लोडसेडिङ्गको विकल्प खोज्न समितिः
काठमाडौँ, ७ चैत्र । सरकारले आगामी बर्षमा लोडसेडिङ्ग कम गर्ने तथा थप लोडसेडिङ नगर्ने उपायवारे सुझाव पेशगर्न उर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका उपप्रधानामन्त्री भरत मोहन अधिकारीलाइ जिम्मा लगाएको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले लोडसेडिङ्ग समस्याको समाधानकालागि, थर्मलपान्ट निमार्ण, भारतबाट विद्युत अयात लगायतको विषयलाइ खुल राख्दै सरोकारवालासंग छलफलगरी मन्त्रीपरिषदमा प्रतिवेदन पेशगर्न अधिकारीलाइ जिम्मा दिएको हो । यसअघि प्रधानमन्त्री झलनाथ खनालले आफ्नै नेतृत्वमा यस्तै समिति गठन गर्नुभएको थियो ।

![]() |
Kathhmandu at night |
त्यस्तै मन्त्रीपरिाषद्ले मजदुरका समस्या र भूमिहिनका माग संवोधन गर्नेवारे सबै राजनीतिक दलहरुसंग परामर्श गरेर सुझाव पेशगर्न भुमिसुधार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधान एवम् संचारमन्त्री कृष्ण बहादुर महरालाइ जिम्मेवारी दिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।
आन्दोलनरत भुमिहिनका माग संवोधन गर्नेगरी उच्चस्तरिय भुमिसुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेवारे दलहरुसंग छलफलगर्न सम्बन्धीत मन्त्रीलाइ जिम्मा लगाइएको हो । त्यस्तै बैठकले भोली नेपाल आउन लागको चिनियाँ सैन्यप्रमुखको टोलिले दिने सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न प्रधानसेनापनि छत्रमान सिंह गुरुङ्गलाइ अख्तियारी दिएको छ ।

चिनियाँ सैन्य प्रमुख समितको टोली नेपाल आउँदैँ
काठमाडौँ, ८ चैत्र । प्रधान सेनापनि छत्रमान सिंह गुरुङ्गको निमन्त्रणामा चिनियाँ सैन्य प्रमुख चेन बिगंदेन सहितको उच्च स्तरिय चिनियाँ सैन्य टोली भोली नेपाल आउने भएको छ ।
![]() |
General Chen Bingde arrive Nepal |
तिन दिने भम्रणका लागी नेपाल आउन लाग्नु भएका बिङ्गदेनले नेपालमा रहँदा राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री झलनाथ खनाल, रक्षामन्त्री विष्णु पौडेल, प्रधानसेनापति छत्रमान सिंह गुरुङ्ग लगायतसँग भेटगर्नुहुने कार्यक्रम रहेको छ ।
भम्रणका दौरान द्धिपक्षिय सहयोग अभिवृद्धि लगायतका विषयहरुमा छलफल तथा हस्ताक्षर हुने नेपाली सेनाले जनाएको छ ।
चिनियाँ सैन्य टोलीले नेपाली सेनलाइ एक अर्ब ३० करोड बराबरको सैन्य सहयोगमा हस्ताक्षर गर्ने बताइएको छ ।
संक्रमणकालिन व्यबस्था सम्बन्धमा सहमतिः
काठमाण्डौ, चैत्र ८ । संविधानसभाको सवैधानिक समिति अन्र्तगत गठित विवाद समाधान उपसमितिले नयाँ संविधानमा संक्रमणकालिन व्यवस्थाका सम्बन्धमा सात विबादित प्रश्नमा सहमती जुटाएको छ । संविधानसभा सचिवालय सिंहदरबारमा आज दिउसो बसेको बैठकमा नयाँ संबिधान जारी भएपछि नयाँ व्यबस्था नहुन्जेल राष्ट्रपति, उपराष्ट्रपति र मन्त्रीपरिषद लगायत सम्बैधानिक निकायमा नयाँ व्यबस्था नहुन्जेल हालकै प्रतिनिधी कायम रहने सहमित जुटाएको हो । बैठकपछि उपसमिती संयोजक एवं मओवादी पुष्पकमल दाहाल प्रचण्डले विबादित ३७ प्रश्न मध्ये ७ बुंदामा आज सहमती जुटेको जानकारी दिनुभयो ।
बैठकपछि समति सदस्य एवम् काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले नयाँ संविधान जारी भएपछि पनि नयाँ निर्वाचन नहुदासम्म यही संविधानसभा, तथा संवैधानि अंग कायम रहेने निणर्य भएको जानकारी दिनुभयो ।
गत फागुन १३ गते गठन भइ चैत्र १ गते म्याद थपिएपछि उपसमितिको बैठक आज पहिलो पटक बसेको हो । यसैबीच संविधानसभाले पठाएको राज्यपुर्नसंरचना सम्बन्धी विबाद समाधानवारे छलफलगर्न सवैधानिक समितिको बैठक भोली विहान बस्ने भएको छ । समितिले राज्यपुर्नसंरचना समितिको मस्यौदा समेत उपसमितिमा पठाउने संभावना रहेको एक सदस्यले बताए ।
झापाको गोलधाप शिबिरमा भिषण आगलागी
झापा, मोरङ्ग ८ चैत्र । हरेक बर्ष गर्मीयाममा आगलागीको शिकार हुदैँ आएको शरणार्थी शिवीरहरु यसबर्षको गर्मीयामको शुरुवातमै आगालागीबाट पिडीत बनेको छ । यसैक्रममा झापा र मोरङका शरणर्थी शिबिरहरुमा आज आगलागी भएको छ । झापाको गोलधाप र मोरङको शानिश्चरे शिबिरमा आगलागी हुदाँ १ हजार भन्दा बढि छाप्राहरु जलेर नष्ट भएका छने भने दुई दर्जन बढि घाइते भएका छन् । गोलधापमा बिहान सवा ७ बजे शुरु भएको आगलागी भद्रपुर, दमक र मेचीनगरका तीनवटा दमकलका साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनताको प्रयासमा करिब ४ घन्टापछि नियन्त्रणमा आएको थियो । शिबिर भित्र साँघुरो बस्तीका कारण दमकल सहज रुपमा प्रवेश गर्न नसक्दा आगलागि नियन्त्रणमा ढिलाइ भएको प्रहरीको भनाई जनाएको छ । सेक्टर बी वान हट नम्बर १८ का नरेश तिम्सिनाको घरमा ग्याँस सिलिन्डर पडिक पछि आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
यसैगरीे शानिश्चरे शिबिरमा लागेको दिउसो सवा २ बाट सुरु भएको आगलगी पूर्वका इटहरी, बिराटनगर र मेचीनगरका दमकल, प्रहरी र स्थानीयबासीको प्रयासमा करिब डेढ घन्टापछि नियन्त्रणमा लिइएको थियो ।
सरकारी आश्वासनपछि भुमिहिनको राजधानी केन्द्रीत आन्दोलन स्थगितः
काठमाण्डौ, चैत्र ८ । सरकारले उच्चस्तरिय भूमिसुधार आयोगको प्रतिवेदन सार्वजानिक गर्ने तथा क्रान्तिकारी भुमिसुधार गर्ने आश्वासन दिएपछि गत १ गतेदेखि राजधानीमा जारी राष्ट्रिय भुमिअधिकार मंञ्चको धर्ना कारर्यक्रम स्थगित भएको छ । सरकारका तर्फवाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा र मन्त्री गंगालाल तुलाधरले राजधानीको भृकुटिमण्डपमा धर्नामा बसेका भुमिहिनहरुलाइ भेटगरी माग पूरा गर्ने आश्वासन दिएका थिए । आयोगको प्रतिवेदन सार्वजानिक र भुमि अधिकार मंचका माग संवोधनगर्न माओवादी पोलिटव्युरो सदस्य हरिबोल गजुरेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा एमालेका हरि पराजुली, भुमिसुधार मन्त्रालयका सहसचिव केशब भट्टराइ, मंचका ल्यामब दजी लगायत हुनुहुन्छ ।
भुमिहिनको धर्नालाइ संवोधनगर्दै विगतमा आफू मन्त्रीहुदा गरेको सम्झौता अनुसार आयोग गठन भएको र कार्यान्वयका बेलामा समेत आफू मन्त्री बनेको भन्दै महराले आयोगको प्रतिवेदन कार्यान्वय गर्ने बताउनुभयो । नेपालमा भुमिसुधारको माग २०२१ सालदेखी उठेको स्मरणगर्दै मन्त्री महराले क्रान्तिकारी र आमूल परिवर्तन गर्नेगरी भूमिसुधार लागू गर्ने बताउनुभयो । मन्त्रीद्वयले भुमिसुधार लागू गर्नेकुरालाइ मन्त्रीपरिाद बैठकमा लैजाने समेत आश्वासन दिएका छन । निर्धारित समयमा नयाँ संविधान जारी गर्न र नयाँ संविधानमा भूमीहीनको अधिकार सुरक्षित गर्न दबाब दिने उद्देश्यले ५० जिल्लाका भूमिहीन तथा एक हजार श्रमिक महिला काठमाडौंको खुलामञ्चमा धर्नामा बसेका थिए ।
स्याङजामा जिप दुर्घटनामा परी ४ जनाको मृत्यु , २ दर्जन घाइते
स्याङजा ८ चैत्र । स्याङजाको वालिङबाट रत्नपुरतर्फ जांदै गरेको जीप आज बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने करिब २ दर्जन यात्रु घाइते भएका छन् । ग १ ज ४६५९ नम्वरको जीप सडकबाट करिव डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा कुवाकोट–३ का ५५ वर्षीय तुलसीराम उपाध्याय, कुवाकोट–५ का ३८ वर्षीय उदयबहादुर सिंजाली, कुवाकोट–१ की १५ वर्षीया लक्ष्मी थापा र कुवाकोट–३ बस्ने नाम खुल्न नसेकेकी शोभाकान्त न्यौपानेकी ६० वर्षीया आमा रहेकी छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ । घाइतेरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । अत्यधिक ‘लोड’का कारण ग्रामीण सडकमा जिप अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।
टाइगरटप्स गोलीकाण्ड मुद्दाको पेशी स¥यो
गत मंसिरमा चितवन राष्ट्रिय निकुञ्जको टाइगर टप्स रिसोर्ट गोली काण्डका अभियुक्त पूर्व युवराज पारस शाहलाई अर्को पेशी बैशाख १४ गतेका लागि तोकिएको छ । गोलीकाण्डमा मुछिएका पूर्वयुवराज पारस शाह र बंगलादेशी नागरिक रुबेल चौधरीसँग आज बयान लिएपछि प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले मुद्याको अर्को पेशी तोक्नु भएको हो । गत मंसिर २५ गते चितवनको टाइगरटप्स होटलमा रुवेलमाथि फाइरिङ गर्दै सार्वजनिक स्थानमा होहल्ल्ला गरेको अभियोगमा पक्राउ परेका पूर्वयुवराज शाहलाई सार्वजनिक ऐन अन्र्तगत मुद्दा चलाइएको छ ।
यसैबीच टाईगरटप्स गोलीकाण्डमा मुछिएका बंगलादेशी नागरिक रुवेल चौधरीले जिल्ला प्रसासन कार्यालय चितवनमा आज बयान फेरेका छन् । चौधरीले चितवनका प्रमुख जिल्ला अधिकारी गौतमसमÔ बयान दि“दै पारसको हातमा बन्दुक भएको तर आफुमाथि गोली नचलाएको बताएका हुन् । उनले आफुले गोलीको आवाज सुनेको तर आफुलाइ गोली प्रहार आफुलाइ ताकेर नगरिएको बताएका हुन् । चौधरीले गोलीकाण्ड भएको भोलीपल्ट संचारकर्मी माझ पारसले आफूलाई लÔित गरी हवाई फायरिङ दाबी गरेका थिए । बयानका क्रममा रुवेलले यस काण्डलाई कानुनी रुपमा अघि बढाउन नचाहेको समेत बताएका छन् । रुवेल काँग्रेस नेतृ सुजाता कोइरालाका ज्वाँई हुन् ।
प्रेस युनियनको अधिवेशन इटहरिमा सुरुः
विबादकाबीच कागे्रस निटक पत्रकारहरुको संस्था नेपाल पे्रस युनियनको सातौ अधिवेशन आजदेखी सुनसरीको ईटहरीमा सुरु भएको छ । सुनसरीको इटहरिमा आयोजित समारोहबीच कागे्रस सभापति सुशील कोइरालाले अधिवेशन उद्घाटन गर्नुभएको हो । उदघाटन शत्र सुरु हुने समयमा कतिपय सहभागिले काठमाण्डौ शाखाको विबाद मिलाएर मात्र उदघाटन् गर्न सभापतिसंग आग्रह गरेपछि केहिबेर तनाव भएको थियो । तत्कालका लागि काठमाण्डौ शाखाका समानान्तर कमिटि भंग गर्ने र केन्द्रीय महधिवेशन सकिएपछि नयाँ अधिवेशन गर्ने सहमति भएको छ । महाधिवेशनमा मूलुकभरका १ हजार भन्दा बढि पत्रकार हरुको सहभागिता रहेको छ । २ दिन सम्म चल्ने महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ नेतृत्वका लागि झण्डै १० जनाले अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन ।
यसैबिच अधिबेसनको उद्घाटन गर्दे सभापति सुशिल कोइरालाले प्रजातन्त्रवादीहरुलाइ समाप्त पार्नकालागि सातबुँदे सहमति गरिएको आरोप लगाउनु भएको छ । एमाले र माओवादकिा २ जना व्यत्तीले अध्यारो कोठामा गरिएको सहमति खारेज नभए सम्म कुनै पनि सहमति नहुने कोइरालाले बताउनु भयो । उहाँले सहमति खारेज नभए सम्म काँङ्ग्रेस कुनै पनि हालतमा सरकारमा नजाने दोहर्याउनु भयो । उहाँले शान्ती प्रकृयालाइ टुङ्गामा पुर्याइ नयाँ संबिधान निर्माण गर्नु र आफ्नै पार्टी भित्रको व्यक्तीवादी प्रबृतीको अन्तय गर्नु मुख्य जिम्वेवारी रहेको बताउनु भयो । माआवादीले शान्ती प्रकृया टुङ्गोमा पुर्याउन र संबिधान बनाउन व्याधा व्यबाधान खडा गरेको आरोप कोईरालाको छ । उहाँले प्रजातन्त्रको बिरुद्ध लाग्नेहरुलाइ नेपाली काँङ्ग्रेसले बेला बेला सम्माप्त पारेको उदाहरण दिदै माओवादी पनि नसच्चिए त्यस्तै हालत हुने चेतावनी दिनुभयो ।
बादी समूदायलाइ नागरिकताको सहज व्यबस्थागर्न संसदीय समितिको आग्रहः
व्यबस्थापिका संसदको महिला बालबालिका र समाज कल्याण समितिले वादी समूदायका वालबालिकालाइ सहज ढंगले नागरिकता उपलव्ध गराउन सरकारका विभिन्न निकायलाइ निर्देशन दिएको छ । समिति अन्तरगत बादी समूदायका समस्या समाधान उपसमितिले महान्यायाधीवक्ता युवराज संग्रोला लगायत विभिन्न मन्त्रालयका सचिवहरुसंग सर्वसुलभ नागरिकतावारे छलफल गरेको हो । बादी समूदायका कतिपय विद्यार्थी नागरिकता अभावमा उच्च शिक्षा अध्यानवाट बञ्चित बन्न पुगेको भन्दै समितिले सरोकारवालाको ध्यानाकर्षण गराएको हो । बैठकमा महान्यायाधीवक्ता संग्रौला। गृह सचिव गोविन्द कुशुम र कानुन सचिव माधव पौडेलले नागरिकता वितरणमा रहेको अस्पष्ठता हटाउन मन्त्रीपरिषदमा प्रस्ताव पठाउने बताउनुभयो । आमाको नामवाट नागरिकता दिने व्यबस्था भएपनि बादी समूदायका वालबालिकाको नागरिकतामा ‘बावुको पहिचान नखुलेको’ उल्लेख गरेर दिइएको गुनासो आएपछि सरोकारवालासंग छलफल गरिएको उपसमिति सयोजक विनोद पहाडीले जानकारी दिनुभयो । दाङ, बाँके, कैलाली, कञ्चनपूर लगायतका जिल्लामा बादी समूदायको बसोवास छ ।
काँग्रेस सरकामा आउँछ भने सातबुँदे सच्चाइने–प्रवक्ता तुलाधर
गजुरी (धादिङ), ८ चैत । शिक्षा मन्त्रि एंव सरकारका प्रवक्ता गङ्गालाल तुलाधरले सातबुँदे सम्झौतालाई सच्चाएर भए पनि नेपाली काँग्रेसलाई सरकारमा ल्याउने तयारी भइरहेको बताउनुभएको छ । धादिङको चैनपुर गाविसस्थित सुनखानी माध्यमिक विद्यालयको कार्यक्रममा सहभागी हुन जानेक्रममा धादिङवेसीमा सञ्चारकर्मीहरुसाग कुरा गर्दै मन्त्रि तुलाधारले शान्ति प्रक्रियालाई निष्कर्शमा पु¥याउनका लागि एमाले र माओबादी बिच भएको सातबुदे सहमती संशोधन गर्न तयार रहको बताउनुभएको हो ।
शान्ति, सविधान, राष्ट्रिय स्वाधीनता, सामाजिक र आर्थिक रुपान्तरणको मूल मुद्दालाई आत्मसात गर्दै नेपाली काँग्रेस, मधेशवादी दल र साना दलहरु पनि छिट्टै सरकारमा ल्याउने तयारी भइरहेको उहाको भनाई थियो । नेपाली काँग्रेसले सरकारमा नआउने बताउँदै आए पनि ऊ छिट्टै सरकारमा सहभागी हुने उहाँले दाबी गर्नुभयो ।
नेपालको गार्हस्थ उत्पादन ओरालो
काठमाडौँ, ८ चैत । नेपालको कूल गार्हस्थ उत्पादन जिडिपी दक्षिण एसियामै सबैभन्दा कम भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । दक्षिण एसियामा भुटानको १२ प्रतिशत, बङ्गलादेशको ६ प्रतिशत र भारतको ९ प्रतिशत कूल गार्हस्थ उत्पादन भएकोमा नेपालको चालु ७ महिनामा ३ दशमलव ४७ प्रतिशत हुने अनुमान गरिएको छ । विभागले तयार गरेको चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन लगायत अन्य समष्टिगत आर्थिक सूचकको सार्वजनिक समारोहमा तथ्याङ्क विभागका निर्देशक सुमन अर्यालले उत्पादन व्यवस्था ओरालो लाग्दै गएको बताउनुभयो । कृषि, पर्यटन, विद्युत्, वन पैदावारको प्रचुर सम्भावना भए पनि उल्लिखित क्षेत्रको उत्पादन बढ्न नसकेकै कारण कुल गार्हस्थ उत्पादन ओरालो लागेको विभागको ठम्याइ छ ।
अन्तराष्ट्रिय समाचार
लिबियामा अमेरिकी लडाकु विमान दुर्घटना
अमेरिकाले पाटपुर्जामा समस्या देखिएपछि लिबियामा एक लडाकु विमान दुर्घटनाग्रस्त भएको जनाएको छ । यद्यपि लिबियाली सरकारले भने उक्त लडाकु विमान खसालिएको दावि गरेको छ । अमेरिकी सेनाका प्रवक्ता केनेथ फिडलरले लडाकु विमान खसालिएको दावीलाइ अस्वीकार गर्दै मेसिनरी समस्याका कारण विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । उनले विमानमा रहेका दुइ चालकलाइ समेत विमान दुर्घटना हुनुपुर्व सकुशल उद्यार गरिएको जनाएका छन् ।
विमान बंघाजीशहर नजिकै दुर्घटना भएको द टेलिग्राफ दैनिकले जनाएको छ । संयुक्त राष्ट्रसंघले लिबियालाइ उडान निषेधित क्षेत्र घोषणा गरेपछि अमेरिका, बेलायत, फान्स लगायतका देशले लिबियामाथी लडाकु विमानबाट मिसाइल आक्रमण गर्दै आएका छन् । यसैबिच लिबियाली सरकार नियन्त्रीत टेलिभीजनले शत्रुहरुले राजधानी र विभीन्न शहरमा अन्धाधुन्ध हवाइ आक्रमण गरेको समाचार सार्वजनिक गरेको छ । लिबियाली सरकारले राजधानी त्रिपोलीबाट १० किलोमिटर पूर्वको हवाइ अड्डा बुसेटामा समेत सैनिक हमला भएको जनाएको छ । हवाइ हमलाबाट माछामार्ने एक गाउँ समेत ध्वस्त भएको लिबियाली अधिकारीहले जनाएका छन् ।
यसैबिच लिबियामा अमेरिका तथा युरोपेली मुलुकहरुले जारी राखेको हबाइृ आक्रमण आज पनि जारी राखेका छन् । राजधानी त्रिपोलिका विभिन्न स्थानमा विस्फोट र आगलागी भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । कर्णेल गद्दाफिका सेनाले पनि प्रत्याक्रमण जारी राखेको विविसीले जनाएको छ । यो भिडन्तमा गद्दाफिका कैयौँ सेनाको ज्यान गएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएपनि त्यसको हालसम्म पुष्टी हुन सकेको छैन । राजधानी त्रिपोलिको गद्दाफिका सेना बसेको स्थानमा खानेपानी आपुर्ति बन्द भएको समाचार समेत सार्वजनिक भएको छ ।
खेल समाचार
विश्वकप क्रिकेट

जारी १० औ संस्करणको विशवकप क्रिकेटमा भोलीबाट क्वार्टरफाईनलका खेलहरु सुरु हुन्दैछन् । पहिलो क्वार्टरफाईनल खेलमा भोली पाकिस्तान र वेश्टईन्डिजबीच खेल हुँदेछ । पाकिस्तान समूह ए को विजेताका रुपमा तथा वेश्ट ईन्डिज समूह बी को चौथो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गरेका हुन् । पाकिस्तान यो संस्करणको विश्वकप क्रिकेटमा भाग्यमानी टोलीको रुपमा स्थापित हुँदै आएको छ भने क्यारेवबयन टोली उत्कृष्ट टोली हुँदाहुँदै पनि शक्तिशाली टिमहरुसँगको प्रतिस्पर्धामा चुक्दै आएको छ । भोलीको खेल बङगलादेशको राजधानी ढाकास्थित शेर ए बङगला स्टेडियममा नेपाली समय अनुसार पौने तिन बजे सुरु हनेछ । भोलीको खेलमा पाकिस्तान आफ्नो बलिङ आक्रमणमा ज्यादा निर्भर रहनेछ भने वेश्ट ईन्डिज आफ्ना आक्रामक ब्याट्सम्यान र उत्कृष्ट फिल्डरहरुमा भर पर्नैछ । दुबै टोलीमा खेलको पासा जुनसुकै समयमा आफ्नो तर्फ पल्टाउन सक्षम खेलाडीहरु भएकाले भोलीको खेलमा कसको पल्लाभारी हुन्छ यसै भन्न्न नसकिने स्थिती रहेको छ ।
बूढासुब्बा गोल्डकप
सुनसरीको धरानमा आजदेखिे १३औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा नकआउट गोल्डकप फुटबल प्रतियोगिताको सुरु भएको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मोरङ्ग फुटबल सङ्घ बिजयी भएको छ । धरान फुटवल क्लवलार्य १—० गोलअन्तरले पाखा लगाउँदै मोरङ फुटबल सङघ र मोरङ फुटवल संघबीच अघिल्लो चरणमा प्रबेश गरेको छ । उसका लागि एकमात्र निर्णाक गोल पहिलो हाफको ४० अँौ मिनेटमा मोरङका विनोद लामाले गरेका थिए ।
यस संस्करणको प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिमले सहभागिता जनाएका छन् । सहभागी क्लबहरुमा धरान फुटबल क्बल, थ्रीस्टार क्लब,नेपाल पुलिस क्लब,सशस्त्र प्रहरीको एपिएफ,हिमालयन सेर्पा क्लब,डब्लु.एम.एम.सी मजदुर सहित स्मृति क्लब काठमाण्डौ, सहारा क्लब पोखरा, झापा फुटबल संघ झापा, मोरङ फुटबल संघ मोरङ, आरसीटी क्लब,राजधानकिै मनाङ मस्याङदी क्लब र भारतको नाम्ची फुटबल क्लब रहेका छन् ।
यस संस्करणको गोल्डकपमा पुरस्कार राशी समेत बढाइएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता टिमले गोल्डकपसंगै नगद २ लाख, उपविजेताले ट्रफीसहित नगद १ लाख पाउने मुल आयोजक समितिका संयोजक राईले बताउनुभयो । यो राशी गत बर्षभन्दा विजेता टिमका लागि ५० हजार र उपविजेताका लागि २५ हजार बढाइएको हो । त्यसैगरी उत्कृष्छ खेलाडीलाई २५ हजार,सर्वाधिक गोलकर्तालाई १५ हजार पुरस्कार राशी राखिएको छ । प्रतियोृगिता अन्तरगत भोलीको खेल हिमालयन शेर्पा क्लब काठमाडौ र झापा ११ बिच हुने छ ।

No comments:
Post a Comment