मनोज सत्याल
काठमाण्डौँ । राष्ट्रियता र देशप्रेम खासगरि दुइ वटा विषयमा जोडिएको हुन्छ । एउटा खेल र अर्को संगित । प्रत्येक देशले राष्ट्रगान बनाउनु संगित राष्ट्रप्रेमको उत्कृष्ट माध्यम भएको पुष्टि गर्ने तत्व हो । त्यस्तै खेलमा फहराइने झण्डा र ब्यक्ति भन्दा धेरै मुलुकको पक्षमा हुटिङ गर्नुले खेल राष्ट्रियता प्रर्दशन गर्ने उत्कृष्ट माध्यम भएको प्रमाणित हुन्छ ।
काठमाण्डौँ । राष्ट्रियता र देशप्रेम खासगरि दुइ वटा विषयमा जोडिएको हुन्छ । एउटा खेल र अर्को संगित । प्रत्येक देशले राष्ट्रगान बनाउनु संगित राष्ट्रप्रेमको उत्कृष्ट माध्यम भएको पुष्टि गर्ने तत्व हो । त्यस्तै खेलमा फहराइने झण्डा र ब्यक्ति भन्दा धेरै मुलुकको पक्षमा हुटिङ गर्नुले खेल राष्ट्रियता प्रर्दशन गर्ने उत्कृष्ट माध्यम भएको प्रमाणित हुन्छ ।
तर खेलमा पराजित हुदाँ आफ्नो मुलुक नै हारेको महसुस हुन्छ । त्यस्तै भयो आज नेपाल छिमेकी मुलुक अफगानिस्तानसँग फुटबल र क्रिकेट दुबैमा पराजित भएको छ । एकै दिन बिहान क्रिकेटमा र साँझ फुटबलमा पराजित बन्न पुग्यो । अझ भनौँ भने फुटबल र क्रिकेटको फाइनल प्रवेशका लागी अफगानिस्तान नै बाधक बन्यो ।
साफ च्याम्पियनसिपको सेमिफाइनलमा एक शुन्यले पराजित
नेपाल साफ च्याम्पीयनसीप फुटबल प्रतियोगिताको फाईनल प्रवेश गर्नबाट चुकेको छ । भारतको नयाँ देल्ली स्थीत जवाहरलाल नेहहरु स्टेडियममा केहीबेर अघि सम्पन्न खेलमा अफगानिस्तानसँग एक शुन्यले पराजित भएपछि नेपाल फाइनल प्रवेश गर्नबाट चुकेको हो । विजयी अफगानिस्ताका लागी बलाल अर्जुनले खेलको एक्ट्रा समयको पहिला हाफमा गोल गरेका थिए । जितसँगै अफगानिस्तानले आइतबार हुने फाइनल खेलमा भारतसँग भेट पक्का गरेको छ ।
खेलमा नेपालले गोल गर्ने कयौँ अवसरको सदुपयोग गर्न असफल भएको थियो । निकै नै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा नेपालले खेलमाथी कब्जा जमाएपनि दोश्रो हाफ पछि लय गुमाएको थियो ।
खेलको एक्स्ट्रा टाइमको दोश्रो हाफमा नेपालका विराज महर्जनले अफगानिस्तानका बलाल अजुर्नलाइ डि एरियामा लडाएपछि रातो कार्ड खाँदै मैदान छाडेका थिए । त्यस्तै नेपालका कप्पान सागर थापालाइ अफगानिस्तानका खेलाडीले मिस बिहेभ गरेका थिए । त्यसअघि आजै भएको पहिलो सेमिफाइनलमा माल्दिभ्सलाइ तिन एकले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको थियो ।
क्रिकेटको सेमिफाइनलमा पनि अफगानिस्तानसँग ९ विकेटले पराजित
नेपाल राजधानीमा जारी एसीसी २०—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा अफगाननिस्तानससँग ९ विकेटले पराजित भएको छ । ६९ रनको सामान्य चुनौती पाएको आफगानिस्तानले ९ ओभर २ बलमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टाएपछि नेपालको यात्रामा पूर्णविराम लागेको हो ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न खेलमा टस जितेर पहिले व्याटीङ गरेको नेपालले पुरै ओभरमा ९ विकेट गुमाएर केवल ६८ रन मात्र जोडेको थियो । ओसिलो पिचामा ब्याटिङ रोज्नु नेपालका गलत सावित भएको थियो । अफगानी बलरहरुका सामू नेपाली खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन् । खराब मौसमका कारण केही ढिला गरी खेल शुरु गर्नु परेकाले २० ओभरको खेल १६ ओभरमा झारिएको थियो । नेपालका लागि कप्तान पारश खड्काले ३० तथा बसन्त रेग्मीले १० रन जोड्नु बाहेक अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अङकमा रन जोड्न सकेनन् । साउदी अरेबिया बिरुद्ध छक्का र चौकाको बर्षा गरेका मेहेबुब आलम आज डक आउट भएका थिए ।
No comments:
Post a Comment