Wednesday, December 14, 2011

आत्मदाहको तयारी थियो तिब्बती शरणार्थीहरुको

Is Tibet free ever ?
Daily Kathmandu
भारतमा निर्वासित जीवनसँगै तीब्बतको समानान्तर सरकार चलाउँदै आएका धार्मीक नेता दलाई लामालाई चाहिएको छ, स्वतन्त्र तिब्बत । त्यसैले उनले तिब्बतलाई चिनबाट अलग्याउन विभिन्न खाले हर्कत गदै आइरहेका छन् । तर पनि उनको हर्कत आजसम्म सफल हुन सकेको छैन । चिनका कुनै पदाधिकारीको भ्रमण होस या चीनमा आयोजना हुने कुनै खेल, दलाई लामाले त्यसलाई तारो बनाउँदै आएका छन् । यहि अभियानको प्रभावमा नेपाली भुमि प्रयोग गरी चिनविरोधी गतिबीधी बढीरहेका छन् पछिल्ला बर्षहरुम । एक चिन नीतिको पक्षमा रहेको नेपाल सरकार नेपाली भुमिबाट कुनै पनि चिनविरोधी क्रियाकलाप हुन नदिने भन्दै चिनलाई आश्वस्त पार्ने प्रयास गर्दै आएको छ । 

तर पनि बेलाबखतमा नेपालमै पनि नपत्याउने खालको चिनविरोधी गतिबीधी हुदै आएका छन् । चिनियाँ प्रधानमन्त्री नेपाल भ्रमणमा आउने हल्लाखल्ला भएका बेला पनि तिब्बतीहरुले नेपालमा विरोधका कार्यक्रम बनाउन थालेका थिए । यता, नेपाल सरकार चिनियाँ प्रधानमन्त्रीको लागी भेटघाट, बस्ने खाने व्यवस्था गर्दैथियो । उता विरोधका कार्यक्रम बनाउँदैथिए, फ्रि तिब्बत समर्थकहरुले । स्रोतका अनुसार नेपाली प्रधानमन्त्री भारत भं्रमणबाट फर्केलगतै चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणको चर्चा चल्न थालेदेखी नै दलाई लामाका समर्थकले नेपालमा खुलेरै विरोध गर्ने योजना बनाउन थालेका हुन । र, उनिहरुले काठमाडौंलाई केन्द्र र पोखरालाई उपकेन्द्र बनाएर विरोधका कार्यक्रम बनाउँदै आएका छन् । यस्तो थियो तिब्बतीहरुको योजना
  • विभिन्न ठाउँमा भित्तेलेखन
  • पर्चा छर्ने, पम्प्लेट टाँस्ने
  • काजो झण्डा देखाउने
  • प्रत्येक समूहमा १० जना रहने
  • दुई जनाले अन्तिम दिनमा आत्मदाह गर्ने
  • गुम्बाहरुमा बस्दा होसियार हुने
चिनियाँ प्रधानमन्त्रीको भ्रमणका बेला गर्ने विरोधका कार्यक्रम तय गर्न निर्वासित तिब्बती सरकारका सुरक्षा प्रमुखसमेत नेपाल आएका थिए र उनले दलाई लामाका समर्थकहरुलाई प्रशिक्षण दिएका थिए । स्रोतका अनुसार उनले विरोध कार्यक्रमको योजना बनाउन करीव ४ दिन नेपालमा बिताएका थिए । विरोधका कार्यक्रमको पहिलो योजना बनाएर उनी भारतको धर्मशाला फर्केलगतै सांसदहरुको टोली नेपाल आएको थियो । त्यो टोलीले नेपालबाट गर्न सकिने विरोध कार्यक्रम तथा त्यसको कार्यतालिका तयार पारेको थियो । यता चिनियाँ प्रधानमन्त्रीको स्वागतका लागी सरकारी अधिकारीहरु तयारीमा ब्यस्त रहेकै बेला चिनविरोधीहरु भने भित्ता पोत्ने, नारबाजी गर्ने, पर्चा पम्लेट टाँस्ने तयारी गर्दै थिए । यसैबीच राजधानीमा रहेका तिब्बतीहरुलाई सहयोग गदै आएका असंख्य गुम्बाहरुमा दिनैपिछे बैठकहरु भएका थिए । अन्य बेला सडकमै आएर विरोध गर्ने तिब्बतीहरुले भने यो भ्रमणमा १० जनाको समूह बनाएर विरोध गर्ने योजना बनाएका थिए । १०–१० जनाको समूह बनाइएमा सरकारले पक्रन नसक्ने र फरक दिनमा फरक समूह बनाउदै विभिन्न ठाउँमा बस्ने योजना बनाइएको थियो ।


विषेश गरी राती बसेको ठाउँमा होसियार हुने कार्यशैली पनि बनाइएको थियो । उनीहरुलाई अन्य पोसाकमा गुम्बाहरुमा बस्ने बसाउने योजना बनाइएको थियो । स्रोतका अनुसार भ्रमणको अबधीमा १० जनालाई बिरोधमा उतार्ने तय भएको थियो । त्यसका लागी जिम्मा दिने तथा भित्तेलेखन र जनशक्ति व्यवस्थाको जिम्मा तिब्बतियन भोलिन्टियर्स ग्रुप नानका अध्यक्ष कालसाङलाई दिइएको थियो । त्यस अबधीमा सहयोग गर्नेलाई मोटो रकम दिने आश्वासन पनि तिब्बतीहरुले दिएका थिए । उनीहरुले संघर्षका लागि मुख्य आधार बनाएका ठाउँहरु हुन, राजधानीको बौद्ध, चाबहिल, सिनामंगल, स्वयम्भू, हात्तिसार, बानेश्वर र जावलाखेल लगायतका क्षेत्र । स्रोतका अनुसार चिनको विरोधमा लागेका संगठनका प्रमुखहरुलाई बाहिर देखा नपर्न पनि निर्देशित गरिएको थियो । चीनका प्रधानमन्त्रीको मिति नै तय भइनसकेकाले उनीहरुको तयारी कार्यक्रम भने प्रभावित भएको छ । तर, तिब्बतलाई अलग्याउने उद्देश्यले जारी राखिएको विरोधका कार्यक्रम भ्रमणको मिति तय हुना साथ हर्कतमा आउने निश्चित छ ।

सरकारले चिनबिराधी काम हुन नदिन सुरक्षा ब्यवस्था कडा पारिएको बनाए पनि तिब्बत समर्थकहरुले भने विरोधका कार्यक्रम भित्रभित्रै डिजाइन गरिरहेका छन् । अर्कोतर्फ तिब्बतीहको चलखेल बुझ्न नेपालको मात्र नभई चिनियाँ सुरक्षा अधिकारीहरु समेत काठमाडौंमा रातोदि लागिरहेका छन् । र विरोधका कार्यक्रम तय भएको कुरा सरकारी अधिकारीलाई पनि जानकारी छ, भ्रमण अनिश्चित भएपछि उनीहरुको टाउको दुखाइ कम भएको होला । तर उक चीन विरोधी गतिविधी हुन नदिने सन्धि नै गरेको नेपालमा यस्ता कार्यक्रम तय गरिनुको पछाडि को छ र कहाँबाट यस्तो डिजाइन आउँछ भन्ने पत्तो लगाउन नसक्नुलाई नेपालको कमजोरीको रुपमा विश्लेषकहरुले बुझेका छन् । सौजन्य एबीसी टेलिभिजन

No comments: