Thursday, June 16, 2011

असार १ गते २०६८

जलविद्युत आयोजनाको सुरक्षा सेनालाइ

सरकारले निर्माणाधिन जलविद्युत आयोजनाको सुरक्षा जिम्मा नेपाली सेनालाइ दिने निर्णय गरेको छ । सिंहदरवारमा आज बसेको मन्त्रीपरिषद बैठकले माथिल्लो कर्णाली लगायत निर्माणाधिन आयोजनाको सुरक्षा जिम्मा नेपाली सेनालाइ दिने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री गंगालाल तुलाधरले जानकारी दिनुभयो । निर्माणाधिन माथिल्लो कर्णाली आयोजनामा स्थानियबासीका नाममा माओवादी कार्यकर्ताले अबरोध सृजना गरेपछि सरकारले विद्युत आयोजनामा सेना परिचालनको निर्णय गरेको हो । भारतीय लगानीका आयोजना सुरक्षामा सेना प्रयोग गर्ने निर्णयप्रति माओवादीको मोहन बैद्य समूहले तीब्र आपत्ति जनाएको छ । बैद्य पक्षधर खड्गबहादुर बिकले आपत्ति जनाएको स्रोतले बतायो ।

त्यसैगरी मन्त्रीपरिषदको आजैको बैठकले विभिन्न अस्पताल विकास समितिका अध्यक्षहरु नियुक्ती गरेको छ । नियुक्ती हुनेमा मानसिक अस्पतालमा दीनेश मर्हजन, आयुर्वेदमा कमला थाम्सुहाङ, गंगाप्रसाद पोखरेल महाकालीमा खड्कबहादुर बस्नेत र सेतीमा गाविन्दप्रसाद तिमिल्सिना रहेका छन् । बैठकले कानुन तर्फका १२ जना सहसचिवलाई पनि सरुवा गरेको मन्त्री तुलाधरले जानकारी दिनुभयो ।

५ दर्जन बढी एस्पीहरुको सरुवा

काठमांडौ, १ अषाढ । गृह मन्त्रालयले दिएको ११ बुदे मापदण्डअनुसार प्रहरी मुख्यालयले आज करिब ६७ जना प्रहरी उपरिक्षक एस्पीहरुको एकसाथ सरुवा गरेको छ । सरुवा हुने एस्पीहरुको सुची मुख्यालयले आज सार्वजनिक गरेको हो । काठमांडौ प्रमुखमा कार्यरत केदार रिजाल भने यथावत रहनुभएको छ । रिजाल अघि काठमाडौ प्रहरी प्रमुख हुँदा चर्चा कमाउका एसपी रमेशप खरेललाई भने पर्सा पठाइएको छ । त्यस्तै रबिन्द्रनाथ रेग्मीलाई रुपन्देही, रबिन्द्रनाथ शर्मालाई चितवन, दिलिपकुमार चौधरीलाई कंचनपुर, यादवराज खनाललाई कास्की, भोगबहादुर थापालाई ललितपुर, नारायणसिं खड्कालाई भक्तपुर सरुवा गरिएको छ । यस्तै अन्य एसपीहरु प्रधुन्न कार्कीलाई बिराटनगर, राजु मानन्धरर्ला सुनसरी, हरिवहादुर पाललाई धनुषा, मोहनराज जोशीलाई सर्लाही, घनश्याम अर्याललाई रौतहट तथा सुरेश बिक्रम शाहलाई वारा पठाइएको छ  ।  प्रहरी महानिरिक्षक रविन्द्रप्रताप शाह आफै सरुवाको सूची तयार गर्न राती अबेरसम्म खटिनु भएको थियो । मापदण्ड र कार्यदक्षताको उच्च सूचीमा परेका अधिकृतलाई जिल्लामा खटाईएको प्रहरी प्रधान कार्यालय नक्शालले जनाएको छ । 

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

राष्ट्रपति डा. रामवरण यादव र सभामुख सुवासचन्द्र नेम्वाङबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा शान्ति प्रक्रिया, संविधान निर्माण तथा आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको थियो ।

भेटपछि सभामुख नेम्वाङले शान्ति प्रक्रिया तथा संविधान निर्माणका विषयमा पछिल्लो समयमा दलहरुबीच भएको छलफलको बारेमा राष्ट्रपतिलाई जानकारी गराएको बताउँनु भयो । व्यवस्थापिका संसदमा बजेट आउँनु अगाडी गरिने छलफल अर्थात प्रि बजेट, नीति तथा कार्यक्रम र त्यसको आधारमा बजेट आउँनुपर्ने र त्यो पारित हुनुपर्ने लगायतका विषयमा राष्ट्रपति अत्यन्त चिन्तित रहेको आफूले पाएको नेम्वाङले उल्लेख गर्नुभयो ।

युथफोसं अध्यक्ष बस्नेत समेत दोषीः पत्रकारहरु

सञ्चारकर्मीहरु माथी भएका श्रृंखलाबद्ध आक्रमणको बिरोधमा नेपाल पत्रकार महासंघले आज राजधानीमा संचारकर्मीले प्रयोग गर्ने सामाग्री सडकमा प्रर्दशन गरेर विरोध जनाएको छ । महासंघको अगुवाइमा जारी आन्दोलन अन्तरगत आज राजधानीको माइतिघर मण्डलामा पत्रकारले कलम, क्यामेरा, रेकर्डर प्रर्दशन गरेर विरोध जनाएका हुन । विरोध कार्यक्रलाइ संवोधनगर्दै पत्रकारहरुले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथी आक्रमणगर्ने पर्शुराम बस्नेतलाइ लुकाएर राखेको भन्दै एमाले भातृ संगठन युथफोर्सका अध्यक्ष मशहेश बस्नेतलाइ समेत कार्वाहीको दायरामा ल्याउन माग गरेका छन ।

घटनामा दोषी किटान गरेका व्यक्तीलाइ संरक्षण गरेर राज्यलाइ पक्रन चुनौति दिने बस्नेतलाइ पनि कार्वाही गर्नुपर्ने विभिन्न पत्रकार संस्थाका अध्यक्षले माग गरे । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष महेश्वर दाहालले युथफार्सले गर्ने पत्रकार सम्मेलन बहिस्कारगर्न आह्वान गर्नुभयो । नागरिक पत्रिकाका सम्पादक नारायण वाग्लेले पत्रकार ढकालमाथी आक्रमण गर्नेलाइ कार्वाही नभए अन्यत्रका पत्रकारले गुण्डागर्दीको समाचार लेख्न नसक्ने बताउनुभयो । उहाँले गुण्डागर्दीको शैलीमा ठेकेदारसंग उठाएको पैसाले राजनीति गरेका नेताले पत्रकारमाथी आक्रमण गर्ने दोषीलाइ बोकिराखेको आरोप लगाउनुभया ।

बिराटनगरमा

आफ्नो संगठनविरुद्ध प्रचारवाजी भएको भन्दै युवासंघ नेपालले प्रतिकार सभाको तयारी गरेपछि विराटनगरमा भोली दिनभरका लागि कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशाशन कार्यालयले आज साँझ एक सूचना जारी गरी बिहान ६ ब जेदेखि साँझ ६ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । नागरिक दैनिकका पत्रकार खिलानाथ ढकाललाई युथ फोर्सका जिल्ला नेता पर्शुराम बस्नेतको निर्देशनमा विराटनगर अध्यक्ष रोहीत कोइराला र सदस्य मनोज राईले आक्रमण गरेको भन्दै प्रहरीमा किटानी जाहेरी गरिएको छ । पर्शुरामविरुद्ध किटानी जाहेरी गरेकोमा तिव्र असन्तुष्टि जनाउँदै आउँनु भएका युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत पनि भोली हुने सभालाई सम्बोधन गर्न आजै विराटनगर पुग्नु भएको छ । 

बाबुराम

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीसहित प्रमुख सवै दलका केही नेताहरु संविधानसभा विघटनको पक्षमा रहेको बताउँनु भएको छ । संविधानसभाको म्याद थपका लागि जेठ १४ राति भएको वार्ता प्रयासलाई सम्झदै भट्टराईले सबै दलका नेताहरु संविधानसभा जोगाउनेभन्दा पनि भंग गर्ने पक्षमा देखिएको बताउँनु भयो । राजधानीमा आयोजित एक कार्यक्रममा भट्टराईले संविधानसभा विघटन भए मुलुकको भविष्य नै अन्धकार हुने भन्दै समयमै सतर्क रहन सचेत तुल्याउँनु भयो । कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवालीले संविधानसभा भंग भए मूलुक बहुआयामिक द्धन्द्धमा फस्ने भन्दै दलहरुबीच तत्काल सहमति हुनुपर्ने बताउँनुभयो ।

प्रधानमन्त्रीको राजिनामा आवश्यक—सभापति आचार्य

संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले प्रधानमन्त्री झलनाथ खनालले राजिनामा नदिएसम्म शान्ति र संविधान लेखनको कार्य अगाडि बढ्न नसक्ने बताउनुभएको छ । राजधानीमा आज आयाेिजत साक्षात्कारमा सभापति आचार्यले प्रधानमन्त्री खनालले राजिनामा दिएर सहमतिको सरकार नबनेसम्म शान्ति प्रक्रिया र संविधान निर्माणमा अवरोधहरु आई रहने दावी गर्नुभयो । सत्ता साझेदारीमा सहमति भए सबै कुरा मिलेर जाने भन्दै सभापती आचार्यले शान्ति, संविधान र सहमतिको सरकार एक अर्कासँग अन्तर सम्बन्धीत भएकोले पनि प्रधानमन्त्रीले तत्काल राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने धारणा राख्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको संविधान संसोधन प्रस्ताव पारित भएकोले पनि काग्रेसले त्यसको नेतृत्व गर्नु पर्ने भन्दै उहाँले भन्नुभयोे–संविधान संसोधन प्रस्ताव प्रमुख प्रतिपक्षीको पारित भयो तर सरकार पुरानै भएकोले अहिले समस्या उत्पन्न भएको हो । उहाँको तर्क थियो –राष्ट्रिय सहमतिको सरकार अहिलेको पहिलो आवश्यकता हो तर त्यसमा खासै प्रगति हुन नसकेकोले समस्या उत्पन्न भएको छ ।

दलहरुवीच रहेको अन्र्तद्धन्द्धले पनि शान्ति प्रक्रिया र संविधान निर्माणलाई असर पारेको भन्दै आचार्यले सबैभन्दा ठूलो दल माओवादी भित्रको अन्र्तद्धन्द्धको लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता अनुसार संबोधन नगरिए यसले पनि शान्ति प्रक्रिया र संविधान निर्माण कार्यालाई अप्ठ्यारोमा पार्ने दावी गर्नुभयो । माओवादी र काग्रेसवीच सहमति बन्न नसके जति सुकै संबैधानिक समितिले घच्घच्याए पनि संविधान निर्माणको कार्यलाई अगाडि बढाउन नसकिने उहााको ठहर थियो ।

उहाँले सबै विषयगत समितिका प्रतिवेदनहरु संबैधानिक समितिमा आईसके पनि विवादहरु कायमै रहेको भन्दै सरकार गठन–विघठन, निर्वाचन प्रणाली, प्रदेशको संख्या, विशेष क्षेत्र, राज्यका संरचनाका तहहरु, आत्म निर्णयको अधिकार र राजनीतिक अग्राधिकारको विषयमा रहेको विवादमा सहमति जुटाए मात्रै भदौ १४ गतेभित्रमा संविधानको पहिलो एकीकृत मस्यौदा निर्माण गर्न सकिने बताउनुभयो ।


मध्यरातमा शताब्दीकै खग्रास चन्द्रगहण

काठमांडौ, १ अषाढ । आज मध्यरातमा शताब्दीकै लामो खग्रास चन्द्रगहण लाग्दैछ । मध्यरातमा देखिने खग्रास चन्द्र ग्रहणका कारण पुर्णिमाको रात पनि औंशीको जस्तै अध्यारो हुने भएको छ । खगोलबिद्हरुका अनुसार आज रातीको चन्द्रग्रहण अहिले सम्मकै सबै भन्दा अध्यारो र लामो हुनेछ । राती १२ बजेर ७ मिनेटमा सुरु हुने ग्रहण भोली बिहान ३ बजेर ४७ मिनेट मोक्ष हुने नेपाल पञ्चाङ निर्णायक समितीका अध्यक्ष डा माधब भट्टराईले बताउनु भयो । चन्द्रग्रहण नेपालका सबै भाग बाट प्रष्ट देखिनेछ । ग्रहण र सुतक अबधिभर बालबालिका, बृद्धबृद्धा र बिरामी बाहेक अन्यले भोजन गर्नु उपयुक्त नहुने पनि डा. भट्टराइले बताउनु भयो ।

भारतीय अर्थमन्त्री शनिवार नेपाल आउनेः

काठमाण्डौ, असार १ । नेपालको विकसित पछिल्लो राजनीतिक घटनाक्रमवारे जानकारी लिन भारतीय अर्थ मन्त्री प्रणव मुखर्जी दुई दिने नेपाल भ्रमणका शिलसिलामा आगामी शनिवार काठमांडौ आउनु हुने भएको छ । दलहरु सेना समायोजनका बिषयमा निर्णयमा सहमतिमा पुग्न नसकिरहेको समयमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विश्वासपात्र मुखर्जी नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । दलहरुबीच संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमति कार्यान्वयन तथा लडाकू समायोजनमा दलहरुबीच कुरा मिल्न नसकेको समयमा हुन लागेको भारतीय बरिष्ठ नेताको भ्रमणलाई महत्वकासाथ हेरिएको छ ।

दुई दिने भ्रमणका क्रममा मुखर्जीले राष्ट्रपति रामबरण यादव, प्रधानमन्त्री झलनाथ खनाल, माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कागे्रस सभापति सुशील कोइराला लगायत बिभिन्न दलका शिर्ष नेताहरुसंग भेटवार्ता गर्नु हुनेछ । विदेशमन्त्री रहदा नेपालका सातदल र तत्कालीन माओवादीबीच भारतको नयाँ दिल्लीमा १२ बुदे सहमति बनाउन महत्वपूर्ण भूमिका खेलेका मुर्खजीले शान्ति प्रक्रिर्याको उत्तराद्धमा नेपाल भ्रमण गर्न लाग्नु भएको हो । नेपालका माओवादीप्रति लिएको कठोर नीतिको पुर्नबिचार गर्नेवारे छलफलगर्न उहाँ नेपाल आउन लाग्नु भएको कतिपय भारतीय विश्लेषकले बताएका छन । नेपाल भ्रमणका क्रममा उहाँले भारतीय लगानीका जलविद्युत आयोजनाको सुरक्षावारे चासो राख्नुहुने बुझिएको छ ।

प्रहरीका पूर्ब अधिकारीद्वारा महरासंग भेटवार्ताः

काठमाण्डौ, असार १ । उपप्रधान एवं गृहमन्त्री कृष्णबहादुर महरासँग नेपाल प्रहरीका पूर्व अधिकारीले भेटगरी सुडान घोटला प्रकरणमा अख्तियारले केही निर्दोषहरूका विरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै उनिहरुलाइ न्याय दिन माग गरेका छन । पूर्ब आइजीपी डिवि लामा सहित पूर्व एआईजी, डिआईजीहरूले आज गृहमन्त्रालयमा भेटगरी सुडान प्रकरणमा केही संकास्पदहरूलाई छाडेको भन्दै सरकारको ध्यनाकर्षण गराएका हुन । पूर्व आईजीपी लामाले प्रहरीमा उच्च अधिकारीले गरेको निर्णयमा तल्लो निकायले पनि हस्ताक्षर गर्नुपर्ने भन्दै हस्ताक्षर गर्दैमा तल्लो तहका प्रहरी दोषी नहुने बताउनुभयो ।

भेटमा लामाले पूर्व प्रहरी, बहालवाला प्रहरी र समुदाय गरी जिल्ला जिल्लामा सामुदायिक समिति भएको र त्यसलाई गृहमन्त्रालयले कुनै जिम्मा नदिएकोले त्यसलाई गृहमन्त्रालयले निर्देशन दिनुपर्ने बताउनु भएको थियो । जवाफमा गृहमन्त्री महराले सुडान घोटाला प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको सबै दोषी छन् भन्नेमा आफू नरहेको उल्ल्ेखगर्दै कतिपय दोषीहरूमाथि अख्तियारले मुद्दा दायर नगरेको बताउनुभयो । विशेष अदालतमा मुद्दा दायर भएकाले अदालतले उक्त मुद्दाको छिटोभन्दा छिटो छानवीन गरेर फैसाला गर्नपर्ने महराको भनाइ थियो । ‘सुडान प्रकरणमा दोषीहरूलाई कारबाही हुनुपर्छ र निर्दोषहरू बच्नुपर्छ महराले भन्नुभयो– अख्तियारले मुद्दा दायर गर्दा कतिपय निर्दोष पनि परेका छन् कतिपय दोषी पनि छुटेका भन्ने मलाई पनि लागेकै छ ।’

विकासको विजोग

मधयम¥यस्याङदी नदीमा निर्माणाधिन पुल भत्कदा करिब आधा दर्जन मजदुर बेपत्ता भएका छन् । लमजुङको भोटेओडार र भारत जोड्ने पुल बनाउँदै गर्दा आज अपरान्ह अकस्मात पुल भत्केको जनाइएको छ । भत्केको पुलमा एक जना भने च्उापिएको अवस्थामा फेला परेको जनाईएको छ भने एक लाई नदीबाट उद्धार गरिएको छ । च्यापिएको अवस्थामा लमजुङका सन्जय लामा र नदीबाट गोपाल थापामगरलाई उद्धार गरिएको हो । उनीहरुलाई उपचारका लागि राजधानी ल्याईदै छ । बेपत्तान हुनेमा नुवाकोटका ईन्द्र लामा रहेका छन् भने अन्य दुइृको पहिचान भइृसकेको छैन । पुलमा स्टिल जडान गर्ने क्रममा सो दुर्घटना भउको अन्य कामदारहरुले बताउका छन् । सो पुल भोटेआडार बेलघारी खन्डमा बन्दै गरेको थियो । हाल प्रहरी घटनास्थलमा पुगेको र स्थानीयको सहयोगमा उद्धार कार्य  सुरु गरेको जनाईएको छ ।

कार्यदलद्वारा शासकीय स्वरुपवारे छलफल सुरुः

संविधानसभा संवैधानिक विबाद उप–समितिद्वारा गठित पाँच सदस्यीय कार्यदलले आजदेखी नयाँ संविधानमा समेटनुपर्ने शासकीय स्वरुपको बिषयमा छलफल सुरु गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा आज बसेको बैठकमा शासकीय स्वरुप समितिको मस्यौदामा रहेका चार प्रस्तावमाथी छलफल सुरु भएको कार्यदलका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । मस्यौदामा कार्यकारी निर्वाचित राष्ट्रपति, जनताद्वारा प्रतक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, वेष्ट मिनिष्टर प्रणालीमा आधारित सुधारिएको संसदीय व्यबसथा तथा संघ र प्रादेशीक व्यबस्थापिका संसदवाट निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली प्रस्ताव गरिएको छ । चारवटै प्रस्तावलाइ संवोधन गर्नेगरी नयाँ विकल्पमा जानेवारे छलफल सुरु भएको समिति सचिव टेकप्रसाद टुङ्गानाले जानकारी दिनुभयो । स्रोतका अनुसार सबैलाइ समेटनेगरी राष्ट्रपति र प्रधानमन्त्रीबीच अधिकार बाडफाड सम्बन्धी ‘फ्रेन्च मोडल’माथी छलफल सूरु भएको छ ।

अस्थायी मतदाता नामाबली दर्ता आज देखि

निर्बाचन आयोगले अस्थायी रुपमा बसोबास गर्ने ब्यक्तिहरुको  फोटो सहितको मतदाता नामाबलीका लागी दर्ता गर्ने कार्य आजबाट सुरु गरेको छ । आयोगले सबिधानसभा भबन केन्द्र नयाँबानेश्वरमा राखेको दर्तास्थलमा सभामुख सुबास चन्द्र नेम्वाङले फोटो खिचाई नाम दर्ता गराउनुभएको छ । यस्तै केही सभासदले फोटोसहित नाम समेत टिपाईसकेको केन्द्रले जनाएको छ ।

कोहि  नछुटुन र कोहि नदोहोरियुन भन्ने निति अनुरुप आयोगले फोटोसहित मतदाता परिचय पत्र बनाउने निर्धारित समयको समाप्ति पछि पनि सो कार्य सुरु गरेको हो । राजधानीका विभिन्न  वडाहरुमा पनि केन्द्र राखिएको आयोगले जानकारी दिएको छ । नामावलीका लागि आफ्नो नागरिकता सहति उपथ्ति हुन आगयोगले आग्रह पनि गरेको छ । आयोगले गरेको यस ब्यबस्था अनुसार बिभिन्न स्थानमा अस्थायी बसोबास गरिएका ब्यत्तिःहरुले आफनो फोटो र औठा छापसहितको मतदाता नामाबलीका लागी जन्मथलो जानु नपर्ने भएको छ ।  बिभिन्न जिल्लामा अस्थायी बसोबास गरिरहेका ब्यक्तिहरुको सख्या १५ देखि २० लाख सम्म हुन सक्ने आयोगको प्रारम्भिक अनुमान छ ।

गोर्खा विकाश वैंक सुधारका क्रममा

काठमांडौ,१ जेठ । गोर्खा डेभलपमेन्ट वैंकले राष्ट्र बैंकको निर्देशन अनुसार सुधारका कार्यहरु अगाडी बढाइरहेको जनाउदै बैंक प्रारम्भिक सफलता हासिल गर्न सफल भएको जनाएको छ । बैंक हाल बिज्ञ समूहको व्यवस्थापनमा संचालनमा रहेको र खराव ऋणहरु असुली प्रकृया शुरु भइसकेकाले संकटबाट जोगाउनका लागि संस्थापक शेयर धनी र वचतकर्ताहरुलाई सहयोग गर्न अपिल समेत गरेको छ । वैकमा बिज्ञ समुह्को व्यवस्थापन शुरु भएपछिको अवस्थावारे जानकारी गराउयन गोर्खा सैनिक सम्बद्ध संघसंस्था र संस्थापक शेयरधनीसंगको छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार भट्टराइले नयां व्यवस्थापनले कार्य शुरु गरेपछि सर्वसाधारण वचतकर्ता विश्वस्त हुंदै गएको वताउनुभयो ।

वैकलाई लागेको संकटग्रस्तको लेवल जति सक्दो चांडो हटाउन राष्ट्र वैंक समेत सकारात्मक रहेको वताउंदै उहांले बैंकको तत्कालको अवस्थाबाट बचाउन संस्थापक शेयर धनीहरु र गोर्खा सैनिक संबद्ध व्यवसायीहरुलाई सहयोगका लागि आग्रह गर्नुभयो । बैंकका  बरिष्ठ सल्लाहकार तुलसीप्रसाद  उप्रेतीले बैंकलाई पुरानै अवस्थामा लान सक्ने अवस्था निर्माण भएको भन्दै संस्थापक शेयर धनीहरुले पुंजी बृद्धिका लागि सहयोग गर्नु अपरिहार्य रहेको वताउनुभयो । बैंकका संचालक समिति अध्यक्ष प्रेम वहादुर बेघाले बिगतका संचालक समितिको कमि कमजोरीका कारण रामा्रे अवस्थामा रहेको वैंकको अवस्था बिग्रिन पुगेको बताउंदै व्यवसायिक व्यवस्थापन शुरु भएकाले बैंकलाई पुरानै अवस्थामा लान सक्ने  संभावना बढ्दै गाएको वताउनुभयो । ब्रिटीश गोर्खा मिडिया नेटवर्ककका कार्यवाहक अध्यक्ष  सुनिता गुरुङले वैंकलाई संकटबाट जोगाउन व्यवस्थापनले सफलता हासिल गर्ने विश्वाश व्यक्त गर्नुभयो ।

अन्तराष्ट्रिय समाचार
ओबामाको सूचना दिने पाँच जना पक्राउ

अलकायदाका सस्थापक नेता ओसामा बिन लादेनको हत्या पछि पाकिस्तानका जासुस एजेन्सीद्धारा अमेरिकी जासुस एजेन्सी सीआइएका अधिकारी बिरुद्ध अभियान सुरु गरेका छन् । यसक्रममा  लादेनको बारेमा अमेरिकालाई जानकारी दिने पाँच जना संदिग्धलाई गिरफतार गरेको छ । एक सैन्य अधिकारीले दिएको जानकारी अनुसार सिआईएका कैंयौ मानिसबिरुद्ध कारबाही गरिएको जानकारी दिएका छन् ।

पाकिस्तानको लाहोरमा गत जनवरीमा सीआईएका एक अधिकारीले दुइजना पाकिस्ताी नागरिकको हत्या गरेपछि पाकिस्तानको जासुस एजेन्सीले सीआईए बिरुद्ध कारबाही सुरु गरेको हो । पाकिस्तानको राजधानी इस्लामावाद बाट केही दुरी टाढा रहेको एबटाबादमा गत मे महिनामा अमेरिकी सेनाले लादेनको हत्या गरेका थिए ।

खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग
काठमाडौँ, ३१ जेठ । राजधानीमा जारी शहिद स्मारक ए डिभीजन लिग फुटबल अन्र्तगत आज सम्पन्न खेलहरुमा मनाङ र थ्रीस्टारले जित हासिल गरेका छन् भने मछिन्द्र र एपिएफले बराबरी खेलेका छन् ।
आजको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ र मच्छिन्द्र क्लबले एक एक को बराबरी खेलेका हुन् । मछिन्द्रका लागि उजेन लामाले गोल गर्दे अग्रंता दिलाएपनि सशस्त्रका गणेश लावतीले गोल गर्दै खेललाई एक एकको बराबरीमा ल्याएका थिए ।

यस्तै आजै समपन्न अर्को खेलमा उपाधी दाबेदार मनाङ म¥स्याङदीले स्वयम्भू क्लवलाई १—० ले पाखा लगाएको छ । मनाङलाई साँघुरो जित दिलाउने क्रममा नेपाली लिगका सर्वाधिक महँगा स्ट्राईकर सन्तोष साहुखलले गोल ठोकेका थिए । यस्तै अर्काे खेलमा सशक्त टोली थ्रीस्टारले युनाइटेड क्लबलाई ४—० को भारी अन्तरले पाखा लगाएको छ । ललितपुरे टोलीलाई जित दिलाउन प्रदिप महर्जनले २ तथा बुद्ध चेमजोङ र विकास सिंह क्षेत्रीले १—१ गोल गरेका थिए ।

No comments: