पत्रकार कुटपिट प्रकरण ः पक्राऊ र रिहा हुनाको कारण माग गर्दै रिहा हुन अस्वीकार
काठमाण्डौँ, २ जेठ । पार्टिकै केन्द्रीय नेताहरुले रिहा गर्ने सहमति गरेपनि एमाले निकट भातृ संगठन युवा संघका अध्यक्ष महेश बस्नेतले प्रहरी हिरासतबाट रिहा हुन अस्वीकार गरेका छन् । बस्नेतले गृह प्रसाशनले युवा संघलाइ कमजोर पार्ने उद्येश्यले आफुलाइ पक्राउ गरेको तथा पक्राउ र रिहा गर्नुका कारणबारे स्पष्ट नगरेको भन्दै रिहा हुन अस्वीकार गरेका हुन् ।
बस्नेतले भोलीको नेपाल बन्द समेत यथावत् रहने बताएका छन् । त्यसअघि पत्रकार आक्रमणमा संलग्नलाई कार्बाही गर्न सहयोग गर्ने तथा आज विहान अचानक पक्राउ परेका एमाले निकट युवा संघका अध्यक्ष महेश बस्नेतलाइ रिहा गर्न सरकार र युवा संघका केही सदस्यहरु, एमाले नेताहरु योगेश भट्टराइ र मन्त्री घनश्याम भूसाल बिच सहमति भएको थियो ।
पत्रकार खिलनाथ ढकाललाई आक्रमण गर्ने मोरङ्ग यथुफोर्सका अध्यक्ष परशुराम बस्नेत आफुसँग रहेको भन्दै पक्राउ गरेर देखाउन अध्यक्ष बस्नेतले खुलेआम चुनौती दिएपछि बिहान बस्नेतलाई सुनसरीको इटहरीस्थित रिभरसाइट रिसोर्टबाट पक्राउ गरेको थियो । अध्यक्ष बस्नेतलाई मोरङ्ग युथफोर्सका अध्यक्ष परशुराम बस्नेत बारे सोधपुछका लागी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसअघि दिनभर जसो युथफोर्स तथा युवासंघका कार्यकर्ताहरुले राजधानी लगायतका देशका विभिन्न स्थानमा ¥यालीको अयोजना गरी विरोध प्रदर्शन गरेको थिए । काठमाण्डौँमा रत्नपार्कबाट सुरु भएको ¥याली नगरका विभिन्न भागहरुको परिक्रममा गरी सोही ठाँउमा पुगेर कोणसभामा परिणत भएको थियो । पक्राउको विरोधमा दिउसो भएको प्रदर्शनमा प्रहरी र विद्यार्थीहरुवीच झडप समेत भएको थियो ।
राजधानीको शङकरदेव, आरआर र त्रिचन्द्र क्याम्पस क्षेत्रमा भएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच पटक पटक झडप हुँदा दर्जनौ विद्यार्थी घाइते भएका छन् । प्रदर्शनकारी विद्यार्थीहरुले केही सवारी साधानमा आगजानी गरेका थिए । शङकरदेव क्याम्पसमा प्रहरीले क्याम्पस हाता भित्र नै प्रवेश गरी विद्यार्थीहरुमाथि लाठी चार्ज गरेको थियो । कक्षा कोठामा बसिरहेका विद्यार्थीमाथि प्रहरीले क्याम्पस हातामा प्रवेश गरी अन्धाधुनध लाठी प्रहार गरेको थियो । प्रहरीको अनावशयक बल प्रयोगमा करिब १०० विद्यार्थी घाईते भएको शंकरदेव अनेरास्ववियुले दावी गरेको छ । विरोध प्रदर्शनमा उत्रिएका युथफोर्सका कार्यकर्ताहरुले राजधानीमा नेपाल विद्युत प्राधिकरणको गाडी तोडफोड गरी आगजनी गिरिदिएका छन् । प्रर्दशनका क्रममा बिद्यार्थीहरुले बा १ ञ १८३३ नम्बरको बिद्युत प्राधीकरणको गाडीमा आगजनी गरि क्षति पु¥याएका हुन् । गृह मन्त्रालयले शंकरदेवमा भएको प्रहरी दमनको विषयमा छानविन गर्न प्रहरी कै कारागार विभाग प्रमुख दुर्गाप्रसाद भण्डारीको संयजकत्वमा ३ सदस्यीय टोली गठन गरेको छ ।
पक्राउको विरोधमा देशका भिविन्न भागमा पनि प्रदर्शन भएका थिए । धादिङमा प्रदर्शनकारीहरुले पृथ्वी राजमार्ग अवरुद्ध पारेका थिए । यस्तै बुटवल, पोखरा भक्तपुर, लगायतका शहरहरुमा पनि बस्नेतको रिहाइको माग गर्दै प्रर्दशन गरेका थिए ।
ंपत्रकार खिलनाथ ढकाल माथि भएको कुटपिटको पक्षमा युथफोर्सले आज आयोजना गर्न लागेको सभामा सहभागी हुन इटहरि पुगेका बस्नेतलाई पत्रकार सम्मेलन गरिरहेको अबस्थामा प्रहरीले गिरपm्तार गरेको थियो । उनलाइृ पक्राउ गर्न ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो । बस्नेतलाई पक्राउ गर्ने क्रममा सो क्षेत्रमा केहीबेर झडप समेत भएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले बिराटनगर उपमहानगरपालिकामा निषेधज्ञा जारी गरेको छ । निषेधाज्ञा शुक्रबार पनि कायम राखेको छ ।
यसैबीच नेपाल पत्रकार महासंघले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथी भएको आक्रमणमा संलग्नमाथी कार्वाही नभएसम्म जारी आन्दोलनलाइ नरन्तरता दिने भएको छ । विभिन्न पत्रिकाका सम्पादकहरुसंगको अन्तरक्रिर्यामका क्रममा पत्रकार महासंघका अध्यक्ष शिव गाउलेले हत्या प्रयास स्वरुप भएको आक्रमणका दोषीलाइ कार्वाही नभएसम्म आन्दोलन जारी राखिने बताउनु भएको हो ।
उहाँले सबै पक्षसंगको छलफलपछि महासंघले आन्दोलनका नयाँ कार्यक्रम तयगर्ने बताउनुभयो । छलफलमा सम्पादकहरुले पत्रकार ढकालमाथी आक्रमण गर्नेहरु कार्वाहीको दायरामा नआए स्वतन्त्र पत्रकारीताको मर्म समाप्त हुने बताउनु भयो ।
नागरिक दैनिकका सम्पादक नारायण वाग्लेले गुण्डा राजको अन्त्य गर्नकालागि जारी आन्दोलनलाइ निश्कर्षमा पु¥याउनु पर्ने बताउनुभयो । उहाँले पत्रकार ढकालमाथी भएको आक्रमण एएटा घटनामात्र नभइ प्रबृत्ति भएको दावीगर्दै यसका दोषीमाथी कार्वाही नभए लोकतन्त्र समाप्त भएर जाने बताउनुभयो । वाग्लेले पत्रकार आक्रमणमा संलग्नलाइ प्रसाशनमा किटानी जाहेरी दिइदा समेत राजनीतिक पार्टीले राजनीतिक संरक्षण प्रदान गरेकोले आन्दोलन संरक्षणकर्ता बिरुद्ध समेत लक्षित हुनसक्ने बताउनुभयो । तर पत्रकार महासंघका पूर्ब महासचिव महेन्द्र विष्ट, पे्रस चौतारिका गणेश बस्नेत लगायतले भने पत्रकार महासंघको आन्दोलन पेशागत हैसियत भन्दा बाहिर जान खोजेको टिप्पणी गर्नुभयो । महासंघको मिसन टोलीले कुनै पार्टी विशेषका कार्यकर्तालाइ ‘डन’ घोषणागर्दै हिडेको भन्दै पत्रकारद्वयले असहमति जनाएका थिए ।
यता पत्रकार आक्रमणका मुख्य मतियार पर्शुराम बस्नेतलाई कारबाहीको माग गर्दै संखुवासभाका पत्रकारहरूले प्रधानमन्त्रीलाई लठ्ठी पठाएका छन् । पत्रकार महासंघ संखुवासभाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका पत्रकारहरूको टोलीले घटनाका दोषीलाई लठ्ठीले कारबाही गर्न भन्दै प्रतिकात्मक रुपमा निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम शर्मामार्पmत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र लठ्ठी पठाएका हुन् ।
यसैबिच भर्खरै प्राप्त जानकारी अनुसार बस्नेतले आफुलाइ पक्राउ गर्नु र रिहा गर्नुको कारण स्पष्ट नभएको भन्दै रिहा हुन अस्वीकार गरेका छन् । साथै उनले भोलीको बन्द समेत यथावत् रहने बताएका छन् । बस्नेतले आफुलाइ रिहा भएको भन्दै लिन गएका कार्यकर्तालाइ सम्बाोधन गर्दै किन पक्राऊ गरियो ? किन रिहा गरियो भन्ने प्रश्न गरेका थिए । साथै उनले प्रर्शुराम बस्नेतको मुद्या समेत फिर्ता लिन माग गरेका छन् ।
सेना समायोजन विषेश समिती अनिर्णीत
काठमाण्डौँ, २ जेठ । असार पाँच गते भित्र लडाकु समायोजनको संख्या, मोडालिटी र पुनस्थापर्ना प्याकेज बारे सहमतिमा पुग्ने निर्णय गरेका दलहरुले अझै पनि कुनै सहमति जुटाउन सकेका छैनन् ।
सहमतिको प्रयासका लागि बसेको आजको बैठक पनि सहमति जुटाउन असफल भएको छ । विषेश समिति सचिवालयको कार्यलयमा बसेको बैठकमा दलहरुले पुनस्थापाना प्याकेजमा आ–आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो । पुनस्थपाना जाने लडाकुलाई कति रकम दिने तथा समायोजनमा जाने लडाकुको पदका विषयमा दलहरुवीच विवाद कायमै देखिएको हो ।
बैठकपछि विषेश समिती प्रवक्ता एवं सरकारका मुख्य सचिव माधव घिमिरेले बैठकमा समायोजन र पुनस्थापना प्याकेज बारे दलहरुले आ–आफ्नो धारणा राखेको जानकारी दिनुभयो । घिमिरेले आउँदो पाँच गते भित्रै सबै काम सम्पन्न गर्ने गरि छलफल भइरहेको बताउनुभयो ।
मकवानपुरमा चट््याङमा लागेर पाँचजनाको मृत्युः
मकवानपूर, ०२ जेठ । मकवानपूरको फापरबारीमा ५ बाखे्र डाँडामा आज चट्याङ लागेर पाँचजनाको मृत्यु भएको छ । अपरान्हपछि परेको चट्याङ लागेर एकै गाउका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दबहादुर चिताङ, मानबहादुर घलाङ, कृर्तिमाया घलाङ, चालमायाँ घलाङ र मानबहादुर घलाङ रहेका छन् । घटनामा परि अन्य ४ जना घाइते भएका छन् ।
युनिटिलाइ लिक्विडेशनमा लैजान लेखाको निर्देशनः
![]() |
Mahesh Basnet, Chief of Yout h Force and Committe |

काठमाण्डाँै, ०२ जेठ । व्यबस्थापिका संसदको सार्वजनीक लेखा समितिले युनिटि लाईफ ईन्टरनेशनललाई यथाशीघ्र खारेजी प्रकृया लिक्विडेशनमा लैजान सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको वैठकले सर्बसाधारणलाइ ठगिगर्ने प्रमुख संचालक र व्यवस्थापकलाई कानुन वमोजिम कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको हो । युनिटिका संचालकहरुले कानुन विपरित राजश्व छलि ठगि गरेको ठहर गर्दै समितिले पिडीतहरुलाई यथाशिघ्र कम्पनि र संचालकहरुको निजी सम्पत्तिवाट समेत क्षतीपुर्ती दिने व्यवस्था दिलाउन सरकारलाइ निर्देशन दिएको छ ।
युनिटिका संचालकहरुले कानुन विपरित रकम संकलन, विमा, ऋण प्रवाह गरेकोले पिडितलाई राहत र युनिटिको खारेजि गनुपर्ने समितिको ठहर रहेको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । सरकारले लिक्विडेशन मार्फत खारेजि प्रकृया सम्वन्धि प्रगतीविवरणवारे पाक्षिक रुपमा समितिमा जानकारी पठाउन समेत सरकारलाई निर्देशन दिएको छ । साथै दोषिलाई कानुन वमोजिम सजाए गरि समितिलाई जानकारी गराउन समेत समितिको दिर्देशन रहेको छ ।
बैठकमा उपस्थित उपप्रधानमन्त्रीद्वय भरतमोहन अधिकारी र कृष्णबहादुर महराले युनिटिलाइ कार्वाहीगर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो । अर्थमन्त्री अधिकारीले युनिटिले गैरकानुनी रुपमा आर्थिक कृयाकलापगरी सर्बसाधारणलाइ ठगि गरेका कारण यसका संचालकलाइ कार्वाही गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै गृहमन्त्री कृष्णवहादुर महराले पनि राज्यले दोषिलाई कुनैपनि हालतमा संंरक्षण नगर्ने प्रतविद्धता व्यक्त गर्दै सतितिको निर्देशन वमोजिम कार्वाही प्रकृयालाई अगाडि वढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समितिको वैठकमा सांसदहरुले युनिटिमा संलग्न सवैलाई एकै प्रकारको कार्वाही नगरि दोषि र निर्दोषको विधवत वर्गिकरण गरेर मात्र कार्वाही प्रकृया अघि वढाउनुपर्नेमा जोड दिएका थिए । शिक्षा, स्वास्थ्य, उद्योग लगायतका उद्येश्य राखि संचालनमा आएको युनिटिले कम्पिनिको उद्येश्य विपरत गैरकानुनी ढंगले सर्वसाधारणवाट रकम असुलेकोले युनिटिका कार्य दण्डनिय भएके कम्पनि रजिष्टारको कार्यालयले जनाएको छ । युनिटि पिडितहरुले न्याय खोज्दै चरणवद्ध आन्दोलन समेत गर्दै आएका छन् ।
असार मसान्तभीत्र बजेट ल्याउने गृहकार्यः
काठमाण्डौँ, ०२ जेठ । उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले असार मसान्त भित्रै वजेट ल्याउन सरकारले गृहकार्यलाई तीव्र पारेको वताउनुभएको छ । बजेट ल्याउनका लागि प्रतीपक्षि दलहरुको सहयोग समेत आवश्यक रहेकोले सहमति प्रदान गर्न विपक्षी दलहरुसंग पुन आग्रह गर्नुभएको छ । व्यबस्थापिका संसदको अर्थ र श्रम सम्वन्ध समितिको बैठकमा मन्त्री अधिकारीले असार मसान्तभीत्र बजेट ल्याउन असार सुरुदेखी नै पूर्बबजेट छलफल गर्नु जरुरी रहेको बताउनु भएको हो । मन्त्री अधिकारीले विपक्षी दलहरुको समेत सहमतिका आधारमा कार्यक्रम थपघटगर्न सकिने बताउनुभयो । उहाँले वजेटवारेमा मंगलवार नै प्रमुख प्रतीपक्षि दल नेपाली कांग्रेसका सभापति शुसिल कोईरालासँग छलफल गरेको जानकारी गराउनुभयो ।
बजेट पारित गर्नमा ढिलाइ भएका कारण चालु आर्थिक बर्षमा पूजीगतखर्च ४० प्रतिसत खर्च नहुने अबस्था आएको भन्दै नयाँ बजेट समयमै ल्याउनुपर्ने उहाँको भनाइ थियो । नयाँ वजेटमा राष्टिय सहमती कायम गर्नका लागि आफुले कुनै कसर वाँकि नराख्ने वताउँदै उहाँले अन्य दलहरुसँग पनि छलफलको क्रमलाई तीव्रता दिने उहाँले वताउनुभयो । बैठकमा अर्थसचिव कृष्णहरि बाँस्कोटाले चालु आर्थिक बर्षमा ३० अर्ब फ्रिज हुने अबस्था रहेको बताउनुभयो । फ्रिज हुन लागेको उक्त रकमलाइ प्रस्तावित उर्जा कोषमा पठाउने तयारी भैरहेको जानकारी गराउँदै आवश्यक नीति अभाव रहेका कारण रकम फ्रिज हुने अवस्था आएको वताउनुभयो ।
बैठकमा सभासदहरुले आर्थिक बर्ष सकिन लाग्दा एउटा शीर्षकमा विनियोजित बजेत अर्कोतिर रकमान्तर गरिएको भन्दै आपत्ति जनाएका थिए । चालु बजेटको १६ अर्ब ४१ करोड भन्दा बढि रकम रकमान्तर गरिएको तथ्याडंक अर्थमन्त्रालयले दिएपछि सभासदहरुले अपारदर्शी भएको भन्दै आपत्ति जनाएका थिए । उनीहरुले पछिल्लो सहमती अनुसार वजेटलाई पनि सहमतीय वनाउनु पर्नेमा जोड दिएका थिए । वैठकमा वोल्ने सदस्यहरुको क्रम नसकिएपछि पुन वुधवार विहान वस्ने गरि वैठक स्थगित भएकसो छ ।
शासकीय स्वरुपमा सहमति जुटन सकेनः
काठमाण्डौँ, ०२ जेठ । भावी संविधानका अन्तरबस्तुमा सहमति जुटाउन बसेको संवैधानिक विबाद उपसमिति अन्तरगतको कार्यदलको बैठक निश्कर्ष विहिन भएको छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायत बिषयमा सहमति जुटाउन आज दुइ चरणमा छलफल भएपनि बैठक निश्कर्ष विहिन भएको हो । दलहरु आफ्ना अडानमा कायमै रहेका कारण निश्कर्षमा पुग्न नसकिएको समिति संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँले शासकीय स्वरुप लगायत विबादित सबै बिषयमा एकचरण छलफल भएकोले आइतवार सम्ममा सहमति जुटाउन प्रयास गरिने जानकारी दिनुभयो । राज्यपुर्नसंरचना समितिका ७८ विबादलाइ २६ मा एकीकृत गर्ने तथा सहमति जुटन बाकी बिषयमा एक हप्ताभीत्र सहमति जुटाउन सदभावना सभासद कर्णको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलको आर्को बैठक आइतवार विहान पुनः बस्ने संयोजक कर्णले बताउनुभयो ।
माओवादी नेताहरु एक ठाउँ,कार्यकर्ता फरक
रौतहट, ०२ जेठ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले शान्ति र संविधानको महत्वपूर्ण कार्यभार पूरा गर्न माओवादी एकजुट हुनुपर्ने बताउनुभएको छ । रौतहटमा जनयुद्धका शहिद रितबहादुर खड्काको स्मृतीमा बन्न लागेको स्मृती केन्द्रको शिलान्यास गर्दे अध्यक्ष प्रचन्डले मुलुकको हितका लागि पनि माओवादी पार्टी फुट्न नहुने र पार्टीभित्र देखिएको विवाद र र बहसलाई एकतामा परिणत गर्दे पार्टीलाई मजबुत बनाउन्दै लैजानुपर्ने बताउनुभयो । माओवादी अध्यÔ प्रचण्डले सहिदहरूको सपनाअनुसार क्रान्ति पूरा गर्न कुनै कसर बा“की नराख्ने बताउनुभयो । शान्ति र संविधानबारे जनतामा अनेक शंका उपशंका रहेको भन्दै प्रचण्डले जनचाहनाअनुसार शान्ति र संविधान निर्माण्ँका लागि माओवादीले कुनै कसर बा“की नराख्ने धारणा राख्नुभयो ।
लामो समयको विवादपछि आज एउटै मन्चमा अध्यक्ष र दुई उपाध्यक्ष बैद्य र भट्टराई उपस्थित भएका थिए । कार्यक्रममा उपाध्यक्ष मोहन बैद्य किरणले पाटीृभित्र विवाद नभई छलफल मात्रै भईरहेको बताउनुभयो । माओवादी क्रान्तिकै लागि जन्मिएको भन्दै उहाँले क्रान्तिलाई लक्ष्यमा पुराएरै छाड्ने प्रतिबद्धता ब्यत्तल गर्नुभयो । उहा“ले बहस र छलफललाई फुटको रुपमा बुझ्न नहुने जिकिर गर्नुभयो । अर्का उपाध्यक्ष डा बाबुराम भट्टराईले क्रान्तिको लक्ष्य नफेरिएको र बाटोमात्र फेरिएको भन्दै पाटीृभित्रको बहस र छलफललाई गुटमा परिणत गर्दै फुटमा पु¥याउन केही तत्व लागेपनि उनीहरु सफल नहुने दावी गर्नुभयो । देशी तथा विदेशी शक्ति माओवादी फुटाउन सकिन्छ कि भन्ने कसरत मै रहेको भन्दै उहा“ले पार्टीभित्रको छलफललाई फुटको संज्ञा दिएर कार्यकर्ता र जनतामा भ्रम फैलाउने काम भइरहेको टिप्पणी गनुभयो ।
यसैबीच शीषै नेतृत्व एउटै मन्चमा बसेपनि कार्यकर्ता भने विभाजित भएका छन् । रौतहटको भलोहियामा भएको सो कार्यक्रममा आसन ग्रहणमा अपहेलना गरेको भन्दै किरण पक्षधर स्थानीय नेताहरुले मन्च बहिस्कार गरेका थिए । असमान ढङगले मन्चमा आसन ग्रहण गराईएको भन्दै भोजपूरा राज्य समितीका प्रमुख भीमप्रसाद गौतमले आसनग्रहण त्यागी दर्शकदिर्घामा गएका थिए ।
प्रधानमन्त्रीद्धारा छिट्टै बजेट ल्याउने राष्ट्रपतिलाइ जानकारी
काठमाण्डौँ, ०२ जेठ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बिषयलाइ लिएर प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति रामबरण यादवसंग आज भेटवार्ता गर्नु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा शान्ति प्रक्रिर्या, संविधान लेखन र नियमति बजेटवारे छलफल भएको थियो । भेटपछि प्रधानमन्त्री खनालले नियमित बजेट ल्याउनेवारे छलफल भएको बताउनभयो । भेटमा राष्ट्रपतिले आगामी साढे २ महिनामा शान्ति प्रक्रिर्या निश्कर्षमा पु¥याइ संविधानको एकीकृत मस्यौदा ल्याउने तर्फ लाग्न प्रधानमन्त्रीलाइ सुझाव दिनुभएको बुझिएको छ । राष्ट्रपतिले पत्रकारमाथी आक्रमणमा संलग्नलाइ कार्वाही नभएकोमा समेत चासो जनाउनु भएको स्रोतले बतायो ।
जंगली च्याउँ खाँदा तीन जनाको मृत्यु
पाल्पाको गोठादीमा जंगली च्याउ खादाँ एर्कै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ बर्षका गुम बहादुर दर्लामी, ७ बर्षकी दिलमाया र चार बर्षका डिक बहादुर रहेको प्रहरीले जनाएको छ । बिरामी परेका आमा जेनीसरा दर्लामीको भने तानसेन स्थिती लुम्निी मेडिकल कलेजमा उपचार भई रहेको छ ।
सुजाता कोइराला चिन प्रस्थान, माओवादी जिम्मेवार हुनपर्ने धारणा
काठमाण्डौँ, ०२ जेठ । कांग्रेस नेत्री सुजाता कोइरालाले माओवादीहरु जिम्मेवार भए शान्ति प्रक्रिया र संविधान लेखन कार्यले पूर्णता पाउने विश्वास ब्यक्त गर्नुभयो । चीनमा भोलिदेखि सुरु हुने अन्तराष्ट्रिय लियाङ जियाङ फोरममा सहभागी हुन त्यसतर्फ जाने क्रममा सुजाता कोइरालाले आज त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीसंग यस्तो धारणा राख्नु भएको हो ।
कोइरालाले माओवादीले सम्पूर्ण हतियार सरकार समक्ष बुझाइ लडाकु समायोजन कार्यमा लागे माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार निमार्ण भएपनि कांग्रसलाई स्वीकार्य हुने बताउनुभयो । चीनको चोङक्विाङ महानगरपालिकाले गर्न लागेको यो अन्तर्राष्ट्रिय बैठकमा जर्मनीका पूर्व चान्सलर ग्रेहार्ड स्रोइडर, दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डाक्टर चुङ उन चान, लगायतको सहभागिता रहनेछ । विश्वमा बढ्दै गएको आर्थिक असमानतालाई न्यूनीकरण गर्नु बैठकको उद्येश्य रहेको छ । बैठककै क्रममा आफुले जर्मनीका पूर्वस्रोइडर, दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डाक्टर चुङ लगायतस“ग नेपालको शान्ति प्रक्रिया, संविधान लेखन लगायतका विषयमा छलफल गर्ने कोइरालाले जानकारी दिनुभयो । बैठक दुई दिनसम्म चल्नेछ ।
प्रधानमन्त्रीले आज मतदाता नामाबली फारम भर्नुभो
काठमाण्डौँ, ०२ जेठ । प्रधानमन्त्री झलनाथ खनालले फोटो सहितको मतदाता नामाबली सकलनका लागी आज आफनो नाम दर्ता गराउनु भएको छ । हिजो नै मतदाता नामावली फारम भर्ने कार्यक्रम रहे पनि नागरिकताको प्रमाणपत्र छुटेकाले उहाँले आज बिहान गएर दर्ता गराउनु भएको हो । सभामुख सुभाष चन्द्र नेम्वाङले भने हिजो नै फोटो खिचाई आफनो नाम दर्ता गरिसक्नु भएको छ ।
यस्तै हिजो बाँकी रहेका सभासदहरुले पनि आज मतदाता नामाबलीका लागी फोटो खिचाएका छन । निर्बाचन आयोगले काठमाण्डौमा अस्थायी रुपमा बसोबास गर्ने नेता तथा सभासदहरुको फोटो सहितको मतदाता नामाबली सकलन गर्ने कार्य हिजो बाट सुरु गरेको हो । आयोगले प्रधानमन्त्री , सभामुख , उपसभामुख तथा सबिधानसभा सदस्यहरुको फोटो खिचाउने ब्यबस्था सबिधानसभा परिरमै गरेको हो । तोकिएका पदाधिकारीहरुको नाम दर्ता गर्न कार्य आज सम्पन्न हुने आयोगले जनाएको छ ।
गोली प्रहार बाट शरणार्थीको मृत्यु
झापाको बेलडाँगी शिबिरमा अज्ञात समुहको गोली प्रहार बाट एक शरणार्थीको मृत्यु भएको छ । साँझ भएको गोली प्रहार बाट २१ बर्षीय राम बहादुर गुरुङको मृत्यु भएको हो । छाती र पाखुरामा गोली लागी गम्भीर घाइते भएका गुरुङको उपचारका लागी आम्दा अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । छिमेकमा केहि पडकेको आबाज सुनेर बाहिर निस्किएका उनी माथि नै गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन ।
दमौली घलेगाउँ अनुसन्धान भ्रमण तय
नेपाल पर्यटन वर्षको अवसर पारेर पर्यटन विकास समिति, तनहूँले आजदेखि अषाढ ६ गतेसम्म दमौली घलेगाउँ पर्यटकीय सम्पदाको खोज तथा अनुसन्धान भ्रमण कार्यक्रम घोषणा गरेको छ ।मनाङदेखि तनहूँ हुँदै लुम्बिनीसम्म उत्तर दक्षिण पदयात्रा मार्गको विकास गर्न सकिने सम्भावनाको खोज तथा अनुसन्धानका साथै पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले त्यस्तो भ्रमण कार्यक्रम तय गरिएको पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले बताउनुभयो । दमौली, बेसीसहर, घलेगाउँ पुलिभ¥याङ, मिर्लुङको तनहूँसुर चुदीरम्घा, बन्दीपुर, विमलनगर छाब्डी हुँदै पुनः दमौली फर्कने सो कार्यक्रममा विभिन्न क्षेत्रका ३० जना व्यक्तिको सहभागिता रहनेछ । पर्यटन वर्षका अवसरमा तनहूँमा ५० हजार पर्यटक भित्र््याउने लक्ष्यसमेत राखिएको छ ।
अन्तराष्ट्रिय समाचार
अलकायदाद्धारा नयाँ प्रमुखमा अयमन अल जवाहरी नियुक्त
काठमाण्डौँ, ०२ असार । अन्तराष्ट्रिय आतंकवादी संगठन अलकायदाले आफ्नो प्रमुअमा इजिप्टका अयमन अल जवाहरीलाइ निुयक्त गरेको छ । गत मे महिनामा पाकिस्तानमा अमेरिकी सैनिकले गरेको आक्रमणमा तत्कालिन अल कायदा प्रमुख ओसामा बिन लादेन मारिएपछि अलकायदा नेतृत्व विहिन रहेको थियो ।
अलकायदा सम्बन्धि एक वेवसाइटलाइ उदृत गर्दै अरेबियन न्यूज च्यानल अल अरेबियाले अलकायदाको जनरल कमाण्ड बैठकबाट जवाहरी प्रमुखमा नियुक्त भएको जनाएको छ । यद्यपी समाचारमा जवाहिरी अहिले कहाँ छन भन्ने बारे भने केहीपनि खुलाइएको छैन । बिन लादेनका अत्यन्त निकट रहेर काम गरेका जवाहिरीले लादेनको हत्या भए लगत्तै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका थिए । यसअघि पनि अल कायदाको प्रमुखमा जवाहरीको चयन भएको समाचार सार्वजनिक भएको थियो ।
लादेन जिवित रहँदा समेत जवाहरीलाइ उनको दाहिने हातको रुपमा लिइने गरिएको थियो । अमेरिकामा सन् २००१ मा गरिएको हमलाको योजनाकार समेत जवाहरी रहेको बताइएको थियो । अमेरिकी फेडेर ब्युरो अफ इन्भेष्टिगशनले जवाहरीको टाउको मूल्य २ करोड ५० लाख अमेरिकी डलर तोकेको छ । सन् २००१ को अक्टोबरमा अफगानिस्तानमा पछिल्लो पटक सार्वजनिक भएपछि उनी भूमिगत रहँदै आएका छन् । अमेरिकाले सन् २००६ मा जवाहरीलाइ मार्न भन्दै पाकिस्तान र अफगानिस्तानको सिमामा गरेको हवाइ हमलामा उनका चार सहयोगिको मृत्यु भएपनि जवाहरी बाँच्न सफल भएका थिए ।
पछिल्लो समय अलकायदाले लादेको सट्टा आफ्ना भिडियोहरु समेत जवाहरी मार्फत सार्वजनिक गर्दै आएको थियो । जवाहरी पेशाले आँखाको डक्टर रहेको तथा उनी इस्लामिक जिहाद नामक चरमपन्थी संगठनको स्थापनाकार मध्येका एक महत्वपूर्ण ब्यक्ति रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । इस्लामिक जिहादले सन् १९८१ मा इजिप्टका राष्ट्रपति अनदर सादतको हत्या गरेको थियो । मध्यमवर्गिय पारिवारीका जवाहरी अध्ययनशिल सामाजिक र परिवार वातावरणमा हुर्किएका थिए । उनको पिता विश्वविद्यालयका प्राध्यापक रहेका थिए । जवाहरीलाइ सन् १९६६ मा अरब जगत्को कट्टरपन्थी संगठन मुस्लीम ब्रदरहुडमा संलग्न भएको आरोपमा १५ बर्षको उमेरमा पक्राउ गरिएपछि उनको आतंकवादी संगठनमा संलग्नता बढ्दै गएको बताइन्छ ।
खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग फुटबल
राजधानीमा जारी शहिद स्मारक ए डिभीजन लिग अन्र्तगत आज सम्पन्न खेलमा पुलिसले प्रभावशाली जित दर्ता गराएको छ भने बाँसबारी र व्रिगेड ब्वाईजले बराबरी खेलेका छन् ।
आजको पहिलो खेल बराबरीमा सकिएको छ । सशस्त्र प्रहरीको खेल मैदान हलचोकमा भएको बांसवारी र व्रिगेड ब्वाईजबीचको खेल १—१को बराबरीमा सकिएको हो । खेलमा अग्रता भने बाँसबारीले लिएको थियो । उसलाई अग्रता दिलाउन खेलको ११औ मिनेटमा नै विजय महतले गोल गरेका थिए । तर दोस्रो हाफको ७७ औ मिनेटमा व्रिगेड ब्वाईजका विनोद लामाले गोल गर्दै खेललाई एक एकको बराबरीमा पुराएका थिए । त्यसपछि निधाएरित ९० मिनेटम्म पनि थप गोल हुन नसकेपछि दुबै टोलीले एक एक अङक बाँडे ।
यस्तै प्रतियोगिता अन्तर्गत नै आजै सम्पन्न अर्काे खेलमा नेपाल पुलिसले प्रभावशाली जित दर्ता गरेको छ । शीर्ष स्थानमा रहेको पुलिस टोली प्रतियोगिताभर नै उत्कृष्ट प्रदर्शन गर्दे आएको जावालाखेल युवा क्लबलाई ३—१ ले पाखा लगाएको छ । पुलिसका लागि भरत खवासले १७औ मिनेटमै गोल गर्दे अग्रता दिलाएका थिए । १—० ले अघि रहेको पुलिसको ट्याली डबल बनाउन जुमानु राईले दोस्रो गोल स्कोर गरेका थिए । चुस्त खेल पस्केको जावालाखेलका लागि प्रभिन कार्कीले गोल गर्दे टोलीलाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर खेलको उत्तराद्र्धमा पुलिसका पर्वत पान्डेले गोल गर्दे जितलाई ३—१ ले आफ्नो पोल्टामा पारेका थिए ।
यसैबिच एन्फाले भोली हुने भनिएको युनाईटेड युथ क्लब र कोईलापानी पोलस्टार क्लब तथा आर.सि.टि. र मनाङ्ग मस्र्याङ्गदी क्लब बिचको खेल स्थगित गरेको छ ।
No comments:
Post a Comment