Who make Nepal proud: Nepal in 'World Cricket Division 2' |
काठमाण्डौँ । नेपालले बमुर्डामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–३ क्रिकेटको च्यााम्पियन बन्दै ऐतिहासिक सफलता हात पारेको छ । फाइनल भिडन्तमा युगान्डालाई ५ विकेटले पराजित गर्दै डिभिजन–३ को उपाधि कब्जा गरेको नेपालले अहिले सम्मकै सबैभन्दा ठुलो उपाधि हात पारेको हो ।
समूह चरणमा लगातार दुई खेलमा पराजित भएपछि खराब सुरुबात गरेको नेपालले त्यसपछिका चार खेल लगातार जित्दै आफुलाई उत्कृष्ठ भएको प्रमाणित गरेको हो । नेपाली टिमका कप्तान पारस खड्काले भने ‘हामीले यो उपलब्धि हात पार्ने धेरै परिश्रम गरेका छौ । पहिलका दुई खेल हर्दा हामीलाई जित बाहेको केहि बिकल्प थिएन । त्यसैले सबै खेलाडीको कडा मेहनतबाट र लकले पनि साथ दिएपछि यो सफलता हात पार्न सकिएको हो । ’ नौ महिनापछि एक दिवसीय र त्यसअघि २०–ट्वान्टी विश्वकपको छनोट बारे पारसले अघि भने ‘ हामी सधै अघि बढ्न चहान्छौ । तर विश्वकप खेल्नको लागि धेरै तयारीको खाँचो पर्छ । त्यसैले आजबाट नै तयारी थाल्नेछौ । ’
- डिभिजन टुमा बढुवासँगै नेपालले सन् २०१५ को वान डे विश्वकप क्रिकेट प्रतियोगिताको छनोट समेत खेल्न पाउनेछ ।
बमुर्डाको हामिल्टनस्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भिडन्तमा युगान्डाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय ग¥यो । नेपाललले कसिलो बलिङ र उत्कृष्ट फल्डिङ गरेपछि युगान्डाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५१ रन जोड्यो ।
पहिलो दश ओभरमा स्पीनर पृथु बास्कोटा र कप्तान पारस खड्काले कसिलो बलिङ गर्दै युगान्डालाई सुरुवात मै दबाबमा राखे । फेरि एक पटक स्पीनर हाबी भएको खेलमा राहुल विश्वकर्मा र बसन्त रेग्मीले दुई–दुई विकेट हात पारे । बसन्तले १० ओभर बलिङ गर्दा तीन मेडन राख्दै २४ रन खर्चिए । समान ओभरमा राहुलले एक मेडन राख्दा ३४ रन दिए । यस्तै कप्तान पारस, पृथु र शक्ति गौचलने पनि एक–एक विकेट आफ्नो नाममा लेखाए । युगान्डको एक ब्याट्सम्यानलाई पारसले रनआउट गरे । पृथुले सबैभन्दा किफायती बलिङ गर्ने क्रममा १० ओभरमा ३ मेडन राखे । त्यसको लागि पृथुले १५ रन मात्र खर्चिए । यता कुनै पनि विकेट लिन नसकेकाका सन्जम रेग्मीले केवल ५ ओभर बलिङ गर्दा ३७ रन खर्चदा नेपालको लागि महङ्गो साबित भयो । खेलको पा“चौ ओभर देखि विकेट लिदै नेपालले बलिङमा गतिलो सुरुवात गरेको थियो । युगान्डाको लागि डेउसेडिड मुमुमाजाले सबैभन्दा बढि २८ रन जोडे । उनलाई नेपालका बसन्तले ४८ औं ओभरको पहिलो बलमा बोल्ड गर्दै पेभिलियनको बाटो देखाए ।
१ सय ५२ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर २ बल खेल्दै ५ विकेटको क्षतिमा पार ग¥यो । नेपालको जितमा ओपनर प्रदीप ऐरि ६० रन र शरद भेषवाकारले ५० रन बनाउदै अर्धशतकीय पारी खेले । तर पनि नेपालको ओपनिङ खराब नै रह्यो । नेपालले तेस्रो ओभरमा नै ओपनर सुबास खकुरेललाई ४ रनको ब्यक्तिगत स्कोरमा गुमायो । त्यसपछि उपकप्तान ज्ञानेन्द्र मल्ल ५ रन बनाउदा आठौ ओभरमा क्याच आउट भए । ११ औं ओभरमा कप्तान पारस पनि एक रन बनाएर आउट भएपछि नेपाली इनिङ संकटमा पा¥यो । नेपालले ११ ओभरमा ३० रन बनाउदा ३ महत्वपूर्ण विकेट गुमाइसकेको थियो । तर त्यसपछि क्रिजमा आएका शरदले प्रदीपस“ग चौथो विकेटको लागि ७७ रनको साझेदारी गर्दा नेपालले १ सय ७ रन जोडेको थियो । चौथो विकेटको रुपमा आउट भएका प्रदीपले ६० रन जोड्ने क्रममा ५ चौका र ४ छक्का हिकाए । त्यसपछि विनोद भन्डारी ७ रनमा पेभिलियन फर्केपछि पृथु बास्कोटाले शरदलाई अन्त्यसम्म साथ दिए । पृथुले २ चौका र १ छक्का सहित २१ रनमा नटआउट रहे । जितको लागि तीन रन चाहिएको बेला शरदले विजयी चौका हान्दा नेपाललाई ऐतिहासिक सफलता हात पारेको हो । अब नेपालले सन् २०१४ मा न्युजिल्याण्डमा हुने विश्व कप छनोट प्रतियोगिता खेल्नेछ । १२ राष्ट्रको सहभागिता रहने प्रतियोगिताको शीर्ष दुई टोली विश्वकपको लागि छानिनेछन् भने शीर्ष ४ राष्ट्रले एक दिवसीय मान्यता पाउनेछन् ।
=====================================================================
Captain of Nepalese Cricket team Paras Khadka bating. |
गएराती अबेर भएको महत्वपूर्ण खेलमा आयोजक बुर्मुडाले अमेरिकालाई पराजित गरेपछि रन रेटमा अघि रहेको नेपाल समूह उपविजेता हुँदै डिभिजन टु बढुवा भएको हो । युगान्डा यसअघि नै लगातार चार खेल जित्दै डिभिजन टुमा बढुवा भैसकेको थियो । समूह चरणका खेलपछि नेपाल र युगान्डा अघिल्लो डिभिजनमा बढुवा हुँदा अमेरिका र आयोजक बर्मुडा डिभिजन थ्रीमै यथावत रहेका छन् । ओमान र सबै खेलमा पराजित इटाली रेलिगेशनमा पार्दै डिभिजन फोरम झरेका छन् । डिभिजन टुमा बढुवासँगै नेपालले सन् २०१५ को वान डे विश्वकप क्रिकेट प्रतियोगिताको छनोट समेत खेल्न पाउनेछ । अन्तिम खेलमा इटालीलाई ८ विकेटको भारी अन्तरले पराजित गरेपछि डिभिजन टुमा बढुवा हुन नेपालले त्यहि समय बर्मुडा र अमेरिकाबीचको खेलको नजिता कुरेको थियो । आयोजक बर्मुडाले अमेरिकालाई ५ विकेटले पराजित गरेपछि नेपाल रनरटेमा अघि रहँदै डिभिजन टुमा बढुवा हुँदै अर्काे सफलता हात पारेको हो ।
नेपाल र अमेरिकाले तीन–तीन खेलमा जित हात पार्दै समान ६–६ अंक जोडेका थिए । नेट रनरेटमा नेपालले अमेरिकालाई शून्य दशमलव एक ६ ले पछि पा¥यो । अन्तिम खेलमा इटालीलाई भारी अन्तरले पराजित गर्नुपर्ने बाध्यतामा रहेको नेपालले पहिले फिल्डिङ गर्दै धारिलो बलिङको नमुना प्रस्तुत ग¥यो । कप्तान परस खड्काले सुरुवाती दश ओभरमा तीन मेडन फ्याक्दा केलव ४ रन मात्र खर्चिएका थिए । नेपालले इटालीलाई दश ओभरमा दश रन कटाउनसमेत दिएको थिएन । प्रतियोगितामा पहिलो खेल खेलका स्पीनर राहुल विश्वकर्माले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि खेल नेपालको पक्षमा आउन थालेको थियो । राहुलले १० ओभरमा ३ मेडन राख्दा केवल २८ रन मात्र खर्चिए ।
इटालीको इनिङमा स्पीनर हाबी भएको दिन सञ्जम रेग्मीले पनि ३ विकेट चड्काए । सञ्जमले इटालीका तीन ब्याट्सम्यानलाई शिकार बनाउँदा एक मेडन राखेर ३२ रन दिए । अर्का स्पिन शक्ति गौचन सबैभन्दा किफायती बलर भए । उनले पनि १० ओभरमा दुई विकेट चड्काउदा २ मेडन राखेर केवल १५ खर्चिए । एक विकेट लिएका बसन्त रेग्मीले २२ रन दिँदा कप्तान पारसले ३ मेडन राखेर २४ रन दिए । इटालीका लागि काल सान्दीले सबैभन्दा बढी ३९ रन जोडे । ५ चौका हानेर क्रिजमा टिकिरहेका सान्दीलाई राहुलले ३७ ओभरमा १ सय ६ रन बनाउँदा आउट गरेपछि खेल नेपालको पक्षमा आएको थियो । १ सय २८ रनको लक्ष्य नेपालले केवल २ विकेटको क्षतिमा १४ ओभर ५ बलमा पार ग¥यो । नेपालका जितमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले ४७ आक्रामक पारी खेले । सुवासले ३५ बल खेल्दा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै अघिल्ला दुई म्याचमा टोलीमा नपरेका प्रदीप ऐरीले नटआउट ४२ रन जोडे । यता पारसले ८ बलमा ३ चौका र १ छक्का सहित २२ रन जोडे । अन्तिम दुई खेलेका उपकप्तान ज्ञानेन्द्र मल्लले १ चौका र १ छक्का हिर्काउदै १० रनमा अविजित रहे । यसअघि पहिलो खेलमा अमेरिका र दोस्रो खेलमा युगान्डासँग हार ब्याहोरेपछि नेपालको सम्भावना सुरुवातमै कमजोर बनेको थियो । तर पछिल्ला तीन खेलमा सानदार जित दर्ता गराएपछि नेपालले क्रिकेटमा अहिले सम्मकै ठुलो सफलता हात पारेको हो ।
No comments:
Post a Comment