प्रधानमन्त्री झलनाथ खनालको तत्काल राजिनामा आउनुपर्छ ः प्रतिपक्षी दलहरु
काठमाडाँैं, १५ जेठ । नेपाली काँग्रेस लगायतका प्रतिपक्षिदलहरुले संविधान सभाको म्याद थपका बेला भएको पाँच बुदेँ सहमति अनुरुप प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजिनामा राष्ट्रिय सहमितको वातावरण निमार्ण गनुपर्ने बताएका छन् । राष्ट्रपति डा रामवरण यादवले चौथो गणतन्त्र दिवसका उपलक्ष्यमा आज राष्ट्रपति भवन शितल निवासमा आयोजना गर्नु भएको चियापान कार्यक्रममा बोल्दै उनीहरुले प्रधानमन्त्री खनालले तत्काल राजिनामा गनुपर्ने बताएका हुन् ।
नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाले दलहरु बिच भएको सहमति तत्काल कार्यन्वयन गरेर राष्ट्रिय सहमतिको सरकार निमार्ण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सभापति कोइरालाले प्रमुख तीन दलबीच गएराति भएको पाँचबुदे सहमति अनुसार शान्तिप्रक्रिया र संविधान लेखन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । कोइराललो संविधान सभाको थपिएको तिन महिनाको समय भित्र लडाकु समायोजन लगायतका मागमा माओवादी सहमतिमा आउने विश्वास समेत ब्यक्त गर्नुभयो । त्यस्तै मधेशवादी दलका नेताहरुले समेत प्रधानमन्त्री खनालले तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गनुपर्ने बताएका छन् ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र एनेकपा (माओवादी) सहमति अनुसार अघि बढेमा संविधान र शान्तिको काम सहमतिअनुसार टुङ्गिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले पाँच बुदेँ सहमति सबैले कार्यन्वयन गनुपर्नेमा समेत जोड दिनुभयो ।
चियापानमा सरिक भएपनि प्रधानमन्त्री झलनाथ खनालले पाँच बुदेँ सहमतिमा उल्लेख भएको राजिनामा दिने विषयमा सोधिएको संचारकर्मीको जिज्ञासामा मौन बस्नुभयो । प्रधानमन्त्री खनालले शान्ति प्रक्रिया र संविधान निमार्णका लागी थप गरिएको म्याद भित्र थुप्रै काम गर्न सकिने बताउनुभयो । एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्तिप्रक्रिया र संविधान लेखनलाई छिटोभन्दा छिटो पूरा गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको राजीनामालाई लम्ब्याउन नहुने बताउनुभयो ।
सो अवसरमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री झलनाथ खनाल, प्रधानन्यायाधीश खिलराज रेग्मी र सभामुख सुवास नेम्बाङ उपस्थित हुनुहुन्थ्यो ।
पाँच बुँदे सहमति कार्यान्वयन भए नयाँ संविधान बन्छ–नेपाल
काठमाडौँ, १५ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद थप्नका लागि गरिएको पाँचबुँदे सहमतिको कार्यान्वयन भएमा तीन महिनाभित्र संविधान लेखन कार्य पूरा हुने बताउनुभएको छ । स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालले आयोजना गरेको स्ववियु काउन्सिल कप अन्तर क्याम्पसस्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता–२०६८ को उद्घाटन गर्दै उहाँले संविधानसभाको म्याद थपका लागि भएको सहमतिको सबै दलहरुले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
लडाकू तीन महिनाभित्र व्यवस्थापन गर्नका लागि एमाओवादीले इमान्दारी देखाउनुपर्ने उल्लेख गर्दै नेता नेपालले शान्तिप्रक्रिया र संविधान लेखनका दुवै विषयलाई तीन महिनाभित्र सम्पन्न गर्नुपर्ने भएकाले सबै दलले गम्भीरतापूर्वक प्रतिबद्ध भएर सोच्नुपर्ने उहाँको भनाई छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नका लागि राजनीतिक दलहरुबीच सहमति भएबमोजिम प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिने बताउनुभयो ।
नेपाल गणतन्त्र भएको तिन बर्ष पुरा, चौथो बर्षमै गणतन्त्रले महत्व पाऊन छाड्यो
काठमाण्डौँ, १५ जेठ । प्रधानमन्त्री झलनाथ खनालले दलहरुबीच हिजो भएको पाँच बुदे सहमती कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । लामो समयदेखिको राजनीतिक अन्यौलता हटाउन र शान्ति प्रक्रियालाई पूर्णतामा पुर्याउन हिजोको सहमती भएको भन्दै प्रधानमन्त्री खनालले विगतमा राजनीतिक असमझदारीका कारण निर्धारित समयमा संविधान जारी गर्न नसकिएकाले सहमति कार्यान्वयन गरी निर्धारित समयमै शान्ति र संविधान निर्माण कार्य टुंग्याउनु पर्ने बताउनु भयो ।
गणतन्त्र दिवसका अवसरमा आज राजधानीको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री खनालले संविधानसभाको म्याद थपका क्रममा भएको पाँच बुँदे सहमतीमा उल्लेख गरिए अनुसार नै अबको तीन महिनामा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याई नयाँ संविधानको पहिलो मस्यौदा तयार पारिने बताउनुभयो । शान्ति र संविधानको राष्ट्रिय कार्यभार पूरा गर्न दलहरुबीच आम सहमतीको विकल्प नभएको भन्दै प्रधानमन्त्री खनालले अबका दिनमा दलहरु एकै ठाउँमा आउनुपर्ने खाँचो औल्याउनुभयो ।
दलहरुवीच सहमती जुट्न नसक्दा थपिएको समयावधीमा समेत शान्ति प्िरक्रया र संविधान लेखन पुरा हुन नसकिएको भन्दै खनालले आफू नेतृत्वको सरकार ती दुबै कार्यभार पूरा गर्न क्रियाशिल रहेको उल्लेख गर्नुभयो । बहुमतीय पद्धतीमा दलहरु रमाउनाले राष्ट्रिय कार्यभार पूरा हुन नसकेको भन्दै उहाँले जारी शान्ति प्रक्रियालाई विशेष समितीबाटै तोकिएको समयमा टुङ्गो लगाउने अठोट ब्यक्त गर्नुभयो ।
प्रधानमन्त्री खनालले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा र आन्दोलनका सहिद तथा योद्धाहरुको अठोट पूरा गर्न सरकारका तर्फबाट प्रण गर्नुभयो । वर्तमान अवस्थालाई क्रान्तिपछिको सङ्क्रान्तिको सङ्ज्ञा दिँदै प्रधानमन्त्री खनालले शान्तिप्रक्रियाको पूर्णता र संविधानलेखनका कार्यलाई राष्ट्रिय सहमति र अर्जुनदृष्टिका आधारमा पूरा गर्नु आवश्यक भएकामा जोड दिनुभयो ।
संविधानका विवादित ८३ वटा मुद्दा घटेर २२ मा आइपुगेको उल्लेख गर्दै प्रधानमन्त्री खनालले संविधानसभाको अवधि थप्ने सन्दर्भमा यही जेठ १४ मा तीन दलबीच भएको पाँचबुँदे सहमतिका आधारमा तीन महिनाभित्र शान्ति र संविधानले गति लिने विश्वास व्यक्त गर्नुभयो । ‘हामी संविधानसभालाई बचाउन र जनताले आफ्नो संविधान आफैँले बनाउने अधिकार सुनिश्चित गर्न सफल भएका छौँ ।’ प्रधानमन्त्री खनालले भन्नुभयो– ‘राष्ट्रिय समझदारी, एकता र सहमतिका आधारमा लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा अघि बढ्ने हो भने नेपाललाई समृद्ध बनाउन सकिनेछ ।’
कार्यक्रममा नेपाली सेनाको दुईवटा हेलिकोप्टरबाट ‘गणतन्त्र दिवस २०६८’ लेखिएको ब्यानर प्रस्तुत र पुष्पवृष्टि गरिएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटद्वारा मार्चपास गरिएको थियो । राष्ट्रपति डा यादवले रेडियो नेपालद्वारा आयोजित ‘चेतनामूलक लोकदोहोरी’ का विजेता र उपविजेतालाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।
गणतन्त्र दिवश समारोहमा राष्ट्रपती डा रामवरण यादव, उपराष्ट्रपती परमानन्द झा, सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानन्यायधिश खिलराज रेग्मी, मन्त्रीहरु उच्चसरकारी अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सेना, प्रहरी तथा खेलाडीहरुले विभिन्न कवाज,कला,तथा नृत्य प्रदर्शन गरेका थिए ।
यसैबीच आज जेठ १५ गते, गणतन्त्र दिवश, नेपाल गणतान्त्रिक मुलुक घोषणा भएको आज ३ वर्ष पुगी ४ वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक संबिधानसभाको निर्वाचनपछि २०६५ जेठ १५ गते सबिधानसभाको पहिलो बैठकले दुईसय ४० बर्षसम्म राज गरेको राजतन्त्रकोे विधिवत् अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको अवसरमा गणतन्त्र दिवस मनाउन सुरु गरिएको हो । ३ वर्ष अघि आजकै दिन संविधानसभाको पहिलो वैठकले नेपाललाई गणतन्त्र नेपालको रुपमा घोषणा गरेको थियो । संविधानसभाले गणतन्त्र कार्यन्वयनको घोषणा गरेको दुई सातापछि तत्कालिन राजा ज्ञानेन्द्र शाहलाइ नारायणहिटी दरबारबाट नागर्जुन पठाइएको थियो ।
गणतन्त्र घोषणा गरेपछि यसको कार्यान्वयन गर्ने काम त भयो तर नेपाली जनताको ६० बर्ष देखिको इच्छा संबिधानसभाले सबिधान बनाउने काम आज सम्म पनि अपुरै रहेको छ । प्रमुख दलका नेताहरुको हानथापले गर्दा निर्धारण गरिएको दुई बर्ष र थपिएको एक वर्षको कार्यकालको अन्तिम दिन हिजो नयाँ सविधान जारी हुन त परै्जाओस म्याद थप्न गर्न पनि दलहरुलाई निकै हम्म हम्मे परेकोे थियो ।
गणतन्त्र दिबसको अबसरमा राष्ट्रपति डा रामबरण यादब , उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री झलनाथ खनाल लगायत बिभिन्न दलका नेताहरुले शुभकामना ब्यक्त गर्नु भएको छ ।
सन्देशमा राष्ट्रपति यादवले अन्तरिम संविधान संशोधन गरी एक वर्ष पहिले थप गरिएको अवधिमा समेत संविधानसभाबाट नयाँ संविधान बन्न नसकेकामा खिन्नता व्यक्त गर्दै प्रमुख राजनीतिक दललाई आपसी विश्वास र सहमतिको वातावरण बनाई थपिएको अबधिमा संविधान निर्माण प्रक्रियालाई पूर्णता दिन आग्रह गर्नुभएको छ ।
यसै अबसरमा सन्देश दिनुु हुदै प्रधानमन्त्री खनालले वास्तवमा शान्ति प्रक्रिया र संविधान निर्माणलाई सम्पन्न गरेर मात्रै मुलुकलाई आर्थिक क्रान्तिको दिशामा अघि बढाउन सक्ने बताउँनु भएको छ । आम जनसमुदाय एकताबद्ध भई सरकारसँग हातेमालो गर्दै अघि बढ्नु अत्यावश्यक रहेको समेत उहाँले सन्देशमा उल्लेख गर्नु भयो ।
गणतन्त्र दिवसको उपलक्ष्यमा देशका विभिन्न कारागारमा कैदीको रुपमा रही तोकिएको कैदको ५० प्रतिशत कैद भुक्तान गरिसकेका ३३२ जना कैदीको बाँकी कैद मिनाह गरि मुत्तः गरिएको छ । मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति डा रामवरण यादवबाट माफी मिन्हा भएकाले उनीहरुलाई रिहाइ गरिएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाली काँग्रेस शुभकामना
काठमाडौँ, १५ जेठ । नेपाली काँग्रेसले संविधानसभाको महत्व र अवसरलाई क्षणिक उत्तेजना, भावावेश, नैराश्य वा अरु कुनै तात्कालिन कारणबाट प्रभावित भएर न्यून गर्न वा गुम्न दिनु नहुने बताएको छ । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना दिंदै काँग्रेस सभापति सुशील कोइरालाले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउँदै लोकतान्त्रिक संविधान निर्माण गर्दासम्म हाम्रा सहमति, सहकार्य र एकताको यात्रा निरन्तरता बनिरहोस् भन्नुभएको छ । जनताको हक र हितको संरक्षण गरेर मुलुकलाई सङ्कटबाट बचाउने कार्यमा सबै राजनीतिक दलहरुले कदापी विलम्ब नगरी संविधानसभाबाट थपिएको समयभित्र दिगो शान्ति कायम गर्दै लोकतान्त्रिक संविधान निर्माणमा जुट्न पनि उहाँले अपिल गर्नुभएको छ ।
अन्तराष्ट्रिय समूदायद्वारा स्वागत
नेपालका दलहरुले अन्तिम घडीमा भएपनि संविधानसभाको म्याद सहमतिमै थप गरेकोमा विभिन्न कूटनीतिक नियोगहरुले खुसी र स्वागत ब्यक्त गरेका छन् । यसैक्रममा बेलायत, युरोपियन युनियन, नर्वे, जपान तथा स्वीजरल्याण्डले आज संयुक्त विज्ञप्ती निकाली नेपाली जनताको त्याग र बलिदान बाट स्थापना भएको संविधानसभाबाटै संविधान निर्माण गर्ने दलहरुको प्रतिबद्धतताको स्वागत गरेका हुन् । साथै उनीहरुले दलहरुबीचको सो सहमतीले नेपालको जारी राजनीतिक गतिरोधको निकाश दिनेमा आफूहरु विश्वस्त रहेको पनि उल्लेख गरेका छन् । अब नेपालका दलहरुसँग लोकतान्त्रिक र समावेशी संविधान लेख्ने नयाँ मौका मिलेको भन्दै दातृ निकायहरुले माओवादी लडाकुहरुको पुर्नीस्थापना र समायोजनमा भएको सहमतीलाई कार्यान्वयन गर्न पनि दलहरुलाई सजग गराएका छन् ।
बिभिन्न राजनितीक दलको नेताको प्रतिबद्धता
बिभिन्न दलका नेताहरुले सबिधानसभाको थप गरिएको समयावधि भित्र शान्ति प्रक्रियालाई पुरा गरि सबिधान निमार्ण गर्ने प्रतिबद्धता जनाएका छन । संविधानसभाको म्याद तीन महिना थप्ने संविधानको नवांै संशोधनपछि आज बिहान संविधानसभा भवनबाहिर पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै दलका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
यसै क्रममा प्रधानमन्त्री एबं एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सरकारको विकल्प तयार भए अगत्तै आफूले प्रधानमन्त्री पदबाट राजिनामा दिने बताउनु भयो । उहाँले तीन महिना भित्र सबिधानको पहिलो मस्यौदा आउने जानकारी गराउदै राष्ट्रिय सरकारको बिकल्प बने पछि मात्र आफुले राजीनामा दिने स्पष्ट पार्नु भयो । सबिधान सभा बाटै नयाँ सबिधान जारी गर्ने भन्दै नयाँ सबिधान नआए सम्म सबिधानसभा बिघटन नहुने उहाँको भनाई थियो ।
यसैगरी, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको मस्यौदा तीन महिनाभित्रै ल्याउन धेरै मिहेनत गरिएको बताउँदै अहिले थपिएको तीन महिनाको अवधि चाहिँ अर्को तीन महिनाको तयारी भएको बताउनु भयो ।धेरै मिहेनत र कसरतपछि तीन महिनमा संविधानको मस्यौदा पनि ल्याउने र शान्ति प्रक्रियाको मूलभूत कामहरु पूरा गर्ने प्रतिवद्धता पाँच बुँदे सहमतिमा आएको उहाँले बताउनुभयो । सहमतिको वातावरण बनेपछि प्रधानमन्त्रीको राजिनामा आउने अध्यक्ष दाहालेको भनाई थियो ।
प्रमुख प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेलले सहमतिअनुसार नै प्रधानमन्त्रीले राजीनामा दिने बताउनुभयो । उहाँले तीन महिनाभित्र माओवादी लडाकूको हतियार राखिएको कन्टेनरका चाबी मात्र हैन हतियार नै बुझाउने सहमति भएको बताउँदै पाँचदेखि छ हजारको हाराहारीमा माओवादी लडाकू समायोजन हुने सहमति भएको बताउनुभयो ।
यसैगरी, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विकल्प तयार भएपछि प्रधानमन्त्रीले राजिनामा दिने बताउँदै म्याद थप गरिएको अबधिमा पार्टीहरुबीच शान्ति, संविधान र राष्ट्रिय सहमतिका लागि वार्ता हुने जानकारी दिनुभयो । माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले प्रमुख तीन दलबीच संविधानसभाको म्याद तीन महिना थप्ने गरी भएको पाँच बुँदे सहमति लोकतान्त्रिक उपलब्धिलाई अघि बढाउने आधार भएको बताउनुभयो ।
यस्तै मधेसी जनअधिकार (फोरम) लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ठूला तीन दलले शान्ति, संविधान र राष्ट्रिय सहमतिका लागि प्रतिबद्धता जनाएकाले शान्ति प्रक्रिया र संविधान लेखनको काम तोकिएको तीन महिनभित्र पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमको राजीनामाले समस्या समाधान हुँदैन –उपाध्यक्ष भण्डारी
मोरङ (पानीट्याङ्की), १५ जेठ । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले प्रधानमन्त्री झलनाथ खनालको राजीनामाले मात्र समस्या समाधान नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्रीको राजीनामाले समस्या समाधान नहुने भएकाले राष्ट्रिय सरकारका लागि भरपर्दे विकल्प तयार पारेर मात्र प्रधानमन्त्री राजीनामा दिने बताउनुभयो ।
पूर्व रक्षामन्त्रीसमेत रहनुभएकी नेत्री भण्डारीले हिजो तीन दलबीच भएको पाँचबुँदे सहमति बृहत् शान्ति सम्झौता लागु गर्न माओवादीलाई दबाब दिनका लागि भएको दाबी गर्नुभयो । उहाँले दुईतिहाईका बलमा संविधान संशोधन प्रक्रिया अगाडि बढाएर तीन दलबीच सहमति भए पनि मधेसी मोर्चालाई पनि सहभागी गराउनसकेको भए राम्रो हने बताउनुभयो ।
अन्तराष्ट्रिय समाचार
अफगानिस्तानमा हवाइ कारवाहीमा सर्वसाधारणको मृत्यु ।
अफगानिस्तानमा नेटाको हवााइ हमलामा परि १४ सर्वसाधारणको मृत्यु भएको छ । उत्तर पश्चिम हेल्मण्ड प्रान्तमा भएको पछिल्लो नेटो कारवाहीमा १२ बालबालिका र २ महिलाको मृत्यु भएको अफगानि अधिकारीहरुले जनाएका छन् । नेटोको आधार शिविरमा चरमपन्थीहरुले हमला तिव्र पारेपछि नेटोले पछिल्लो हवाइ हमला गरेको विविसीले जनाएको छ । यसैबिच नेटोको पछिल्लो हवाइ हमलामा सर्वसाधारणको हत्याबारे नेटो तथा अफगानि अधिकारीहरुले छानविन गर्ने भएका छन् । नेटोका अफगान प्रवक्ता टिम जेम्सले घटनाको छानविनका एक टोली घटनास्थल पठाइएको जानकारी दिएका छन् ।
बिषाधी युक्त काक्रो खादा जर्मनीमा कम्तीमा १० जनाको मृत्यु, सय भन्दा बढि बिरामी
बिषाधीयुक्त काँक्रो खाँदा जर्मनीमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने सयौ बिरामी परेका छन । स्पेन बाट आयात गरिएको भनिएको सो काक्रोमा इकोली नामको बिषाधी रहेकोले मृत्यु हुनेको संख्या अझ वृद्धि हुन सक्ने अन्तराष्ट्रिय समाचार माध्यमहरुल्े जनाएका छन् । काक्रो खाएर मर्ने तथा बिरामी हुने सबै जसो हाम्बुर्ग क्षेत्रका बासिन्दा रहेको बताइएको छ । यसैबिच स्पेन सरकारले काँक्रो निर्या गर्ने दुई वटा निर्यात ब्यबसायीको कारोबार बन्द गरेको समाचारमा जनाइएको छ ।
खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग
काठमाण्डौँ, १५ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत आज भएका खेलमा बौद्ध र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका छन् भने आरसिटीलेले कोईलापनीलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । दशरथ रङगशालामा भएको पहिलो खेलमा बौद्ध र फ्रेन्डसले गोल गर्ने केही सिमित अवसर पाएपनि त्यसलाई उपयोग गर्न नसक्दा अङक गोल रहति बराबरी खेल्दै अंङ्क बाड्न बाध्य भएका थिए । यस्तै आजै सम्पन्न अर्काे खेलमा रानीपोखरी टिम आरसिटीले मोफसलको एकमात्र सहभागी टिम कोईलापनी पोलस्टारलाइ ७—० को फराकिलतो गोलअन्तरले पाखा लगाएको छ । आरसिटीलाई जित दिलाउन सतिश भन्डारी, शेखर लिमबु , निरज गुरुङ , टोलो गोमु र विजय गुरुङले एक—एक गोल गरेका थिए भने अमर डङगोलले २ गोल गरेका थिए ।
No comments:
Post a Comment