काठमाण्डौँ । चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणका दौरान के–के माग्ने भन्दै सरकारले लिस्ट लम्ब्याउँदै गर्दा एकाएक चिनिया प्रधानमन्त्रीको निर्धारित भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराइका अनुसार बेनले पुस पाँच गते देखी सात गते सम्म भ्रमण गर्ने तय भएको थियो ।
तर भ्रमण स्थगित भएको भनिएको मिति सम्ममा पनि चिनले भने वेनको भ्रमणबारे औपचारिक रुपमा केही बताएको थिएन । परराष्ट्रविद्हरुले पनि वनेको भ्रमणको मिती तय नभएको र अर्को मिति पनि तय नभएकाले भ्रमणलाइ स्थगित भन्न नमिल्ने बताएका छन् ।
यद्यपी चिनियाँ प्रतिनिधि मण्डलले एक साता यता नेपालमा रहेर गृहकार्य गरेकाले भ्रमण हुने लगभग निश्चित प्राय देखिएको थियो । वेनलाइ सरकारले बुलेट पुफ्र गाडी र नेपालकै प्रधानमन्त्री सरह सुरक्षाको ब्यवस्था समेत मिलाइसकेको थियो ।
त्यसअघि नेपालका लागि चिनिया राजदुत योङ हौलानले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशलाइ भेटगरी प्रधानमन्त्री जिआवाओको नेपाल आउन नसक्ने जानकारी गराउनु भएको थियो । चिनिया प्रधानमन्त्रीले १० जना मन्त्रीसहित एकसय भन्दा बढी सदस्य सहित आगामी पुस ५ देखि ७ गतेसम्म नेपाल भ्रमण गर्न तय भएको थियो । परराष्ट्र मन्त्रीसंगको भेटमा चिनिया राजदुतले भ्रमणको नयाँ तालिका आपसी सहमतिमा गर्न प्रस्ताव गर्नुभएको थियो ।
चिनियाँ दुतवासाले भने नेपाल संक्रमणकालमा रहेकाले भ्रमण स्थगित गरिएको जनाएको छ । पछिल्लो समय सरकारको भविष्य अनिश्चित देखिएको र अस्थीर सरकारसँग चिनले कुनै सम्झाता नगर्ने भन्दै भ्रमण स्थगित गरिएको उल्लेख गरेको छ ।
नेपालले औपचारिक रुपमा भ्रमण कार्यतालिका नै निमार्ण नभइ भ्रमणको मिति सार्वजनिक गरेको भन्दै चिनले यसअघि नै असन्तुष्टि जनाएको थियो । भ्रमणको समय तालिका पहिला नै सार्वजनिक गर्दा तिब्बती शरणार्थीले प्रर्दशन गर्न सक्ने भन्दै चिनले भ्रमण स्थगित गरेको आकंलन गरिएको छ । भारत र अमोरिकाको उक्साहटमा ब्यापक प्रर्दशनको तयारी भएकाले वेनको भ्रमण स्थगन भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
यता सरकारले चिन सँग पनि विपा सम्झौता गर्न लागेको जानकारी पाएको भारतले नेपालका मधेशी दलहरु सँग मिलेर सरकार ढाल्ने चेतावनी दिएपछि चिनियाँ प्रधानमन्त्रीले भ्रमण स्थगित गरेको केही परराष्ट्रविद्हरुले जनाएका छन् । सोमबार मात्र मधेशी मोर्चाका नेताहरुले प्रधानमन्त्रीले एकलौटी निणर्य गरेको भन्दै सरकार छाड्ने चेतावनी दिएका थिए । उनीहरुले चिन सरकार सँग हुने भनिएको लगानी संरक्षण र क्षतिपुर्ती सम्बन्धि सम्झौता हुन लागेको प्रति समेत असहमति जनाएको बताइएको थियो ।
भ्रमण स्थगित गरेपछि प्रधनमन्त्री वाबुराम भट्टराइले केही कुटनीतिक क्षेत्रका जानकारहरुसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री बाओको भ्रमणका लाइ आफ्नो कुटनैतिक सफलता भन्दै केहीदिन अघि रिपोर्ट सार्वजनिक गरेको सरकारलाइ अब भने धक्का लागेको छ ।

No comments:
Post a Comment