Saturday, April 2, 2011

चैत्र १९ गते २०६७

विबाद मिलाउन माओवादी आबासीय शिविरमाः 

Maoist Leader's Meeting at Sindhupalchok
सिन्धुपाल्चोक, १९ चैत । पार्टीमा बढ्दै गएको आन्तरिक विबाद समाधान गर्न शनिबारबाट शुरु भएको माओवादी स्थायी समितीको बैठकमा पार्टीमा देखिएको मतभेद बारे गम्भीर छलफल भएको छ । सिन्धुपाल्चोकको सुकुटेस्थित एक रिर्सोटमा शुरु भएको आवसीय बैठकमा पार्टी फुटको संघारमा पुगेको भनि बाहिर आएको चर्चाको बारेमा छलफल शुरु भएको बताइएको छ ।

पार्टीमा अध्यक्ष लगायत उपाध्यक्षद्धय मोहन वैद्य र डा. बाबुराम भट्टराई पक्षवीच वर्तमान राजनीति र पार्टीको भावी कार्यदिशा बारेमा मतभेद भुसको जस्तै सल्किदै गएपछि माओवादी गम्भीर छलफलमा जुटेको हो । शनिबार पहिलो दिनको बैठकमा सबै स्थायी समिति सदस्यहरुले एकसरो विचार राखेको र नेताहरुले पार्टीमा एकताको सन्देश दिनुपर्नेमा जोडदिएको बैठकपछि प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । शर्माले बैठकले पार्टि फुट्न लागेको नभइ जु्ट्न लागेको सन्देश दिएको समेत बताउनुभयो । 

रिसोर्टमा बसिरहेको स्थाइ कमिटि बैठकमा मुलुकको समसामयीक राजनीतिक घटनाक्रम, सरकारलाई पूर्णता दिनमा भएको ढिलाइ, पार्टीभीत्रको विबाद र कार्यविभाजन वारे छलफल भइरहेको शर्माले बताउनुभयो । एकान्तमा बसेको बैठकबाट महत्वपूर्ण निणर्य गर्दै आएको माओावदीको यो बैठकले पनि महत्वपूर्ण निणर्य गर्ने अपेक्षा गरिएको छ ।  

संविधान जारीगर्ने समय छोटिएको समयमा शान्ति प्रक्रिर्यालाइ कसरी टुङ्गाउने तथा माओवादी जनसेनाका लडाकूको समायोजनवारे स्थाइ कमिटि बैठकमा गम्भीर छलफल भइरहेको बुझिएको छ । बैठक अघि माओावादी स्थायी समिती सदस्य एवम् शान्ती मन्त्री बर्षमान पुन अनन्तले सेनाले प्रस्तुत गरेको लडाकु समायोजनको खाकाका विषयमा समेत छलफल हुने बताउनु भएको थियो ।  

बैठकमा पार्टीको मजदुर संगठनभीत्र देखिएको विबाद र देशभर पार्टी कार्यकर्तामा देखिएको निराशा बारेमा समेत छलफल हुने बताइउको छ । बैठक भोली पनि जारी रहने छ ।   

नेविसंघ सभापति पौडेलको राजिनामा पछि काँग्रेश केन्द्रिय समितीको बैठक स्थगित

काठमाण्डौं, १९ चैत्र । भातृ संगठन नेपाल विद्यार्थी संगठन विघटनको विषयमा मतदान नजिक पुगेको नेपली काँग्रेस केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । नेविसंघ अध्यक्ष प्रदिप पौडेलले अध्यक्षबाट राजिनामा दिएपछि काँग्रेस केन्द्रीय कमिटी बैठक प्रभावित बनेको हो । 

पार्टि महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा बनेको भातृ संगठनमा देखिएको विवाद समाधान समितीले नेविसंघ विघटनको प्रस्ताव गरेपछि काँग्रेसमा सो विषय विवादित रहँदै आएको छ । सिंहको सयोजकत्वमा गठित समितीले नेविसङघकको वैधानिक समयावधी सकिसकेकाले हालको समिती विघटन गरी तदर्थ समिती बनाएर तत्काल अधिवेशनमा जानुपर्नै सुझाव दिएको थियो । त्यसको बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले चर्काे बिरोध गर्दै आएको छ । 

नेविसंघ विघटनको प्रस्ताव उठेपछि सो विषयलाइ लिएर नेविसंघ समेत दुइ भागमा विभाजीत भएको थियो । नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमीरे, महामन्त्री भूपेन्द्रजंग शाहि लगायतले नेविसंघ विघटनको माग गर्दै आएका छन् । यद्यपी प्रदिप पौडेल पक्षिय नेविसंघले आउँदो असार ८ देखी १० गते सम्म महाधिवेशन गर्ने प्रस्ताव गर्दै आएको छ । 

काँग्रेस बैठकमा केहि केन्द्रीय सदस्यहरुले वर्तमान कार्यसमिति बिघटन गरि नयाँ तदर्थ समिती मार्फत महाधिवेशन गनुपर्ने बताउँदै आएका छन् भने केहीले अहिलेकै कार्यसमितीलाइ निर्वाचनकालागी सयम दिन माग गर्दै आएका छन्् । 

यसैबिच नेबिसंघका अध्यक्ष प्रदिप पौडेलले आफ्नो कारणबाट पार्टिमा विवाद नहोस् भनेर पदबाट राजिनामा दिएको बताएका छन् । पौडेलले आज पार्टि केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनलाई हाँकेर हिड्नुपर्ने मुलुकको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी काँग्रेसमा आफ्ना कारण विवाद भएको दखिएकाले नैतिकताको आधारमा राजिनामा दिएको बताए । पौडेलले आजै सभापति सुशिल कोइरालाई राजीनामा पत्र बुझाएका थिए ।

काग्रेस र मधेसवादी विहिन दुई तीहाईले मात्रै संविधान जारी गर्नु हुदैनः राष्ट्रपति

काठमाडौ, १९ चैत । राष्ट्रपति डा रामबरण यादवले काग्रेस र मधेसवादी दलहरुलाई साथ नलिई दुई तिहाई बहुमतबाट संविधान जारी गराउने योजना उपयूक्त नभएको बताउनुभएको छ । 

राष्ट्रिपति भवन शितल निवासमा पुगेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिपति यादवले सर्वसम्मत नभए दुई तिहाईबाट संविधान जारी गर्ने संबैधानिक ब्यवस्था भएपनि चार शक्तिवीच सहमति भएको संविधानले मात्रै दिगो शान्ति स्थापना गर्ने धारणा राख्नुभयो । उहाले सबैको सहमतीमा बनेको संबिधान मात्र सर्वस्विकार्य र दिगो हुने बताउनुभयो । उहाँले भन्नुभयो–संविधान बनाउन कम्तीमा चार राजनीतिक शक्तिहरु एकीकृत नेकपा माओवादी, नेपाली काग्रेस, नेकपा एमाले र मधेसवादी दलहरुवीच सहमति बनाएर अगाडि बढनुपर्छ । यस्तो भए समयमै संविधान बन्छ र दिगो शान्ति स्थापना गर्छ । 

आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न जारी शान्ति प्रक्रिया र संविधान लेखन कार्यलाई निश्कर्समा पुर्याउनु पर्नेमा जोड दिदै राष्ट्रपतिले त्यसकालागी मुलुकका प्रमुख चार राजनीतिक शक्तिहरुवीच सहमति र सहकार्य हुनु पर्ने बताउनुभयो । राष्ट्रपति यादवले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई कुन अघि पछि भन्दा पनि सँगसँगै अगाडि बढाउनु पर्नेमा पनि जोड दिनुभयो ।  सेना समायोजन विशेष समितिमा सहमतिकालागी सघन छलफल गर्नु पर्ने भन्दै उहाँले विशेष समितिमा सहमति बन्दै गए संविधान निर्माण पनि सहज हुने धारणा राख्नुभयो । 

राष्ट्रपति यादवले निर्धारित समयमा संविधान निर्माण हुन नसकेको अवस्थामा संविधानसभाको म्याद थप्ने भए जेठ १४ गतेको मध्यराती भन्दा पनि पहिला नै के गर्ने भन्ने विषयलाई टुङ्गयाउनु दलहरुलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो– मुलुकलाई अन्धकारमा राख्नु हुँदैन । भोली के गर्ने भन्ने कुरामा पहिलानै सहमति गरेर निकास दिनुपर्छ । यसविषयमा सरकार र सदनले के गरिरहेको छ , विषयहरु पहिलानै जनताका सामू आउनु पर्यो । 

अर्थ सचिव रामेश्वर खनाल मामाघरमा : पुन पदमा नर्फकने निणर्य

पर्वत, १९ चैत्र । अर्थमन्त्रिसँगको बिवादपछि पदबाट राजिनामा दिनुभएका अर्थसचिव रामेश्वर खनालले आफु कसैको दबाबमा परेर नभइ लोभ लालच र भ्रष्टाचारको दलदलबाट मुक्त हुन राजीनामा दिएको स्पष्ट पार्नुभएको छ । मुडफ्रेसका लागि भन्दै आज पर्वतको कुश्मा पुग्नुभएका खनालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्रिसँग आफ्नो सामान्य मतभेद रहेपनि राजीनामा प्रकरणमा भने अर्थमन्त्री भरतमोहन अधिकारीको कुनै दोष नभएको दाबी गर्नुभयो । उहाले केही समय अगाडिदेखि नै राजिनामा दिने तयारीपछि नै राजिनामा दिएको बताउनुभयो । अर्थसचिवको पदमा रहेर काम गर्नुभन्दा बाहिर नै बसेर समाजसेवा गर्दा उपयुक्त हुने ठानेर राजीनामा दिएको उहाको भनाई थियो । खनालले अबका दिनहरुमा पुनः सोही पदमा आफु फर्केर नजाने भन्दै अध्यायनमा लाग्ने बताउनुभयो । 

कास्कीको घान्द्रुक र घोडेपानीको भ्रमणको पछि आज उहा पर्वत पुग्नुभएको हो । आफन्तसँगै रहनुभएका खनालले आज बिहान कुश्मास्थित नेपालकै अग्लो ज्ञादी झोलुंगेपुल अवलोकन गर्नुभएको छ । गत मंगलबार पदबाट राजीनामा दिएपछि सञ्चारमाध्यमबाट उहाँ टाढा रहँदै आउनुभएको थियो । 

अर्थ सचिव खनाललाई माओवादी अध्यक्ष दाहालले दबाब दिएका हुन्

धनगढि, १९ चैत्र । नेकपा एमालेका नेता माधवकुमार नेपालले माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबाबमा आएर अर्थसचिव रामेश्वर खनालले राजीनामा दिएको दाबी गर्नुभएको छ । नेपाल लोकतान्त्रिक थारु संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न आज धनगढी पुग्नुभएका नेपालले धनगढी बिमानस्थलमा सञ्चाकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । कस्तो दबाब हो भन्ने बारेमा भने उहाले केहि खुलाउनुभएन । खनाल स्वाभीमानी राष्ट्रसेवक भएकाले उनलाई अनुचित दबाब सह्य नभएकाले राजीनामा दिएको नेपालको भनाइ थियो । र नेता नेपालले सरकरालाई खनालको आवश्यकता रहेकाले पुन फर्कन आग्रह समेत गर्नुभयो ।

अन्तराष्ट्रिय समाचार
पश्चिमी आइभरीकोष्टमा एक साता अघि फैलिएको हिंसामा परि आठ सयको मृत्यु 

पश्चिमी आइभरीकोष्टमा एक साता अघिदेखि फैलिएको हिंसामा परि मृत्यु हुनेको संख्या ८ सय नाघेको रेडक्रसको अन्तराष्टिय समितीले जनाएको छ । पश्चिमी शहर दुईकोयु र अभिजानमा संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त राष्ट्रपति अलासाने औटाराका सर्मथक सेना र वर्तमान राष्ट्रपति लरेण्ट ग्वाग्वोका सेनाबीच भिडन्त भई हुदैँ आएको छ । 

भिडन्त बढ्दै जाँदा जातिय हिसांको सम्भावना बढेको विविसिले जनाएको छ । विविसीका आइभोरिकोष्ट सम्वादाता जोन जेम्सले दुइकोयु शहरलाइ राष्ट्रसंघ समर्थीत राष्ट्रपति ओटारा समर्थकले कब्जामा लिएको बताएका छन् । यसैबिच ओटारोल अभिजान शहरमा कफ्यु जारी गरेका छन् । उनले रातिको समयमा कफ्यु जारी गरेको अन्तराष्ट्रिय मिडीयाले रिपोर्टिङ गरेका छन् ।  

गत बर्ष नोभेम्बरमा भएको चुनाबमा त्यहाको निर्बाचन आयोगले औटारा बिजयी भएको घोषणा गरे पनि लरेण्टले स्वयम बिजेता भएको घोषणा गरि सत्ता नछाडे पछि त्यहा गतिरोध उत्पन्न हुदै आएको छ । पछिल्ला दिनमा त्यहाको राजनितीक सकंट झन चुलिदै गएको छ । आइभोरिकोष्टको अन्तराष्ट्रिय विमानस्थल लगायतका महत्वपूर्ण क्षेत्रको राष्ट्रसंघ मातहतको फ्रान्सेली सेनाले सुरक्षा गर्दै आएको छ ।

खेल समाचार
विश्वकप क्रिकेटको उपाधि भारतलाइ 

भारत क्रिकेटको विश्व विजेता बन्न सफल भएको छ । १० औँ संस्करणको विश्वकप क्रिकेटको उपाधि भिडन्तमा केहिबेर अघि श्रीलङ्कालाइ ६विकेटले पराजित गर्दै भारत विश्व विजेता बनेको हो ।  घरेलु मैदान बाङखडे स्टेडियममा भएको खेलमा श्रीलङ्काद्धारा प्रस्तुत २७५ रनको लक्ष्य भारतले ४८ ओभर २ बल ब्याटिङ गर्दै मात्र ४ विकेटमा भेट्टाएको थियो ।
भारतको जितमा गौतम गाम्भीरले सर्वाधिक ९७ रन तथा कप्तान महेन्द्र सिंह ध्वनीले ९१ रनको योगदान गरेका थिए ।

भारतले आफ्ना ओपनरद्धय विरेन्द्र सेहेवागलाइ विना कुनै रन तथा सचिन तेन्दुल्करलाइ १८ रनमा गुमाएपनि उसको इनिङ सम्हाल्न गौतम गाम्भीर तथा ध्वनीले उत्कृष्ठ साझेदारी गरेका थिए । श्रीलङ्काका लासिथ मालिङ्गाले २ थिसरा परेरा १ र तिलकरत्ने दिलसानले १ विकेट लिएका थिए । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले माहेला जयवर्दनेको शतकिय १०३ रनको सहयोगमा पुरै ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २७४ रनको योगफल तयार गरेको थियो ।

श्रीलङ्काका लागी जयर्वदनेले शतकिय १०३ रनको योगदान गरेपनि जितका लागी प¥याप्त बन्न सकेन । भारतका युवराज सिंह र जाहिर खानले २–२ तथा हरभजन सिहले १ विकेट लिएका थिए ।

No comments: