Monday, April 25, 2011

बैशाख १२ गते २०६८

राष्ट्रपतिद्धारा ब्यवस्थापिका संसदको दशौं अधिवेशनको आह्वान 
Parliment Building of Nepal
काठमाडौँ, १२ वैशाख । राष्ट्रपति डा रामवरण यादवले आगामी बैशाख १९ गते अपरान्ह तिन बजेका लागी ब्यवस्थापिका संसदको दशौँ अधिवेशन आह्वान गर्नु भएको छ । प्रधानमन्त्री झलनाथ खनालको सिफारिसमा राष्ट्रपति यादवले नेपलको अन्तरिम संविधानकोे धारा ५१ बमोजिम व्यवस्थापिका–संसद्को बर्षे अधिवेशन आह्वान गर्नु भएको हो । यसअघि प्रधानमन्त्री खनालले आज बिहान राष्ट्रपति यादवसँग भेटगरी अधिवेशन आह्वानका लागी औपचारिक आग्रह गर्नुभएको थियो । सरकारले वैशाख अन्तिम सातासम्म अग्रिम बजेट ल्याउन भन्दै संसदको हिउँदे अधिवेशन अन्त्य गरि बजेट अधिवेशन आह्वान गरेको हो ।

अन्तरिम संविधानमा प्रधानमन्त्रीले सभामुख संगको परामर्शमा राष्ट्रपति समक्ष अधिवेशन आह्वानको सिफारीस गर्ने व्यबस्था रहेको छ । पूरक बजेट ल्याउने तयारी गरेपनि आफ्नै पार्टि एमाले तथा प्रतिपक्षी कागे्रस लगायतका दलहरुले विरोध गरेपछि सरकारले पूर्ण बजेटको तयारी गरेको हो । सरकारले बजेट ढिला ल्याउँदा कार्यन्वयन पनि ढिला हुने गरेको भन्दै यसबर्ष बैशख भित्रै बजेट ल्याउने बताउँदै आएको छ । अर्थमन्त्री भरतमोहन अधिकारीले वैशाख २० गते नै बजेट ल्याउने तयारी गरेपनि दलहरुको सहमति जुटि नसकेको भन्दै वैशाख अन्तिम सातामात्र बजेट ल्याउने गरी तयारी गरि रहनु भएको उहाँ निकट स्रोतले जनाएको छ ।

प्रचण्डको पक्षमा बहुमत केन्द्रीय सदस्यः बैद्य पक्ष अल्पमतमा

काठमाण्डौँ, १२ बैशाख । एकीकृत नेकपा माओवादीका अधिकांश केन्द्रीय सदस्यहरुले शान्ति र संविधानलाइ तत्कालिक कार्यदिशा बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव समर्थन जनाएका छन् ।

राजधानीमा जारी माओवादी केन्द्रीय कमिटिको चौथो दिनको बैठकमा आज बोल्ने अधिकाशं सदस्यहरुले पनि प्रचण्डको प्रस्तावप्रति समर्थन जनाउदै तत्काल विद्रोहमा जानु घातक हुने बताएका हुन् ।   बैठकमा बोल्ने दुइ दर्जनभन्दा बढि केन्द्रीय सदस्यले प्रचण्डको प्रस्तावमा समर्थन जनाउदै शान्ति र संविधानको बैधानिक बाटो छाडेर जनविद्रोहमा जानु आत्मघाति हुने बताएका थिए । उनिहरुले जन विद्रोहको कुनै आधार निमार्ण नभएको दावीगर्दै उपाध्यक्ष बैद्यको प्रस्ताव रुडिवादी र असान्दर्भीक भएको टिप्पणी गरेका थिए ।

उपाध्यक्ष बैद्य पक्षधरले भने अध्यक्षको प्रस्ताव पालुङटार बैठकको विचलनको नमुना भएको भन्दै आपत्ति जनाएका थिए । उनीहरुले पालुङटार बैठकबाट नेतृत्व पछि हटेको भन्दै महाधिवेशन गनुपर्ने बताएका थिए । पार्टी नेतृत्वको सुविधाभोगी चरित्र हाबी भएका कारण जनविद्रोह शव्दसंग समेत तर्सिएको एक केन्द्रीय सदस्यले टिप्पणी गरे । आजको बैठकमा बैद्य पक्षधर केन्द्रीय सदस्य कुलप्रसाद केसीले लिखीत रुपमा अध्यक्षको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै जनविद्रोहमा जान प्रस्ताव गरेका थिए ।

माओवादी केन्द्रीय कमिटी बैठकमा जन विद्रोहको कार्यनितीलाइ स्थगित गरि शान्ति र संविधानलाइ कार्यदिशा बनाउने अध्यक्ष प्रचण्डको प्रतिवदेन तथा जन विद्रोहमा जानुपर्ने बैद्य पक्षधरको फरक मतमा छलफल हुदै आएको छ । सबै केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्यले आ–आप्mना प्रस्तावमाथि उठेका प्रश्नलाई केन्द्रित गरेर विचार राख्नुहुने प्रबक्ता दिनानाथ शर्माले जानकारी दिनु भयो । बैठक अरु केहि दिन लम्बिने प्रवक्ता शर्माले बताउनुभयो ।

आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मोर्चा,

काठमाण्डौँ, १२ बैशाख । नेपाल आदिवासी जनजाति महासंघ अन्तरगतमा विभिन्न संघ संस्थाहरुले जेठ १४ गते भित्र संविधानको प्रारम्भिक मस्यौदा भन्दा पनि पुर्ण संविधान जारी गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । महासंघले संविधान जारी गर्न दवावमुलक आन्दोलन गर्न आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मोर्चा समेत गठन गरेका छन् ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा बैशाख १४ गते नेवाः ताम्सालीङ बन्द कार्यक्रममा सक्रिय सहभागीता र समर्थन गर्ने, बैशाख १५ गतेसम्म देशभर पत्रकार सम्मेलन गरी आन्दोलन बारे जानकारी गराउने त्यस्तै बैशाख २१ गते जिल्ला जिल्लामा दलित, मुस्लिम, मधेशी लगायतका सबै समुदायसँग अन्तरक्रिया गर्ने  बैशाख २९ गते थारु कल्याणकारीणी सभाको थरुहट तराई बन्दमा सक्रिय सहभागीता र समर्थन गर्ने सोही दिन देशव्यापी मसाल जुलुश तथा सिठ्ठी जुलुस आयोजना गर्ने र बैशाख ३० गते नेपाल बन्द गर्ने कार्यक्रम रहेका छन् ।

एमाले अध्यक्ष बैठक बोलाउन बाट भोगेको एमाले नेता नेपालको भनाइ

काठमाण्डौँ, १२ बैशाख । नेकपा एमालेका बरिष्ट नेता माधवकुमार नेपालले प्रधानमन्त्री झलनाथ खनाल पार्टिको बैठकबाट भागेको आरोप लगाउनु भएको छ । पूर्व सांसद क्लबको चियापान कार्यक्रममा बोल्दै नेता नेपालले पार्टि भित्र समझदारी निणर्मा गरेर अघि बढ्नेपर्ने समयमा पार्टिको बैठक बोलऊनबाट अध्यक्ष पछि हटेको बताउनुभयो । नेता नेपालले भन्नुभयो ः समझदारी बनाऊन स्थायी, पोलिटब्युरो, केन्द्रीय समिती बैठक बोलाउनुपर्ने समयमा बैठक बोलाउनबाट भाग्ने प्रवृति राम्रो होइन ।

एमालेको बुधबारबाट बस्ने भनिएको केन्द्रीय कमिटी बैठक विभिन्न कारण देखाउँदै अध्यक्ष झलनाथ खनालले हिजो अनिश्चित कालका लागी स्थगित गर्नुभएको थियो ।

पूर्ण सांसदहरुद्धारा संविधान निमार्ण हुने अवस्था नरहेको भन्दै रिले अनसनको घोषणा

काठमाण्डौँ, १२ बैशाख । पूर्व सांसदहरुले जेठ १४ गते भित्रै संविधान निमार्णाका लागी दबाद दिन रिले अनसन सुरु गर्ने भएका छन् । उनीहरुले तोकिएकै समयमा संविधान निमार्ण गनुपर्ने भन्दै आगामी बैशाख २४ गते देखी जेठ १४ गते सम्म भद्र रिले अनसन गर्न लागेका हुन् ।

पूर्व सांसद क्लबले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले दलहरुले काम नगरेको भन्दै संविधान सभाको म्याद थप गर्न नहुने बताएका छन् । क्लबका अध्यक्ष ओमप्रकाश श्रेष्ठले दलहरुले एक अर्कालाइ दोषारोपण गरेर संविधान र शान्ति प्रक्रियामा ध्यान नदिएको बताउनुभयो ।

कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले शान्ति प्रक्रियाको आधार निमार्ण नहुदाँ संविधान निमार्णमा समेत ढिलाइ भइरहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रिायाको आधार निमार्ण गर्न दलहरुलाइ आग्रह समेत गर्नुभयो ।

हतारमा एकीकृत मस्यौदा ल्याउनु हुदैँन ः निलाम्बर आचार्य

काठमाण्डौँ, १२ चैत्र । संविधानसभा संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले जेठ १४ मा संविधान नबन्ने सुनिश्चित भएपनि जनतालाइ काम गरेको देखाउने नाममा हतारमा एकीकृत मस्यौदा सार्बजानिक गर्ननहुने बताउनु भएको छ ।

त्रिभुवन विश्वविद्यालय मानव सास्त्र विभागले आयोजना गरेको संघीयता सम्बन्धी एक कार्यक्रममा सभापति आचार्यले दलहरुभीत्रको आन्तरिक विबादका कारण संविधान निर्माणमा असर परेको समेत बताउनुभयो ।

दलहरुबीचको आन्तरिक विबाद र आपसी समझदारी नहुदा संविधान निर्माण प्रक्रिर्या अबरुद्ध भएको उहाँको धारणा थियो । संविधान निर्माणमा बौद्धिक समूदायको दवाबकम भएका कारणपनि राजनीतिक दलहरुले संविधान निर्माणलाइ प्राथमिकता नराखेको आचार्यको भनाइ थियो । संविधानसभाले सुरुमै आधारभूत सिद्धान्त तयगर्न नसक्दा बेला÷बखत संविधान निर्माणमा कठिनाइ उत्पन्न हुने गरेको उहाँको टिप्पणि थियो ।

सञ्चयकोषलाई हानि पु¥याउने दुईलाई सजाय

काठमाडौँ, १२ वैशाख । कर्मचारी सञ्चय कोषलाई गैरकानुनी हानि पु¥याई भ्रष्टाचार गरेका दुईजनालाई आज विशेष अदालत काठमाडौँले रु १९ करोड ६८ लाख १३ हजार बिगो सहित छ महिना कैदको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य ओमप्रकाश मिश्र र सदस्य केदारप्रसाद चालिसेको इजलाशले नवलपरासी स्थित गैंडाकोटका सिल्भर फाइवर टेक्सटायल मिल्स प्रालिका सञ्चालक ठाकुर प्रताप थापा र जीवन विष्टले कर्मचारी सञ्चय कोषको रकम हिनामिना गरेको ठहर गर्दै बिगो सहित ६ महिना कैदको सजायको फैसला सुनाएको हो । फैसलामा भनिएका छ ः प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ बमोजिम भ्रष्टाचारको कसूर गरेको ठहर्छ । यसले ठाकुरप्रताप थापालाई छ महिना कैद र  अर्का प्रतिवादी जीवन विष्टको मृत्यु भइसकेको देखिएकाले कैद सजाय भुक्तान गर्नु परेन ।

सञ्चालकद्वयले नवलपरासी जिल्लाको गैंडाकोटस्थित सिल्भर फाइवर टेक्सटाइल मिल्सको आधुनिकीकरण र क्षमता विकास गर्नका लागि नेपाल बङ्गलादेश बैंक र कर्मचारी सञ्चयकोषको सहवित्तीयकरण कर्जा अन्तर्गत कर्मचारी सञ्चयकोषबाट रु १० करोड कर्जा लिएका थिए ।

सो कर्जा लिंदा घाटामा गएको मिल्सलाई नाफामा गएको भनी भूmटो विवरण पेस गरी कर्जा लिने र दिलाउने कार्य भएको, मिल्सको विकासमा कर्जा प्रयोग नगरिएको, ऋण नतिरी भ्रष्टाचार गरेको भन्ने आरोपसहित मुद्दा दायर भएको थियो ।

रातो पासपोर्ट दुरुपयोग गर्ने दुई सभासदलाई ७ दिन थुनामा राख्न अनुमति

कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका सभासद वीपी यादव र गायत्री शाहलाई अझौ ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमती दिएको छ । अनुसन्धान पुरा नभएको भन्दै प्रहरीले आज म्याद थपका लागि उनीहरुलाई दास्रोपटक जिल्ला अदालत पु¥याएपछि जिल्ला अदालतले ७ दिन म्याद थप गर्ने अनुमति दिएको हो । कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा संविधानसभा गेटबाटै पक्राउ परेका सभासदद्वयलाई यसअघि चार दिन म्याद थपेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।

मुलुक अद्योगति तर्फ जानुमा माओवादीको दोषि छः सभापति कोइराला

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीको अराजक गतिविधिका कारण मुुलुक अधोगति तर्फ धकेलिएको आरोप लगाउनुभएको छ ।  शहीद हरिप्रसाद गुरुङको ९५ औं जन्मजयन्तीको आवसरमा कास्किको पोखरामा आोजित कार्यक्रममा सभापति कोइरालाले माओवादी शान्तिप्रक्रिया र संविधान निर्माणमा जिम्मेवार नबन्दा मुलुकमा थप अराजक गतिविधि बढेको बताउनुभएको हो । माओवादीकै कारण देशमा अस्थिरता कायम रहेर नेपाली जनताले दुःख     पाउनु परेको उहाँको भनाइ थियो ।

माओवादी लडाकू र हतियारको व्यवस्थापन गरी लोकतान्त्रिक संविधान निर्माण गेपछिमात्र जनआन्दोलनका उपलब्धि रक्षा हुने भन्दै कोइरालाले यसकालागिसबै एकजुट हुनुपर्ने बताउनुभयो । २०१८ सालमा प्रजातान्त्रिक आन्दोलनका क्रममा पंचायती शासकहरुले  चितवनमा हरिप्रसाद गुरुङ्गको  हत्या गरेका थिए ।

काँग्रेस शिर्षस्थ नेताहरुलाइ पार्टिलाइ एक बनाउन कार्यकर्ताको सुझाव

पोखरा, १२ बैशाख । नेपाली काँगे्रसका शीर्ष तीन नेतालाई कार्यकर्ताहरुले एक ढिक्का भएर अघि बढ्न सकेमा मात्र पार्टीको संगठन विस्तारलाई बलियो बनाउन सकिने सुझाव दिएका छन् । कास्कीको पोखरामा आज आयोजित एक कार्याक्रममा कास्कीका कार्यकर्ताहरुले सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेतासमेत रहेको उपसभापति रामचन्द्र पौडेललाई शीर्षनेताहरुले नै कार्यकर्ताहरुलाई आ–आफ्नो पक्षमा लिने गरेका कारण पार्टीमा मौलाउँदैगएको गुटबन्दीको अन्त्य शीर्षनेताहरुबाटै सुरु हुनुपर्ने कार्यकर्ताहरुले सुझाव दिएका हुन् ।

पार्टी भित्र बढ्दैगएको गुटबन्दीका कारण ब्यक्तिवादी सोंच हावी भएकै कारण जिल्लामा आपसी मतभेदले पार्टीभित्र अन्तरसंघर्ष बढेको उनीहरुको गुनासो थियो । तीन शीर्षनेतालाई एकैथलोमा पाएका कार्यकर्ताहरुल्े पश्चिमाञ्चलका गण्डकी र धौलागिरी अञ्चलका विभिन्न जिल्ला सभापति एवं कार्यकर्ताहरुले पार्टीको फुटदेखि हालको एकतासम्म पनि पार्टीमा एकता हुन नसकेको समेत गुनासो पोखेका थिए । कार्यकर्ताहरुमाझ सम्बोधन गर्दै सभापति कोइराला, देउवा र पौडेलले हामी तीन एक भएको सन्देश दिदै संगठन विस्तारसँगै शान्तिप्रक्रिया र संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रधानमन्त्री अमेरिकी राजदूत

अमेरिकी राजदूत स्कट एच डेलिसीले नेपालको शान्ति प्रक्रिया र नया“ संविधान निर्माणबारे चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री झलनाथ खनालस“ग आज भेट गरी राजदूत डेलिसीले शान्ति प्रक्रिया र संविधान निर्माणबारे चासो व्यक्त गर्नुभएको हो । भेटमा आपूmले जेठ १४ अघि नै शान्ति र संविधानले पूर्णता पाउने नपाउनेबारे जिज्ञासा राखेको राजदूत डेलिसीले जानकारी दिनुभयो । भेटमा प्रधानसेनापतिको अमेरिका भ्रमण, ऊर्जा संकट नियन्त्रणका उपाय र आपसी हितका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री खनाललाई भेट्न राजदूत डेलिसी आज अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्नुभएको थियो ।

यसैबिच प्रधानमन्त्री खनालसँग आजै विश्व होटल एसोसियनका अध्यक्ष डा हसन एडीले पनि भेटवार्ता गर्नुभएको छ । अध्यक्ष एडीले आगामी डिसेम्बर महिनामा नेपालमा अन्तर्राष्ट्रिय होटल व्यवसायीको सम्मेलन हुने भएकाले त्यसका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको बताउनुभयो । भेटमा सहभागी नेपाल होटल सङ्घका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री खनालसमक्ष भिसालगायतका प्रक्रियामा आवश्यक सहयोगका आग्रह गरिएको जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय समाचार
अफगानिस्तानमा जेल ब्रेक, सयाँै तालिबानी भाग्न सफल

अफगानिस्तानको कान्दाहार प्रान्तमा रहेका एक जेलबाट ४ सय ७० भन्दा बढि तालिबानी विद्रोही भाग्न सफल भएका छन् । विद्रोहीहरुले बाहिरबाट जेलसम्म सय मिटर भन्दा लामो सुरुङ्ग बनाएर उनीहरुलाइ भगाएका हुन् ।

यसैबिच तालिबानी विद्रोहीहरुले सय भन्दा बढि कमाण्डरलाइ जेलबाट भगाउन सफल भएको बताएको छ । अफगानि एक कमाण्डरले करिब ३  सय २० मिटर लामो सुरुङ्ग खनेको बताएका छन् । उनले सुरुङ्ग निमार्णमा तिन महिना समय लागेको समेत प्रतिक्रिया दिएका छन् ।

यता अफगानि राष्ट्रपति हमित कारजाईका प्रवक्ताले घटनाको निन्दा गर्दै सुरक्षा कमजोरी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कान्धाहार प्रान्त सरकारले भागेका मध्ये केहीलाइ पक्राउ गरिएको जनाएका छन् । यद्यपी उनीहरुको नाम भने सार्वजनिक नगरिएको विविसीले उल्लेख गरेको छ ।

खेल समाचार
हिमालयन शेर्पासँग प्रायोजन सम्झौता

काठमाण्डौँ, १२ बैशाख । हिमालयन शेर्पा क्लवले यस सिजनको लिगको लागि यति एयरलान्ससँग मुख्य प्रायोजन सम्बिन्ध सम्झौता गरेको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र मूख्य प्रायोजक यति एयरलाइन्सका साहयक प्रवन्ध निर्देशकले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार यति एयरलाइन्सले अगामि एक बर्षको लागि क्लवलाई १५ लाख दिनेछ । यस्तै हिमालयनले आफ्नो जर्सीमा यति एयरलाइन्स अंकित लोगो राख्नेछ । हिमालयनले यस अघि नै जेपिआर इभेन्स र एभरेष्ट बियरसंग सह प्रयोजनको सभ्झौता गरिसकेको छ ।

सभ्झौता कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष गणेश थापाले फुटबल बिकासमा यस्ता प्रयोजन कोसोढुंगा हुने बताउनु भयो । २०६२ सालमा स्थापना भई २०६५ सालमा ए डिभिजनमा बढुवा भएको हिमालयनले यस बर्ष मात्र तीन राष्ट्रिय फुटबल प्रतियोगिता जित्न सफल भएको थियो । गत बर्षको पहिलो ए डिभिजन नकआउट फुटबल जितेको हिमालयनले बर्षको अन्तिम प्रतियोगिता सहिद मजुर स्मृति फुटबल प्रतियोगिता जितेको थियो । यस्तै हिमालयन यस बर्ष सिमरा गोल्डकप पनि हात पार्न सफल भएको थियो । 

No comments: