काठमाडौ । हिउ“दको सुख्खा याममा पिउने पानीको अभावले काकाकुल बनेका काठमाडौ“ उपत्यकाबासीका गाग्रा वर्षायाममा पनि रित्तै नै छन् । बर्षाेदेखि पानीको हाहाकार झेल्दै आएका उपत्यकाबासीले यसपालीको बर्षायाममा पनि आवश्यकमात्रामा पिउने पानी पाउन सकेका छैनन् । काठमार्डौ उपत्यकामा खानेपानी वितरणको जिम्मा पाएको काठमाडौ उपत्यका खानेपानी लिमिटेट (केयुकेल) को असक्षमताले उपत्यकाबासीको तीर्खा मेटिन नसकेको हो । केयुकेलले हाल काठमाडौ उपत्यकामा आवश्यक खानेपानीको करिब ३३ प्रतिशत मात्रै आपूर्ती गर्न सकेको छ । उपत्यकाका अधिकासं खानेपानी ग्राहकका घरका धारामा प्राय पानीनै आउ“दैन, आइहालेपनि धमिलो र लेदोमात्र आउने गरेको ग्राहकहरुले गुनासो गर्देआएका छन् ।
नेपाल सरकारको मातहतमा रहेको खानेपानी संस्थान निकम्मा भएको र खानेपानी वितरण प्रभावकारी बनाउन नसकेको भन्दै सार्वजनिक—नीजी साझेदारी (पिपिपि) अवधारणामा गठन भएको केयुकेल झनै निश्प्रभावी बन्दै गएको छ । हाल उपत्यकामा दैनिक ३५ करोड लिटर खानेपानीको माग छ । तर, केयुकेएलले मुस्किलले दैनिक १३ करोड लिटर मात्र खानेपानीको आपुर्ती गर्देआएको छ । आर्थिक अभावले खानेपानीको पूर्वाधार सुधार गर्न नसक्दा खानेपानी वितरण चुस्त बन्न नसकेको केयुकेएलको भनाइ छ । आर्थिक अभाव रहेको बताएपनि उसले उठाउन सक्ने अर्ब रुर्पैया बढी खानेपानीको महसुल उठाउन ताकेता गर्न सकेको छैन । सरकारी कार्यलयहरुबाट मात्रै ५० करोड भन्दा बढी महसुल बक्यौता उठ्न बाकी रहेको प्रबक्ता सुरेश आर्चायले जानकारी दिए ।
सुख्यायामको फागुन देखि जेठ महिना सम्म त केयुकेएलले दैनिक र्नौ करोड लिटर मात्र खानेपानी वितरण गर्न सकेको थियो । भाद्र महिनामा भने प्रतिदिन करिब १५ करोड लिटरसम्म पानी उपलब्ध गराउन सकिने प्रबक्ता आचार्यले बताए । महत्वाकाङक्षी मानिदै आएको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौ नआएसम्म काठमाडौको हाहाकार कसैगरी पनि हटाउन नसकिने केयुकेएलको भनाइ छ । आयोजना सुरु भएको एक दशक वितिसक्दा पनि मेलम्ची खानेपानीको एक तिहाई सुरुङ मार्ग पनि पूरा भईसकेको छेन । मेलम्चीको पानी आउने कुनै निश्चित समय नै आकलन हुन नसकेको अवस्थामा ‘मेलम्चीको पानी आउ“छ र खानेपानीको अवस्था सुध्रिन्छ’,भन्ने केयुकेएलको भनाई हास्यास्पद भएको केयुकेएलकै एक कर्मचारीले बताए । उनले नया“ पत्रिकास“ग भने,‘खानेपानी संस्थानले छाडेको अवस्था भन्दा पनि नाजुक अवस्थामा संस्था पुगेको छ । धाराका नेटवर्कहरु सुधार गर्न केही पहल नै भएको छैन ।’
‘सरकार पनि केयुकेएलको सेयर होल्डर हो तर उसले ०६४ सालयता जम्माजम्मी सात÷आठ करोड रुपैया मात्र उपलब्ध गराएको छ’,प्रबक्ता आर्चायले भने,‘काठमाडौमा खानेपानीका पाईप र नेटवर्कहरु सुधार गर्न ५० करोड भन्दा बढी रकम आवश्यक छ । त्यत्रो रकम कहा“बाट ल्याउने ?’ गत आर्थिक बर्ष ०६८÷६९ मा करिब ४२ करोडमात्रै महसुल उठेको भन्दै प्रबक्ता आचार्यले त्यसमध्ये अधिकासं रकम सामान्य मर्मतसुधार र कार्यलय सन्चालनमै सकिने बताए । आर्थिक बर्ष ०६७÷०६८ मा कूल ५४ करोड ४१ लख विलिङ भएकोमा ३६ करोड मात्रै महसुल उठेको केयुकेएलको बार्षिक प्रतिवेदनमा उल्लेख छ । जबकी केयुकेएलको सन्चालन खर्च सो आर्थिक बर्षमा ३४ करोड सात लाख रहेको थियो । विलिङ अनुसारको भुक्तानी उठाउन नसक्दा सो आर्थिक बर्षमामात्रै केयुकेएलले सात करोड भन्दा बढी रकम घाटा खाएको थियो । उसका झन्डै १५ सय कर्मचारी रहेका छन् ।
कहाबाट आउछ उपत्यकामा खानेपानी ?
उपत्यकामका रहेको ४० लाख जनसङख्यालाई दैनिक ३५ करोड लिटर पानी आश्यक छ । तर, केयुकेएलले औसत १३ करोड र नीजि ट्याङकर र खानेपानी संस्थाहरुले दैनिक ओसतमा पाच करोड मात्र वितरण गर्न सकेका छन् । केयुकेएलले पानी सङकलन र प्रसोधन गर्ने मुख्य केन्द्रहरु सुन्दरीजल, बोडे, मनहरा, महाकालचौर, बासबारी, टहखेल र नख्खु हुन् । केयुकेएलले सुख्खायामममा ७५ प्रतिशत सतहबाट र २५ प्रतिशत पानी ट्युबेलबाट सङकलन गर्ने गरेको छ । यसैगरी, बर्षायाममा ६५ प्रतिसत सतहबाट र ३५ प्रतिशत ट्युब्लबाट सङकलन गर्ने गरेको छ ।
हाल उपत्यकाका ५५ स्थानमा ट्युबेलहरु रहेका छन् । बर्षेनी ३÷४ वटाको सङख्यामा ट्युबेल विग्रने र त्यत्तीकै मात्रामा नया“ स्थापना गर्ने गरिएको प्रबक्ता आचार्यले जानकारी दिए । उपत्यकाका महाकाङकाल चौरमा ११, त्रिपुरेश्वमा ५,बानेश्वरमा ४,क्षेत्रपाटीमा ३,महारानगन्जमा २१,ललितपुरमा ४, मधयपुर ठिमीमा ९,भक्तपुरमा २ र किर्तीपुरमा एउटा इनारबाट पानी सङकलन हु“दै आएको छ ।
किन नाजुक बन्यो केयुकेएल ?
सरकारी स्वामित्वमा रहेको खानेपानी संस्थान राजनीतीक दलहरुको कार्यकर्ता भर्ती र भ्रष्टाचारले माथि उठ्न नसकेको भन्दै खानेपानी वितरण ब्यवस्थापन बोर्डले सार्वजनिक—नीजि साझेदारीको अवधारणाबाट केयुकेएल खडा गरेको हो । बोर्डले काठमाडौ उपत्यका खानेपानी लिमिटेडलाई १ फागुन ०६४ मा ३० बर्षको लाईसेन्स प्रदान गरेको हो । केयुकेलमा नेपाल सरकार अन्र्तगतको भौतिक योजनात तथा निर्माण मन्त्रालयको ३० प्रतिशत, काठमाडौ महानगरपालिकाको ३० प्रतिशत, भक्तपुर, मध्यपुर र किर्तीपुर नगरपालिकाको १० प्रतिशत,नेपाल चेमबर अफ कमर्स र नेपाल उद्योग बाणिज्य महासङघको १५ प्रतिशत सेयर रहेको छ । १० प्रतिशत सेयर विक्रिी गर्न बाकी छ भने ५ प्रतिशत सेयर कर्मचारी ट्रस्टलाई दिने सहमती छ ।
केयुकेएलले खानेपानी संस्थानबाट उपत्यकामा खानेपानी वितरणको जिम्मा लिदा सुख्खायाममा ६० प्रतिशत र बर्षायाममा ३० प्रतिशत पानी अपुग रहेको थियो । तर, हाल बर्षायाममै पनि ६५ प्रतिशत पानी अपुग रहेको छ । ०६४ सालमा उपत्यकामा खानेपानीका १ लाख ६० हजार ग्राहक थिए भने पाच बर्षको अवधीमा करिब २० हजार मात्रै बढेका छन् । ग्राहक सङख्या बढेर पानीको आपुर्ती कम भएको पनि देखिदैन । किनकी,०६४ सालमा चार÷चार दिन विराएर धारामा पानी छाड्ने गरिएिकोमा हाल त्यसलाई २ दिन बढाएर छ÷छ दिनमा मात्र छाड्ने बनाईएको छ ।
०६४ सालमा १ लाख ३० हजार ग्राहककोमा मिटर राखिएको थियो भने त्यसमा पनि ४० प्रतिशत मिटर काम नलाग्ने अवस्थामा रहेका थिए । आर्थिक बर्ष ०६७÷६८ मा आईपुग्दा करिब पाच हजार मिटर मात्र रिपेयर भएका छन् । उपत्यका भरमा १४ सय किलोमिटर खानेपानीको पाईप रहेकोमा एसियलाी विकास बैङकको सहयोगमा पाईप फेर्न सुरु भएपनि सो काम बीचमै रोकिएको छ । हाल उपत्यकाका दश शाखामध्ये महाराजगन्ज शाखामा सर्वाधिक २८ हजार नौ सय तथा महाकालचौर शाखामा २८ हजार ६ सय ग्राहक रहेका छन् ।
०६४ मा जिम्मेवारी सुरु गर्दा केयुकेएलस“ग १७ ट्याङकर रहेकोमा हाल २७ ट्याङकर रहेका छन् । त्यसबेला १० मध्ये ८ शाखाले राम्रोसग कामै गर्न नसकेको तथा ४८ प्रतिशत रुट २५ बर्ष भन्दा पूराना रहेको केयुकेएलले रिपोर्ट तयार पारेको थियो । अहिले पनि सो हविगत जहाको तही छ । अधिकासं रुटहरुमा चुहिने समस्याको समधान र विधी नभएको तथा कुनै पनि शाखाले रुटका नक्साहरु अपडेट नगरेको रिपोर्ट तयार पारेको केयुकेएलले अहिलेसम्म पनि ती समस्याहरु समाधान गर्न सकेको छैन ।
प्रत्येक हप्तामा औसतमा ६० उजुरीहरु ग्राहकबाट हरेका शाखामा आउने गरेको केयुकेलले जनाएको छ । सबै साखामा मुख्य रुपमा तीन उजुरी आउने गरेका छन् । पानी आउ“दैनआउने वा कहिलेकाही मात्रै आउने, चुहावट र प्रदुषण र असमान वितरण नै मुख्य गुनासा हुने गरेका छन् ।
चुस्त र प्रभावकारी रुपमा खानेपानी वितरण गर्ने जिम्मा लिएको केयुकेएल दिनप्रतिदिन धरासायी बन्दै गएको यसको कामले नै पुष्टि गर्छ । नत वितरण प्रणालीमा कुनै सुधार गर्न सकेको छ नत महसुल भुक्तानीमा । मेलम्चीबाट ल्याउने भनिएको पानी नआएसम्म उपत्यकाको हाहाकार हटाउन नसकिने केयुकेलले बताउ“दै आएको छ । वितरणका लागि पर्याप्त पानी उत्पादन गर्नै ठाउ नभएको तथा प्राविधिक सुधारका लागि आर्थिक अभाव रहेको प्रबक्ता आचार्यले बताए ।
सरकारी कार्यलयहरुले नै महसुल नतिर्दा सुधारमा उल्लेख्य काम गर्न नसकेको दावी गर्दे आचार्यले भने,‘सार्वजनिक धाराहरुमा वितरण गरिएको पानीको विल पाच करोड पुसगसकेको छ तर अर्थ मन्त्रालयले त्यसको एक रुपैया पनि दिएको छैन ।’ पर्याप्त मात्रामा खानेपानी वितरण गर्न नसक्दा महसुल नतिर्नेहरुको धारा काट्न नसकिएको उनले स्विकार गरे । ‘हामीले नै पानी र गुणस्तर दिन सकेका छैनौ । महसिुल मात्रै उठाएर धारा काट्दा त अलि गारो पर्दाेरहेछ, त्यसैले समस्या भएको हो’,आर्चायले थपे,‘मेलम्ची नआए पानी वितरण सहज गर्न सक्ने अवस्था छैन ।’
No comments:
Post a Comment