मनोज सत्याल
काठमाण्डौँ । सबैजसो पर्वहरुको आ–आफ्नै विषेशता हुन्छन् । कतिपय पर्वहरु त वैज्ञानिक दृष्टिकोणबाट पनि उपलब्धिमूलक मानिन्छन् यस्तै पर्वहरु मध्येको एक पर्व हो माघे संक्रान्ति अथात् मकर संक्रान्ति । आम समुदायमा माघे संक्रान्ति तिल संक्रान्ति, घ्यू, चाकु तथा तरुल खाने पर्वको रुपमा चित्रित छ ।
सूर्य सोही दिनबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस संक्रान्तिको नाम मकर संक्रान्ति भनेर प्रचलनमा आएको देखिन्छ । चाकु घ्यू खादाँ शरिरमा लागेको चिसो कम हुने भएकाले पनि यस संक्रान्तिलाइ वैज्ञानिक रुपबाट आवश्यक रहेको देखिन्छ ।
तर पछिल्लो समय माघे संक्रान्ति मनाउने क्रम घटिरहेको छ । स्थानिय ब्यापारिहरु पनि माघे संक्रान्ति मनाउे प्रचलनमा निकै कमि आएको बताउँछन् ।

माघे संक्रान्ति पर्वको अवसरमा खाइने तरुल, सखरखण्ड, लगायतका सामानको मुल्य स्थीर रहेपनि यस बर्ष चाकु, तिलको लड्डु लगायतका सामानको मुल्य भने वृद्धि भएको ब्यापारीहरुले जनाएका छन् । बजारमा कच्चा पदार्थको मुल्य वृद्धिका कारण पनि चाकु लगायतका गुलियो समानका भाउ बढेको स्थानिय ब्यापारी बताउँछन् ।
माघे संक्रान्ति मनाउने प्रचलन घट्नुमा पछिल्लो दशकमा देखिएका सामाजिक परिवर्तनहरु जिम्मेवार छन् । ब्यस्त जनजिवन तथा हेरक विषयलाइ ब्यापारिक दृष्टिकोणबाट हेर्ने गरिदाँ कतै हाम्रा महत्वपूर्ण पर्वहरु हराएर जाने त होइनन् भन्ने चिन्ता समेत थपिएको छ ।
No comments:
Post a Comment