Saturday, April 23, 2011

बैशाख १० गते २०६८

माओवादीमा महाधिवेशन माग उठ्यो

Maiost Leader CP Gajurel
काठमाण्डौ, वैशाख १० । जारी माओवादी केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको माग उठेको छ । भावी कार्यदिशाको बिषयलाइ लिएर विबादमा परेको माओवादी केन्द्रीय समितिको बैठकमा आज बोल्दै बैद्य पक्षिय स्थायी समिती सिपी गजुरेलले महाधिवेशनको माग गर्नु भएको हो । 
बैठकमा आज स्थाइ कमिटि सदस्यहरुले अध्यक्ष प्रचण्डको प्रतिवेदन र उपाध्यक्ष बैद्यको फरकमत आफ्नो धराणा राख्नेक्रम सकिएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको बैठकमा बर्षमानपुन अनन्त बाहेकाका स्थाइ कमिटिका १५ जना सदस्यहरुले बोल्नेक्रम सकिएको हो । स्थाइ कमिटि सदस्यबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र उपाध्यक्ष मोहन बैद्य किरणको फरकमतमाथी मत बाझिएको छ । माओावदी केन्द्रीय कमिटीमा प्रचण्डले पालुङटार बैठकको जनविद्रोहमा जाने निती तत्कालका लागी स्थगित गरी शान्ति र संविधानको नितीलाइ पछ्याउनु पर्ने प्रतिवेदन पेश गरेका छन्  । बैद्यले भने जनविद्रोहमा जाने नितीको बचाऊमा ५ पृष्ठ लोमो प्रतिवेदन पेश गरेका छन् । 
स्रोतका अनुसार प्रचण्डको प्रस्तावप्रति धारणा राख्दै उपाध्यक्ष बावुराम भट्टराइले पालुङ्टार बैठकवाट शान्ति र संविधानको प्रस्ताव पारित गर्नुपर्नेमा ढिलै भएपनि अध्यक्षले सही निति लिएको बताउनुभयो । उहाँले संविधानसभा आफ्नै उपलब्धी भएकोले राष्ट्रिय–अन्तराष्ट्रिय शक्ति सन्तुलनलाइ ध्यान दिदै शान्ति प्रक्रिर्या पूरा गरेर अघि बढ्नु पर्ने बताउनु भएको थियो ।
महासचिव रामबहादुर थापा लगायत केहि स्थाइ कमिटि सदस्यहरुले उपाध्यक्ष बैद्यको समेत धारणालाइ समेटेर प्रतिवेदन परिमार्जन गर्नुपर्ने बताएका थिए । बैद्य समर्थकले भने अध्यक्षले विस्तारित बैठकको भावना विपरित पार्टीलाइ संशोधनवादी भासमा फसाउन खोजेको टिप्पणी गरेका छन । बैद्य पक्षधर नेत्र विक्रम चन्द र देव गुरुङले पनि अध्यक्ष प्रचण्डको प्रस्तावप्रति तीब्र विमति जनाउनु भएको थियो । उनिहरुले पार्टीको सर्वोच्च निकाय विस्तारित बैठकले गरेका निर्णयको उल्लघन गर्ने अधिकार अध्यक्षलाइ कसले दियो भन्ने प्रश्न उठाएकाल थिए ।
बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा लगायत केहि सदस्यले भने मध्यमार्थी धारणा राखेका थिए । उनिहरुले आन्तरिक विबादका कारण पार्टी कमजोर भएको भन्दै विबाद समाधान गरेर कार्यकर्तालाइ उत्साह दिनुपर्ने बताएका थिए । स्थाइ कमिटि सदस्यले बोल्नेक्रम सकिएकोले भोली देखी पोलिटव्युरो सदस्यहरुले धारणा राख्नेक्रम सुरु हुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

आयल निगमले सार्वजनिक बिदाको दिन पनि पेट्रोलिय पदार्थ बिक्रि वितरण गर्ने

काठमाण्डौँ, १० बैशाख । नेपाल आयाल निगमले भोली सार्वजनिक बिदा भएपनि पेट्रोलियम पदार्थको बिक्रि वितरण सुचारु गर्ने भएको छ । अयाल निगमले बजारमा पेट्रोलिय पदार्थको अभाव देखिएको भन्दै भोली लोकतन्त्र दिवसको सार्वजनिक विदा भएपनि पेट्रोलियम पदार्थ विक्रि गर्न लागेको  जनाएको छ । आयल निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलले भोली सार्वजनिक बिदा भएपनि थानकोट डिपो खुल्ला रहने जानकारी दिनुभयो । ढुङ्गेलले शहर बजारमा पेट्रोलियम पदार्थका अभाव देखिएकाले राजमार्ग क्षेत्रको पेट्रोल पम्मको मात्रामा कटौति गरि शहर बजारमा बढिमात्रामा आपूर्ति गर्न लागिएको बताउनुभयो । 

एकसिँगे गैँडाको संख्यामा वृद्धिे

लोपोन्मुख एकसिंगे गैडाँको संख्यामा वृद्धि भएको छ । तिन बर्ष अघि सन् २००८ मा गैडाँको संख्या ४३५ रहेकोमा यसपटको गणनामा ५३४ पुगेको हो । यो संख्यामा तिन बर्षअघि भन्दा ९९ ले बढि हो ।
गत चैत २२ गतेदेखि सुरु गरिएको एकसिङगे गैडा गणनाबाट गैडाँको संख्यामा वृद्धि भएको देखिएको हो । पछिल्लो तथ्याङक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ५०३, बर्दिया राष्ट्रिय निकुञ्जमा २४ र शुक्लाफाँटा बन्यजन्तु आरक्षामा ७ गैडाँ फेला परेको चितनव राष्ट्रिय निकुन्जका महानिर्देशक कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो । एक एक गरेर गैंडाको विवरण टिपेर  दुर्बिन, क्यामरा र जीपीएस जस्ता उपकरणहरुको सहयोगमा गैंडा गणना कार्य गरिएको महानिर्देशक आचार्यले बताउनुभयो । यसअघि सन् २००० को गणनापछि चोरीसिकार र कालगतिले गैडा मरेका कारण गैंडाको सङ्ख्या ह्वात्तै घटेर सन् २००५ को गणनामा ३७२ मा झरेको थियो ।

प्रहरी चौकीमाथी खुम्बुुवान कार्यकर्ताको आक्रमण प्रयास

इटहरी, १० वैशाख । कार्यकर्तालाई पक्राउ गरेको भन्दै खम्वुवान राष्ट्रिय मोर्चाका कार्यकर्ताले आज इटहरकिो इलाका प्रहरी कार्यालय बेलवारीमा आक्रमणको प्रयास गरेका छन् । पक्राऊ परेका दुइ कार्यकर्तालाइ छुटाउन पुगेका मोर्चाका कार्यकर्ताले प्रहरी कार्यलयमा ढुङ्गामुढा गरेका हुन् । मोर्चाका कार्यकर्ताले चौकी भित्रै छिरेर निकाल्ने प्रयास गरेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिनका दूइ राउण्ड हवाइ फायर र अश्रु ग्याँस तथा लाठी चार्ज गर्नु परेको प्रहरीले जनाएको छ । सोक्रममा प्रहरी र मोर्चाका कार्यकर्ता बिच केहीबेर झडप समेत भएको थियो । झडपमा परि आर्धा दर्जन मोर्चाका कार्यकर्ता सहित प्रहरी निरीक्षक रुद्र चुडालसँगै अन्य तीनजना प्रहरी समेत घाइते भएको छन् ।
प्रधानमन्त्री खनाल, पासाङ ल्हामु स्मृती सभामा
काठमाण्डौं, १० बैशाख । प्रधानमन्त्री झलनाथ खनालले निर्धारित समय भित्रै शान्ति र सबिधान निर्माण कार्य पुरा गरेरै छाड्ने अठोट दोहो¥याउनु भएको छ । शान्ति र संविधानका निम्ति एकताबद्ध भएर राजनीतिक दलहरू दृढ सङ्कल्पका साथ लागेमा लक्ष्यमा पुग्न कठिनाइ नहुने धारणा व्यक्त गर्दै उहाँले शान्तिप्रक्रियाको अन्त्यसँगै आर्थिक विकासलाई बढाउन सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।
पासाङ ल्हामु शेर्पाको १८ औ स्मृती दिबसको अबसरमा पासाङग ल्हामु प्रतिष्ठानले आज बिहान राजधानीको चुच्चेपाटीमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री खनालले सबै दलहरुको ध्यान शान्ति र सबिधान निमार्ण तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिनु भयो । उक्त अबसरमा प्रधानमन्त्री खनालले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाबाट साहसिक यात्राको पाठ सिक्नुपर्ने बताउनुभयो । विराङ्गना पासाङ ल्हामुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री खनालले मुलुकको पर्यटन प्रवद्र्धनमा उहाँको योगदान सधैँ स्मरणीय रहने उल्लेख गर्नुभयो  ।
पासाङ ल्हामु शेर्पाको ०५० साल बैशाख १० गते आजकै दिन  सगरमाथा आरोहण गरि फर्कने क्रममा हिमपहिरोमा परि निधन भएको थियो । सरकारले उहाँलाई २०५९ साल वैशाख ९ गते राष्ट्रिय विभूति घोषणा गरेको हो ।
यसैबीच राजधानीकै अर्काै एक कार्यक्रममा प्रधानमन्त्री खनालले वर्तमान सरकारलाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ । नेकपा (एमाले) सम्पर्क विशेष समन्वय कमिटीले आज एमाले मुख्यालयमा गरेको भेलामा प्रधानमन्त्री खनालले सरकारलाई ढाल्नलाई जुनसुकै षड्यन्त्र गरे सफल नहुने दाबी गर्नुभयो । ‘कसैले हावा हुण्डरी सिर्जना गरेपनि सरकार रत्तिभर विचलित नभई शान्ति र संविधानको कार्यभार पूरा गर्न लाग्नेछ ।’ – प्रधानमन्त्री खनालले भन्नुभयो ।प्रधानमन्त्री खनालले शान्ति प्रक्रियालाई निष्कर्षका पु¥याउन केही हप्ताभित्रै ठोस आधारसहितको विशेष घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।गत माघ २० गते एमाओवादी अध्यक्ष प्रचण्डसँंग भएको सात बँुदे सहमतिपछि उत्पन्न गतिरोधको गाँठो फुकाउन साहसिक कदम चाल्ने उहाँको भनाई थियो ।
जवज विरोधीको चाँडै ठेगान लगाईन्छ—ओली
काठमाण्डौं, १० बैशाख । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले राजधानीमा आज आफू निकट नेता–कार्यकर्ताहरुको गोप्य भेला गरी आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार र एकिकृत माओवादीको चर्काै आलोचना गर्नुभएको छ । मदन भन्डारी फाउन्डेसनद्धारा राजधानीको बानेश्वरस्थित ईन्द्रेणी कम्प्लेक्समा आयोजित गोप्य भेलामा ओलीले जनताको बहुदलीय जनवादको विरुद्धमा जाने जो–कोहीलाई ठेगान लगाएरै छाडने चेतावनी दिनुभयो ।
आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनाल पार्टीको आधिकारिक सिद्धान्त जवजको मर्म विपरित चल्न थालेको भन्दै उहाँले जवज एमालेको सम्पत्ती भएकाले त्यसको रक्षा नगरे कडा रुपमा ठेगान लगाईने चेतावनी दिनुभयो । सरकारले दुई महनिाको अवधीमा राज्य मन्त्रीको नियुक्ति र राजिनामा भन्दा अरु केही गर्न नसकेको आरोप लगाउँदै ओलीले प्रधानमन्त्री हुने लालसामा जवजलाई विर्सेको टिप्पणी गर्नुभयो । ओली पक्षीय राष्ट्रिय भेला नाम दिईएको सो कार्यक्रममा एमाले उपाध्यक्ष विद्यादेवी भन्डारी,नेता कृष्ण गोपाल श्रेष्ठ लगायतका करिब ३०० कार्यकर्ताको उपस्थिती रहेको थियो ।
पछिल्लो समय माओवादीको हाउभाउ सकारात्मक देखिएपनि जनविदं्रहोको कुटिल नीति लिएर ऊ अघि बढिरहेको भन्दै नेता ओलीले माओवादीका लडाकु,वाईसियल तथा स्वयंसेवक दस्ता विरोधीहरुलाई खरानी पार्नै उदेश्यले अगाडी बढेको उल्लेख गर्नुभयो । माओवादी देशलाई मरुभूमि बनाउन उद्यत रहेको तथा भत्ताका नाममा ऊसले भोका नागरिकहरुको गाँस र विरामीहरुको मलम खासेको ओलीको आरोप थियो । शान्ति प्रक्रियालाई पूरा नगरी जारी हुने संविधान लागू हुनै नसक्ने जिकिर गर्दै ओलीले अगाडी भन्नुभयो,‘संविधान भन्दा पृथक तत्व बाँकी रहन्छ भने त्यो अवस्थामा संविधान संविधान हुनै सक्दैन ।’
माओवादीलाई हतियारविहीन बनाउनुपर्छ – वरिष्ठ नेता देउवा

काठमाडौँ, १० वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एनेकपा माओवादीका लडाकुको समयोजन गरी लोकतान्त्रिक संविधान बनाएर वर्तमान राजनीतिक समस्याको निकास खोज्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेश एकीकृत विकास समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता देउवाले माओवादीलाई हतियारविहीन बनाएर प्रजातान्त्रिक मूल्य मान्यताको संविधान बनाउनुपर्ने बताउनु भएको हो । उहाँले लोकतन्त्रका विरुद्ध काँग्रेसले कसैसँग सम्झौता नगर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जनवादको आवरणमा सर्वसत्तावाद लाद्ने काम कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयो । त्यस अवसरमा नेता देउवा र केसीले साहित्यकार मोतीराज वमद्वारा लिखित कर्णालीको लोकजीवन पुस्तकको विमोचन गर्नुभएको थियो ।
यसैबीच नेपाली कागे्रसका नेता नरहरि आचार्यले जेठ १४ सम्म नयाँ संविधानको एकीकृत मस्यौदा बनाउन सकिए संविधानसभाको म्याद अधिकतम छ महिना थपगर्न सकिने बताउनु भएको छ । साथै उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाइ सुधार्न खोजेका कारण संविधान निर्माणमा आशा जागेको बताउनु भएको हो । ‘जेठ १४ मा एकीकृत मस्यौदा बन्यो भने औपचारिक प्रक्रिर्या पूरागर्न छ महिना थपगर्न सकिन्छ, उहाँले भन्नुभयो–यसकालागि कार्यशैलीमा सुधार जरुरी छ ।’
लोकतन्त्र दिवसको अबसरमा पत्रकारकालागि आफ्नै निवासमा आयोजना गर्नुभएको चियाँपान कार्यक्रममा नेता आचार्यले जेठ १४ सम्म संविधानको एकीकृत मस्यौदा बन्ने संभावना जीवित रहेको बताउनुभएको हो । शासकीय स्वरुप र निर्वाचन प्रणाली र संघीयताको बिषय बाकी रहेकोले साशकीय स्वरुपमा मिश्रित प्रणाली अपनाउन सकनिे उल्लेख गर्नुभयो । ‘मिश्रित प्रणाली भनेको फ्रेन्च मोडल मात्र होइन, उहाँले भन्नुभयो– प्रतक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको विकल्पमा सहमति जुटन सक्छ ।’ कागे्रसका २५ जना सभासदले समर्थन गरेको तथा संविधानसभा निर्वाचनमा एमालेले जारी गरेको घोषणापत्रमा समेत यही कुरा भएकोले सहमतिको विकल्प हुने उहाँले बताउनुभयो ।

जनताको ६० बर्षको संघर्ष र पछिल्लो जनआन्दोलनको लक्ष संविधानसभावाट संविधानसभा निर्माण गर्नु भएको स्मरणगर्दै राज्यपुर्नसंरचना गर्दा शासकीय स्वरुपकोपनि परिमार्जन गर्न सकिने उहाँको तर्क थियो । संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणागर्दा संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमति भएपनि वैचारिक दार्शनिक कुरामा अल्झीदा थपिएको एक बर्षको कार्यकाल खेर गएको आचार्यको भनाइ थियो ।

नेपाल प्रहरी सक्षम छ भन्ने एक अर्को उदाहरण अपहरीत बालक मुक्त

नेपालगंज, १० बैशाख । चार दिनअघि बाकेको कोहलपुरबाट अपहरणमा परेका पाँच वर्षीय बालक सुशान्त अधिकारीलाई नेपाल प्रहरीले आज भारतबाट उद्धार गरेको छ । प्रहरी नायब उपरिक्षक विनोद घिमिरे सहित तीन जनाको प्रहरीको टोलीले नेपालगंज रुपडिहा नाकाबाट झण्डै ४० किलोमिटर दक्षिणस्थित भारतीय एउटा गाँउमा लुकाई रोखेको अबस्थमा आज बालक फेला पारेको हो ।  केहि अपहरणमा संलग्नलाई समेत प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।उद्धारमा गएको नेपाली प्रहरीले भारतीय प्रहरीको सहयोग विना नै अपहरणकारीको पञ्जाबाट बालकलाई मुक्त गराउन सफल भएको हो ।

शुशान्त अपहरणमा परेपछि आमा अहिले सम्म अचेत अबस्थामा नै रहेको हाम्रा स्थानीय सहकर्मीले जनाएका छन् । भारतिय एक जना अपहरणकारीको योजना अनुरुप सुशान्तलाई कोहलपुरमा मिठाइ पसल सञ्चालन गरि बस्ने एक छिमेकीको सहयोगमा बालक बेपत्ता पारेर फिरौति माग गरेको प्रहरी स्रोतले बताएको छ । प्रहरीले अपहरणमा सहयोग पुराउनेलाई पनि नियन्त्रणमा लिएको छ । चार दिन अघि घर अगाडि चंगा उडाउदै गरेका पाँच बर्षीय बालक सुशान्त अपहरणमा परेका थिए ।

आर्थिक समाचार
इलामका किसानहरु आमहडतालमा

हरियो चियापत्ती बिक्रि गर्न पाउनु पर्ने माग राख्दै इलामका किसानहरु आमहडतालमा उत्रिएका छन । चिया मजदुरको आन्दोलनका कारण दैनिक लाखौ रुपैयाको हरियो चियापत्ती नष्ट भइरहेको भन्दै उनीहरु आमहडतालमा उत्रिएका हुन । इलाममा मात्र करिब पाँच हजार किसानले दैनिक एक लाख २० हजार किलो भन्दा बढि हरिया चियापत्ती उत्पादन गर्दै आएका छन । उत्कृष्ट चिया उत्पादन हुने समय मानिएको  चैत्र — बैशाखमा समेत आफुहरुले चिया बिक्रि गर्न नपाएको भन्दै किसानहरु आन्दोलित बनेका हुन ।

यसैबिच श्रम मन्त्रालयले आउदो सोमबार चिया मजदुर र   उद्यमीलाई बार्ताका लागी बोलाएको छ । सामाजिक सुरक्षा , तलब, उपदान र सञ्चय कोष लगायत माग राख्दै एक साता अघि देखि मजदुरले पुर्वका सबै चिया उद्योगहरु बन्द गराए पछि समस्या समाधानका लागी सरकारले सम्बन्धीत पक्षलाई बार्ताका लागी आब्हान गरेको हो ।

अन्तराष्ट्रिय समाचार
सिरियामा अन्त्येष्टिमा भागदौड हुदाँ १० जनाको मृत्यु ।

सिरियामा जारी आन्दोलनको क्रममा हिजो मारिकाएका ७० जनाको अत्येष्टि समारोहमा सुरक्षाकर्मीले आक्रमण गर्दा ८ जनाको मृत्यु भएको छ । यसअघि हिजो मस्जीदमा भएको प्रार्थना पश्चात हजारौँ मानिस सडकमा निस्किए पछि सुरक्षाकर्मीले ब्यापक धरपकड गरेको थियो । सिरियामा एक महिना यता राष्ट्रपति अल बसीरको राजीनामा माग गर्दै प्रर्दशन हुदँै आएको छ ।

यसैबिच सिरियामा भएको धरपकडको अन्तराष्ट्रिय स्तरमा ब्यापक आलोचना भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रर्दशनकारको मागको तत्काल सम्बोधन गर्न सिरियालाइ आग्रह गर्नु भएको छ । त्यस्तै युरोपियन युनियन र संयुक्त राष्ट्रसंघले समेत अधिकारका लागी संघर्ष गरिरहेका नागरिक माथी अनावश्यक बल प्रयोग नगर्न चेतावनी दिएका छन् ।

No comments: