Tuesday, March 29, 2011

चैत्र १५ गते २०६७


माओबादी स्थायी समितिको बैठक

काठमाडौँ, १५ चैत्र । मजदुर सङगठनमा विवाद बढ्दै गएपछि एकीकृत नेकपा माओवादीले मजदुर भातृसंगठन अखिल नेपाल टे«ड युनियन महासंघ विघटन गर्ने निणर्य गरेको छ । पार्टी केन्द्रिय कार्यलय कोटेश्वर पेरिसडाडामा आज अपरान्ह बसेको माओवादी स्थाई कमिटी बैठकले तीन गुटमा विभाजित मजदुर संगठन विघटनको निर्णय गरेको हो । 

बैठकपछि माओवादी प्रवक्ता दिनानाथ शर्माले अलग अलग समुहमा विभाजित बनेका विभिन्न मजदुर संगठनलाइ निलम्बनको निणर्य भएको जानकारी दिनुभयो । शर्माले संगठनको नयाँ राष्ट्रिय संमेलन आयोजक समिति गठनको लागि तत्काल केन्द्रीय कार्यालयले मजदुर नेताहरुसंग छलफल गर्ने समेत बताउनुभयो । त्यस्तै माओवादीले विवादका क्रममा भौतिक आक्रमणमा उत्रेर हातपात गर्ने कार्यमा संलग्न रहेका सम्पूर्ण कार्यकर्ताहरुलाइ  निलम्बन गरी छानबिन गर्ने र कडा कारबाही गर्ने निर्णय समेत गरेको छ । 

त्यसैगरि बैठकले मुलुकका विभिन्न भागमा भएको वम विष्फोटका घटनाहरुको भत्सर्ना गर्दै त्यस्ता घटना दक्षिणपन्थी तत्वले शान्ती र संीवधान विथोल्न सुनियोजित रुपमा गरेको ठहर गरेको छ । माओवादीले विष्फोटका घटनाहरुमा परि ज्यान गुमाएकाहरुलाइ तथा घाइतेहरुलाई क्षतिपुर्ति  दिन पनि सरकारसंग माग गरेको छ । 

यसैबिच माओवादीले नव गठित जन स्वयम्सेवक ब्युरोलाइ क्रियाशिल बनाउने निणर्य गरेको छ । माओवादीले ४७ सदस्यीय ब्युरो संयन्त्र निमार्ण गर्दै जनस्वयम्सेवक संयन्त्रको जनसेवा कार्यक्रमको उद्घाटन अध्यक्षबाट २० गते काठमाडौंमा एक कार्यक्रम गरि गर्ने समेत जनाएको छ । 

मधेशी फोरमद्धारा मन्त्री चयनको जिम्मा अध्यक्षलाइ 

काठमाडौँ, १५ चैत्र । मधेशी जनाधिकार फोरमले सरकारमा जाने मन्त्रीहरुको चयनको जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाइ दिएको छ । फोरमको आज बसेको केन्द्रीय समिती बैठकले अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सम्मानजनक उपस्थीति हुने भएमा सहभागी हुनेहरुको चयनको जिम्मा अध्यक्षलाइ दिएको हो । 

त्यसैगरि फोरमले सरकारमा सहभागी हुनेबारे गत ९ गते माओवादी र एमालेसँग भएको सहमति समेत अनुमोदन गरेको छ । फोरमले सरकारमा हुने ब्यक्तिहरु चयनको लागी मापदण्ड समेत तय गरेको छ । फोरमले सरकार सहभागी हुनेहरुको चयन क्षेत्रिय लिङ्गय आधारमा गर्ने जनाउँदै, लोकप्रिय तथा मधेश आन्दोलनमा सक्रियलाइ प्राथमिकता दिने समेत निणर्य गरेको छ । 

द्वन्दपीडित विस्ताफितलाइ एकैपटक पुर्नस्थापना गर्ने सरकारी लक्षः 

काठमाडौ, १५ चैत्र । सरकारले विगतको सशस्त्र द्वन्दका क्रममा विस्थापित भइ पुनस्थापना हुन बाकी सबैको एकैपटक पुनस्थापना गर्ने तयारी गरेको बताएको छ । शान्ति तथा पुर्ननिर्माणमन्त्री बर्षमान पुन अनन्तले आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागरी पुनस्थापना प्याकेज नपाएका बाकी सबै विस्थापितलाइ एकै पटक पुनस्थापना गराउने सरकारी योजना सार्वजनिक गर्नु भएको हो । 

द्वन्दका क्रममा विस्थापित ७८ हजार मध्ये शान्ति प्रक्रिर्या सुरु भएको ४ बर्षमा जम्मा २५ हजारले पुनस्थापना प्याकेज पाएको स्मरणगर्दै उहाँले विद्यमान कार्यक्रमले सबैलाइ पुनस्थापित गर्न ९ बर्ष लाग्ने देखिएकोले एकैपटक पुनस्थापन कार्यक्रम संचालन गर्ने योजना बनाएको जानकारी गराउनु भयो । 
सरकारले शान्ति प्रक्रिर्याको पूर्णता र द्वन्दपीडितको राहत पुनस्थापनाकालागि संविधानसभामा रहेका २८ दलको सर्बदलीय बैठक छिट्टै बोलाउने बताएको छ । द्वन्द व्यबस्थापन सम्बन्धी एकीकृत कार्यक्रम बनाउन सर्बदलीय बैठकको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । 

मन्त्री अनन्तले माओवादी जनसेनाका अयोग्य लडाकूलाइ दिइने पुनस्थापना प्याकेजमा सहमति जुटन लागेको बताउनुभयो । माओवादी द्वन्दका क्रममा मारिएका १७ हजार २ सय ६५ मध्ये १३ हजार ५ सय ३८ जनाले राहत कार्यक्रम पाइसकेको र झण्डै २ हजार जनाले यसैबर्ष पाउने त्यस अबसरमा जानकारी गराइयो । 
त्यसैगरि सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन सम्बन्धी व्यबस्थापिका संसदमा विचाराधीन विधेयक संसदको चालु सदनवाट पारित गर्ने बताएको छ । उहाँले तराइ र पुर्बी पहाडि जिल्लामा सशस्त्र संघर्ष समूहमध्ये केहिसंग वार्ता भइरहेको र केहिसंग वार्ता प्रयास जारी रहेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री खनाल र माओवादीका अध्यक्ष दाहालबीच छलफल

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री झलनाथ खनालले मधेशमा भएका विष्फोट घटना तथा कमजोर शान्ती सुरक्षाको स्थीति छिचोल्न कडा कदम चाल्ने कदमबारे एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नु भएको छ । छलफलमा प्रचण्डले पछिल्लो समय भएका घटनाहरुलाइ नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई थप सक्रिय पार्न प्रधानमन्त्रीलाइ सुझाव दिनु भएको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएका छलफलमा सरकारले ल्याउन लागेको बजेटका बारेमा पनि छलफल भएको भेटमा संलग्न माओवादीका नेता देव गुरुङले जानकारी दिनुभयो । गुरुङ्गले मुलुकमा शान्ति सुरक्षा झन्झन गम्भीर भइरहेकाले सरकारलाई गतिशील बनाएर अगाडि बढ्न प्रधानमन्त्रीलाइ आग्रह गरिएको जानकारी दिनुभयो ।  

उहाँले अन्य राजनीतिक दल र साना पार्टीसँग छलफल गरी सरकारलाई छिट्टै पूर्णता दिनुपर्नेमा छलफल भए पनि कहिलेसम्म पूर्णता दिने भन्ने विषयमा टुङ्गो लागिनसकेकाले अब अन्य दलसँग बसेर यसलाई चाँडै टुङ्ग्याइने जानकारी दिनुभयो । नेता गुरुङले गृहमन्त्रालय माओवादीकै पक्षमा रहेको उल्लेख गर्दै सरकारले पूर्णता पाउँदासम्म गृहको पनि टुङ्गो लाग्ने बताउनुभयो । 

छलफलका बारेमा पत्रकारहरुलाई जानकारी दिँदै प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले दुई दलका नेताबीच बजेट तयारी, सरकार गठनलगायतका विषयमा छलफल भए पनि सहमति तथा टुङ्गो लाग्न नसकेको बताउनुभयो । छलफलमा सत्ता साझेदारीका लागि चारबुँदे सहमति गरेको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग अर्को बैठकमा छलफल गर्ने तथा सरकारलाइ पूर्णता दिने सहमति भएको सल्लाहकार थापाले बताउनुभयो । 

संवैधानिक उपसमिति पुर्नगठनको प्रस्ताव लगिनेः 

काठमाडौँ, १५ चैत्र । संविधानसभा संवैधानिक समिति अन्तरगत गठित विबाद समाधान उपसमितिको म्याद थपसंगै उपसमति पुर्नगठन हुने भएको छ । शीर्ष नेताहरु उपसमितिका बैठकमा नियमित उपस्थित हुन नसकेका कारण दोस्रो तहका नेतालाइ समावेश गर्नेगरी उपसमिति पुर्नगठनको प्रस्ताव आएको सदभावना सभासद लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । म्याद थपिएको १५ दिनसम्म बैठक बस्न नसकेका कारण उपसमितिको हैसियतमाथी प्रश्न उठेपछि उपसमिति पुर्नगठन गर्ने कुरा उठेको हो । 

उपसमिति संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कार्यदलले गरेको सहमतिवाट संविधान बनाउन नचाहाने तत्व आत्तिएको दावी गर्नुभयो । 

संवैधानिक समितिको भोली विहान बस्ने बैठकमा उपसमिति पुर्नगठनको प्रस्ताव आउने सदस्य कर्णले बताउनुभयो । 

शीर्ष नेतालाइ आबस्यकता परेको समयमा बोलाउनेगरी उपसमिति पुर्नगठन गर्न लागिएको हो । यसअघि दोस्रो तहका सभासदले समाधान गर्न नसकेको भन्दै विबाद समाधानको जिम्मा शीर्ष तहलाइ दिइएको थियो । यसअघि विहान बसेको बैठकले न्यायप्रणाली सम्बन्धी समिति अन्तरगत संवैधानिक अदालत सम्बन्धी विबादमा सहमति जुटाएको छ । 

उपसमितिले सर्वोच्च अदालतको क्षेत्राधिकारमा प्रभाव नपर्नेगरी संविधानको अन्तिम व्याख्याकालागि संवैधानिक अदालत गठन गर्नुपर्ने सहमति गरेको छ । गत फागुन १३ गते गठन भइ चैत्र मसान्तमा म्याद थपिएको उपसमितिको म्याद थपवारे निर्णयगर्न संवैधानिक समितिको बैठक भोली विहान बस्ने छ । उपसमितिको म्याद थपगर्ने बिषयमा प्राय सबैदल सहमत देखिएका छन । 

अर्थसचिव रामेश्वर खनाल

नक्कली भ्याट बिलमार्फत राजस्व छल्ने व्यापारीलाई अर्थमन्त्री भरतमोहन अधिकारीले जोगाउन खोजेको भन्दै अर्थसचिव रामेश्वर खनाल मन्त्रालय जान छाडेका छन् । अर्थमन्त्री अधिकारीले कर छल्ने व्यापारीलाई कारवाही गर्नुको साटो सरुवा गर्ने प्रक्रिया अघि बढाउन थालेपछि सचिव खनालले असन्तुष्टि जनाउ“दै घरबिदामा बसेका छन् । सचिव खनालले आफूले सम्हालेका सबै जिम्मेवारी छोडी अब कहिल्यै मन्त्रालय नआउने भन्दै बिदा लिएको मन्त्रालयका कर्मचारीहरुको भनाइ छ । केही दिनदेखि अर्थमन्त्री अधिकारी र खनालबीच नीतिगत मतभेद बढेको मन्त्रालय श्रोतले बताएको छ । अर्थसचिव खनाल मन्त्रालयको गाडी पनि नलिइ काम छोडी मन्त्रालयबाट बाहिरिएका थिए । नक्कली भ्याट बिलमार्फत राजस्व छल्ने व्यापारीहरुले अर्थसचिव खनालको सरुवाका लागि राजनीतिक तहमा दौडधुप सुरु गरेको समाचारहरु आईरहेका छन् । नक्कली भ्याट बिलमार्फत कारोबार गर्ने २० व्यापारिक फर्मलाई आन्तरिक राजस्व विभागले १ अर्ब ३५ करोड रुपैंया कर तिराउने तयारी गरिरह“दा अर्थमन्त्री अधिकारी र खनालबीच मतभेद सुरु भएको हो । 

यसैबीच सरकार मुख्य सचिव माधव घिमिरेले खनालले राजिनामा दिएको गलत भएको बताउनुभएको छ । खनाल आवश्यक कामका लागि १५ दिन घर बिदामा बसेको घिमिरेले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ, १५ चैत । नेपाल पत्रकार महासङ्घको ५६औँ स्थापना दिवस भोलि विविध कार्यक्रम गरी मनाइँदै छ ।

लोकतन्त्रको स्थपना, प्रेस तथा नागरिक स्वतन्त्रताको रक्षा र मुलुकमा दिगो शान्ति स्थापना गर्न स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको महासङ्घले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसलाई विविध कार्यक्रमका साथ देशव्यापीरुपमा मनाउँदै आइरहेको छ ।

स्थापना दिवसको अवसरमा महासङ्घले यसवर्ष शान्ति, सहमति र संविधान, नेपाल पत्रकार महासङ्घको अभियान भन्ने नाराका साथ देशभर अन्तरक्रिया, गोष्ठी, प्रभातफेरीलगायतका कार्यक्रम सञ्चालन गरी मनाउँदै छ । स्थापना दिवशको अवसरमा महासङ्घका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाममा स्थापित कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार पूर्व सभापति किशोर नेपाललाई प्रदान गरिने महास.घले जनाएको छ । यस उपलक्ष्यमा राजधानीमा भोलि बिहान ७ः३० बजेदेखि प्रभातफेरी, दिउँसो ३ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा पुरस्कार वितरण र चियापानको आयोजना गरिने महासङ्घले जनाएको छ । 

सभामुख ज्ञापनपत्र

संविधान सभाका अध्यक्ष्ँ सुवासचन्द्र नेम्बाङले संविधान निर्माण वा शान्ति प्रक्रिया पहिले भन्ने विवादमा दलहरु अल्झन नहुने बताउनुभएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको १४ बुंदे घोषणापत्र बुझ्दै सभाध्यक्ष्ँ नेम्बाङले कुन पहिले भन्ने विवादमा नअल्झन दलहरुलाई आग्रह गर्नुभएको हो । दलहरुबीच बढ्दै गएको अविश्वासले संविधान निर्माण असहज बन्दै गएको सभाध्यक्ष नेम्वाङको भनाई थियो । संविधान लेखनका विवादित विषय उपसमितिमार्फत समाधान हुंदै गएकाले संविधान लेखनको आधार भने तयार हुंदै गएको नेम्बाङले बताउनुभयो ।  जनजाति महिला महासंघको घोषणापत्रमा संविधानमा जातीय पहिचान सहित महिलाहरुको समावेशी प्रतिनिधित्व हुनुपर्ने लगायतका बुंदा समेटिएका छन ।  

संसदको बालबालीका समिति

ब्यववस्थापीका संसदको महिला वालवालीका तथा समाजकल्याण समितिले प्रधानमन्त्री निवासमै भएको वलात्कार प्रयासबारे जानकारी गराउन गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाउने भएको छ । राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायव उपरिक्षक अनेस सिंह ठकुरीले एक महिला सहकर्मी माथि प्रधानमन्त्री विवास बालुवाटारमै वलात्कार प्रयास गरेको भन्दै समितिले सम्वन्धित अधिकारीहरुस“ग स्पष्टिकरण लिने निर्णय गरेको हो । समितिले केही दिनभित्रै गृहसचिव गोविन्द कुसुम, नेपाल प्रहरीका प्रमुख रमेशचन्द ठकुरी र अनुसन्धान विभागका पं्रमुख अशोक देव भट्टलाई बोलाउने निर्णय गरेको हो । समितिले वादी महिलाको अवस्था, मुक्त कमैयाको अवस्था र हलीया सम्वन्धी उपसमिकिो म्याद बैसाख १५ सम्म थप गरेको छ । आजको बैठकमा मुक्तकमैया उपसमितिकी सदस्य लीला कुमारी भण्डारीले मुक्त कमैया तथा कमलरीको लागि सरकारले पर्याप्त पुर्नस्थापनाको ब्यवस्था नगरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

रुग्ण उद्योग संचालनकालागि नयाँ नीति जरुरीः सभासद

सभासदहरुले विभिन्न कारणले रुग्ण बनेका उद्योग संचालनकालागि नयाँ निति बनाउनु पर्ने बताएका छन ।  साथै उनिहरुले कमजोर अबस्थामा संचालनमा रहेका यद्योगलाइ रुग्ण उद्योग घोषणागर्ने र पुनस्थापना गर्ने कुनै प्रभावकारी निकाय नभएको भन्दै एउटा स्थाइ संयन्त्र बनाउनुपर्नेमा जोड दिए । व्यबस्थापिका संसदको अर्थ समिति अन्तरगतको उपसमिति बैठकमा सभासदहरुले रुग्ण उद्योगको बर्गिकरणगरी उनिहरुलाइ पुनस्थापना गर्ने कार्यक्रम बनाउन सरकारसंग काग गरेका हुन । कागे्रस सभासद एवं पूर्व अथएमन्त्री डा रामशरण महतले आन्तरिक नभइ बाह्य कारणले रुग्ण बनेका उद्योगको पुनसंचानलका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । 

माओवादी सभासद एवं उपसमिति संयोजक हरि रोकाले रुग्ण उद्योगको पुनरोत्थानकालागि अर्थ मन्त्रालय, राष्ट्र बैक, उद्योग, श्रम, भुमिसुधार मन्त्रालय तथा उद्योग वाणिज्य महासंघ लगायताका प्रतिनिधि रहने स्थाइ समिति गठनगर्नु उचित हुने धारणा राख्नुभयो । बैठकमा गर्भनर डा युवराज खतिवडाले मौद्रीक अनुसाशन भीत्र रहेर रुग्ण उद्योग संचालन सम्बन्धी नीति बनाउन तयार रहेको बताउनुभयो । बैठकमा अर्थ र उद्योग मन्त्रालयका अधिकारीले प्रभावकारी संयन्त्र र उचित नीति नहुदा रुग्ण उद्योग संचालनगर्न समस्या परेको बताएका थिए । 

नेपाली काँग्रेश केन्द्रिय समिती बैठक स्थगित

नेपाल विद्यार्थी संघको विघटन बारेमा बिबादमा फसेको नेपाली काँग्रेश केन्द्रिय समितीको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थागित भएको छ । पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने भनिएको बैठक अनिश्चत कालका लागि स्थागित भएको हो । बैंठक स्थागितको कारण बारे काँग्रेसले केही बताएको छैन । श्रोतका अनुसार केन्द्रीय समितिमा विद्यार्थी भातृसंगठन नेवि संघको विघटनको प्रस्ताबमा विवाद उत्पन्न भएपछि बैठक स्थािगत भएको हो । दुई दिनअघिबाट जारी केन्द्रीय समिति बैंठकमा महामन्त्री प्रकाशमान सिंहले आन्तरिक बिबादमा रहेका नेपाल बिद्यार्थीै सघ विघटनको प्रस्ताब गर्नु भएपछि केन्द्रीय समितिमा विवाद देखिएको हो । बैठकमा बरिष्ठ नेता शेरबहादुर देउवापक्षका केन्द्रीय सदस्यहरुले भने पार्टीको भातृसंगठन नेविसंघलाई विघठन नभई महाधिवेशन गर्न दिनुपर्ने धारणा अघि सारेका छन् । 

यसैबीच सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउन मधेसी जनअधिकार फोरम नेपालको केन्द्रिय समितीको बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा झन्डै ५ घन्टायता जारी वैठकले सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउने महासचिव रामसहाय प्रसाद यादवले जानकारी दिनुभयो । 

ताम्राट–मधेषी नेता

नेपाल भ्रमण्ँमा रहेका संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनका विशेष प्रतिनिधि स्यामुयल ताम्राटले आज मधेसी मोर्चाका नेताहरुसंग भेटवार्ता गर्नुभएको छ । ललितपुरको सानेपास्थित एउटा होटलमा भेटवार्तामा नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणको बिषयमा छलफल भएको थियो । भेटमा अनमिन फर्किएपछि  शान्ति प्रक्रियामा भएको प्रगतिका विषयमा छलफल भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो । विशेष प्रतिनिधि ताम्राटले शान्ति प्रक्रिया र संविधान निमार्णका एकजुट भएर अगाडि बढन सुझाव दिनुभएको थियो । 

भेटमा सदभावना अध्यक्ष महतो, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयमुमार गच्छदारको सहभागी हुनुुहुन्थ्यो । नेपाल भ्रमणका क्रममा ताम्राटले यसअघि प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शुसिल कोईराला लगायतलाई भेटघाट गरि नेपालको शान्ति प्रक्रियामा भएको प्रगतिबारे चासो देखाएका थिए । 

आर्थिक समाचार 

बन्द उद्योग खुलाउन चौविस घण्टे अल्टिमेटम

विभिन्न टे«ड युनियनका मजदूरहरुले आज तेस्रो दिन पनि वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरु ठप्प पारेका छन् । मजदुरहरुले बाराको सिमरामा नारा जुलुशसहित बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको मूलद्धारमा धर्ना दिएका थिए । धर्ना सभामा बोल्दै मजदुर नेता बद्री बजगाईले जायज माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । बजगाईले नो वर्क नो पेको अवधारणाको खण्डन गर्दै कुनै पनि कुराले मजदुर आन्दाोलन नतुहिने दावी गर्नुभयो । अरु मजदुर नेताले पनि मजदूर संगठन र उद्योगीबीच भएको ११ बुदे सम्झौताको विरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपाल उद्योग परिसंघलगायत रोजगारदाता र नेपाल ट्रेड युनियन महासंघ जिफण्ट, नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्र र अखिल नेपाल ट्रेड युनियन महासंघबीच ११ बु“दे सम्झौता भएको थियो । आन्दोलित मजदूरहरुले सम्झौतामा असहमति जनाउदै आइतबारदेखि उद्योग बन्द गराएका हुन । उद्योग व्यवस्थापन पक्षले संयुक्त सूचना जारी गर्दै आजदेखि काममा नफर्के श्रम ऐन, नियम बमोजिम उद्योगमा तालाबन्दी गर्दै हडताल अवधि भर नो वर्क, नो पे लागू गर्ने जनाएको छ । आन्दोलित मजदूरहरुले सिमरा, नितनपुर र परबानीपुरमा पनि जुलुस प्रदर्शन गर्दै सम्झौता जलाए । मजदूरहरुले करिडोरका कारखाना अगाडी टेण्ट टा“गेर धर्ना दिइरहेका छन् ।

यसैबिच वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेको बन्द उद्योग खुलाउन वीरगन्ज उद्योग वाणिज्य सङ्घले नेपाल सरकारलाई २४ घण्टाको अल्टिमेटम दिँदैं उद्योगको साङ्केतिक साँचो बुझाएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय पर्सामार्फत नेपाल सरकार तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सो म्याद दिएको हो । 

उता मधेसवादी दल नजिकका टे«ड युनियन महासङ्घको आह्वानमा गरिएको उद्योग बन्दका कारण दैनिक रु.२० करोडको क्षति भइरहेको उद्योग सङ्गठन मोरङ्गले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा हालै सम्पन्न ११ बुंदे सहमतिप्रति असहमति जनाउँदै सो उद्योग बन्द भएका हुन् । 


अन्तराष्ट्रिय समाचार
भारत पाकिस्ताबिच हटलाइन सेवा सुरु गर्ने सहमति

भारत र पाकिस्तान बिच दुइ देशको गृह मन्त्रालयलाइ एक अर्कासँग समन्वय गर्न हटलाइन सेवा सुरु गर्ने सहमति भएको छ । दुइ देश बिचका गृह सचिव बिच आज भएको वार्तामा आतकंबाद र अन्य मुद्यामा दुइ देश बिचको गृह मन्त्रायल बिच आपसी समन्यव र तत्काल खबर आदान प्रदानका लागी हटलाइन सुरु गर्ने सहमति भएको विविसीले जनाएको छ । 

वार्ता पछि दुबै देशका सचिवद्धारा जारी विज्ञप्तीमा आतकंबाद विरुद्धको लडाँइ समेत जारी राख्ने सहमित भएको छ । वार्तापछि भारतका गृह सचिव जिके पिल्ले र पाकिस्तानी गृह सचिव कमर जमानद्धारा हस्ताक्षरित विज्ञप्तीमा पाकिस्तानले मुम्बइ हमलाबारे छानविनका लागी एक उच्चस्तरिय समितीलाइ आमन्त्रण गरेको छ । यद्यपी पाकिस्तानले आफ्नो एक उच्च स्तरिय समितीलाइ समेत भारतमा छानविनका लागी अनुमति दिन माग गरेको छ । 

खेल समाचार

विश्वकप क्रिकेट

श्रीलङ्का जारी १० औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाइ ५ विकेटले पराजित गर्दै श्रीलङ्काले फाइनलमा स्थान बनाएको हो । फाइनलमा श्रीलङ्काले भोली हुने भारत र पाकिस्तान बिचको विजेता सँग प्रतिष्पर्धा गनुपर्नेछ । जित सँगै श्रीलङ्का विश्वकप क्रिकेटमा तेश्रो पटक फाइनल प्रवेश गरेको छ । 

श्रीलङ्काका राजधानी कोलम्बो स्थीती प्रेमदासा स्टेडियममा भएको खेलमा न्यूजिल्याण्डद्धारा प्रस्तुत २१८ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले सो लक्ष्य  ४७ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर भेट्टाएको थियो । 
श्रीलङ्काको जितमा तिलकरत्ने दिलसानले ७३ रनको उत्कृष्ट पारि खेलेका थिए । कुमारा साङ्काकारा सँग १२० रनको उत्कृष्ट साझेदारी गरेका दिलसानले १० चौका तथा १ छक्का प्रहार गरेका थिए । त्यस्तै कुमारा साङ्गाकाराले पनि ५४ रनको उत्कृष्ट पारि खेलेका थिए । ओपनरद्धय उपुल थारङ्गा र तिलकरत्ने दिलसान टिम साउदीको बलमा जेसि राइडरबाट क्याच आउट भएका थिए । आउट हुनु अघि थारङ्गाले ३० रन हिर्काएका थिए । श्रीलङ्काका माहेला जयर्वदनेलाइ न्यूजिल्याण्डका डेनियल भिटोरीले डकआउट गरेका थिए । त्यस्तै न्यूजिल्याण्डका लागी नट आउट रहँदै थिलान समाराविरा २३ तथा एङ्गेलो म्याथुले १४ न्यूजिल्याण्डका टिम साउदीले ३ विकेट लिएका थिए । म्याथुले १ छक्का र १ चौका तथा सामाराविराले २ चौका हिर्काएका थिए । खेलको अन्त्यमा जितका लागी ४ रनको आवश्यकता रहेको श्रीलङ्काका लागी सामाराविराले चौका प्रहार गर्दै जित दिलाएका थिए । 

त्यसअघि टस जितेर ब्याटिङ गरेका न्यजिल्याण्डले ४८.५ ओभरमा अल आउट हुदै २१७ रनको योगफल खडा गरेको थियो । न्यूजिल्याण्डका लागी स्कट स्टाईरिसले सर्वाधिक ५२ रनको योगदान गर्नु बाहेक अन्यले खासै योगदान गर्न सकेनन् । स्टाइरिसले मुरलीधरनको बलमा आउट हुनुअघि ५ चौका हिर्काएका थिए । 

त्यसैगरि न्यूजिल्याण्डका मार्टिन गुप्तिल ३९, रोस टेलर ३६, केन विलिन्सन २२, जेसि राइडर १९ तथा बे्रण्डम मेकलम १३, रन बनाएर आउट भएका थिए । उसका पाँच ब्याट्सम्यान दोहोरो अंकनै नजोडि पेभिलियन फर्किएका थिए । श्रीलङ्काका लासिथ मालिङ्गाले ३ तथा एजेन्था मेन्दीसले ३ विकेट लिएका थिए । 

वुढासुव्वा गोल्डकपमा पुलिस र मनाङ मस्र्याङदी सेमीफाईनलमा

सुनसरीको धरानमा सन्चालन भईरहेको १३ औ वुढासुब्बा गोल्डकप प्रतियोगिता अन्र्तगत आज भएको दुईवटा खेलमा नेपाल पुलिस क्लव र मनाङ मस्याङदी सेमी फाईनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा पुलिस क्लवले हिमालयन शेर्पा क्लवलाई एक सुन्यले पराजित गदै सेमी फाईनलमा प्रवेश गरेको हो । पुलिस क्लवका तर्फवाट खेल शुरु भएको दोस्रो मिनेटमा पर्वत पाण्डे गोल गरेका थिए । 
त्यसैगरी दोस्रो खेलमा मानाङमस्याङदीले साहारालाई एक सुन्यले हराएको छ । मनाङ मस्याङदीले खेल शुरु भएको दोस्रो मिनेटमा गोल गरी आफनो टिमलाइ सेमी फाईनलको यात्रा सुनिश्चत गरायो । उता एपीएफलाई जितेर आएको साहाराले भने सुन्यमा चित्त वुझाउनु प¥यो ,। 

No comments: