Thursday, March 31, 2011

चैत्र १६ गते २०६७


संवैधानिक समितिद्वारा उपसमितिको म्याद वैशाख एक सम्म थप

काठमाण्डौ, चैत्र १६ । संविधानसभा संवैधानिक समितिले संविधानका अन्तरबस्तुमा देखिएका विवाद समाधानगर्न गठित विवाद समाधान उपसमितिको म्याद बैशाख एक गतेसम्म थप गर्ने निर्णय गरेको छ । संसद सचिवालय सिंहदरबारमा आज बसेको बैठकले उपसमितिको काम सन्तोष जनक भएको ठहरगर्दै म्याद पन्ध्र दिन थप गर्ने निर्णय गरेको हो । सहमति जुटन नसकेका वाँकी विवाद टुग्याउनका लागि समय थप गरिएको संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । उपसमितिले काम सन्तोसजनक देखिएकोले १५ दिनमा विबाद समाधान समाधान हुने अपेक्षा सहित म्याद थपगर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । 

उपसमितिको म्याद थप भएपनि संयोजक फेर्नुपर्ने प्रस्ताव वैठकमा एकीकृत माओवादीले राखेको छ । माओवादी नेता देवप्रसाद गुरुगले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल उपसमितिमा बस्न नसुहाउने दावीगर्दै संयोजक परिवर्तनको प्रस्तताव गरेको बताउनुभयो । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड संयोजक बस्दा माओवादीले उठाएका सबै क्रान्तिकारी मुद्दामा सम्झौता भएकोले संयोजक फेर्नुपर्ने प्रस्ताव पार्टीभीत्रवाट आएको हो । नेता गुरुङ्गले माओवादीले पाएको संयोजकमा व्यक्ती छनौट गर्ने अधिकार पार्टीमै हुने दावीगर्दै यसविबषयमा टुगो नलागि उपसमितिको बैठक नबस्ने उहाँले दावी गर्नुभयो । 

अन्यदलले भने संयोजक परिवर्तन गर्नुपर्ने माओवादी प्रस्तावप्रति आशंका व्यक्त गरेका थिए । कागे्रस लगायत कतिपय दलले माओवादीले संविधान बनाउन नचाहेका कारण उच्चस्तरीय कार्यदल र उपसमिति दुवैमा प्रचण्ड बस्न नमानेको आरोप लगाएका छन । सभापति आचार्यले भने उपसमिति यथावत रहेका कारण म्याद थपिएको बताउनुभयो । एमाले नेता सुरेन्द्र पाण्डेले माओवादीका तर्फवाट नै उपसमितिको संयोजक परिवर्तनको प्रस्ताव आउनु गम्भीर भएको बताउदै संविधान निर्माणमा असर पर्ने टिप्पणी गर्नुभयो । फागुन १३ गते गठित उपसमितिले न्याय प्रणाली लगायत विभिन्न बिषयमा सहमति जुटाएको थियो । 

सेना समायोजन समिती सचिवालय ब्यवस्थीत गर्ने सरकारी निणर्य 

काठमाडौ १६ चैत्र । सरकारले सेना समायोजन विषेश समिति सचिवालयको कार्य व्यवस्थित गर्न कर्मचारी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आजको बैठकले सेना समायोजन तथा पुनस्थापना विषेश समिति अन्तर्गतको सचिवालयले तयार पारेको कार्यविधि अनुसार कर्मचारी दरबन्दी र भत्ताको व्यवस्थापन गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता शिक्षामन्त्री गङ्गालाल तुलाधारले जानकारी दिनु भयो । सचिवालयमा ४ सय २१ जना कर्मचारीको दरबन्दी तोकेको उहाँले बताउनु भयो । मन्त्रीपरिषद बैठकले करदाताहरुलाई कर तिर्न सहज बनाउन उपत्यकाका विभिन्न १३ ठाँउमा नयाँ करदाता सेवा केन्द्र खोल्ने निर्णय गरेको छ । 

बैठकले हालैका दिनहरुमा देशका विभिन्न भागमा भएको श्रंखनाबद्ध विष्फोटका घटनाहरुको भत्सर्ना गर्दै तत्काल यस्ता कार्य बन्द गर्न आग्रह समेत गरेको छ । घटनामा संलग्न जो कसैलाई पनि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको र  घटनाका पिडीतहरुलाई क्षेतिपूर्ती दिने निर्णय गरेको प्रवक्ता तुलाधारले बताउनु भयो । 
बैठकले पर्यटन वर्ष २०११लाई सफल पार्न अन्तराष्टिय सभासम्मेलनका लािग १ सय जनासम्म विदेशी नागरिक भित्र्याउने संस्थालाई ५ लाख नगद अनुदान दिने निर्देशीका तयार गरी मन्त्रीपरिषदको आर्थिक समितिमा पठाएको छ । यस्तै मावनअिधकार सम्बन्धी पुरस्कार संचालनका लागि निर्देशिका तयार गरी छलफलमा लाने निर्णय समेत गरको प्रवक्ता तुलाधरले जानकारी दिनुभयो ।  

यसैगरी सरकारले लघु तथा साना जलविद्युत आयोजनाका लागि यसअघि दिइदै आएको ५० प्रतिशत अनुदानलाई बढाएर ८० प्रतिशत दिने निर्णय गरेको छ । यस्तै निर्यातमा नगद प्रोत्सहान गर्न कार्यविधि समेत तयार पारिएको छ । आजको बैठकमा अर्थसचिव रामेश्वर खनालको राजीनामा बारेमा छलफल हुने भनिएपनि यसबारेमा कुनै छलफल नभएको प्रवक्ता तुलाधारले जानकारी दिनुभयो । 

अर्थसचिब प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागगर्दै कागे्रसद्वारा संसद अबरुद्धः 

काठमाण्डौ, चैत्र १६ । मन्त्रीको दवाबमा अर्थ मन्त्रालयका सचिव रामेश्वर खनालले राजीनामा दिएको बारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै कागे्रसले सदनको बैठक चल्न नदिने बताएपछि संसदको आजको बैठक स्थगित भएको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर कागे्रस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले एउटा निष्ठावान कर्मचारीलाइ राजीनामा गर्न बाध्य तुल्लाइएको घटनाले अर्थमन्त्री भरतमोहन अधिकारी शंकाको घेरामा परेको आरोप लगाउनु भएको हो । सभामुखले नियमित कार्यसूचीमा प्रवेशगर्ने समयमा कागे्रस सचेतक घिमिरेले बैठकको कार्वाही अघि बढ्न नसक्ने दोहो¥याउनु भएको थियो । संसदको आर्को बैठक आगामी १८ गते शुक्रवार दिउसो ३ बजे सम्मकालागि स्थगित भएको छ । 

सचिव खनालको सक्रियतामा नक्कली भ्याट विलको छानविन रोक्नकालागि निर्देशन दिएको तथा व्यापक सरुवा गर्ने अर्थमन्त्रीको दवाब थेग्न नसकेर सचिवले राजीनामा गर्ने परिस्थिति सृजना भएको उहाँले आरोप लगाउनुभयो । घिमिरेले अर्थतन्त्रलाइ बचाउन लागेको निष्ठावान कर्मचारीलाइ राजीनामा गर्न बाध्य बनाएर अर्वौ घोटाला गर्न खोजीएको जीकिर गर्नुभयो । ‘एक लाख, वा करोडको कुरा होइन, चाँर पाँच अर्ब घोटालाको शंका छ, घिमिरेले भन्नुभयो– स्वय अर्थमन्त्री शंकाको घेरामा पनुभएको छ ।’ मुलुकमा सुशासन दिलाउने, भष्ट्राचार अन्त्यगर्ने प्रधानमन्त्रीको आश्वासन विपरित एकजना दक्ष र निष्ठावान कर्मचारीलाइ राजीनामा गर्न वाध्य पारिएको बिषयमा प्रधानमन्त्रीले सदनलाइ चित्तबुझ्दै जवाफ नदिएसम्म सदनको काम अघि बढ्न नसक्ने बताउनु भयो । 

नेकपा एमालेका रवीन्द्र अधिकारीले अर्थसचिव खनाल राजीनामा प्रकरणवारे बास्तविकता नबुझिकन हल्लाका भरमा अघि बढ्दा राज्यसंयन्त्र अस्थिर हुने खतरा हुने बताउनुभयो । बैठकमा प्रधानमन्त्री झलनाथ खनालले लगानि वोर्ड विधेयक पारितगर्न प्रस्ताव गर्ने कार्यसूची थियो । 

उता संसदको लेखा समितिले अर्थसचिव रामेश्वर खनालको राजीनामा समबन्धमा अर्थमन्त्री एवं उपप्रधानमन्त्री भरतमोहन अधिकारीसंग भोली विहान छलफल गर्ने भएको छ । अर्थमन्त्रीको दबावका कारण अर्थसचिवले राजीनामा दिएको भन्ने समाचारका सम्बन्धमा मन्त्री अधिकारीलाइ बोलाउने निर्णय गरिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । 

शान्ति प्रक्रिया टुङ्गाउन तथा संविधान निमार्णका लगाी दलहरु एकजुट हुनुप¥यो ः खनाल

काठमाडौँ, १६ चैत्र । प्रधानमन्त्रि झलनाथ खनालले दलहरु एकजुट नभएका कारण तराईका हत्या हिंसाका घटनामा बृद्धि भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको ५६ औँ स्थापना दिवसको अवसरमा आज राजधानीमा आयोजित एक कार्याक्रममा प्रधानमन्त्रि खनालले देशमा शान्ति स्थापनाका लागि भएपनि दलबिचको एकतामा जोड दिनुभयो । सबै राजनीतिक दलहरु एक आपसमा सहमतीका साथ अघि बढे कुनैपनि शक्तिले द्धन्द्ध चर्काउन नसक्ने उहाको भनाई थियो । प्रधानमन्त्रि खनालले बिगतमा भएका जनआन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान भएको चर्चा गर्नुभयो । कार्यक्रममा महासंघले पहिलो पटक स्थापना गरेको संस्थापक सभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा स्थापित कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट महासङघका पुर्व सभापति एवं बरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान गरिएको छ । १ लाख १ रुपैयाँको पुरस्कार राशी रहेको सो पुरस्कार प्रधानमन्त्रि खनालले प्रदान गर्नुभएको थियो । यसैगरी यसबर्षको उत्कृष्ट पत्रकार महासंघ शाखाको रुपमा मोरङ शाखालाई सम्मान गरिएको छ । 

विस्फोटका घटनामा आशंका गरिएकोप्रति मधेशवादी दलको आपत्तिः 

काठमाडौँ, १६ चैत्र । तराईका जिल्लामा पछिल्ला समय भएका विस्फोटका घटनामा आफूहरुप्रति अनावस्यक आशंका गरिएको भन्दै मधेशवादी दलले आपत्ति जनाएका छन । उनिहरुले सरकार र सत्तारुढ दलले आफ्नो अक्षमता लुकाउन मधेशवादी दलप्रति आशंका गरिएको आरोप लगाएका हुन । व्यबस्थापिका संसदको आज बसेको बैठकमा सभामुखसंग समय लिएर नेताहरुले भारतमा सशस्त्र समूहसंग साठगाठ भएको भन्ने सत्तारुढ दलको आशंका गैर जिम्मेवार अभिव्यक्ती भएको बताएका हुन । 

नेपाल सदभावना पार्टीका तराइका जिल्लामा भएका विस्फोटका घटनालाइ लिएर तीन मधेशवादी दलका नेताको भारत भ्रमणसंग जोडेर आशंका गर्नु आपत्तिपूर्ण भएको बताउनुभयो । तीन नेताले भारतमा कुनैपनि सशस्त्र समूहसंग वार्ता नगरेको पटक÷पटक स्पष्टिकरण दिदा समेत मधेशवादी दलको संलग्नता रहेको भन्नु गैर जिम्मेवार अभिव्यक्ती भएको कर्णले दावीगर्नुभयो । तराइमा आन्दोलनरत सशस्त्र संघर्षसंग राजनीतिक तवरबाट वार्ता गर्नु सुझाव दिर्दै बन्दुकवाट समाधान नहुने उल्लेख गर्नुभयो । 

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरीले तराइका जिल्लामा भएका विस्फोटका घटनामा मधेशवादी दलहरुलाइ आशंकागर्नु आपत्ति पूर्ण भएको बताउनुभयो । शान्ति सुरक्षा कायमगर्न नसक्ने सरकारले आफ्नो असक्षमता ढाक्न मधेशवादी दलहरुलाइ आरोप लगाएको चौधरीले दावी गर्नुभयो । ‘के मधेशवादी दलले मन्त्रीमण्डल विस्तार गर्न दिएका छैनन्, उनले प्रश्न गरे–आफ्नो असक्षमताको दोष माओवादीलाइ लगाउन मिल्छ ?’ बैठकमा एमालेका रवीन्द्र अधिकारीले तराइमा सर्बसाधारण जनताप्रति लक्षित गरेर गराइएका सृङ्खलाबद्ध विस्फोटका घटना शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ खल्बलाउने षडयन्त्र भएको आरोप लगाउनुभयो । 

राष्ट्रिय जनमोर्चाका सन्तबहादुर नेपालीले दलहरु सत्ताको भागबण्डामा लागेका कारण तराइका जिल्लामा आपराधिक समुहले सर्बसाधारण जनताको ज्यानै जानेगरी विस्फोटका घटना गराइएको आरोप लगाउनुभयो । माओवादीका लेखराज भट्टले तराइका जिल्लामा भएका सृङ्खलाबद्ध सिव्फोटका घटना राष्ट्रियतामाथीको आक्रमण भएको दावी गर्नुभयो । संसद बैठकमा नेकपा एकीकृतका परि थापा र सदभावना आनन्दीदेवीकी सभासद सरिता गिरिले तराइका जिल्लामा भएका सार्वजानिक विस्फोटका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । 

नियम विपरित बाँडिएका सरकारी गाडि एकहप्ताभीत्र फीर्ता लिन लेखा समितिको निर्देशनः 

काठमाण्डौ, चैत्र १६ । व्यबसथापिका संसदको सार्वजानिक लेखा समितिले अनियमित ढंगले वितरण गरिएका सार्वजानिक सवारी साधन एक हप्ताभीत्र फीर्ता लिन सरकारलाइ निर्देशन दिएको छ । संसद सचिवालय सिंहदरवारमा समितिको आज बसेको बैठकले नियम विपरित प्रयोग गरिएका सवारी फिर्ता लिन निर्देशन दिने निर्णय भएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । लेखाले विना मापदण्ड बाडिएका सबारी साधन र सुरक्षाकमी फीर्ता लिन गृहलाइ निर्देशन दिर्दै त्यसको अनुगमग गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ पत्राचार गर्ने समेत निर्णय गरेको छ । 

बैठकमा सभासदहरुले सरकारी सवारी साधन र निजि सुरक्षाकालागि सुरक्षाकर्मीको दुरुपयोग भइरहेको भन्दै यसवारे स्पष्ट नीति बनाउन माग गरेका थिए । सरकार छाडेको महिनौ वितिसक्दा समेत पूर्बमन्त्रीहरुले नियम विपरित सरकारी सबारी साधनको दुरुपयोग गरेर राज्यकोषको दुरुपयोग गरिरहेको भन्दै यसवारे स्पष्ट नीति बनाउन उनिहरुको भनाइ थियो । अधिकाशं सभासदलले सरकारी सवारी प्रयोग सम्बन्धी मापदण्ड बनाउन सरकारलाइ निर्देशन दिनुपर्ने बताएका छन । 

सभासद डा प्रकाशचन्द्र लोहनीले मन्त्रीपद छाडेपछि आफैले लैजानका लागि कतिपय मन्त्रीले आबस्यक भन्दा महङ्गा गाडि किन्ने गरेको आरोप लगाउनुभयो । उहाँले गृहमन्त्रालाय लगायत संवेदनशील निकायमा कामगरेका व्यक्तीहरुलाइ राज्यले सबारी र सुरक्षा दिनु उचित भएपनि पूर्बमन्त्रीलाइ करोडौको डागि दिन जरुरी नभएको बताउनुभयो । पूर्वगृहमन्त्री भीम रावलले मन्त्रालयकालागि कनेको करोड भन्दा महङ्गो गाडि फीर्ता गरेका छैनन् । कागे्रसका दीपकुमार उपाध्यायले मन्त्रीपद खुस्केको महिनौ वितिसक्दा समेत सरकारी सुविधा फीर्ता नगर्नु नैतिकता विपरित हुने बताउनुभयो । एमालेका रवीन्द्र अधिकारीले आफूलाइ प्रभावशाली देखाउन सुरक्षा चुनौति नरहेका व्यक्तीले समेत सरकारी सुरक्षाकर्मी लिने गरेको आरोप लगाउनुभयो । 

गृहमन्त्रालयले समितिलाइ दिएको विबरणमा कुनैपनि सरकारी हैसियत नभएका कागे्रस नेतृ सुजाताका ज्वाइ रुवेल चौधरी तथा कागे्रसका पूर्व सभासद अमरेशकुमार सिंहलाइ समेत सुरक्षाकर्मी र सवारी साधन उपलव्ध गराइएको छ । यसैगरी कुनैपनि सरकारी जिम्ेवारीमा नरहेका राजनीतिक व्यक्तीहरुलो समेत सरकारी सवारी साधन र इन्धन प्रयोग गरेको गृहले उपलव्ध गराएको विबरणमा उल्लेख छ । सभासदहरुले गैर–कानूनी धन्दामा नाम मुच्छिएका रुवेल चौधरीलाइ सुरक्षाकर्मी उपलव्ध गराउन पर्नाको कारण माग गरेका छन । 

शान्ति प्रक्रिया र संविधान निमार्णबारे अमेरिकी राजदूत डेलिसीको चासो  

काठमाडौँ, १६ चैत । नेपालका लािग अमेरीकी राजदुत स्कट एच डेलीसीले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणका बिषयमा चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री झलनाथ खनालसँग आज प्रधानमन्त्रिको कार्यलय सिंहदरबरामा भेट गरी डेलीसीले यस्तो चासो राख्नुभएको हो । राजदूत डेलिसीको जिज्ञासामा प्रधानमन्त्री खनालले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन र निर्धारित समयमै संविधान लेखनकार्य सम्पन्न गर्न सरकार मेहनतका साथ लागि परेको जानकारी गराउनुभएको थियो । भेटका अवसरमा राजदुत डेलीसीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका विषयमा समेत छलफल गर्नुभएको प्रधानमन्त्रिका बिदेश मामिला सल्लाहाकार मिलन तुलाधरले जानकारी दिनुभयो । राजदूत डेलिसीले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन पहल गर्ने  प्रतिबद्धता जनाउनुका साथै अमेरिकी कम्पनीहरूले नेपालमा लगानी गर्न चासो देखाएकाले आफ्नो कार्यकालमा त्यस्ता कम्पनीहरूलाई नेपाल भित्र्याउन पहल गर्ने जानकारी गराउनुभएको  तुलाधरले जानकारी दिनुभयो । 

यसैबिच संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग अनमिनका उच्च अधिकृत स्यामुअल टाम्राट र युरोपेली सङ्घ, जर्मनी तथा डेनमार्कका राजदूतहरुले भेट गर्नुभएको छ । भेटका अवसरमा उहाँहरूबीच संविधान निर्माण, शान्तिप्रक्रिया, सङ्घीयता, निर्वाचनप्रक्रिया, नेपाललाई गरिने सहयोगलगायत अन्य समसामययिक विषयमा छलफल भएको संसद सचिवालयले जनाएको छ । 

हात्तिपाइले रोग बिरुद्धको औषधी सेवन गर्दा बाँकेमा २ जनाको मृत्यु

बाँके, १६ चैत्र । हात्तिपाइले रोग बिरुद्धको औषधी  खादाँ बाँकेमा २ जनाको मृत्यु भएको छ । अन्य दर्जन भन्दा बढि बिरामी परेका छन । बिरामी परेकाहरुको अहिले बिभिन्न अस्पतालमा उपचार भई रहेको बताइएको छ । सप्तरीमा पनि यस किसिमको औषधी सेवन गर्दा बिरामी परेकी एक महिलाको दुई दिन अघि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । अप्रशिक्षिक स्वयंसेवकले औषधी खुवाउदाँ यस्तो भएको हुन सक्ने  बताइएको छ । गम्भीर प्रकृतिका रोगी या गर्भवतीलाई यो औषधी खुवाउन हुदैन।  सरकारले पहिलो चरणमा हात्तिपाइले रोग बिरुद्धको  औषधी खुवाउन काठमाण्डौ उपत्यका लगायत ३६ जिल्लामा यहि चैत्र १२ र १३ गते दुई दिन सम्म अभियान चलाएको थियो ।

यसैबीच स्वास्थ्य मन्त्रालयले केहि दिन अघि अभियानका रुपमा हात्ती पाइले रोग बिरुद्धको औषधी खुवाए पछि दाङमा त्यसको नकारात्मक असर देखिन थालेको छ । केहिदिन अघि हात्ति पाइले रोग बिरुद्धको औषधी खाएकाहरुलाई असर गरेको र अहिले बिरामी भएर उपचारका लागि अस्पताल जाने क्रम बढेको राप्ती उपक्षेत्रीय अस्पतालले जानकारी दिएको छ । पेट दुख्ने, वाक वाकी लाग्ने गरेको भन्दै दिनमा ८÷१० जना बिरामी उपचारका लागि अस्पताल जाने गरेको राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बिकास देवकोटाले जानकारी दिनुभयो । अहिले दाङको राप्ती उपक्षेत्रिय अस्पतालमा ४० जना वढिको उपचार भैरहेको छ ।  
राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख पहिलोदेखी सुरु हुने  

काठमाडौँ, १६ चैत । लघु, घरेलु तथा साना उद्योग र राष्ट्रियस्तरका उद्योगहरुद्वारा उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्ने उद्धेश्यका साथ राजधानीको भृकुटीमण्डपमा घरेलु उद्योग महोत्सव तथा राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा हुने प्रदर्शनी आगामी वैशाख ७ देखि ११ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रमको आयोजक उद्योग मन्त्रालयसमेत रहेको छ भने यसका लागि नेपाल सरकारका तर्फबाट लघु, घरेलु तथा साना उद्योग विकास कोषको लगानी रहेको बताइएको छ । प्रदर्शनीमा १८० स्टल रहने छन् भने ६० जिल्लाभन्दा बढी उद्यमीको सहभागिता हुने जनाइएको छ । प्रदर्शनीमा भुटान, बङ्गलादेश र भारतका समेत केही स्टल रहने छ ।

अन्तराष्ट्रिय समाचार
जापानमा फैलिएको बिकिरण केहि नियन्त्रणमा आएको दाबी 

तिन साताअघि गएको भुकम्प र सुनामीपछि जापानमा आणविक भट्टि बिस्फोट भई फैलिएका बिकिरण केहि मात्रामा नियन्त्रण हुदै गएको त्यहाका अधिकारीहरुले बताएका छन् । सुनामीका कारण फुकुसिमाका रहेका ४ आणविक भट्टिमा बिस्फोट हुदा फुकुसिमा लगायत नजिकका शहरहरुमा बिकिरणा फैलिएको थियो । बिकिरणका खतरापुर्ण तह निस्क्रिय गरिएको त्याहका बैज्ञानिकहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ । गत मार्च ११ मा गएको भुकम्पपछि आएको सुनामीका कारण ११ हजार जनाको मृत्यु भएको छ । 

यसैबिच जापानको होङ्सुमा आजपनि भुकम्पको धक्का महशुस गरिएको छ । होङसुको पूर्वी किनारनजिकको समुद्रमा दिउसो ६.४ रेक्टर स्केलको भूकम्प गएको अन्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । भुकम्पबाट मानबिय क्षती भने नभएको बताइएको छ । 

खेल समाचार
विश्वकप क्रिकेटको प्रतियोगिता

Pakistani PM And Indian PM watch the cricket at Mohali
काठमाडौं, १५ चैत्र । भारत पाकिस्तानलाइ पराजित गर्दै जारी १० औ संस्करणको बिश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

भारतले दिएको २६१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४९  ओभर ५ बल खेल्दै मात्र २३१ रनमा समेटिएपछि पराजित बनेको हो । भारतले अब आउँदो शनिबार हुने फाइनल खेलमा श्रीलङ्काको सामाना गनुपर्नेछ । 

भारतको पन्जाव प्रान्तमा रहेको मोहाली क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाउँदै २६० रनको योगफ खडा गरेको थियो ।

भारतका लागि विरेन्द्र सेहवाग र सचिन तेन्दुलकरले उत्कृष्ट सुरुवात दिएपनि मध्यक्रम धरमराएपछि कम योगफलमै समेटिएको थियो । उसका लागि सचिन तेन्दुलरकरले ८५ रनको पारी खेलेका थिए । यस्तै विरेन्द्र सेहवागले ३८ र गौतम गम्भिर २७ रन धोनी २५ रन बनाइ आउट भएका थिए । पाकिस्तानका वाहेव रियाजले पाँच विकेट लिउएका थिए । 


पाकिस्तानका लागी मोहम्मद हाफिजले ४३, कमरान अकमलले १९ तथा असद सफिकले ३० रन बनाउनु बाहेक अन्यले खासै योगदान गर्न सकेनन् । भारतका लागि जहिर खान, मुनाफ पटेल, युवराज सिंह तथा आषिश नेहेराले २–२ विकेट लिएका थिए । 

No comments: