संसद बैठकमा प्रिबजेट छलफलकालागि बजेटका प्राथमिकता पेश
काठमाण्डौ, असार ८ । सरकारले पूर्व–बजेट छलफलका लागि ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ संसदमा पेश गरेको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकमा अर्थमन्त्री एवं उपप्रधानमन्त्री भरतमोहन अधिकारीले प्रिबजेट छलफलकालागि बजेटका प्राथमिकता पेश गर्नुभएको हो ।
सरकारले रोजगारी केन्द्रीत फराकिलो आधार सहितको समावेशी र उच्च आर्थिक बृद्धि, भौतिक र आर्थिक पूर्वाधारको विकासलाइ आगामी बजेटको प्राथमिकतामा राखेको छ । उहाँले आगामी बर्षको बजेट मुलतः उत्पादन बृद्धि र पूजी निर्माणमा केन्द्रीत रहने विश्वास व्यक्त गर्नुभयो । कृषिको व्यबसायीकरण र आधुनिकिकरण, सहकारी पर्बद्धन र विस्तार, पर्यटन प्रबद्धन, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन जस्ता कार्यक्रम आगामी बजेटको प्राथमिकता हुने मन्त्री अधिकारीले बताउनुभयो । सरकारले उत्पादन, रोजगारी, आयात प्रतिस्थापन, निर्यात प्रबद्धन र कृषि क्षेत्रमा लगानी बृद्धिगरी यसको व्यबसायीकरण र आधुनिकिकरणमा जोड दिने कुरालाइ बजेटको सोच र आधारभूत सिद्धान्तमा राखिएको छ ।
मन्त्री अधिकारीले विगतमा बजेट आउन ढिलाइ भएका कारण चालु आर्थिक बर्षमा लक्ष्य अनुसारको आर्थिक बृद्धिदर नहुने बताउनुभयो । मन्त्री अधिारीले चालु आर्थिक बर्षमा मूल्यबृद्धि ७ प्रतिसतमा सिमित रहने सरकारी लक्ष्य रहेको बताउनुभयो । ‘विद्यमान उर्जा संकट निवारणका लागि हालै घोषित कार्यक्रमलाइ प्राथमिकतासाथ कार्यान्वयन गरिने छ, मन्त्री अधिकारीले भन्नुभयो–निर्माणाधीन बिद्युत आयोजनालाइ छिटो सम्पन्न गर्न प्राथमिकता दिइने छ ।’
‘न्यूनतम आर्थिक बृद्धि, असमानता, विभेद, उच्च मूल्य बृद्धि, हृासोन्मुख कृषि र औद्योगिक उत्पादकत्व, बेरोजगारी, व्यापार तथा शोधान्तर घाटा, तरलता अभाव र पूजीबजारमा देखिएका समस्या अहिलेका अर्थतन्त्रका मुख्य चुनौति हुन, मन्त्री अधिकारीले भन्नुभयो–चुनौतिलाइ संवोधनगरी समृद्ध, आधुनिक र न्यायपूर्ण नेपालको आधारशिला खडा गर्ने क्रममा कृषि र औद्योगिक उत्पादन गर्न सहयोग पुग्ने गरी आगामी आर्थिक बर्षको बजेटले प्राथमिकता निर्धारण गरिएको जानकारी गराउन चाहान्छु ।’ व्यबस्थापिका संसदको अर्थ समितिमा आगामी शुक्रवारदेखी १०, १२ र १३ गते तीनदिन प्रिबजेट छलफल हुनेछ । व्यबस्थापिका संसदको आर्को बैठक आगामी शुक्रवार विहान ११ बजे सम्मकालागि स्थगित भएको छ ।
यसैबीच सभासदहरुले नेपाललाइ आतंकवादको खतरावाट बचाउन ‘आतंकवादमा लगानीगर्ने कार्य नियन्त्रणगर्ने अन्तराष्ट्रिय महासन्धी १९९९’लाइ अनुमोदन गर्नुपर्ने बताएका छन् । व्यबस्थापिका संसदमा आज बसेको बैठकमा महासन्धी माथीको सैद्धान्तिक छलफलमा सभासदहरुले विगतमा भएको राजनीतिक क्रिर्याकलापलाइ आतंकवादी नमानिने प्रष्टता सहित अनुमोदन गर्नुपर्ने बताएका हुन् । एकीकृत माओवादी सभासदहरुले पाँचबुदे ‘रिजर्भेसन’ सहित अनुमोदन गर्नसकिने बताए भने, नेमकिपाले भने महासन्धीप्रति आपत्ति जनाएको छ ।
नेपाली कागे्रसका डा रामशरण महतले नेपाल समेत विभिन्न चरणमा आतंकवादवाट गुज्रेको मुलुक भएका कारण महासन्धीलाइ विना कुनै समर्थन बताउनुभयो । उहाँले कुनैपनि राजनीतिक सिद्धान्त, दर्शन वा धर्मको नाममा जनतामाथी हुने शारीरिक आक्रमणलाइ महासन्धीले अस्वीकार गरेका कारण यसको कार्यान्वयन जरुरी रहेको बताउनुभयो । माओवादीका एकराज भण्डारीले आतंकवाद र राजनीतिक क्रिर्याकलापलाइ एकै रुपमा व्याख्या गरेका हुनाले त्यो बिषयलाइ रिजर्भसनको रुपमा राखेर अन्य बिषयलाइ समर्थनगर्न सकिने बताउनुभयो ।
नेमकिपाका सुनिल प्रजापतिले भने अमेरिकी साम्राज्यवाद र राष्ट्रपनि नै आतंकवादका नाइके भएका करण उसको निर्देशनमा आएको महासन्धी अनुमोदन गर्नु आबस्यक नभएको बताउनुभयो । सभासदले उठाएका प्रश्नको जवाफदिदै अर्थमन्त्री भरतमोहन अधिकारीले नेपालमा हुने राजनीतिक क्रिर्याकलापलाइ आतंकवादी क्रिर्याकलापका रुपमा नदिइने बताउनुभयो । संसदको बैठकमा ‘बहुराष्ट्रिय संगठित अपराध बिरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी समेत संसदमा पेश भएको छ ।
काठमाण्डौ, असार ८ । सरकारले पूर्व–बजेट छलफलका लागि ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ संसदमा पेश गरेको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकमा अर्थमन्त्री एवं उपप्रधानमन्त्री भरतमोहन अधिकारीले प्रिबजेट छलफलकालागि बजेटका प्राथमिकता पेश गर्नुभएको हो ।
सरकारले रोजगारी केन्द्रीत फराकिलो आधार सहितको समावेशी र उच्च आर्थिक बृद्धि, भौतिक र आर्थिक पूर्वाधारको विकासलाइ आगामी बजेटको प्राथमिकतामा राखेको छ । उहाँले आगामी बर्षको बजेट मुलतः उत्पादन बृद्धि र पूजी निर्माणमा केन्द्रीत रहने विश्वास व्यक्त गर्नुभयो । कृषिको व्यबसायीकरण र आधुनिकिकरण, सहकारी पर्बद्धन र विस्तार, पर्यटन प्रबद्धन, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन जस्ता कार्यक्रम आगामी बजेटको प्राथमिकता हुने मन्त्री अधिकारीले बताउनुभयो । सरकारले उत्पादन, रोजगारी, आयात प्रतिस्थापन, निर्यात प्रबद्धन र कृषि क्षेत्रमा लगानी बृद्धिगरी यसको व्यबसायीकरण र आधुनिकिकरणमा जोड दिने कुरालाइ बजेटको सोच र आधारभूत सिद्धान्तमा राखिएको छ ।
मन्त्री अधिकारीले विगतमा बजेट आउन ढिलाइ भएका कारण चालु आर्थिक बर्षमा लक्ष्य अनुसारको आर्थिक बृद्धिदर नहुने बताउनुभयो । मन्त्री अधिारीले चालु आर्थिक बर्षमा मूल्यबृद्धि ७ प्रतिसतमा सिमित रहने सरकारी लक्ष्य रहेको बताउनुभयो । ‘विद्यमान उर्जा संकट निवारणका लागि हालै घोषित कार्यक्रमलाइ प्राथमिकतासाथ कार्यान्वयन गरिने छ, मन्त्री अधिकारीले भन्नुभयो–निर्माणाधीन बिद्युत आयोजनालाइ छिटो सम्पन्न गर्न प्राथमिकता दिइने छ ।’
‘न्यूनतम आर्थिक बृद्धि, असमानता, विभेद, उच्च मूल्य बृद्धि, हृासोन्मुख कृषि र औद्योगिक उत्पादकत्व, बेरोजगारी, व्यापार तथा शोधान्तर घाटा, तरलता अभाव र पूजीबजारमा देखिएका समस्या अहिलेका अर्थतन्त्रका मुख्य चुनौति हुन, मन्त्री अधिकारीले भन्नुभयो–चुनौतिलाइ संवोधनगरी समृद्ध, आधुनिक र न्यायपूर्ण नेपालको आधारशिला खडा गर्ने क्रममा कृषि र औद्योगिक उत्पादन गर्न सहयोग पुग्ने गरी आगामी आर्थिक बर्षको बजेटले प्राथमिकता निर्धारण गरिएको जानकारी गराउन चाहान्छु ।’ व्यबस्थापिका संसदको अर्थ समितिमा आगामी शुक्रवारदेखी १०, १२ र १३ गते तीनदिन प्रिबजेट छलफल हुनेछ । व्यबस्थापिका संसदको आर्को बैठक आगामी शुक्रवार विहान ११ बजे सम्मकालागि स्थगित भएको छ ।
यसैबीच सभासदहरुले नेपाललाइ आतंकवादको खतरावाट बचाउन ‘आतंकवादमा लगानीगर्ने कार्य नियन्त्रणगर्ने अन्तराष्ट्रिय महासन्धी १९९९’लाइ अनुमोदन गर्नुपर्ने बताएका छन् । व्यबस्थापिका संसदमा आज बसेको बैठकमा महासन्धी माथीको सैद्धान्तिक छलफलमा सभासदहरुले विगतमा भएको राजनीतिक क्रिर्याकलापलाइ आतंकवादी नमानिने प्रष्टता सहित अनुमोदन गर्नुपर्ने बताएका हुन् । एकीकृत माओवादी सभासदहरुले पाँचबुदे ‘रिजर्भेसन’ सहित अनुमोदन गर्नसकिने बताए भने, नेमकिपाले भने महासन्धीप्रति आपत्ति जनाएको छ ।
नेपाली कागे्रसका डा रामशरण महतले नेपाल समेत विभिन्न चरणमा आतंकवादवाट गुज्रेको मुलुक भएका कारण महासन्धीलाइ विना कुनै समर्थन बताउनुभयो । उहाँले कुनैपनि राजनीतिक सिद्धान्त, दर्शन वा धर्मको नाममा जनतामाथी हुने शारीरिक आक्रमणलाइ महासन्धीले अस्वीकार गरेका कारण यसको कार्यान्वयन जरुरी रहेको बताउनुभयो । माओवादीका एकराज भण्डारीले आतंकवाद र राजनीतिक क्रिर्याकलापलाइ एकै रुपमा व्याख्या गरेका हुनाले त्यो बिषयलाइ रिजर्भसनको रुपमा राखेर अन्य बिषयलाइ समर्थनगर्न सकिने बताउनुभयो ।
नेमकिपाका सुनिल प्रजापतिले भने अमेरिकी साम्राज्यवाद र राष्ट्रपनि नै आतंकवादका नाइके भएका करण उसको निर्देशनमा आएको महासन्धी अनुमोदन गर्नु आबस्यक नभएको बताउनुभयो । सभासदले उठाएका प्रश्नको जवाफदिदै अर्थमन्त्री भरतमोहन अधिकारीले नेपालमा हुने राजनीतिक क्रिर्याकलापलाइ आतंकवादी क्रिर्याकलापका रुपमा नदिइने बताउनुभयो । संसदको बैठकमा ‘बहुराष्ट्रिय संगठित अपराध बिरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी समेत संसदमा पेश भएको छ ।
नेपाली कागे्रसका रमेश लेखक, राजपाका प्रकाशचन्द्र लोहनी लगायतले सम्बन्धीत मन्त्रीले मात्र महासन्धी पेशगर्न सक्ने भएकोमा गृहमन्त्रीको सट्टा अर्थमन्त्रीले पेशगर्न खोजेको भन्दै नियमापत्ति जनाएका थिए ।
कुवेर सिंह राणालाइ एआइजीपी बनाउने चलखेल
सरकारले प्रहरी नायव महानिरीक्षक कुवेरसिंह राणालाई अतिरिक्त महानिरक्षकमा बढुवा गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले डिआईजी राणालाई एआईजीमा बढुवा गर्दै महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी समेत तोकेको छ । रानाा यसअघि पश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रमुखका रुपमा कार्यारत हुनुहुन्थ्यो । उहाँलाई प्रहरीमा कुशल ब्यक्तित्वका रुपमा परिचत हुनुहुन्छ । उहाँ अबको प्रहरी प्रमुखको मुखय दावेदार समेत रहनुभएको छ ।
खुला विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी संसदमा विचाराधीन विधयेक पारित भएपछि शिक्षा सचिवको अध्यक्षतामा एक समिति गठन गरी आवश्यक योजना तथा कार्यक्रम तय गरिने निर्णय भएको शिक्षामन्त्री तुलाधरले उल्लेख गर्नुभयो । मन्त्रिपरिषद्ले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा चितवनका रमणप्रसाद पाठकलाई बढीमा चार वर्षका लागि नियुक्त गरेको छ । यस्तै स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने १० करोड १५ लाख डलर सहयोगलाई स्वीकृती दिएको बताइएको छ ।
राज्यको सुरक्षा निकायमा लडाकुको समायोजन गरिने ःमन्त्री पौडेल
रक्षामन्त्री विष्णु पौडेलले माओवादी लडाकुलाई सेनामा नभई मापदण्डका आधारमा विभिन्न सुरक्षा निकायमा समायोजन गरिने बताउनुभएको छ राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले सेना समायोजन गर्ने भन्नुको तात्पर्य राज्यका सुरक्षा निकायमा माओवादी लडाकुको समायोजन भन्ने रहेको स्पष्ट पार्दै ती निकायमा जानको लागि लडाकुले तोकिएको मापदण्ड पुरा हुनुपर्ने बताउँनु भयो । उहाँले विस्तृत शान्ति सम्झौताको मर्यादामा रहेर एनेकपा माओवादी हतियार विहिन भई क्यान्टोनमेन्टमा भएका हतियार राज्यलाई सुम्पिएमा मात्र शान्ति प्रक्रिया अगाडि बढ्छ भन्नुभयो ।
नेपाली काँग्रेसका नेता डा मिलेन्द्र रिजालले पाँचबँुदे सहमति कार्यान्वयन नभएमा आफ्नो पार्टी मुकदर्शक भएर नबस्ने बताउनुभयो । उहाँले सुरक्षा निकायको मापदण्ड पूरा नै नगरी लडाकु समायोजन गरिएमा कम्युनिष्ट सर्वसत्ता आउने ठोकुवा गर्दै माओवादीले हिंसा र सर्वसत्तावादको सपना नत्यागेसम्म शान्ति र संविधान निष्कर्षमा पुग्नै नसक्ने ठोकुवा समेत गर्नुभयो ।
दलहरुले सेना समायोजन विशेष समितिलाई कठपुतली बनाएः प्रभाकर
काठमाडौ, ८ असार । एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा प्रभाकरले प्रमुख दलहरुकै कारण सेना समायोजन विशेष समिति कठपुतली बनेको दावी गर्नु भएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रभाकरले विशेष समितिको आफै निर्णय गर्न सक्ने कुनै हैसियत नभएको र दलको कठपुतली जस्तो बनेको बताउनु भयो । सेना समायोजन विशेष समितिका सदस्य समेत रहनु भएका नेता प्रभाकरले दलहरुको कमजोर निर्णय क्षमताका कारण विशेष समिति बदनाम बन्दै गईरहेको बताउदै विशेष समितिलाई निर्णय गर्न दिए तीन दिनभित्रमा सबै विवाद सहमतिमा टुङग्याउने दावी गर्नुभयो ।
उहाँले विशेष समितिको निर्णय मान्छौ भनेर दल र नेताहरुले भनेमा समितिले तीन दिनभित्र सबै विवादित विषयमा सहमति गरेर देखाई दिने चुनौति समेत दिनुभयो । उहाँले विशेष समिति आफैमा कुनै निर्णय गर्ने स्वतन्त्र हैसियतको नभएको उल्लेख गर्दै सोही कारण आफू बैठकमा उपस्थित नभएको जानकारी गराउनु भयो । विशेष समितिमा समायोजन मोडालिटि, संख्या, पुर्नस्थापना लगायतका विवादित विषयमा सहमतिको नजिक रहेको दावी गर्दै प्रभाकरले दलहरुलाई शान्ति र संविधानप्रति जिम्मेवार हुँदै तत्काल सहमति गर्न आग्रह गर्नुभयो । अहिलेको समस्या सत्ता संघर्षले उत्पन्न गरेको दावी गर्दै उहाँले फेरि संविधानसभा विघठन गर्ने खेल सुरु भएको भन्दै आक्रोस समेत ब्यक्त गर्नुभयो ।
शान्ति प्रक्रिया पहिला कि संविधान भन्नेमा सदनमा फेरि विबादः
काठमाण्डौ, असार ८ । शान्ति प्रक्रिर्या पहिला कि संविधान भन्ने बिषलाई लिएर दलहरुबीच फेरि विबाद सुरु भएको छ । एकीकृत नेकपा माओवादीले राष्ट्रिय सुरक्षा नीति तय भएपछि मात्र सेना समायोजन गर्नुपर्ने बताएको छ भने गैर माओवादी दलहरुले संविधान भन्दा अगावै समायोजन हुनुपर्ने बताएका छन ।
व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा एकीकृत माओवादीका देवप्रसाद गुरुङले सेना समायोजन नभइ संविधान भन्ने काँगे्रसको नाजायज अडानका कारण संविधान निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयो । उहाँले राष्ट्रिय सुरक्षा नीति तयार नभइ सेना समायोजन गर्नु असंभव भएको दावी गर्नुभयो । माओवादीमा असन्तुष्ट पक्षका नेताका रुपमा चिनिने गुरुङले विस्तृत शान्ति सम्झौता विपरित माओवादी जनसेनाका लडाकूलाई व्यक्तीगत योग्यतालाइ कुरा उठाएर निशस्त्रीकरणको कुरा गरिएका कारण आफुहरुलाइ मान्य नहुने बताउनुभयो । उहाँले शान्ति सम्झौतामा दुवै सेनालाई समान मान्यता दिएकोले दुवै सेनालाइ समायोजन गरेर एउटा सेना बनाएर समायोजनमा गएमात्र समस्या समाधान हुने दावी गर्नुभयो ।
माओवादी जनसेनाका लडाकूको हतियार विशेष समितिलाई हतियार बुझाउनु पर्ने भए नेपाली सेनाका हतियार पनि सुरक्षा परिषदलाई बुझाउनु पर्ने जीकिर गर्नुभयो । जीवन्त पार्टी भएका कारण माओवादीभीत्र विबाद र बहस भएकोदावी गर्दै गुरुङले राष्ट्रिय सरोकारका मुद्दा समाधान गर्न माओवादी एकढिक्का रहेको बताउनुभयो । गुरुङले नियमावली र कार्यतालिकाले गरेको व्यबस्था विपरित कार्यदल गठनमा लागेर अनावस्यक रुपमा समय खर्च गरिएको जीकिर गर्नुभयो । संविधान बन्न नसक्नुको कारण सहित कार्यतालिका भन्दा बाहिर किन लगियो भन्नेकुराको समिक्षा हुन जरुरी रहेको उहाँको भनाइ थियो ।
नेकपा एमालेका प्रदीप ज्ञवालीले आगामी तीन महिना शान्ति प्रक्रिर्यालाई निश्कर्षमा पु¥याउन दलहरुका लागि अन्तिम अबसर भए पनि सोही गम्भीरताका साथ काम नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले पाँचबुदे सहमति भएपछिका सुरुका दिनमा लडाकू समायोजन र संविधान निर्माण प्रक्रिर्यामा प्रगति भएपनि शान्ति प्रक्रिर्या अडकिएका कारण संविधान निर्माण प्रक्रिया अघि बढन नसकेको दावी गर्नुभयो । ज्ञवालीले शान्ति सम्झौता अनुसार छ महिना मै टुङ्गिनु पर्ने भए पनि माओवादीले अहिले आएर शान्ति प्रक्रिया पहिला की संविधान निर्माण गर्ने भन्ने निरर्थक विबाद सुरु गरेको आरोप लगाउनुभयो । ‘शान्ति प्रक्रिर्याको अन्तिम विन्दु संविधान भएका कारण संविधान अगावै सेना समायोजन टुङ्गिनुपर्छ उहाँले भन्नुभयो– सेना समायोजन गरेर माओवादीले मौकामा हिरा फोर्ने वेला भएको छ ।’ समायोजनको ढाचा प्रष्ट भइसकेका कारण यसमा फेरि विबादगर्नु अनाबस्यक रहेको ज्ञवालीको भनाइ थियो ।
नेपाली कागे्रसका रमेश लेखकले सरकार आफ्नो कर्तव्यमा विमुख भएका कारण पत्रकार आक्रमणका दोषीहरु राज्यलाई खुलेआम चुनौति दिदै हिडेको बताउनुभयो । ‘यो मुलुकका जनता एमाले भीत्रको लडाइ हेर्न बसेका होइनन्, उहाँले भन्नभयो – एकजना व्यक्तीले सरकारलाइ चुनौति दिनुले हाम्रो पनि शिर निहुरिदै छ ।’ लेखकले अपराधको राजनीति करण र राजनीतिको अपराधिकरणका कारण अपराध र राजनीतिलाइ छुट्टाउन नसकिने अबस्था आएको बताउनुभयो ।
यता नेपाली कागे्रसले कामचलाउको अबस्थामा पुगेको सरकारले रातदुतलाई फीर्ता बोलाउने जस्ता दुरगामी महत्वका बिषयमा प्रभाव पार्न खोजेको भन्दै आपत्ति जनाएको छ । संसदको आज बसेको बैठकमा सभामुखसंग समय लिएर नेपाली कागे्रसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले प्रधानमन्त्रीको भारत भ्रमण गराउन नसकेको बाहानामा भारत स्थित नेपाली राजदुत रुक्मशम्शेर राणालाइ फीर्ता बोलाउने भन्ने परराष्ट्रमन्त्री उपेन्द्र यादवको भनाइप्रति आपत्ति जनाउनु भएको हो ।
परराष्ट्रमन्त्रीवाट राजदुतलाइ साधारण कर्मचारी जस्तो व्यबहार गरेकोप्रति आपत्ति जनाउदै घिमिरेले राजदुतलाई फीर्ता बोलाउने निर्णय सरकारको औपचारिक वा मन्त्रीको व्यक्तीगत भन्ने बिषयमा प्रधानमन्त्रीको जवाफ माग गर्नुभयो । संसदीय सुनुवाइको प्रक्रिर्या पु¥याएर नियुक्त गरिएका राजदुतलाइ फिर्ता बोलाउने निर्णय कुनटीतिक खेलवाडको पराकाष्ठा भएको उहाँले टिप्पणी गर्नुभया ।
गृहमन्त्री पूर्वाग्रही भएकोले पर्शुरामलाई नबुझाएका हौः अध्यक्ष बस्नेत
काठमाडौ, ८ असार । यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरा पूर्वाग्रही भएकोले विराटनगर घटनाका आरोपी पर्शुराम बस्नेतलाई प्रहरीमा नबुझाएको बताउनु भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा बस्नेतले गृहमन्त्रीले प्रहरीलाई कुनै पनि हालतमा पर्शुरामलाई नछाड्नु भनि पूर्वाग्रही निर्देशन दिएकोले आफैसँग भएपनि नबुझाएको बताउनुभएको हो । उहााले पर्शुराम बस्नेत आफूहरुकै सम्पर्कमा सुरक्षित रहेको भन्दै एकैचोटि अदालतमा उपस्थित गराउने बताउनु भयो । पर्शुराम निर्दोष रहेको दावी गर्दै अध्यक्ष बस्नेतले उनी दोषि ठहरिए आफूले यूवा संघको अध्यक्ष पदबाट राजिनामा दिने दोहोर्याउनु भयो । बस्नेतले पर्शुराम निर्दोष प्रमाणित भए पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र महासचिव ओम शर्माले पनि राजिनामा दिने हिम्मत राख्नु पर्ने चुनौति समेत दिनभयो ।
नेपालको गरिबी न्यूनीकरणमा एसियाली विकास बैंक प्रतिबद्ध
काठमाडौँ, ८ असार । एसियाली विकास बैंकको दक्षिण एसिया विभागका महानिर्देशक सुल्तान हाफिज रहमानले स्थायी शान्ति तथा स्थिरताका लागि नेपालको गरिबी न्यूनीकरण र विकासमा महत्वपूर्ण सहयोग पु¥याउन नेपाल सरकार र सरोकारवालासँग निकट रहेर काम गर्न बैंक पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपालको तीन दिने औपचारिक भ्रमणका क्रममा रहमानले अन्तिम दिन आज बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा हालैका विकासहरूलाई बैंकले प्रत्यक्षरूपमा हेरिरहेको उल्लेख गर्दै चुनौतीपूर्ण तथा जटिल राजनीतिक सङ्क्रमणमा गुज्रिरहेको नेपालको अवस्थाबारे बैंकलाई अवगत भएको बताउनुभयो ।
‘शान्ति र संविधान लेखन प्रक्रियालाई अगाडि बढाउँदा मुलुकको रणनीतिक विकास लक्ष्यहरूमा केन्द्रित रहनु सरकारका लागि महत्वपूर्ण हुनेछ’– उहाँले भन्नुभयो । सन् २००३ देखि २००६ सम्म नेपालस्थित बैंकको आवासीय प्रतिनिधि रहनुभएका रहमानले मेलम्ची खानेपानी आपूर्ति परियोजनामा सुधार भएको तर सो परियोजनाको कार्यान्वयनलाई अझ तीव्रता दिनुपर्ने र नजिकबाट सुरक्षा र वातावरणीय मुद्दालाई अनुगमन गर्नुपर्ने खाँचो औँल्याउनुभयो । भ्रमणका क्रममा उहाँँले प्रधानमन्त्री झलनाथ खनालसहित उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारी, शिक्षामन्त्री गङ्गालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, मुख्य सचिव र अर्थमन्त्रालयका सचिवसँग पनि भेट गर्नुभएको थियो ।
प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष दाहालबीच छलफल
काठमाडौँ, ८ असार । आगामी आर्थिक वर्षको बजेटका बारेमा प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा व्यवस्थापिका–संसदमा सरकारले प्र्रस्तुत गर्न लागेको पूर्व बजेट, सरकारको नीति तथा कार्यक्रम र शान्ति प्रक्रियाको गत्यावरोधका बारेमा छलफल भएको बताइएको छ ।
छलफलमा सरकारले ल्याउन लागेको पूर्व बजेट, नीति तथा कार्यक्रम र शान्ति प्रक्रियामा देखिएको गतिरोधलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री खनाल र अध्यक्ष दाहालबीच छलफल भएको छलफलमा सहभागी एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले व्यवस्थापिका–संसदमा सरकारका तर्फबाट अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गर्न लाग्नुभएको पूर्व बजेटलाई प्रतिपक्षी दल नेपाली काँगे्रसलगायत मधेसवादी दल र अन्य सबै राजनीतिक दलको सहमतिमा ल्याउनुपर्नेमा जोेड दिइएको बताउनुभयो ।
छलफलमा प्रधानमन्त्री खनाल र उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी तथा एनेकपा माओवादीका अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठको सहभागिता रहेको थियो । व्यवस्थापिका–संसदमा आजदेखि सरकारले ल्याउन लागेको पूर्व बजेटका विषयमा छलफल सुरु भएको छ ।
रुकुममा झाडापखालाबाट दुईको मृत्यु, ५ बिरामी
रुकुम, ८ असार । रुकुममा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । जिल्लाको झुला गाविस वडा नम्बर ५ निवासी ६६ वर्षीया नैने कामी र ५ वर्षीया बालिका भरी केसीको मृत्यु भएको हो । झाडापखालाबाट बिरामी परेका दुवैको घरमै उपचार गर्दागर्दै मृत्यु भएको स्थानीयवासी कपिल विकले जानकारी दिए । झुलामा अन्य पाँच जना झाडापखालाबाट बिरामी परेका छन् । योसँगै यस वर्ष झाडापखालाबाट पाँच जनाको ज्यान गइसकेको छ । जिल्ला अस्पताल सल्ले रुकुमले भने सोबारेमा आफूलाई केही जानकारी नआएको बताएको छ ।
यता पुर्बी चितवनको चैनपुर १ र २ को सिमलघारीमा ४ दिनअघिदेखि फैलीएको झाडा पखालाका कारण ७१ जना बिरामी परेका छन् । बिरामी मध्ये ५४ जनाको चितवनका बिभिन्न अस्पतालमा उपचार गरिएको र १७ जनाको अहीले सिमलघारी स्थीत एक घरमा पाल टा“गेर उपचार गराईरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनबाट डाक्टर प्रज्वल पौडेलको नेतृत्वमा १० जनाको टोलीले गा“उमै गएर उपचार थालेको हो । बिरामी भएकाहरुको अबस्था सामान्य रहेको जनस्वास्थ कार्यलय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक रामकेसीले जानकारी दिए ।
प्रधानमन्त्रीबाट जनगणना शताब्दी स्तम्भ अनावरण
काठमाडौँ, ८ असार । प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय जनगणनाले मुलुकको सामाजिक, धार्मिक संरचना र आर्थिक स्थितिका साथै विविधतापूर्ण तथ्यलाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । एघारौँ राष्ट्रिय जनगणना दिवस एवम् जनगणना शताब्दी स्तम्भ अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले जनगणनाबाट मुलुक कसरी विकसित भइरहेको छ, कसरी बदलिँदो छ भन्ने तुलना गर्न महत्वपूर्ण मार्गदर्शन गर्ने बताउनुभयो ।
जनगणना आपैmँमा महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री खनालले जनगणनाबाटै १०० वर्ष अघिको नेपाल र अहिलेको नेपालको तुलना गरी हामी कस्तो दिशामा अघि बढ्नसक्छौँ भन्ने कुराको आङ्कल गर्न आधार प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले विगत १०० वर्षको अवधिमा नेपालको जनसङ्ख्यामा व्यापक परिवर्तन भएको उल्लेख गर्दै पहिलोपटक विसं १९६८ मा जनगणना गर्दा ५६ लाखको हाराहारीमा रहेको जनसङ्ख्या १०० वर्षपछि पाँच गुणाले वृद्धि भई हाल दुई करोड ८५ लाख पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
व्यवसायीको झगडाले जोरपाटी–सुन्दरीजल सडक अवरुद्ध
सुन्दरीजल, ८ असार । दुईवटा यातायात व्यवसायी संस्थाबीच झगडा हुँदा जोरपाटी–सुन्दरीजल सडक अवरुद्ध भएको छ । आज बिहानै गोकर्णको हनुमानचोकमा सुन्दरीजल चल्ने सिटी यातायात व्यवसायी सेवा समिति र काठमाडौँको पूर्वोत्तर क्षेत्रमा चल्ने सेतो माइक्रोको भ्याली यातायात व्यवसायीबीचका मजदूरबीच झडप भएको थियो । हिजो बेलुका सिटी यातायातको बा २ ख ४८०४ नम्बरको मिनीबसका चालक पवन हुमागाइँको नेतृत्वमा आएका मजदुरले भ्याली यातायातको बा १ ज ८१०५ नम्बरको माइक्रोका चालक सन्चराम तामाङलाई कुटपिट गरेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।
आक्रमणमा उत्रिएका सिटी यातायातका मजदूरले मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार गरेकाले चालक हुमागाइँ, पूर्व सहचालक तामाङलाई पक्राउ गरिएको छ । यस सम्बनधमा सिटी यातायातका अध्यक्ष कल्याण कार्कीसित पटकपटक प्रतिक्रिया लिन खोज्दा पनि उहाँ सम्पर्कमा आउन चाहनुभएन ।
सेनाले बेनी जोमसोम सडकमा बेलिब्रिज बनायो
म्याग्दी (बाबियाचौर), ८ असार । नेपाली सेनाले बेनी–जोमसोम सडकका चार खोलामा नयाँ बेलिब्रिज बनाएको छ । पुल निर्माणसँगै एक दशकअघि सुरु भएको सडक निर्माण कार्य पनि सकिएको सेनाले जनाएको छ । बेग खोलामा २१ मिटर, मुस्ताङको लेते र बोक्सी खोलामा ३६ मिटर, टुक्चे खोलामा ४२ मिटर लम्बाइका बेलिब्रिज निर्माण भई मङ्गलबारदेखि सञ्चालनमा आएका हुन् । सेनाको बेनी–जोमसोम सडक कार्यदलका अनुसार प्रतिमिटर बेलिब्रिज निर्माण गर्न रु तीन लाख खर्च भएको छ । अन्य पुलको तुलनामा सस्तो, छिटो र टिकाउन हुने भएकाले यो सडकमा बेलिब्रिज उपयुक्त भएको नेपाली सेनाका बेलिब्रिज विशेषज्ञ मणिराज पाण्डेले बताउनुभयो । बेनीदेखि जोमसोमसम्म ७६ किलोमिटर सडकमा पर्ने सबै खोलामा बेलिब्रिज निर्माण भएपछि यात्रुहरुलाई वर्षायाममा गाडी परिवर्तन गरेर आवतजावत गर्नुपर्ने समस्या हटेको छ ।
एक नेपाली भारतिय एसएसबीद्धारा पक्राऊ
भारतीय सीमा सुरक्षा बल एसएसबीले चरेश सहित आज एक नेपालीलाई सिमावर्ती बजार रुपईडिहा बजारबाट पक्राउ गरेको छ । एसएसविले दाङ घोराहीकी ३८ बर्षिय कमला रोकालाई आज बिहान ९ बजे पक्राउ गरेको हो । रिक्सामा चरेस लैजाने क्रममा चेकजाँच गर्दा २ किलो ५० चरेश सहित एसएसबिले रोकालाई रुपइडिहाबाट पक्राउ गरेको हो । करिव पाँच दिन अघि पनि एसएसबीले दाङकै एक जना महिलालाई २ किलो चरेस सहित पक्राउ गरेको थियो ।
उता बिष्फोटक पदार्थ सहित एकजना किशोर झापाको काँकरभिट्टाबाट फक्राउ परेका छन् । झापाको सुरङ्गा–५ का १४ बर्षिय पवन राईलाई भंसार सुरक्षा बेश क्याम्प काँकरभिट्टाले दिउसो साढे १ बजे पक्राउ गरेको हो । भारतबाट नेपाल आँउदै गरेका राईलाई मेची भंसार कार्यालय काँकरभिट्टाको ढाटमा चेक गर्ने क्रममा ओ आर आई सिए नामको बिष्फोटक एउटा ,एउटा डेटोनेटर र त्यसमा प्रयोग हुने चार क्वाएल तार सहित पक्राउ गरिएको सिमा सुरक्षा बेस काकभिट्टाले जनाएको छ ।
आर्थिक समाचार
कच्चापदार्थको अभावले जनकपुर चुरोट कारखाना बन्द
जनकपुरधाम, ८ असार । जनकपुर चुरोट कारखानमा चुरोट उत्पादन बन्द भएको छ । कारखानामा सूर्ती तथा अन्य कच्चापदार्थ नभएकाले चुरोट उत्पादन बन्द भएको हो । चुरोट उत्पादन बन्द भएपछि कारखानामा कार्यरत ९०० भन्दा अधिक मजदुर र कर्मचारीको भविष्य अन्योलमा परेको छ । दैनिक एक करोड खिल्ली चुरोट उत्पादन गर्ने क्षमता भएको कारखानामा व्यवस्थापनपक्षले कच्चापदार्थ उपलब्ध गराउन नसकेपछि कारखानालाई दैनिक रु ६१ लाखभन्दा अधिक घाटा भइरहेको छ ।
कारखानाका कर्मचारीका अनुसार महाप्रबन्धक श्यामकुमार महतो कारखानामा नभएको महिनौ भइसकेको तथा कारखानाको जग्गा बेचेर प्राप्त भएको रु ४२ करोडमध्ये रु ३० करोड हिनामिना गरेको कारण पनि कारखाना धराशायी भएको हो । विगतमा सरकारले सो कारखानाबाट वार्षिक करोडौँ रकम राजस्वका रुपमा पाउने गरेकोमा सरकार परिवर्तनलगत्तै कारखानाका महाप्रबन्धक तथा सञ्चालक समितिका अध्यक्ष परिवर्तन गरिने कारण हाल कारखानमाथि रु एक अर्ब ऋण रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय समाचार
बहराइनमा ८ प्रदर्शनकारीलाई जन्मकैदको सजाय
बहराइनको बिषेश अदालतले सरकारबिरुद्ध आन्दोलन जारी राखेका प्रदर्शनकारी मध्ये ८ शिया आन्दोलनकारीलाई जन्मकैदको सजाय सजाय स’नाएको छ । उनीहरुलाई देशद्रोही ठहर्याउदै जन्मकैदको सजाय स’नाइएको बहराइनको राष्टय समाचार एजेन्सी बिएनएलाई उदृत गर्दै बीबीसीले जनाएको छ । दोषी ठहर गरिएका अन्य १३ जनालाई २ देखि १५ बर्षसम्मको कैद सजाय स’नाइएको बताइएको छ । बिशेष अदालतले सजायको फैसला गरेलगत्तै प्रदर्शनकारीहरुले बहराईनका ठाउँ ठाउँमा चक्काजाम गरेका थिए । बहराईनमा बह’ंसंख्यक साम’दाय शिया भएपनि स’न्नी साम’दायले शासन गरीरहेका छन् । शिया साम’दायले स’न्नी साम’दायको सरकार बिरुद्ध आन्दोलन जारी राखेको छ । जारी आन्दोलनमा ३० जनाको मृत्य’ भइसकेको छ भने सर्यौ प्रदर्शकारी हिरासतमा छन् ।
खेल समाचार
शहिद स्मारक फुटबल ए डिभिजन
काठमाण्डौँ, ०७ असार । सहिद स्मारक ए डिभीजन लिग अन्र्तगत आजको पहिलो खेलमा उपाधी दाबेदारीताको शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबले प्रभावशाली जित दर्ता गराएको छ । पहिलो स्थानमा रहेको पुलिसले मच्छिन्द्र क्लवलाई ४—० को फरालिो अन्तरले पाखा लगाएको हो । फराकिलो जित निकाल्न पुलिसका लागि रमेश कटुवाल, प्रदिप बानिया, जुमानु राई र रबिन श्रेष्ठले एक एक गोल गरेका थिए ।
आज नै सम्पन्न दोस्रो खेलमा हिमालयन शेर्पाले पनि गतिलो जित निकालेको छ । हल्चाके मैदानमै भएको खेलमा शेर्पाले बिग्रेड व्वाईजलाई ५—० को भारी अन्तरले हराएको हो । हिमालयनको जितमा दिपक राई र पुकार गहतराज २—२ गोल गरेका थिए भने अर्काे एक गोल सामुएल सुबिरुको नाममा रह्यो ।
No comments:
Post a Comment