Monday, August 13, 2012

फुटबलर हरि खड्काको लभ स्टोरी

Dipendra Gurung
दीपेन्द्र गुरुङ 
काठमाडौ । मेरो घर महाराजगन्जमा थियो । घरमा सानो एउटा होटेल पनि गरिएको थियो । म त्यस होटेलमा बुबाआमालाई सघाउ“थे । ०५२÷५३ तिर एकाबिहानै एक मान्छे हाम्रो घरअगाडिबाट प्रायः हि“डेको देखिन्थ्यो । उहा“ नै हरि खड्का हो भन्ने धेरैपछि मात्र थाहा भयो । उहा“ ट्रेनिङका लागि बिहान–बेलुका त्यही बाटो हि“ड्नुहु“दो रहेछ । सायद त्यतिवेला उहा“ राष्ट्रिय टिममा पनि छनोट भइसक्नुभएको थियो । तर, मैले उहा“लाई फुटबलर हो भनेर चिनेको पनि थिइन“ । सात कक्षामा पढ्ने भएकाले ममा त्यस्तो कुनै भावना पनि थिएन । उहा“ मलाई हेर्नुहुन्थ्यो, म पनि हेरिदिन्थे“ । हामी एकअर्कास“ग एक शब्द पनि बोलेनौ“ । हामी दुईको सम्बन्ध झन्डै तीन वर्ष त हेराहेरमै बित्यो ।

मैले एसएलसी दिइसकेपछि एकदिन उहा“को साथी हाम्रो होटेलमा खाजा खान आउनुभयो । उहा“ हाम्रोमा बारम्बार आइरहनुहुन्थ्यो । त्यसदिन उहा“ले मेरो फोन नम्बर माग्नुभयो । केहीपछि मलाई फोन आयो । ‘हेलो, म हरि खड्का बोलेको, तिम्रो नाम के हो ?’ उहा“लाई मेरो नाम त पहिले नै थाहा थियो होला तर पहिलो बोलचाल भएकाले केही कुरा नभएपछि मेरो नाम सोध्नुभयो । त्यसपछि उहा“ले मलाई साथी बन्ने प्रस्ताव गर्नुभयो । 
केही दिनपछि फेरि उहा“ले फोन गरेर भेट्ने प्रस्ताव गर्नुभयो । त्यो दिन भ्यालेनटाइन्स डे थियो । भेट भएपछि उहा“ले मलाई एउटा कार्ड दिनुभयो । कार्डमा खासै केही लेखिएको थिएन, ह्यापी भ्यालेनटाइन्स डे लेखिएको थियो । र, थिए केही कविता । मैले पनि उहा“लाई त्यस्तै कार्ड दिए“ । त्यस दिन सामान्य कुराकानी भयो अनि हामी छुट्या“ै । त्यसपछि दैनिक त्यही बाटो हि“ड्दा हाम्रो भेट हुन्थ्यो । एसएलसीपछि भने हाम्रो भेटघाट निकै बाक्लिएको थियो । हामी अलि बढी नजिकिन थालेका रहेछा“ै । सायद माया बस्न थालेको थियो क्यारे । भेटेर छुट्टिएपछि पनि भेटौ“–भेटौ“ लाग्ने, कुरा गर्न मन लाग्ने हुन्थ्यो । 
  • श्रीमती रिनासँग गरिएको कुराकानीमा आधारीत

केही समयपछि उहा“ले मस“ग प्रेमप्रस्ताव राख्नुभयो । उहा“को प्रस्तावलाई मैले तत्कालै स्वीकार गरिन“ । घरमा आएर पहिला मा“लाई सोधे“, उहा“ले पनि हुन्छ भन्नुभयो । त्यसवेला उहा“को कमाइ पनि राम्रै थियो । त्यही भएर पनि मा“ले केही भन्नुभएन । तिमीहरूलाई ठीक लाग्छ भने सम्बन्ध अगाडि बढाउ“दा हुन्छ भन्नुभयो । मा“ले ड्याडीलाई पनि मनाउनुभएछ । त्यसपछि त सहज भइहाल्यो । अनि, त्यसपछि मैले पनि उहा“को प्रस्तावलाई स्वीकार गर“े । 
तर, हामी दुईबीच तत्काल बिहे नगर्ने सहमति भएको थियो ।
मेरो भर्खर एसएलसी मात्रै सकिएकाले बिहेका लागि केही समय कुर्ने सल्लाह भएको थियो । त्यसपछि हाम्रो झन्डै दुई वर्षसम्म ‘अफेयर’ चल्यो । परिवारको पनि स्वीकृति भएकाले हामी खुल्ला रूपमै भेटघाट गथ्र्यांै । एसएलसीपछि म मनमोहन मेमोरियल कलेजमा पढ्न थाले“ । कलेज सुरु गरेपछि हामीबीच भेटघाट बाक्लियो । कतिपटक त हामी कलेज बंक गरेर पनि घुम्न गयौ“ । त्यसयता हाम्रो बिहे भएको पनि आज १२ वर्ष लागिसकेको छ । छोरो पनि ठूलै भइसक्यो । छोरो पनि उहा“जस्तै फुटबलमा बढी रुचि देखाउ“छ ।

हजबेन्ड–वाइफबीच सामान्य असमझदारी अर्थात् झगडा त भइहाल्छ । त्यस्तो झगडा नभएसम्म त एकअर्काप्रति माया पनि बढ्दैन भनिन्छ । तर, अहिलेसम्म हामीबीच त्यस्तो ठूलो असमझदारी भएको छैन । उहा“ एकदमै समझदार व्यक्ति हुनुहुन्छ । केही समस्या प¥यो भने पनि हामीबिच ‘सेयरिङ’ हुन्छ । उहा“ पनि समस्या सुल्झाउने उपाय भन्नुहुन्छ । त्यस्तो केही समस्या परेमा हामी दुवैजना मिलेर समाधान गर्छौं । 
उहा“ व्यावसायिक करिअरमा पनि सफल नै हुनुभयो । म फुटबलमा त्यति रुचि नभएकी मान्छे ह“ु । उहास“ग बिहे हुनुपहिले मलाई फुटबलबारे त्यति चासो पनि थिएन । पछि मात्रै केही कुरा थाहा पाए“ । त्यसैले फुटबलमा उहा“लाई काम लाग्ने त्यस्तो कुनै सहयोग गर“े जस्तो त लाग्दैन । तैपनि, उहा“स“ग बिहे भइसके पनि र त्यसअघिको दुई वर्षको सम्बन्धमा उहा“को प्रत्येक खेलमा म रंगशालामै उपस्थित भएर उहा“लाई हौस्याउने गर्थें । साथै, उहा“ले पनि गोल गरेपछि मलाई फ्लाइङ किस दिनुहुन्थ्यो । 
मैले घरपरिवार सम्हालेर पनि उहा“को व्यावसायिक करिअर सफल हुनमा केही सहयोग भने पु¥याए“ जस्तो लाग्छ । अहिले पनि उहा“को जब छ । त्यसबाहेक प्रायजसो राष्ट्रिय टोली तथा पुलिस क्लबकै खेलाडीलाई ट्रेनिङ दिन हि“ड्नुहुन्छ । प्रायः व्यस्त नै रहनुहुन्छ । तर, समय मिलेको खण्डमा परिवारलाई पनि उत्तिकै महŒव दिनुहुन्छ । 

श्रीमती रिनासँग गरिएको कुराकानीमा आधारीत


No comments: