Thursday, December 9, 2010

23rd Mangsir 2067

अर्थसमितिद्वारा मूल्यबृद्धिमा पुर्नविचारगर्न निगमलाइ निर्देशनः 

व्यबस्थापिका संसदको अर्थ र श्रम सम्बन्ध समितिले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको विकल्प खोज्न नेपाल आयल निगम र आपूर्ती मन्त्रालयलाइ निर्देशन दिएको छ । संसद सचिवालय सिंहदरवारमा आज बसेको समितिले बैठकले मूल्यवद्धिमा पुर्नविचारगरी संभावित सबै विकल्प र उपायमा छलफलगरी समस्याको समाधान खोज्न निर्देशन दिएको हो । समितिले मूल्यबृद्धिका बिषयमा छलफलगर्न आगमी २८ गते मंगलवार अर्थमन्त्री सुरेन्द्र पाण्डे र आपूर्तीमन्त्री राजेन्द्र महतोलाइ समितिमा बोलाएको छ । संसदीय समितिले आयल निगम भीत्रको आन्तरिक व्यबस्थापन सुद्रीढगर्न र दीर्घकालिन समाधानको नीति र योजना बनाएर बैज्ञानिक आधारमा मूल्यबृद्धि गर्ने नीति बनाउन निर्देशन दिएको छ । बैठकमा सभासदहरुले आयल निगमले गरेको मूल्यबृद्धि वैज्ञानिक नभएको दावीगर्दै तत्काल फीर्तागर्न सरकारलाइ निर्देशन दिन माग गरेका थिए । उनिहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिसंगै यातायात र उपभोग्य सामाग्रीको महङ्गी बढने भन्दै मूल्यबृद्धि फीर्ता लिनुपर्ने बताएका थिए । 

यसैबिच एकीकृत नेकपा माओवादी तथा यसका भातृ संगठनहरुले आयल निगमले गरेको मुल्य वृद्धिको विरोध विरुद्ध आन्दोलनको चेतावनी दिएको छ । माओवादीले आज एक बक्तब्य जारी मुल्य वृद्धिले यातायात, ढुवानी तथा सम्पूर्ण सेवा तथा सुविधाको मुल्य वृद्धि हुने उल्लेख गर्दै पुरानै मुल्य कायम गर्न माग आयल निगमलाइ आग्रह समेत गरेको छ । माओवादी प्रवक्ता दिनानाथ शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा आयल निगम भीत्रको भष्ट्राचार तथा चुहावटका कारण मुल्य वृद्धि भएको भन्दै त्यसको भार जनतामा थोपरिएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ ः खासगरि आयल निगम भित्रको भष्टाचार र चुहावटका कारण बेला बेलामा जनतामाथी मुल्य वृद्धिको भार थोपरिएको छ । साथै माओवादीले आयल निगम भित्र ब्यापक भष्ट्राचार तथा अनियमितता हुने गरेको उल्लेख गर्दै छानविनका लागी संसदिय समीतीको गठनको माग समेत गरेको छ । 

यस्तै भाृत संगठनहरुले समेत आन्दोलन चर्काउने भएका छन् । माओवदी निकट विभीन्न संगठनहरुले अखिल नेपाल महिलासंघ क्रान्किारी, योङ कम्युनिष्ट लिग वाइसिएल, अनेरास्ववियू क्रान्तिकारी, अखिल नेपाल किसान संघ लगायत १४ भातृ संगठनले आज संयुक्त विज्ञप्ति प्रकासितगरी आन्दोलनका कार्यक्रम सुरु गरेका हुन. । विरोधका कार्यक्रममा आज साझ ४ बजे रत्नपार्कमा विरोध कार्यक्रम गरिएको छ भने भोली ५ बजे रत्नपार्कवाट मसाल जुलुस कार्यक्रम र आगामी आइतवार विहान ११ देखी १२ बजेसम्म एक घण्टा चक्का जाम गर्ने लगायत छन । 

यसैबीच, एमाले निकट अखिल नेपाल किसान महासंघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । महासंघले मूल्यबृद्धी फीर्ता नलिए यसवाट उत्पन्न हुनसक्ने भयाभह परिणामको जिम्मेवार सरकार बन्नुपर्ने चेतावनि समेत दिएको छ । महासंघका अध्यक्ष वाबदेव गौतमले आज एक विज्ञप्ति जारी गरी एक बर्षमा पाँच पटक मूल्यबद्धि गरेर न्यून आय भएका किसानलाई मार पर्ने भन्दै मुल्य बृद्धि फिर्ता लिन माग गर्नुभएको हो । त्

यस्तैे मुल्य बृद्धि फिर्ताको माग गर्दै सभाषदहरुको एक टोलीले आज अर्थमन्त्रि सुरेन्द्र पाण्डेसँग छलफल गरेको छ । अर्थमन्त्रलयमा भएको भेटमा टोलीले मुल्य बृद्धिको बारेमा अर्थमन्त्रिको ध्यानाकर्षण गराएको थियो । सभाषद् नबिन्द्रराज जोशीको नेतृत्वको सो टोलीले प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि यसबारेमा छलफल गर्ने भएको छ । टोलीले यसअघि आपुर्तीमन्त्रि र आयल निगमका महाप्रवन्धकसँग छलफल गरिसकेको छ ।   

यता राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालले पनि मुल्य बृद्धिको बिरोधमा राजधानीको रत्नपार्कमा प्रधानमन्त्री माधवकुमार नेपाल, आपुर्ती मन्त्रि राजेन्द्र महतो र आयल निगमका महानिर्देशकको पुत्ला दहन गरको छ । राप्रपा नेपालले हिजो पनि बबरमहलस्थित आयल निगमको कार्यालय घेराउ गरेको थियो । 
यसैबिच पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा ग्यास बिक्रेता महासघले आज बबरमहल स्थित निगमको कार्यलयमा धर्ना दिएको छ ।  मुल्यबृद्धीले सर्बसाधारण जनताको ढाँड सेकिएको भन्दै बिहान महासघले १० बजे देखि दुई घण्टा धर्ना दिएको हो । धर्ना कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च लगायत अधिकारवादी संस्थाहरुको समेत सहभागीता रहेको महासङका अधयक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिनु भयो ।

यसअघि आजै चाबहिलस्थित पशुपति क्याम्पसका विद्यार्थीहरुले मूल्यबृद्धि फिर्ता लिन र यसअघि गिरफ्तार गरिएका विद्यार्थीलाई रिहा गर्न माग गर्दै बिहान प्रदर्शन गरेका थिए ।  पशुपति क्याम्पस बाट सुरु भएको बिरोध ¥याली चाबहिलका बिभिन्न भागको परिक्रमा पछि कोण सभामा परिणत भएको भएको थियो । साथै विद्यार्थीहरुले काठमाडौं उपत्यकालगायत देशभरका क्याम्पस अगाडि प्रदर्शन जारी राखेका छन् ।

कार्यदलमा १८ बुदाँमा सहमति, संविधान संशोधनका विषयमा सहमति जुटन सकेनः

काठमाण्डौ, मंसिर २३ । संबिधान निर्माणका क्रममा देखिएका बिबाद सुल्झाउन गठित उच्चस्तरिय कार्यदलले नेपाल बहुजातिय राज्य हुने लगायत संबैधानिक समिति अन्तरगतका १८ वटा बिषयमा सहमति जुटाएको छ । यद्यपी संविधान संशोधन लगायत बिषयमा सहमति जुटन सकेन । एकीकृत नेकपा माओवादीले सार्वभौमसत्ता, गणतन्त्र, संघीयता र धर्म निरपेक्ष राज्य बाहेकका सबै बिषयमा संविधान संशोधनगर्न सकिने व्यबसथा गर्नुपर्ने बताएको छ । भने कागे्रस÷एमाले लगायतका दलहरुले मानव अधिकार, प्रेस स्वतन्त्रता, बहुलवाद लगायत लोकतान्त्रिकमूल्य र मान्यतासंग जोडिएका बिषयलाइ पनि असंशोधनीय बिषय राख्नुपर्ने बताएका छन । 
संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको बैठकपछि माओवादीका तर्फवाट कार्यदल सहयोगि नेता देवप्रसाद गुरुङ्गले असंशोधनिय बिषयको लामो सुचि बनाउदा संविधान रिजिट बन्ने बताउनुभयो । आवाज 
मानव अधिकार, प्रेस स्वतन्त्रता लगायत बिषय प्रस्तावना र मौलिक अधिकार अन्तरगत रासखने भएका कारण असंशोधनिय सुचीमा राख्नु नपर्ने उहाँले दावी गर्नुभयो । कागे्रस सदस्य रमेश लेखकका अनुसार नेपाल बहुजातिय, बहुधार्मीक र बहुसास्कृतिक राष्ट्र भन्नेमा सहमति भएकोे छ ।

यसैगरि सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष बहुजातिय राज्य राख्न सहमति भएको छ । माओवादीले संविधान संशोधनमा कठोर व्यबस्थागर्दा विद्रोह जन्मिने खतरा रहेको बताएको छ । जनता सार्वभौम भएकोले जुनसुकै विषयमा संशोधनगर्न सकिने माओवादी तर्कछ । संविधान संशोधनको प्रक्रिर्यामा भने दलहरुवीच पूरै सहमति भएको छैन । सामान्य अबस्थामा केन्द्रीय व्यबस्थापिकाको दुइतिहाइले संविधान संशोधन गर्ने भएपनि कतिपय सन्दर्भमा व्यबस्थापिका संसदको सामान्य बहुमतले जनमतसंग्रहमा जाने निर्णय गरेर संविधान संशोधन गर्ने प्रस्तवमाथी छलफल भइरहेको छ । 
यसैबीच, एकीकृत नेकपा माओवादीले राष्ट्रिय झण्डा परिवर्तनको अडानवाट पछि हटेर झण्डाको पुर्नव्याख्या गर्नुपर्ने प्रस्ताव गरेको छ । यसअघि चन्द्र÷सूर्य अंकित झण्डा परिवर्तनको पक्षमा रहेको माओवादी नागरिक स्तरवाट विरोध भएपछि अहिले त्यसको व्याख्यामात्र परिवर्तन गरे पुग्ने पक्षमा सहमत नजिक देखिएको हो । उच्चस्तयिर कार्यदलमा भएको छलफलमा माओवादीले बहुजाति, बहुभाषी समूदायको विशेषता झल्किने गरी पुर्नव्याख्या गर्न प्रस्ताव गरेको हो । 
माओवादी नेता देवप्रसाद गुरुङ्गले नयाँ रुपले राष्ट्रिय एकता गर्नुपर्ने भएकोले विगतको राजतन्त्रतात्मक कालमा बनाइएको झण्डाके व्याख्यागर्न जोड दिइएको बताउनुभयो । उहाँले बहुजाति, बहुभाषा लगायत सवै समूदायलाइ एकताको सुत्रमा बाध्ने र प्रदेशबीचको एकताको भाव आउने खालको झण्डा बनाउन प्रस्ताव गरिएको बताउनुभयो । यसअघि सम्बैधानिक समितमा भएको मतदानमा माओवादी, तमलोपा लगायत केहि दलले झण्डा परिवर्तनको पक्षमा मतदान गरेका थिए । कागे्रस सदस्य रमेश लेखकले अहिलेकै झण्डा राख्ने विषयमा सहमति जुटने विश्वास व्यक्त गर्नुभयो । 

विशेष अधिवेशनको औचित्य पुष्टिगर्नुपर्छः झलनाथ

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संसदको विशेष अधिवेशन बोलाउनु अघि यसको औचित्य पुष्टि हुनु पर्ने बताउनुभएको छ । दक्षिण अफ्रिकामा भएको १२ औं विश्व श्रमिक सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराििट्रय बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले विशेष अधिवेशनको औचित्य पुष्टि गर्नुपर्ने बताउनु भएको हो । अधिवेशन बोलाउन माग गर्ने सभाषदको अधिकार भए पनि अहिलेको अवस्थामा त्यसले समस्या समाधना गर्न नसक्ने खनालको भनाई थियो । उहाँले विशेष भन्दा पनि नियमित अधिबेशन बोलाउन जोड दिनुपर्ने बताउनुभयो ।

कार्यदलले काम गरिरहेको भन्दै खनालले घुमाउरो ढंगले कार्यदलको म्याद थप्नु पर्नेमा जोड दिनुभयो । कार्यवहाक अध्यक्षको विषयमा उपाध्यक्षहरुले असन्टुष्टि जनाएका छन्नी भन्ने संचारकर्मीको जिज्ञासामा पार्टिमा वरिष्ठताको क्रम निर्धारण नभएको वताउनुभयो । उहाँले आगामी केन्द्रीय कमिटिको वैठकले यस विषयको टुंगो लगाउने समेत जानकारीदिनुुभयो । अध्यक्ष खनालले विद्यार्थी संगठन अनेरास्ववियुका पदाधिकारीबीच हिजो भएको झडपका सन्दर्भमा अनेरास्ववियुले नै विवाद समाधान गर्नुपर्नेे बताउनुभयो ।

भारतिय राजदुत राकेश सुदलाई फिर्ता बोलाउने 

नेपालका लागि भारतिय राजदुत राकेश सुदको कार्यकाल नसकिदै भारतले फिर्ता बोलाउने भएको छ । उहाको कार्यशैली चर्को हुने गरेको भन्दै भारतले कार्यकाल नसकिदै फिर्ता बोलाउन लागेको बताइएको छ । भारतीय पत्रिका द टेलिग्राफको आजको अंकमा घमण्डी स्वभावका सुदको नेपालमा आलोचना हुन थालेपछि भारतले बोलाउने तयारी गरेको समाचार सार्वजानिक भएको छ । उहाको ठाउँमा बिदेश मन्त्रालयका बिषेश सचिव जयन्त प्रसादलाई पठाइने बताइएको छ । सन् २००८ मा नेपालका लागि राजदुत नियुक्त हुनुभएको सुदको कार्यकाल २०११ अप्रिलमा सकिदैछ । नेपालको अन्तरिक मामिलामा भारतले हस्तक्षेप गरको भन्दै एकिकृत नेकपा माओबादीले राजदुत सुदलाई बिभिन्न ठाउँमा बिरोध प्रदर्शन गर्दै आएका छन् ।  

सत्ता खिचातानिका कारण संविधान अन्यौलमाः उपाध्याय

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले राजनीतिक दलहरु संविधान निर्माण छाडेर सत्ताको खिचातानिमा लागेका कारण थपिएको समयमापनि संविधान नबन्ने आशंका बढेको बताउनु भएको छ । उहाँले सत्ता लिप्सा र अन्तरदलीय कलहमा राजनीति रुमलिएका कारण संविधान नबन्ने आशंकाले जनतामा निराशा छाएको बताउनुभयो । राजधानीमा आजदेखी सुरु मानव अधिकार महाभेलाको उदघाटनगर्दै अध्यक्ष उपाध्यायले देशको राजनीति यस्तै प्रबृति रहिरहे जनतामा अशान्ति र जनआक्रोश बढ्ने खतरा रहेको बताउँनु भएको हो । 

शान्ति सम्झौताको ४ बर्ष पुगिस्क्दा समेत वेपत्ताको खोजि नहुनु, विस्थापित फर्कीन नसक्नु तथा द्वन्दका समयमा मानव अधिकार उल्लद्धनमा संलग्नलाइ कार्वाही नहुनु अत्यन्त दुखको बिषय भएको उपाध्यायले बताउनुभयो । उहाँले नयाँ संविधान लोकतन्त्र र मानवअधिकार मैत्री बन्नुपर्ने भएपनि संविधान बन्ने नबन्ने भयलाइ अन्त्य गर्नुपर्ने बताउनुभयो । मानब अधिकार दिबसको अबसर पारेर झण्डै एकसय मानव अधिकारवादी संघ÷संस्थाको आयोजनामा मानव अधिकार महाभेला आयोजना गरिएको हो । शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याउन दवाव दिने उदेश्यले आयोजित भेला दुई दिन सम्म जारी रहनेछ । 

सभामुख नेम्बाङ

संबिधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसदको बैठक बस्नासाथ प्रधानमन्त्रीको निर्वाचनका एक्ला प्रत्यासी रामचन्द्र पौडेलको उम्मेदवारी रहने वा नरहने विषयमा टुङ्गो लाग्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्बाङले उम्मेदवारीका विषयमा टुङ्गो लगाउने आधार आफूसँग रहे पनि अहिले सार्वजनिक गर्न भने नमिल्ने बताउनु भयो । उहाले आधार सार्वजनिक गर्दा झनै सहमतिमा समस्या थपिन सक्ने भन्दै सार्वजानिक गर्न नमिल्ने बताउनु भएको हो । उहाले दलहरुले आफ्नो आदेश माने भए देशलाई निकास दिन आफु तयार रहेको दाबी गर्नुभयो । सभामुख नेम्वाङले प्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फर्के लगत्तै सरकारले संसदको अधिबेशन डाक्नेमा बिश्वास व्यक्त गर्नुभयो । 

संसदको बैठक बोलाउने विषयमा दलहरुबीच कुनै किसिमको विवाद नरहेको बताउँदै प्रधानमन्त्री फर्किएपछि यस विषयमा टुङ्गो लाग्ने बताउनु भयो । सभामुख नेम्बाङले दलहरुबीच अहिले विशेष अधिवेशन बोलाउने कि निममित अधिवेशन भन्ने विषयमा छलफल चलिरहेको अवस्थामा एकीकृत नेकपा (माओवादी)ले आह्वान गर्ने भनिएको विशेष अधिवेशनका बारेमा आफूलाई अहिलेसम्म औपचारिक रुपमा जानकारी नआएको स्पष्ट पाुर्नभयो ।

अध्यक्ष नारायणमान बिजुक्छेले

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पर्यटन बर्ष मनाउने नाममा बिदेशीकै जहाज, बिदेशी सामग्री र उपभोग्य सामान प्रयोग गरिए नेपाली जनतालाई पर्यटन बर्ष मनाएको कुनै अर्थ नहुने बताउनुभएको छ । भक्तपुरको पर्यटन विकास तथा व्यबस्थापन गर्न बनेको योजना प्रोफाइलको हस्तान्तरण कार्यक्रममा बिजुक्छेले पर्यटक भिœयाउनुे स्वदेशी उत्पादनलाई बिदेशी सामु पस्केर आम्दानी गर्नु रहेकाले पर्यटन वयबसाय यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । विजुक्छेले  पर्यटकको रुपमा आउने बिदेशीहरुप्रति सतर्क र सचेत हुनु जरुरी रहेको बताउर्दै पर्यटक धेरै ल्याए पनि उनीहरु बाट पर्न सक्ने राष्ट्रियता सम्बन्धिको प्रतिकुल परिस्थिती प्रति चनाखो रहनुपर्ने अहिलेको आवश्यकता रहेको औल्याउनुभयो । 

ब्रिटिस गोर्खा कप 

मनाङ मस्याङ्दी क्बल र जाउलाखेल युथ क्बल आजका खेलमा विजयी हुदैँ राजधानीमा जारी ब्रिटिस गोर्खा कप फुटवल प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरेका छन् । दशरथ रङशाला त्रीपुरेश्वरमा भएको आजको पहिलो खेलमा जावलाखेल युथ क्लवले बाँसवारी क्लवलाई २–० गोलकोे अन्तरले पाखा लगाउँदै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जावलाखेलका लागि खेलको १८ औ मिनेटमा लक्ष्मीनारायण श्रेष्ठले र ६१ औँ मिनेटमा बिशाल राईले १–१ गोल गरेका थिए ।  
प्रतियोगिता अन्र्तगत नै आज भएकोे दोश्रो खेलमा मनाङ मस्र्याङदी क्लव पनि समुह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दशरथ रङशालामा नै भएको उक्त खेलमा मनाङले सरस्वती क्लवलाई ४–० गोल अन्तरले पराजित गरेको हो । खेलमा मनाङका लागि खेलको १९ औँ मिनेटमा सन्तोश साहुखल , ३८ औँ मिनेटमा निराजन खड्का, ३९ औँ मिनेटमा बिजय गुरुङले र ४८ औं मिनेटमा सुलभ मास्केले १–१ गोल गरेका थिए । हवस्त् खेल समाचार सँगै हामी गोर्खा न्यूजको अन्त्यमा आइ पुगेका छौँ । अन्त्यमा मुख्य मुख्य खबर शिर्षकहरु

No comments: