चीनले सेनालाई एक अर्ब ३० करोड रुपैया बराबरको सहयोग
चीनले नेपाली सेनालाई मेडिकल उपकरण र निर्माण कार्यमा प्रयोग गरिने उपकरण गरी एक अर्ब ३० करोड रुपैया बराबरको सहयोग गरेको छ । यो सहयोग सम्बन्धी सम्झौतामा आज प्रधान सेनापति छत्रमान सिंह गुरुङ्ग र चिनियाँ जनमुक्ति सेनाका प्रमुख चेन बिङदेले हस्ताक्षर गर्नभएको छ ।
चिनीया सेनाप्रमुखको आजबाट शुरु भएको भ्रमणका क्रममा सैनिक मुख्यालय भद्रकालीमा प्रधानसेनापति गुरुङसंग भएको भेटवार्ताका क्रममा यस्तो सम्झौता भएको हो । सम्झौता अनुसार एक अरब बराबरको वीरेन्द्र अस्पतालको लागि आवश्यकीय मेडिकल उपकरणहरु र दैवि प्रकोप उद्धार कार्यमा प्रयोग हुने उद्धार सामग्रीहरु उपलब्ध गराउने र ३० अर्ब रुपैया बराबरको निर्माण कार्यमा प्रयोग हुने ईन्जिनियरिङ्ग उपकरण प्रदान गरिने जनाइएको छ ।
चीनीया सेनाप्रमुख बिङदे तीनदिने भ्रमणको सिलसिलामा आज अपरान्ह विशेष विमानद्वारा काठमाडौं आउनु भएको हो । प्रधानसेनापति छत्र मानसिंह गुरुङ्गको निमन्त्रणामा १५ सदस्यीय भ्रमण टोलीले आजै प्रधानसेनापति गुरुङसंग भेटवार्ता गर्नुभएको थियो । भेटमा आपसी हित लगायत विविध समसामयिक विषयहरुमा छलफल भएको सैनिक जनसंपर्क निर्देशालनले जनाएको छ ।
सरकारद्वारा उर्जा संकटकाल घोषणाः
सरकारले आगामी साढे ४ बर्षकालागि उर्जा संकटकाल घोषणागर्दै उर्जा संकट निरुपण आयोग गठनगर्ने घोषणा गरेको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकमा उर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका उपप्रधानमन्त्री भरतमोहन अधिकारीले उर्जा संकटकाल घोषणा सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो । विद्यमान उर्जा संकट कम गरी देशलाइ लोडसेडिङ्ग मुक्त बनाउन उर्जा संकटकालको घोषणा गर्नुपरेको अधिकारीले बताउनुभयो । सरकारले उर्जा संकटका घोषणागर्दै विद्युत महसुल निर्धारण आयोग खारेज गरेको छ । सरकारले उर्जा संकट निरुपण आयोगछिट्टै गठन गर्नेपनि अधिकारीले संसदलाइ जानकारी गराउनुभयो ।
मन्त्री अधिकारीले वर्तमान लोडसेडिङको विकराल परिस्थितिबाट आम जनतालाई न्यूनतम त्राण दिन अबको साँढे चारवर्ष भित्र दुई हजार ५०० मेगावट बराबरको विद्युत शक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । उहाँले ऊर्जा सङ्कटको विस्तृत योजना प्रस्तुत गर्दै पश्चिम सेती, अपर सेती, बुढी गण्डकी, त्रिशूली, दूधकोसी, मोदी–१, आरुघाटलगायतका विद्युत् आयोजनाका हकमा मित्रराष्ट्र भारत, चीन, संयुक्त राज्य अमेरिका, जापान, नर्वे, ब्राजिल, स्वीटजरल्यान्ड, दक्षिण कोरियालगायत मलुकमा विद्युत उत्पादन क्षेत्रमा ख्याति आर्जन गरेका विश्वसनीय कम्पनीहरुसँग वार्ता गरी ती जलविद्युत् आयोजनाको निर्माण गर्ने इजाजत पत्र सोझै नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी उपलब्ध गराउने व्यवस्था गरिने बताउनुभयो ।
निजी क्षेत्रबाट कोइला एवम् डिजेलका थर्मल प्लान्ट निर्माण गर्न सार्वजनिकरुपमा प्रस्ताव आह्वान गर्ने उल्लेख गर्दै उहाँले जियोथर्मलको सम्भावना अध्ययन गरिने र यसलाई सदुपयोग गर्न अधिकतम् प्रयास गरिने जानकारी दिनुभयो ।
जलविद्युतको प्रचुर सम्भावना रहेर पनि लोडसेडिङ्गको मार बेहोर्नु परेको वताउँदै उहाँले उर्जा संकट समाधान गर्न तीन सदस्सीय आयोग गठन गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । उर्जा समस्या समाधान नगरे मुलुकमा विकराल समस्या सृजना गर्ने भएकोले सरकार संकटकालको अबस्थामा पुगेको उहाँले बताउनुभयो । संकट समाधान गर्नका लागि सरकारले विशेष कार्यायोजना ल्याउने जानकारी दिदै अधिकारीले आवश्यक श्रोत र साधनको व्यवस्था मिलाइने जानकारी गराउनुभयो । सरकारले विद्युत लाइसेन्स वितरण तथा विदेशी लगानी कर्तालाइ विद्युत क्षेत्रमा लगानी गर्नकालागि आयोगलाइ जिम्मा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक
काठमाडौँ, ९ चैत । सरकारले नेपाल आयल निगमको व्यवस्थापन सुधार, पेट्रोलियम पदार्थको मूल्य समायोजन र सहज आपूर्तिलगायतका विषयमा सुझाव पेस गर्न सभासद् भीम आचार्यको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ ।
मन्त्रीप्रिषदको आज बसेको बैठकले यस्तो कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यहरुमा हरि रोका, लक्ष्मणप्रसाद घिमिरे, चन्द्रिकाप्रसाद यादव, अर्जुन राई, प्रतिभा राणा तथा पूर्व सांसद् सोमप्रसाद पाण्डे, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ र काठमाडौंका अमृत नकर्मी रहनुभएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।
बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार तथा लगानी सम्झौताको खाकालाई अन्तिम रुप दिन मन्त्रिपरिषद्को आर्थिक समितिमा पठाउने र भूमिहीन मुक्त कमैयालाई जग्गा किन्न रकम दिनेसम्बन्धी कार्यविधिलाई अन्तिम रुप दिन विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।
बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को उपाध्यक्षमा गोपालप्रसाद खनाल र भरतपुर क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्यमा डा रामेश्वरमान श्रेष्ठलाई नियुक्त गरेको छ ।
यस्तै बैठकले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा पुरुषोत्तम पौडेल र जनसम्पर्क सल्लाहकारमा निर्मलकुमार भट्टराईलाई नियुक्त गरेको प्रवक्ता तुलाधरले बताउनुभयो ।
प्रवेशिका परीक्षा भोलिदेखि सुरु हुने
भक्तपुर, ९ चैत । यस वर्षको एसएलसी परीक्षा भोलिदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
एसएलसी परीक्षामा यसवर्ष मुलुकभरबाट चार लाख ९६ हजार २४३ जना विद्यार्थी सहभागी हुने छन् । जसमा नियमिततर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् । यस्तै एक्जाम्टेडतर्फ छात्र २५ हजार आठ सय पाच जना र छात्रा ३४ हजार २७ जना रहेका छन् ।
परीक्षाको लागि मुलुकभर कुल एक हजार ६७२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको र त्यसका लागि कुल ४७ हजार २४२ जना कर्मचारी खटाइने बताइएको छ ।
परीक्षामा चिड चोर्ने, चोराउने र परीक्षालाई अमर्यादित बनाउन खोज्ने जो कोहीलाई तत्काल पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले भएको छ ।
केन्द्रद्धारा आज आयाजित पत्रकार सम्मेलनमा परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोवाइल चलाउन नदिने जानकारी गराइएको थियो । परीक्षा यही चैत १८ गतेसम्म चल्नेछ ।
यसैबीच प्रबेशिका परिक्षा एस एल सिलाई मध्यनजर गर्दै नेपाल बिद्युत प्रधिकरणले बिद्युत कटौतीमा केहि कमी गर्ने भएको छ । भोली देखि लागु हुने गरी प्रधिकरणले साताको ८५ घन्टा लोडसेडिङ गर्ने भएको हो । हप्तामा ३ दिन १३ घन्टा र २ दिन ११ र २ दिन १२ घन्टा लोडसेडिङ हुने प्राधिकरणले आज बिज्ञप्ती मार्फत जनाएको छ । यसअघि दिनको १४ घन्टा बिद्युत कटौती हुदै आएको थियो । प्राधिकरणले यो समय तालिका एस एल सि परिक्षा अबधीभर मात्र जारी रहने जनाएको छ ।
समायोजको प्रारुप तयारगर्न कार्यदल गठनः
सेना समायोजन विशेष समितिले माओवादी जनसेनाका लडाकूको समायोजन र पुनस्थापनाको प्रारुप र मापदण्ड तयार गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज विहान बसेको विशेष समितिको बैठकले कार्यदल गठन गरेको शान्ति तथा पुर्ननिर्माणमन्त्री बर्षमान पुन अनन्तले जानकारी दिनुभयो । कार्यदलमा माओवादीका जनार्दन शर्मा, कागे्रसका डा रामशरण महत, एमालेका ईश्वर पोखे्रल र मधेशी जनअधिकार फोरमका जेपी गुता सदस्य हुनुहुन्छ ।
कार्यदललाइ निश्चित समय नदिएपनि ५० दिनभीत्र समायोजन सम्पन्न गर्नेगरी एक हप्ताभीत्र प्याकेज तयारगर्न निर्देशन दिइएको छ । विशेष समिति बैठकले माओवादी जनसेनाका लडाकूको शिविरको अनुगमन र निरिक्षणकालागि विशेष समिति अन्तरगतको सचिवालयकालागि आबस्यक जनशक्ति भर्नागर्न अनुमति दिएको सदस्य जेपी गुप्ताले जानकारी दिनुभयो । यसकालागि ४ सय ३३ जना कर्मचारी राख्न अनुमति दिइएको उहँँले बताउनुभयो ।
माओबादी, एमाले र फोरमबीच ४ बुंदे सम्झौता, भोली सम्ममा सरकारले पुर्णता पाउने
काठमांडौ, ९ चैत्र । एकिकृत नेकपा माओबादी, नेकपा एमाले र मधेसी जनअधिकार फोरमबीच सरकारमा सहभागिताका बिषयमा ४ बुंदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री एबम् एमाले अध्यक्ष झलनाथ खनाल, माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादब बीच तोकिएको समयमा संबिधान निर्माण, शान्ति प्रकृया, लडाकु समायोजन र सत्तासाझेदारीका बिषयमा ४ बुंदे सहमति हो । सहमति पत्रमा समानुपातिक बिद्येयक यथासिघ्र पारित गर्ने, शान्ति प्रकृया र संबिधान निर्माण तथा मधेसवादी दलसंग भएका बिगतका सहमति कार्यान्वयन गर्ने तथा एक मधेस प्रदेशको मुद्धा संबिधानसभा मार्फत टुङगो लगाउने उल्लेख छन् ।
तिन दलका शिर्ष नेतावीच आपसी समझदारीमा मन्त्रालय बांडफांडका बिषयमा आजै छलफल गर्ने सहमति भएको फोरम अध्यक्ष यादवले जानकारी दिनुभयो । माओबादी र एमालेले फोरमलाई ३ मन्त्रालय दिने तयारी गरेपनि फोरमले ४ मन्त्रालयको माग गरेको छ । तिन दलले आज निर्णायक छलफल गरी भोली सम्ममा मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेको जनाइएको छ । वैठकमा माओबादी र फोरमले अन्य दललाइ पर्खदा सरकारलाई पुर्णता दिनमा ढिलाई हुने भन्दै नपर्खन प्रधानमन्त्री खनाललाई आग्रह गरेका थिए । यता, सरकारमा सहभागिताको बिषयमा फोरमभित्र बिबाद शुरु भएको छ । फोरम सहअध्यक्ष जेपी गुप्ता पक्ष सरकारमा सहभागिताको बिषयमा अशन्तुष्ट रहेको वताइएको छ । सहअध्यक्ष गुप्ता आज बिहान तिन दलबीचको छलफलमा पनि अनुपस्थित रहनुभएको थियो । अध्यक्ष यादवले सरकारको नेतृत्व पटक पटक गरिसकेकाले आफुले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानमा गुप्ता रहेको स्रोतले जनाएको छ ।
राज्यपुर्नसंरचना आयोगको कुरा बखेडा मात्रः
सभासदहरुले संविधानसभाको म्याद सकिन दुइ महिना बाकी रहदासमेत दलका शीर्ष नेताहरु संविधान निर्माण प्रक्रियामा गम्भीर नबनेको आरोप लगाएका छन । साथै उनिहरुले फेरिपनि संविधानसभाको म्याद थपगर्नेकुरा जनताकालागि धोका हुने भन्दै जेठ १४ मै संविधान बन्ने वाताबरण बनाउन माग गरे । व्यबस्थापिका संसदको आज बसेको बैठकको शून्य र विशेष समयका माओवादी सभासद खिमलाख देवकोटाले संविधान निर्माण प्रक्रिर्या निश्कर्षमा पुग्ने समयमा राज्यपुर्नसंरचना आयोग गठन नगरि संविधान जारी गर्न सकिदैन भनेर कागे्रसले बखेडा झिक्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले संविधानसभा मार्फत संविधान बनेको देख्न नचाहानेृ तत्व संविधानसभा भाड्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो ।
देवकोटाले अमेरिकी बैकवाट रकम झिकिएको बिषयले मुलुकको सार्वभौम सत्ताको वैधानिकतामा प्रश्न उठेको भन्दै आगामी दिनमा घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गर्नुभयो । नेपाली कागे्रसका पुरुपोत्तम बस्नतले मुलुकमा शान्ति सुरक्षा अभावमा अराजकता सृजना भएको आरोप लगाउनुभयो । मधेशी जनअधिकार फोरमका रामशाहय प्रसाद यादवले शान्ति र संविधान निर्माण प्रक्रिर्या विरुद्ध षडयन्त्र भइरहेको आरोप लगाउनुभयो । तीनदलबीच आज भएको सहमति ऐतिहासिक भएको र त्यसले मुलुकको समस्या समाधान गर्ने उहाँले दावी गर्नुभयो । राष्ट्रिय सहमतिको प्रयासका लागि आज विहान भएको सहमतिले एक कदम प्रगति गरेको दावी गर्नुभयो ।
राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ्गले संविधानसभाको म्याद बाँकी रहदासम्म सत्ता राजनीतिमा बार्गेनिङ्ग गरेर अबरुद्ध गरेर फेरिपनि संविधानसभाको आयु लम्बनाउन खोजिएको आरोप लगाउनुभयो । आगामी दुइ महिनाको समय खेर फलेर फेरिपनि संविधानसभाको म्याद थपगर्न खोजिए ५० हजार नागरिकले जेठ १४ मा संविधानसभा घेर्ने चेतावनी दिनुभयो ।
राज्यपुर्नसंरचना विबाद संवैधानिक समितिमै सहमति प्रयास गरिनेः
काठमाण्डौ, चैत्र ९ । संविधानसभा संवैधानिक समितिले राज्यपुर्नसंरचना समितिको मस्यौदा प्रतिवेदनमा रहेका विबाद समितिमै छलफल गरेर टुङ्गाउने प्रयास गरेको छ । समितिको आज बसेको बैठकले प्रतिवेदनमा रहेका ७८ विबाद मिलाउन समितिमा एकसरो छलफल गर्ने निर्णय गरेको सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । शुक्रवार बस्ने समिति बैठकले सहमतिको प्रयास गर्ने र सहमति जुटन नसकेका बिषयलाइ उपसमितिमा पठाइने उहाँले बताउनुभयो । भोली अनौपचारिक गृहकार्य गरेर पर्सिमात्र संवैधानिक समितिको बैठक बस्नेछ ।
समिति सभापति आचार्यले बिषयगत समितिका सबै मस्यौदा समितिमा आएकोले समितिलाइ छलफल अघि बढाउन सहमति भएको बताउनुभयो । पछिल्ला दिनमा देखिएको सक्रियताले आगामी जेठ १४ मा संविधान बन्ने संभावना बढेको उहाँले बताउनुभयो । यद्यपी राज्यपुर्नसंरचना आयोग गठन गर्ने÷नगर्ने बिषयमा समितिमा आजपनि विबाद भएको एक सदस्यले बताए । नेपाली कागे्रस लगायतका दलहरुले अन्तरिम संविधानमा भएको व्यबस्था अनुसार आयोग गठन गर्नुपर्ने अडान राखेका थिए भने मधेशी नेताहरुले विरोध जनाएका थिए । संवैधानिक समितिको बैठक लगत्तै बसेको विबाद समाधान उपसमितिको बैठकले सहमति हुन नसकेका बिषयमा भोलीदेखी एकमुष्ट छलफल गर्ने निर्णय गरेको छ । उपसमिति सदस्य लक्ष्मणलाल कर्णले शासकीय स्वरुप, निर्वाचन प्रणाली लगतयतका बिषयमा भोलीदेखी छलफल हुने जानकारी दिनुभयो ।
पे्रस युनियन अध्यक्षतामा किरण पोखे्रलः
नेपाली कागे्रस निटक पत्रकारहरुको संस्था नेपाल पे्रस युनियनले किरण पोखे्रलको अध्यक्षामा ६१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । सुनसरीको इटहरिमा हाज सम्पन्न सातौ अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बद्री सिग्देल, प्रथम उपाध्यक्षमा गंगाधर पराजुली द्वितियमा हेमन्त काफ्ले, र महिला उपाध्यक्षमा अनिता विन्दु तथा महासचिवमा शिव लम्साललाइ सर्वसम्मत चयन गरेको हो । पे्रस युनियनको तीन बर्षे कार्यकालकालागि उपमहासचिवमा सन्तोषी राइ र बाला अधिकारी तथा सचिवमा भुवन भट्ट र सन्तोष न्यौपाने एवं कोषाध्यक्षमा ईश्वरी सुवेदी निर्वाचित हुनु भएको छ । अध्यक्षमा निर्वाचित भएपछि पत्रकारहरुलाइ प्रतिक्रिर्या दिर्दै नवनिर्वाचि अध्यक्ष पोखे्रलले पे्रस युनियन लोकतन्त्रप्रति प्रतिबद्ध रहदै पत्रकारीताको व्यबसायीक बिकास र पत्रकारको सुरक्षकालागि लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
देशमा अधिनायकवाद जन्मने खतरा छ–थापा
राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले देशमा उग्र बामपन्थि भड्काव वा त्यसलाई रोक्ने नाममा प्रजातान्त्रिक अधिनायकवाद जन्मने खतरा रहेको बताउनुभएको छ । शान्ति र संविधानको सुनिश्चितताको लागि जनजागरण तथा घरदैलो कार्यक्रमको क्रममा हेटौ“डामा संचारकर्मिहरुसंग संक्षीप्त कुरा गर्दै अध्यक्ष थापाले ठुला दलहरु आफैले लिएको म्यान्डेट बिपरित हिड्न थालेको यस्तो खतरा रहेको औल्याउनुभएको हो । थापाले नया चरणको द्वन्दमा मुलुक फसेकोले शान्ति र संविधान खतरामा रहेको बताउनुभयो । जेठ १४ गते संविधान घोषणा नभए ताजा जनादेशको लागि निर्बाचन गर्नुपर्ने जिकिर गर्दै उहाले म्याद थप गरेको संविधानसभाले संविधान घोषणा गरेपनि त्यो बैद्यानिक नहुने बताउनुभयो । ठुला राजनीतिक दलहरुको यो हर्कतले देशमा हिंसाको विकास भएको छ, उहा“ले भन्नुभयो– ठुला दलहरुमा भएको धु्रविकरण र मोर्चाबन्दी निरन्तर रहे देशले ठुलो दुर्घटनाको सामना गर्नुपर्नेछ । पार्टी हित बमोजिमको धु्रबिकरण ले समयमा संविधान नबन्ने स्पष्ट रहेको भन्दै ताजा जनादेशमा जानु नै उपयुक्त हुने बताउनुभयो ।
नेपाल राष्ट्रिय जल सप्ताह– २०११ सम्पन्न
काठमाडौँ, ९ चैत । पानीको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले गत चैत ३ गतेबाट सुरु भएको नेपाल राष्ट्रिय जल सप्ताह–२०११ आज सम्पन्न भएको छ । जल तथा ऊर्जा आयोग, स्मल अर्थ नेपाललगायत ४५ भन्दा बढी सङ्घसंस्थाको सक्रियतामा आयोजना गरिएको जल सप्ताहमा मुख्यरूपमा पानीको महत्व र पानी सदुपयोगबारे राजधानी र मुलुकका अन्य भागमा चेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको थियो । राजधानीमा पानीसँग सम्बन्धित पुस्तक तथा अध्ययन प्रतिवेदनहरू सार्वजनिक, पानीको गुणस्तर, भूमिगत पानीको स्रोतको संरक्षणजस्ता विषयमा गोष्ठी, वृत्तिचित्र प्रदर्शनलगायतका चेतनामूलक कार्यक्रम गरिएको सप्ताह आयोजक समितिको सचिवालयले जनाएको छ ।
यस वर्ष विश्व पानी दिवसमा ‘पानी र सहरीकरण’ लाई मुख्य विषयका रूपमा लिइएको छ र उक्त दिवसको मुख्य नारा ‘सहरहरूका लागि पानी ः सहरी चुनौतीहरूको सम्बोधन’ रहेको छ ।
अन्तराष्ट्रिय समाचार
बिकिरणको प्रभाव राजधानी टोकियोमा पनि देखियो
जापानमा गएको भुकम्प र सुनामीको कारण फुकुसिमास्थित परपमाणु भट्टीबाट निस्किएको बिकिरणले राजधानी टोकियास्थित पानीका स्रोतहरु प्रदुषित भएका छन् । टोकियाका केहि स्थानहरुका पानीमा बिकिरणको प्रभाव देखिएको जापानी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । टोकियाका पानीका स्रोतहरुमा बिकिरणको मात्रा फेला परेपछि त्यहा १ बर्ष मुनिका बच्चाहरुलाई पानी सेवन नगराउन निर्देशन दिइएको छ । अधिकारीहरुले बच्चालाई सो पानी ख्वाए असर पर्ने भएपनि १ बर्ष भन्दा माथिका व्यक्तिलाई भने खासै असर नपर्ने जनाएका छन् । यस्तै जापान सरकारले फुकुसिमाका बासिन्दालाई पनि सो क्षेत्रमा उत्पादन भएका तरकारीहरु नखान निर्देशन दिएको छ । जापानी मन्त्रिपरिषदका सचिवका अनुसार फुकुसिमामा उत्पादित दुध लगायतका खाद्ध समाग्री पनि अन्यत्र नलैजान आह्वान गरिएको छ । यसैबिच फुकुसिमामा रियाक्टर कुलिङ गर्ने कार्य जारी रहेको अन्तराष्ट्रिय समाचार संस्थाले उल्लेख गरेका छन् ।
खेल समाचार
विश्वकप क्रिकेट
१० औ विश्वकप क्रिकेटमा वेष्ट इन्डिजविरुद्ध ऐतिहासिक जीत दर्ता गर्दै एसियाली क्रिकेट पावर हाउस पाकिस्तान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बङगलादेशहको मिरपुरमा आज भएको खेलमा ईन्डिज टोलीको ११२ रनको झिनो लक्ष्य पारिकस्तानले २० दशमलब ५ ओभरमात्र खेल्दै १० विकेटको ऐतिहासिक जीत दर्ता गराएको हो । पाकिस्तालनलाई ऐतिहासिक विजयी बनाउन महोमद हाफिजले ६१ र कमरन अक्मलले ७ रनको योगदान दिएका छन् ।
यसअघि टसजीति पहिलो व्याटिङ रोजेको वेष्ट इन्डिजले ४३ ओभर ३ बलमा ११२ रनको स्कोर बनाएको थियो । उसका ३ ब्याट्समयानले मात्र दोहोरो अङकमा रनको खाता खोल्न सकेका थिए । शिवनारायण चन्द्रपउलले नटआउट रहँदै ४४ रन तथा रामनरेश श्रवणले २४ र केमर रोचले १६ रन बनाएका थिए । ४ खेलाडी त डकआउट नै भएका थिए ।
पाकिस्तानका लागि कप्तान शाहिल अफ्रिदीले ४, मोहम्मद हाफिज र शईद अजमलले २—२ तथा उमर अकमल र अब्दुलल रज्जाकले १—१ विकेट आफ्नो नाममा लेखाएका थिए । ९ ओभर ३ बलको स्पेलमा अफ्रिदीले ४० रन खर्चैका थिए ।
![]() |
Nepal Army getting help from Chinaese Army |
चिनीया सेनाप्रमुखको आजबाट शुरु भएको भ्रमणका क्रममा सैनिक मुख्यालय भद्रकालीमा प्रधानसेनापति गुरुङसंग भएको भेटवार्ताका क्रममा यस्तो सम्झौता भएको हो । सम्झौता अनुसार एक अरब बराबरको वीरेन्द्र अस्पतालको लागि आवश्यकीय मेडिकल उपकरणहरु र दैवि प्रकोप उद्धार कार्यमा प्रयोग हुने उद्धार सामग्रीहरु उपलब्ध गराउने र ३० अर्ब रुपैया बराबरको निर्माण कार्यमा प्रयोग हुने ईन्जिनियरिङ्ग उपकरण प्रदान गरिने जनाइएको छ ।
चीनीया सेनाप्रमुख बिङदे तीनदिने भ्रमणको सिलसिलामा आज अपरान्ह विशेष विमानद्वारा काठमाडौं आउनु भएको हो । प्रधानसेनापति छत्र मानसिंह गुरुङ्गको निमन्त्रणामा १५ सदस्यीय भ्रमण टोलीले आजै प्रधानसेनापति गुरुङसंग भेटवार्ता गर्नुभएको थियो । भेटमा आपसी हित लगायत विविध समसामयिक विषयहरुमा छलफल भएको सैनिक जनसंपर्क निर्देशालनले जनाएको छ ।
सरकारद्वारा उर्जा संकटकाल घोषणाः
सरकारले आगामी साढे ४ बर्षकालागि उर्जा संकटकाल घोषणागर्दै उर्जा संकट निरुपण आयोग गठनगर्ने घोषणा गरेको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकमा उर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका उपप्रधानमन्त्री भरतमोहन अधिकारीले उर्जा संकटकाल घोषणा सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो । विद्यमान उर्जा संकट कम गरी देशलाइ लोडसेडिङ्ग मुक्त बनाउन उर्जा संकटकालको घोषणा गर्नुपरेको अधिकारीले बताउनुभयो । सरकारले उर्जा संकटका घोषणागर्दै विद्युत महसुल निर्धारण आयोग खारेज गरेको छ । सरकारले उर्जा संकट निरुपण आयोगछिट्टै गठन गर्नेपनि अधिकारीले संसदलाइ जानकारी गराउनुभयो ।
मन्त्री अधिकारीले वर्तमान लोडसेडिङको विकराल परिस्थितिबाट आम जनतालाई न्यूनतम त्राण दिन अबको साँढे चारवर्ष भित्र दुई हजार ५०० मेगावट बराबरको विद्युत शक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । उहाँले ऊर्जा सङ्कटको विस्तृत योजना प्रस्तुत गर्दै पश्चिम सेती, अपर सेती, बुढी गण्डकी, त्रिशूली, दूधकोसी, मोदी–१, आरुघाटलगायतका विद्युत् आयोजनाका हकमा मित्रराष्ट्र भारत, चीन, संयुक्त राज्य अमेरिका, जापान, नर्वे, ब्राजिल, स्वीटजरल्यान्ड, दक्षिण कोरियालगायत मलुकमा विद्युत उत्पादन क्षेत्रमा ख्याति आर्जन गरेका विश्वसनीय कम्पनीहरुसँग वार्ता गरी ती जलविद्युत् आयोजनाको निर्माण गर्ने इजाजत पत्र सोझै नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी उपलब्ध गराउने व्यवस्था गरिने बताउनुभयो ।
निजी क्षेत्रबाट कोइला एवम् डिजेलका थर्मल प्लान्ट निर्माण गर्न सार्वजनिकरुपमा प्रस्ताव आह्वान गर्ने उल्लेख गर्दै उहाँले जियोथर्मलको सम्भावना अध्ययन गरिने र यसलाई सदुपयोग गर्न अधिकतम् प्रयास गरिने जानकारी दिनुभयो ।
जलविद्युतको प्रचुर सम्भावना रहेर पनि लोडसेडिङ्गको मार बेहोर्नु परेको वताउँदै उहाँले उर्जा संकट समाधान गर्न तीन सदस्सीय आयोग गठन गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । उर्जा समस्या समाधान नगरे मुलुकमा विकराल समस्या सृजना गर्ने भएकोले सरकार संकटकालको अबस्थामा पुगेको उहाँले बताउनुभयो । संकट समाधान गर्नका लागि सरकारले विशेष कार्यायोजना ल्याउने जानकारी दिदै अधिकारीले आवश्यक श्रोत र साधनको व्यवस्था मिलाइने जानकारी गराउनुभयो । सरकारले विद्युत लाइसेन्स वितरण तथा विदेशी लगानी कर्तालाइ विद्युत क्षेत्रमा लगानी गर्नकालागि आयोगलाइ जिम्मा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक
काठमाडौँ, ९ चैत । सरकारले नेपाल आयल निगमको व्यवस्थापन सुधार, पेट्रोलियम पदार्थको मूल्य समायोजन र सहज आपूर्तिलगायतका विषयमा सुझाव पेस गर्न सभासद् भीम आचार्यको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ ।
मन्त्रीप्रिषदको आज बसेको बैठकले यस्तो कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यहरुमा हरि रोका, लक्ष्मणप्रसाद घिमिरे, चन्द्रिकाप्रसाद यादव, अर्जुन राई, प्रतिभा राणा तथा पूर्व सांसद् सोमप्रसाद पाण्डे, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ र काठमाडौंका अमृत नकर्मी रहनुभएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।
बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार तथा लगानी सम्झौताको खाकालाई अन्तिम रुप दिन मन्त्रिपरिषद्को आर्थिक समितिमा पठाउने र भूमिहीन मुक्त कमैयालाई जग्गा किन्न रकम दिनेसम्बन्धी कार्यविधिलाई अन्तिम रुप दिन विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।
बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को उपाध्यक्षमा गोपालप्रसाद खनाल र भरतपुर क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्यमा डा रामेश्वरमान श्रेष्ठलाई नियुक्त गरेको छ ।
यस्तै बैठकले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा पुरुषोत्तम पौडेल र जनसम्पर्क सल्लाहकारमा निर्मलकुमार भट्टराईलाई नियुक्त गरेको प्रवक्ता तुलाधरले बताउनुभयो ।
प्रवेशिका परीक्षा भोलिदेखि सुरु हुने
भक्तपुर, ९ चैत । यस वर्षको एसएलसी परीक्षा भोलिदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
एसएलसी परीक्षामा यसवर्ष मुलुकभरबाट चार लाख ९६ हजार २४३ जना विद्यार्थी सहभागी हुने छन् । जसमा नियमिततर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् । यस्तै एक्जाम्टेडतर्फ छात्र २५ हजार आठ सय पाच जना र छात्रा ३४ हजार २७ जना रहेका छन् ।
परीक्षाको लागि मुलुकभर कुल एक हजार ६७२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको र त्यसका लागि कुल ४७ हजार २४२ जना कर्मचारी खटाइने बताइएको छ ।
परीक्षामा चिड चोर्ने, चोराउने र परीक्षालाई अमर्यादित बनाउन खोज्ने जो कोहीलाई तत्काल पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले भएको छ ।
केन्द्रद्धारा आज आयाजित पत्रकार सम्मेलनमा परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोवाइल चलाउन नदिने जानकारी गराइएको थियो । परीक्षा यही चैत १८ गतेसम्म चल्नेछ ।
यसैबीच प्रबेशिका परिक्षा एस एल सिलाई मध्यनजर गर्दै नेपाल बिद्युत प्रधिकरणले बिद्युत कटौतीमा केहि कमी गर्ने भएको छ । भोली देखि लागु हुने गरी प्रधिकरणले साताको ८५ घन्टा लोडसेडिङ गर्ने भएको हो । हप्तामा ३ दिन १३ घन्टा र २ दिन ११ र २ दिन १२ घन्टा लोडसेडिङ हुने प्राधिकरणले आज बिज्ञप्ती मार्फत जनाएको छ । यसअघि दिनको १४ घन्टा बिद्युत कटौती हुदै आएको थियो । प्राधिकरणले यो समय तालिका एस एल सि परिक्षा अबधीभर मात्र जारी रहने जनाएको छ ।
समायोजको प्रारुप तयारगर्न कार्यदल गठनः
सेना समायोजन विशेष समितिले माओवादी जनसेनाका लडाकूको समायोजन र पुनस्थापनाको प्रारुप र मापदण्ड तयार गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज विहान बसेको विशेष समितिको बैठकले कार्यदल गठन गरेको शान्ति तथा पुर्ननिर्माणमन्त्री बर्षमान पुन अनन्तले जानकारी दिनुभयो । कार्यदलमा माओवादीका जनार्दन शर्मा, कागे्रसका डा रामशरण महत, एमालेका ईश्वर पोखे्रल र मधेशी जनअधिकार फोरमका जेपी गुता सदस्य हुनुहुन्छ ।
कार्यदललाइ निश्चित समय नदिएपनि ५० दिनभीत्र समायोजन सम्पन्न गर्नेगरी एक हप्ताभीत्र प्याकेज तयारगर्न निर्देशन दिइएको छ । विशेष समिति बैठकले माओवादी जनसेनाका लडाकूको शिविरको अनुगमन र निरिक्षणकालागि विशेष समिति अन्तरगतको सचिवालयकालागि आबस्यक जनशक्ति भर्नागर्न अनुमति दिएको सदस्य जेपी गुप्ताले जानकारी दिनुभयो । यसकालागि ४ सय ३३ जना कर्मचारी राख्न अनुमति दिइएको उहँँले बताउनुभयो ।
माओबादी, एमाले र फोरमबीच ४ बुंदे सम्झौता, भोली सम्ममा सरकारले पुर्णता पाउने
![]() |
Madheshi forum singing agrement to join the government. |
तिन दलका शिर्ष नेतावीच आपसी समझदारीमा मन्त्रालय बांडफांडका बिषयमा आजै छलफल गर्ने सहमति भएको फोरम अध्यक्ष यादवले जानकारी दिनुभयो । माओबादी र एमालेले फोरमलाई ३ मन्त्रालय दिने तयारी गरेपनि फोरमले ४ मन्त्रालयको माग गरेको छ । तिन दलले आज निर्णायक छलफल गरी भोली सम्ममा मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेको जनाइएको छ । वैठकमा माओबादी र फोरमले अन्य दललाइ पर्खदा सरकारलाई पुर्णता दिनमा ढिलाई हुने भन्दै नपर्खन प्रधानमन्त्री खनाललाई आग्रह गरेका थिए । यता, सरकारमा सहभागिताको बिषयमा फोरमभित्र बिबाद शुरु भएको छ । फोरम सहअध्यक्ष जेपी गुप्ता पक्ष सरकारमा सहभागिताको बिषयमा अशन्तुष्ट रहेको वताइएको छ । सहअध्यक्ष गुप्ता आज बिहान तिन दलबीचको छलफलमा पनि अनुपस्थित रहनुभएको थियो । अध्यक्ष यादवले सरकारको नेतृत्व पटक पटक गरिसकेकाले आफुले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानमा गुप्ता रहेको स्रोतले जनाएको छ ।
राज्यपुर्नसंरचना आयोगको कुरा बखेडा मात्रः
सभासदहरुले संविधानसभाको म्याद सकिन दुइ महिना बाकी रहदासमेत दलका शीर्ष नेताहरु संविधान निर्माण प्रक्रियामा गम्भीर नबनेको आरोप लगाएका छन । साथै उनिहरुले फेरिपनि संविधानसभाको म्याद थपगर्नेकुरा जनताकालागि धोका हुने भन्दै जेठ १४ मै संविधान बन्ने वाताबरण बनाउन माग गरे । व्यबस्थापिका संसदको आज बसेको बैठकको शून्य र विशेष समयका माओवादी सभासद खिमलाख देवकोटाले संविधान निर्माण प्रक्रिर्या निश्कर्षमा पुग्ने समयमा राज्यपुर्नसंरचना आयोग गठन नगरि संविधान जारी गर्न सकिदैन भनेर कागे्रसले बखेडा झिक्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले संविधानसभा मार्फत संविधान बनेको देख्न नचाहानेृ तत्व संविधानसभा भाड्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो ।
देवकोटाले अमेरिकी बैकवाट रकम झिकिएको बिषयले मुलुकको सार्वभौम सत्ताको वैधानिकतामा प्रश्न उठेको भन्दै आगामी दिनमा घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गर्नुभयो । नेपाली कागे्रसका पुरुपोत्तम बस्नतले मुलुकमा शान्ति सुरक्षा अभावमा अराजकता सृजना भएको आरोप लगाउनुभयो । मधेशी जनअधिकार फोरमका रामशाहय प्रसाद यादवले शान्ति र संविधान निर्माण प्रक्रिर्या विरुद्ध षडयन्त्र भइरहेको आरोप लगाउनुभयो । तीनदलबीच आज भएको सहमति ऐतिहासिक भएको र त्यसले मुलुकको समस्या समाधान गर्ने उहाँले दावी गर्नुभयो । राष्ट्रिय सहमतिको प्रयासका लागि आज विहान भएको सहमतिले एक कदम प्रगति गरेको दावी गर्नुभयो ।
राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ्गले संविधानसभाको म्याद बाँकी रहदासम्म सत्ता राजनीतिमा बार्गेनिङ्ग गरेर अबरुद्ध गरेर फेरिपनि संविधानसभाको आयु लम्बनाउन खोजिएको आरोप लगाउनुभयो । आगामी दुइ महिनाको समय खेर फलेर फेरिपनि संविधानसभाको म्याद थपगर्न खोजिए ५० हजार नागरिकले जेठ १४ मा संविधानसभा घेर्ने चेतावनी दिनुभयो ।
राज्यपुर्नसंरचना विबाद संवैधानिक समितिमै सहमति प्रयास गरिनेः
काठमाण्डौ, चैत्र ९ । संविधानसभा संवैधानिक समितिले राज्यपुर्नसंरचना समितिको मस्यौदा प्रतिवेदनमा रहेका विबाद समितिमै छलफल गरेर टुङ्गाउने प्रयास गरेको छ । समितिको आज बसेको बैठकले प्रतिवेदनमा रहेका ७८ विबाद मिलाउन समितिमा एकसरो छलफल गर्ने निर्णय गरेको सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । शुक्रवार बस्ने समिति बैठकले सहमतिको प्रयास गर्ने र सहमति जुटन नसकेका बिषयलाइ उपसमितिमा पठाइने उहाँले बताउनुभयो । भोली अनौपचारिक गृहकार्य गरेर पर्सिमात्र संवैधानिक समितिको बैठक बस्नेछ ।
समिति सभापति आचार्यले बिषयगत समितिका सबै मस्यौदा समितिमा आएकोले समितिलाइ छलफल अघि बढाउन सहमति भएको बताउनुभयो । पछिल्ला दिनमा देखिएको सक्रियताले आगामी जेठ १४ मा संविधान बन्ने संभावना बढेको उहाँले बताउनुभयो । यद्यपी राज्यपुर्नसंरचना आयोग गठन गर्ने÷नगर्ने बिषयमा समितिमा आजपनि विबाद भएको एक सदस्यले बताए । नेपाली कागे्रस लगायतका दलहरुले अन्तरिम संविधानमा भएको व्यबस्था अनुसार आयोग गठन गर्नुपर्ने अडान राखेका थिए भने मधेशी नेताहरुले विरोध जनाएका थिए । संवैधानिक समितिको बैठक लगत्तै बसेको विबाद समाधान उपसमितिको बैठकले सहमति हुन नसकेका बिषयमा भोलीदेखी एकमुष्ट छलफल गर्ने निर्णय गरेको छ । उपसमिति सदस्य लक्ष्मणलाल कर्णले शासकीय स्वरुप, निर्वाचन प्रणाली लगतयतका बिषयमा भोलीदेखी छलफल हुने जानकारी दिनुभयो ।
पे्रस युनियन अध्यक्षतामा किरण पोखे्रलः
नेपाली कागे्रस निटक पत्रकारहरुको संस्था नेपाल पे्रस युनियनले किरण पोखे्रलको अध्यक्षामा ६१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । सुनसरीको इटहरिमा हाज सम्पन्न सातौ अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बद्री सिग्देल, प्रथम उपाध्यक्षमा गंगाधर पराजुली द्वितियमा हेमन्त काफ्ले, र महिला उपाध्यक्षमा अनिता विन्दु तथा महासचिवमा शिव लम्साललाइ सर्वसम्मत चयन गरेको हो । पे्रस युनियनको तीन बर्षे कार्यकालकालागि उपमहासचिवमा सन्तोषी राइ र बाला अधिकारी तथा सचिवमा भुवन भट्ट र सन्तोष न्यौपाने एवं कोषाध्यक्षमा ईश्वरी सुवेदी निर्वाचित हुनु भएको छ । अध्यक्षमा निर्वाचित भएपछि पत्रकारहरुलाइ प्रतिक्रिर्या दिर्दै नवनिर्वाचि अध्यक्ष पोखे्रलले पे्रस युनियन लोकतन्त्रप्रति प्रतिबद्ध रहदै पत्रकारीताको व्यबसायीक बिकास र पत्रकारको सुरक्षकालागि लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
देशमा अधिनायकवाद जन्मने खतरा छ–थापा
राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले देशमा उग्र बामपन्थि भड्काव वा त्यसलाई रोक्ने नाममा प्रजातान्त्रिक अधिनायकवाद जन्मने खतरा रहेको बताउनुभएको छ । शान्ति र संविधानको सुनिश्चितताको लागि जनजागरण तथा घरदैलो कार्यक्रमको क्रममा हेटौ“डामा संचारकर्मिहरुसंग संक्षीप्त कुरा गर्दै अध्यक्ष थापाले ठुला दलहरु आफैले लिएको म्यान्डेट बिपरित हिड्न थालेको यस्तो खतरा रहेको औल्याउनुभएको हो । थापाले नया चरणको द्वन्दमा मुलुक फसेकोले शान्ति र संविधान खतरामा रहेको बताउनुभयो । जेठ १४ गते संविधान घोषणा नभए ताजा जनादेशको लागि निर्बाचन गर्नुपर्ने जिकिर गर्दै उहाले म्याद थप गरेको संविधानसभाले संविधान घोषणा गरेपनि त्यो बैद्यानिक नहुने बताउनुभयो । ठुला राजनीतिक दलहरुको यो हर्कतले देशमा हिंसाको विकास भएको छ, उहा“ले भन्नुभयो– ठुला दलहरुमा भएको धु्रविकरण र मोर्चाबन्दी निरन्तर रहे देशले ठुलो दुर्घटनाको सामना गर्नुपर्नेछ । पार्टी हित बमोजिमको धु्रबिकरण ले समयमा संविधान नबन्ने स्पष्ट रहेको भन्दै ताजा जनादेशमा जानु नै उपयुक्त हुने बताउनुभयो ।
नेपाल राष्ट्रिय जल सप्ताह– २०११ सम्पन्न
काठमाडौँ, ९ चैत । पानीको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले गत चैत ३ गतेबाट सुरु भएको नेपाल राष्ट्रिय जल सप्ताह–२०११ आज सम्पन्न भएको छ । जल तथा ऊर्जा आयोग, स्मल अर्थ नेपाललगायत ४५ भन्दा बढी सङ्घसंस्थाको सक्रियतामा आयोजना गरिएको जल सप्ताहमा मुख्यरूपमा पानीको महत्व र पानी सदुपयोगबारे राजधानी र मुलुकका अन्य भागमा चेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको थियो । राजधानीमा पानीसँग सम्बन्धित पुस्तक तथा अध्ययन प्रतिवेदनहरू सार्वजनिक, पानीको गुणस्तर, भूमिगत पानीको स्रोतको संरक्षणजस्ता विषयमा गोष्ठी, वृत्तिचित्र प्रदर्शनलगायतका चेतनामूलक कार्यक्रम गरिएको सप्ताह आयोजक समितिको सचिवालयले जनाएको छ ।
यस वर्ष विश्व पानी दिवसमा ‘पानी र सहरीकरण’ लाई मुख्य विषयका रूपमा लिइएको छ र उक्त दिवसको मुख्य नारा ‘सहरहरूका लागि पानी ः सहरी चुनौतीहरूको सम्बोधन’ रहेको छ ।
अन्तराष्ट्रिय समाचार
बिकिरणको प्रभाव राजधानी टोकियोमा पनि देखियो
जापानमा गएको भुकम्प र सुनामीको कारण फुकुसिमास्थित परपमाणु भट्टीबाट निस्किएको बिकिरणले राजधानी टोकियास्थित पानीका स्रोतहरु प्रदुषित भएका छन् । टोकियाका केहि स्थानहरुका पानीमा बिकिरणको प्रभाव देखिएको जापानी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । टोकियाका पानीका स्रोतहरुमा बिकिरणको मात्रा फेला परेपछि त्यहा १ बर्ष मुनिका बच्चाहरुलाई पानी सेवन नगराउन निर्देशन दिइएको छ । अधिकारीहरुले बच्चालाई सो पानी ख्वाए असर पर्ने भएपनि १ बर्ष भन्दा माथिका व्यक्तिलाई भने खासै असर नपर्ने जनाएका छन् । यस्तै जापान सरकारले फुकुसिमाका बासिन्दालाई पनि सो क्षेत्रमा उत्पादन भएका तरकारीहरु नखान निर्देशन दिएको छ । जापानी मन्त्रिपरिषदका सचिवका अनुसार फुकुसिमामा उत्पादित दुध लगायतका खाद्ध समाग्री पनि अन्यत्र नलैजान आह्वान गरिएको छ । यसैबिच फुकुसिमामा रियाक्टर कुलिङ गर्ने कार्य जारी रहेको अन्तराष्ट्रिय समाचार संस्थाले उल्लेख गरेका छन् ।
खेल समाचार
विश्वकप क्रिकेट
१० औ विश्वकप क्रिकेटमा वेष्ट इन्डिजविरुद्ध ऐतिहासिक जीत दर्ता गर्दै एसियाली क्रिकेट पावर हाउस पाकिस्तान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बङगलादेशहको मिरपुरमा आज भएको खेलमा ईन्डिज टोलीको ११२ रनको झिनो लक्ष्य पारिकस्तानले २० दशमलब ५ ओभरमात्र खेल्दै १० विकेटको ऐतिहासिक जीत दर्ता गराएको हो । पाकिस्तालनलाई ऐतिहासिक विजयी बनाउन महोमद हाफिजले ६१ र कमरन अक्मलले ७ रनको योगदान दिएका छन् ।
यसअघि टसजीति पहिलो व्याटिङ रोजेको वेष्ट इन्डिजले ४३ ओभर ३ बलमा ११२ रनको स्कोर बनाएको थियो । उसका ३ ब्याट्समयानले मात्र दोहोरो अङकमा रनको खाता खोल्न सकेका थिए । शिवनारायण चन्द्रपउलले नटआउट रहँदै ४४ रन तथा रामनरेश श्रवणले २४ र केमर रोचले १६ रन बनाएका थिए । ४ खेलाडी त डकआउट नै भएका थिए ।
पाकिस्तानका लागि कप्तान शाहिल अफ्रिदीले ४, मोहम्मद हाफिज र शईद अजमलले २—२ तथा उमर अकमल र अब्दुलल रज्जाकले १—१ विकेट आफ्नो नाममा लेखाएका थिए । ९ ओभर ३ बलको स्पेलमा अफ्रिदीले ४० रन खर्चैका थिए ।
No comments:
Post a Comment