Saturday, May 28, 2011

जेठ १४ गते २०६८

संविधानसभाको म्याद तीन महिना थपियो । दलहरु छलफलमा

CA BUILDING at Jestha - 14  - 2068
काठमाण्डौँ, १५ जेठ । संविधान सभाको म्याद दोस्रो पटक तीन महिनाका लागि थप भएको छ । आज सबेरै बसेको संसद बैठकले संविधानसभाको म्याद तीन महिना थप गर्ने अन्तरिम संविधानको संशोधनको प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गर्दे संविधान सभाको म्याद थप गरेको हो ।

व्यवस्थापिका–संसद्को आज बिहान बसको तेसा्रे बैठकले ‘नेपालको अन्तरिम संविधानको धारा ६४ संशोधन गरि दुई तिहाइ बहुमतले पारित गरेको हो । कानुन तथा न्यायमन्त्री प्रभु साहले प्रस्तुत गर्नुभएको उक्त संशोधन विद्येयकको पक्षमा पाँचसय चार (५०४) र विपक्षमा चार (०४) मत परेको थियो । राप्रपा नेपालका चार जना सभासदले प्रस्ताबको बिपक्षमा मतदान गरेका थिए ।

यद्यपी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आवद्ध विभिन्न मधेसवादी दलका ७१ जना सांसद्ले भने तीन ठूला राजनीतिक दलको व्यवहार विभेदपूर्ण भएको तथा मधेसप्रति उपेक्षा गरेको भन्दै मतदान नगरी तटस्थ बसेका थिए । तीन ठूला राजनीतिक दलको व्यवहार विभेदपूर्ण भएको तथा मधेसप्रति उपेक्षा गरेको भन्दै मतदान नगरी तटस्थ बसेका हुन् । मोर्चाले समायोजन हुने लडाकुको सख्या र मोडालिटि तोक्नु पर्ने , नेपाली सेनालाई लोकतान्त्रिक करण र समाबेशी गर्ने नयाँ भर्ना बाट १० हजार मधेशीको समुह बनाउनु पर्ने, स्वायक्त मधेश प्रदेश सहितको लोकतान्त्रि सबिधान निमार्णको ग्यारेन्टी हुनु पर्ने लगायतका माग अघि सारेको थियो ।


त्यसअघि चौबीस घन्टाभन्दा लामो निरन्तरको छलफलपछि प्रमुख तीन दल माओबादी,कग्रेश र एमालेका शिर्ष नेताले  पाँचबुँदे सहमतिमा हस्ताक्षर गरे पछि म्याद थपको बाटो खुलेको हो । 

प्रमुख तीन दल बिच भएको पाँच बुँदे सहमती अनुसार तीन महिना भित्र शान्ति प्रक्रियाका मुलभुत काम सम्पन्न गर्ने , सोहि अबधि भित्र सबिधानसभा बाट सबिधानको पहिलो मस्यौदा तयार गर्नै, नेपाली सेनालाई समाबेशी बनाउने लगायतका मधेशी मोर्चा सँग बिगतमा भएको सहमतीहरुको प्रभाबकारी कार्यानवयन गर्ने, सबिधान सभाको म्याद तीन महिना थप्ने तथा राष्टिय सहमतीको सरकार गठनका लागी प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्ने उल्लेख छ । उक्त सहमती पत्रमा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , कग्रेश सभापति सुशील कोइराला र एमाले अध्यक्ष एब प्रधानमन्त्री झलनाथ खनालले हस्ताक्षर गर्नु भएको छ ।
  • ब्यबस्थापिका ससदको अर्काे बैठक यहि जेठ २० गते दिउसो ३ बजे बस्ने सभामुख सुभाष चन्द्र नेम्वाङले जानकारी दिनु भयो ।
  • संबिधानसभाको म्याद सकिन अब २ घण्टामात्र बाँकी रहेको अवस्थामा समेत प्रमुख दलहरुवीच म्याद थपमा सहमति जुट्न नसकेपछि संविधानसभाको भबिश्य बारे अझै अन्योलता कायमै रहेको छ ।

  • यद्यपी अहिले संविधान सभा भवन नयाँ बानेश्वरमा शिर्ष तिन दलका नेताहरु तथा मधेशी मोर्चा बिच वार्ता भइरहेको छ । वार्ता लगभग सहमति उन्मुख भएको बुझिएको छ । चार पक्षिय वार्तामा प्रधानमन्त्री झलनाथ खनालको राजिनामा बाहेकका अन्य विषयमा सहमति भएको बुझिएको छ । दलहरु बिच संविधान सभाको म्याद ६ महिना थप गर्ने तथा ३ महिना भित्र शान्ति प्रक्रिया र लडाकु समायोजन टुङ्गाउने सहमती भएको बुझिएको छ । एकीकृत नेकपा माओवादीका सचिव सिपी गजुरेलले नेपाली काँग्रेसले ३ महिना भित्र लडाकु समायोजन सकिसक्ने गरि ६ महिना म्याद थपमा सहमति जनाएको जानकारी दिनुभयो ।
  • त्यसअघि सहमितको अन्तिम प्रयास स्वरुप प्रमुख दलहरु दिनभर जसो आन्तरिक तथा दुईपक्षीय छलफलमा व्यस्त रहे पनि सहमतिको ठोस खाका भने हाल सम्म तय हुन भने सकेन । 
  • बैठकका लागी एमालेका प्रभावशालि नेता केपी शर्मा ओली समेत संविधान सभा भनव पुग्नु भएको छ । यसअघि गतबर्ष समेत संविधान सभाको म्याद थपमा माओवादीले अडान लिइराखेको अवस्थामा ओलीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै दलहरु बिच तिन बुदेँ सहमति कायम गराउन भूमिका खेलेका थिए ।
  • त्यसअघि आज विहान आन्तरिक छलफलमा जुटेका एकीकृत माओवादी, काँग्रेस र एमालेले दिउसो संविधानसभा भवन मै दुई पक्षीय वार्ताहरु सम्पन्न गरेका थिए । तर पनि आ आफ्नो अडानबाट दलहरु पछि हट्न नसक्दा सहमति कायम हुन सकेन । यद्धपि दलहरुसंग संविधानसभाको म्याद थपको विकल्प नभएकोले अन्तिम समयसम्ममा भएपनि म्याद थपमा सहमति कायम गर्ने अपेक्षा गरिएको छ ।
  • यसैबिच मधेशी मोर्चाले संविधान सभाको म्याद थपका लागी प्रधानमन्त्री झलनाथ खनालको राजिनामा सहितको ७ बुदेँ शर्त तेस्याउँदै प्रधानमन्त्री झलनाथ खनालको राजिनामा माग गरेको छ । मधेशी मोर्चाको केहीबेर अघि संविधान सभा भवनमा बसेको बैठकले प्रधानमन्त्रकिो राजिनामा म्याद थपका लागी पहिलो र महत्वपूर्ण सर्त भएको जनाएको हो । मोर्चामा सदस्य रहेको मधेशी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले म्याद थप सम्बिन्धि हुने सहमतिमा आफुहरुलाइ सहभागी नगराइ, मधेशवादी दलका माग पुरा नगरि म्याद थपिए मोर्चा संविधान सभाबाट बाहिरीने चेतावनी दिनुभयो । उहाँले नेपाली सेनामा मधेशी युवाको पहिचान सहितको इकाइ गठन भएको बुझिएको छ ।
  • त्यसअघि एकीकृत नेकपा माओवादीले मधेशी मोर्चाँ सँग छलफल गरि संविधान सभाको म्याद थपमा सहमति जनाउन आग्रह गरेको छ । संविधान सभा भवनमा भएको छलफलमा मधेशवादी दलहरुले भने आफुहरुलाइ अलग्याएर तिन दलले मात्र म्याद थप गरे मान्य नहुने बताएका थिए । उनीहरुले एक मधेश स्वायत्त प्रदेश र दशहजार मधेशी युवाको नेपाली सेनामा सामुहिक समायोजनमा सहमति भएमात्र म्याद थपमा सहमति जनाउने अडान लिएका छन् । बैठकपछि तमलोपाका नेता हृदयेश त्रिपाठीले म्याद थपमा सहमतिका लागी प्रधानमन्त्रीले राजिनामा गनुपर्ने बताउनुभयो ।
  • त्यस्तै काँग्रेससँगको भेटमा पनि मधेशी मोर्चाले प्रधानमन्त्रीको राजिनामाको शर्त नछाड्न दबाद दिएको छ । मोर्चाले प्रधानमन्त्री झलनाथ खनालको राजिनामा आएमात्र संविधान सभाको म्याद थप गर्न सकिने बताएको छ । मोर्चाले काँग्रेसलाइ तिन दल बिच भएको सहमति आफुहरुलाइ मान्य नहुने बताएको थियो ।
  • त्यसअघि आज बिहान काँग्रेस र माओवादी र एमाले आन्तिर छलफल गरेका थिए । संविधान सभाको म्याद थपका लागी कतिसम्म लचकता अपनाउने, तथा शान्ति प्रक्रिया र लडाकु समायोजनबारे सहमतिको बिन्दुबारे आन्तिरक धारण तय गर्नेबारे दलहरु बिचको छलफल केन्द्रीत भएको थियो । 
  • त्यस्तै बिहानै प्रधानमन्त्री झलनाथ खनाले राष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा संविधान सभाको म्याद घर्किन लागेको तथा म्याद थपका लागी अपनाउन सकिने विकल्पका विषयमा समेत छलफल भएको थियो । बिहानको बैठकबाट माओवादीले लडाकु समायोजन र शान्ति प्रक्रिाया सहितको कार्यतालिका निमाार्ण गरेको थियो भने काँग्रेसले १० अडानमा यथावत् रहने निणर्य गरेको थियो ।
  • भेटपछि प्रधानमन्त्री झलनाथ खनालले यसअघि जस्तै अन्तिम समयमा आएर संविधान सभाको म्याद थपिने बताएका थिए ।
  • यता दलहरु बिचको छलफलमा माओबादीले ३ महिनाभित्र शान्ति प्रक्रिया टुङगोमा पु¥याइ सक्ने प्रतिबद्धता जनाएको बताइएको छ । यसैगरी एमालले कंग्रेश र माओबादीलाई आ आफ्नो अडानमा लचकता अपनाउन आग्रह गरेको छ । तीन महिना भित्र शान्ति प्रक्रिर्यालाई पूर्णता दिन सकेमा संविधान निर्माणको लागि थप तीन महिना थप्न सकिने धारणा काँग्रेसको छ । काँग्रेसको प्रस्ताबको बारेमा माअ‍ोवादी र एमालेले अन्य दलहरुस्रंग छलफल गरेका छन् ।
  • प्रक्रियागत रुपमा हेर्ने हो भने अब तीनदलबीच सहमति जुटे संसद बैठक बसेर संविधान संशोधन प्रक्रिर्या सुरु हुनेछ । तीनदलवीच सहमति जुटी नसकेकोले व्यवस्थापिका संसदको बैठक बस्नमा समेत ढिलाइ भएको छ । संसद बैठक विहान ८ बजेका लागि बोलाइएको थियो । संविधासभाको म्याद अब तिन घण्टा मात्र बाँकी रहेको अवस्थामा समेत सहमति कायम हुन नसकेकोले यसपटक पनि संसदले मध्य राती मात्र सहमति कायम गर्नुपर्नै अवस्था आएको छ । दलहरुबीच सहमति भएपछि संविधानसभाको म्याद थपगर्न आज संसदका तीनवटा बैठक बस्नेछन् । गत वर्ष पनि संविधासभाको म्याद थपका लागि संसद बैठक राती ११ बजेर ४० मिनेटमा शुरु भएको थियो ।
  • यसैबिच संबिधान सभाको म्याद थप बारे सहमति कायम गर्न प्रमुख दलहरु छलफलमा जुटिरहेका बेला नयाँ बानेश्वरस्थित संबिधान सभा भवन बाहिर आज दिनभर विभिन्न संघसंस्था र सर्वसाधारणले दबाद स्वरुप प्रर्दशन गरेका थिए । यद्यपी हाल भवन बाहिर कुनैपनि संगठनले विरोध तथा दबाब कार्यक्रम गरेका छैनन् । रात पर्दै गएपछि दिउँसो जस्तो संविधान सभा भवन बाहिर भिडभाड नरहेपनि उत्सकु सर्वसाधारणहरु भने बसिरहेका छन् । दिउँसो एमाले निकट भातृ संगठन युवा संघ, राप्रपा नेपाल, क्षेत्री समाज लगायतका संगठनले दबाद दिएका थिए । एमाले निकट भातृ संगठनले दिउँसो ६०१ सभासद्को पूत्ला दहन समेत गरेको थियो ।
  • यसैबिच सर्वसाधारणको भिड र बिभिन्न राजनीतिक दलले गरेका धर्नालाई मध्यनजर गर्दै प्रहरीले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । नयाँबानेश्वर क्षेत्रमा मात्रै नेपाल प्रहरी ६ हजार र सशस्त्र प्रहरीका ३ हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । रात छिप्पीदै गएपछि प्रहरीले सुरक्षा ब्यवस्थालाइ अझै कडा तुल्याउँदै चेक जाँच समेत सुरु गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाण्डौले भवन वरपरको ५० मिटरको क्षेत्रसम्म निशेघित क्षेत्र घोषण गरेको छ ।
  • यसअघि आज बिहान बसको प्रमुख सत्तारुढ दल नेकपा एमालेको स्थायी समिती बैठकले अन्तिम समयसम्ममा पनि सहमतीको प्रयास जारी राख्ने निर्णय गरेको थियो । प्रधानमन्त्रिको कार्यालय सिंहदरबारमा बिहान बसेको स्थायी समिती बैठकले संबिधान सभाको म्याद थपका लागि सहमती गर्न नेपाली कंग्रेश र एकिकृत नेकपा माओबादीलाई आग्रह गर्दै यस्तो निर्णय गरेको हो । तिन दलको बैठकमा एमालले माओबादीलाई हतियारबाट अलग हुन प्रतिबद्धता जनाउन र कंग्रेशलाई पनि आफ्नो अडानमा केहि लचक हुन आग्रह गर्ने निर्णय भएको एमाले नेता बामदेब गौतमले जानकारी दिनुभयो । बैठकमा राष्ट्रिय सहमती र संबिधान सभाको म्याद थपका लागि अपनाउन सकिने बिकल्पका बारेमा छलफल भएपनि बिकल्प के हुन भन्ने बारेमा नेताहरुले भने केहि खुलाएनन् ।
  • यद्धपी बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षधरले भने सहममतीका लागि प्रधानमन्त्रि एंव एमाले अध्यक्ष झलनाथ खनालले राजीनामा दिई मार्ग प्रशस्थ गर्नुपर्नेमा जोड दिएको बुझिएको छ । बैठकपछि नेता ओलीले संबिधान सभाको म्याद थपका लागि आफुहरु सहमत भएपनि शान्ति प्रक्रिया र राष्ट्रिय सहमतीको सुनिश्चितता नभएसम्म संबिधान सभाको म्याद थप्नुको औचित्य नभएको तर्क गर्नुभयो ।
  • यस्तै एकिकृत नेकपा माओवादीको बिहान बसको स्थायी कमिटी बैठकले लडाकु समायोजन समबन्धी ठोस प्रस्ताव अघि सारेको छ । अध्यक्ष प्रचण्ड निवास नयाँ बजारमा बिहान बसेको बैठकले यही जेठ २० गते सम्ममा समायोजनको मोडालिटी, सङख्या, पुर्नस्र्थापनाको प्याकेज लगायत समेटेर कार्यतालिका ल्याउने प्रस्ताव गरेको हो । माओबादीले सो प्रस्ताव ३ दलको बैठकमा प्रस्तुत गर्ने छ । बैठकले दलहरुबीच सहमती कायम गरी संविधान सभाको म्याद थप गर्न भन्दै लचकताका साथ सो प्रस्ताव तयार पारेको जनाईएको छ । संबिधान सभाको म्याद थप गर्नुको बिकल्प नभएको ठहर गर्दै बैठकले म्याद थपकै पक्षमा अडिग रहने समेत निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । यद्यपी माओावदीले तत्काल हतियारको साँचो भने बुझाउन नसकिने निणर्य गरेको थियो ।
  • यता प्रमुख प्रतिपक्षी दल नेपाली कग्रेशले भने आफ्नो पुर्ववत अडान यथावत राख्दै माओबादी हतियार बुझाउन तयार नदेखिए सबिधानसभाको म्याद थप गर्न नसक्ने दोहो¥याएको छ । यद्यपी उसले माओबादीले लिखित प्रतिबद्धता जनाए म्याद थप गर्न लचिलो हुने जनाएको छ । कंग्रेश केन्द्रिय समितीको आज संबिधान सभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा अहिले सम्मको राजनितीक घटनाक्रम तीन दलका शिर्ष बैठकमा भएको छलफलको प्रगतिका बारेमा नेतृत्वले बैठकमा जानकारी गराएका थिए । कग्रेशको गत जेठ ५ गते बसेको केन्द्रिय समितीको बैठकले सबिधानसभाको म्याद थपका लागी १० बुँदे सर्त अघि सारको हो ।
  • यता नेपाल मजदुर किसान पार्टीले संविधानसभाको म्याद थपको पक्षमा देखिएको छ । केन्द्रीय सचिवालयको आज भक्तपुरमा बसेको बैठकले म्याद थप्नेबारे हुने मतदान प्रक्रियाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि नेमकिपा सचिव सुनिल प्रजापतिद्वारा जारी विज्ञप्तिमा संविधानसभाको म्याद थप नगरे मुलुक गम्भीर अवस्थामा पुग्ने भएकाले शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउन र संविधान निर्माण गर्न नेमकिपा म्याद थपगर्ने निर्णयमा पुगेको जनाइएको छ ।
खेल समाचार
च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाइ 

बहुप्रतिक्षित च्याम्पियन्स लिग फुटबलकोे उपाधिमाथी बार्सीलोनाले कब्जा जमाएको छ । गएराति भएको खेलमा इङलिस प्रिमियर लिगको विजेता म्यान्चेष्टर युनाइटेललाइ ३–१ ले पराजित गर्दै बार्साले उपाधिमाथी कब्जा जमाएको हो । जितसँगै बार्सिलोनाले यो सिजनलाई पनि उत्कृष्ट रुपमा टुङगाएको छ । विजयी बार्सिलोनाका लागी स्पेनी स्टा«ईकर पेड्रो रोड्रिगेजले पहिलो गोल गरेका थिए । उनले गरेको केही समय वित्न नपाउँदै म्यानुका वाइन रुनीले आकर्षक गोल गर्दे खेललाई एक एकको बराबरीमा ल्याएका थिए । सो गोलसँगै पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोश्रो हाफमा म्यानुमाथी हाबि देखिएको बार्साका लागी उत्कृष्ट लयमा रहेका अर्जैन्टाईन स्ट्राइृकर लियानेल मेसीले गोल गर्दै २–१ को स्पष्ट अग्रता दिलाएका थिए । त्यसलगत्तै बार्साका लागी डेभिड भियाले थप एक गोल गर्दै बार्सालाइ ३–१ को स्वर्णीम जित दिलाएका थिए ।                                                                              

No comments: