Sunday, January 2, 2011

सचिवहरुलाइ प्रश्न कार्यकारीको निर्देशन नमान्ने ः प्रधानमन्त्री 

प्रधानमन्त्री माधव कुमार नेपाल
प्रधानमन्त्री माधवकुमार नेपालले देशका कार्यकारी प्रमुख तथा राष्ट्रपतिको  निर्देशन समेत पालना नगरेको भन्दै कर्मचारीहरुको आलोचना गर्नु भएको छ । सिंहदरबारमा नेपाल सरकारका सचिवहरुलाइ निर्देशन दिदैँ प्रधानमन्त्री माधव कुमार नेपालले आफुले मुग्लीन पुल ममर्त गर्न दिएको निर्देशन तथा राष्ट्रपतिको चुरे क्षेत्रमा बन फँडानी रोक्न दिएको निर्देशन पालना नगरेको भन्दै कर्मचारीहरुको आलोचना गर्नु भएको हो । प्रधानमन्त्री नेपालले कार्यकारी प्रमुखको निर्देशन नमानेको भन्दै कर्मचारीहरुलाइ प्रश्न गर्नुभयो, ‘मैले निर्देशन दिएको काम त यति ढिलो हुन्छ भने जनताले भनेका काम कसरी होला ? यसको जिम्मेवारी कसले लिने ?’

प्रधानमन्त्री नेपालले मुग्लीन पुल मर्मत नभएको बताए लगत्तै भौतिक योजना तथा निमार्ण मन्त्रालयका सचिव पूर्ण कडरियाले मर्मत सकिएको बताउनु भएको थियो । त्यसलगत्तै प्रधानमन्त्री नेपालले सविचलाइ दिउँसै रात नपार्न सुझाव दिनु भएको थियो । कर्मचारीहरु माझ निकै उल्लासपूर्ण रुपमा प्रस्तुत हुनु भएपनि प्रधानमन्त्री नेपालले कर्मचारीहको चर्को आलोचना गर्नु भएको थियो । प्रधानमन्त्री नेपालले कर्मचारीहरुलाइ राजनिती गर्न मन भए राजीनामा दिएर मैदानमा आउन चुनौती दिदैँ भन्नुभयो ः  राजनिती गर्न मन भए राजीनामा दिएर मैदानमा जानुहोस् । राजनीतीमा जान मन नभए राम्रो सँग काम गर्न गर्नुहोस् ।   

नेपालले सचिवहरुलाइ काम गर्न नआए आउँदैन भन्न तथा थाहा नभएको कुरामा थाहा छ नभन्न समेत सुझाव दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो ः थाहा नभए थाहा छैन भन्नुस् नत्र अनावश्यक कुरा नगर्नुस् । प्रधानमन्त्री नेपालले आफ्नो १९ महिने कार्यकालमा सोचेजस्तो काम गर्न नपाउँदा बेचैन हुनु परे पनि आफूले बुता र विवेकले भ्याएसम्म कुनै बदमासी नगरी इमानदारी साथ काम गरेको उल्लेख गर्दै कर्मचारीलाई पनि ‘नबिराउनू–नडराउनू’को सूत्रबाट प्रेरित हुन आग्रह गर्नुभयो । 

नेपाल वायु सेवा निगमको नयाँ जहाज खरिद, काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन, वन फँडानीको नियन्त्रण र अत्यावश्यक क्षेत्रका सडक मर्मत र बिस्तारका काममा आफूले दिएको निर्देशन र चासोलाई पनि कतिपय निकायबाट उपेक्षा, ढिलासुस्ती, गलत रिपोर्टिङ्ग भएकामा सम्बन्धित निकायको आलोचना गर्नुभयो । 

प्रधानमन्त्रीले रावश्व सचिव कृष्णहरी बास्कोटाले लेख्नुभएको समसामयीक प्रशासन पुस्तकको पनि आजै विमोचन गर्नुभएको थियो । पुस्तकमा प्रशासन पुर्नसंरचना तथा सुधार सम्वन्धि विषयहरु समावेश गरिएको वास्कोटाले जानकारी दिनुभएको छ ।

भट्टराइलाइ कारवाहीको प्रस्ताव छैन ः दाहाल

माओवादीका अध्यक्ष पुष्प कमल दहालले पार्टिका अमुक नेता बाबुराम भटाराइ लाइ कारवाही गर्ने भन्ने कुरा प्रचारवाजी मात्र भएको बताउनु भएको छ । पार्टीको भातृ संगठन अखिल नेपाल क्रन्तीकारी विधार्थी संगठनका नव निवार्चीत पदाधिकारी द्रारा राजधानिमा आयाजीत चियापान समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले कारवाहीको प्रचारवाजी विलकुल गलत भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुयभो ः कारवाहीको प्रस्ताव राखिएको छैन, बैठकमा पार्टि सुदृढी बनाउने विषयमा छलफल भइरहेको छ । 

अध्यक्ष दाहाले आफनो पार्टी भित्र भएका बैचारीक बहसहरुलाइ अप व्याख्या गदै जनतामा भ्रम छर्ने काम बहिर भएको भन्दै त्यो विगतकाल हरुमा भए जस्तो प्रचार बाजी बाहेक अरु केही हुन नसक्ने दावी गर्नु भयो । उहाँले अफनो पार्टी नयाँ एकता कायमा साथ देशको नेतृत्व लिने दिशामा अगाडी बढेको स्पष्ट पार्नु भयो ।

केही दिन यता नेपाली संचार माध्यमा उपाध्यक्ष बाबुरामा भटाराईले पार्टीको निती भन्दा भन्दा फरक मत राखको भन्दै अनुशासनको कारवहि गर्ने प्रस्ताब स्थाइ समितीमा गएको समाचार बाहिर आएको थियो । कार्यक्रममा उपस्थीत हुनु भएका उपाध्यक्ष बाबुाराम भट्राइले समेत बैठकमा पार्टिलाइ सुदृढ र एकताबद्ध बनाउने विषयमा मात्र छलफल भइरहेको बताउनुयभो । 

अखिल क्रन्तीकारीको दुइ हप्ता अघि राजधानिमा समपन्न अधिेबेशनले अध्यक्ष हिमाल शर्माको नेतृत्वमा २०१ सदस्य नयाँ केन्द्रीय कार्य समीती चयन गरेको थियो । 

माओवादी बैठक जीम्मेवारी हेरफेरको निणर्य

भोली देखी सुरु हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्न बसेको एकीकृत माओावादीको स्थायी समितीको बैठकले पार्टिको स्थायी समिती देखी राज्य स्तर सम्मका नेताहरुको कार्य हेरफेर तथा विभाजन गरेको छ । 

पार्टि मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिती बैठकले जनमोर्चा सँग एकता भएएता पहिलो पटक कार्यविभजान गरेको हो । बैठकपछि माअ‍ेवादी सचिव सिपी गजुरेलले जनर्मोचा सँग एकता भए यता पहिलो पटक स्थायी सदस्य देखी राज्य समिती सम्मका नेताहरुको कार्य विभाजन, मिलान तथा हेरफेर गरिएको बताउनुयभो । यद्यपी शर्माले कस कसको कार्यविभाजन तथा कार्य हेरफेर गरिएको भन्ने बारेमा भने केही खुलाउनु भएन । माओवादी केन्द्रीय कमिटी बैठक भोलीबाट सुरु हुदैँछ । 

यसैबिच माओवादी स्थायी समिती बैठकले सभासद् खड्ग विश्वकर्माले चढेको गाडी चोरीको नभए पनि चोरीको भएको भनि प्रचार गरिएको भन्दै विरोध जनाएको छ । माओवादीले नेता विश्वकर्माले चढ्दै आएको गाडी माओवादी सरकारको पालामा मन्त्री परिषद्को निणर्य मार्फत विश्वकर्मालाइ दिइएको भन्दै चोरीको नभएको स्पष्ट गरेको हो । माओवादी सचिव सिपी गजुरेलले विश्वकर्माको गाडी शान्ती मन्त्रालयको भएको भन्दै उनलाइ चढ्न दिइएको बताउनुयभो । उहाँले यातायात ब्यवस्था विभागमा दर्ता गराउने क्रममै रहेको गाडीलाइ सरकारले गलत प्रचारका लागी कब्जामा लिएको समेत बताउनुभयो । सभासद् विश्वकर्माले चढ्दै आएको गाडी चोरीको भएको भन्दै गौशाला प्रहरीले काठमाडौंको गत विहीबार चाबहिलबाट नियन्त्रणमा लिएको थियो । 
यस्तै माओवादी बैठकले सर्लाहीको हरिवनमा उखु किसानहरूको आन्दोलनमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ । माओवादी प्रवक्ता दिनानाथ शर्माले आज एक विज्ञप्ती जारी गर्दै उखु किसानको आन्दोलनमाथि स्थानीय प्रशासनले निर्मम दमन गरेको भन्दै विराध जनाउनु भएको हो । किसान आन्दोलनमाथिको हस्तक्षेपलाई बहुलठ्ठीपूर्ण दमनको संज्ञा दिंदै माओवादीले किसानहरूको माग अनुसार उखुको मूल्य सबिकको कायम गर्न, घाइतेहरूको निःशुल्क उपचार र उनीहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारसंग माग गरेको छ ।

सहमतिका नाममा ठग्ने काम हुँदैछ – नेता पौडेल

नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सरकार गठनमा ठोस निर्णय नलिएको भन्दै एमाले नेतृत्वको आलोचना गर्नुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा नेता पौडेलले आफु हुदा सहमती हुने तर अरुको नाममा हुने सहमती मान्य नहुने उमाले नीति पाखण्डपन भएको टिप्पणी गर्नुभयो । विपी कोइराला स्मृति प्रतिष्ठान काठमाडौँले ३५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमा पौडेलले मेलमिलाप र सहमतिको कुरा सुन्दा प्रिय भए पनि नेपाली राजनीतिमा यो कुरा ढोंग साबित भइरहेको बताउनुभयो । 

एमालेप्रति लक्षित गर्दै पौडेलले भन्नुभयो—“हतियार नबिसाइन्जेल माओवादीलाई प्रधानमन्त्री बन्न निषेध गर्ने, रामचन्द्र पौडेललाई पनि भोट नदिने, दिँदा विरुद्धमा दिने अनि सहमतिको कुरा गर्ने र प्रवक्ता बन्ने, यो भन्दा ठूलो पाखण्ड के हुन्छ,” ।  एमालेले सहमतिको माला जप्दाजप्दा अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री फुत्काउनु परेको र माधव नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको नेता पौडेलले भनाई छ । 

सोही कार्यक्रममा नेकपा एमालेका नेता भरतमोहन अधिकारीले नेपाली राजनीतिमा अहिले विश्वासको ठूलो सङ्कट रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया र संविधान लेखनलाई अघि बढाउन माओवादी इमान्दार हुनुपर्ने बताउनुभयो । शान्ति र लोकतन्त्रलाई जोगाउन सकिएन भने मुलुकले ठूलो दुर्घटना ब्यहोर्नुपर्ने हुन्छ भन्दै नेता अधिकारीले शान्ति, संविधान र लोकतन्त्रका लागि जागरण अभियान जोगाउने बेला आएको छ भन्नुभयो । 

कार्यदलको निणर्य अनुमोदन भएन ः २८ दलीय बैठक विना निष्कर्ष

नयाँ संविधानमा देखिएको विवादित बुँदाहरुमा सहमति जुटाउन आज बसेको संविधानसभामा रहेका २८ दलको बैठक बिना निष्कर्ष स्थगीत भएको छ । संबिधानसभा सचिबालय सिहदरबारमा बसेको आजको बैठकमा मौलिक अधिकार र न्याय प्रणाली समितिको प्रतिबेदनमाथि भएको छलफलमा सहमती जुटन नसके पछि बैठक बिना निष्कर्ष स्थगीत भएको हो । 

बैठकमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलले गरेका सहमतीहरुलाई अनुमोदन गर्ने विषयमा विवाद भएको थियो । शीर्ष तीन दल समेत सहभागी भएको कार्यदललले गरेका सहमती जस्ताको तस्तै अनुमोदन गर्न खोजेपछि मधेशवादी र साना दलहरुले विरोध जनाएका थिए । कार्यदलले गरेका निर्णयहरुमा विवाद देखिएपछि कार्यदलले सहमती जुटाएका विषयहरु समेत अन्योलमा परेको छ । 

बैठकमा मौलिक अधिकार अन्तर्गत रहेको नागरिकता र न्याय प्रणाली अन्तर्गत रहेको विषयहरुमा तीन दलबीच भएका सहमतीमा आज २८ दलीय बैठकमा छलफल भएको थियो । आजको बैठकमा तीन दलबीच वंशजका आधारमा दिईने नागरिकताका लागि बाबु र आमा दुबै नेपाली हुनुपर्नै सहमती भएकोप्रति मधेशवादी दलहरुले विरोध जनाएपछि बैठकमा सहमती जुट्न नसकेको हो । 

स्वतन्त्र न्यापालिका हुनुपर्नैमा सबै दल सहमत भएपनि न्यायप्रणालीमा उल्लेख गरिने प्रधानन्यायाधीश, न्यायधिशहरु र सबैधानिक अंगका प्रमुखहरुको नियुक्ती प्रक्रियाका र नियुत्तःीको संयन्त्रका विषयमा दलहरुबीच पुन विवाद सुरु भएको हो । नियुक्तीका लागि संवैधानिक परिषद बनाउने विषयमा मोटामोटी सहमती भएपनि प्रक्रियाका विषयममा छलफल जारी रहेकाले भोली बस्ने बैठकले ठो निर्णय गर्नै एमाले सचेतक भीम आचार्यले जानकारी दिनुभयो । आजको बैठकमा विभिन्न देशहरुको मोडलका सम्बन्धमा छलफल भएको र भोलीको बैठकका लागि बलियो आधार तयार पारेको आचार्यले बताउनुभयो ।

यस्तै बैठकमा सहभागी माओवादी नेता देव गुरुङले नागरिकताका समबन्धमा छलफल जारी रहेको र धेरैजसो विषयमा सहमती जुटिसकेको जानकारी दिनुभयो । तीनदलीय कार्यदलमा भएका सहमती २८ दलीय संयन्त्रले स्विकार गर्न पनि सक्ने र अस्विकार पनि गर्न सक्ने भएकाले दलहरुकाबीच सबै विषयमा गम्भिर छलफल भईरहेको बताउनुभयो ।

पदमुक्त गर्न प्रधानमन्त्रीसँग आग्रह

तराई मधेश लोकतान्त्रिक पार्टीले एमालले आफ्नो पार्टि फुटाएको आरोप लगाएको छ ।  काठमाडौंको बिजुलीबजारस्थित पार्टी कार्यालयमा संचारकर्मीहरुसंग कुरा गर्दै तमलोपाका नेताहरुले सत्तामा जानकै लागि एमालेले तमलोपा फुटाएको आरोप लगाएका हुन् । तमलोपा संसदीय दलका प्रमुख सचेतक वृजेशकुमार गुप्ताले संसदको आगामी अधिवेशनमा प्रधानमन्त्रीका दावेदार एमाले अध्यक्ष झलनाथ खनालले कुर्सीकै लागि आफ्नो पार्टी फुटाएको आरोप लगाउनुभयो । गुप्ताले भन्नुभयो ः सरकारमा जानकै लागि एमाले अध्यक्ष झलनाथ खनालले तमलोपा फुटाए अब एमाले पनि फुटाउँछन् । 

यसअघि आजै तराई—मधेस लोकतान्त्रिक पार्टीले पार्टी फुटाएर गएका उद्योगमन्त्री महेन्द्र राय यादव र दानबहादुर चौधरीलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा गएको टोलीले उनीहरु तमलोपाबाट मन्त्री भएकाले तमलोपा छाडिसकेपछि सो पदमा राख्न नहुने भन्दै पदमुक्त गर्न माग गरिएको प्रमुख सचेतक व्रिजेशकुमार गुप्ताले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीलाई भेट्न पार्टी अध्यक्ष ठाकुर सँगै सहअध्यक्ष हृदयश त्रिपाठी,महामन्त्री जितेन्द्र सोनल तथा सचेतक गुप्ताको टोली गएको थियो । आफुहरुको आग्रहमा प्रधानमन्त्री सकारात्मक रहेको तमलोपाले जनाएको छ । तमलोपाले दुईजनालाई पदमुक्त गर्न लिखित रुपमै प्रधानमन्त्रीसँग माग गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा पार्टी फुटाउने तत्वलाई पार्टीका नामबाट मन्त्री पदमा रहिरहने अधिकार नभएको सचेतक गुप्ताले बताउनुभयो । उद्योगमन्त्री यादवको नेतृत्वमा नौ सभासदले तमलोपाबाट छु«िट्टएर तमलोपा नेपाल नामक नयाँ पार्टीको गठन गरेका थिए ।

कोइराला–ओली भेट

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाले नेता केपी शर्मा ओलीलाइ रामचन्द्र पौडेलको उमेद्धारीको पक्षमा मतदान गर्ने निणर्य पार्टिबाट अनुमोदन गराउन आग्रह गर्नु भएको छ ।  कोइराला निवास महाराजगञ्जमा आज विहान भएको ओली सँगको भेटमा कोइरालाले सत्ता समिकरण र खनालको अभिब्यक्तिको विषयमा समेत स्पष्ट हुन ओलीलाइ आग्रह गर्नु भएको बताइएको छ । यद्यपी भेट पछि दुबै नेताले प्रतिक्रिया भने दिनु भएन । कोइराला निवासस्रोतका अनुसार भेटमा सत्तासमीकरणका विषयमा छलफल भएको थियो ।

प्रहरीको जागिर चट्

पश्चिम दाङको हंशपुरकि एक महिला माथि वलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरी हरुलाइृ नेपाल प्रहरी वाट निलम्वन गरीएको छ । जिल्ला प्रहरी कार्याल्य दाङले दिएको जानकारी अनुसार वलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरी हवल्दार धर्म वहादुर मल्ल र प्रहरी जवान वालाराम चनारालाई निलम्वन गरीएको हो । साथै पक्राउ गरेका उनिहरुलाई सामान्य नागरीक सरह कारवाही गरीने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साथै पक्राउ परेका उनिहरुलाई अनुसन्धानका लागी आज ७ दिनको म्याद थप गरीएको पनि प्रहरीले जनाएको छ ।

No comments: