्रधानमन्त्रीका लागि आफू र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुनै गोप्य सहमति नभएको बताउनुभएको छ ।

एमाले क्षेत्र नं ७ क्षेत्रीय सङ्गठन कमिटीद्वारा आज आयोजित प्रशिक्षण भेला पछि सञ्चारकर्मीसँग कुरा गदै खनालले सबै कुराकानि खुला रुपमा भएको उल्लेख गर्दै गोप्य सहमति जरुरि नभएको बताउनु भयो । राष्ट्रिय सहमतिका साथ अघि बढ्न सबैले प्रयास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष खनालले कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा पनि सहमतिको आधार तयार भएपछि स्पष्ट हुने धारणा राख्नुभयो ।

बाँकी समयको सदुपयोग भए सविधान निश्चित

प्रधानमन्त्री माधाव कुमार नेपालले दलहरुवीचको आपसी खिचातानीको अन्त्य गर्दै बाँकी पाँच महिनाको समुचित उपयोग गरी संविधान र शान्ति प्रक्रिया पुरा गर्नुपर्ने बताउनु भएको छ ।

संविधान लेखनका लागि थप गरिएको समयको उपयोग हुन नसेकेको भन्दै प्रधानमन्त्री नेपालाले बाँकी अवधीलाई संविधान निर्माणमा खर्चिनु पर्ने बताउनु भययो । त्यसका लागि दलहरुले आपसी खिचातानी त्याग्नु पर्ने प्रधानमन्त्री नेपालको भनाई थियो ।

क्रिसमसको अवसरमा आज राजधानीमा क्रिसमस महोत्सबको उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले बाँकी अवधिको सही रुपमा उपयोग गर्दै सबैको आकाँक्षहरुलाई समेट्ने गरी नमुना संविधान जारी गर्न सक्ने पर्ने बताउनु भयो । संविधान  र शान्ति प्रक्रीया निकै चुनौतिपूर्ण रहेपनि एकीकृत माओवादीलाई हिंसा र हतियारबाट टाढा राखेमा ाशन्ति र संविधान हासिल गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा संविधान सभाका अध्इक्ष सुवासचन्द्र नेम्वाङले व्यवस्थापिका संसदका आगामी अधिवेशनले मुलुकमा नयाँ सरकार निर्माण गर्दै विद्यमान राजनीीतक समस्याहरुको निकाश दिने विश्वास व्यक्त गर्नुभयो ।

विशेष अधिवेशनको अन्त्य गर्ने क्रममा दलहरुले सहमतीमा गरेर बोलेका कुरा ब्यबहारमा पनि कार्यन्वयन हुने विश्वास व्यक्त गर्दै सभाध्इक्ष नेम्वाङले अबका दिनमा दलहरले सहमतीबाटै गतिरोधको अन्त्य गर्दै एकताको बाटो समात्ने बताउनु भयो ।

सभाध्यक्ष नेम्वाङले सहमति निर्माणकाक ालािग दलहरुवीच तत्काल संवाद थालनी गरिने पर्ने बतउानु भयो । संविधान र शान्ति प्रक्रिया पुरा गर्नका लागि अव सिमित समयमात्र बाँकी रहेकोले दलहरुलाइ दवाव सिर्जना गर्न जनताले पहरेदारी गर्नुपर्नै उहँले बताउनुभयो ।

डा बाबुराम भट्टराई

एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले नेपालको शान्ति प्रक्रियामा सघाईरहेको राष्ट्रसङघीय राजनीतिक मिसन अनमिनको म्याद थप्नुको विकल्प नभएको  बताउनु भएको छ ।  अनमिनको म्याद थप्नुपर्ने एकीकृत माओवादीको धारणा रहेको बताउदै उपाध्यक्ष भट्टराईले जेठ १४ सम्म मात्र भए पनि अनमिनको म्याद थपिनु पर्ने बताउनुभयो । शान्तिप्रक्रियाको ३ वर्षसम्म अनमिनले नै अनुगमन गरेकोले उपाध्यष भट्टराईले अबको ४÷५ महिना पनि उसैलाई जिम्मेवारी दिनु राम्रो हुने बताउनु भयो ।

अनमिनले गर्दै आएको काम अन्य निकायलाई दिनु उपयुक्त नहुने भएकोले अनमिनको म्याद थप गर्नुको विकल्प नभएको उहाँको भनाईथियो । राजधानीमा जारी नेपाली छाला जुत्ता ब्यापार मेलको अवलोकनपछि सचारकर्मीहरुसँग कुरा गर्दे उपाध्यक्ष भट्टराईले अनमिनको म्याद थपका लागि दलहरुसँग निरन्तर छलफल भईरहेको जानकारी दिनुभयो ।

यता सञ्चार मन्त्री शंकर पोखरेलले एकिकृत नेकपा माओबादीले पालुङटारमा गरेको जन बिद्रोहमा जाने निर्णय पुरा नहुने बताउनुभएको छ । एमाले भक्तपुरले आज आयोजना गरेको एक कार्यक्रममा संचारमन्त्री पोखरेलले जन बिद्रोहको नाममा माओबादीले शान्ति र संबिधानलाई लत्याएको अरोप लगाउदै माओवादीको विद्रोहको रहर कुनै हालतमा पुरा हुन नदिने दावी गर्नुभयो । शान्ति र संविधानलाई टुंगोमा पु¥याउन सक्ने अवस्था रहदा पनि बिद्रोहमा जाने निर्णय गरेर माओबादीले सहमतीको राजनीतिबाट पछि हट्न खोजेको मन्त्री पोखरेलको आरोप थियो ।

अनमिनको म्याद बढाउनुपर्छ – नेता वैद्य

एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले नेपालस्थित संयुक्त राष्ट्र संघिय मिसन अनमिनको म्याद थप नगरिए मुलुक दुर्घटनामा फस्न सक्ने चेतावनी दिनुभएको छ । राजधानीमा आज सञ्चारकर्मीहरुसँग कुरा गदैै उपध्यक्ष किरणले शान्ति प्रक्रियालाई टुङग्याउनु अनमिनको उद्धेश्य भएकाले त्यो उद्देश्य पूरा नभई अनमिनलाई बिदा गरिए मुलुकमा राजनीति आप्ठ्यारो स्थितीमा पुग्ने बताउनु भयो । उपाध्यक्ष बैद्यले माओवादीले अझ सम्म सरकारको नेतृत्वको दावि नछाडेको समेत बताउनुभयो । बैद्यले जनताले रोजेको तथा संसदमा ठुलो पार्टिको हैसियतले सरकारको नेतृत्व माओवादीले गनुपर्ने धारणा राख्नुभयो । 

उहाँले मुलुकको यस्तो स्थितिमा दुर्घटनाबाट बचाउन दलहरुवीच नयाँ बाटो र नयाँ सहमति कायम गरी निकास निकाल्नुपर्ने बताउनु भयो । सहमतीका लागि माओबादीले धेरै लचकता अपनाएको भन्दै नेता वैद्यले अहिलेको अवस्थालाई विश्लेषण गर्दा संविधान बन्ने अवस्था नदेखिएपनि नेपाली जनताको भावनालाई बुझेर संविधान बनाउन तर्फ अग्रसर हुन सबै दलहरुलाई आग्रह गर्नुभयो । 

उहाले अहिले नै आफ्नो पार्टीले अन्य दलको नेतृत्वको सरकार गठनलाई स्वीकार गर्न नसक्ने स्पष्ट गर्दै आफ्नै नेतृत्वमा सरकार नभएपनि सहमतीका लागि माओवादी प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार रहेको बताउनु भयो । 


ब्रिटिस गोर्खा कपको  उपधि थ्रि स्टार लाई

राजधानीमा सम्पन्न सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता ब्रिटिस गोर्खा कपको उपाधि लगातार दोस्रो् पटक थी्रस्टार कलबले उचालेको छ ।

चिरपरिचित  क्लव मनाङ मस्र्याङदीलाई टाईब्रेकरमा ३—१ ले हराउँदै थ्रिस्टारले उपाधमिा माथि कब्जा जमाएको हो । निर्धारित ९० मिनट र थपिएको ३० मिनटसम्म पनि दुबै टोली १—१ को बराबरीमा रहे पछि खेलको फैसला टाईब्रकरबाट भएकमो हो । ट्राइब्रेकरमा पहिलो प्रहार गर्न आएका थ्रिस्टारका राजकुमार घिसिङ र मनाङका सन्तोष साहुखल गोल गर्नबाट चुके  । थ्रिस्टारका अनिल ओझा, विकाससिंह क्षेत्री र विजय धिमालले गरेको प्रहारले गोलपोष्टको जालि चुम्यो । मनाङका तर्फबाट समिन्द्र श्रेष्ठ मात्रै गोल गर्न सफल रहे । थ्रिस्टारले प्रतियोगिताको उपाधि जितेको यो लगातार दोस्रो पटक हो । गत वर्षपनि फाइनलमा मनाङलाई नै हराउ“दै थ्रिस्टार उपाधि जित्न सफल भएको थियो ।

निर्धारित ९० मिनटको खेलमा अग्रता भने आक्रामक खेल खेलेकोे मनाङले दोस्रो हाफको ५७ औ मिनटमा लिएको थियो । उसलाई अग्रता दिलाउन कलात्मक खेल प्रदर्शन गरेका गणेश खड्काले कालु थापाको क्रसमा हेड मार्फत उत्कृष्ट गोल गरेका थिए । तर त्यसको १० मिनट पछि नै बुद्ध चेम्जोङले गोल गर्दे थ्रिस्टारलाई १—१ को बराबरीमा ल्याएका थिए । योगेश गुरुङको सटिक पासको सदुपयोग गर्दे चेम्जोङले आकर्षक रुपमा बराबरी गोल गरेका थिए । आजको फाईनल खेलमा दर्शकहरुको पनि बाकलो उपस्थििती रहेको थियो ।

No comments: