राज्यपुर्नसंरचना समितिमा रहेको ७८ विवाद २६ मा झ¥यो
काठमाण्डौ, जेठ ३१ । संवैधानिक समिति अन्र्तरगत गठित विवाद समाधान उपसमितिले राज्य पुर्नसरचना तथा राज्यशक्तिको बाडफाड समितिको मस्यौदा प्रतिवेदनमा रहेका ७८ विबादित बुदालाइ एकीकृत गरि २६ मा झारेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा आज बसेको उपसमिति बैठकले दोहोरिएका प्रश्नलाइ एकीकृत गरि विबादित बुदालाइ २६ मा सीमित गरेको उपसमितिमा एमालेका सहयोगि नेता सुरेद्र पाण्डेले जानकारी दिनुभयो । राज्यपुर्नसंरचना समितिको प्रतिवेदनमा रहेका ती विबादमा समाधानगर्न सदभावना नेता एवं उपसमिति सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा रहेको कार्यदललाइ जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।
संविधानसभा सचिवालयले तयार गरेको उक्त प्रस्तावमा सहमति जुटाउन एक साताको समयाबधी दिइएको छ । माओवादीका खिमलाल देवकोटा, कागे्रसका राधेश्याम अधिकारी तथा एमालेका अग्नी खरेल र सपना प्रधान सदस्य रहेको कार्यदलले संविधानका मिल्नबाकी अन्य बिषयमा समेत सहमतिको प्रयास गर्नेछ । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विबाद समाधानकालागि कार्यदल र राजनीतिक तहगरी दोहोरो छलफल हुने बताउनुभयो ।
नयाँ संविधानमा मिल्न बाकी बिषय अब ४८ बुदामा सिमित भएका छन् । कार्यदलका संयोजक कर्णले राज्यपुर्नसंरचना समितिका २६ र अन्य २२ बुदामा समेत सहमतिको प्रयास गरिने बताउनुभयो ।
माओवादी अनुपस्थति भएपछि सेना समायोजन विषेश बैठक स्थगित
काठमाण्डौँ, ३१ जेठ । एकीकृत नेकपा माओवादीका प्रतिनिधीहरु अनुपस्थित भएपछि सेना समायोजन विशेष समितिको आजको बैठक स्थगित भएको छ ।
समिति सचिवालय नया“ बानेश्वरमा सा“झ पा“च बजेका लागि तय भएको बैठकमा अस्वस्थताको कारण देखाउ“दै माओवादी तर्फबाट सदस्य रहेका बर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर अनुपस्थति भएका थिए । बैठकपछि नेताहरुले माओवादी सदस्यहरु अनुपस्थित भएका कारण सामान्य छलफल भएपछि औपचारीक बैठक बस्न नसकेको जानकारी दिए ।
दलहरुबीच सेनामा समायोजन हुने लडाकुको संख्या, मोडालीटि, मापदण्ड लगायतका बिषयमा सहमति जुट्न सकेको छैन । आगामी असार पा“च गतेभित्र सम्पन्न गर्ने भनिएका कार्यहरुमा समितिमा एक मत हुन नसक्दा विशेष समितिले यसअघि तय गरेको कार्यसुचि अनुसार काम सम्पादन गर्न निकै कम समय बा“की रहेपनि सहमति जुट्न सकेको छैन ।
बैठकमा सहभागि हुन प्रधानमन्त्री झलनाथ खनालसहित अन्य सदस्यहरु समितिको सचिवालय नया“बानेश्वर पुगेका थिए । अघिल्लो बैठकमा पूर्व लडाकुहरुलाई पुनस्र्थापनाका लागि सरकारले एकमुष्ठ रुपमा साढे चार लाख रुपैया“ दिने प्रस्ताव गरेपनि माओवादीले असहमति जनाएको थियो ।
माओवादी सभासद् ढुङ्गेलको पद खोरजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाण्डौँ, ३१ जेठ । हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका ओखलढुंगाका सभासद बालकृष्ण ढुंगेललाई पक्राउ गरी जेल चलान गर्न आज सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
दुईबर्ष अघिनै सर्वोच्चले ढुङ्गेललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपनि अहिलेसम्म आदेश कार्यान्वयन नभएको भन्दै मृतक उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले आज एड्भोकेसी फोरमको सहयोगमा रिट दायर गर्नुभएको हो । रिटमा संविधानसभा सदस्यको पद खारेजी गरी सेवा सुविधा तत्काल रोक्न संविधानसभाका अध्यक्ष तथा गृहमन्त्री लाई बिपक्षी बनाइएको छ ।
सभासद ढुंगेलमाथि २०५५ साल असार १० गते ओखलढुंगाको टारकेराबारी गाविस ७ स्थित खहरे दोभानमा स्थानीय उज्जनकुमार श्रेष्ठलाई गोली हानी हत्या गरेको अभियोग लागेको छ । हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत ओखलढुंगाले सर्वस्वसहित जन्मकैद गर्न सुनाएको फैसलालाई सर्वोच्चले सदर गरेको थियो ।
अदालतको फैसलापछि पनि सभासद ढुंगेल अहिलेसम्म जेल चलान भएका छैनन् । ढुंगेल ओखलढुंगा क्षेत्र नम्बर २ का माओवादीका सभासद हुन् ।
काठमाण्डौँ, ३१ जेठ । एकीकृत नेकपा माओवादीका प्रतिनिधीहरु अनुपस्थित भएपछि सेना समायोजन विशेष समितिको आजको बैठक स्थगित भएको छ ।
समिति सचिवालय नया“ बानेश्वरमा सा“झ पा“च बजेका लागि तय भएको बैठकमा अस्वस्थताको कारण देखाउ“दै माओवादी तर्फबाट सदस्य रहेका बर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर अनुपस्थति भएका थिए । बैठकपछि नेताहरुले माओवादी सदस्यहरु अनुपस्थित भएका कारण सामान्य छलफल भएपछि औपचारीक बैठक बस्न नसकेको जानकारी दिए ।
दलहरुबीच सेनामा समायोजन हुने लडाकुको संख्या, मोडालीटि, मापदण्ड लगायतका बिषयमा सहमति जुट्न सकेको छैन । आगामी असार पा“च गतेभित्र सम्पन्न गर्ने भनिएका कार्यहरुमा समितिमा एक मत हुन नसक्दा विशेष समितिले यसअघि तय गरेको कार्यसुचि अनुसार काम सम्पादन गर्न निकै कम समय बा“की रहेपनि सहमति जुट्न सकेको छैन ।
बैठकमा सहभागि हुन प्रधानमन्त्री झलनाथ खनालसहित अन्य सदस्यहरु समितिको सचिवालय नया“बानेश्वर पुगेका थिए । अघिल्लो बैठकमा पूर्व लडाकुहरुलाई पुनस्र्थापनाका लागि सरकारले एकमुष्ठ रुपमा साढे चार लाख रुपैया“ दिने प्रस्ताव गरेपनि माओवादीले असहमति जनाएको थियो ।
माओवादी सभासद् ढुङ्गेलको पद खोरजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाण्डौँ, ३१ जेठ । हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका ओखलढुंगाका सभासद बालकृष्ण ढुंगेललाई पक्राउ गरी जेल चलान गर्न आज सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
दुईबर्ष अघिनै सर्वोच्चले ढुङ्गेललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपनि अहिलेसम्म आदेश कार्यान्वयन नभएको भन्दै मृतक उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले आज एड्भोकेसी फोरमको सहयोगमा रिट दायर गर्नुभएको हो । रिटमा संविधानसभा सदस्यको पद खारेजी गरी सेवा सुविधा तत्काल रोक्न संविधानसभाका अध्यक्ष तथा गृहमन्त्री लाई बिपक्षी बनाइएको छ ।
सभासद ढुंगेलमाथि २०५५ साल असार १० गते ओखलढुंगाको टारकेराबारी गाविस ७ स्थित खहरे दोभानमा स्थानीय उज्जनकुमार श्रेष्ठलाई गोली हानी हत्या गरेको अभियोग लागेको छ । हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत ओखलढुंगाले सर्वस्वसहित जन्मकैद गर्न सुनाएको फैसलालाई सर्वोच्चले सदर गरेको थियो ।
अदालतको फैसलापछि पनि सभासद ढुंगेल अहिलेसम्म जेल चलान भएका छैनन् । ढुंगेल ओखलढुंगा क्षेत्र नम्बर २ का माओवादीका सभासद हुन् ।
भदौ १४ अगावै शान्ति प्रक्रिर्या टुङ्गाउन एमालेको आग्रहः
काठमाण्डौँ, ३१ जेठ । प्रधानमन्त्री झलनाथ खनालले नेपाली काँग्रेस वर्तमान सरकार विघटन गरेर अर्थमन्त्रालय लिने दाऊमा लागेको बताउनुभएको छ । सिंहदरबार स्थीत एमाले संसदिय दलको बैठकमा बोल्दै प्रधानमन्त्री खनालले समयमै बजेट ल्याऊने गरि सरकारले गरेको तयारीमा असहयोग गरि काँग्रेसले देशको अर्थतन्त्रको विषयमा गम्भीरता नदेखाएको आरोप लगाउनुभयो । खनालले असार मसान्तभीत्र बजेट नल्याए आर्थिक र मौद्रीक संकट आउने भएकोले बजेटको तयारी पुरा भएपनि काँग्रेसको असहयोगका कारण बजेटमा ढिलाइ भएको बताउनु भएको थियो ।
यद्यपी बैठकपछि प्रधानमन्त्री खनालले बजेट समयमै आउने बताउनुभयो । एमालले संसदिय दलले असार भित्रै बजेट ल्याउन सहयोगका लागी काँग्रेसलाइ आग्रह समेत गरेको छ । बैठकपछि एमाले प्रमुख सचेतक भीम आचार्यले विपक्षी दलसंग सहमति गरी समयमै बजेट ल्याउने निर्णइ भएको जानकारी दिनुभयो ।
यसैबिच एमालले संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमति अनुसार आगामी भदौ १४ अगावै शान्ति प्रक्रिर्या टुङ्गोमा पु¥याए संविधानको एकीकृत मस्यौदा जारी गर्नेतर्फ लाग्न दलहरुसंग आग्रह गरेको छ । संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको संसदीय दलको बैठकले आन्दोलनको तयारी भन्दा सहमति अनुसार संविधान निर्माणमा केन्द्रीत हुन दलहरुसंग आग्रह गरेको मुख्य सचेतक भीम आचार्यले जानकारी दिनुभयो ।
एमालेले संसदको शून्य समयको सदुपयोग गर्न तथा कुनैपनि विधेयक निर्णयार्थ पेशगर्ने र पारित गर्नेदिन संसद बैठक अबधिभर बस्न सभासदलाइ निर्देशन दिएको छ । संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधन गर्ने समेत निर्णय गरेको छ ।
पाँच बुदेँ सहमति कार्यन्वयन बुझ्न एक दुइ दिन भित्रै संसदीय अनुगमन निमार्ण हुने
काठमाण्डौँ, ३१ जेठ । संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमति कार्यान्वयनको अनुगमन गर्न गठन गर्ने भनिएको संसदीय अनुगमन समिति एक दुइदिनमै गठन हुने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख सुवासचन्द्र नेम्वाङबीच आज भएको भेटमा एकदुइ दिन भीत्रै समिति गठन गर्ने सहमति भएको हो । जेठ १९ गते नै समिति गठन गर्ने भनिएपनि माओवादीका तर्फवाट नाम नआएका कारण ढिलाइ भएको थियो । सभामुख संगको भेटपछि माओवादी अध्यक्ष प्रचण्डले भोलीसम्ममा माओवादीले समितिमा बस्ने सदस्यको नाम दिइसक्ने बताउनुभयो । कागे्रस लगायतका अधिकाशं दलले भने नाम सिफारिश गरिसकेका छन । आफ्नो पार्टीले नाम दिइसकेपनि कागे्रसले समयमै नाम उपलव्ध नगराएका कारण अनुगमन समिति गठनमा ढिलाइ भएको कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताउनुभयो ।
माओवादी कुनै पनि हालतमा टुक्रिदैन ः सूचना एवं संचारमन्त्री
सूचना एवं संचारमन्त्री अग्नि सापकोटाले आफ्नो पार्टि कुनै पनि अवस्थामा नफुट्ने दावि गर्नुभएको छ । संचारमन्त्रालयमा आज पत्रकारसँगको कुराकानीमा मन्त्रि सापकोटाले यस्तो धारणा व्यक्त गर्नभएको हो । पछिल्लो समयमा भैरहेका गुटवन्दी र भेलालाई सामान्य भन्दै उहाँले विचारको वहसक्रममा केहि व्यक्तिहरु चोईटिएर जानसक्ने वताउनुभयो । तर पार्टिले विगतमा अहिलेको भन्दा जटिल परिस्थितीको सामना गरिसकेकोले पार्टिमा रहेको वर्तमान समस्यालाई पनि छलफलवाटै टुङ्गोमा पु¥याउने बताउनुभयो ।
मन्त्री सापकोटाले पार्टि अध्यक्ष विरुद्ध उपाध्यक्ष वैद्य पक्षधरले लगाएका आरोपहरु झुठा रहेको र त्यस्ता लाञ्छनाको कुनै अर्थ नरहेको दावि गर्नुभयो । पार्टिका तीनथरि विचारका नेताहरुलाई पार्टिप्रती वरावर माया रहेकोले पनि पार्टि नफुट्ने वताउँदै उहाँले पार्टिको विवादलाई समाधान गर्ने चुनौती अध्यक्ष प्रचण्ड सामु रहेको पनि उहाँले वताउनुभयो । अर्को एक प्रशङ्गमा मन्त्रि सापकोटाले वर्तमान सरकार कामचलाउ नभएको चर्चा गर्दै शान्ति र संविधानका लागि स्पष्ट आधार खडा नगरेसम्म प्रधानमन्त्री राजीनामा नगर्ने स्पष्ट गर्नुभयो ।
वर्तामान सरकार र सत्तारुढ दलहरु शान्ति र संविधान प्रती प्रतीवद्ध रहेकोवेला पाँच वुँदे सहमतीको अपव्याख्या नगरि प्रतीपक्ष समेत त्यत्तीकै जिम्मेवार वन्न उहाँको विशेष आग्रह समेत गर्नुभयो । पत्रकार खिलानाथ ढकालको हत्या प्रयासका आरोपिलाई कडा कार्वाही गर्ने प्रतीवद्धता व्यक्त गर्दै पत्रकारहरुको व्यवसायिक सुरक्षा र सिपविकासका लागि विशेष कार्यक्रम समेत आफुले ल्याउन लागेको उहाँले जानकारी गराउनुभयो ।
यता एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य राम कार्कीले पार्टीभित्र लामो समयदेखि निर्वाचित नेतृत्व नहुँदा आर्थिक कारोवार पारदर्शी नभएको र आर्थिक पारदर्शिताकै अभावमा पार्टी फुटको सङघारमा पुगेको दावी गर्नुभएको छ । राजधानीमा आज आयो िजत अन्र्तक्रियामा बोल्दै कार्कीले पछिल्लो समयमा देखिएको बैचारिक संघर्ष स्वभाविक भए पनि त्यसलाई राम्ररी हेण्डल गर्न नसके पार्टी फुटमा जाने दावी गर्दैे २० वर्षदेखि महाधिवेशन नहुँदा र आर्थिक कारोवार पारदर्शी नहुँदा पार्टीभित्र विचलन आएको उल्ल्ोख गर्नुभयो । निर्वाचित नेतृत्व र आर्थिक प्रणाली पारदर्शी हुने हो भने पार्टीमा देखिएका सबै बैचारिक संघर्षको ब्यवस्थापन हुने तर्क गर्दे कार्कीले २० वर्ष देखि निर्वाचन नहुदा पार्टीभित्र असन्तुष्टि बढेर गएको जिकिर गर्नुभयो ।
लोडसेडिङ छिट्टै हट्छ उर्जामन्त्रीको दावि
उर्जामन्त्री गोकर्ण विष्टले केही दिनभित्रमै लोडसेडिङ अन्त्य हुने दावी गर्नुभएको छ । राजधानीमा आज आयोजना गरिएकोे साक्षात्कारमा बोल्दै उर्जामन्त्री विष्टले विद्युत चुहावट नियन्त्रणको काम प्रभावकारी रुपमा अघि बढेकोले केही दिनमै लोडसेडिङ अन्त्य हुने बताउनुभयो । विद्युत चुहावट नियन्त्रणमा महत्वपूर्ण काम भईरहेको भन्दै भक्तपुरमा केही दिनको प्रयासमा सात प्रतिसत चुहावट नियन्त्रण भएको भन्दै उहाँले ५५ प्रतिसत विद्युत चुहावट रहेको भक्तपुरमा अहिले ४८ प्रतिसतमा झारिएको छ ।
मन्त्री विष्टले नेपालमा हुने कुल विद्युत चुहावटको ६ प्रतिसतमात्रै नियन्त्रण गर्ने हो भने पनि विद्युत प्राधिकारणलाई साढे दुई अर्ब रुपैया नाफा हुने जानकारी उल्लेख गर्नुभयो । उहाँले अहिलेकै रफ्तारमा काम हुने हो भने तीन वर्षमा नेपाल पूर्ण रुपमा लोडसेडिङ मुक्त हुने दावी समेत गर्नुभयो । निर्माणाधिन विद्युत आयोजनाहरुलाई सरकारले पूर्ण सुरक्षा दिने भन्दै आवश्कता अनुसार प्रहरी, शसस्त्र र नेपाली सेनाको सुरक्षा उपलब्ध गराउने तयारी भईरहेको विष्टको भनाई थियो । उहाँले भन्नुभयो–उर्जा मन्त्रालयले सेना परिचालनको लागी रक्षामन्त्रालयलाई आग्रह गरिसकेको छ र आगामि मन्त्री परिषदको बैठकले आयोजनाको सुरक्षामा सेना परिचालन गर्ने निर्णय गर्नेछ ।
जलविद्युत आयोजनामा अवरोध गर्ने कार्यलाई सरकारले कुनै पनि हालतमा छुट नदिने समेत सो अवसरमा उहाँले स्पष्ट पार्नुभयो । उर्जामन्त्री विष्टले माथिल्लो सेती, पश्चिम सेती, माथिल्लो अरुण, बुढी गण्डकी लगायतका आयोजना सुरु गर्न विभिन्न स्वदेशी र विदेशी वित्तिय संस्थाहरुसँग छलफल भईरहेको जानकारी पनि दिनुभयो ।
नेपाल आजबाट औपचारिक रुपमै बारुदी धराप मुक्त राष्ट्र घोषणा
काठमाडौं, ३१ जेठ । नेपाल आजबाट औपचारिक रुपमै बारुदी धराप ल्याण्ड माइन मुक्त राष्ट्र घोषणा भएको छ । नेपाली सेनाले माओवादी युद्धका बेला सुरक्षाका लागि मुलुकभरका सैनिक इलाकावरपर बिच्छ्याएको बारुदी धराप आज नष्ट गरिसकेकाले नेपाल ल्यान्ड माईन मुक्त राष्ट्र भएको हो । प्रधानमन्त्री झलनाथ खनालको उपस्थितीमा ललितपुरको फूलचोकीमा रहेको बारुदी धराप नष्ट गरेर नेपाललााई बारुदी धराप प्रयोगमुक्त क्षेत्र घोषणा गरिएको हो ।
यसअघि पनि ५२ वटा बारुदी सुरुङ नष्ट गरिसकिएको नेपाली सेनाले जनाएको छ ।दशवर्षे जनयुद्धका क्रममा आफ्नो सुरक्षाका लागि नेपाली सेनाले महत्वपूर्ण संरचना साथै संवेदनशील व्यारेकहरुमा बिच्छाइएका बारुदी धरापहरु शान्ति प्रक्रिया शुरु भएदेखि हटाउन शुरु गरेको भएपनि लामो प्रयासपछि आज बारुदी धराप नष्ट गर्ने काम पुरा गरेर नेपाललाई बारुदी धराप प्रयोगमुक्त क्षेत्र घोषणा गरिएको नेपाली सेनाले जनाएको छ । माओवादी युद्ध छोडेर शान्ति प्रक्रियामा आएपछि संयुक्त राष्ट्रसंघको सहयोगमा नेपालमा युद्धका क्रममा राखिएका त्यस प्रकारका बारुदी धराप हटाउने अभियानको थालनी भएको थियो । युद्धका क्रममा बिद्रोही माओवादीले बारुदी धराप प्रयोग नगरेको दाबी गरेपनि नेपाली सेनाले भने ५३ ठाउँमा २ सय ५७ वटा बारुदी सुरुङको प्रयोग गरेको थियो ।
निष्पक्ष निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली सकारात्मक
काठमाण्डौँ, ३१ जेठ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सकारात्मक भएकाले यसमा सबै पक्षको सहयोग हुनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचन आयोगले सञ्चालन गरिरहेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रमका सम्बन्धमा आयोगमा दर्ता भएका राजनीतिक दलहरूसँग आयोगले आज राजधानीमा गरेकोे छलफलमा उहाँले सो कार्यमा सम्पूर्ण राजनीतिक दललगायतको सहयोग आवश्यक भएको बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले संवैधानिक उपसमितिमा समेत निर्वाचन प्रक्रियाका बारेमा छलफल भइरहेको जानकारी गराउँदै यसलाई सफल बनाउन सबै पक्ष इमान्दार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँगे्रसका उपसभापति रामचन्द्र पौडेलले निर्वाचन प्रयोजनलाई मध्यनजर गर्दै आयोगले थालेको फोटोसहितको मतदाता नामावलीबाट निष्पक्ष र धाँधलीरहित निर्वाचन कार्यक्रम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा आयोगका कायममुकायम प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उपे्रतीले मतदाता नामावली सङ्कलन कार्यमा केही जिल्लाहरूमा देखिएका विवादलाई सहज बनाउन र दलहरूको धारणा बुझ्न छलफल कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएको थियो । आयोगका सदस्य दोलखबहादुर गुरुङले निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य भोलिदेखि पुनः सुरु गर्ने जानकारी दिनुभयो ।
आयोगले हालसम्म दुईहजार ३५० गाविस र ४६ नगरपालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सम्पन्न गरिसकेको जनाइएको छ । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबरा, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, जनमोर्चा नेपालका अध्यक्ष चित्रहादुर केसीलगायतको सहभागिता थियो ।
उपप्रधानमन्त्रीद्वय बजेटमा सहमतिगर्न कागे्रससंग परामर्शमाः
काठमाण्डौँ, ३१ जेठ । समयमै नियमित बजेट ल्याउन सहमति जुटाउने उदेश्यले उपप्रधानमन्त्रीद्वय भरतमोहन अधिकारी र कृष्णबहादुर महराले आज कागे्रस सभापति सुशील कोइरालासंग भेटवार्ता गर्नुभएको छ । सभापति कोइरालालाई भेटन अर्थमन्त्री अधिकारी र गृहमन्त्री महरा विहान सभापति कोइरालाको निवास महाराजगञ्ज पुग्नुभएको थियो । भेटमा मन्त्रीद्वयले सरकारलाई बजेट ल्याउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा कोईरालाले राष्ट्रिय सहमतिको सन्देश दिने खालको बजेट निर्माण गर्नुपर्ने धारणा राख्नुभएको थियो । मन्त्री महराले सरकारले सबैको भावना समेट्ने गरी बजेट ल्याउने धारणा राख्नुभएको उहाँका प्रस सहयोगि मनोज घर्तीले जानकारी दिए । बजेट तयारीको बिषयलाइ लिएर अर्थमन्त्री अधिकारीले दलहरुसंगको छलफललाइ तीब्रता दिनुभएको छ ।
सेनाद्वारा तीन दर्जनलाइ कार्वाही र बर्खास्थः
नेपाली सेनाले म्याग्दी जिल्लास्थित ईन्द्रबक्स गणका सिपाही राम बहादुर चौधरीको दैनिक शारीरिक व्यायामका क्रममा बेहोस भएर मृत्यु भएको घटनालाई लिएर सेनानी अरुण बहादुर सिंहलाई हातपात गर्ने तीन दर्जनबढि सैनिकलाइ कार्वाही गरेको छ । पश्चिम पृतनाका पृतनापति उपरथी नर बहादुर कडेलको अध्यक्षतामा गठीत समरी जनरल सैनिक अदालतबाट दोषी ठहरिएका सेनाका जवानलाइ कार्वाही गरिएको सैनिक जनसम्पर्क निर्देशनायले जनाएको छ । गणका सेनानी अरुण बहादुर सिंहलाई सैनिक ऐनको दफा ५२ बमोजिम दुई वर्ष बढुवा रोक्का गरेको छ । यस्तै प्यूठ टेक बहादुर कुमाललाई तीन वर्ष कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी बरखास्त गरेको छ ।
यस्तै अमल्दार विजय कुमार यादव, अमल्दार राजेश प्रसाद यादव, अमल्दार राजेश यादव, प्यूठ प्रदिप पोखरेल, सिपाही निरज भट्ट र सिपाही मिन नाथलाई दुई वर्ष कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी बरखास्त गरेको छ । अमल्दार सविन थुयाजु, अमल्दार सुमन अधिकारी, प्यूठ टेक बहादुर भुजेल, प्यूठ देव नारायण चौधरी, प्यूठ रामेश्वर चौधरी, सिपाही बिष्णु प्रसाद कोईराला र सिपाही लोक बहादुर श्रेष्ठलाई एक वर्ष कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी बरखास्त गरेको जनसम्पर्क निर्देशनायले जनाएको छ ।
प्यूठ सुरेश राय यादव र सिपाही रामु राय यादवलाई ९ महिना कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी बरखास्त तथा अमल्दार अजय थापा, प्यूठ समिन गुरुङ्ग, प्यूठ राज कुमार महतो, सिपाही मदन बहादुर शाही, सिपाही रमेश भुसाल, सिपाही देव कुमार सिंह दनुवार र सिपाही गोविन्द बहादुर बिष्टलाई सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी बरखास्त गरेको छ । हुद्दा राधेश्याम डगौरा थारु, अमल्दार सिताराम तामाङ्ग, प्यूठ कमल श्रेष्ठ, प्यूठ राम आशिष महतो र प्यूठ सिकिन्दर राउत कुर्मीलाइ एक दर्जा घटुवा तथा सिपाही जित बहादुर खत्री, सिपाही शरण थापा, सिपाही दिपक घिमिरे, सिपाही लवराज साउद, सिपाही लाल बहादुर डाँगी, सिपाही सहदेव आचार्य र सिपाही उमेश खड्कालाई दुई वर्ष बढुवा रोक्का गरेको सेनाले जनाएको छ । २०६७ चैत्र १४ गते विहानको शारीरिक व्यायाममा सैनिक चौधरीको मृत्यु भएपछि अन्य सैनीकले सेनानी मात्री आक्रमण गरेका थिए ।
पत्रकार ढकालमाथी आक्रमण गर्नेलाइ पक्राउ नगरिएको भन्दै पत्रकारहरुद्धारा विरोध ¥याली
विराटनगर, ३१ जेठ । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने योजनाकारलाई प्रहरी प्रशासनले अहिलेसम्म पक्राउ नगरेको विरोधमा आज यहाँ निस्केको बृहत् ¥यालीले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएको छ । स्थानीय सन्सारीमाई स्थानबाट निस्किएको सो ¥यालीमा विभिन्न राजनीतिक पार्टी, विद्यार्थी सङ्गठन, सञ्चारकर्मी, सर्वसाधारण जनताको उल्लेखनीय सहभागिता थियो । जेठ २२ गते राति पत्रकार ढकाललाई मरणासन्न हुनेगरी भएको आक्रमणका प्रमुख योजनाकार भनिएका युथफोर्स मोरङका अध्यक्ष पर्शुराम बस्नेतलाई प्रहरीले अहिलेसम्म पक्राउ नगर्दा चौतर्फी दबाब बढ्न थालेको छ ।
घटनामा संलग्न अर्जुन राई र रोहित कोइरालालाई प्रहरीले पक्राउ गरे पनि युथफोर्सका बस्नेत अझै फरार छन् । ¥यालीपछिको कोणसभामा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य केदार कार्की, वाइसियल मोरङका इन्चार्ज अर्जुन क्रृषिदेव, तरुण दल मोरङका सभापति वाकराज कोइराला, युवा फोरम नेपाल मोरङका अध्यक्ष मोहमद फैयाज, तमलोपाका मोहमद नसरुल, अखिल क्रान्तिकारीका शर्मिला दाहाल र अनेरास्ववियुका प्रेमराज भारतीले घटनाको निन्दा गर्दै अपराधीलाई अविलम्ब पक्राउ गर्नुपर्ने माग गरेका थिए ।
यसैबीच सञ्चारकर्मीहरूमाथि भएका श्रृखलाबद्ध आक्रमणको विरोधमा देशभरका पत्रकारहरुले आज तेस्रो दिन पनि हातमा कालोपट्टी बाँधेर काम गरीरहेका छन । नेपाल पत्रकार महासङ्ले आब्हान गरेको पहिलो चरणको बिरोध कार्यक्रम अन्तर्गत पत्रकारहरुले आइतवारबाट हातमा कालोपट्टी बाँधेर संचारकर्मीहरुमाथी भएका आक्रमणको बिरोध शुरु गरेका हुन् । यस्तै असार १ गते समाचार सङ्कलन गर्दा प्रयोग गरिने कलम, डायरी, क्यामेरा, रेकर्डरजस्ता सामग्रीहरू माइतीघर मण्डलामा प्रदर्शन गर्ने, सोही दिन जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गर्ने तथा असार २ गते देशभरिका सम्पादकहरू र असार ३ गते टे«ड युनियनहरूसँग अन्तत्र्रिmया गर्ने कार्यक्रम राखिएको छ ।
आर्थिक समाचार
४५ प्रतिशतले वेरोजगारी बृद्धि भएको रिर्पोट सार्वजनिक
काठमांडौ, ३१ जेठ । संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनी क्षेत्र गाजामा ४५ प्रतिशतले वेरोजगारी बृद्धि भएको रिर्पोट सार्वजनिक गरेको छ । राष्ट्रसंघले यो वेरोजगारी दरलाई बिश्वकै सबैभन्दा उच्च मध्ये एक भनेको छ । राष्ट्रसंघको यो रिर्पोट ईजरायलले प्यालेस्टाइनमाथी लगाएको नाकावन्दी ५ बर्ष पुगेको समयमा सार्वजनिक भएको हो । राष्ट्रसंघ रिर्पोटले गाजाको निराशाजनक आर्थिक अवस्था सार्वजनिक गर्दै त्यहां करिव २ व्यक्तीमा एक वेरोजगार रहेको जनाएको छ । गाजामा पछिल्लो पांच वर्षको दौरानमा मजदुरीमा समेत १ तिहाईले कमी आएको रिर्पोटले उल्लेख गरेको छ । सन् २००७ मा प्यालेस्टाइनमा हमाशको सत्ता आएपछि इजरायलले नाकावन्दीमा थप कडाइ गरेको थियो ।
गैरनेपालीलाई काममा नलगाउन श्रमको निर्देशन
काठमाडौँ, ३१ जेठ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले कुनै पनि औद्यौगिक प्रतिष्ठानलाई गैरनेपाली नागरिकलाई श्रम ऐन विपरीत काममा नलगाउन निर्देशन गरेको छ । त्यसरी काममा लगाइएको भए यथाशीघ्र आवश्यक प्रक्रिया पु¥याई श्रम विभागबाट स्वीकृत लिनसमेत निर्देश गरेको आज जारी प्रेश विज्ञप्तिमा जनाइएको छ । त्यस्ता कामदारका सम्बन्धमा अनुगमन गर्न गैरनेपाली कामदार अनुगमन केन्द्रीय समिति गठन भई सो समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको जनाउँदै अनुगमनको सिलसिलामा कुनै प्रतिष्ठानले गैरनेपाली नागरिकलाई श्रम स्वीकृतिबिना काममा लगाएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुनेसमेत विज्ञप्तिमा उल्लेख गरेको छ । श्रम ऐन, २०४८ को दफा (४) (क) (३) बमोजिम गैरनेपाली नागरिकलाई काममा लगाउनु पर्दा श्रम विभागबाट श्रम स्वीकृति लिएरमात्र काममा लगाउनुपर्ने व्यवस्था छ ।
अन्र्तराष्ट्रिय समाचार
अफगान अदालतद्वारा मृत्युदण्डको सजाय
काबुल, ३ जेठ । अफगानिस्तानको माथिल्लो अदालतले बैंकमा आक्रमण गरी ३८ व्यक्तिको ज्यान लिने एक पाकिस्तानी र एक अफगान नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको अदालतका प्रवक्ताले जनाएका छन् । अफगानिस्तानको जलालाबाद सहरमा अवस्थित काबुल बैंकको शाखा कार्यालयमा प्रहरी र सैनिक पोसाकमा फेब्रुअरी १९ तारिखका दिन पाँच आत्मघाती आक्रमणकर्ताले आक्रमण गरेका थिए । सो आक्रमणमा जार अजाम नाम गरेको एक पाकिस्तानी बन्दुकधारी र उनका सहयोगी अफगान नागरिक माटिअल्लाह पक्राउ परेका थिए । ती दुबैलाई मृत्युदण्डको सजाय भएको अफगानिस्तानका माथिल्लो अदालतका प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् । त्यसैगरी यस आक्रमणमा संलग्न तेस्रो व्यक्तिलाई २० वर्षको जेल सजाय भएको छ । सो आक्रमणको तालिवानी आतङ्ककारीहरूले जिम्मा लिएका थिए । अजामलाई अफगान सुरक्षा बल समातेका थिए ।
उक्त मृत्युदण्ड कहिले र कहाँ दिने हो सो प्रस्ट भइसकेको छैन र त्यस मृत्युदण्डको निर्णयमा अफगान राष्ट्रपति हमिद कारजाईले हस्ताक्षर गर्नुपर्नेछ । जलालावादको प्रान्तीय राजधानी नान्गर्हार प्रान्तमा तालिवानी र अल–कायदा आतङ्ककारीहरूले स्वतन्त्र रूपमा सीमा पार गर्न पाउने गर्दछन् ।
खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग फुटबल
काठमाडौँ, ३१ जेठ । राजधानीमा शहिद स्मारक ए डिभीजन लिग फुटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा नेपाल आमी, जाउलाखेल र एनआरटी विजयी भएका छन् । आजको पहिलो खेलमा सरस्वती क्लबलाई ५—१ को फराकिलो अन्तरले पाखा लगाउँदै आर्मीले सहज जित दर्ता गराएको हो । आर्मीलाई जित दिलाउन टङक बस्नेतले ह्याट्रिक गरेका थिए भने विश्व वैराग समालले २ गोल गरेका थिए ।
यस्तै आजै समपन्न दोश्रो खेलमा जाउलाखेलले आरसीटीलाई ३—२ले पाखा लगाएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा जावालाखेलले ९०औ मिनेटमा प्राप्त गरेको पेनाल्टीबाट जित हात पारेकोहो । खेलमा पहिलो गोल भने आरसिटीले गरेको थियो । उसका रेशम रानाले गर्दै टिमलाइ अग्रता दिलाएपनि जेरार्डले गोल गर्दै जावालाखेललाई खेलमा १—१ को बराबरीमा ल्याएका थिए । जावालाखेलका कर्ण लिमबुले गोल थप्दै टिमलाई २—१ को बढोत्तरी दिएका थिए । यद्यपी दिपेश थापाले आकर्षक गोल आरसिटीलाई पुन २—२ को बराबरीमा ल्याएका थिए । तर अन्तिम मिनेछटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दे जेरार्डले जावालाखेललाई ३—२को रोमान्चक जित दिलाएका थिए ।
उता हल्चोक स्थीत शशस्त्र प्रहरीको मैदानमा भएको खेलमा खेलमा एनआरटीले अर्काै शसक्त टोली हिमालयन शेर्पालाई २—० ले हराएको छ । एनआरटीलाई जित दिलाउन दुबै गोल विदेशी खेलाडीले गरेका थिए । उसका लागि पहिलो गोल माइकलले गरेका थिए भने दोस्रो गोल एरोन ब्लाकीले गरेका थिए ।
No comments:
Post a Comment