Friday, December 24, 2010

पुस ९ गते २०६७

नेपाल वायुसेवा निगमका अध्यक्ष सुगतरत्न कसांकार विरुद्ध मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमान खरिदका लागि बैना दिने क्रममा भ«ष्टाचार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । 

निगमले खरिद गर्न लागेको न्यारो बडी र वाईड बडीका जहाजका लागि संचालक समितिको अनुमोदन र स्वीकृति वेगर एयरबस कम्पनिलाई ५ करोड ७३ लाख ७५ हजार रुपैया भुक्तानी दिएको भन्दै आयोगले कंसाकारमाथि भ«ष्टाचार मुद्धा दर्ता गरेको हो । कंसाकार सहित ५ जनालाई विपक्षि बनाइएको मुद्दामा कंसाकारलाई ११ देखि १३ बर्षसम्म कैद र भुक्तानी दिएको रकमको ब्याजसहित विगो उठाउन माग गरिएको छ । 

आयोगले मतियारका रुपमा संलग्न भएको भन्दै निगमका कायम मुकायम नायव महाप्रवन्धकहरु राजुबहादुर केसी र गणेश ठाकुर, कायम मुकायम महानिर्देशक ज्ञानेन्द्र पुरुष ढकाल, निर्देशक मयूर श्रेष्ठ र कायम मुकायम उपनिर्देशक केशवराज शर्मा उपर पनि सजायको माग गरेको छ । कंसाकारले विक्तिय प्रवन्ध नगरि जानाजान निगमलाई डुवाउने गरि जहाज खरिदका लागि भुक्तानी पठाएको अख्तियारको ठहर छ । 

यसअघि संसदको सार्वजानिक लेखा समितिले विमान खरिदमा भएको अनियमितता बारे तत्काल निर्णयमा पुग्न अख्यितार दुरुपयोग अनुसन्धान आयोगलाइ निर्देशन दिएको थियो । अख्तियारको अनुसन्धानले विमान खरिद प्रक्रिर्यामा निगमका कार्यकारी अध्यक्ष कंशकारले अध्यायन प्रतिवेदन विपरित विमान खरिदकालागि बैना रहक दिएकोले अधिकारको दुरुपयोग गरेकोले विशेष अदालतमा भष्ट्राचार सम्बन्धी मुद्दा दायर गर्नुपर्ने निश्कर्ष निकालेको थियो । 

यसैबीच परराष्ट्रमन्त्री सुजता कोइरालाका ज्वाइँ बंगलादेशी नागरिक रुवेल चौधरी विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज हुने भनिएको बहस पर सरेको छ । आजको ईजलासमा समय अपुग भएकाले आगामी सोमबारको ईजलासमा सो रिट पेश हुने सर्वाैच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो । चौधरीले आफ्नी सासु परराष्ट्रमन्त्री सुजता कोइरालाको सत्ता तथा शत्तिको दुरुपयोग गरि राहदानी दुरुपयोग, कल बाइपास, ठगी लगायतका कार्यमा संलग्न रहेको भन्दै कानुन ब्वसायी दइन्द्र बहादुर ठकुरीले हिजो रिट दायर गर्नुभएको थियो । रिटमा नेपाल प्रहरीको सुडानको डार्फर मिसनको क्रममा समेत रुवेलले ५० करोड ठगी गरिएको उल्लेख गरिएको छ । सो रिटमा नेपाल सरकार, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा प्रहरी प्रधान कार्यलयलाइ समेत विपक्षी बनाइएको छ ।

नेपाली काँग्रेसद्धारा महाधिवेशन खर्च विवरण सार्वजनिक

नेपाली काँग्रेसले गत असोज १ देखी ५ गतेसम्म चलेको महाधिवेशन अवधिभर भएको खर्च विवरण सार्वजनिक गरेको छ । काँग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गरि महाधिवेशन अवधिभर रु दुइ करोड ७१ लाख तिस हजार १४९ रुपैयाँ खर्च भएको जनाएको हो । 

काँग्रेसले महाधिवेशनका सम्पन गर्न मनोनय दर्ता, प्रवेश शुल्क, चन्दा तथा बैङ्क ब्याज बाट जम्मा दुइ करोड ७६ लाख ५७ हजार २५२ रुपैँया उठेको समेत खुलासा गरेको छ । आय ब्यय विवरण सार्वजनिक सँगै काँग्रेस महाधिवेशनको खर्च विवरण सार्वजनिक गर्ने पहिलो राजनैतिक दल समेत बनेको छ । खर्च विवरण सार्वजनिक गर्दै काँग्रेस महाधिवेशन अर्थ संकलन समिती संयोजक दिप कुमार उपाध्यायले पार्टिलाइ पारदर्शि र माथील्लो तह बाटै अनुशाशनमा राख्न खर्च विवरणलाइ लेखा परिक्षण सहित सार्वजनिक गरिएको बताउनुभयो । 

काँग्रेसले सार्वजनिक गरेको आय ब्यय विवरणमा चन्दा मार्फत दुइ करोड २७ लाख १९ हजार ७७१ रुपैया, महाधिवेशन प्रवेश शुल्कबाट तिस लाख २८ हजार रुपैँया, निर्वाचन मनोनयन दर्ता बाट १८ लाख ५८ हजार रुपैँया संकलन भएको जनाएको छ । त्यस्तै खर्च अन्तरगत भोजन तर्फ ७८ लाख २५ हजार ७४९ रुपैया, आवास तर्फ ६६ लाख ७७ हजार ७९९ रुपैँया, प्रचार प्रसार तर्फ ४७ लाख १६ हजार ६९१ खर्च भएको जनाएको छ । काँग्रेसले पहिलो पटक चन्दा दाताको समेत नामावली सार्वजनिक गरेको छ । काँग्रेसको चन्दा दातामा सबैभन्दा धेरै चन्दा दिनेमा काँग्रेसकै महत परिवार बाट ९ लाख पचास हजार रहेका छन् ।  

प्रधानमन्त्रीको समाचार

बुटवल,९ पौष । प्रधानमन्त्री माधवकुमार नेपालले यथासक्य छिटो नियमीत अधिवेशन बोलाउने बताउनु भएको छ । प्रधानमन्त्री नेपालले आफु तिन दल बिच भएको सहमति अनुरुप नियमीत अधिवेशन बालाउन प्रतिबद्ध रहेको समेत बताउनुयभो । यद्यपी प्रधानमन्त्री नेपालले दलहरुबीच भएका सहमतीको अक्षरश पालना हुनुपर्ने धारणा राख्नुभयो । उहाँले विगतमा धेरै विषयमा सहमती भएपनि त्यसले साकार रुप ग्रहण गर्नुको साटो कुरामा मात्रै सिमित वन्ने गरेकाले गतिरोध लम्बिएको टिप्पणी गर्नुयभो । 

बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्दन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले पछिल्लो पटक एकिकृत नेकपा माओवादीसग भएको सहमती कार्यन्वयन हुनेमा समेत आंशका व्यक्त गर्नुभयो । राजनितिक दलहरुसँग छलफल गरेर मुलुकलाई निकास दिनेमा पक्षमा आफू सधै सकारात्मक रहेको बताउदैं प्रधानमन्त्री नेपालले नियमित अधिवेशन वोलाउन आफुले गरेको अठोट पु¥याउन सरकार अगाडि वढेको बताउनुभयो । प्रधान मन्त्री नेपालले माओवादी लडाकुको क्यान्टोनमेण्ट खाली गराउने कुरामा माओवादी सहमत भई पुस मसान्तभित्र त्यो कार्य हुन सके शान्ति प्रक्रियाले गती लिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले शान्ति र संविधान विकासका पुर्व शर्त रहेकाले समृद्द नेपालको निमार्णका लागि सहमतीको  यात्रा जरुरी रहेको बताउनुभयो । 

पर्यटन वर्षको प्रचारप्रसार गर्दै पर्यटनको अनन्त संभावनाको खोजी गरिनुपर्नेमा जोड दिदैं प्रधानमन्त्री नेपालले बुटवललाई औद्योगिक नगरी वनाउन सरकार सकारात्मक रहेकोमा जोड दिनुभयो । उहाँले समयमा वजेट नल्याउदा आर्थिक कार्यहरु ढिलो हुन गएको भन्दै वजेटको कार्यन्वयन गर्ने दिशामा सवैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । लुम्विनी क्षेत्रको विकास गर्दै अन्तराष्ट्रिय स्तरको विमानस्थल निमार्णका लागि सरकार गम्भिर रहेको भन्दै उहाँले  ऐतिहासिक जितगढी किल्लाको संरक्षणमा समेत सरकारले भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

न्यायाधीश बमलाइ महाभियोग प्रस्तावको तयारीः 

भष्ट्राचारको अभियोग लागेका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई महाभियोग लगाउने बिषयमा छलफलगर्न सभामुख सहित आज बसेको संसदका प्रमुख सचेतकहरुको बैठक विना निश्कर्ष सकिएको छ । सभामुख सुवासचन्द्र नेम्वाङ्गको कार्यकक्ष सिंहदरवारमा बसेको बैठकमा कार्वाहीपूर्ब थप अध्या गर्ने तथा सर्वोच्चका फैसलाको मिसिल हेरेर निर्णयगर्ने सहमति भएको कागे्रस मुख्य सचेतक लक्षणप्रसाद घिमिरेले जानकारी दिनुभयो । महाअभियोग प्रस्ताव दर्ताकालागि एक चौथाइ सभासदले प्रस्ताव गर्नुपर्ने भएकोले यसबारे थप अध्यन गर्ने सहमति भएको उहाँले बताउनुभयो । एमाले मुख्य सचेतक भीम आचार्यले पनि न्यायाधीश बमका सम्बन्धमा थप छानविन गर्नुपर्ने बताउनुभयो । यसअघि न्याय परिसदले न्यायाधीश बमको कार्य सम्पादनप्रति प्रश्न उठाउदै उनलाइ कार्वाहीगर्न संसदमा प्रस्ताव पठाएको थियो । 

दुर्घटनामा चारको मृत्यु ।।

सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पाको मस्याम ४ केराबारी नजिक आज बिहान जीप दुर्घटना हु“दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा गुल्मी तुराङ गाविस १ का ४८ वर्षिय खगेश्वर अर्याल, तुराङ २ का ४५ वर्षिय नारायण खनाल,  तुराङ ४ का ५२ वर्षिय दिलबहादुर रजाली र ६८ वर्षिय धनबहादुर वस्नेत र जीप चालक सल्यानको हिवल्चा ५ का शेरवहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ । 

घाइते हुने रुपन्देही चिल्हिया गाविसका कमल अर्याल र चिल्हिया ४ की आरती खनालको बुटबलस्थित लुम्बिनी अञ्चल अस्पतालमा र अर्का एक महिलाको पाल्पाको प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जीपमा ८ यात्रु थिए । नीजी नम्बर प्लेटको दुर्घटनाग्रस्त लु १ च ३६६९ नम्बरको जीप सडकबाट करिब एकसय ५० मिटर मस्याङद्ी नदीको किनारमा खसेको प्रहरीले जनाएको छ ।

No comments: