माओवादी–एमाले छलफल : सेना समायोजन प्रक्रियालाइ गति दिन सहमति
काठमाडौँ, ६ चैत्र । प्रमुख सत्तारुढ दुइ दल माओवादी र एमालेबीच विशेष समितिमार्फत तत्काल कार्ययोजना बनाइ सेना समायोजनको काम अगाडि बढाउने समझदारी भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज करिब दुई घण्टा चलेको छलफलमा शान्तिप्रक्रियाको गति ढिलो भएको भन्दै दुवै दलले यसलाइ तत्काल सक्रिय बनाउने सहमित भएको हो । बैठकमा काँग्रेसलाइ सरकारमा सहभागी गराउने विषयमा समते दुइ दल बिच गम्भीर छलफल भएको थियो ।
बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै एमाले वरिष्ठ नेता एवं वार्ता टोलीका संयोजक माधवकुमार नेपाल र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीस“ग आवश्यक छलफल गरी सेना समायोजन विशेष समितिको बैठक बोलाउने र कार्यदलमार्फत कार्यतालिका बनाउने सहमति भएको जानकारी दिनुभयो । दलहरुबीच पा“च दिनभित्र सेना समायोजनका लागि कार्यदल गठन गर्ने सहमति भएपनि कार्यदल गठन हुन सकेको छैन । बैठकपछि माओवादी उपाध्यक्ष नाराणकाजी श्रेष्ठ प्रकाशले सात बुदेँ समझदारी खारेज नगरी काँग्रेसँग नयाँ समझदारी गरेर सरकारमा ल्याउने प्रस्तावबारे छलफल भएको बताउनुभयो ।
काँग्रेसले भने सात बु“दे सहमति खारेज नभएसम्म सरकारमा सहभागि नहुने अडान लि“दै आएको छ । दुवै दलले शान्तिप्रक्रिया र संविधान निर्माणको कामलाई गुणात्मक रुपले अगाडि बढाउने सहमति पनि गरेका छन् । बैठकमा संवैधानीक उपसमितिको बैठकको कार्यलाई तिब्रता दिने सहमति भएको माओवादी उपाध्यक्ष प्रकाशले बताउनुभयो ।
भारतीय राजदूत शूदद्वारा प्रधानमन्त्रीसंग परामर्शः
काठमाडौँ, ६ चैत्र । नेपालकालागि भारतीय राजदुत राकेश सुदले आज प्रधानमन्त्री झलनाथ खनालसंग आज अनौपचारीक भेटवार्ता गर्नुभएको छ । प्रक्रिया नपु¥याइ भेट्न आएको भन्दै प्रधानमन्त्री खनालले राजदुत सुद सँग औपचारिक कुरा गर्न अस्वीकार गुर्न भएको थियो । भेटमा उहाँहरु बिच अनौपचारिक कुराकानी मात्र भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँग भेटका लागी राजदुत सुद बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग भेटका लागी पहिला परराष्ट्र मन्त्रालयमा स्वीकृती लिनपर्ने नयाँ नियम बनेपनि राजदुत सुद त्यसलाइ वेवास्ता गर्दै बालुवाटार छिरेका थिए । सरकरले प्रधानमन्त्रीसँग कुनैपनि विदेशी कुटनितीक नियोगका अधिकारीले भेटगर्दा परराष्ट्रसँग पत्राचार गनुपर्ने तथा एक सह सचिव समेत उपस्थीत हुनुपर्ने नियम केही समय अघि बनाएको थियो । यसैबिच परराष्ट्र मन्त्रालयले भारतिय राजदुतको भेटबारे मन्त्रालयलाइ कुनै जानकारी नभएको जनाएको छ ।
भेटबारे प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलन तुलाधरले जानकारी नभएको बताउनुयभो । यद्यपि भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयीक बिषयमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्रीमा खनाल निर्वाचित भएपछि छिमेकी मुलुक भारतका राजदुतले प्रधानमन्त्रीसंग गरेको यो पहिलो भेट हो ।
भेटमा राजदुत सुदले चिनियाँ सेना प्रमुखको नेपाल भ्रमणका बिषय चासो राखेको स्रोतले जनाएको छ । नेपालले चीनसँग सैन्य सहयोग लिनेबारे छलफल भएकोबारे सुदले चासो राखेको बताईएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ः आकाशवाणि कायमै
काठमाडौँ, ६ चैत्र । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि संसदवादी दलहरु आकाशवाणिबाट चलेको भन्दै उनीहरुले संविधान निमार्ण ओझेलमा पारेको बताउनु भएको छ । शेर्पा राष्ट्रिय मुक्ति मोर्चाद्धारा काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले शान्ती प्रक्रिया पछि मात्र संविधान निमार्ण गर्ने भन्ने भनाइ संविधान निमार्णलाइ ओझलमा पार्न अगाडी सारिएको समेत बताउनुभयो । प्रचण्डले भन्नुभयो ः केहि दिन यता समाचारहरु हेर्ने हो भने माओवादीले सेना समायोजन बारे आत्मसमपर्ण गनुपर्छ भन्ने विचार आइरहेको छ । त्यो समाचार आकाशवाणिबाट आएको हो र त्योे केहि संसदवादी दलभित्र प्रेत बनेर छिरेको छ । उहाँले भन्नुभयो ः त्यो विचार प्रेत बन्छ र त्यसले हल्ला गर्छ ।
अध्यक्ष दाहालले सेना समायोजन भए संघियता पनि बन्ने पक्का भएकाले दलहरुले सेना समायोजनको विरोध गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ः माओावदी सेना समायोजनमा हलो अड्काएर हामी सबैलाइ गोरु बनाएर चुट्ने प्रयास भएको छ ।
अध्यक्ष प्रचण्डले साशकीय स्वरुप र राज्यपुर्नसंरचना सम्बन्धमा विबाद कायमै रहेपनि तोकिएको समयमै संविधान बन्ने दावी गर्नुभएको छ । तर यथास्थितीवादी शक्तिहरुले शान्ति प्रक्रिर्या पूरा गर्नुपर्ने सर्त अघि सारेर संविधान बन्न नदिने षडयन्त्र गरिरहेको उहाँले आरोप लगाउनुभयो । अध्यक्ष प्रचण्डले संवैधानिक उपसमितिमा भइरहेको छलफलले संविधान बन्ने आशा जगाएको बताउनुभयो । संविधानसभाको समितिले प्रतिवेदन तयार गरिसकेको अबस्थामा राज्यपुर्नसंरचना आयोगको कुरा गरेर कतिपय दलले संघीयतामा जान नचाहेको भन्दै त्यस विरुद्ध सवरदारीगर्न सबैसंग आग्रह गर्नुभयो ।
काठमाडौँ, ६ चैत्र । प्रमुख सत्तारुढ दुइ दल माओवादी र एमालेबीच विशेष समितिमार्फत तत्काल कार्ययोजना बनाइ सेना समायोजनको काम अगाडि बढाउने समझदारी भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज करिब दुई घण्टा चलेको छलफलमा शान्तिप्रक्रियाको गति ढिलो भएको भन्दै दुवै दलले यसलाइ तत्काल सक्रिय बनाउने सहमित भएको हो । बैठकमा काँग्रेसलाइ सरकारमा सहभागी गराउने विषयमा समते दुइ दल बिच गम्भीर छलफल भएको थियो ।
बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै एमाले वरिष्ठ नेता एवं वार्ता टोलीका संयोजक माधवकुमार नेपाल र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीस“ग आवश्यक छलफल गरी सेना समायोजन विशेष समितिको बैठक बोलाउने र कार्यदलमार्फत कार्यतालिका बनाउने सहमति भएको जानकारी दिनुभयो । दलहरुबीच पा“च दिनभित्र सेना समायोजनका लागि कार्यदल गठन गर्ने सहमति भएपनि कार्यदल गठन हुन सकेको छैन । बैठकपछि माओवादी उपाध्यक्ष नाराणकाजी श्रेष्ठ प्रकाशले सात बुदेँ समझदारी खारेज नगरी काँग्रेसँग नयाँ समझदारी गरेर सरकारमा ल्याउने प्रस्तावबारे छलफल भएको बताउनुभयो ।
काँग्रेसले भने सात बु“दे सहमति खारेज नभएसम्म सरकारमा सहभागि नहुने अडान लि“दै आएको छ । दुवै दलले शान्तिप्रक्रिया र संविधान निर्माणको कामलाई गुणात्मक रुपले अगाडि बढाउने सहमति पनि गरेका छन् । बैठकमा संवैधानीक उपसमितिको बैठकको कार्यलाई तिब्रता दिने सहमति भएको माओवादी उपाध्यक्ष प्रकाशले बताउनुभयो ।
भारतीय राजदूत शूदद्वारा प्रधानमन्त्रीसंग परामर्शः
![]() |
Indian Envoy to Nepal Rakesh Sood |
प्रधानमन्त्रीसँग भेटका लागी राजदुत सुद बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग भेटका लागी पहिला परराष्ट्र मन्त्रालयमा स्वीकृती लिनपर्ने नयाँ नियम बनेपनि राजदुत सुद त्यसलाइ वेवास्ता गर्दै बालुवाटार छिरेका थिए । सरकरले प्रधानमन्त्रीसँग कुनैपनि विदेशी कुटनितीक नियोगका अधिकारीले भेटगर्दा परराष्ट्रसँग पत्राचार गनुपर्ने तथा एक सह सचिव समेत उपस्थीत हुनुपर्ने नियम केही समय अघि बनाएको थियो । यसैबिच परराष्ट्र मन्त्रालयले भारतिय राजदुतको भेटबारे मन्त्रालयलाइ कुनै जानकारी नभएको जनाएको छ ।
भेटबारे प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलन तुलाधरले जानकारी नभएको बताउनुयभो । यद्यपि भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयीक बिषयमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्रीमा खनाल निर्वाचित भएपछि छिमेकी मुलुक भारतका राजदुतले प्रधानमन्त्रीसंग गरेको यो पहिलो भेट हो ।
भेटमा राजदुत सुदले चिनियाँ सेना प्रमुखको नेपाल भ्रमणका बिषय चासो राखेको स्रोतले जनाएको छ । नेपालले चीनसँग सैन्य सहयोग लिनेबारे छलफल भएकोबारे सुदले चासो राखेको बताईएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ः आकाशवाणि कायमै
काठमाडौँ, ६ चैत्र । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि संसदवादी दलहरु आकाशवाणिबाट चलेको भन्दै उनीहरुले संविधान निमार्ण ओझेलमा पारेको बताउनु भएको छ । शेर्पा राष्ट्रिय मुक्ति मोर्चाद्धारा काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले शान्ती प्रक्रिया पछि मात्र संविधान निमार्ण गर्ने भन्ने भनाइ संविधान निमार्णलाइ ओझलमा पार्न अगाडी सारिएको समेत बताउनुभयो । प्रचण्डले भन्नुभयो ः केहि दिन यता समाचारहरु हेर्ने हो भने माओवादीले सेना समायोजन बारे आत्मसमपर्ण गनुपर्छ भन्ने विचार आइरहेको छ । त्यो समाचार आकाशवाणिबाट आएको हो र त्योे केहि संसदवादी दलभित्र प्रेत बनेर छिरेको छ । उहाँले भन्नुभयो ः त्यो विचार प्रेत बन्छ र त्यसले हल्ला गर्छ ।
अध्यक्ष दाहालले सेना समायोजन भए संघियता पनि बन्ने पक्का भएकाले दलहरुले सेना समायोजनको विरोध गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ः माओावदी सेना समायोजनमा हलो अड्काएर हामी सबैलाइ गोरु बनाएर चुट्ने प्रयास भएको छ ।
अध्यक्ष प्रचण्डले साशकीय स्वरुप र राज्यपुर्नसंरचना सम्बन्धमा विबाद कायमै रहेपनि तोकिएको समयमै संविधान बन्ने दावी गर्नुभएको छ । तर यथास्थितीवादी शक्तिहरुले शान्ति प्रक्रिर्या पूरा गर्नुपर्ने सर्त अघि सारेर संविधान बन्न नदिने षडयन्त्र गरिरहेको उहाँले आरोप लगाउनुभयो । अध्यक्ष प्रचण्डले संवैधानिक उपसमितिमा भइरहेको छलफलले संविधान बन्ने आशा जगाएको बताउनुभयो । संविधानसभाको समितिले प्रतिवेदन तयार गरिसकेको अबस्थामा राज्यपुर्नसंरचना आयोगको कुरा गरेर कतिपय दलले संघीयतामा जान नचाहेको भन्दै त्यस विरुद्ध सवरदारीगर्न सबैसंग आग्रह गर्नुभयो ।
डीबी कार्की ः जेल चलान, भष्ट्राचारम मुद्यामा मुछिएका पूर्ण
काठमाडौँ, ६ चैत्र । भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका एमालेका पूर्व सभासद डोलबहादुर कार्कीलाई विशेष अदालतले घुस प्रकरणमा दोषि ठहर गर्दै कैद सजाय सुनाएको छ ।
पूर्व सभासद कार्कीलाई विशेष अदालतले ६ महिना कैद र १ लाख रुपियाँ जरिवाना तिर्नुपर्ने आदेश सुनाएको हो । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्य ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले कार्कीलाई आज दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत वीरेन्द्र श्रेष्ठको प्रतिवेदन अनुसार, गत असोज ४ गते कार्कीसहित ब्रह्मानन्द स्वामी उदासीनविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । राजकुमार राईलाई प्रहरी निरीक्षक पदमा नोकरी लगाई दिने भन्दै रकम लिएको आरोपमा प्रहरीले कार्कीलाई पक्राउ गरेर कारबाही चलाएको थियो ।
विशेष अदालतको फैसलापछि प्रतिक्रिया दिंदै सभासद कार्कीले आफूलाई अन्याय भएको बताउनुभयो । आफ्नो कुराको सुनवाई नगरी अदालतले एकतर्फी फैसला सुनाएको कार्कीको दाबी छ । विशेष अदालतको फैसलाविरुद्ध न्यायका लागि सर्वोच्च अदालत जाने सभासद कार्कीले बताउनुभयो ।
पूर्वप्रहरी महानिरीक्षक जवरालाई सर्र्बाेच्चमा उपस्थित हुन आदेश
काठमाडौं ६ चैत । गैरकानुनीरूपले सम्पति आर्जन गरेको अभियोगमा दायर मुद्दामा सर्वोच्च अदालतलले पूर्वप्रहरी महानिरीक्षक प्रदिपशम्शेर जवरा लगायत उहाँका परिवारलाइ अदालतमा उपस्थीत गराउने आदेश दिएको छ ।
विशेष अदालतले विपक्षीहरूसँग रहेको सम्पतिको स्रोत खुलेको भन्दै सफाइदिएपछि गत असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रेम शर्मा र भरतराज उप्रेतीको संयुक्त इजलासले आज अघिल्लो फैसला परिवर्तन हुनसक्ने सम्भावना भएको हुँदा विपक्षीसंँग सोधपुछको लागि सो आदेश दिएको हो । अख्तियारले दारय गरेको मुद्दामा पूर्व प्रहरी महानिरीक्षक जवरा, उहाँकी श्रीमती शान्ता राणा र छोरा दीपशम्शेर जवरालाई समेत विपक्षी बनाइएको छ ।
जेठ १४ मा संविधान नबने नयाँ जनादेशः गच्छदार
![]() |
Chif of Madheshi Janadhikar Foram(loktantrik) Bijay Gachhadar |
गच्छदारले बहुमत पु¥याउने नाममा बामपन्थी एकताबाट जारी हुने संविधानले मुलुकको समस्या समाधान नगर्ने समेत जीकिर गर्नुभयो । अर्को एक प्रसंगमा अध्यक्ष गच्छदारले शान्ति प्रकृया र राज्यको शासकीय संरचनाको बा“डफा“ड र संघीयताको टुङ्गो नलगाई अपुरो संविधान जारी गरे आफुहरुलाई मान्य नहुने चेतावनी दिनुभयो । उहा“ले वर्तमान वाम गठबन्धनको सरकारले शान्ति प्रकृयालाई टुङ्गोमा नपु¥याउने दावी पनि गर्नुभयो । अध्यक्ष गच्छदारले भारतका उच्च तहका नेताहरुले तोकीएको समयमा शान्ति प्रकृया र संविधान लेखन नेपाली जनताको चाहना अनुसार पुरा भएको हेर्न चाहेको आफुले भेटमा पाएको जानकारी दिनुभयो । भारतीय नेताहरुले समयमै संविधान जारी गर्न सुझाव दिएको जानकारी दिनुभयो । भ्रमणका क्रममा तराईका ससस्त्र समुहहरुस“ग छलफल नभएको पनि अध्यक्ष गच्छदारले स्पष्ट पार्नुभएको छ ।
बाबुराम भट्टराइ ः बैचारिक बह दुश्मनीपूर्ण भए पार्टि फुट्छ ।
बैतडी, ६ चैत्र । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराइले पार्टीभित्रको बहस वैचारिक नभएर दुश्मनीपूर्ण हँुदै गए पार्टी फुट्ने खतरा रहेको चेतावनी दिनुभएको छ । जिल्ला भ्रमणका क्रममा बैतडी पुग्नु भएका भट्टराईले कार्यकर्ता तथा स्थानीय जनतालाई सम्बोधन गर्दै बैचारिक बहस दुस्मनीमा परिणत भए पार्टीमा एकता कायम रहन नसक्ने बताउनुभयो ।
पछिल्लो समय मुलुकको राजनीति अत्यन्त पेचिला बन्दै गएको भन्दै उपाध्यक्ष भट्टराईले पार्टीभित्र सुधारवादी र अराजकतावादी प्रवृति बढ्दै गएको धारणा राख्नुभयो । देशका ७५ वटै जिल्लाको स्थलगत भ्रमणपछि विकासको नीति निर्माण गर्न सजिलो हुने भएकाले आफू भ्रमणमा निस्किएको भट्टराईको भनाइ थियो । फरक प्रसंगमा उहाँले निर्धारत समयमा संविधान नबने जनताले जनविद्रोह गर्ने चेतावनी पनि दिनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणमा निस्कनुभएका भट्टराईलाई शनिबार राति १० बजेसम्म विभिन्न स्थानमा नारावाजी गर्दै भव्य स्वागत गरिएको थियो ।
सहमतिपछि मात्र समायोजन– चन्द्र प्रकाश खनाल बेलदेव
काठमाडैँ, ६ चैत । माओवादी सेनाका प्रवक्ता चन्द्रप्रकाश खनालले राजनीतिक दलहरुबीच सहमति नभएसम्म सेना समायोजन हुन नसक्ने बताउनुभएको छ । माओवादी सेनाको पाँचौ डिभिजनका कमान्डर राजबहादुर बुढाद्वारा लिखित ‘जङ्गको मैदानमा’ नामक संस्मरण पुस्तक सार्वजनिक तथा परिचर्चा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
दलहरुबीच सहमति भए दुई महिनाभित्रै सेना समायोजन तथा संविधान लेखन कार्यलाई पूर्णता दिन सकिने बताउँदै प्रवक्ता खनालले भन्नुभयो— “अघिल्लो सरकारका पालामाझैँ एमाओवादीलाई यो मन्त्रायलय दिने, त्यो मन्त्रालय नदिने भनेर विवाद झिक्ने हो भने चार वर्षमा पनि संविधान बन्दैन ।”उहाँले आफ्नो पार्टीले माओवादी सेनाको छुट्टै फोर्स, सबै सुरक्षा यन्त्रलाई मिलाएर मिश्रित फोर्स र युनिट–युनिट रुपमा सेना समायोजन हुनसक्ने तीनवटा खाकाबाहेक अन्य खाका प्रस्तुत नगरेको प्रस्ट पार्नुभयो । प्रवक्ता खनालले यी तीनवटा खाकाबाहेक अन्य विषयमा छलफल नै नभएको बताउँदै भन्नुभयो— “पछिल्लो समयमा मिश्रित फोर्स बनाउने कि भन्ने कुरा आएको छ, तर यसमा कुनै प्रगति भएको छैन ।” उहाँले नेपाली सेनाले आफ्नो स्थापित मान्यतामा मात्र जनसेनाको समायोजन हुनसक्छ भन्ने धारणा युक्तिसङ्गत नभएको बताउनुभयो ।
संविधान दलितमैत्री बन्छ – नेम्बाङ
ललितपुर, ६ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले अब बन्ने संविधानले दलितमैत्री संविधान बनाउने दाबी गर्नुभयो । राष्ट्रिय दलित आयोगको नवौँ स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा सर्वसम्मतिले मुलुक छुवाछुत मुक्त बन्ने दाबी गर्दै उहाँले यसलाई संस्थागत गर्न सबै एकजुट हुन आग्रहसमेत गर्नुभयो । अध्यक्ष नेम्बाङले छुवाछुत मुक्त मुलुकको विकल्प नभएको बताउँदै यसलाई सिद्वान्तमा मात्र नभई व्यवहारमा पनि लागु गर्न सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताउनुभयो ।
आयोगका सदस्य सचिव जीवन परियारले दलित आयोगले पेस गरेको विधेयक डेढ वर्ष भइसक्दा पनि सदनबाट पास हुन नसकेको बताउँदै मुलुक छुवाछुत मुक्त घोषणा भए पनि व्यवहारमा त्यो लागु हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
तराईमा आज होली मनाइयो ।
विरगंज, ६ चैत्र । आपसी मेलमिलाप र सद्भावको पर्व होली आज नेपालका तराई क्षेत्रमा धुमधामकासाथ मनाइएको छ । तराईमा बसोबास गर्नै मधेशी तथा पहाडि समुदायले आज बिहानै देखि रङ्ग, अबिर एकआपसमा लगाएर हर्षाल्लसकासाथ यो पर्व मनाएका हुन् । विष्णुभक्त प्रह्लादलाई होलिकाले आगोमा जलाउन खोज्दा प्रल्हादलाई आगोले छुन नसकेको बरु होलिका नै जलेर भस्म भएको खुसियालिमा यो पर्व मनाउने गरिएको धार्मिक विश्वास रहेको छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न आफ्नो विषयुक्त स्तन चुसाएकी राक्षसनी पुतनाको मृत्यु भएको खुसियालिका रुपमा पनि होलि खेल्ने गरिएको जनविश्बास रहि आएको छ । होलि पर्वमै कामदेब र रतिको प्रेम प्रसङ्ग पनि जोडिएकाले यसलाई माया प्रेमको पर्वको रुपमा समेत लिने गरिन्छ । भाइचाराका लागी मनाउने होली अहिले बिसगती र अनैतिक क्रियाकलापतिर समेत गई रहेको जानकारहरु बताउछन ।
वीरगञ्जका वासिन्दाले आज एकआपसमा रंग र अबिर साटेर होली मनाएका छन् । पहाडी मुलका वीरगञ्जबासीले हिजै होली मनाए पनि केही मधेशी समुदायले आज होली मनाए । तर अधिकांशले आईतबार माछामासु नखाने गरेकाले भोलि मनाउने बताएका छन् । हालीको अवसरमा नियम विपरितका काम र जबरजस्ती हुननदिन प्रहरी प्रशासनले वीरगञ्ज नगरक्षेत्रमा करीब ५ सय प्रहरी परिचालन गरेको छ ।
उता बुटवलमा होली मनाउने क्रममा नियम विपरित चलाएका ६२ वटा मोटरसाईकलसहित ५० जनालाई प्रहरीले पक्रेको छ । सवारी साधनहरुको दुरुपयोग गर्दै उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । होलीलाई मध्यनजर गर्दै प्रहरीले उच्च सतर्कता अपनाएकाले अप्रिय घटना भने नभएको प्रहरीको भनाइ छ । बुटवल उद्योग वाणिज्य संघले आज होलि मिलन गरेर होली मनायो । कार्यक्रममा संघका कार्यसमितिका पदाधीकारी तथा सदस्यहरु, सल्लाहकार तथा पूर्वअध्यक्ष, कर्मचारी एंव संचारकर्मीहरु सहभागी थिए । उनीहरुले एकआपसमा अविर लगाएर होलि मनाए । सरकारले तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिएको छ ।
अन्तराष्टिय समाचार
जापानमा मृत्यु हुनेको संख्या अझै वृद्धि
जापानी प्रहरीले भुकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्यामा ब्यापक वृद्धि भएको जनाएको छ । उद्यारमा ढिलाइ हुदैँ जाँदा प्रहरीले जिवितै उद्यारको सम्भावना समेत नकारेको छ । प्रहरीले सबैभन्दा बढि प्रभावित म्यागी सहित मृत्युहुनेको संख्या २५ हजार पुग्नसक्ने जनाएको छ । म्यागी शहरमा मात्रै मृत्यु हुनेको संख्या १५ हजार पुगेपछि मृत्यु हुनेको संख्यामा वृद्धि भएको जापानी प्रहरीलाइ उदृत गर्दै विविसीले जनाएको छ । जापानमा नौ दिन अघि भुकम्प र त्यसलगत्तै आएको सुनामीका कारण म्यागी शहर सबैभन्दा तहन नहस भएको शहर हो ।
सरकारी अधिकारीहरुले हालसम्म मृत्यु हुनेको संख्या ८ हजार नाघेपछि मृत्यु हुनेको संख्यामा ब्यापक वृद्धि हुने बताएका हुन् । जापानमा हालसम्म भुकम्प प्रभावित हरु मध्ये चार लाखको उद्यार गरिसकेको जापानी प्रहरीले जनाएको छ ।
लिबियामाथी अमेरिका, फ्रान्सद्धारा आक्रमण
अमेरिका, बेलायत र फ्रान्सका सेनाले सयुक्त रुपमा लिबिया माथि हवाइ आक्रमण गरेका छन् । सयुक्त राष्ट्रसघीय सुरक्षा परिषदले लिबियालाई उडान निषेधीत क्षेत्र घोषणा गरेको र सर्बसाधारण नागरिकलाई कर्नेल गद्धाफिका सेनाको कारबाही बाट बचाउनका लागी लिबियामाथी सैन्य कारबाही गर्न अनुमति दिएको भन्दै ती मुलुकले मिसाइल आक्रमण गरेका हुन् ।
पेन्टागनले हाल सम्म १ सय १० वटा मिसाइल आक्रमण भएको पुष्टि गरेको छ । राजधानी त्रिपोली र प्रमुख शहर मिसराता लगायत आसपासको सैनिक इलाकामा मिसाइल आक्रमण गरिएको अमेरिकी सेनाले जनाएको छ । आक्रमणको पश्चिीमा मुलुकका अधिकारीहरुले स्टेलाइटबाट प्रत्यक्ष दृश्य हेरेको विविसीले उल्लेख गरेको छ । आक्रमणमा परि हालसम्म कतिको मृत्यु भयो भन्ने केहि नखुलेको विविसीले जनाएको छ ।
सबै भन्दा पहिला फ्रान्सेली लडाकु बिमानले कर्नल गद्धाफीको सरकार बिरुद्ध प्रर्दशन गर्दै आएका बिद्रोही समुहले नियन्त्रणमा लिएको पुर्वी शहर बेनगाजीमा रहेका सेनाको अखडा माथि हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा सेनाका टयाङक, बख्तबन्द गाडि सहित दर्जनौ सवारी साधनमा क्षति पुगेको बिबिसी अनलाइनले उल्लेख गरेको छ ।
यसैबिच कर्नेल गद्धाफिले अमेरिकी तथा बेलायती सैन्य कारबाही बाट भु मध्यसागर तथा उत्तर अफ्रिकामा युद्ध क्षेत्रमा परिणत भएको प्रतिक्रिया ब्यक्त गर्नु भएको छ । राष्ट्रिय टेलिभिजन बाट प्रसारित सम्बोधनमा शासक गद्धाफिले भुमध्यसागरका नागरिक र सैन्य केन्द्र आक्रमणको निसाना बन्ने खतरा औल्याउनु भयो ।
उहाँले सैनिक अखडा सर्बसाधारणको रक्षाको लागी खुल्ला राखिएको उल्लेख गर्दै लिबियाको एकता र गौरबको रक्षाका लागी जनताले जुनसुकै प्रकारको हतियार उठाउने चेताबनी समेत दिनुभयो ।
खेल समाचार
विश्वकप क्रिकेट प्रतियोगिता
![]() |
Indian Crickter Yuvaraj Singh |
पराजित वेष्ट इण्डिजका लागी डेभोन स्मीथले ८१ तथा राम नरेश श्रवणले ३९ रन बनाउनु बाहेक अन्य ले खासै योगदान गर्न सकेनन् । वेष्ट इण्डिजका ७ ब्याट्स्म्यान दाहोर अंकमा रननै नजोडि आउट भएका थिए । भारतका लागी जहिर खानले ३ तथा रविचन्द्र आश्विन र युवराज सिंहले २–२ विकेट लिएका थिए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले वेश्ट ईन्डिजसामू जितका लागि २६९ रनको चुनौती प्रस्तुत गरेको थियो । युवराज सिंहको शतकमा प्रेरित भारतले ४९ ओभर १ बलमा अलआउट हुनुअघि २६८ रनको योगफ खडा गरेको थियो । सुरुवातमै २ विकेट गुमाएको भारतको ईनिङलार्य माथि उकास्न युवराज सिंह र विराट कोहोलीले १२२ रनको ठोस साझेदारी गरेका थिए । युवराज ११३ रनमा तथा कोहोली ५९ रनमा आउट भएका थिए ।
कप्तान महेन्द्रसिंह धोनी र गौतम गम्भिरले २२–२२ रन बनाउनु बाहेक अन्यले खासै राम्रो योगदान गर्न नसकेपछि भारत अलआउट भएको थियो । कसिलो बलिङ प्रदर्शन गरेका रवि रामपालले ईन्डिज टोलीका लागि ५ विकेट लिएका थिए । १० ओभर बलिङ स्पेलमा रामपालले ५१ रन खर्चेका थिए । यस्तै आन्द्रे रसेलले पनि महत्वपूर्ण २ विकेट लिएका थिए ।
त्यसअघि आजै भएको पहिलो खेलमा जिम्बाबेले केन्यालाइ १६१ पराजित गरेको थियो । पहिले ब्याटिङ गर्दै जिम्बाबेले दिएको ३०९ रनको लक्ष्य पछ्याएको केन्याले ३६ ओभरमा अलआउट हुनुअघि १४७ रनमात्र जोड्न सकेपछि हार बेहोरेको थियो । दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले जिम्बाबेलाई आजको जितले राहत मात्र दिएको छ ।
No comments:
Post a Comment