Thursday, March 24, 2011

चैत्र १० गते २०६७

शीर्ष दलहरूको बैठक निष्कर्ष विहीन

काभ्रे, १० चैत । संविधान सभा अन्तरगतको संवैधानिक समितीले गठन गरेको विवाद सभाधान उपसमितीले संविधान निमार्णमा रहेको विवादका बिषयमा अनौपचारिक छलफल गरेको छ ।  धुलीखेलमा झैण्डै ४ घण्टा सम्म चलेको बैठकमा नयाँ संविधानमा देखिएका विवादका विषयमा एकसरो कुराकानी भएपनी सहमति हुन नसेकेको माआोवादी अध्यक्ष प्रचण्डले बताउनुभयो । शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणबारे प्रष्ट रुपमा खुलेरै छलफल भएपनि कुनै सहमतिमा नपुगेको तर अनौपचारिक छलफलले सहमति र सम्झौताका लागि बाटो खुलेको उहाँको भनाइ थियो ।

एमाले नेता माधवकुमार नेपालले अविश्वासबारे खुलेरै छलफल भएको बताउँदै समस्या समाधानका लागि द्विपक्षीय र बहुपक्षीय छलफल गरेर अघि बढ्नेमा सहमति भएको बताउनुभयो । काँग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले शान्तिप्रक्रिया पूरा नहुनु र नयाँ संविधान नबन्नुमा मुख्य बाधक एकीकृत माओवादी रहेको बताउँदै शङ्का उपशङ्का छाडेर लडाकू समायोजनको काममा नहिच्कीचाउन आग्रह गर्नुभयो । उहाँले माओवादीले आफुसँग रहेका हतियार राज्यलाई बुझाउनुपर्ने धारणा राख्नुभयो । पौडेलले सङ्घीयतालाई हचुवाको भरमा निर्णय नगरी पक्का, सुनिश्चित र भविष्यका लागि समेत भरपर्दो बनाउन राज्य संरचना आयोग निमार्ण गनुपर्ने काँग्रेसको धारणा रहेको बताउनुभयो ।

तर मधेसी नेता हृदयेश त्रिपाठीले भने आयोगको औचित्य नदेखिएको र आयोगका पक्षमा मधेशवादी नहरेको स्पष्ट पार्नुभयो । बैठकमा संयोजक प्रचण्ड, नेता देव गुरुङ, नेपाली काँग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता अग्नि खरेल, तराई मधेस लोकतान्त्तिक पार्टीका नेता हृदयेश त्रिपाठी, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का लक्ष्मणलाल कर्णलगायतका शीर्ष नेताहरू सहभागीता रहेको थिए ।


चिनियाँ सैन्य प्रमुख टोलीले राष्टपति सँग भेट

नेपालको तीन दिने भ्रमणमा रहेको चिनीया जनमुक्ति सेनाका प्रमुख चेन बिङदेको उच्च स्तरिय सैन्य टोलीले आज राष्ट्रपती,प्रधानमन्त्री र रक्षामन्त्री बिष्णु पौडेल सँग छुट्टछुट्टै भेट गरेको छ । चिनिया जनमुक्ती सेनाको टोलीले राष्ट्रपती डा रामवरण यादवसँग राष्ट्रपती कार्यलय शीतलनिवासमा भेटवार्ता गरेको छ । भेटका अवसरमा नेपाल र चीनबीच परापूर्वकालदेखि सरकारी तथा जनस्तरमा रहेको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाली पक्षबाट नेपाल सधैँ एक चीन नीतिप्रति अडिग रहेको विश्वास दिलाउँदै द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो एवम् सुदृढ बनाउने विषयमा जोड दिनुका साथै आपसी हितका विषयमा समेत छलफल भएको बताइएको छ ।

यस्तै टोलीले प्रधानमन्त्री झलनाथ खनालसँग उहाँकै कार्यकक्ष सिहदरबारमा भेटवार्ता गरेको थियो । भेटमा चिनिया टोलीले प्रधानमन्त्री वेन जियावाओले पठाउनुभएको शुभकामना सन्देश प्रधानमन्त्री खनाललाई सुनाएको थियो । जिआवाओले सन्देशमा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण समयमै पूरा होस भन्ने शुभकामना ब्यक्त गर्नुभएको छ । साथै उहाँले शान्ति,स्थिरता र विकासको गतिलार्य नयाँ सरकारले गति दिने विश्वास पनि ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री खनालसँगको भेटमा भ्रमण टोलीका प्रमुख चेनले नेपाल र चिनबीचको सम्बन्ध घनिष्ठ भएको भन्दै दुई देशबीचको सहकार्यले आन्तरिक र क्षेत्रीय शान्ति स्थापनामा महत्वपूर्ण सहयोग मिल्ने बताउनुभएको प्रधानमन्त्री विदेश मामिला सल्लाहकार मिलन तुलाधारले जानकारी दिनुभयो ।

सिमा सुरक्षा सम्बन्धी चिनिया टोलीको जिज्ञासाको जवाफ दिदै प्रधानमन्त्री खनालले नेपाल सँर्धै एक चीन नितीको पक्षमा रहदै भन्दै सिमा क्षेत्रमा हुने गरेको  चीन बिरोधी प्रर्दशनमा कडाई गर्ने आश्वासन दिनु भएको थियो । चिनविरुद्ध नेपाली भूमी प्रयोग हुन नदिन आफूहरु प्रिितबद्ध रहेकोमा प्रधानमन्त्तीले जोड दिनुभएको तुलाधरले जानकारी दिनुभयो । प्रधानमन्त्री सँगको भेट अघि टोलीले  रक्षामन्त्री बिष्णु पौडेल सँग भेट गरेको  थियो  ।

यसैबिच रुसी सङघीय परिषद डुमाका उपाध्यक्ष भ्यालरी आफानासेभिच याजिभ नेतृत्वको टोलीले पनि आजै प्रधानमन्त्री खनाल सँग भेट गरेको छ  । प्रधानमन्त्री कार्यालय सिहदरबारमा उहाँहरु बिच भेटघाट भएको बताइएको छ । यस्तै एसियाली बिकास बैकंका उपाध्यक्ष र प्रधानमन्त्री खनाल बिच पनि अपरान्ह भेट हुने भएको छ ।

सुरक्षा चुनौति सामनागर्न सरकार सक्षमः प्रधानमन्त्री

Prime Minister Jhalanath Khanal Speking at Parliment
प्रधानमन्त्री झलनाथ खनालले आपराधिक समूहवाट आएको सुरक्षा चुनौति सामनागर्न सरकार सक्षम रहेको बताउनु भएको छ । संक्रमणकालको फाइदा उठाएर आपराधिक समूहले नाजायज फाइदा उठाउन खोजेपनि यसतर्फ सरकार सतर्क रहेको प्रधानमन्त्रीको भनाइ थियो । व्यबस्थापिका संसदको एक समितिमा शान्ति सुरक्षावारे सभासदले उठाएका प्रश्नको जवाफदिदै प्रधानमन्त्री खनालले सुरक्षा चुनौतिको दृढतापूर्वक सामनागर्न तयार रहेको बताउनु भएको हो । शान्ति सुरक्षाको प्रश्न सुरक्षाकर्मीको बर्दीसंग मात्र गासिएको बिषय नभएकोले यसलाइ राजनीतिक ढंगवाट समेत संवोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री खनालले मुलुकमा कानूनी साशन कायमगर्न सरकार प्रतिबद्ध रहेको दावीगर्दै यसमा कसैसंग सम्झौता गर्न नसकिने बताउनुभयो । गतबर्षदेखी सुरु भएको विशेष सुरक्षा कार्यक्रमको प्रभाव स्वरुप काठमाण्डौ उपत्याकाको सुरक्षामा सुधार आएको र आपराधीक समूहर कमजोर बन्दै गएको प्रधानमन्त्रीको दावी थियो । केन्द्रीय कारागारमा संचार उद्यमी युनुस अञ्सारीमाथी भएको घटना गम्भीर प्रकृतिको भएपनि एउटै घटनालाइ लिएर समग्र सुरक्षा स्थितिवारे प्रश्न नउठाउन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । बैठकमा सभासदहरुले मुलुकको शान्ति सुरक्षाको अबस्था सुद्रिढ बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
एमाले सभासद प्रदीप ज्ञवालीले दुइदेशबीचका सुरक्षा अधिकारीबीच प्रभावकारी समन्वाय नहुदा सिमापार अपराध (क्रश बोर्डर क्राइम) भइरहेको र नेपाल अन्तराष्ट्रिय अपराधीहरुको आश्रय स्थल बन्ने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एकीकृत माओवादीकी पम्फा भुषालले राष्ट्रिय अनुसन्धा विभाग प्रभावकारी नभएका कारण सुरक्षा चुनौति सामनागर्न नसकिएको भन्दै अनुसन्धान विभाग खारेज गरेर प्रधानमन्त्री कार्यालय मातहत ल्याउन सुझाव दिनुभयो । नेपाली कागे्रसका अर्जुनप्रसाद जोशीले मन्त्रालयको भागबण्डाका नाममा मुलुकलाइ दुइ महिनासम्म मुलुकलाइ गृहमन्त्री विहिन बनाइएका कारण शान्ति सुरक्षाको अबस्था नाजुक भएको बताउनुभयो । उहाँले सरकारमै सहभागि माओवादी भातृ संगठन वाइसिएलका अराजक क्रिर्याकलापप्रति प्रधानमन्त्री मुकदर्शक बनेको आरोप लगाउनुभयो ।

एक महिनाभीत्र संवैधानिक निकायमा पदपूर्तीगर्न निर्देशनः

व्यबस्थापिका संसदको राज्य व्यबस्था समितिले विभिन्न संवैधानिक निकायमा पदपूर्तीगर्न सरकारलाइ पुनः निर्देशन दिएको छ । संवैधानिक निकाय लामो समयदेखी पदाधिकारी विहिन हुदा मुलुकमा विधिको साशन कायम हुन नसकेको ठहरगर्दै समितिले यस्तो निर्देशन दिएको हो । प्रधानमन्त्री झलनाथ खनालसंगको छलफलपछि समितिले एक महिनामा पदपूर्तीगर्न निर्देशन दिएको समिति सभापति रामनाथ ढकालले जानकारी दिनुभयो ।

बैठकमा सभासदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक निकायमा पदाधिकारी नहुदा मुलुकमा भष्ट्राचारले सिमा नाघेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।  प्रधानमन्त्री खनालले भने दलहरुसंगको सहमतिमा यथासक्य छिटो पदाधिकारी नियुक्ती गर्ने आश्वासन दिनुभएको छ ।

राज्य व्यबस्था समितिले यसअघिका सरकारलाइ समेत संवैधानिक निकायमा नियुक्तिगर्न निर्देशन दिएपनि कार्यान्वयन हुन सकेको छैन ।

एक्साइड ब्याट्रिमा गोली चल्यो

काठमाडौँ, १० चैत्र । काठमाडौँको टेकु स्थीत सिप्रदी टेड्रिङको एक्साइड ब्याट्रिको कम्पनीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अज्ञात समुहले प्रहार गरेको गोली लागी मृत्यु हुनेमा कम्पनीका प्राविधिक प्रेम कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । गोली चलाउने समुहको बारेमा भने केही खुल्न नसकेको प्रहरीले उल्लेख गरेका छ । घाइते हुनेमा सुदिप बस्याल रहेका छन् । उनीहरुको अहिले नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ ।

संविधानसभाको समय थप्न सकिन्छ– उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ, १० चैत । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले तोकिएकै मितिमा संबिधान निर्माण नसकिएमा संविधानसभाको समय थप्न सकिने बताउनुभएको छ । राजधानीमा आज आयोजित एक अन्तरक्रिया कार्याक्रममा उपाध्यक्ष प्रकाशले लडाकू पुनःस्थापन र समायोजनको काम पूरा गर्दागर्दै संविधान लेखनको काम पूरा हुन नसके सबै दलको सहमतीमा संविधानसभाको समय थप्न सकिने बताउनुभएको हो ।

लडाकू पुनःस्थापन र समायोजन नगरी संविधान बन्न सक्ने भएपनि संविधान लेखन र शान्तिप्रक्रियाको काम सँगसँगै अगाडि बढाउनु पर्ने उहाको भनाई थियो । वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिनुपर्ने उल्लेख गर्दै उहाँले नेपाली काङ्ग्रेसलाई पनि सरकारमा सहभागी हुनका लागि आह्वान गर्नुभयो ।

काँग्रेस सभापति कोइरालाको सात बुदेँ खारेज हुनुपर्नेमा दृढता

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच भएको सातबुँदे सहमति तत्कालै खारेज हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस सभापति कोइरालाले सो सहमति खारेज भएपछि मात्र ती दुई पार्टीसँग सरकारलगायत विषयमा शून्यबाट वार्ता र सहमतिको कुरा गर्न सकिने बताउनुभयो ।

उहाँले काँग्रेसको प्राथमिकता सरकार नभई शान्ति प्रक्रिया अर्थात् कब्जा घरजग्गालगायत सम्पत्ति फिर्ता, लडाकु समायोजन, पुनस्थापना गरी समयमा संविधान लेखिनुपर्ने रहेको बताउनुभयो । सभापति कोइरालाले  काँग्रेस पार्टीभित्र कुनै किसिमको गुटबन्दी नभएको दाबी गर्दै पार्टीले विधिसम्मत ढङ्गले पार्टीको उपसभापति र महामन्त्री पदको प्रस्ताव गरेको र सोही अनुरुप अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।


संविधानमा डोल्पालीको सुझावः

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वांङ्गले संविधान जारी गर्नुपुर्व शान्ति प्रकृया टुंंगोमा पुग्नु पर्ने वताउनु भएको छ । डोल्पा जिल्लावासीको तर्फवाट विहीवार सिंहदरवारमा ज्ञापनपत्र वुझ्दै सभाध्यक्ष नेम्वांंगले यस्तो धारण व्यक्त गर्नुभएको हो । सभाध्यक्ष नेम्वांगले जारि शान्ति प्रकृया टुंंगोमा नपुगे संविधानको लागि वातावरण वन्न नसक्ने वताउँदै उहाँले शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन दलहरुलाई आग्रह गर्नुभएको छ । संविधान निर्माण कार्यले तीव्रता पाएको वताउँदै सभाध्यक्ष नेम्वांगले संविधान सभामा रहेका दलहरुको एकतावद्ध प्रयासको आवशयकता औंल्याउनुभयो ।

विषयगत समितिका मस्यौदा प्रतीवदेनमा रहेका विमती समाधान गर्न संवैधानीक उपसमिति कृयाशिल रहेको जानकारी गराउँदै एकिकृत मस्यौदा तयार गरि पुन जनताविच सुझाव संकलका लागि जाने प्रतीवद्धता व्यक्त गर्नुभयो । डोल्पा जिल्लावासिहरुले भने आफ्नो अस्तित्व नै मेटिने गरि संविधानको मस्यौदा तयार गरिएकोप्रती आपत्ति प्रकट गरेका छन् । दुर्गम डोल्पा जिल्लाका गाउँमै नपुगि राज्य पुनसंरचना तथा राज्यशक्तिको वाँडफाँड समितिले सुझाव नै नलिई हँचुवाको भरमा मस्यौदा तयार गरेको आरोप उनीहरुको रहेको छ । प्रस्तावित मस्यौदाको विरोध गर्दै उनीहरुले डोल्पा जिल्लाका २३ गाविसलाई कर्णाली प्रदेशमा समावेश गरिनुपर्नेमा जोड दिएका छन् ।

एसएलसी मर्यादित ः आजबाट सुरु

भक्तपुर, १० चैत । प्रबेशिका परिक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा देशभर शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

मोरङ र सुनसरीका केही केन्द्रवाहेक अन्यत्र शान्तिपूर्ण रुपमा परिक्षा सम्पन्न भएको परिक्षा नियन्त्रक सुर्यप्रसाद गौतमले जानकारी दिनुभयो । यद्यपी मोरङको बिराटनगरमा एसएलसी परीक्षामा प्रश्नपत्र आउट गरी फोटोकपी गरेर बिक्री गर्ने ट्युसन सेन्टरका सञ्चालकसहित १९ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । एक परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्षलाई चिट चोराउन सघाएको आरोपमा नियन्त्रणमा लिइएको छ । विराटनगर–१४ मा रहेको एक्सल ट्युसन सेन्टरका सञ्चालक मनिष स्वर्णकारसहित प्रश्नपत्र फोटोकपी गरेर परीक्षा केन्द्रमा लगी बाँड्न सघाउने १७ जनालाई पक्राउ गरेको मोरङबाट हाम्रा स्थानीय प्रतिनीधिले जनाएका छन् । 

यस्तै सुनसरीबाट चिट चोराउन खोज्न दुई साहायक केन्द्राध्यक्ष सहित चार जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिम कुशवाहस्थित कोशी माबिबाट दुई केन्द्राध्यक्षलार्य नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ । धनुषामा चिट चोराउने कार्यमा सहयोग गर्ने दुइ जना गार्डलाई नियन्त्रणमा लिइ कारवाही अघि वढाइएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रशनपत्र बाहिरिनुमा सहयोग पुराएको भन्दै प्रहरीले केहीलाई पक्राउ गरेपनि मोरङ र नेपालगंजमा प्रश्नपत्र वाहिरीएको भन्ने समाचार गलत भएको परिक्षा नियन्त्रक गौतमको दावी छ । उता सल्यानमा भएको आजको परिक्षामा परिक्षामा अमर्यादित कार्य गरेको भन्दै १४ जना परिक्षार्थी निष्काशित भएका छन् ।

यसैबिच पर्साको विजयवस्तीका ६६ वर्षीय एक बृद्धाले प्रबेशिका परिक्षा दिएका छन् । सरस्वती उच्च माविबाट कक्षा दस पास गरेका आशबहादुर गुरुङले विजयवस्ती परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् । पढाइको चाहना पूरा गर्नका लागि आफू परीक्षा दिन आएको र उत्तीर्ण भएपछि उच्च शिक्षा पनि हासिल गर्ने चाहना रहेको उनले बताए ।

एसएलसी परीक्षामा यसवर्ष मुलुकभरबाट चार लाख ९६ हजार २४३ जना विद्यार्थी सहभागी छन् । जसमा नियमित तर्फ ४ लाख ३६ हजार ४ सय ११ तथा एक्जाम्टेड तर्फ ५९ हजार ८ सय ३२ बिदार्थी परिक्षामा सहभागी भएका छन ।

अन्तराष्ट्रिय समाचार
लिबियामा प्रर्दशनकारीद्धारा गद्याफी सर्मथीत सैनिक विरुद्ध प्रर्दशनमा निरन्तरता

काठमाडौँ, ९ चैत्र । लिबियामा प्रर्दशनकारी र शाशक मुहम्मर गद्याफी सर्मथीत सैनिकहरु बिच ठाँउ ठाँउमा भिडन्त भएको छ । राजधानी त्रिपोली र बेघांजी लगायतका शहरमा दुइ पक्षबिच भिडन्त भएको विविसीले उल्लेख गरेको छ । पश्चिमा राष्ट्रको मिसाइल आक्रमणका कारण गद्याफी सर्मथीत सैनिकहरु कमजोर भएको अनुमानमा प्रर्दशनकारहरुले आन्दोलनलाइ समेत तिव्रता प्रदान गरेका छन् ।

यसैबिच पश्चिमा राष्ट्रहरुको संयुक्त सैन्य टोलीले पाँचौँ रातपनि लिबियाको राजनधानी त्रिपोली माथी हवाइ हमलामा निरन्तरता दिएका छन् । रातभर विभीन्न स्थानमा विष्फोटको आवाज सुनिएको विविसीले उल्लेख गरेको छ । अज्दावीया शहरमा गद्याफी समर्थक सैनिकले सर्वसाधारणको घरमा कारवाही गरेको बताइएको छ ।

यता अमेरिकी सैनिकले लिबियामा कोहिपनि सर्वसधारण नमारीएको दावि गरेको छ । अमेरिकी सेनाले अलिहेसम्म सर्वसधारणको हताहतीको खबर प्राप्त नभएकाले आक्रमण उचित स्थानमा भइरहेको समेत बतएको छ ।

खेल समाचार
भारत अष्टे«लियालाइ हराउँदै सेमिफाइनलमा ः पाकिस्तानसँगको भेट निश्चीत

As Nepali Follower, Ricky Ponting Morn for the loss with India
जारी १० औ संस्करणको बिश्वकप क्रिकेट अन्तरग भर्खरै सम्पन्न खेलमा अष्टे«लियालाइ ..५ विकेटले पराजीत गर्दै भारत सेमीफाइनलमा प्रवेश गरेको छ । अष्टेलियाद्धारा प्रस्तुत २६१ रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा मात्र ५ विकेटको क्षतिमा भेट्टाएको थियो । जीत सँगै भारतले सेमिफाइनलमा चिर प्रतिद्धन्द्धि पाकिस्तान सँगको भेट पक्का गरेको छ ।  

भातरको जितमा पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका म्यान अफ द म्याच युवराज सिंहले नट आउट रहँदै आठ चौकाको मदतले अर्धसतकिय ...५७.....रन बनाएका थिए । त्यस्तै सचिन तेन्दुल्करले ५३, गौतम गाम्भीरले ५०, सुरेश रैनाले ३४ तथा विराट कोहोलीले २४ रन बनाएका थिए । यसैबिच आजको खेलमा ५३ रन हिर्काएका मास्टर ब्लास्टर सचिन तेन्दुल्करले एक दिवसीय क्रिकेटमा १८ हजार रन पुरा गरेका छन् । अष्टेलियाका लागी ब्रेट लि, सन टेट, सेन वाट्सन र डेभिड हस्सीले एक एक विकेट लिएका थिए ।

त्यसअघि भारतको अहमदाबादस्थित मोटेरा स्टेडियममा टस जितेर पहिले गरेको अष्टेटिलयाले पुरै ओभर ब्याटिङ ६ विकेटको क्षतिमा गर्दै २६० रन बनाएको थियो । उसका लागी क्याप्टेन रिकी पोन्टीङले ७ चौका र १ छक्काको मदतले १०४ रनको शतकिय पारी खेलेपनि हारबाट जोगाऊन सकेनन् । त्यस्तै अष्टेलियाली पारि बाड्र हेडिनले अर्धसतकिय ५३, डेभिड हस्सीले नटआउट ३८ तथा सेन वाट्सनले २५ रनको योगदान गरेका थिए । भारतका लागी रविचन्द्र आस्वीन, युवराज सिंह र जहिर खानले २–२ विकेट लिएका थिए ।

No comments: