Monday, June 20, 2011

असार ६ गते २०६८

एसएलसी परिक्षाफल प्रकाशित, गतबर्षभन्दा ९ प्रतिसत कम

काठमाण्डौँ, ०६ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत महिनामा संचालित प्रवेशिका अर्थात् एसएलसी परीक्षाको परीक्षाफल आज सार्वजानिक गरेको छ । जसअनुसार नियमिततर्फ ५५ दशमलव ५ प्रतिसत र एकजाम्टेडतर्फ १७ दशमलव ३ शून्य प्रतिसत विद्यार्थी उत्तिर्ण भएका छन । नियमिततर्फ गतबर्षको तुलनामा झण्डै ९ प्रतिसत कम विद्यार्थी उतीर्ण भएका छन । गतबर्ष ६४ दशमलव ३१ प्रतिसत विद्यार्थी उतीर्ण भएका थिए । 

चार लाख ५४ हजार २२ जना परीक्षार्थी सहभागी भएकोमा २ लाख ३० हजार ४ सय ९९ विद्यार्थी उतीर्ण भएका छन । विशिष्ठतर्फ २० हजार १ सय ११, प्रथम श्रेणिमा ८२ हजार ६ सय १९ तथा द्वितीय श्रेणीमा १ लाख ९ हजार ७ सय ९५ जना उतीर्ण भएका छन् । यसैगरी ८ हजार २ सय ४१ जना तृतीय श्रेणिमा उत्तिर्ण भएका छन ।

एकजाम्टेडतर्फ ५६ हजार २ सय ६३ विद्यार्थी सहभागि भएकोमा ९ हजार ७ सय ३३ जना उतीर्ण भएका छन । एक्जाम्टेडमा कुनैपनि विद्यार्थीले विशिष्ठ श्रेणी ल्याएका छैनन् भने प्रथम श्रेणीमा १ सय ८०, द्वितियमा ७ हजार २ सय ६६ र तीतृयमा २ हजार १ सय ८७ उतीर्ण भएका छन । नतिजा धधध।क्ीऋचभकगति।कयअ।नयख।लउ, धधध।कअि।लतअ।लभत।लउ, धधध।mयभ।नयख।लउ मार्फत थाहा पाउन सकिन्छ । यद्यपी कुनैपनि वेभ साइटमा अहिलेसम्म नतिजा उपलव्ध भइसकेको छैन । दुइ बिषय अनुतीर्ण हुनेका लागि मौका परिक्षा यही साउन २३ गतेदेखि ३० गतेसम्मका लागि तोकिएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसैबिच परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले एसएलसीमा उतीर्णको नतिजा घट्नुको कारणमा विद्यार्थीको स्तरमा आएको उतार चढाव नै प्रमुख कारण रहेको बताएका छन् । यो नतिजाले हाम्रो पठनपाठन अझै प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिएको छः गौतमले भन्नुभयो अब सिकाउने र सिक्ने विद्यार्थीहरु थप सचेत बन्नुपर्ने अवस्था आएको छ । 

परीक्षा नियन्त्रक गौतमले परीक्षा सम्पन्न भएदेखि नै राम्रोसंग काम गरेकोले अपेक्षाभन्दा चाँडै नतिजा प्रकाशन गर्न सकिएको बताउनु भयो । उहाँले आउदो तीन हप्ता भित्रमै हरेक विद्यालयमा मार्कसिट पुग्ने बतउानु भयो । परिक्षा गत चैत्र १० देखी १८ सम्म संचालन भएको थियो ।

सरकारको निर्देशन नमान्ने सबै राजदुत फिर्ता बोलाईन्छ ः परराष्ट्रमन्त्री

काठमाडौ, ६ जेठ । सरकारले भारतका लागी नेपालका राजदुत रुक्स शमशेर राणालाइ आज फिर्ता बोलाएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले सरकारको निर्देशन अवज्ञा गरी पार्टीको आदेशमा चलेका सबैलाइ फिर्ता बोलाउने भन्दै राणाबाट सुरुवात गरिएको जानकारी दिनुभयो । यादवले भन्नुभयो ः पार्टिको आदेशमा चल्ने राजदुतलाई सरकारले फिर्ता बोलाउछँ ।
भारतकालागी नेपाली राजदुत राणाले सरकारको निर्देशनको अवज्ञा गरेको र उनलाई नियूक्त गर्ने काग्रेस पार्टीको निर्देशनमा चलेकाले फिर्ता बोलाउनु परेको उहाको भनाई थियो । तत्काल अर्को सरकार बन्ने सम्भावना नरहेकोले अहिलेको सरकारले नै नियमित बजेट ल्याउने बताउदै दावी गर्दै बजेट सहमतिमै संसदबाट पारित हुने ठोकुवा गर्नुभयो । उहाले बजेट कुनै पार्टीको भन्दा पनि राष्ट्रको हुने भएकोले यसलाई अवरोध गर्ने संस्कार राम्रो नभएको तर्क गर्नुभयो ।

मुलुकमा सुरक्षा चुनौति कायमैः गृहमन्त्री
काठमाण्डौँ, ०६ असार । उपप्रधान एवं गृहमन्त्री कृष्णबहादुर महराले मुलुकमा सुरक्षा चुनौति कायम रहेको बताउनु भएको छ । दलहरुबीच भएको सहमति अनुसार नयाँ संविधानको एकीकृत मस्यौदा निर्माण र शान्ति प्रक्रिर्या निश्कर्षमा पुग्न नसके भदौ १४ आसपासका दिनमा सुरक्षा चुनौति बढ्ने खतरा रहेको उहाँको भनाइ थियो । संसदको राज्य व्यबस्था समितिमा मन्त्री महराले दलहरुबीच राजनीतिक सहमतिको बिषयलाइ लिएर राजनीतिक लाभ हानीको प्रतिष्पर्धा सुरु भएका कारण सुरक्षा चुनौति बढेको बताउनु भएको हो । 

सरकारले जनतालाइ केन्द्रबिन्दुमा राखेर सबल राष्टिय एकताकालागि सुद्रीढ जन सम्बन्ध सहितको सुरक्षानीति बनाएर सरकार अघि बढेको मन्त्री महराले जानकारी दिनुभयो । ‘राष्ट्रिय एकताकालागि सुद्रीढ जनसम्बन्ध र प्रभावकारी जनसुरक्षा मेरो नारा हो, मन्त्री महराले भन्नुभयो–यसैका आधारमा गृह प्रशासन चल्नेछ ।’ 

उहाँले तत्कालीन सुरक्षा रणनीति सुधार तथा दीर्घकालिन सुधारकालागि सशस्त्र प्रहरीका पूर्ब डिआइजीको संयोजकत्वमा ‘सुरक्षा क्षेत्र सुधार कार्यदल’ गठन गरेर रणनीति बनाइरहेको बताउनुभयो । कतिपय धार्मीक अतिवादी, पूर्वराजावादी, ठेक्का पट्टाका संगठित अपराधी लगायतले सुरक्षा चुनौति थपेको महराको भनाइ थियो । बैठकमा सभासदहरुले शान्ति सुरक्षाको अबस्थामा सुधार आउन नसकेको भन्दै विरोध जनाएका थिए । 
पत्रकार आक्रमणका दोषीलाइ कार्वाही नगरेको भन्दै सभासदको आपत्ति

काठमाण्डौ असार ६ । सभासदहरुले पत्रकारमाथी आक्रमणगर्ने आपराधिलाइ नियन्त्रणमा लिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन । व्यबस्थापिका संसद राज्यव्यबस्था समितिको आज बसेको बैठकमा सभासदहरुले आक्रमणको विषयलाइ लिएर दुइहप्तादेखी पत्रकारहरु देशभर आन्दोलनमा उत्रिदा समेत सरकार अपराधिलाइ गिरफ्तार गर्न नसकेको भन्दै उनिहरुले आपत्ति जनाएका हुन् । साथै उनिहरुले आक्रमणमा मुख्य आरोपितलाइ पक्रन चुनौति दिदै हिड्ने युवासंघका अध्यक्ष महेश बस्नेतसंग सरकार झुकेको आरोप लगाए ।

नेपाली कागे्रसका सभासद अर्जुनप्रसाद जोशीले पत्रकारमाथी आक्रमण गर्नेले उल्टै राज्यलाइ चुनौति दिदै हिडेको भएपनि गिरफ्तारगर्न सरकार असफल भएको आरोप लगाउनुभयो । ‘अपराधिले खुलेआम चुनौति दिदै हिडदा समेत प्रशासन मौन बसेको छ, उहाँले प्रश्न गर्नुभयो– शान्ति सुरक्षा कायमगर्न गृहमन्त्रीले प्रधानमन्त्रीलाइ गुहार्नुपर्ने अबस्था आए प्रहरी प्रसाशनको आबस्यकता किन जरुरी रहयो ?’ माओवादीका हरिराज लिम्बुले पत्रकार हत्याको प्रयास गर्नेलाइ संरक्षण गर्ने युवासंघ अध्यक्ष बस्नेतलाइ प्रहरीले पार्टी कार्यालयमा लगेर ससम्मान छाड्ने काम गरेर सरकारले राम्रो नगरेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सत्तारुढ दलका कार्यकर्तावाटै पत्रकार असुरक्षित हुनपर्ने अबस्थाले देशमा अराजकता निम्तिएको बताउनुभयो । उहाँले आक्रमणका दोषीलाइ हप्तौ वितिसक्दा समेत कार्वाहीगर्न नसक्नुले मुलुकको शान्ति सुरक्षाको अबस्था अन्तन्तै विकराल बनेको टिप्पणी गर्नुभयो । ‘अपराधीलाइ पक्रन चुनौति दिने व्यक्तीलाइ समेत प्रशासनले पक्रन सक्दैन, माओवादीप्रति कटाक्षगर्दै केसीले भन्नुभयो– सुरक्षा पाइन भन्दै वाबुरामले पेरिश डाँडामा जुलुस लिएर गएपछि अरुले कसरी सुरक्षा महसुश गर्ने ?’  

नेकपा एमालेकी थममायाँ थापाले सरकारले चाह्यो भने अपराधी पक्रन सक्ने भएपनि सरकारले जिम्मेवार संगठनका सदस्यलाइ पक्राउ गरेर घटनालाइ राजनीतिकरण गर्न खोजिएको दावी गर्नुभयो । एमालेकै साबित्रा भुषालले पत्रकार कुटपिटमा संलग्नलाइ पक्राउ गरेर दोषीमाथी कार्वाहीगर्न माग गर्नुभयो । उहाँले पार्टीको प्रधानमन्त्री वा गृहमन्त्री भएको समयमा कार्यकर्ताको नाममा अपराधीलाइ छुट दिने टिप्पणी गर्नुभयो । नेकपा एकीकृतकी राधादेवी तिमल्सिनाले पत्रकार आक्रमणगर्ने अपराधीलाइ पक्रनुको सट्टा उल्टो सरकारलाइ च्यालेन्ज दिइरहेकोले सरकार निरिह बनेको आरोप लगाउनुभयो । बैठकमा सभासदहरुले बोल्नेक्रम नसकिएकोले आगामी १० गते पुनः बस्नेगरी बैठक स्थगित भएको छ ।

तीन दलका नेता बीचको छलफल

काठमाण्डौँ, ०६ असार । पाँचबुँदे सहमति कार्यान्वयन तथा शान्ति प्रक्रियाका सम्बन्धमा सहमति जुटाउन भन्दै छलफलमा जुटको तिन दलका शिर्ष नेताहरु सहमति जुटाउन असफल भएको छन् ।

राजधानीको बबरमहल स्थित शान्ति कोषको कार्यालयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल बिच भएको छलफल सहमति जुटाउन असफल भएको हो । शान्ति प्रक्रियालाई पुरा गर्नका लागि हतियारको राजनीति बन्द गर्नुपर्नेमा सहमती भएको नेताहरुले बताएका छन् ।

बैठकपछि कांग्रेस उपसभापति पौडेलले हतियारको राजनीति फेरी अगाडी नबढोस भन्नेमा तीनै नेताहरुबीच सहमति भएको बताउँनु भयो । उहाँले आजको छलफल विश्वासको वातावरण बनाउन केन्द्रीत भएको टिप्पणी गर्दै आगामी दिनमा पनि छलफललाई जारी राख्ने जानकारी दिनुभयो । एमाले नेता नेपालले माओवादीबाट दोहोरो सुरक्षा प्रणाली हटाउँने प्रक्रिया शुरु भएपनि त्यो पूर्ण रुपमा अन्त्य नभएकोमा माओवादीको ध्यानाकर्षण गराएको बताउँनु भयो । सेना समायोजनका विषयमा अझै छलफल आवश्यक रहेको भन्दै नेता नेपालले मूलुकको संवेदनशिलतालाई गहिरो महसुस गरी अघि बढ्ने सहमती भएको जानकारी दिनुभयो । तीन दलबीच फेरी बैठक बस्ने पनि बताइएको छ ।

कुनै सहमति नै नगरी म्याद सकियो, कार्यदलले गुहा¥यो उपसमितिलाई

काठमाडौँ, ६ असार । संविधान लेखनका क्रममा देखिएका विवाद सुल्झाउन गठित विवाद समाधान उपसमितिअन्तर्गतको कार्यदलले विवादित मुद्दामा कुनै सहमति जुटाउन नपाउँदै एकहप्ते म्याद आज सकिएको छ । कार्यदलको हिजो मात्रै बसेको बैठकले संविधान लेखनका क्रममा देखिएका विवाद राजनीतिक दलसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले दलहरूको निर्देशन र स्पष्ट कार्यादेशबिना विवादित मुद्दाको छिनोफानो गर्न कठिनाइ भएको निष्कर्ष निकालेको थियो ।

संवैधानिक समितिअन्तर्गतको विवाद समाधान उपसमितिको गत जेठ ३१ गते बसेको बैठकद्वारा राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँडलगायतका विषयमा देखिएका ७८ विवादित मुद्दालाई २६ वटामा सीमित गर्न र त्यसमा सहमति खोज्ने जिम्मा कार्यदललाई दिइएको थियो ।

कार्यदलले शासकीयस्वरूपको मस्यौदामा रहेका कार्यकारी निर्वाचित राष्ट्रपति, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संसदीय व्यवस्था तथा सङ्घ र प्रादेशिक व्यवस्थापिका, संसद्बाट निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलगायतका प्रस्तावमाथि आजदेखि छलफल सुरु गरे पनि कुनै ठोस निर्णयमा पुग्न नसक्दै म्याद सकिएको छ । कार्यदलले शासकीयस्वरूपमा देखिएका २२ बुँदा र राज्य पुनःसंरचनाका २६ गरी ४८ बुँदालाई सहमतिमा पु¥याई सात दिनभित्र प्रतिवेदन तयार पार्ने र सहमति भएका बुँदामा राजनीतिक दलहरूबीच छलफल गरी संविधानको मस्यौदा लेखनका लागि संवैधानिक समितिमा पठाउने जिम्मेवारीसमेत पाएको थियो ।

पत्रकारको दोस्रो चरणको आन्दोलन सुरु

संचारकर्मीमाथी भएका पछिल्ला आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघले आज बाट दोसा्रे  चरणको आन्दोलनको कार्यक्रम सुरु गरेको छ  । घोषित आन्दोलनका कार्यक्रम अनुसार आज र भोली गरि दुई दिन सम्म बिभिन्न सचारमाध्यममा  पत्रकारका सुरक्षा बारेमा जनचेतना जगाउने गरि ‘प्रेस माथिको आक्रमणको बिरोध गदै दण्डहिनताको अन्य गरौ, भन्ने लेखिएको पीएसए प्रकाशन तथा प्रसारण गरीरहेको छ । बिराटनगरका पत्रकार खिलानाथ ढकाल माथिको आक्रमणका मुख्य योजनाकार भनिएका पर्शुराम बस्नेतलाई सरकारले पक्राउ गरि कानुनी दायरामा नल्याएको भन्दै सो बिरुद्ध महासघले आज देखि १७ गते सम्म दोसा्रे चरणको आन्दोलन तय गरेको हो ।

उता पत्रकार आक्रमणकारीलाई सरकारले कारबाही नगरेको भन्दै विराटनगरका संचारकर्मीले आज उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी सहभागी कार्यक्रम बहिस्कार गरेका छन् । राजनीतिक संरक्षणमा रहेको दोषीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै कार्यक्रम संचारकर्मीहरुले बहिष्कार गरेका हुन् । मोरङ व्यापार संघको साधारणसभामा सहभागी हुने क्रममा अर्थमन्त्री अधिकारी पुग्ने वित्तिकै कार्यक्रममा सहभागी सम्पूर्ण संचारकर्मीहरु कार्यक्रमस्थल बाट बाहिर निस्किएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्य प्रगति

काठमाडौँ, ६ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०६६÷६७ को शसकीय सुधार र सुशासनसम्बन्धी प्रतिवेदन संसदमा दर्ता गरेको छ । नेपाल सरकारबाट सासकीय सुधार र शुसासन सम्बन्धका क्षेत्रमा भएका मुख्य कार्यहरूको प्रगति सो प्रतिवेदनमा समावेस गरिएको कार्यलयले जनाएको छ ।

सो कार्यालय मातहत रहेको केन्द्रीय अनुगमन समितिले काठमाडौँ तराई जोड्ने द्रुत राजमार्गको कार्य प्रगतिको अनुगमन गरी सो कार्यलाई समयमै पुरा गर्न निर्देशन दिएको जनाएको छ । यसैगरी पूर्वी पहाड र पश्चिम पहाडका जिल्लामा सञ्चालित विकासका कार्यक्रमको अनुगमन कार्य सम्पन्न भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता ज्योति अधिकारीले जानकारी दिनुभयो ।
   
निजी क्षेत्रबाट सञ्चालित अस्पताल, विद्यालय, नर्सिङहोमको नियमन गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन लागु गर्न निर्देशन दिइएको बताइएको छ ।

लागुऔषध गाँजासहित चार भारतीय नागरिक पक्राउ

पर्सा (वीरगन्ज), ६ असार । पर्सा वन्यजन्तु आरक्ष कार्यालयले १ सय ७५ किलो लागुऔषध गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आरक्षका कार्यालय प्रमुख बाबुराम गोपालीका अनुसार पक्राउ पर्नेमा भारत बिहार आरा जिल्ला निवासी प्रदीप सिंह, सुशीलकुमार सिंह, सन्तोष सिंह एवम् अजयकुमार साह रहेका छन् ।

आरक्षको जमुनिया खोलामा बिआर ३ पि १५८८ नम्बरको बलेरो गाडीमा सवार उनीहरू १९ पोका गाँजासहित पक्राउ परेका हुन् । उनीहरूमाथि अनुसन्धान जारी रहेको कार्यलयले जनाएको छ ।

आज विश्व शरणार्थी दिवस मनाइँदै, विश्वमा पाँचकरोड शरणार्थी

काठमाडौँ, ६ असार । आज जुन २० तारिख अर्थात् विश्व शरणार्थी दिवस । यो दिवसका अवसरमा विश्वका पाँच करोडभन्दा बढी शरणार्थीले विविध कार्यक्रमका साथ शरणार्थी दिवस मनाइदैछ । नेपालमा पनि झापा र मोरङमा रहेका सातवटा शिविरमा रहेका शरणार्थीहरुले विभिन्न कार्यक्रमसहित ¥यालीको आयोजना गरी यो दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २००१ देखि प्रत्येक वर्ष जुन २० लाई विश्व शरणार्थी दिवसका रुपमा मनाउने घोषणा गरेपछि आजको दिनलाई विश्व शरणार्थी दिवसका रुपमा विविध कार्यक्रम गरी मनाइँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयले विश्वमा पाँच करोडभन्दा बढी नागरिक शरणार्थी जीवन बिताउँदै आएको र ४० करोडभन्दा बढी जनसङ्ख्या सहाराविहीन तथा असुरक्षित जीवन जीउन बाध्य रहेको जनाएको छ ।

आर्थिक समाचार
एसियाली बिकास बैङ्कका महानिर्देशक नेपाल भ्रमणमा

काठमाडौँ, ६ असार । एसियाली विकास बैंक (एडिबी)को दक्षिण एसियाली विभागका महानिर्देशक सुल्तान हाफिज रहमान तीनदिने भ्रमणका लागि आज नेपाल आइपुग्नुभएको छ । भ्रमणका क्रममा उहाँले सरकारका वरिष्ठ अधिकारीहरूसँग भेट गरी नेपालको ऊर्जा र शिक्षा क्षेत्रमा केन्द्रित रहेर एडिबीको विद्यमान तथा भावी सहयोग कार्यक्रमका बारेमा छलफल गर्नुहुने नेपालस्थित एडिबीको कार्यालयले जनाएको छ । उहाँले नेपालले सामना गरिरहेको विकासका मुद्दादेखि चुनौतीहरूका बारेमा विकास साझेदारहरूसँग भेट गरी छलफल गर्नुहुनेछ । महानिर्देशक रहमान सन् २००३ देखि २००६ सम्म नेपालस्थित एडिबीको आवासीय प्रतिनिधि हुनुहुन्थ्यो । मनिलामा रहेको एडिबीले समावेशी आर्थिक विकास, वातावरणीय दिगो विकास र क्षेत्रीय एकतामार्फत एसिया र प्रशान्त क्षेत्रको गरिबी घटाउन सहयोग गर्दै आएको छ ।

वर्षमा १२ लाख भक्तजन र पर्यटकले शिवको मूर्ति अवलोकन गरे

भक्तपुर, ६ असार । भक्तपुरको चित्तपोलमा मुलुककै अग्लो शिवको मूर्तिमा एक वर्षमा १२ लाख भक्तजन तथा पर्यटकले अवलोकन गरेका छन् । मूर्तिका लगानीकर्ता कमल जैनले आज मूर्ति परिसरमा गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै पर्यटकीय गन्तव्य र धार्मिकस्थल भएकाले यहाँ आउने भक्तजन अत्यधिक रहेको बताउनुभयो ।

विशेषगरी शनिबार र अन्य बिदाका दिनमा १० हजारभन्दा बढी भक्तजन एवम् पर्यटक आउने गरेको उहाँले बताउनुभयो । पर्यटन वर्ष २०११ समेत भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनसमेत बढेको उहाँले बताउनुभयो । मन्दिर परिसरमा १२ वटा ज्योर्तिलिङ्ग स्थापना गरेको भक्तजनहरूलाई सहज दर्शन व्यवस्था गरेको र घुम्न आउने पर्यटकलाई व्यवस्थित स्थान निर्माण गरेको बताउनुभयो । जैनले पर्यटकीय गन्तव्य बनेको यस क्षेत्रमा सरकारले पनि लगानी गर्नुपर्ने माग गर्नुभयो ।

अन्तराष्ट्रिय समाचार
सिरियाका राष्ट्रपति बसीर अल असद

मध्यपूर्वि मुलुक सिरियाका राष्ट्रपति बसीर अल असदले जारी प्रर्दशनलाइ पानिको फोकाको संज्ञा दिदैँ आन्दोलनकारीहरु लाई पानिमरुवाको संज्ञा दिएका छन् । सिरियामा आन्दोलन सुरु भए यता तेश्रो पटक देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति असदले आन्दोलनमा उत्रने प्रर्दशनकारीको संख्या थोरै भएको समेत जिकिर गरेका छन् ।

देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति असदले जनतालाइ फकाउने समेत प्रयास गरेका थिए । उनले भने ः देश बलियो हुनु भनेको जनता बलियो हुनु हो । त्यसैले जनता र देश एकै ठाउँमा आउनुपर्छ । विविसीका संवाददता सिरिया नजिकै लेबनानमा रहेका संवाददाता जिम मुयरले असदको सम्बोधनमा कुनै नयाँ कुरा नभएको बताएका छन् । राष्ट्रपति बसीरले सम्बोधनमा देशका लागी आवश्यक पर्ने निति र कार्यक्रम तय गर्न सबै एकैठाउँमा आउनुपर्ने भन्दै आन्दोलनकारीलाइ संकेत गर्दै वार्तामा आउन आग्रह गरेका थिए । यद्यपी राष्ट्रपति बसीरले आफ्नो सम्बोधनका दौरान प्रर्दशनकारी संघ संगठनको नाम भने नलिएको विविसीले उल्लेख गरेको छ । सिरियामा राष्ट्रपति बसिर अल असदको राजिनामा माग गर्दै दुइ महिना यता प्रर्दशन हुदै आएको छ । 

खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग

काठमाण्डौँ, ०६ जेठ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मेगा थ्रीस्टार क्लबले उपाधि दौडलाई कायमै राखेको छ । जारी लिगमा नवौं जित हात पार्ने क्रममा थ्रीस्टारले बढुवा टोली सरस्वती युवा क्लबलाई ३–१ ले पराजित ग¥यो । जितस“गै थ्रीस्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टारले १२ खेलबाट २८ अंक बटुलेको छ ।
समान खेल खेलेको मनाङ ३१ अंकका साथ दोस्रो स्थानमा छ भने शीर्ष स्थानको नेपाल पुलिसले अपराजित रह“दै ३२ अंक बटुलेको छ । यता सरस्वती भने रेलिगेशनबाट जोगिन संघर्षरत छ । १२ खेल खेलिसक्दा सरस्वती आठ अंक बटुल्दै लिगको चौधौं स्थानमा छ । थ्रीस्टारका अफ्रिकन स्टाइकर जर्जले खेलको ३१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जर्जले सरस्वतीका गोलकिपरको गल्तीको फाइदा उठाउ“दै डिबक्स भित्रबाट दर्शनीय गोल गरेका थिए । खेलको ४५ आंै मिनेटमा थ्रीस्टारले अग्रता दोब्बर पा¥यो । बिशन गौचनले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै योगेश गुरुङले थ्रीस्टारले अग्रता दोब्बर पारे । दोस्रो गोल गरेको तीन मिनेटपछि थ्रीस्टारले अर्काे गोल थप्यो ।

पहिलो हाफको इन्जुरी समयमा विराज महर्जनले ३० यार्ड टाढाबाट गोल गर्दै खेललाई ३–० को स्थितिमा ल्याएका थिए । पहिलो हाफमा ३–० ले पछि परेपछि सरस्वती दोस्रो हाफमा केही आक्रामक बन्यो । खेलको ७६ औं मिनेटमा योना एलियासले सरस्वतीका लागि सान्त्वना गोल गरे । यता दिनको दोस्रो खेलमा न्युरोड टिम एनआरटीलाई रेलिगेशन जोनमा रहेको स्वयम्भु क्लबले गोलरहित बराबरीमा रोकेको छ । बराबरीस“गै एनआरटी १२ खेलबाट २६ अंक बटुल्दै  लिगको पा“चौ स्थानमा यथावत् छ । यता स्वयम्भु भने १२ खेलबाट जम्मा ४ अंक बटुल्दै रेलिगशेन जोनमै छ ।

No comments: