वर्तमान सरकारमा सहभागी हुन एमाले आग्रह काँग्रेसद्धारा ठाडै अस्वीकार
काठमाडौँ, ५ चैत्र । नेपाली कांग्रेसले एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन एमालले गरेको आग्रह ठाडै अस्वीकार गरेको छ । साथै काँग्रेसले सरकारमा सहभागी नहुने आफ्नो अडान समेत यथावत नै राखेको छ ।
एमाले नेता कृष्णलाल महर्जनको कुमारीपाटि स्थति निवासमा एमाले नेताहरुसँगको भेटमा काँग्रेसले वर्तमान सरकारमा सहभागी नहुने अडान यथावत् राखेको हो । बैठकपछि नेपाली कांग्रेस संदसदीय दलका नेता रामचन्द्र पौडेलले सातबँुदे पृष्ठभूमिबाट निर्माण भएको सरकारमा सहभागी नहुने बताउंनुभयो । पौडेलले सातबुदेँ तत्काल खारेज गरिनुपर्ने धारणा समेत राख्नुभयो । उहाँले शान्ती प्रक्रियालाइ गति दिन माओावदी र एमाले गठबन्धनलाइ आग्रह समेत गर्नुभयो ।
एमाले महासचिव ईश्वर पोखरेलले कांग्रेस अहिलेको सरकारमा सहभागी नभए पनि शान्ति प्रक्रिया र संविधान निर्माणलाइ सहमितका साथ अगाडी बढाउने विषयमा सहमत भएको जानकारी दिनुभयो । पोखरेलले काँग्रेसले यहि अवस्थामा सरकारमा सहभागी नहुने अडान कायमै राखेको बताउनुभयो । एमाले स्थायी कमिटिको निर्णय अनुसार कांग्रेससँग वार्ता गरेको पोखरेलले जानकारी दिनुभयो ।
साँझ करिब दुई घण्टा सम्म चलेको बैठकमा एमालेकातर्पmबाट माधव कुमार नेपाल, केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल र नेपाली कांग्रेसकातर्पmबाट सभापति शुसिल कोइराला, रामचन्द्र पौडेल, डा. रामशरण महत र कृष्णप्रसाद सिटौला सहभागी हनु भएको थियो ।
समायोजन गर्ने लडाकु संख्या महत्वपूर्ण छैन ः सेना समायोजन विषेश समिती संयोजक शर्मा
काठमाडौँ, ५ चैत्र । सेना समायोजन विषेश समितीका संयोजक बालानन्द शर्माले नेपाली सेनामा समायोजन गर्न लडाकुको संख्या निर्धारणकै आधारमा शान्ती प्रक्रिया रोकिनु उचित नभएको बताउनु भएको छ । जिपि कोइराला सेन्टरले आज राजधानिमा आयोजना गरेको कार्यक्रममा शर्माले समायोजन लडाकुको संख्यालाइ लिएर अल्लमलिनुको कुनै अर्थ नरहेको समेत दाव गर्नुभयो । संयोजक शर्माले राजनैतिक सहमति भए लडाकु समायोजन कुनै जटिल विषय नभएको समेत दावि गर्नुभयो । उहाँले केही लडाकुहरु राजनितीमा, केहि पुनस्थापना र केही मात्र समायोजनमा जान चाहेकाले कति संख्या कहाँ भनेर अहिले अड्को थाप्न नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा जिपी कोइराला सेन्टर कि अध्यक्ष एवम् काँग्रेस नेतृ सुजता कोइरालाले राष्ट्रिय एकता कायम राख्न पनि शान्ती प्रक्रियाले तत्काल पूणर्ता पाउनुपर्ने बताउनुभयो । कोइरालाले पिता स्वगिर्य गिरिजा प्रसाद कोइरालाले शान्ती प्रक्रिया पुरा होस् भन्ने चाहना अन्त्य सम्म राखेको बताउनुभयो । कार्यक्रममा अमेरिका, भारत, चिन लगायत राष्ट्रका विज्ञहरुले शान्ती प्रक्रियाले गति लिनुपर्ने धारणा राखेका थिए ।
रङ्गहरुको पर्व फागु पूर्णिमा हर्षोल्लासका साथ मनाइयो ।
काठमाडौँ, ५ चैत्र । रंग र अबिरको पर्व होली आज काठमाडौं उपत्यका लगायत विभिन्न पहाडी जिल्लाहरुमा हर्ष र उल्लासका साथ मनाईएको छ । आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको होली अर्थात फागु पर्वको अवसरमा विभिन्न रङ, अबिर र पानि छ्यापा छ्याप गरी रमाईलो साथ मनाइएको हो ।
फागुकै अवसरमा आजदिनभर काठमडौमा चोक चोकमा युवाहरु समूहबद्ध भइ एक आपासमा रङ्ग दलेर रमाइलो गरेका थिए । बालक देखि पाका उमेर सम्मकाले चोक तथा घरको छतमा बसेर पानी छ्याप्ने र लोला हान्नमा व्यस्त देखिएका थिए ।
अधिकांश युवायुवतीहरु विभिन्न रङ्गले रङिगएर सडकमा अरुलाई पनि रङगाउँदै हिडिरहेका प्रशस्त दृश्य आज राजधानीका सडकहरुमा देखिएका थिए । जथाभावी पानी र लोला हान्नेहरुलाई प्रहरीले कडाई गरेकाले यसपालीको होली गत बर्षहरुको तुलनामा सौम्य, सुन्दर र मनोरन्जक देखिएको थियो । युवाहरुको समूह अनुहारमा विभिन्न रङ्ग, इनामेल पोतेर मोटर तथा मोटरसाइकलमा बाजागाजासहित नगर परिक्रमामा जुटेका थिए ।
होली पर्वमै कामदेब र रतिको प्रेम प्रसङ्ग पनि जोडिएकाले यसलाई माया प्रेमको पर्वको रुपमा समेत लिने गरिन्छ । तराईमा भने भोलि मात्र होली पर्व मनाईन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले उपत्यका र पहाडि जिल्लामा आज र तराईका जिल्लाहरुमा भोली सार्वजनिक बिदा दिदैँ आएको छ ।
उता होली पर्वका अवसरमा हरेक वर्ष झै यसवर्ष पनि ललितपुरको हरिसिद्धिमा आज फागु जात्रा अर्थात फागुनाच सम्पन्न भएको छ । हरिसिद्धि मन्दिरमा बिहानैदेखि सुरु भएको जात्रामा परम्परागत वस्त्रमा सजिएका २९ पुजारीहरु अबिरमा रङ्गिएर फागु पुजा गरेको थियो । जात्रामा ठूलो सङ्ख्यामा जम्मा भएका स्थानीय गाउँलेलाई पुजारीहरुले रातो टीका र अबिर लगाइदिएका थिए । हरिसिद्धि मन्दिरमा फागु पूर्णिमाको दिन फागुनाच देखाउने र मन्दिरमा रातो रङ्ग मात्रै होली खेल्ने चलन छ ।
यसैवीच, होली पर्वको क्रममा ईच्छा विपरित लोला हात्रे, रङ दल्ने तथा सवारी नियम उल्लंघन गर्ने ४ सय ५५ जनालाई काठमाडौको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई छानविन पछि आजै साँझ छाडिएको जिल्ला प्रहरी कार्यलय काठमाडौका प्रहरी नायब उपरीक्षक बसन्त रजौरेले जानकारी दिनुभयो । यस्तै होलीका क्रममा सवारी नियम उलंघन गर्ने २ सय ८६ वटा मोटरसाइकल र २ वटा मिनिट्रकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चन्द्रमा पृथ्वीको नजिक आएपनि विपत्ति भने नहुने
काठमाडौँ, ५ चैत्र । नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा आज फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक भएको छ । पृथ्वीको नजिक चन्द्रमा आउने एउटा नियमित प्रक्रिया भएपनि आज परिक्रमा कै दौरान चन्द्रमा पृथ्वीको नजिक भएको हो । जसका कारण सूर्यास्तपछि चन्द्रमाको आकार अहिले अन्य समयमा भन्दा ठूलो देखिएको छ भने प्रकाशमा वृद्धि भएको बैज्ञानिकहरुले बताएका छन् । आजको दिन चन्द्रमा पृथ्वीको तीन लाख ५६ हजार ५७७ किलोमिटर मात्रै टाढा रहेको छ ।
चन्द्रमा पृथ्वीबाट नजिक भएपछि गुरुत्वाकर्षणका कारण समुन्द्रतटमा सामान्य ज्वारभाटामा आउने बाहेक कुनै विपत्तिजनक घटना नहुने खगोलविद् तथा ज्योतिषविदहरुले बताएका छन् । यसबाट भूकम्प, ज्वालामुखी विष्फोटन, सुनामी हुरीबतासजस्ता कुनै किसिमको विपत्ति नहुने तर समुन्द्रमा नियमितभन्दा ज्वारभाटाको उचाई केही वृद्धि हुने नेपाल खगोलीय समाजका संस्थापक सचिव सुरेश भट्टराईले जानकारी दिनुभयो ।
काँग्रेसलाइ सरकारमा ल्याउने प्रयासका कारण सरकार विस्तारमा ढिलाइ ः डा भट्टराई
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले कङग्रेस लगायतका दलहरुलाई पनि सरकारमा ल्याउने कसरत भईरहेकाले मन्त्रीमन्डल विस्तारमा ढिलाइ भइरहेको बताउनु भएको छ । दार्चुला जानेक्रममा धनगढीमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भट्टराइले देशको अहिलेको आवश्यकता राष्ट्रिय सरकार भएकाले सबै दलहरुलाइ समेटेर लैजान प्रयास गर्दा मन्त्रीमन्डल बिस्तारमा ढिलाई भएको दावी गर्नुभयो । विवादका कारण मन्त्रीमन्डल विस्तारमा ढिलाई भएको भन्ने भनाईको खन्डन गर्दै उपाध्यक्ष भट्टराईले खनालल नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिईने दावी समेत गर्नुभयो । राष्ट्रिय सरकार नबन्दा शान्ति र संविधान पुरा नहुने भएकाले राष्ट्रिय सरकार नै पहिलो प्राथमिकता भएकोमा उहाँले जोड दिनुभयो ।
यता माओवादीकै अर्का उपाध्यक्ष मोहन वैद्य किरणले शान्ति र संविधानको लागि षड्यन्त्र भए जनविद्रोह निश्चित भएको दोहो¥याउनुभएको छ । सहिद बैकुण्ठ स्मृति भवनको ललितपुरमा उद्घाटन गर्दै उपाध्यक्ष वैद्यले शान्ति र संविधानका विरुद्धमा षड्यन्त्र भईरहेको आरोप लगाउनुभयो । निर्धारित समयमा संविधान जारी गर्न कै लागि एमालेस“ग गठबन्धन गरेको भन्दै उपाध्यक्ष वैद्यले शान्ति र संविधान नचाहनेले वाम धु्रवीकरणको विरोध गरिरहेको चर्चा गर्नुभयो । राजनीतिक परिवर्तनलाई संस्थागत गर्न माओवादीले धेरै लचकता अपनाएको भन्दै बैद्यले अब लचकता नअपनाउने बरु विद्रोहतिर लाग्ने जिकिर गर्नुभयो ।
उपाध्यक्ष वैद्यले लामो समयसम्मको सरकार वहीनताको अवस्थालाई निकास दिन आफूहरुले नयाँ सरकार गठन गरेकोमा सरकारले पूर्णता नपाउँदै ढाल्ने षड्यन्त्र सुरु भएको र त्यही कसरतस्वरुप अहिले मधेशवादी नेताहरुको दिल्ली दौड चलिरहेको टिप्पणी गर्नुभयो । तत्कालीन माओवादी जनयुद्धका बेला सहिद बनेका बैकुण्ठनारायण श्रेष्ठ र चेतनारायण श्रेष्ठको सम्झनास्वरुप माओवादी भातृ संस्था एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घले रु २० लाखको लागतमा उक्त भवन निर्माण गरेको हो ।
जाजरकोटमा ढुङ्गाखानी दुर्घटना ः ३ जनाको मृत्यु
जाजरकोट, ५ चैत्र । ढुङ्गाखानी भत्किएर पुरि“दा जाजरकोटमा ३ जनाको मृत्यु भएको छ । पजारु गाविस वडानम्बर ७ मा रहेको काइनेटी ढुङ्गाखानी भत्किंदा अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पजारु गाविसका ५० वर्षीय रते सार्की, १९ वर्षीया कमला न्यौपाने र १५ वर्षीय दुर्गाबहादुर गिरी रहेको प्रहरीले जनाएको छ । ढुंगाखानीमा काम गरिरहेका दलचन गिरी, डिलबहादुर गिरी, पदम खत्री, रवीण खत्री, वसन्त न्यौपाने र सीता न्यौपाने गम्भीर घाइते भएका छन् । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक गणेशवहादुर नेपालीले जानकारी दिनुभयो ।
![]() |
Flag of Nepali Congress |
एमाले नेता कृष्णलाल महर्जनको कुमारीपाटि स्थति निवासमा एमाले नेताहरुसँगको भेटमा काँग्रेसले वर्तमान सरकारमा सहभागी नहुने अडान यथावत् राखेको हो । बैठकपछि नेपाली कांग्रेस संदसदीय दलका नेता रामचन्द्र पौडेलले सातबँुदे पृष्ठभूमिबाट निर्माण भएको सरकारमा सहभागी नहुने बताउंनुभयो । पौडेलले सातबुदेँ तत्काल खारेज गरिनुपर्ने धारणा समेत राख्नुभयो । उहाँले शान्ती प्रक्रियालाइ गति दिन माओावदी र एमाले गठबन्धनलाइ आग्रह समेत गर्नुभयो ।
एमाले महासचिव ईश्वर पोखरेलले कांग्रेस अहिलेको सरकारमा सहभागी नभए पनि शान्ति प्रक्रिया र संविधान निर्माणलाइ सहमितका साथ अगाडी बढाउने विषयमा सहमत भएको जानकारी दिनुभयो । पोखरेलले काँग्रेसले यहि अवस्थामा सरकारमा सहभागी नहुने अडान कायमै राखेको बताउनुभयो । एमाले स्थायी कमिटिको निर्णय अनुसार कांग्रेससँग वार्ता गरेको पोखरेलले जानकारी दिनुभयो ।
साँझ करिब दुई घण्टा सम्म चलेको बैठकमा एमालेकातर्पmबाट माधव कुमार नेपाल, केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल र नेपाली कांग्रेसकातर्पmबाट सभापति शुसिल कोइराला, रामचन्द्र पौडेल, डा. रामशरण महत र कृष्णप्रसाद सिटौला सहभागी हनु भएको थियो ।
समायोजन गर्ने लडाकु संख्या महत्वपूर्ण छैन ः सेना समायोजन विषेश समिती संयोजक शर्मा
![]() |
Chairman of AISC(Army Intrigation Special Committe) Balananda Sharma |
कार्यक्रममा जिपी कोइराला सेन्टर कि अध्यक्ष एवम् काँग्रेस नेतृ सुजता कोइरालाले राष्ट्रिय एकता कायम राख्न पनि शान्ती प्रक्रियाले तत्काल पूणर्ता पाउनुपर्ने बताउनुभयो । कोइरालाले पिता स्वगिर्य गिरिजा प्रसाद कोइरालाले शान्ती प्रक्रिया पुरा होस् भन्ने चाहना अन्त्य सम्म राखेको बताउनुभयो । कार्यक्रममा अमेरिका, भारत, चिन लगायत राष्ट्रका विज्ञहरुले शान्ती प्रक्रियाले गति लिनुपर्ने धारणा राखेका थिए ।
रङ्गहरुको पर्व फागु पूर्णिमा हर्षोल्लासका साथ मनाइयो ।
काठमाडौँ, ५ चैत्र । रंग र अबिरको पर्व होली आज काठमाडौं उपत्यका लगायत विभिन्न पहाडी जिल्लाहरुमा हर्ष र उल्लासका साथ मनाईएको छ । आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको होली अर्थात फागु पर्वको अवसरमा विभिन्न रङ, अबिर र पानि छ्यापा छ्याप गरी रमाईलो साथ मनाइएको हो ।
फागुकै अवसरमा आजदिनभर काठमडौमा चोक चोकमा युवाहरु समूहबद्ध भइ एक आपासमा रङ्ग दलेर रमाइलो गरेका थिए । बालक देखि पाका उमेर सम्मकाले चोक तथा घरको छतमा बसेर पानी छ्याप्ने र लोला हान्नमा व्यस्त देखिएका थिए ।
अधिकांश युवायुवतीहरु विभिन्न रङ्गले रङिगएर सडकमा अरुलाई पनि रङगाउँदै हिडिरहेका प्रशस्त दृश्य आज राजधानीका सडकहरुमा देखिएका थिए । जथाभावी पानी र लोला हान्नेहरुलाई प्रहरीले कडाई गरेकाले यसपालीको होली गत बर्षहरुको तुलनामा सौम्य, सुन्दर र मनोरन्जक देखिएको थियो । युवाहरुको समूह अनुहारमा विभिन्न रङ्ग, इनामेल पोतेर मोटर तथा मोटरसाइकलमा बाजागाजासहित नगर परिक्रमामा जुटेका थिए ।
होली पर्वमै कामदेब र रतिको प्रेम प्रसङ्ग पनि जोडिएकाले यसलाई माया प्रेमको पर्वको रुपमा समेत लिने गरिन्छ । तराईमा भने भोलि मात्र होली पर्व मनाईन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले उपत्यका र पहाडि जिल्लामा आज र तराईका जिल्लाहरुमा भोली सार्वजनिक बिदा दिदैँ आएको छ ।
उता होली पर्वका अवसरमा हरेक वर्ष झै यसवर्ष पनि ललितपुरको हरिसिद्धिमा आज फागु जात्रा अर्थात फागुनाच सम्पन्न भएको छ । हरिसिद्धि मन्दिरमा बिहानैदेखि सुरु भएको जात्रामा परम्परागत वस्त्रमा सजिएका २९ पुजारीहरु अबिरमा रङ्गिएर फागु पुजा गरेको थियो । जात्रामा ठूलो सङ्ख्यामा जम्मा भएका स्थानीय गाउँलेलाई पुजारीहरुले रातो टीका र अबिर लगाइदिएका थिए । हरिसिद्धि मन्दिरमा फागु पूर्णिमाको दिन फागुनाच देखाउने र मन्दिरमा रातो रङ्ग मात्रै होली खेल्ने चलन छ ।
यसैवीच, होली पर्वको क्रममा ईच्छा विपरित लोला हात्रे, रङ दल्ने तथा सवारी नियम उल्लंघन गर्ने ४ सय ५५ जनालाई काठमाडौको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई छानविन पछि आजै साँझ छाडिएको जिल्ला प्रहरी कार्यलय काठमाडौका प्रहरी नायब उपरीक्षक बसन्त रजौरेले जानकारी दिनुभयो । यस्तै होलीका क्रममा सवारी नियम उलंघन गर्ने २ सय ८६ वटा मोटरसाइकल र २ वटा मिनिट्रकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चन्द्रमा पृथ्वीको नजिक आएपनि विपत्ति भने नहुने
काठमाडौँ, ५ चैत्र । नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा आज फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक भएको छ । पृथ्वीको नजिक चन्द्रमा आउने एउटा नियमित प्रक्रिया भएपनि आज परिक्रमा कै दौरान चन्द्रमा पृथ्वीको नजिक भएको हो । जसका कारण सूर्यास्तपछि चन्द्रमाको आकार अहिले अन्य समयमा भन्दा ठूलो देखिएको छ भने प्रकाशमा वृद्धि भएको बैज्ञानिकहरुले बताएका छन् । आजको दिन चन्द्रमा पृथ्वीको तीन लाख ५६ हजार ५७७ किलोमिटर मात्रै टाढा रहेको छ ।
चन्द्रमा पृथ्वीबाट नजिक भएपछि गुरुत्वाकर्षणका कारण समुन्द्रतटमा सामान्य ज्वारभाटामा आउने बाहेक कुनै विपत्तिजनक घटना नहुने खगोलविद् तथा ज्योतिषविदहरुले बताएका छन् । यसबाट भूकम्प, ज्वालामुखी विष्फोटन, सुनामी हुरीबतासजस्ता कुनै किसिमको विपत्ति नहुने तर समुन्द्रमा नियमितभन्दा ज्वारभाटाको उचाई केही वृद्धि हुने नेपाल खगोलीय समाजका संस्थापक सचिव सुरेश भट्टराईले जानकारी दिनुभयो ।
काँग्रेसलाइ सरकारमा ल्याउने प्रयासका कारण सरकार विस्तारमा ढिलाइ ः डा भट्टराई
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले कङग्रेस लगायतका दलहरुलाई पनि सरकारमा ल्याउने कसरत भईरहेकाले मन्त्रीमन्डल विस्तारमा ढिलाइ भइरहेको बताउनु भएको छ । दार्चुला जानेक्रममा धनगढीमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भट्टराइले देशको अहिलेको आवश्यकता राष्ट्रिय सरकार भएकाले सबै दलहरुलाइ समेटेर लैजान प्रयास गर्दा मन्त्रीमन्डल बिस्तारमा ढिलाई भएको दावी गर्नुभयो । विवादका कारण मन्त्रीमन्डल विस्तारमा ढिलाई भएको भन्ने भनाईको खन्डन गर्दै उपाध्यक्ष भट्टराईले खनालल नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिईने दावी समेत गर्नुभयो । राष्ट्रिय सरकार नबन्दा शान्ति र संविधान पुरा नहुने भएकाले राष्ट्रिय सरकार नै पहिलो प्राथमिकता भएकोमा उहाँले जोड दिनुभयो ।
यता माओवादीकै अर्का उपाध्यक्ष मोहन वैद्य किरणले शान्ति र संविधानको लागि षड्यन्त्र भए जनविद्रोह निश्चित भएको दोहो¥याउनुभएको छ । सहिद बैकुण्ठ स्मृति भवनको ललितपुरमा उद्घाटन गर्दै उपाध्यक्ष वैद्यले शान्ति र संविधानका विरुद्धमा षड्यन्त्र भईरहेको आरोप लगाउनुभयो । निर्धारित समयमा संविधान जारी गर्न कै लागि एमालेस“ग गठबन्धन गरेको भन्दै उपाध्यक्ष वैद्यले शान्ति र संविधान नचाहनेले वाम धु्रवीकरणको विरोध गरिरहेको चर्चा गर्नुभयो । राजनीतिक परिवर्तनलाई संस्थागत गर्न माओवादीले धेरै लचकता अपनाएको भन्दै बैद्यले अब लचकता नअपनाउने बरु विद्रोहतिर लाग्ने जिकिर गर्नुभयो ।
उपाध्यक्ष वैद्यले लामो समयसम्मको सरकार वहीनताको अवस्थालाई निकास दिन आफूहरुले नयाँ सरकार गठन गरेकोमा सरकारले पूर्णता नपाउँदै ढाल्ने षड्यन्त्र सुरु भएको र त्यही कसरतस्वरुप अहिले मधेशवादी नेताहरुको दिल्ली दौड चलिरहेको टिप्पणी गर्नुभयो । तत्कालीन माओवादी जनयुद्धका बेला सहिद बनेका बैकुण्ठनारायण श्रेष्ठ र चेतनारायण श्रेष्ठको सम्झनास्वरुप माओवादी भातृ संस्था एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घले रु २० लाखको लागतमा उक्त भवन निर्माण गरेको हो ।
जाजरकोटमा ढुङ्गाखानी दुर्घटना ः ३ जनाको मृत्यु
जाजरकोट, ५ चैत्र । ढुङ्गाखानी भत्किएर पुरि“दा जाजरकोटमा ३ जनाको मृत्यु भएको छ । पजारु गाविस वडानम्बर ७ मा रहेको काइनेटी ढुङ्गाखानी भत्किंदा अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पजारु गाविसका ५० वर्षीय रते सार्की, १९ वर्षीया कमला न्यौपाने र १५ वर्षीय दुर्गाबहादुर गिरी रहेको प्रहरीले जनाएको छ । ढुंगाखानीमा काम गरिरहेका दलचन गिरी, डिलबहादुर गिरी, पदम खत्री, रवीण खत्री, वसन्त न्यौपाने र सीता न्यौपाने गम्भीर घाइते भएका छन् । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक गणेशवहादुर नेपालीले जानकारी दिनुभयो ।
विविसीको नेपाली सर्डवेभ सेवा बन्द नगर्न नागरिक समाजको आग्रह ।
काठमाडौँ, ५ चैत्र । नागरिक समाजका प्रतिनिधीहरुले विविसी नेपाली सेवाको सर्डवेभ प्रसारण नरोक्न बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाइ पत्राचार गरेका छन् । नागरिक समाजका प्रतिनिधीहरुले बेलायती राजदुत जोन टुकनट माफर्त विविसीको सर्डवेभ प्रसारण बन्द नगर्न आग्रह गरेका हुन् । बेलायत सरकारले विविसीको बजेट कटौति गरेपछि विविसीले आफ्ना सर्डवेभ प्रसारण रोक्ने बताउँदै आएको छ । विविसीले यसअघि नै मार्च २७ तारिक देखी विविसी नेपाली सेवा बन्द गर्ने बताउँदै आएको छ । यद्यपि विविसीले नेपालमा प्रजातन्त्रको जग बसाल्न तथा सास्कृतिक विस्तारमा योगदान पु¥याए पनि अब त्यसलाइ निरन्तरा दिन नसक्नेमा दुः ख ब्यक्त गरेको छ । पत्राचार गर्नेहरुमा नागरिक समाजका कपिल श्रेष्ठ, शुशिल पोखरेल, कनकमणि दिक्षित, प्रदिप घिमिरे, कुन्द दिक्षीत लगायतका रहेका छन् ।
स्ववियुको म्याद थप
त्रिभुवन विश्वविद्यालयले अर्काे निर्णय नहुदाँ सम्मका लागी भन्दै स्वतन्त्र विद्यार्थी युनियनको म्याद थप गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको म्याद आज बाट सकिदै थियो । स्ववियु रिक्त हुने अवस्थालाई दृष्टिगत गरी त्रिभुबन विश्वविद्यालयले अर्को निर्णय नहुँदासम्मका लागि म्याद थप गर्ने निर्णय गरेको हो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया सम्बन्धमा विद्यार्थी सङ्गठनहरूबीच मतभेद देखिएपछि पटक पटक विद्यार्थी सङ्गठनहरूबीच मतैक्यता कायम गर्न बैठक बसे पनि बैठकहरू बिना निष्कर्ष टुङ्गिएका थिए ।
अन्तराष्ट्रिय समाचार
गद्याफि समर्थक सैनिकद्धारा बंघाजीको प्रर्दशनमा दमनलाइ निरन्तरता
युद्धविराम घोषणका बाबजुत लिबियामा शाशक मुहम्मर गद्याफि समर्थक सैनिकहरुले बंघाजी शहरमा प्रर्दशनकारीमाथी दमनलाइ निरन्तरता दिएका छन् । सैनिकहरुले बेघांजी शहरलाइ कब्जामा लिएको तथा अझैपनि सैनिक ट्याङ्कहरुबाट हमलालाइ निरन्तरता दिएको विविसीले जनाएको छ । राष्ट्रसंघले उडान निषेधित क्षेत्र घोषणा गरेपनि लिबियाली आकाशमा एक सैनिक विमान देखा परेको तथा त्यसलाइ प्रर्दशनकारीले खसालेको विविसीले उल्लेख गरेको छ । प्रर्दशनकारीहरुले गद्याफि समर्थक सैनिकहरुले हमला जारी राखेको बताएका छन् तर सरकारले भने सैनिक हमलाको अस्वीकार गरेको छ ।
यसैबिच फ्रान्स, बेलायत, अमेरिका तथा अन्य अरब मुलुकहरुले लिबियामा सैन्य आक्रमणको विषयमा छलफल गर्ने भएका छन् । फ्रान्सको पेरिसमा संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषद्मा नयाँ प्रस्ताव लैजाने विषयमा हुन लागेको विविसीले उल्लेख गरेको छ । छलफलमा राष्ट्रसंघका महासचिव वानकि मुन समेत सहभागी हुने बताइएको छ । त्यसअघि गत बिहिबार संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषद्ले लिबियामा आम नागरिक हत्या रोक्न जस्तो सुकै कारवाहि गर्न स्वीकृति प्रदान गरेको थियो ।
यसैबिच अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिबियाली प्रर्दशनकारी माथिको आक्रमण नरोकिए लिबियाले पश्चिमा देशको सैन्य कारबाहीको सामना गर्नु पर्ने कडा चेताबनी दिनु भएको छ । राष्टपति ओबामाले शासक कर्नेल गद्धाफिलाई जारी सैनिक कारबाही रोक्न सयुक्त राष्ट सघले गरेको अपिललाई स्वीकार गर्न आग्रह गर्दै अन्यथा कारबाहीका सामना गर्नु पर्ने चेताबनी दिनु भएको हो ।
राष्टपति ओबामाले सर्बसाधारण नागरिक बिरुद्धको कारबाही रोक्न र बिद्रोहीको कब्जामा रहेको इलाका बाट सैन्य टोली हटाउन शासक गद्धाफिलाई अल्टिमेटम समेत दिनु भएको छ । राष्टपति ओबामाले सयुक्त राष्टसघिय सुरक्षा परिषदले लिबियालाई निषेधीत क्षेत्र घोषण गरेको प्रति समर्थन जनाउनु भयो ।
खेल समाचार
भुटान सँगको दोस्रो खेलमा पनि नेपाल विजयी
पोखरा, ५ चैत्र । नेपाल र भुटानबीचको दोश्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भुटानलाइ २—१ गोलअन्तरले पराजित गरेको छ । पोखरा रङगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन अनिल गुरुङ र विकास सिंह क्षेत्रीले १—१ गोल गरेका थिए । पहिलो हाफको २४ औ मिनटमा गोल गर्दै विकास सिंह क्षेत्रीले नेपाललाई १—० गोलको अग्रता दिलाएका थिए भने ७७ औ मिनेटमा अनिलले थप एक गोल गरेका थिए । भुटानका लागि थिन्लेले सान्त्वना गोल गरेका थिए । नेपालले केही सुनौला अवसरहरु उपयोग गर्न नसक्दा अग्रता बढाउने अवसर गुमाएको थियो । अस्ति भएको पहिलो खेलमा भन्दा आजको खेलमा नेपाली खेलाडीहरु बिच निकै राम्रो तालमेल देखिएको थियो । यसअघि गत बिहिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालले भुटानलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
विश्वकप क्रिकेटमा पाकिस्तान र दक्षिण अफ्रिका विजयी, बंगलादेश बाहिरियो
जारी विश्वकप क्रिकेट प्रतियोगिताबाट सहआयोजक राष्ट्र बङगलादेश बाहिरिएको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकासँग २०६ रनको विशाल अन्तरको पराजित भएपछि बङगलादेशी टोलीको यात्रा समूह चरणमै खुम्चिएको हो ।
दक्षिण अफ्रिकाले दिएको २८५ रनको लक्ष्य पछ्याएको बङगलादेश २८ ओभरमा अलआउट हुदैँ ७८ रनमा खुम्चीएपछि हार बहोर्न बाध्य भएको थियो । घरेलु टोली बङगलादेशका लागि कप्तान सकिव अल हसनले ३० रन बनाउनु बाहेक अन्य सबै खेलाडीले दोहोरो अङकमा रन नै नजोड्दै बाहिरिएका थिए । दक्षिण अफ्रिकी बलरहरुसामू निरिह देखिएका बङगाली ब्याट्सम्यानहरु एकाएक क्रिज छोड्न थालेपछि घरेलु दर्शक निराश र आक्रोशित बनेका थिए । दक्षिण अफ्रिकालाई विशाल अन्तरको जित दिलाउन रोबिन पिटरसनले ४ तथा लोनोभो सोत्सोबेले ३ विकेट लिएका थिए ।
त्यसअघि बंगलादेशको राजधानी ढाकास्थित शेर ए बङगला स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ओभर खेल्दै ८ विकेट गुमाएर २८४ रनको योगफल तयार गरेको थियो । उसका ज्याक कालिसले ६९,हसिम अमलाले ५१,कप्तान ग्रेम स्मिथले ४५ तथा फाफ दु प्लेसिसले..५२..रनको योगदान गरेका थिए । बङगलादेशका लागि रुवेल हुसेनले ३ तथा कप्तान सकिव अल हसनले २ विकेट लिएका थिए ।
यसैबीच विश्वकप क्रिकेट प्रतियोगिता अन्तरग आज भएको दोश्रो खेलमा पाकिस्तानले अष्टे«लियालाइ ४ विकेटले पराजित गरेको छ । जित सँगै पाकिस्तान समुह ए को विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । १९८६मा पाकिस्तानसँगको खेलमा पराजय पछि लगातार विजयी हुदैँ आएको अष्टे«लिया आज पुन एक पाकिस्तानसँगको खेलमा कमजोर सावित भएको हो । अष्टे«लियाद्धारा प्रस्तुत १७७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले सो लक्ष्य ४१ ओभर खेल्दै केवल ६ विकेटको भेट्टाएको थियो ।
विजयी पाकिस्तानका लागी असद साफिकले ४६, तथा उमर अकमलले ४४ रनको योगदान गरेका थिए । त्यस्तै पाकिस्तानी इनिङ उकास्न युनिस खानले ३१, कमरान अकमलले २३ तथा अब्दुल रज्जाकले २० रन जोडेका थिए । पाकिस्तान विरुद्ध अष्टे«लियाका ब्रेट लि एक्लैले ४ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अष्टे«लियाले ४६ ओभर ४ बलमा अल आउट हुदैँ जम्मा १ सय ७६ रन बनाएको थियो । आजको खेलमा अस्टे«ेलियन ब्याट्म्यानहरुले खराब प्रदर्शन गरका थिए । अस्ट्रेलियन ओपनर सेन वाट्सन ९ रन बनाई उमर गुलको बलमा चौथो ओभरमा नै आउट भएका थिए । यस्तै सबैभन्दा बढि रन बनाएका ब्राड हेडिनले ४२ रनको योगदान गरे भने माईकल क्लार्कले ३४ तथा कप्तान रिकी पोन्टिङले १९ रन बनाए । अस्टे«लियाका अन्य ब्याट्म्यानले उल्लेख्य रन बटुल्न सकेनन् । अस्टे«लियालाई सस्तैमा समेट्न पाकिस्तानका लागि उमर गुलले ३ विकेट लिए भने अब्दुल रज्जाकले पनि दुई विकेट आफ्नो नाममा लेखाए ।
No comments:
Post a Comment