कग्रेशद्धारा माओवादी संविधान निमार्णमा गम्भीर नभएको भन्दै खेद प्रस्ताव पारित
![]() |
Nepali Congress Party Office, Sanepa |
काठमाडौँ, ४ चैत्र । नेपाली काँग्रेसले शान्ति र संविधान निमार्णको पक्षमा माओवादी गंभिर नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । पार्टी मुख्यालयमा सानेपामा आज बसेको केन्द्रिय समितिको बैठकले एमाले माओवादी गठबन्धन संविधान निमार्णमा केन्द्रीत नभएको भन्दै चिन्ता व्यक्त गरेको हो । बैठकले शान्ति र संविधान निमार्णमा माओवादीको बेवास्ताप्रति चिन्ता व्यक्त गर्दै खेद व्यक्त गर्ने निर्णय समेत गरेको छ ।
बैठकपछि काँग्रेस नेता बिमलेन्द्र निधिले संवैधानिक समिति र सेना समायोजन समितिका पार्टी प्रतिनीधिलाई सुझाव दिनका लागि पार्टीका शीर्ष नेताहरुको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । काँग्रेसले संवैधानिक समितिको सुझाव समिति संयोजकमा रामचन्द्र पौडेल र सेना समायोजन समितिको सुझाव समिति संयोजकमा शेरबहादुर देउवालाई चयन गरेको छ ।
बैठकले पार्टीका नेता चिरञ्जीवि वाग्लेको सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाउदै राजनीतिक पूर्वाग्रह राखेर निर्णय भएको ठहर गरेको छ । माओवादीका सभाषद्हरुको भ्रष्टाचार प्रकरण खुल्न नसक्नु तर कांग्रेस नेताको प्रकरणलाई प्रथामिकताका साथ फैसला सुनाउनु न्यायलयको पूर्वाग्रह हो भन्ने बैठकको ठहर रहेको नेता नीधिले बताउनुभयो ।
एसएलसी परीक्षामा कडाई गरिने
काठमाडौँ, ४ चैत । यही चैत १० गतेदेखि सञ्चालन हुने यस वर्षको एसएलसी परीक्षालाई मर्यादित बनाउन सरकारले परिक्षामा कडाई गर्ने निणर्य गरेको छ ।
शिक्षा मन्त्रालयमा आज सरकारले विभिन्न सुरक्षा निकायका उच्च अधिकारीसँग परामर्श गरि परिक्षामा हुने अमर्यादित ब्यवहार नियन्त्रण गर्ने निणर्य गरेको हो । विगतका वर्षमा परीक्षामा खुलेआम चिट् चोर्नेलगायतका विकृति देखिएकामा यसपटक त्यस्तो हुन नदिन आवश्यक तयारी गरिएको शिक्षा मन्त्री गंलालाल तुलाधरले जानकारी दिनुभयो । उहाँले चिट चोराउने शिक्षक, कर्मचारी वा सुरक्षाअधिकारीलाई सम्बन्धित ऐनअनुसार कारवाही गरिने र त्यस्तो कार्यमा अभिभावक सम्लग्न भएको पाइए सार्वजनिक अपराधको मुद्दा लगाइने निर्णय भएको जानकारी दिनुभयो ।
परीक्षालाई मर्यादित बनाउने क्रममा यही चैत ८ गते जिल्ला र स्थानीयस्तरमा सबै सरोकारवालाको सहभागितामा बैठकहरू आयोजना गर्ने तयारी समेत भएको छ । यस वर्षको परीक्षामा कुल ४ लाख ९६ हजार २ सय ४३ जना परीक्षार्थीका लागी एकहजार ७२ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
सरकारलाइ कसैले हल्लाउन सक्नेछैनः प्रधानन्त्री
काठमाडौँ, ४ चैत्र । प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री निर्वाचनका क्रममा माओवादीसंग भएको सातबुँदे सहमतिको मूल मर्म र भावनाअनुरुप राष्ट्रले सुम्पेको दायित्व बहन गर्न कटिबद्ध रहेको दोहो¥याउनु भएको छ । सात महिना लामो गतिरोधको अन्त्य गरी गठन भएको सरकारलाई जस्तासुकै बाधा अवरोध आएपनि व्यवस्थापन गर्दै अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । प्रेस काउन्सिल पत्रकारीता पुरस्कार वितरण कार्यक्रमलाइ आज राजधानीमा संवोधनगर्दै प्रधानमन्त्री खनालले वर्तमान सरकारलाइ राष्ट्रिय सहमतिको स्वरुप दिएर सहमतिमै शान्ति र संविधान बनाउने बताउनु भएको हो ।
शान्ति र संविधान निर्माणगर्ने अभियानमा सकेसम्म सबैसँग सहमति कायम गरेर अघि बढ्ने आफ्नो प्रयत्न रहने स्मरणगर्दै खनालले यसलाई कमजोरीका रुपमा नलिन चुनौति दिनुभयो । इतिहासले सुम्पेको जिम्मेवारी बहन गर्ने र राष्ट्रलाई नयाँ दिशा दिने आफ्नो अठोटप्रति तथ्यपरक आलोचना गर्दै प्रधानमन्त्रीले वस्तुनिष्ठ प्रश्न र निरन्तर खबरदारी गर्न आव्हान गर्नुभयोे । ‘मुलुक अत्यन्तै महत्वपूर्ण संगीन र जटील स्थितिमा रहेको छ, यदि शान्ति र संविधान निर्माण गर्दै अघि बढ्द सकेनौं भने भविष्यका दिनहरु के हुनेछन् भन्ने कुरामा हामी वाकिफ छौं, प्रधानमन्त्री खनालले भन्नुभयो– नवगठित सरकारलाई विस्तार गर्दै राष्ट्रिय सहमतिको स्वरुप दिनसक्दा यसलाई कसैले तलमाथि गर्न वा हल्लाउन सक्नेछैन ।’
प्रधानमन्त्रीले मुलुक राजनीतिक संक्रमणमा रहेको समयमा मुलुकको पत्रकारिता अझ बढी जनउत्तरदायी, तथ्यपरक र स्तरीय हुनु आवश्यक रहेको बताउनुभयो । मनोगत आग्रह–पूर्वाग्रह, तथ्यहरुको तोडमरोड, विभिन्न व्यक्ति र समूहका अनुचित र दाउपेचयुक्त चलखेलमा मिडियाको दुरुपयोगजस्ता समस्या नेपाली प्रेसमा विद्यमान रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्रीले अन्तरिम संविधानमा जस्तै नयाँ बन्ने संविधानमा पनि प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्ने विषयमा प्रमुख राजनीतिक दलहरुबीच आम सहमति रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री खनालले सञ्चार उद्योग पनि अरु क्षेत्रजस्तै लोडसेडिङ्को चर्को मारमा परिरहेको भन्दै मिडियाको विकासका लागि सरकारले ठोस कार्यक्रम ल्याउने आश्वासन दिनुभयो ।
यसैबीच, प्रेस काउन्सिलले गोपालदास पत्रकारिता पुरस्कार पाल्पाका बरिष्ठ पत्रकार मेघराज शर्मा, आचारसंहिता पुरस्कार कान्तिपुर टेलिभिजन, साहित्यिक स्तम्भ लेखन पुरस्कार साहित्यकार बिमल निभा, साहित्यिक पुरस्कार कौशिकी द्वैमासिक, थारु भाषाको दैनिक ‘पहुरा’ र महिला सशक्तिकरण पुरस्कार पत्रकार गंगा बराललाई प्रदान गरेको छ ।
सरकारले एक दुइ दिनमा पूर्णता पाउँछ ः प्रचण्ड
काठमाडौँ, ४ चैत्र । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी एक÷दुइ दिनमा सरकारले पूर्णता पाउने र एक हस्ताभीत्र सेना समायोजनको मोडालिटिमा सहमति जुटने बताउनु भएको छ । सिंङ्गापुरमा सम्पन्न एसिया प्यासिफिक फाउन्डेसनको कार्यसमिति बैठकमा सहभागि भएर फर्कीने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै अध्यक्ष प्रचण्डले सेना समायोजनको मोडालिटि र चेन अफ कमाण्डवारे एक हप्तामा सहमति हुने दाबी गर्नुभएको हो । यसवारे प्रधानमन्त्री झलनाथ खनालसंग आफूले कुरा गरिसकेको प्रचन्डको भनाई छ ।
संवैधानिक समिति अन्तरगतको विबाद उपसमितिले आगामी दुइ हप्तामा साशकीय स्वरुप र राज्यपुर्नसंरचना सम्बन्धमा ठोस सहमति गर्ने दावीगर्दै प्रचण्डले त्यसपछि समयमै संविधान बन्ने बताउनुभयो । पत्रकारहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले सिङ्गापुरमा रहँदा चिनियाँ नेताहरु भेटवार्ता भएको अस्वीकार गर्नुभयो । प्रचण्डले आफ्नो सिङगापुर भ्रमणका दौरान फाउण्डेशनको सहध्यक्षको हैसियतले एसिया प्यासिफिक फाउन्डेसनको कार्यसमिति बैठकमा भाग लिनु बाहेक अन्य भेटवार्ता नभएको समेत दावी गर्नुभयो । प्रचण्ड गत बुधवार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
झलनाथ खनाल नेतृत्व सरकार राष्ट्रिय सरकार बनाउँछु ः माधव नेपाल
पूर्व प्रधनमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाले नेतृत्वको वर्तमान सरकारलाई राष्ट्रिय सरकार बनाउने कसरत भइरहेको बताउनुभएको छ । रौतहटको चन्द्रनिगाहपुरमा आज रेडियो नुनथरको उदघाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले आफ्नो सरकार गिराउने खेलमा एमाले भित्रैकै केही नेताहरु लागेपनि आफु अहिलेको सरकारलाई राष्ट्रिय सरकार बनाउने कसरतमा लागिरहेको बताउनुभयो ।
उहांले सरकारमा सहभागी हुनका लागि कांग्रेससंग छिट्टै वार्ता गर्ने जानकारी दिनुभयो । शान्ति र संबिधानको चाहना पुरा गर्न नेपाली काग्रेस सरकार सहभागि हुनुपर्ने उहांले बताउनुभयो । नेता नेपालले महत्वपुर्ण घडीमा आएर नेपाली कांग्रेसले अन्य दललाई धोका दिएको आरोप पनि लगाउनुभयो । लडाकु समायोजनका लागि माओवादीले आलटाल गरिरहेको बताउंदै उहांले माओवादी लोकतान्त्रीक पार्टीमा रुपान्तरित नभएसम्म शान्ति र संविधान भन्ने जनताको चाहाना पुरा नहुने बताउनुभयो । आफ्नो सरकारका पालामा महत्वपुर्ण काम गरेको भन्दै उहांले आफू नेतृत्वको सरकारको प्रशंसा पनि गर्नुभयो । देशलाई संकट परेको अवस्थामा आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको नेपालको दाबी थियो । एमाले बरिष्ठ नेता नेपाल एमालेबाट गठित नया“ वार्ता टोलीका संयोजक पनि हुनुहुन्छ । एमाले स्थायी समितिले हिजो नेता नेपालको संयोजकत्वमा अन्य दलसंग वार्ता गर्न पांच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित संस्थको उदघाटनः
काठमाडाँै, ४ चैत्र । विभिन्न दलका नेताहरुले शान्ति प्रक्रिर्या सुरुवातगर्नमा गिरिजाप्रसाद कोइरालाको अतुलनिय योगदान रहेको बताएका छन । ‘जीपि कोइराला सेन्टर फर–डेमोक्रेशी, पीस एण्ड डेभलपमेण्ट’ को उद्घाटन समारोहमा उपस्थित नेताहरुले समुन्नत नेपालको निर्माणका लागि जा।री शान्ति प्रक्रिया र संविधान निर्माणलाई पूर्णता दिनु अपरिहार्य भएकोमा जोड दिएका छन् ।
कांग्रेसका सभापति शुसिल कोइरालाले दलहरुले इमान्दारिताका साथ काम गरे शान्ति प्रक्रिया र संविधान निमार्णको कार्य सरलताका साथ सम्पन्न हुने बताउनुभयो । नेपाली कांग्रेस प्रजातन्त्र स्थापनाका लागि लामो समयसम्म संघर्षरत रहंदा भएका सम्झौता पालना नभएकाले अब कुनै पनि सम्झौता कांग्रेसले नगर्ने उहाले उद्घोष गर्नुभयो ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याउन उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरेपनि उत्तरार्धमा स्वास्थ्यका कारण त्यसलाइ पूर्णरुप दिन नसकिएको स्मरण गर्नुभयो । उहाँँले कोइरालाले सुरु गरेको शान्ति र संविधानको कार्यभार पूरागर्न चाहेमा दलहरुबीच राष्ट्रिय सहमतिको विकल्प नरहेको उल्लेख गर्नुभयो । ‘आशंका र अविश्वास धेरै भयो, प्रकाशले भन्नुभयो–संविधान निर्माण सहितको शान्ति प्रक्रिर्यालाइ पूर्णतामा जानु नै उचित विकल्प हुनसक्छ ।’
![]() |
Late Leader of Nepali Peace Process Girija Prasad Koirala (PM6) |
शान्ति र संविधान बन्न नसके राष्ट्रिय अस्थित्व खतरामा पर्ने, मुलुक अर्को मुठभेड र गृहयुद्धमा फस्ने, देश असफपल राज्य बन्ने र जनआन्दोलनवाट प्राप्त उपलव्धी खोसिएर प्रतिक्रान्तिको खतरा रहेको भन्दै यसतर्फ गम्भीर बन्न उहाँले सबै राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो । स्वगीय कोईरालालेृ सुरु गरेको शान्ति प्रक्रियाको मिसन पूरा गर्नुनै आफरुहरुको पहिलो कार्यभार भएकोमा प्रकाशले जोड दिनुभयो ।
यस्तै कङग्रेस नेता रामचन्द्र पौडेलले स्व. कोईराला क्रान्ति र शान्ति दुबैको नायक भएको स्मरण गर्दै नेपालको भविष्यका सम्बन्धमा उहाँले राख्नुभएको सोच दुरगामी भएको बताउनुभयो । नेपालको शान्ति प्रक्रिया कोईरालाले छाडेको बिन्दुबाट एककदम पजि अघि नबढेको भन्दै पौडेलले जिम्मेवार बनेर शान्ति प्रक्रियालाई टुङगोमा पुराउने दिशामा अघि बढ्न माओवादी अध्यक्ष प्रचन्डसँग आग्ह गर्नुभयो ।
यसैबीच, नेपाली कागे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जीपि कोइराला सेन्टर फर–डेमोक्रेशी, पीस एण्ड डेभलपमेण्ट’ नामक संस्थाको आज उदघाटन गरिएको छ । कोइरालाको बार्षिक पुण्य तिथिको अबसरमा राजधानीमा आयोजित विशेष समारोहबीच राष्ट्रपति डा रामबरण यादवले उक्त संस्थाको उदघाट्न गर्नुभएको हो । २००७ साल देखी गणतन्त्र स्थापना सम्मका आन्दोलनमा कोइरालाको योगदान रहेको स्मरणगर्दै राष्ट्रपतिले कोइराला राष्ट्रिय एकता, शान्ति र सद्भावका प्रतीक रहेको बताउनुभयो ।
कोईराला सेन्टरले लोकतन्त्र र शान्तिका पक्षमा कामगर्ने संस्थाकी अध्यक्ष सुजाता कोइरालाले बताउनभयो । कार्यक्रममा स्वर्गीय कोइरालाको जीवनिवारे पत्रकार जगत नेपालद्वारा लिखित ‘आफ्नै कुरा’ नामक पुस्तकको लोकार्पण गरिएको थियो । उद्घाटन समारोहमा विभिन्न दलका नेताहरु, नेपाल स्थित विभिन्न देशका राजदुत तथा र कागे्रस नेताहरुको उपस्थिति थियो ।
शहरी क्षेत्रमा खानेपानी समस्या विकरालः सभासद
काठमाण्डौ, चैत्र ४ । सभासदहरुले राजधानी काठमाण्डौ उपत्याका लगतयत शहरी क्षेत्रहरुमा खानेपानीको समस्या विकराल बन्दै गएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन । काठमाण्डौमा पानीको समस्यासंगै उपलव्ध पानीको गुणस्तरपनि जनस्वाथ्थ प्रतिकुल रहेको भन्दै उनिहरुले प्रभावकारी अनुगमन माग गरेका छन । व्यबस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिले भुमिगत जलस्रोतको अबस्थावारे विज्ञहरुसंग गरेको छलफलमा सभासदहरुले काठमाण्डौमा अनियन्त्रीत ढंगले भुमिगत पानी प्रशोधन भइरहेको भन्दै नियन्त्रण गर्न माग गरे ।
कागे्रस सभासद लक्ष्मणप्रसाद घिमिरेले राजधानीमा आशन्न पानी संकटको भायाभह अबस्थावाट बचाउन भुमिगत पानीको संरक्षण गर्नु पर्ने बताउनुभयो । भुमिगत पानी रिचार्जकालागि उपत्याकाको चारैतर्फ बाध बनाउने योजनामा लाग्नुपर्ने बताउनुभयो । सभासद नेत्रप्रसाद पन्थीले उपत्यका आसपासका क्षेत्रमा रहेका खानेपानीका मुहान संरक्षण गर्नेतर्फ तीब्र रुपमा काम गर्नुपर्ने बताउनुभयो । सभासद सत्या पहाडीले काठमाण्डौमा वितरित पानी शहरी रोगको मुख्य कारण भएको भन्दै पानीको गुणस्तर कायमगर्न माग गर्नुभयो ।
प्रम–राजदूत भेट
युरोपेली युनियनका सदस्यराष्ट्र अर्मेनिया, फिलिपिन्स र बेल्जियमका राजदूतले शान्तिप्रक्रिया र संविधान निर्माणमा भइरहेको प्रगतिबारे चासो व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री झलनाथ खनालस“ग भेट गरी राजदूतहरूले जारी शान्तिप्रक्रिया र संविधान निर्माणबारे चासो व्यक्त गरेका हुन् । भेटमा अर्मेनियाका राजदूत एरा हाकोब्यान, फिलिपिन्सका रोनाल्ड एलारे र बेल्जियमका पियेरेर भाइसेन सहभागी थिए । भेटबारे जानकारी दि“दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार मिलन तुलाधरले राजदूतहरूले निर्धारित समयमै शान्ति र संविधानको कार्यभार सम्पन्न भए नेपाललाई दि“दै आएको सहयोग बढाउने आश्वासन दिएका थिए । जवाफमा प्रधानमन्त्री खनालले संवैधानिक उपसमितिमार्फत् संविधान निर्माणको काम अगाडि बढिरहेको र सेना समायोजन विशेष समितिले छिट्टै समायोजन र पुनस्र्थापनासम्बन्धी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी गराउ“दै तोकिएकै समयमा काम सम्पन्न हुने विश्वास दिलाउनु भएको थियो ।
मधेशी नेताहरु भारतमा देउसी खेल्दै
बर्तमान सरकार बिरुद्ध लोकतान्त्रिक मोर्चा गठनमा जुटेका मधेशी मोर्चामा आबद्ध प्रमुख तीन दलका नेताले आज पनि भारतीय नेताहरु सँगको भेटबार्तालाई जारी राखेका छन् । भारतीय सरकारको निमन्त्रणामा दुई दिन अघि नयाँ दिल्ली पुगेका मधेशी मोर्चाका नेताहरुले आज अर्थमन्त्री प्रणब मुखर्जी, बिपक्षी दलकी नेतृ सुस्मा स्वराज लगायत सँग भेटबार्ता गरिरहेको बताईएको छ ।
नेपालको बिकसीत राजनितीक घटनाक्रम प्रति चासो राख्दै आएको भारतले एमाले —माओबादी गठबन्ध सरकार इतरका दलका शिर्ष नेतालाई पालै पालो बोलाएर जानकारी लिने गरेको छ । यसै क्रममा पुर्व प्रधानमन्त्री एब राष्टिय जनशक्ति पार्टीका अध्यक्ष सुर्य बहादुर थापा केहिदिन अघि भारत गएर स्वदेश फर्कि सक्नु भएको छ ।
अन्तराष्ट्रिय समाचार
लिबियामा हमलाको तयारी, पश्चिमा मुलुकहरु तयारीमा
पश्चिमा मुलुकहरुले लिबियामा माथी सयुक्त राष्ट्र सघिय सुरक्षा परिषदले पारित गरेको उडान निषेधित क्षेत्र कार्यन्यवनबारे छलफल सुरु गरे लगत्तै लिबियाली शाशक मुहम्मर गद्याफले आकस्मीक युद्ध विरामको घाषणा गरेका छन् । फ्रान्स र बेलायतले केही घण्टा भित्रै हवाइ आक्रमणको सुरु गर्ने चेतावनी दिएपछि गद्याफिले युद्ध विरामको घोषणा गरेका हुन् । युद्ध विरामको घोषणा गर्दै गद्धाफि सरकारका विदेश मन्त्री मुसा कुसाले युद्ध विराम संयुक्त राष्ट्रसंघको आम नागरिकको सरक्षालाइ भन्ने विषयमा केन्द्रीत रहेको बताउनुभयो । युद्ध विराम पछि लिबियाली सैनिकहरु प्रर्दशनकारी हरु माथीको आक्रमण रोकेको विविसीले जनाएको छ । त्यसअघि राष्ट्रसंघिय सुरक्षा परिषद्ले उडान निषेधित क्षेत्र घोषणा गरे लगत्तै फ्रान्स र बेलायतले लिबियामा माथी सैनिक हमला गर्ने बारे छलफल तिव्र पारेका थिए ।
त्यसअघि गएराति संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषद्ले लिबियमा जारी प्रर्दशनमा शाशक मुहम्मर गद्याफिले दमन गरेको ठहर गर्दै नागरिक हत्या रोक्न कुनैपनि किसीमको कारवाहि गर्ने निणर्य गरेको थियो । एक महिना यता लिबियामा जारी प्रर्दशनका दौरान हजारौँ सर्वसाधारणको गद्याफि सरकराले हत्या गरेको भन्दै सुरक्षा परिषद्ले कारवाहि निणर्य गरेको हो । १५ देशका प्रतिनिधी सदस्य रहेको सु्रक्षा परिषद बैठकमा १० मुलुकले प्रस्ताबको पक्षमा मतदान गरेका थिए भने भने रुस, जर्मनी र चिन लगायत पाँच देशले मतदानमा भाग नलिई तटस्थ बसेको थिए । पारित प्रस्ताबमा गद्धाफि समर्थक सैनिकका बिरुद्ध हवाई आक्रमण गर्न सक्ने उल्लेख रहेको छ ।
खेल समाचार
विश्वकप क्रिकेट
जारी १० आँै संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत केहिबेर अघि सम्पन्न खेलमा श्रीलङ्काले न्यूजिल्याण्डलाइ ११२ रनले पराजित गरेको छ । जित सँगै श्रीलङ्का समुह ए को विजेता बन्न सफल भएको छ । यद्यपि दुबै टोलिले यसअघि नै क्वाटरफाइनलको यात्रा भने तय गरिसकेका छन् ।
श्रीलङ्काद्धारा प्रस्तुत २६६ रनको मध्यम लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ३५ओभरमा १५३ रन बनाउँदै अल आउट भएको थियो । श्रीलङ्कालि बलर मुथैया मुरलिधरन चम्किएपछि न्यूजिल्याण्डका ब्याट्स्म्यान सस्तैमा आउट भएका थिए । मुरलीधरनले ४ विकेट हात पारेका थिए । न्यूजिल्याण्डका लागी जेसी राइडर १९, ज्याकोब ओरामले नट आउट २०, जेम्स फ्याङ्कलिनले २०, रोस टेलर ३३, मार्टिन गुप्तिल १३, बे्रण्डम म्याकुलम १४, तथा स्कट स्टाइरिसले ६ रन बनाएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ्ग गरेको श्रीलङ्काले कप्तान कुमारा साङ्गाकाराको १११ रनको शतकिय पारिको मद्यतले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर २६५ रन बनाएको थियो । श्रीलङ्कालि इनिङलाइ उकास्न माहेला जयवर्दनेले ६६, तथा एङ्जेलो म्याथुजले नटआउट ४१ रनको योगदान गरेका थिए । न्यूजिल्याण्डका बलरहरुका निकै कडा बलको सामना गरेका अन्य श्रीलङ्कालि ब्याट्स्म्यानहरु भने सस्तैमा आउट भएका थिए । श्रीलङ्काका सात ब्याट्स्म्यान दोहोर अंकमा रननै नजोडि पेभिलियन फर्किएका थिए । श्रीलङ्कालाइ मध्यम योगफलमा समेट्न न्यूजिल्याण्डका टिम साउदीले ३ तथा नाथम म्याकुलमले २ विकेट लिएका थिए ।
त्यसअघि आजै भएको पहिलो खेलमा आयरल्यान्डले नेदरल्याण्ड्स विरुद्ध ६ विकेटको सान्त्वना जित हात पारेको थियो । कोलकताको ईडेन गार्डेन रंगशालामा भएको खेलमा टस हारेर पहिले व्याटीङ गरिरहेकोे नेदरल्याण्ड्सले दिएको ३०७ रनको चुनौती आईरिस टोलीले ४७ ओभर ४ बलमा केवल ४ विकेट गुमाएर भेट्टाएको थियो । उसको जितमा पउल स्टर्लिङले १०१ रनको पारी खेलेका थिए । यस्तै विलियम पोर्टसफल्डले पनि ६८ रनको पारी खेलेका थिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको डच टोलीले ईनिङको अन्तिम बलमा अलआउट हुनुअघि रायन डोस्केटको शतक र कप्तान पिटर बोरेनको अर्धशतकको मद्यतमा ३०० रनको आकडा पार गरेको थियो । डोस्केट १०६ तथा कप्तान बोरेन ८४ रनमा आउट भएका थिए । आर्यरिस टोलीले ५० औ ओभरको अन्तिम ४ बलमा ४ डच ब्याट्सम्यानलाई रनआउट गरेका थिए । आयरल्यान्डका लागि जोन मुनी र पाउल स्टर्लिङले २—२ विकेट आपफ्नो नाममा लेखाएका थिए ।
No comments:
Post a Comment