Friday, March 25, 2011

चैत्र ११ गते २०६७

न्याय परिषद्द्वारा न्यायाधीश सुवेदीसँग स्पष्टीकरण माग

Suprim Court is taking action quickly against corruption
काठमाडौँ, ११ चैत । न्याय परिषद्ले पदीय कर्तव्य इमान्दारीपूर्वक पालना नगरेको तथा खराब आचरणका कारण किन पदमुक्त नगर्ने भन्दै पुनरावेदन अदालत, पोखराका न्यायाधीश ओमप्रसाद सुवेदीसँग स्पष्टीकरण माग गरेको छ । परिषद्को आज बसेको बैठकले न्यायाधीश सुवेदीलाई सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण बुझाउन समेत निर्देशन दिएको छ ।

बिदा स्वीकृत नगराई बारम्बार बिदा बसेको, कार्यालय समयमा अन्यत्र गएर काम गरेको, अन्य खराब आचरणसमेत गरेको उजुरी परेकाले सर्वोच्च अदालतका न्यायाधीश तपबहादुर मगरको अध्यक्षतामा गठित छानबिन समितिले सो सम्बन्धमा छानबिन प्रतिवेदन बुझाएपछि परिषदको बैठकले स्पष्टिकरण माग  गरेको हो । प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कानुन मन्त्रालयको कार्यभार सम्हाल्नुभएका सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा भने अनुपस्थित रहनुभएको परिषद्का सचिव जीवनहरि अधिकारीले जानकारी दिनुभयो  ।

शान्ति प्रक्रिर्या टुङ्गिनेमा इयु आशंकितः

काठमाडौँ, ११ चैत्र । युरोपेली युनियन इयुले निर्धारीत समयमा शान्ति र संविधान निर्माण प्रकृया टुंगोमा पुग्नेमा आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री झलनाथ खनालसँग आज भएको भेटमा इयुका प्रतिनिधिले संविधान जारी गर्नका लागि दुई महिना मात्र वाँकि रहेको समयमा समेत दलहरुविच संविधान र शान्ति प्रकृयाबारेमा अझै तिव्र मतभेद रहेकोले जेठ १४ मा संविधान बन्नेमा आशंका व्यक्त गरेका हुन ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार मिलन तुलाधरका अनुसार वाँकि समयमा शान्ति प्रकृया टुंगोमा पुर्याई संविधान जारि गर्नका लागि सरकारको तयारीवारे इयुले चसो राखेको थियो । प्रधानमन्त्री खनालले भने सरकारले शान्ति र संविधानलाई निष्कर्शमा पु¥याउन कुनै कसर वाँकि नराख्ने प्रतीवद्धता जनाउनु भएको तुलाधरले वताउनुभयो ।

युरोपियन युनियनको स्थानिय अध्यक्ष राष्ट्र तथा वेलायती राजदुत जोन टक्नटले पनि वर्तमान सरकारले कसरी संक्रमणकालको व्यवस्थापन गरेर शान्ति र संविधानलाई टुंगोमा पर्याउँछ भन्नेवारे जिज्ञासा राखेको वताउनुभयो । उहाँले चुनौतीहरु धेरै वाँकि रहेकोले दलहरु तथा सरकार विशेष चनाखो हुनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको वताउनुभयो ।

संवैधानिक समितिमा राज्यपुर्नसंरचनावारे गम्भीर छलफल सुरुः

काठमाण्डौ, चैत्र ११ । सभासदहरुले विज्ञहरुको सुझाव लिएर राज्यपुर्नसंरचना समितिको मस्यौदा प्रतिवेदन परिमार्जैन गर्नुपर्ने बताएका छन । संविधानसभा राज्यपुर्नसंरचना समितिको मस्यौदा प्रतिवेदनमाथी संवैधानिक समितिमा सुरु भएको छलफलमा बोल्ने अधिकाशं सदस्यहरुले प्रतिवेदन परिमार्जन गर्नुपर्ने बताएका हुन । संघीयता सम्बन्धी महत्वपूर्ण निर्णय गर्नुपर्ने भएकोले समितिले राज्यपुर्नसंरचना समितिको मस्यौदालाइ महत्वकासाथ छलफल सुरु गरेको समिति सभापति निलाम्बर आचार्यले बताउनुभयो ।

सभापति आचार्यले समितिमा एकसरो छलफल गरेर विबाद समाधान गर्न प्रयास गर्ने र सहमति जुटन नसके उपसमितिमा पठाउने बताउनुभयो । संवैधानिक समितिले उपसमितिको म्याद सकिनु अगावै प्रतिवेदन पठाउने बताउदै हतायर भयो भन्दैमा छलफल विनै पठाउन नमिल्ने स्पष्ट गर्नुभयो ।

आजको बैठकमा बोल्ने कागे्रस बाहेकका सभासदहरुले राज्यपुर्नसंरचना आयोग गठन गर्ने समय गुज्रीएको भन्दै संविधान संशोधन गर्नुपर्ने जोड दिएका थिए । उनिहरुले आयोग गठन गर्नुको सट्टा विज्ञहरुलाइ समितिमै बोलाएर राय÷सुझाव लिन सकिने बताएका थिए ।

नेपाली कांग्रेसले भने संघीयतामा जाने निर्णय गर्नुपूर्व राज्यपुर्नसंचना आयोग गठन गर्नुपर्ने अडान दोहो¥याएको थियो । बैठकपछि कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले समितिको प्रतिवेदन अपुरो रहेका कारण परिमार्जन जरुरी रहेको बताउनुभयो । जनता÷जनातावीच वैमनस्यता फैलिने किसिमले राज्यपुर्नसंरचाम गर्न नहुने भन्दै पौडेलले यसकालागि विज्ञहरु सम्मिलित आयोग गठन गर्नमा ढिलाइ गर्नु नहुने बताउनुभयो । संवैधानिक समितिको आर्को बैठक आइतवार बस्नेछ ।

राष्ट्रपति र प्रचण्ड भेट ः शान्ती प्रक्रिया र संविधान सभाको म्याद थपको विषयमा छलफल

काठमांडौ, ११ चैत्र । राष्ट्रपति डा रामवरण यादवले संविधान लेखन र जारी शान्ति प्रक्रियाका बारेमा भइरहको प्रगतिबारे संविधान सभाको सबैभन्दा ठुलो दलसँग चासो ब्यक्त गर्नुभएको छ । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज आफ्नै कार्यलय शीतलनिवासमा बोलाई राष्ट्रपतलिे पछिल्लो अवस्थाका बारेमा चासो देखाउनु भएको हो ।

भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका बिषयमा छलफल भएको र आफूले संविधानका विवाद समाधान उपसमितीको संयोजकका रुपमा संविधान लेखन र शान्ति प्रक्रियाका बारेमा जानकारी गराएको माओवादी अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । मुख्य रुपमा शान्ति प्रक्रिया समयमै टुङिगयोस भन्नेमा राष्ट्रपतीले जोड दिएको प्रचण्डले बताउनुभयो । पछिल्लो समयमा लडाकु समायोजनको कार्यतालिका बनाउने कार्य अघि बढिरहेको र केही दिनमा नै एक कार्यदल बनाएर सोको सुझावका आधारमा शान्ति प्रक्रियालाई अघि बढाउने र उपसमितीले पनि महत्वपूर्ण विषयहरुमा सहमती जुटाएकाले संविधान लेखन र शान्ति प्रक्रियाले गति पाएको प्रचन्डको भनाई छ ।

दलिय अन्तरसंघर्षले शान्ती र संविधानमा प्रभाव पारेको छ ः प्रधानमन्त्री खनाल

काठमाडौँ, ११ चैत्र । प्रधानमन्त्री झलनाथ खनालले प्रमुख दलहरुबीचको अन्तरसङर्घषका कारण नै शान्ति र संविधान निमार्णमा ढिलाई भएको बताउनुभएको छ । निर्धारित मितीमै संविधान जारी गर्न मुख्य दलहरु बीच सहमतीको विकल्प नभएको उहाँको भनाई छ । दलहरुबीच सहमती भए जेठ १४ अगाडि नै शान्ति प्रक्रिया टुंगोमा पु¥याइ नया“ संबिधान निर्माण गर्न सकिने भन्दै उहाँले ५० दिनभित्र सेना समायोजन गरि शान्ति प्रक्रिया टुंगोमा पु¥याउने दृढता ब्यक्त गर्नुभयो ।

नेकपा एमाले अन्चल समन्वय कमिटी तथा जिल्ला सम्पर्क समितीको दुई दिने आवासीय प्रशिक्षणको आज भक्तपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री खनालले एमाले र माओवादीबीच भएको सात बुदे सहमतीले निकासका लागि नयाँ सम्भावनामो मार्ग खोलेको भन्दै सो सहमती वाम धु्रवीकरण नभएको स्पष्ट गर्नुयो । सात बु“दे सम्झौता अरु कुनै पार्टी र शक्तिको बिरुद्धको एकता नभै शान्ति र संबिधानलाई टुंगोमा पु¥याउनका लागि गरिएको सम्झौता भएको भन्दै खनालले सो सहमतीका आधारमा गठन भएको वर्तमान सरकारबबाट नेपाली जनता र अन्तराष्ट्रिय समूदायमा छाएको निराशा अन्त्य भएको दावी गर्नुभयो  ।

गणितीय रुपमा संविधान बने फेरि जलाउँछौः मधेसवादी दलका नेताहरु
काठमाडौ, ११ चैत्र । प्रमुख मधेसवादी दलका नेताहरुले बाम गठबन्धनको नाममा गणितीय रुपमा संविधान लागु गर्न खोजे आफूलाई मान्य नहुने बताएका छन् । उनीहरुले गणितीय हिसावमा जारी हुने सविधानलाई जलाएर विद्रोह गर्ने चेतावनी पनि दिए । राजधानीमा आज आयोजित एक साक्षात्कारमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले गणितीय आधारमा संविधान जारी गरे त्यस्तो संबिधान असफल हुने भन्दै भोली देखि नै संविधान जल्ने बताउनुभयो । झलनाथ खनाल नेतृत्वको सरकार चाइनाको चाहना अनुसार बनेको दावी गर्दै चाईनीज फ्लेबरमा बनेको सरकारमा मधेसवादी दलहरु सहभागी हुन नसक्ने बताउनुभयो ।
तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवले चार बुँदे सहमति एमाले र माओवादीवीच भएको सात बुँदे सहमतिलाई बैधानिकता दिने काम मात्रै भएको दावी गर्नुभयो ।

माओवादी टे«ड यूनियनएको एउटा खेमाद्वारा सहमति अश्वीकार

काठमाडौँ, ११ चैत्र । एकीकृत माओवादीको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ भीत्रको विबादका कारण उद्योग वाणिज्य महासंघ र मजदुर संगठनबीच हिजो भएको सहमति कार्यान्वनमा समस्या आउने भएको छ । माओवादी उपाध्यक्ष मोहन बैद्य र वाबुराम भट्टराइ पक्षधर समूहले नेपाल उद्योग वाणिज्य महासंघसंग भएको सहमति अश्वीकार गरेपछि सहमति कार्यन्वयन नहुने देखिएको हो ।

बैद्य निटक समूहका नेता बद्री बजगाइ र भट्टराइ निकट लालध्वज नेम्वाङ्ग पक्षले आज संयुक्त विज्ञप्ती प्रकाशितगरी जमरकट्टेल समुहसँग हिजो भएको सम्झौताले मजदुरहरुलाई राहत दिने भन्दा आहत पार्ने स्थिति बनाएको भन्दै सहमति मान्य नहुने घोषणा गरेको हो ।

माओवादी सम्वद्ध ट्रेड युनियन महासंघको प्रतिनिधित्व शालिकराम जमरकटेलले गर्न नसक्ने बजगाइ–नेम्वाङ्ग पक्षधरले दावी गरेका छन । ट्रेड युनियन महासंघभित्रको एउटा पंक्ति अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको रुपमा पुनर्गठन भैसकेको र अर्को पंक्ति एकता दवाव अभियानको रुपमा क्रियाशील रहेको अबस्थामा जमरकट्टेलले गरेको सम्झौता अश्वीकार गर्ने बजगाइले बताएका छन । बजगाइ–नेम्वाङ्ग पक्षधरले जमकट्टेल समूह मजदुर, नेता र कार्यकर्तालाई कुटपिट गर्ने, हातखुट्टा भाँच्ने, अपहरण गर्ने र यातना दिने, मार्ने धम्की दिदै हिड्ने भ्रष्ट र अपराधिक समुहको रुपमा पतन भैसकेको गम्भीर आरोप लगाएका छन् ।

बजँगाइ–नेम्वाङ्ग पक्षधरले सम्झौतामा उल्लेखित चार वर्षसम्म बन्द हड्तालमा लगाइएको प्रतिबन्ध दैनिकज्यालादारिमा काम गर्ने मजदुरहरुले पाउँदै आएकोमा समेत घटाएर गरिएको रु.२ सय २६ दैनिक ज्यालाको प्रावधान लगायत सहमतिले मजदुरहरुलाई आहत र पूँजिपतिहरुलाई राहत प्रदान गरेको भन्दै उक्त सम्झौता खारेज गरेको बताएका छन । लामो समयको वार्तापछि महासंघ र मजदुर संगठनबीच तलव बृद्धि सम्बन्धी सहमति भएको थियो ।

चिनीया सेनाप्रमुख स्वदेश प्रस्थान

काठमाडौँ, ११ चैत । तीनदिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ जनमुक्ति सेनाका प्रमुख जनरल चेन विङ्दे आज स्वदेश प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनापति विङ्देलाई नेपाली सेनाका बलाध्यक्ष तोरणजङ्गबहादुर सिंहले विदाइ गर्नुभएको थियो ।

प्रधानसेनापति छत्रमानसिंह गुरुङको औपचारिक निमन्त्रणामा आउनु भएका जनरल विङ्देले भ्रमणका अवसरमा चीन सरकारका तर्फबाट वीरेन्द्र अस्पतालका लागि १० करोड युआन बराबरको मेडिकल उपकरण उपलब्ध गराउने तथा ३० करोड युआन बराबरको इन्जिनियरिङ उपकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

अन्तराष्ट्रिय समाचार
यमनमा ब्यापक प्रर्दशन

मध्यपूर्वी मुलुक यमनको राजधानी सानामा प्रर्दशनकारीहरुले राष्ट्रपति अलि अब्दुल्ला सलेहको राजीनामा माग गर्दै अहिलेसम्मकै बृहत ¥याली निकालेका छन् । गत हप्ता भएकोे प्रर्दशनमा सुरक्षाकर्मीले दमन गर्दा ५० जनाको मृत्यु भएपछि ¥यालीमा सर्वसाधारणको ब्यापक उपस्थीती रहेको विविसीले उल्लेख गरेको छ ।

यता राष्ट्रपति सलेह समर्थकले समेत ¥याली निकालेका छन् । उनीहरुले राजीनामा माग गर्ने ¥याली विरुद्ध मार्चपासको तयारी गरेपनि सुरक्षाकर्मीले हवाइ फायर समर्थकहरुलाइ तितर वितर पारेको छ । दुबैपक्षको प्रर्दशनलाइ ब्यवस्थीत गर्न हजारौँ सुरक्षाकर्मी परिचालन गरिएपनि अवस्था तनावपूर्ण रहेको विविसीले जनाएको छ । दुबैपक्ष बिच कुनैपनि बेला भिडन्तको खतरा रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

यसैबिच राष्ट्रपति सलेहले आफु सत्ता छाड्न तयार रहेको बताएका छन् । समर्थकहरुको सभालाइ सम्बोधन गदै सलेहले सत्ता विश्वासिलो हातमा सुम्पन तयार रहेको बताएका हुन् । यद्यपी उनले विश्वासीलो र सुरक्षित हात कस्तो हुने भन्नेबारे भने केहि खुलाएका छैनन् ।

खेल समाचार
विश्वकप क्रिकेट

Neplese support New zealand
विश्वकप क्रिकेट अन्तरगत आज भएको तेश्रो क्वाटरफाइनल खेलमा जित हात पार्दै न्यूजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशको मिरपुरस्थित शेर ए बङगला स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकालाइ ४९ रनले पराजित गर्दै न्यूजिल्याण्डले सेमिफाइलनको यात्रा तय गरेको हो ।

न्यूजिल्याण्डले प्रस्तुत गरेको २२२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका मात्र ४३ ओभर २ बलमा १७२ रनमा आउट भएको थियो । दक्षिण अफ्रिकालाइ सस्तैमा समेट्न न्यूजिल्याण्डले चुस्त फिल्डीङ तथा उत्कृट बलिङ गरेको थियो । दक्षिण अफ्रिकाका लागी ज्याक कालिसलले ४७ तथा एफ डुप्लेसीले ३६ रन बनाउनु बाहेक अन्यले खासै योगदान गर्न सकेनन् । दक्षिण अफ्रिका एभिडि भिलिर्यस ३५, ग्रेम स्मीथ २८, डेल स्टेन ८, हासिम अम्ला ७, जेपि ड्युमिनी ३, मोर्ने मोर्केल ३, जोन बोथा २ तथा रोबिन पिटरसन बिना कुनै रन आउट भएका थिए । न्यूजिल्याण्डका ज्याकोब ओरामले ४, नाथम म्याकलमले ३ तथा टिम साउदी र ल्युक उडकक ले एक एक विकेट लिउका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले पुरै ५० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा  २२१ रन जोडेको थियो । न्युजिल्यान्डका लागि जेसी रार्यडरले सर्वाधिक ८३ रनको योगदान गरेका थिए । यस्तै रोस टेलरले पनि ४३ रनको ठोस पारी खेलेका थिए भने केन विलिम्सनले नटआउट रहँदै ३८ रन जोड्न भ्याएका थिए । दक्षिण अफ्रिकाका लागि मोर्नी मोर्कैलले ३ तथा डेल स्टेन र ईमरान ताहिरले २–२ विकेट लिएका थिए ।

No comments: