व्यबस्थापिका संसदको विशेष अधिवेशन सुरुः
व्यबस्थापिका संसदको विशेष अधिवेशन आजदेखी सुरु भएको छ । संविधानसभा भवन नयाँ वानेश्वरमा आज दिउसो बसेको बैठकमा सभामुख सुवाषचन्द्र नेम्वाङ्गले राष्ट्रपति डा रामबरण यादवले पठाउनु भएको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर अधिवेशन सुरु भएको जानकारी गराउनु भएको हो । अधिवेशन प्रारम्भ भएको दिनमा दिन राष्ट्रपतिको कार्यालयवाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने पूरानो प्रचलन रहेको छ । प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिर्या सुरु गर्न मागगर्दै माओवादी लगायतका दलहरुले राखेको प्रस्तावका सम्बन्धमा भने आगामी ८ र ९ गते छलफल हुने भएको छ । प्रस्ताव प्रस्तुत गर्न र छलफल गर्न पौष ८ र ९ गतेका लागि दिन तोकिएको सभामुख सुवासचन्द्र नेम्वाङ्गले जानकारी गराउनु भयो ।
संसदको अधिवेशनलाइ ‘विशेष’ नभनि अन्तरिम संविधानको धारा ५१ः३ अन्तरगत बोलाइएको संसदको बैठक भनि संबोधन गरिएको थियो । संसदको आजको बैठक करिव ५ मिनेट मात्र चलेको थियो । एकीकृत माओवादी लगायत सातदलको समावेदनका आधारमा राष्ट्रपतिले संसदको विशेष अधिवेशन आह्वान गर्नुभएको हो । संसदको आर्को बैठक आगामी ८ गते दिउसो १ बजे पुनः बस्नेछ ।
यसअघि आजै बसको प्रमुख तिन दलको बैठकले माओबादीले आह्वान गरेको संसदको बिशेष अधिवेशनको प्रस्तावमा छलफल नगरी सहमतीका लागि थप प्रयास गर्नै सहमती जुटाएको थियो । बिहान बसेको शीषै तीन दलको बैठकले विशेष अधिवेशलनाई औपचारिकतामा मात्र सीमित गरी आगमी आठ गते सम्मका लागि संसद बैठक स्थगित गनृै निर्णय गरेको हो । सिंहदरबार स्थीत शान्ती तथा पुर्ननिमार्ण मन्त्रालयमा बसेको बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको बैठकले आउँदो आठ गतेसम्म सहमतिको प्रयास गरेर त्यसै अनुसार विशेष अधिवेशन अघि बढाउने सहमति जुटाएको थियो ।
बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री निर्वाचनलाई यही विशेष अधिवेशनबाट अन्त्य गर्न आफूहरुले प्रस्ताव गरेको तर सहमती जुट्न नसकेको बताउनुभयो । आजको बैठक औपचारिकतामा मात्र सिमित भएको र छलफललाई निरन्तरता दिने सहमति भएको प्रकाशले बताउनु भयो । बैठकमा नेपाली काँग्रेस र नेकपा एमालेले भने विशेष अधिवेशनका लागि ल्याएका प्रस्ताव फिर्ता लिन र थप छलफल गरी सहमतीको प्रयाश गर्न माओवादीलाई आग्रह गरेको एमाले नेता भरतमोहन अधिकारीले जानकारी दिनुभयो । थप सहमतिका लागि आन्तरिक तथा द्धिपक्षीय छलफल गरी आगामी ८ गते तिन दलको वैठक वस्ने अधिकारीले जानकारी छ ।
यसैबीच, विभिन्न दलका नेताहरुले संसदको विशेष अधिवेशनले निकास नदिने बताएका छन । व्यबस्थापिका संसदको बैठकपछि संविधानसभा भवन परिसरमा संचारकर्मीहरुसंग कुरागर्दै नेताहरुले विशेष अधिवेशनले निकाश दिनेमा आशंका व्यक्त गरेका हुन । नेपाली कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले अन्यदलसंगको सहमतिविना बोलाइएको विशेष अधिवेशनले निकास नदिने दावी गर्नुभयो । उहाँले संसदमा आफ्नो उमेदवारी कायमै रहेको दावी समेत गर्नुभयो । एमाले अध्यक्ष झलनाथ खनालले संविधानमा भएको व्यबस्था अनुसार माओवादीले विशेयअ अधिवेशन आह्वान गरेपनि यसले निकास नदिने दावी गर्नुभयो । उहाँले विशेष अधिवेशको प्रस्तावमाथी छलफल हुने दिन ८ गते अगावै सहमति निर्माणकालागि दलहरुले अधिकतम प्रयत्न गर्ने बताउनुभयो । आवाज
संसदको नियमित अधिवेशन बोलाएपछि मात्र त्यसले प्रधानमन्त्री निर्वाचन लगायतका बिषय टुङ्गाउने दावी उल्लेख गर्नुभयो । अध्यक्ष खनालले नियमतित अधिवेशनवाट छलफलगर्दा नै देशलाइ निकास दिन र दलहरुबीचको सामिप्यता बढ्ने भएकोले प्रस्ताव फीर्तालिन मााअेवादीसंग पुनः आग्रह गरिने जानकारी दिनुभयो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले संविधान सम्मत लोकतान्त्रिक प्रक्रिर्यालाइ स्थापित गरी संसदीय सर्वोच्चता स्थापितगर्नु र लामो समयसम्म सरकार विहिनताको अबस्थालाइ तोडेर सरकार गठन गर्नु अधिवेशनको मुख्य उदेश्य भएकोले अधिवेशन फलदायी हुने दावीग गर्नुभयो । उहाँले ८ गते अगावै दलहरुसंग पुनः छलफलगरी निकास निकाल्न पहल गर्ने बताउनु भयो । आवाज
प्रकाशले संविधान र नियमावलीमा भएको व्यबस्था अनुसार १७ औ चरणको निर्वाचन मिति तोकिएको अबस्थामा धानमन्त्री निर्वाचन प्रक्रिर्या स्वतः टुटन गएकोले नयाँ प्रक्रिर्या सुरुगर्नुपर्ने बताउनुभयो । आवाज
मधेशी जनअधिकार फोरमका सअध्यक्ष जेपी गुप्ताले पनि विशेष अधिवेशन फलदायी बन्ने आधार नदेखिएको उल्लेख गर्नुभयो । यसअघि अधिवेशनमा प्रस्तुत प्रस्ताव फीर्ता गर्ने बिषयलाइ लिएर बसेको तीनदलको बैठकमा माओवादीले प्रस्ताव नलिने स्पष्ट गरेपनि बबैठक विना निश्कर्ष सकिएको थियो ।
सेना समायोजन बिशेष समितीको बैठक
सेना समायोजन विशेष समिति सचिबालयले जनसेनाको समायोजन र व्यवस्थापन समबन्धी १ महिने कार्ययोजना तयार पारी विशेष समिती बैठकमा प्रस्तुत गरेको छ । विशेष समितीको आज बसुेको बैठकमा सचिवालयको तर्फबाट संयोजक बालानन्द शर्माले समायोजन सम्बन्धी एक महिने कार्ययोजना प्रस्तुत गर्नुभएको हो । यद्यपी कार्ययोजनामा प्रस्तुत गरिएका विषय भने सार्वजनिक गरिएको छैन । समायोजन सम्बन्धी कतिपय विषयहरु राजनीतिक तहमा छलफल गरेर निचोड निकाल्नुपर्ने भएकाले सार्वजनिक नगरिएको बताईएको छ । राजनीतिक तहमा छलफल गर्नुपर्नै विषयहरुमा भोली छलफल गरेर निशकर्ष निकालिने समिती सदस्य एवं कङग्रेस नेता डा.रामरशण महतले जानकारी दिनुभयो । राष्ट्रसङघीय राजनीतिक मिसन अनमिन फर्कनु अघि नै समायोजन सम्बन्धी कार्ययोजनालाई अन्तिम रुप दिने गरी गृहकार्य भईरहेको महतले बताउनुभयो ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै समितिका सदस्य एवम् नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले बैठकमा समितिअन्तर्गत रहेको सचिवालयले अनमिन जानुभन्दा पहिले एक महिनाको अवधिमा माओवादी लडाकू समायोजनबारे गर्नुपर्ने कार्ययोजनाको प्रतिवेदन प्रस्तुत भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा अनमिन गइसकेपछि सचिवालयले गर्ने काम र माओवादी जनसेनाको समायोजन तथा व्यवस्थापनको कार्ययोजनाबारे छलफल भएको थियो । बैठकले तयार गरेको कार्ययोजनाबारे भोली देखि छलफल हुने बताइएको छ । गत पौष १ गते बसेको विशेष समिति बैठकले एक महिना भित्रमा माओवादी जनसेनाको समायोजन र व्यवस्थापनको कार्य सक्ने गरि लिखित कार्ययोजना पेश गर्न सचिवालयलाई निर्दैशन दिएको थियो । समिती अन्र्तगतको सचिवालयले नै अनमिनको फिर्ती पछि माओवादी पूर्व लडाकुहरुको कन्ट्रोल र कमाण्ड समहाल्ने छ । अनमिनको थपिएको कार्यविधि यही पुष मसान्त बाट सकिदै छ ।
विकिलिक्सको खुलासा
इराक अफगान युद्ध लगायत अमेरिकाको गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाइरहेको विकिलिक्सले पछिल्लो पटक सार्वजनिक गरेको नेपाल सम्बन्धी दस्तावेजमा चिनले नेपाल प्रहरीलाइ तिब्बती शरणार्थी पक्राउ गर्न पैसा दिइरहेको खुलसाा भएको छ ।
गत फ्रबुअरी २२ मा नाम उल्लेख नगरिएको राजनैतिक नेताले भारतमा रहेको अमेरिकी दुतावासलाइ पठाएको पत्रमा चिनले नेपालमा तिब्बती शरणार्थी पक्राउका लागी पैसा दिइरहेकाले भारतमा तिब्बती शरणार्थीको संख्या बढेको बताइएको छ । विकिलीक्सले तिब्बति शरणार्थीको प्रवाह शिर्षकमा सार्वजनिक गरेको उक्त पत्रमा दुइ जना बिच कुराकानी भइरहेको उल्लेख गरिएको छ । यद्यपी कुराकानी कस कसका बिच भएको भन्ने भने खुलासा गरिएको छैन । उक्त सार्वजनिक पत्रमा भारतका धर्मशालाहरुमामा प्रति बर्ष २५०० सय देखी ३५०० सय सम्म तिब्बती शरणार्थी जाने समेत बताइएको छ । साथै खुलासा भएको पत्रमा दलाइ लामा सँगको कुराकानी तथा भाषण सुनेपछि कतिपय शरणार्थी तिब्बत फर्कने गरेको समेत उल्लेख गरिएको छ । नेपालको सिमानामा चिनीयाँ दबाबमा बाक्लो सुरक्षा सर्तकता अपनाइएको समेत उक्त पत्रमा उल्लेख गरिएको छ । नेपाल र चिन बिच १ हजार चार सय १४ किलोमिटर सिमाना रहेको छ भने चार ठाउँबाट आवात जावतका लागी नाकाको ब्यवस्था रहेको छ । विकिलिक्सले हालसम्म काठमाडौँ दुतावासलाइ पठाएको पत्रहरु भने सार्वजनिक गरेको छैन ।
त्रिचन्द्रमा खुकुरी हानाहान
काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघका कार्यकर्ताको खुकुरी प्रहारबाट एमाले निकट अनेरास्ववियुका वीरेन्द्र रावल घाइते भएका छन । खुकुरी प्रहारबाट घाइते रावलको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । रावल अनेरास्ववियुको त्रिचन्द्र क्याम्पस प्रारम्भिक कमिटिका सदस्य हुन । विवादको मुख्य विषय भने भर्ना सम्बन्धी विवाद हो । क्याम्पस प्रशासन र अनेरास्ववियुबीच वार्ता चलिरहंदा नेविसंघले हस्तक्षेप गरेपछि झडप भएको थियो । झडपमा नेविसंघका वीरेन्द्र गिरीले खुकुरी हानेको अखिलले बताएको छ । घटना लगत्तै दोषीलाई कारबाहीको माग गर्दे अनेरास्ववियुले त्रिचन्द्र र रत्न राज्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको थियो ।
यता दुई विद्यार्थी समूहबीचको झडपका कारण राजधानीको नेपालटारमा रहेको ग्रामिण आदर्श क्याम्पस अनिश्चितकालका लागि बन्द भएको छ ।
झडपमा क्याम्पसका स्ववियु सभापति बलदेप थापा, उज्वल बुढाथोकी र सुशील भट्ट घाइते भएका छन् । पोस्टर च्यातिएको विषयमा विवाद बढ्दै गएपछि दुई समूहका विद्यार्थीबीच झडप भएको हो । घाइतेहरुको त्रिवि शिक्षण अस्पलात महाराजगञ्जमा उपचार भइरहेको छ । पोष्टर च्यातेको आरोपमा आफूहरुलाई क्रान्तिकारी समर्थित विद्यार्थीले कुटपिट गरेको नेविसंघ पक्षले दावी गरेको छ । यस्तै क्रान्तिकारीले नेविसंघ समर्थित विद्यार्थीहरुले आक्रमण गरेकाले प्रतिकार गर्दा झडप भएको बताएको छ । ग्रामाणि आदर्श क्याम्पसमा दुई वर्षअघि सबै विद्याथी संगठनहरूबीच राजनीतिक प्रचार गर्न तथा पर्चा पोस्टर टास्न नपाउन सम्झौता भएको थियो ।
यसैबीच माओवादी निटक वाइसिएलका कार्यकर्ताले काठमाण्डौको बालाजुस्थित ग्रामीण आदर्श क्याम्पसमा नेबिसंघका कार्यबर्तामाथी आक्रमण गरेको भन्दै नेपाली कागे्रसले आपत्ति जनाएको छ । कागे्रस केन्द्री कार्यालयले आज एक विज्ञप्ती प्रकाशितगरी वाइसिएल कार्यकर्ताले अनाधिकृत रुपमा क्याम्पस प्रवेशगरी स्वबियू सभापति बलदेब थापा, इकाइ सभापति सुशील भट्ट, इकाइ सदस्य सुजन बुढाथोकी लगायत दर्जनौ बिद्यार्थीमाथी आक्रमण गरेको जनाएको हो । कागे्रसले नेबिसंघ कार्यकर्तामाथी भएको घटनाको भत्सनागर्दै घटनामा संलग्नलाइ कार्वाहीगर्न सरकारसंग माग गरेको छ । घाइते सभापति थापाको त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
आजदेखि एम आर पी आवेदन खुल्ला
सरकारले आजदेखि मसिन रिडेवल पासपोर्ट ( एम आर पी) को आवेदन खुला गरेको छ । परराष्ट्र मन्त्रालय अन्र्तगतको केन्द्रीय राहदानी कार्यालयले एमआरपी वितरणका लागि तीनवटा सोधपुछ केन्द्रसहित ६ स्टलवाट फाराम र राजस्व वुझ्ने व्यवस्था मिलाएको छ । एमआरपीको आवेदन खुला भएसंगै हस्तलिखित राहधनि वितरण कार्य वन्द हुने भएको छ । यसअघि निवेदन लिईएका सवै हस्तलिखित राहदानी आजै उपलव्ध गराईनेछ । यसअघि नै राहदानी लिईसकेका र राहदानी ६ महिनाभन्दा बढी म्याद रहेका व्यक्तिलाई भने तत्काल एमआरपी उपलव्ध गराईनेछैन ।
यसअघि जारी भएका राहदानी प्रयोग गरी सन् २०१५ को नोभेम्बरसम्म बिदेश भ्रमणमा जान सकिने परराष्ट्र मन्त्रालयले जनाएको छ । करिव २ लाख जति हस्तलिखित बुक बांकी रहे पनि त्इसमा लेखिएको नमबर आगामी दुई सातापटि रछ गरिने तयारी भएको छ । कोही व्यक्ति अर्पझट विदेश जानुपर्ने भएमा कारण खुलाएर अस्थायी हस्तलिखित राहदानी एक सातासम्मका लागि उपलव्ध गराईने परराष्ट्र मन्त्रालयले जनाएको छ । राहदानीका लागि फाराम भर्दा गल्ती भएमा सच्याउन पुरा राजस्व तिर्नु पर्ने भएकाले स्पष्ट जानकारी लिएर मात्र फाराम भर्न परराष्ट्रले सबैलाई आग्रह गरेको छ ।
अन्तराष्ट्रिय समाचार
अफगानिस्तामा भएको हमलामा नेटोको मृत्यु
अफगानिस्तानमा पछिल्लो आत्मघाति हमलामा परि १३ जना सुरक्षा सदस्य तथा पाँच हमलाकारीकोे मृत्यु भएको छ । उत्तरी क्षेत्रको कुन्दुज प्रान्तका सैनिक आधार शिवीरमा भएको हमलामा उनीहरुको मृत्यु भएको विविसीले उल्लेख गरेको छ । पछिल्लो पटक अफगान सुरक्षा शिवीरहरु तथा सैन्य भर्ति केन्द्रमा आत्मघाति हमला बढेको समेत समाचारमा उल्लेख गरिएको छ । पछिल्लो आत्मघाति हमलाको जीम्मा तालिवानी ब्रिदोही समुहले लिएको छ । अफगानिस्ताले सुरक्षाका लागी ठुलो मात्रामा सैन्य भत्र्ति खुलाएपछि त्यसको विराध स्वरुप हमलामा वृद्धि भएको बताइएको छ । हमलाकारीहरु सैन्य पोशाकमा सैन्य भत्र्ति केन्द्रमा पुग्ने गरेकाले उनीहरुलाइ रोक्न अफ्ठेरो परिरहेको अफगानी सुरक्ष अधिकारीहरुले जनाएका छन् ।
बगलादेशमा भएको डुगा दुर्घटनामा मर्नेको सख्या ३७ पुग्यो, २० जना अर्झै बेपत्ता
बगलादेशमा भएको डुगा दुर्घटनामा मर्नेको सख्या ३७ पुगेको उद्धारकर्मीहरुले बताएका छन । राजधानी ढाका देखि १ सय ५० माइल उत्तर— पश्चिममा पर्ने सुर्मा नदि पार गर्ने क्रममा माल बाहक डुगाको ठक्कर बाट यात्रुबाहक डुंगा नदिमा डुबेको थियो । मर्नेमा अधिकाश महिला र बालबालिका रहेको समाचारमा जनाइएको छ । सो दुर्घटनामा अझै २० हराइरहेको र उनीहरुको खोजी कार्य भई रहेको अधिकारीहरुले बताएका छन । दुर्घटनाका बखत त्यसमा करिब १ सय जना मानिस सवार थियो । कतिपय पौडी खेलेर बाच्न सफल भएका थिए ।
खेल समाचार
राजधानीमा जारी अन्डर १९ क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर ४ भैरहवा र क्षेत्र नम्बर ३ काठमाडौले जित दर्ता गराएका छन् ।
किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा भैरहवाले क्षेत्र नम्बर ८ पोखरालाई १ सय ७४ रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ३ सय ३७ को बिशाल योगफल तयार ग¥यो । भैरहवाको इनिङ उकास्न फैजुर रहमान खानले शतकिय पारि खेले । पोखराका निश्चल पान्डेबाट बोल्ड हुनु अघि फैजुरले १४ चौका र ७ छक्काको मद्दतले १ सय २१ रन बनाए । यस्तै भैरहवाका सगर पुनले ६९ तथा कृष्ण सेनले ५८ रनको योगदान गरे । पोखराको लागि अमृत कुमार श्रेष्ठले तीन विकेट लिए । यस्तै निश्चल पान्डे र सागर बिसिले पनि दुई–दुई भैरहवाका खेलाडीलाई पेभिलियनको बाटो देखाए । ३ सय ३७ रनको लक्ष्य लिएर मैदान ओर्लिएको पोखरा ४७ ओभर १ बलमा १ सय ६३ रनमा अलआउट भयो । पोखरालाई सस्तैमा समेट्न भैरहवाका बल बहादुर थापाले तिन विकेट लिए । पोखराका अमृत कुमार श्रेष्ठले भैरहवाका सुसन भारीको बलमा बिबेट चौधरीबाट समातिनु अघि ४८ रन बनाए ।
यस्तै आजै भएको अर्काे खेलमा काठमाडौले क्षेत्र नम्बर ७ जनकपुरलाई ६८ रनको फराकिलो स्कोरले हरायो ।
एसेज सिरिज
रायन ह्यारिसले घातक बलिङ गर्दे ४७ रन खर्चैर महत्वपूर्ण ६ विकेट लिएपछि एसेज सिरिजको तेस्रो टेस्टमा फराकिलो जीत निकाल्दै घरेलु टोली अष्टे«लियाले ईङल्यान्डविरुद्धको एसेज श्रृङखला १—१ को बराबरीमा ल्याएको छ । ३९१ रनको लक्ष्य पछ्याएको ईङल्यान्डलाई १२३ रनको झिनो स्कोरमा रोक्दै असिस टोलीले २६७ रनको जीत निकालेको हो ।अष्टे«लियन सिमरहरुका अगाडी खुलेर ब्याटिङ गर्न नसकेका ईङल्यान्डका लागि जोनाथन ट्रटले बनाएको ३१ रननै सर्वाधिक स्कोर थियो ।अन्य ब्याट्सम्यानले १५ रनको आँकडा पनि कटाउन नसक्दा उसले श्रृङखलामा लिएको अग्रता जोगाउन सकेन ।६ विकेट लिएका ह्यारिसलाई साथ दिदै मिचेल जोन्सनले पनि माथिल्ला क्रमका ३ विकेट हात पारेका थिए ।
तेस्रो टेस्टको पहिलो ईनिङमा टस जीतेर ब्याटिङ गरेको अष्टे«लियाले अलआउट हुनुअघि २६८ रन बनाएको थियो भने जवाफमा ईङल्यान्डले १८७ रन मात्र बनाउन सकेको थियो । पहिलो ईनिङमा ८१ रनको अग्रता लिएको असिस टोलीले दोस्रो ईनिङमा ३०९ रन बनाउँदै ईङल्यान्ड सामू जीतका लागि ३९१ रनको चुनौती पेश गरेको थियो । ईङल्यान्डलाई पहिलो ईनिङमा सस्र्तमा समेट्न मिचेल जोन्सन एक्लैले ६ विकेट लिएका थिए भने दोस्रो ईनिङमा सुधारिएको प्रदर्शन गर्नै क्रममा माईक हसीले ११६ रनको शतकीय पारी खेलेका थिए ।ईङल्यान्डका लागि पहिलो ईनिङमा ईयान बेलले सर्वाधिक ५३ रन बनाएका थिए ।
पाँच म्याचको श्रृङखलामा पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्टमा ईङल्यान्ड विजयी भएको थियो ।
No comments:
Post a Comment