Sunday, April 24, 2011

बैशाख ११ गते २०६८


शान्ति र संविधानमा धोका भएमात्र जन विद्रोहः माओवादीको आधिकारीक कार्यदिशा बन्ने
काठमाण्डौँ, ११ बैशाख । एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा अधिकांश पोलिटव्युरो सहस्यहरुले शान्ति र संविधान निर्माण प्रकृयामै पार्टि शसक्त ढंगले उभिनुपर्ने बताएका छन । जनविद्रोहको कार्यदिशा तत्कालकालागि थाति राख्दै शान्ति र संविधानलाइ तत्कालिक कार्यदिशा बनाउने प्रचण्डको प्रतिवेदनमा उनीहरुले समर्थन गरेका हुन् । उनीहरुले शान्ति र संविधानको कार्यनितिमा धोका हुनसक्ने अवस्था आए जनविद्रोहमा जान सकिने धारणा राखेका थिए ।

यद्यपी उपाध्यक्ष मोहन बैद्य पक्षधर सदस्यहरुले भने अध्यक्ष प्रचण्डको प्रस्ताव संशोधनवादी विचलनवाट आएको टिप्पणी गरेका छन । वैद्य पक्षधर केहि सदस्यहरुले भने पालुंगटार विस्तारित वैठकको कार्यदिशा तोडमोड गरिए पार्टी गंभिर दुर्घटनामा फस्नसक्ने चेतावनी समेत दिएका थिए ।

बैठकपछि माओवादी प्रवक्ता दिनानाथ शर्माले महाधिवेशनमा जानुपर्ने अध्यक्ष प्रचण्डको विचारलाइ केन्द्रमा राखेर छलफल भइरहेको जानकारी दिनुभयो । शर्माले केन्द्रीय कमिटी बैठकको सुरुमै प्रचण्डले माआवादीमा महाधिवेशन जरुरी रहको भन्दै केन्द्रीय सदस्यहरुलाइ यसबारे धारणा आग्रह गरेपछि बैठकमा महाधिवेशनको विषयमा समेत छलफल हुदै आएको बताउनुभयो ।  प्रवक्ता शर्माले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष र उपाध्यक्षको प्रतिवेदनलाइ लिएर तत्काल निर्वाचनमा जाने अवस्था नरहेको समेत बतउनुभयो ।  केहि आशंका र सामान्य मतभेद हुनु स्वाभाविक र जनावादी शैली भएको वताउँदै उहाँले सकेसम्म सर्वसम्मत ढंगले अध्यक्षको प्रतीवेदन पारित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

माओवादी केन्द्रीय कमिटी बैठकमा शान्ति र संविधानलाइ तात्कालिक कार्यनिति बनाउने अध्यक्ष प्रचण्डको तथा जनविद्रोहको कार्यनिति त्याग्न नहुने बैद्यको  फरकमतको विषयमा छलफल हुदैँ आएको छ । बैठकमा आज पोलिटब्युरो सदस्यहरुले धारणा राख्ने क्रम सकिएकाले भोली देखी केन्द्रीय सदस्यहले धारणा राख्ने क्रम सुरु हुने शर्माले बताउनुभयो ।

यता विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षागर्न बुधबाट बाट आह्वान गरिएको एमाले केन्द्रीय कमिटी बैठक अनिश्चकालका लागी स्थागित भएको छ । वैशाख १५ देखी १७ सम्म लोकतान्त्रिक मधेशी संगठनको राष्ट्रिय सम्मेलन तथा गृहकार्य अभाव भएको भन्दै अध्यक्ष झलनाथ खनालको निर्देशन अनुसार बैठक स्थगन गरिएको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

६०१ जना सभासदलाई पाल्नु हुन्न—नेपाल

भक्तपुर ११ बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान निमार्ण हुने सुनिश्चत नभए संविधान सभाको म्याद थप्न नहुने बताउनु भएको छ । नेता नेपालले यथास्थीतिमा संविधान सभाको म्याद थप्नुको औचित्य नभएको समेत बताउनुभयो । उहाँले भन्नुभयोः म्याद थप्ने नाममा ६०१ जना सभासदलाई पालेको पाल्यै गर्ने योजनाको जनताले अब विरोध गर्नुपर्छ । नेता नपालले वर्तमान अवस्थमा कुनै पनि कार्य नगरि संविधान सभाको म्याद थप गर्नु लम्ब्याउनु खोज्नु शान्ति प्रक्रियालाई पूर्णता दिन नचाहनु भएको टिप्पणी गर्नुभयो ।

नेकपा एमाले मध्यपुर थिमीले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले शान्ति प्रक्रिया टुङ्गाउन नसकेको तथा मओावादी ज्यादति अन्त्य गर्न नसकेको भन्दै सरकार छ कि छैन भन्ने पश्न गर्नुभयो ।

काँग्रेसको जनजागरण सभा

पोखरा, ११ बेशाख । नेपाली काँग्रेसका शीर्ष नेताहरुले शान्तिप्रक्रिया र संविधान लेखन प्रक्रियालाई टुँगोमा पु¥याउन माओवादी तयार नदेखिएको भन्दै जनदबाव आवश्यक रहेको बताउका छन् । काँग्रेस नेतााहरुले  हालको बाम गठबन्धनलाई अपवित्र भएको संज्ञा दिदै यसको पतन निश्चित रहेको दाबी समेत गरेका छन् ।

लोकतन्त्र दिवसको अवसर पारेर शान्ति र संविधानका लागि दवाब दिन आज पोखरामा काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले देशलाइ बामपन्थी अतिवादवाट बचाउन जनदवाब जरुरी भएको बताएका हुन ।

सभामा सभापति सुशील कोइरालाले लोकतन्त्रलाई अजराजकता र बहुलवादलाई आफ्नो शब्दकोषमा नभएको भन्ने माओवादीको पतन निश्चि भएको दाबी गर्नुभयो । उहाँले शान्ति प्रक्रिया र संविधान निमार्णमा माओवादी वाधक बनिहरुको टिप्पणी गर्नुभयो । अपहरण, चन्दा असुली, घरजग्गा कब्जामा उद्दत रहेको माओवादीले राज्यसत्ता कब्जा गर्छु भन्नु दीवास्वप्न भएको कोइरालाको भनाइ थियो ।

काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले १४ जेठभित्र संविधान बन्न नसक्ने ठोकुवा गर्दै माओवादीका लडाकू र हतियार ब्यवस्थापन नगरेसम्म बन्ने संविधानले शान्ति स्थापना हुन नसक्ने बताउनुभयो । उपसभापति रामचन्द्र पौडेलले माओवादीले सर्वसत्ता सुनिश्चित नहुँदासम्म हतियार छोड्न नचाहेको आरोप लगाउनुभयो । तीन दलहरुबीच हुने कोठे बैठकले कुनै निकास दिन नसक्ने भन्दै काँग्रेसले आजबाट देशब्यापि सभाको सूरुवात गरेको हो ।

विकप्ल्प नदिइ संविधानसभा विघटनगर्नु हुदैन—उपराष्ट्रपति

काठमाण्डौँ, ११ बैशाख । जेठ १४ मा संविधान नबने राष्ट्रपति सक्रिय बन्नुपर्ने धारणा राख्दै आउनु भएका उपराष्ट्रपति परमानन्द झाले वैकल्पिक संवैधानिक व्यबस्था नहुन्जेल संविधानसभा भंंग गर्न नहुने बताउनु भएको छ । लोकतन्त्र दिवशका अबसरमा आज आफ्नै कार्यालयमा आयोजना गर्नुभएको चियाँपान कार्यक्रममा पत्रकारहरुसंग कुरागर्दै उपराष्ट्रपति झाले संविधानसभाको विकल्प खोज्न नहुने बताउनु भएको हो ।

उहाँले जनआन्दोलनको लक्ष शान्ति र संविधान निर्माण गर्नु अहिलेको दायित्व भएको बताउनभयो । शान्ति र संविधानका लागि एक महिनामात्र सयम बाकी रहेका कारण यसको सही सदुपयोग गर्न उहाँले दलका नेताहरुसंग आग्रह समेत गर्नुभयो ।

चियापान कार्यक्रममा राष्ट्रपति रामबरण यादव, प्रधानमन्त्री झलनाथ खनाल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, सूर्यबहादुर थापा लगायत सहभागि थिए ।

लोकतन्त्री दिवस खै के भयो । पाँच बर्षमा

काठमाण्डौँ, ११ बैशाख । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र प्राप्ति भएको दिन आज लोकतन्त्र दिवश विभिन्न कार्यक्रम गरि मनाइयो । आज भन्दा पाँच वर्ष अघि तत्कालीन सात राजनीतिक दल र माओवादी बिचको १२ बुदेँ समझदारीबाट भएको दोस्रो जनआन्दोलनमा व्यापक जनदबाब र २६ जना नेपालीले सहादत प्राप्त गरेपछि निरङ्कुश राजा ज्ञानेन्द्र शाहको सरकार घँुडा टेक्न बाध्य भएको थियो । त्यसकै फलस्वरूप २०६३ साल वैशाख ११ गते आजकै देशमा लोकतन्त्र आएको थियो ।

के गाउँ के सहर सबै क्षेत्र र वर्गका जनता उर्लेको यो आन्दोलनले अन्ततः २३९ वर्ष लामो राजतन्त्र समेत समाप्त भएको थियो । लोकतन्त्र प्राप्तिको पाँच वर्षको अवधिमा देशले ऐतिहासिक संविधानसभाको निर्माण र राजसंस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग निमार्ण गरिसकेको छ ।

तर लोकतन्त्र स्थापनाको पाँच बर्षमा शान्ति प्रक्रिया पुरा हुन नसक्दा तथा संविधान निमार्ण हुन नसक्दा जनता भने निराश देखिएका छन् । सडक बजारमा लोकतन्त्रका लागी लडेका जनताको निराशाको आवाज छ्याप छ्याप्ती सुनिन थालेका छन् । देशको आर्र्थीक विकास अद्योगति तर्फ बढेको, शान्ति अमन चयन नभएको भन्दै जनता आक्रोशित बनेका छन् । लोकतन्त्र प्राप्ती भएपनि पटक पटक सरकार बन्ने र ढल्ने खेल जारी रहँदा जनतामा निराशाको डिग्रि बढेको छ । रोजगारीको श्रृजना नहुदाँ, विदेशिने युवाको संख्यामा वृद्धि भइरहेको छ । देशको शिक्षा स्वाथ्य जस्ता विषयमा समेत खासै उपलब्धि देखिन सकेको छैन ।

लोकतन्त्र दिवसः गणतन्त्रलाई संस्थागत गरांै– प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री झलनाथ खनालले लोकतान्त्रीक उपलब्धीको रक्षाका लागि एकजुट हुन सबै पक्षस“ग आग्रह गर्नुभएको छ । छैटौं लोकतन्त्र दिवशको अवसरमा राजधानीको सैनिक मञ्च टुंडिखेलमा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री खनालले दिगो शान्ति देश बिकासको महत्वपूर्ण पूर्वाधार रहेको भन्दै दलहरु शान्ति र संविधानका लागी एकजुट हुनपर्ने बताउनुभाये ।

प्रधानमन्त्री खनालले आÏनो नेतृत्वको सरकार शान्ति र संबिधान निर्माण प्रक्रियालाई टुङ्घोमा पु¥याउन अर्जुनदृष्टिका साथ लागिरहेको दावि समेत गर्नुभयो । २०६२÷०६३ जनआन्दोलनका शहिद र घाइतेहरुको सपना साकार पार्न दलहरु सहमतीय राजनीतिमार्फत अघि बढ्नुपर्नेमा  प्रधानमन्त्री खनालले जोड दिनुभयो ।  समारोहमा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानन्यायधीश रामप्रसाद श्रेष्ठ, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख सुरक्षा निकायका प्रमुखहरुको तथा उपस्थिति थियो ।

यसैबिच एकिकृत नेकपा माओवादीले संविधान लेखनको ऐतिहासिक घडीमा अविश्वास, आशंका र मतभेदलाई पन्छाएर दीगो शान्ति र जनताको संविधान निर्माणका पक्षमा एकजुट हुन सबै पक्षसँग अपील गरेको छ । पाचौं लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ती जारी गर्दै माओवादीले इतिहासको यो संगीन घडीमा संकीर्णता, हठ र पूर्वाग्रहलाई त्यागेर विशाल छातीका साथ लचकताका साथ अघि बढ्न सकेमात्र नेपाली जनताको आकांक्षा पूरा हुन सक्ने बताएको छ ।

चिया आन्दोलनः कारखाना र बगान खुलेनन्

इलाम (मङ्गलबारे), ११ वैशाख । ज्यालाका विषयमा चिया मजदुर र उद्योगीबीच विवाद भएपछि एकसातादेखि बन्द रहेका पूर्वका चिया बगान र कारखाना अझै खुल्न सकेका छैनन् । ज्याला वृद्धि, सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्नेजस्ता २८ सूत्रीय माग राख्दै मजदूरहरु आन्दोलनमा उत्रिएका छन् ।

मजदूरले आफ्नो अडान नछाडेकाले बन्द रहेका इलाम, झापा र धनकुटाका चिया उद्योगहरू खुल्न नसकेका हुन् । चिया कारखाना र बगान सबै बन्द गरेर आन्दोलनमा मजदूर उत्रिएपछि तत्काल किसानले पनि चिया बिक्री गर्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरू गरेका छन् ।चिया किसानले मेची राजमार्ग बन्द गरी आन्दोलन सुरू गरेका छन् । आफ्नो आन्दोलनप्रति उद्यमीहरू गम्भीर नभएको मजदूरले गुनासो गरेका छन् । मजदुर आन्दोलनका कारण अर्थोडक्स चिया तयार गर्ने इलाम र धनकुटाका १६ तथा सिटिसी चिया तयार पार्ने झापाका २५ कारखाना बन्द छन् । ती उद्योग र अन्य बगानमा करिब ३५ हजार मजदुर कार्यरत छन् । चियाको मुना बोटमै हुर्किएकाले किसान पनि चिन्तित छन् । कतैकतै चियामा रेड स्पाइडर नामको रोग देखा पर्ने थालेको छ ।

सरकार परिवर्तन वर्तमान गतिरोधको अन्त्य होइन ः प्रदीप ज्ञवाली

विराटनगर, ११ बैशाख । नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सरकार परिवर्तनले मात्र वर्तमान राजनीतिक समस्याको समाधान नहुने बताउनुभएको छ । विराटनगरमा आज संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सोचेजस्तो काम गर्न नसकेपनि सरकार परिवर्तन गर्ने समय नभएको बताउनुभयो । सरकारको मुल्यांकन गर्ने समय नभएको भन्दै उहांले अहिले नै सरकार असफल भयो भन्न नसकिने बताउनुभयो । यद्यपि सरकारले शान्तिप्रक्रिया र संविधान निर्माणको काम अघि बढाउन नसक्दा जनताले परिवर्तनको अनुभुति गर्न नसकेको उहांले बताउनुभयो । शान्ति र संविधान प्राप्त नहुने अवस्थामा भने आफुहरु वर्तमान सरकारको निरन्तरताको पक्षमा नरहने नेता ज्ञवालीले बताउनुभयो । बा“की रहेको ३३ दिनमा संविधान बन्ने र शान्ति प्रकृया टुंगिने सम्भावना नरहेको भन्दै ज्ञवालीले शान्ति प्रकृया टुंगोमा पु¥याउने र संविधानको विश्वसनीय खाका दिए संविधानसभाको म्याद छमहिना थप गर्न सकिने बताउनुभयो ।

यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रजातन्त्रप्रति पूर्ण जिम्मेवार भए माओवादीकै नेतृत्वमा सरकारमा जान कांग्रेसलाई कुनै आपत्ति नहुने बताउनुभएको छ । नेशनल मिडिया मिसनले छैटौं लोकतन्त्र दिवसको अवसरमा राजधानीमा गरेको कार्यक्रममा नेता थापाले प्रजातन्त्रको मूल्य, मान्यता र संस्कार भित्र माओवादी आउनुपर्ने बताउनुभयो । प्रजातान्त्रिक दायरा भन्दा बाहिर रहेका कुनैपनि राजनीतिक दलसंग नेपाली कांग्रेसले सहकार्य नगर्ने नेता थापाको धारणा छ ।

अन्तराष्ट्रिय समाचार

साईबाबाको मृत्यु । डेल लाख करोडको मालिक को होला अब ?
Satya Sai Baba 

भारतीय चर्चित आध्यात्मिक गुरु सत्य साइबाबाको आज निधन भएको छ । भारतको पुट्टपर्तिमा आफैले स्थापना गरेको सत्य साइ इन्ष्टिच्युट अफ हायर मेडिकल लर्निङमा भारतीइ समय अनुसार आज बिहान ७ बजेर ४० मिनेटमा साइबाबाको निधन भएको हो । 

सन १९२६ नोभेम्बर २३ तारिखमा जन्मनुभएका साइबाबा ८५ बर्षको हुनुहुन्थ्यो । शरीरका धेरै अङगले काम गर्न छाडेपछि साइबाबालाई २७ दिन अघि अस्पतालमा भर्ना गरिएको थियो । उहांको उपचारमा संलग्न डाक्टर एनएन सफायाले बाबाको धड्कन बिहान ७ ः ४० बजे रोकिएको एक बुटेलिन जारी गरी जानकारी दिएका थिए । बाबाको मृत्यु बिहानै भएपनि संचार माध्यमलाइ पौने दश बजे तिर मात्र जानकारी दिइएको थियो । 

यसैबिच साइबाबाको अन्तिम श्रद्धान्जिलीका लागी देश विदेशबाट झक्तजन आउने भएपछि उहाँको पार्थिब शरीरलाई दुई दिनसम्म अस्पतालमै राखिने भएको छ । बाबाको बिहानै निधन भएपनि भक्तजनलाई भने सांझ ६ बजेबाट मात्र उहांको पार्थिब शरीरमा श्रद्धान्जिली अर्पण गर्न दिइएको छ । आन्ध्र प्रदेश सरकारले बाबाको अन्त्येष्टि राजकिय सम्मानका साथ बुधाबार गरिने जनाएको छ । साइको निधन भएको खबर थाहा पाउनसाथ अस्तपालमा हजारौं भक्तजनको घुइचो लागेको छ । बिहान देखी करिब ४० हजार भक्तहरु पुट्टपर्टि पुगिसकेको छन् । धेरै साइभक्तहरु बाबामा चामत्कारिक शक्ति रहेको विश्वास गदर्थे । विश्वभर करिब ४ करोड साइभक्त रहेको भारतीय संचार माध्यमहरुको जनाएका छन् । 

यता साइबाबाको निधन सँगै उहाँकोे समाजिक ट्रष्ट्रको उत्ताराधिकारीको विषयलाइ लिएर समेत अन्यौलता छाएको छ । साइबाबा ट्रष्ट्रमा करिब चार हजार करोड देखी डेढ लाख करोड सम्पिती रहेको अनुमान गरिएको छ । 

साइबाबाको नाममा विश्वका १६६ देशमा विभिन्न परोककारी कार्यहरु हुदैँ आएका छन् । साइ ट्रष्ट्र मार्फत भारतको अनन्तपुर जिल्लाको सात सय गाउँमा करिब तिन सय करोड रकमको खानेपानी आयोजना निमार्ण गरिएको थियो । साइबाबा ट्रष्ट्र अन्तरगत भारतका विभिन्न स्थानमा निशुल्क अस्पताल तथा विद्यालयहरु संचालन हुदै आएका छन् । ट्रष्ट्र मातहत पुट्टपर्तिमा एउटा विश्वविद्यालय तथा विमानस्थल समेत निमार्ण गरिएको छ । बाबाका विश्वभर कयौँ राष्ट्रका राष्ट्रपति, मन्त्री, कलाकारहरु भक्त रहेका छन् । साइबाबालाइ गत साल मात्र पुट्पर्तिमा एक अत्याधुनिक अस्पताल तथा मेडिकल कलेज स्थपानका लागी दुइ भक्तले पाँच सय करोड सम्पति दान दिएको विविसीले उल्लेख गरेको छ । 

साइबाबाले विवाह नगरेकाले उनको सम्पितीको विषयलाइ लिएर केही पारिवारिक विवाद हुनसक्ने बाबाका सहयाक डा अनिल कुमारले बताएका छन् । यद्यपी बाबाले मृत्यु अगाबै आफ्नो सम्पितीको उत्ताराधिकारीको रुपमा प्रेमा साइ नाम गरेको एक ब्यक्तिले भारतको कर्नानक राज्यको मान्ड्या जिल्लाको गुन्पिती गाऊँमा जन्म लिने बताएका थिए । प्रेमा साइ बाबाको नयाँ अवतार हुने बुझिएको छ ।

खेल समाचार
एएफसी प्रसिडेन्टकपको छनौट चरणमा नेपाल रित्तो हात

काठमाण्डौँ, ११ बैशाख । गत बर्षको एएफसी प्रसिडेन्ट कपको उपविजेता नेपाली टोली नेपाल प्रहरी यसबर्ष प्रतियोगितामा छनौट हुन समेत असफल भएको छ । गृह मैदानमा भएको खेलमा नेपालले समुह सि बाट सामना गरेका तिन वटै क्बलसँग पराजय बेहार्दै प्रतियोगितामा छनौट हुन असफल भएको हो ।

प्रतियोगिता अन्तरगत आज भएको अन्तिम खेलमा समेते पुलिस क्लब चाईनिज ताईपेईको ताईवान कम्पनीसंग १—० गोल अन्तरले पराजित भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा विजयी ताईवानका लागी एक मात्र गोल च्याङ सु लिले खेलको ६६ औ मिनटमा गरेका थिए । यसअघि पुलिस पाकिस्तानको वाप्डा तथा तुर्केमिनिस्तानको बाल्कन सँग समेत समान २–२ गोलले पराजित भएको थियो ।

No comments: