मधेशी जनाधिकार फोरम सरकारमा सहभागी हुने ः सरकार विस्तार दुइ दिन भित्र
काठमाडौँ, ७ चैत्र । प्रधानमन्त्री झलनाथ खनालले यहि हप्ता भित्र सरकार विस्तार गर्नुहुने भएको छ । मधेशी फोरमसँग आज भएको वार्तामा फोरमले केन्द्रीय कमिटीबाट सरकारमा सहभागी हुने निणर्य गर्ने बताएपछि प्रधानमन्त्री खनालले सरकार विस्तारको तयारी गर्नु भएको हो । सिंहदरबारमा भएको वार्तामा फोरमले सरकारमा सहभागी हुन सहमति जनाएको एमाले सचेतक भिम आचार्यले जानकारी दिनुभयो ।
आत्मनिणर्यको अधिकार सहितको मधेश प्रदेशको माग गर्दै आएको फोरमको मागलाइ संविधान सभाबाट टुङग्याउने सहमित भएपछि फोरमले सरकारमा सहभागी हुने निणर्य गरेको हो । सरकारमा सहभागी हुनेबारे भने भोली मात्र औपचारिक सहमति पत्रमा हस्ताक्षर हुने एमाले श्रोतले जनाएको छ । यसैबिच माओवादीले समेत सरकारमा सहभागी हुनेहरुको नामावली आउँदो दुइ दिन भित्र पठाउने सहमती जनाएको छ । सरकार विस्तार गर्न नसकेको भन्दै नेताहरुको आलोचना भएपछि सरकार विस्तारलाइ पूणर्तादिन नेताहरुले सहमति गरेको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । गत माघ २० गते गठन भएको सरकारमा हाल माओवादीका ४ तथा एमालेका ३ नेता मन्त्री रहेकाछन् ।
राष्टपतिपतिद्धारा संबिधान निर्माणवारे चासो
काठमांडौ, ७ चैत्र । राष्ट्रपति डा रामबरण यादबले संबिधान निर्माण प्रक्रियाका बारेमा चासो व्यक्त गर्नुभएको छ । सबिधान सभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङसँग शितलनिवासमा आज भएको भेटबार्तामा राष्ट्रपति यादवले संबिधान सभाका बिवाद सामाधानका लागि गठित उपसमितीले गर्दै आएका कामका गतिबीधिबारे चासो राख्नुभएको हो ।
साथै यादवले तोकिएको मितिमा सबिधान जारी हुनेमा आम जनमानसमा आशंका बढेको भन्दै त्यसो हुन नदिन गम्भिरताका साथ लाग्न सभाअध्यक्ष नेम्वाङलाई आग्रह गर्नु भएको थियो । करिव १ घण्टा चलेको भेटमा सभाध्यक्ष नेम्वाङले दलहरुबीच तीब्र रुपमा छलफल भईरहेको, संबैधानिक समिति अन्र्तगतको उपसमितिको कामले गति लिएको लगायतका कारणले समयमै संबिधान जारी हुने आधार तयार हुँदै गएको बताउनु भएको थियो । यस अघि राष्ट्रपति डा यादबले हिजो प्रधानमन्त्री झलनाथ खनाल सँग छलफल गर्नु भएको थियो ।
सात बुंदे सहमती खारेज भए सरकारमा जाने
विराटनगर, ७ चैत्र । नेपाली कंग्रेशका सभापति सुशील कोइरालाले एमाले र माओवादीबीच भएको सात बुँदे सहमति खारेज भएमात्र वर्तमान सरकारमा काँग्रेस सहभागी हुने बताउनुभएको छ । नेपाल पे्रस युनियनको अधिवेशन उदघाटनमा जाने क्रममा विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सभापति कोइरालाले एक कोठामा बसेर गरिएको सहमती अप्रजातान्त्रिक भएकाले सो सहमती खारेज भए कांग्रेशले सरकारमा सहभागिताका बिषयमा सोच्न सक्ने बताउनुभयो ।
सभापति कोइरालाले मुलुकमा लोकतान्त्रिक संविधान बन्ने जिकीर गर्दै त्यस्तो संविधान आगामी जेठ १४ गते जारी हुने पनि बिश्वास व्यक्त गर्नुभयो । माओवादीको भनाइ र गराइ फरक रहेकाले अझै उसलाइ विश्वास गरिहाल्ने अवस्था नरहेको कोइरालाले टिप्पणी गर्नुभयो ।
यस्तै काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पनि सात बुंदे सहमती खारेज गरे काँग्रेस बर्तमान सरकारमा जाने उल्लेख गर्नुभएको छ । स्व गिरिजाप्रसाद कोइरालाको वार्षिक पुण्यतिथिका अवसरमा नेपाली काँग्रेस उदयपुरद्वारा आयोजित श्रद्धाञ्जलिसभामा डा. महतले प्रधानमन्त्रि निर्वाचनका क्रममा माओबादी अध्यक्ष र प्रधानमन्त्रि बिच भएको सहमती खारेज भए जसको नेतृत्वको सरकार भएपनि काँग्रेस सहभागी हुने बताउनुभएको हो ।
उता काँग्रेसका अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले शान्ति र संविधानका लागि लोकतान्त्रिक र वामपन्थी पार्टी एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । विराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले शान्ति र संविधानका विषयमा एकीकृत नेकपा माओवादी तथा नेकपा एमालेसँग कुनै विमति नरहेको धारणा व्यक्त गर्नुभयो ।
यता काग्रेस नेतृ सुजाता कोइरालाले भने शान्ति र संविधानको सुनिश्चितताका लागि काग्रेस सरकारमा सहभागी हुनु पर्ने धारणा राख्नुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा नेतृ कोइरालाले आफू निर्णायक पोजिसनमा नभएपनि काग्रेसलाई सरकारमा लैजान पहल गर्ने बताउनुभयो ।
पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्गबहादुर विश्वकर्माले सात बुँदे सहमतिकै आधारमा अहिलेको सरकार निर्माण भएकोले सात बुँदे सहमति खारेज भए सरकार गिर्ने बताउनुभयो । सरकारमा काग्रेस आए सात बुँदेकै अन्र्तबस्तुलाई टेकेर संसोधन गरेर अगाडि बढन भने आफूहरु तयार रहेको उहाँल बताउनुभयो ।
एमाले नेता प्रदिप ज्ञवाली
एमाले नेता प्रदिप ज्ञवालीले एमाले र माओावादी बिच नेपाली काँग्रेसलाइ वर्तमान सरकारमा सहभागी गराउन सात बुदेँ सहमतिलाइ परिमार्जन गर्ने सहमित भएको खुलासा गर्नु भएको छ । नेता ज्ञवालीले हिजो भएको एमाले माओावदी बैठकमा काँग्रेसलाइ सरकारमा ल्याउन सात बुदेँका केही बुदाँमा परिमार्जन गर्ने सहमति भएको खुलाउनु भएको हो ।
राजधानिमा आज आयोजित एक साक्षात्कारमा नेता ज्ञवालीले शान्ती प्रक्रिया र संविधान निमार्णलाइ टुङग्याउन काँग्रेसको बर्तमान सरकारमा सहभीता जरुरी रहेको दुइ दलको निष्कर्ष रहेको बताउनुभयो । नेता ज्ञवालीले सात बुदेँ सहमती सरकार गठनका बेला भएकाले त्यसलाइ सोहि परप्रेक्ष्यमा मात्र ब्याख्या गनुपर्ने टिप्पणी गर्नुभयो ।
लोकतन्त्र र गणतन्त्र सिंहदरबारमा खुम्चिएको छ ः अर्थमन्त्री अधिकारी
पोखरा, ७ चैत्र । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले लोकतन्त्र र गणतन्त्र सिंहदरबारमा खुम्चिएको भन्दै लोकल्याणकारी कार्य गरेर जनतालाई लोकतन्त्रको उपहार दिने बताउनुभएको छ । पोखरा उपमहानगरपालिकाको १५ औ नगरपरिषद्को आज उद्घाटन गर्दै मन्त्रि अधिकारीले २०६२÷०६३ को जनआन्दोलन मार्फत ल्याइएको लोकतन्त्र र गणतन्त्र सिंहदरबारमा खुम्चिएको भन्दै त्यसको जनताको जीवनस्तरमा सुधार, रोजगारी, विद्यालय, खानेपानीको सुविधालगायत दिन सकेमात्र लोकतन्त्र र गणतन्त्र सुदृढ हुने बताउनुभयो । अर्थमन्त्री भरतमोहन अधिकारीले आगामी वजेट कर्णाली क्षेत्र, दलित गरिव तथा सुकुम्वासीहरुको हितमा हुने उल्लेख गर्नुभयो ।
अधिकारीले पर्यटन वर्ष २०११ र पोखरामा अन्तराष्ट्रिय विमानस्थलमा निर्माणका लागि अर्थमन्त्रालयले वजेट विनियोजन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । अधिकारीले वर्तमान सरकारको मुख्य कार्यभार शान्ति प्रक्रिया टुङ्गो लगाउनु र संविधान निर्माण गर्नु भएको वताउनुभयो । एमाले नेता समेत रहनुभएका मन्त्री अधिकारीले नेपाली नागरिकले लोकतन्त्र र विकासको अनुभुति दिलाउन दलहरु विच सहमति र सहकार्यको जरुरी भएको उल्लेख गनुभयो ।
पचहत्तरवटै जिल्ला घुमेर नयाँ नेपालको खाका कोर्छु– डा भट्टराई
बैतडी, ७ चैत्र । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले देश सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेकाले दलहरु मिल्नुको विकल्प नरहेको बताउनुभएको छ । बैतडीको खलङगामा आज आयोजित एक कार्यक्रममा उपाध्यक्ष भट्टराईले राष्ट्रियताका बिषयमा सबै दलहरुले साझा धारणा तयार पार्नुपर्ने बताउनुभयो । उपाध्यक्ष भट्टराईले सबै जिल्ला भ्रमण गर्ने आफ्नो सपना पूरा भएको भन्दै अब नयाँ नेपालको खाका कोर्ने समेत उल्लेख गर्नुभयो । यस्तै कार्यकर्ता प्रशिक्षणका क्रममा आजै दार्चुला पुग्नु भएका उपाध्यक्ष भट्टराईले राष्ट्रियतालाई मजबुत बनाउन भारतसँगका सिमाना व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । छिमेकी मुलुकसँग सिमाका बारेमा भएका विवाद बैज्ञानिक तथ्यका आधारमा हल गर्नुपर्ने उहाँको भनाई थियो ।
गृह मन्त्रालय माओवादीलाई दिने सहमति भएको एमाले उपाध्यक्ष गौतमको भनाई
लमजुङ, ६ चैत्र । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री निर्वाचनमा भएको सहमति अनुसार गृहमन्त्रालय माओवादीलाई नै दिनुपर्ने बताउनु भएको छ । माओबादी र एमालेबीच भएको ७ बुद्धे सहमतिमा गृहमन्त्री माओबादीलाई नै दिने सहमति भएकाले त्यसमा किचलो गरिरहनुको कुनै अर्थ नरहने उपाध्यक्ष गौतमको भनाई थियो । लमजुङको बेसीसहरमा आज पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष गौतमले अहिलेको राजनिति जटिल संक्रमणमा रहेको भन्दै विवादमा अल्झिएर सविधान र शान्ति प्रकृयालाई खल्बल्याउन नहुने टिप्पणी गर्नुभयो । बर्तमान सरकारले चाँडै पूर्णता पाउने दाबी गर्दै गौतमले माओबादीसग“ वार्ता भैरहेको र विवाद मिलाउन छुटै संयन्त्र समेत गठन गरिसकेकाले सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभएको हो ।
गिरीजा प्रसाद कोइरालाको पहिलो पुण्यतिथि आज, नेताहरु जिल्ला जिल्लामा
काठमाडौँ, ७ चैत्र । पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्गे्रसका सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको एक वर्ष पूरा भएको दिन आज बिभिन्न स्थानमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । सोहि अवसरमा प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष स्बर्गीय गिरीजा प्रसाद कोइरालाको प्रथम पुण्यतिथिका अबसरमा कग्रेशले आज देशभर नै स्मृति सभा लगायत बिभिन्न कार्यक्रम गरेको छ । कग्रेशको भातृ सगठन नेबिसघ र तरुण दलले पनि स्वर्गीय कोइरालाको पुष्यतिथिको अबसरमा बिभिन्न कार्यक्रम गरेका छन् । कोइरालाले अन्तिम पटक उपचार गराएको काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रका विरामीहरुलाई तरुण दलले विहान फलफूल वितरण गरेको छ । जिल्लामा हुने स्मृति सभालाई पार्टी पदाधिकारी, केन्द्रिय सदस्य तथा सभासदहरुले सम्बोधन गरहेका छन् । पुर्व प्रधानमन्त्री कोइरालाको गत बर्ष चैत्र ७ गते आजकै दिन निधन भएको थियो ।
यसैबिच काठमाडौंको शंखपार्कमा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको पूर्णकदको शालिक शिलान्यास कार्यक्रम स्थगित भएको छ । स्थानीयबासीको अवरोधपछि शिलान्यास कार्यक्रम स्थगित भएको हो । कांग्रेसले शंखपार्कको नाम परिवर्तन गरी ‘गिरीजा प्रसाद कोइराला शान्ति पार्क’ नामाकरण गर्न खोजेपछि पार्क व्यवस्थापन समिति र स्थानीयले अवरोध पु¥याएका हुन् । दल विशेष नेताको शालिक बनाउन नदिने भन्दै स्थानीयले विरोध गरेपछि शिलान्यास कार्यक्रम स्थगित गरी श्रद्धान्जली सभा मात्र आयोजना भएको छ । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजित सो श्रद्धान्जली सभामा सभामुख सुवासचन्द« नेम्बाङले मुलुकमा गणतन्त्र स्थापनाका लागि स्वर्गीय कोइरालाले पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो ।
उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएर मुलुकमा संविधान जारी गर्नसकेमा लोकतान्त्रिक आन्दोलनका महानायक स्व कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि अर्पण हुने चर्चा गर्नुभयो । सभामुख नेम्बाङले मुलुकका सबै राजनीतिक दलहरु एकमत भइ संविधान निर्माणको दिशामा अग्रसर हुनुको विकल्प नभएको भन्दै सहमतिको प्रयासबाट मात्रै वर्तमान सङ्क्रमणकालीन अवस्थामा रहेको मुलुकले निकास पाउने बताउनुभयो । कार्यक्रममा काँग्रेस, एमालेका नेताहरुले कोइरालाको नेतृत्वदायी छविलाई सबै दलका नेताहरुले आत्मसात् गर्न सकेमा मुलुकका सबै समस्या समाधान हुने धारणा राखेका थिए ।

अन्तराष्ट्रिय समाचार
लिबियामा पश्चिमा राष्ट्रको संचालन
पश्चिमी मुलुकहरुले गरेको मिसाइल आक्रमणमा परि लिबियामा एक भवन क्षतिग्रस्त बनेको छ । उक्त भवन लिबियाली शाशक मुहम्मर गद्याफिको कमाण्ड केन्द्र भएको पश्चिमा मुलुकहरुले दावि गरेका छन् । यद्यपि लिबियाली सरकारका प्रवक्ता इब्राहिम मुसाले भने पश्चिमा देशहरुले प्रशाशन भवनमा आक्रमण गरेको बताएका छन् ।
लिबियाली सरकारले मिसाइल हमलामा परेको भवन अन्तराष्ट्रिय पत्रकारहरुलाइ समेत देखाएको छ । यद्यिप हमलामा परी मानविय क्षति भए नभएबारे स्पष्ट नभएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
यसैबिच अमेरिका, बेलायत र फ्रान्सको सैनिकले लिबियामाथी मिसाइल आक्रमणमा निरन्तरता दिएका छन् । उनीहरुले राष्ट्रसंघको आम नागरिकलाइ बचाउन कुनैपनि किसीमको कारवाहि गर्ने निणर्य अनुसार आक्रमण गरेको बताउँदै आएका छन् । बेलायति तथा अमेरिकी अधिकारीहरुले हवाइ आक्रमाण गद्याफिमाथी लक्षित नभएको बताएका छन् । उनीहरुले हवाइ आक्रमण सैनिक आधार इलाका र हवाइ सैन्य अड्डामा मात्र केन्द्रीत रहेको समेत उल्लेख गरेका छन् । संयुक्त सैन्य टोलिले रातभर हमला गरेको विविसीले उल्लेख गरेका छ ।
यसैबिच भारत सरकारले लिबियामाथी भएको सैन्य हमलाको विरोध गरेको छ । भारतिय विदेश मन्त्री एसएम कृष्णाले लिबियामाथीको आक्रमण दुखपूर्ण रहेको भन्दै तत्काल आक्रमण रोक्न पश्चिमा मुलुकहरुलाइ आग्रह गरेका छन् । उनले आक्रमणले सर्वसाधारणको जीवन खतरामा परेको भन्दै तत्काल कारवाहि रोकिनुपर्ने बताएका हुन् । यद्यपि भारतले गद्याफि शाशनको विरोध गर्दै आएको छ ।
खेल समाचार
एन्फालाई गोर्खा ब्रुअरीको वार्षिक रु एक करोड सहयोग
काठमाडौँ, ७ चैत । गोर्खा बु्रअरीले एन्फाद्धारा आयोजना हुने फुटबल प्रतियोगितालाइ आगामी तिन बर्षसम्मका लागी प्रायोजन सम्झौता गरेको छ । बु्रअरीले एन्फालाइ राष्ट्रिय लिग सञ्चालनका लागी बार्षिक एक करोडको दरले तिन बर्षसम्मका लागी प्रायोजन सम्झौता गरेको हो ।
प्रायोजन सम्झातामा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष गणेश थापा र गोर्खा बु्रअरीका बजार तथा बिक्री निर्देशक राजेन्द्र गुरुङले नेपालको फुटबलमा गोर्खा बुअरीले लगातार रुपमा सहयोग गरेको भन्दै फुटबल विकासमा थप योगदान दिने बताउनुभयो । सम्झौतानुसार आगामी प्रतियोगितालाई गोर्खा ब्रुअरी फुटबल प्रतियोगिता नामाकरण गरिनेछ ।
बु्रअरीसँगको सम्झौता पश्चात एन्फाले घरेलु फुटबल लिगलाई राजधानीमा मात्र सीमित नराखी देशव्यापी बनाउन २०६८ देखि राष्ट्रिय लिग जनाएको छ । एन्फासँग आबद्ध ३७ जिल्लाका फुटबल क्लबलाई ए, बी र सी डिभीजनमा विभाजन प्रतिस्पर्धा गराउने एन्फाले जनाएको छ ।
विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा को को भिड्दैछन् ।

समुह चरणमा आयरल्यान्डले विश्वकीर्तिमान कायम गर्दै इङ्ल्यान्डमाथि हासिल गरेको जित बाहेक थप फरक नतिनजा आउन सकेन । लिग चरणमै बंगलादेशले यसवर्ष पनि बलियो टिम इङ्ल्यान्डलाई पराजित गरेर केही रोचक नतिजा निकाल्यो । यसपटकको विश्वकपमा दोस्रो चरण पुग्ने क्रममा कुनै पनि टिमले सतप्रतिशत नतिजा निकाल्न सकेनन् । जेहोस्, विश्वकपको उपाधि उचाल्न चिरपरिचित ८ देश भिडन्तको तयारीमा जुटेका छन् ।
प्रतियोगिता अन्तरगत बुधबार पहिलो क्वाटर फाइनल खेल हुनेछ । बुधबार पाकिस्तान र वेष्ट इण्डिज बंगलादेशको राजधानी ढाकामा प्रतिष्पर्धा गर्नेछन् । त्यस्तै बिहीबार भारत र अष्टे«लिया बिच अहमताबाद क्रिकेट मैदानमा प्रतिष्पर्धा हुनेछ । यी दुइ देश बिचको खेललाइ यस संस्करणको विश्वकपकै रोमाञ्चक खेलको रुपमा चित्रित गरिएको छ । त्यसैगरि शुक्रबार न्यूजिल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ भने शनिबार श्रीलङ्का र इङग्ल्याण्ड बिच प्रतिष्पर्धा हुनेछ । सबै खेल नेपाली समय अनुसार पौने तिन बजे सुरु हुनेछन् ।
No comments:
Post a Comment