काठमाण्डौ । सन् १९५९ नोभेम्बर १४ मा तत्कालिन मालाया सेनामा भर्ती भएकै दिन रामप्रसाद गुरुङलाई पल्टनको डायनिङ हल देखेर अचम्म लाग्यो । राष्ट्रिय खेलकुद परिषद्मा दशकपछि पाइला टेकेका नेपालका पहिलो ओलम्पियन बक्सरले भने ‘ नेपालमा त्यस्तो ठुलो हल थिएन, मलाई अरुभन्दा डाइनिङ हल देख्दा अचम्म लाग्यो । ’ अर्का ओलम्पियन नमसिंह थापासँगै सेनामा भर्ती भएका उनलाई पल्टनमा अर्काे कुराले झन् आकर्षित ग¥यो । रामप्रसादले सुनाए ‘ पल्टनमा ठुलो सुचना पाटी थियो । त्यहा बक्सिङ च्याम्पियनको नाम ठुलो अक्षरमा राख्ने गरिन्थ्यो । त्यो देखेपछि मलाई पनि आफ्नो नाम पाटीमा राख्ने इच्छा जाग्यो ।’
बक्सिङमा बढि अकर्षित भएपनि रामप्रसाद पल्टनमा सबै किसिमका खेलकुदमा भाग लिए । उनले भने ‘ म अलराउन्डर थिए । फुटबल, भलिबल, जिम्न्यास्टिङ लगायतका सबै खेलमा रुचि थियो । तर मलाई बक्सिङमा भने च्याम्पियन बन्दै नोटिस बोर्डमा नाम लेखाउने ठुलो इच्छा थियो । ’ पेनाङमा रहेको पल्टनमा प्रायः सबै खेलको अभ्यास गरे । नेपालमा नभएका सुबिधाहरु पाए र त्यहि अनुसारको मेहनत गरे । सेनामा भर्ति भएको तीन बर्षपछि रामप्रसादको इच्छा पुरा भै छाड्यो । अथक प्रशिश्रमपछि उनी पल्टनमा बक्सिङ च्याम्पियन भए । ‘ च्याम्पियन भएर जब नोटिस बोर्डमा मेरो नाम लेखियो । त्यो दिन मलाई जिवनको उद्देश्य पुरा भएको जस्तो लाग्यो । ’ बक्सिङ करियरको बारेमा रामकहानी सुनाउँदै रामप्रसाद भने ‘ मलाई त्यसै साल वेस्ट बक्सर र वेस्ट इस्टाइलिस्ट बक्सरको अवार्ड पनि दिइयो । ’४ बर्ष मलाया बसाइपछि रामप्रसाद सन् १९६२ मा आफ्नो जन्मथलो नेपाल फर्किए । ६ महिना विदामा फर्किएका रामप्रसादलाई नेपाल आएको केही दिनमै तुरुन्तै फर्कन चिठ्ठी आयो । उनी विदा पुरा नगरिकन त्यतै फर्किए । तत्काल फर्कनु परेको कारण बारे उनले भने ‘ मलाई दुई बर्षपछि जापानमा हुने ओलम्पिक खेलकुदको लागि छनोट गरिएको रहेछ ।’ त्यसपछि रामप्रसादले अन्य तीन साथीहरुसँगै ओलम्पिकको तयारीमा लागेका थिए । त्यतिबेला रामप्रसाद बक्सिङका महान हस्ती मोहमद अलीबाट प्रभावित भैसकेका थिए । अलीको खेल ब्याक एन्ड ह्वाइट टेलिभिजनमा हेरेको रामप्रसाद अहिले सम्झन्छन् ।
सन् १९६४ मा राम प्रसाद अन्य साथीसँगै सामान बोक्ने जाहाजमा ओलम्पिकको लागि जापानतर्फ लागे । जाहाजबाट जापानको ओकीनायामा उत्रिएपछि भने हवाइजाहाजबाटै टोकीयो पुगेको रामप्रसादलाई अझै याद छ । टोकियो पुगेपछि उनलाई अर्कै संसारमा पुगे जस्तो लाग्यो । ‘ कहिल्यै नेदेखेका कुरा देखियो ’ रामप्रसाद सम्झन्छन् ‘ प्रशिक्षणको लागि धेरै सुबिधाहरु उपलब्ध थिए । ’ त्यसबेला रामप्रसादसँगै नमसिंह थापा, भीमबहादुर थापा र ओमप्रकाश पुनले बक्सिङमा भाग लिएका थिए । यस्तै एथ्लेटिक्सतर्फ गंगाबहादुर थापा र भुपेन्द्रबहादुर सिलवालले गरि ६ जनाले पहिलो पटक नेपालको ओलम्पिकमा भाग लिने इतिहास बनाएका थिए । ओमप्रकास बाहेक अरु सबै खेलाडी पहिलो चरणबाटै बाहिरिए । ओमप्रकासले इथियोपीयाका खेलाडीलाई पराजित गर्दै दोस्रो चरणमा पुगेपनि अघि बढ्न सकेनन् ।

खेलमा जे–जस्तो नजिता आएपनि उनलाई टोकियोमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा धेरै खुसि लाग्यो । ‘मार्च पास साँच्चै अद्धितिय थियो । ’ ५ दशक अघिको टोकियो ओलम्पिक सम्झदै उनले भने ‘ आफ्नो देशको झन्डा फहराउन पाउँदा साच्चै गौरव अनुभव भयो ’ रामप्रसाद पहिलो चरणमा हंगेरीका खेलाडीसँग पहिलो राउन्डमै पराजित भएका थिए । पछि हंगेरीका ती खेलाडीले स्वर्ण जितेको याद पनि रामप्रसादको दिमाखमा अझै घुमिरहेको छ । ‘ रेफ्रिले मलाई खेलको दौरान रोके ’ रिङमा भएको भिडन्त बारे रामप्रसादले भने ‘ पहिलो राउन्डमा हारेपछि दोस्रो चरणमा खेलमा फर्कन्छु जस्तो लागेको थियो । ’
ओलम्पिकपछि उनको खेल जिवन अन्त्य भयो । तर नेपालको पहिलो ओलम्पियन खेलाडी बन्ने इतिहास भने अमर बनिरहेको छ । उनी सन् १९९७ मा क्याप्टेन भएपछि सेनामा अवकास लिएर नेपाल फर्किए । नेपाल फर्किएपछि गुमनाम रहेका रामप्रसादलाई खेलकुद परिषद्ले ओलम्पियनलाई मासिक १५ सय रुपैंया भत्ता दिएको थहा पाउदा खुसि लाग्यो । भत्ताको छोरीको सहयोगमा उनले बैंकमा खाता पनि खोले । तर दुई बर्षपछि भत्ता आउन बन्द भयो । ‘ भत्ता बन्द हुदा मलाइ नरमाइलो लाग्यो ’ एक छोरा र पाँच छोरीका पीता रामप्रसादले दुखी हुँदै भने ‘ पैसा जत्ति भएपनि पुग्दैन । हामीलाई पैसा चाहिएको थिएन । तर भत्ता बन्द गर्दा अपमान महसुस भयो । ’ उनले भत्ताको त्यो पैसा बक्सिङ विकासमै सहयोग गर्ने योजना बनाएको कुरा पनि सुनाए । हाल चितवनमा बस्दै आएका रामप्रसादको यो कुरा सुनेपछि छोउमा रहेका परिषद्का सदस्य सचिव युवराज लामा पनि भावुक भए । लामाले तत्काल भत्तालाई निरन्तरता दिने समेत प्रतिबद्धता जनाएपछि रामप्रसादले भत्ताको रकम खेलुकदमै लगानी गर्ने दोहो¥याए ।
नेपाली खेलकुदका ज्यूँदा इतिहास रामप्रसादले ओलम्पिकमा भाग लिएको ५० बर्ष पूरा हुन लागिसकेको छ । तर राज्यले उनी र उनीजस्ता ओलम्पियनहरु गुमनाम हुँदै जादा उचित सम्मान र प्रोत्साहन गर्न सकेको छैन । उमेरले ७० टेक्न लागेका जोसिला रामप्रसाद भन्छन् ‘ सहयोग होइन सम्मान गर्न सिक्नुपर्छ ।
No comments:
Post a Comment