बजेटको प्राथमिकतामा आफ्ना माग सम्बोधन नभए बजेटमा असहयोग गर्ने काँग्रेसको निणर्य
काठमाण्डौँ, ११ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदमा प्रीबजेट छलफलका लािग सरकारले पेश गरेको आगमी बजेटको सिद्धान्त र प्राथमिकताप्रति गम्भीर असहमति जनाउदै आफ्ना सुझाबहरुलाई गम्भीरतापुर्वक नलिए बजेट प्रस्तुतीमा असहयोग गर्ने निर्णय गरेको छ ।
काँग्रेस संसदीय दलको आज बसको बैठकले सरकारले पेश गरेको आगमी बजेटको सिद्धान्त र प्राथमिकता शान्ति प्रक्रिया टुग्यागाउने र नयाँ संविधान निर्माण गर्ने ठोस प्रतिवद्धता तथा योजना नभएको आरोप लगाएको छ । यस्तै सरकारको प्रस्ताब जेष्ठ १४ मा प्रमुख तीन दलबीच भएको ५ बुँदे सहमति कार्यान्वयन गर्ने दिशातर्फ उन्मुख नरहेको समेत काँग्रेसको दावी छ ।
आगमी बजेटको सिद्धान्त र प्राथमिकताको दस्तावेज न कुनै सिद्धान्तमा आधारित छ, न कुनै प्राथमिकता नै तोक्न सकेको छ, संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशीद्धारा जारी विज्ञप्तिमा भनिएको छ—अर्थतन्त्र अत्यन्त कमजोर रहेको अवस्थाप्रति सरकार संवेदनहीन रहेको थप प्रमाण हो यो ।
बैठकले विगतमा नेपाली काँग्रेस नेतृत्वमा रहेको सरकारका नीतिका धारणाबाट सृजना भएको आधुनिक अर्थतन्त्रको आधार समाप्त पार्ने दिशामा बजेटको सिद्धान्त उद्धत रहेको पनि ठहर गरेको विज्ञप्तिमा जनाएको छ । यस्तै बजेटको प्राथमिकतामा लगानीको अनुकुल वातावरण निर्माण, विदेशी मुद्रा संचिति र शोधानान्तर स्थीति सुधार, निर्यात व्यापार बढाउने, पँुजी पलायन रोक्ने, समयानुकुलको औद्योगीक सुरक्षा, गरिवी निवारणका लागि कृषि उत्पादन बृद्धि लगायतमा मौन रहेको काँग्रेसले ठहर गरेको छ ।
शान्ति सुव्यवस्था कायम गर्ने, लगानी मैत्री वातावरण सृर्जना गर्ने, सुमधुर औद्योगिक सम्वन्ध कायम गर्ने, व्यक्तिगत सम्पतिको सुरक्षाको ग्यारेन्टी गर्ने जस्ता विषयमा बजेटको सिद्धान्तमा प्राथमिकता दिन नसकेको काँग्रेसले जनाएको छ । यस्तै गरिवसंग विशेश्वर, महीला जागृती, यूवा स्वरोजगार जस्ता काँग्रेस सरकारको पालाका सफल कार्यक्रमलाई निरन्तरता दिनु पर्ने काँग्रेसको माग छ । आगमी बजेटमा काँग्रेसले दिएको सुझावहरु गम्भीरता पूर्वक ग्रहण नगरे बजेट प्रस्तुत गर्दा काँग्रेसको सहयोग नरहने चेतावनी समेत काँग्रेस दिएको छ ।
आगामी बजेट मुलुकमा शान्ति प्रकृया निष्कर्षमा पु¥याउने र नेपाली जनताका आवश्यकता र प्राथमिकताको ठिक पहिचान गरी सोको पूर्तिका लागि केन्द्रीत हुनुपर्ने माग काग्रेसको छ ।
यसैवीच काँग्रेसले बजेट प्रस्तुत गर्नु अगावै प्रधानमन्त्री झलनाथ खनाललाई राजीनामा दिन पुनः आग्रह गरेको छ । काँग्रेस केन्द्रीय समितिको आजको बैठकले तीन दलवीच भएको पाँच बुँदे सहमति अनुसार प्रधानमन्त्री खानालले राजीनामा दिनुपर्ने बैठकपछि काँग्रेस महामन्त्री प्रकाशमान सिंहले बताउनु भयो । तीनदलवीचको पाँच बुँदे सहमति कार्यान्वयन तत्काल गर्नुपर्ने काँग्रेसको ठहर छ । राािष्टय सहमतिको सरकार गठनपछि मात्र बजेट ल्याएको भए उपयुक्त हुने बताउदै आगमी बजेटमा सबैदलको नीति तथा कार्यक्रम अनुरुपको योजना समेटिनुपर्ने काँग्रेसले माग गरेको छ ।
अध्यक्ष प्रचण्ड पक्षका कार्यकर्ताको भेला
काठमाण्डौँ, ११ असार । तत्कालिक सहमतिको विषय खोज्न भन्दै तिन दिनका लागी केन्दीय कमिटी बैठक स्थगित गरेर बसेको माओवादीका नेताहरुले गुटगत भेलालाइ भने निरन्तरता दिएका छन् । माओावादी केन्द्रीय कमिटी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष मोहन बैद्य र अर्का उपाध्यक्ष बाबुराम भट्टराइ पक्षधर बिच तत्कालिक सहिमतीको विषय खोज्न भन्दै स्थगित भएको थियो ।
यसैबिच आज राजधानीको ग्रैहिगाउँमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका कार्यकर्ताको गोप्य भेला गरेका छन् । भेलामा संस्थापन पक्षलाई बलियो बनाउने र पार्टी भित्रको अन्तर बिरोधलाई साम्य पार्ने बारेमा प्रचन्ड निकट बर्षमान पुन लगायतका नेतााहरुले प्रशिक्षण दिएका थिए । भेलामा संस्थापन पक्षिय अखिल नेपाल जनसांस्कृतिक मञ्च, कलाकार मञ्च, चलचित्रकर्मी, लेखक लगायतको उपस्थीती रहेको थियो ।
भेलापछि संचारकर्मीलाइ संक्षिप्त प्रतिक्रिया दिदै माओवादी सचिव पोष्टबहादुर बोगटीले पार्टीलाई एकताबद्ध बनाएर लैजान भेला गरिएको दावी गर्नुभयो । केन्द्रिय कमिटी बैठकमा पार्टीले नयाँ जीवन पाउने प्रस्ताव प्रस्तुत भईसकेकाले त्यसलाई संस्थागत गरी पार्टीलाई मजबुत र एकताबद्ध बनाएर लाने विषयमा भेलामा छलफल भएको उहाँले जानकारी दिनुभयो । माओवादीभित्र भावी कार्यदिशाका विषयमा गमिभर छलफल भईरहे पनि त्यो पार्टी विभाजनको कारक नबन्ने ठोकुवा गर्दे सचिव बोगटीले अबको तीन दिनभित्रमा हुने बहसहरुले माओवादीलाई नयाँ चरणमा प्रवेश गराउने दावी गर्नुभयो ।
उपाध्यक्षद्धय मोहन बैद्य किरण र डा. बाबुराम भट्टराई पक्षले आफु निकटका नेता–कार्यकर्ताहरुको छुट्टाछुट्टै भेला गर्न थालेपछि संस्थापन पक्षले पनि गोप्य भेलालाई निरन्तरता दिएको हो । पालुङटार विस्तारित बैठक देखिनै तीन चिरा परेको माओवादीमा जिल्ला–जिल्ला र भातृसंगठनका कार्यकर्ताहरुमा समेत विभाजन आएको छ । यसअघि पर्सा, कास्की, बाग्लुङ, बाँके, दाङ, हुम्ला, चितवन, रुकुम, सर्लाही लगायतका जिल्लाहरुमा समेत कार्यकर्ता तहमै फरक–फरक भेला भइसकेका छन् । माओवादी केन्द्रिय नेताहरु नै आ–आफ्ना गुटका नेता–कार्यकर्तालाई प्रशिक्षण दिदै हिँडेपछि माओवादी विभाजनको मार्गमा लम्केको राजनीतिक विश्लेषणहरु गरिएका छन् ।
पहिला सहमति निमार्ण गर्नुहोस् अनि राजिनामा दिन्छु ः प्रधानमन्त्री खनाल
काठमाण्डौँ, ११ असार । प्रधानमन्त्री झलनाथ खनालले छिटो भन्दा छिटो राष्ट्रिय सहमती जुटाउन क्रियाशिल बन्न दलहरुसँग पुन आग्रह गर्नुभएको छ । दलहरुबीच सहमती बने आफू तत्काल राजिनामा दिन तयार रहेको भन्दै प्रधानमन्त्री खनालले सहमती विना भदौ १४ मा पनि संविधानको एकिकृत मस्यौदा नआउने भएकाले सहमती अपरिहार्य रहेकोमा जोड दिनुभयो । राजधानीमा आज आयोजित हिमालय सिमापार ब्यापार सङघको साधारण सभामा बोल्दै प्रधानमन्त्री खनालले मुलुकमा शान्ति र अमनचयनको वातावरण बन्दै गए स्वतः आर्थिक बृद्धीतर्फ देश लम्कने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री खनालले संविधानसभाको थप गरिएको अवधिको बाँकी समय देशको भविष्य लेख्नका लागि महत्वपूर्ण भएकाले यस अवधिको हरेक क्षण सदुपयोग गरेर जानुपर्ने बताउनुभयो । शान्ति र संविधानका बाँकी कार्यभार पुरा गर्न नसकेमा मुलुकमा दुर्भाग्य र विपत्ति हुने उहाँको भनाइ थियो । खनालले तीन दलका शीर्ष नेताबीच शान्ति र संविधानका टुङ्गो लगाउन बाँकी विषयमा घनीभूतरुपमा वार्ता चलिरहेको जनाउँदै केही दिनभित्र समाधान निकाल्नुको विकल्प नभएको बताउनुभयो ।
अधिकभन्दा अधिक चिनियाँ लगानी भित्र्याउन तथा नेपाली उत्पादनलाई चिनियाँ बजारमा पु¥याउन सरकारीस्तरमा हुनुपर्ने कामबारे स्पष्ट खाका सरकार समक्षप्रस्तुत गर्न उहाँले उद्यमी–व्यवसायीहरूसँग आग्रह गर्नुभयो । ‘देशको अर्थतन्त्रलाई अघि बढाउन तथा उत्पादन वृद्धि गर्न नीतिगत परिवर्तनका लागि सरकार दृढ छ, नेपाल–चीन व्यापार विस्तारका निम्ति बाधक बनेका कानुनी प्रावधान हटाउन र नयाँ ऐन तर्जुमा गर्न सरकार तयार छ’, प्रधानमन्त्री खनालले भत्रुभयो ।
कार्यक्रममा सुचना तथा सन्चारमन्त्री अग्नीप्रसाद सोपकोटाले राष्ट्रिय सहमती नजुटी प्रधानमन्त्तीले राजिनामा नदिने दावी गर्नुभयो । गत जेठ १४ गते राती भएको पाँच बुँदै सहमतीमा नै राष्ट्रिय सहमतीपछि मात्र प्धानमनत्रीले राजिनामा दिने प्रस्ट उल्लेख गरिएको ब्याख्या गर्दे मन्त्री सापकोटाले सो सहमतकिो अपब्याख्या भईरहेको जिकिर गर्नुभयो । कठिनभन्दा कठिन चुनौतीलाई चिर्दै शान्ति र संविधानका निम्ति आफ्नो पार्टी एकीकृत नेकपा (माओवादी) ले साहसिक निर्णय गरेको उल्लेख गर्दै उहाँले शान्ति र संविधानका लागि सरकार कृतसङ्कल्प छ भत्रुभयो । सेना समयोजनका आधारभूत विषयमा सहमति जुटाउन घनिभूत छलफल भइरहेको उल्लेख गर्दै मन्त्री सापकोटाले दलहरू सहमति नजिक पुगेका बताउनुभयो ।
तीन महिनाभित्रै संविधानको पहिलो एकीकृत मस्यौदा आउँछः उपराष्ट्रपति
हेटौडा, ११ असार । उपराष्ट्रपति परमानन्द झाले संविधानसभाको पछिल्लो पटक थपिएको तीन महिन भित्रै संविधानको एकीकृत मस्यौदा आउने विश्वास व्यक्त गर्नुभएको छ । आज हेटौडामा आयोजित कार्यक्रममा उपराष्ट्रपति झाले पछिल्लो समयमा दलहरुवीच सहमतिको बातावरण बन्दै गएकोले थपिएकै समयमा संविधानको पहिलो एकीकृत मस्यौदा आउने दावी गर्नुभएको हो । उपराष्ट्रपति झाले भन्नुभयो –बजेटमा दलहरुवीच भएको समझदारीले सहमतिको सकारात्मक बातावरण बनाएको छ, मलाई विश्वास छ, थपिएको समयमा संविधानको एकीकृत मस्यौदा आउँछ ।
उहाँले शान्ति र संविधानकोलागी अहिले सकारात्मक बातावरण बनेको भन्दै दलहरुलाई दत्त चित्त भएर त्यसमा लाग्न आग्रह पनि गर्नुभयो । दलहरु नै मुलुकको भविष्य निर्धारण गर्ने असली खेलाडी भएको उल्लेख गर्दै उपराष्ट्रपति झाले राष्ट्रपति र उपराष्ट्रपतिले त केवल अभिभावकको भूमिका मात्रै निर्वाह गर्ने बताउनुभयो । उहाँले फ्रेन्च, अमेरिकी वा बेलायती कुन मोडलको शासन प्रणालीमा जाने भन्ने विषय दलहरुकै सहमतिको विषय भएको भन्दै दलहरुलाई छिटो सो विवादको हल खोज्न सुझाव दिनुभयो । संघीयता मुलुकको विकासको मुख्य कडि भएको दावी गर्दै उहाँले सबै पक्षलाई मिलाएर संघीयतामा जानु पर्ने धारणा राख्नुभयो ।
बल प्रयोगको चेतावनीपछि सडक सुचारु
राजविराज (सगरमाथा), ११ असार । चार जना सभासद्को निलम्बनविरुद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूलाई प्रहरीले बल प्रयोगको चेतावनी दिएपछि सप्तरीमा आज अपरान्हबाट चक्काजाम खुलाई जनजीवन सामान्य पापरिएको छ ।कल्याणपुरस्थित सडकमै पाल टाँगेर बसेका बन्दकर्ताले चक्काजाम फिर्ता लिएपछि अवरुद्ध यातायात सुचारु भएको हो । चक्काजामका कारण बिहान ७ बजेदेखि ११ बजेसम्म पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द हुँदा सयौँ सवारी साधन र यात्रुहरू अलपत्र परेका थिए ।
जिल्ला प्रहरी कार्यालयको अगुवाइमा ठूलो सङ्ख्यामा पुगेको प्रहरी टोलीले यातायात सुचारुका लागि गरेको आग्रह नमाने बल प्रयोग गर्ने चेतावनी दिएपछि आन्दोलनकारीहरूले बन्द फिर्ता लिएका स्थानीयवासी प्रमोद चालिसेले जानकारी दिनुभयो । यसअघि बिहान बन्द खुलाउन हिँडेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरको बा१च ५९५ नं.को भ्यानमा प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरी सिसा फुटाइदिएका थिए । छ दिनअघि व्यवस्थापिका–संसद्को बैठकमा नाराबाजी गरी अवरुद्ध गरेपछि दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवान, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरी, नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर र स्वतन्त्र सभासद् सदरुल मियाँ हकलाई सात दिनका लागि निलम्बन गरिएको थियो ।
प्रतिक्रान्तिको मतियार बनाउने गंभिर षडयन्त्र ः मन्त्री रायमाझी
काठमाडौ, ११ असार । भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारलाई संविधानसभाको विघठन र प्रतिक्रान्तिको मतियार बनाउने षडयन्त्र भईरहेको दावी गर्नुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले सहमति बन्न नदिएर बर्तमान सरकारलाई कायम राखेर शान्ति र संविधान निर्माणमा केही काम हुन नदिएर संविधान सभा विघठन र प्रतिक्रान्तिकोलागी आधार तय गर्ने षडयन्त्र भित्र भित्रै भईरहेको बताउनुभयो ।
उहाले भन्नुभयो –काग्रेस र एमाले सहित अन्य दलले सहमतिकोलागी चासो नदेखाउदा पनि त्यस्तो आशंका बढेको छ । उहाँले दलहरुवीच छिट्टै सहमति नबने त्यस्तो षडयन्त्र प्रमाणित हुने ठोकुवा समेत गर्नुभयो । राष्ट्रिय सहमतिको विकल्प नभएको उल्लेख गर्दै मन्त्री रायमाझीले सहमतिकोलागी दवाव दिन विद्रोहमा उत्रन सबैलाई आब्हान गरे । पाँच बुँदे सहमति तत्काल कार्यान्वयन गर्नु पर्ने दावी गर्दै उहाँले यो सरकारको आयू लम्ब्याएर केही नहुने भएकाले सरकारमा बस्नेले अब सहमतिकोलागी त्याग गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।
माओवादीभित्र चरम विवाद भएको स्विकार गर्दै माओवादी स्थायी कमिटिका सदस्य समेत रहेका मन्त्री रायमाझीले माओवादीभित्रको विवाद र बहसले मुलुकलाई नयाँ निकास दिने र सहमतिको धु्रविकरण निर्माण गर्ने विश्वास ब्यक्त गरे । उहाँले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको सर्वस्विकार्य उमेदवार बनाएर पछि सहमतिमा धोका दिने योजना भईरहेको आशंका गर्दै माओवादीले जति मेहनत गरे पनि अरु दलले सहमति बन्न नदिएर अन्यौलता उत्पन्न गरेको टिप्पणी गर्नुभयो ।
हिरासतमा महिलालाई यतना दिने क्रम घट्दो अवस्थामा
नेपालमा हिरासतमा रहेका १०.४ प्रतिशत महिला यतना पिडित रहेको एक तथ्याङकले देखाएको छ । एड्भोसी फोरम नेपालले सार्वजानिक गरेको यसबर्षको प्रतिबेदनले यस्तो देखाएको हो । यद्धपी हिरासतमा महिलालाई दिइने यतनाको क्रम घट्दो अवस्थामा रहेको सो तथ्याङकले देखाएको छ । सन् २००९ मा ३७.७ प्रतिशत महिलाले यतना पाउने गरेका थिए । २० जिल्लाका ६७ वटा हिरासतमा गरिएका अन’गमनमा १०.४ प्रतिशत महिलाले अफ’माथि यतना दिइने बताएको प्रतिबेदनमा उल्लेख गरिएको छ । हिरासतमा यतना पाउने महिलाहरुमा अधिकांश दलित र तराईका जनजाती महिला रहेको बताइएको छ । काठमाण्डौ जिल्लामा भने यतनाको दर २० प्रतिशत रहेको प्रतिबेदनले जनाएको छ ।
यसैबिच उपय’क्त कान’न नभएकाले हिरासतमा महिलामाथि यातना ह’ने गरेको सरोकारवालाहरुले बताएका छन् । राजधानीमा आज राष्ट्रिय महिला आयोग नेपाल र एड्भोकसी फोरमद्धारा आयोजित एक अन्तरक्रियामा बिभिन्न कारणबाट यातना दिनेलाई कारबाहीका लागि क’नै प्रकारको कान’न नबनिएकाले महिलाहरु यातना पिडित ह’ने गरेको बताएका ह’न् । कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रि खड्क बहाद’र बिश्वकर्माले सबैको सहयोग भए केहि महिनाभित्रै हिरासतमा महिला माथि ह’ने गरेका यताना बिरुद्धको ऐन बनाइने बिश्वास दिलाउन’भयो । मन्त्रि बिश्वकर्माले महिलालाई आर्थिक र राजनीतिक अधिकार सम्पन्न बनाइएमात्र महिलामाथि ह’ने गरेका यातनामा कम ह’ने धारणा राख्न’भयो ।
महिला आयोगकी अध्यक्ष नैनकला थापाले हिरासतमा मात्रै नभएर बिभिन्न ठाउँमा महिलालाई जवरजस्ती यतना दिने कार्य ह’ने गरेको उल्लेख गर्दै त्यस्ता यातना बिरुद्ध कान’न बन्न’पर्ने आवश्यकता औल्याउन’ भयो । एडभोकेसी फोरमकी अध्यक्ष मन्दिरा शर्माले अनावश्यक रुपमा हिरासतमा यतनामा पाउनेलाई क्षतीप’र्ति दिने ऐन भएपनि कार्यान्वयन ह’न नसकेको ग’नासो गनर्’भयो ।
बागमती नदीको सरसफाइ
काठमाडौँ, ११ असार । बागमती नदीको सरसफाइ अभियान आजबाट प्रारम्भ भएको छ । अभियानअन्तर्गत आज गोकर्णको उत्तरबाहिनीबाट करिब पाँच क्विन्टल फोहर सङ्कलन गरिएको हो । नेपाल नदी संरक्षण कोषले सो क्षेत्रमा नदी सरसफाइ अभियान थालेको हो । कोषका अध्यक्ष मेघ घलेले बागमती नदीमा प्रत्येक वर्ष बढ्दै गएको प्रदूषणले त्यस क्षेत्रको समाज र वातावरणलाई नराम्रो असर पर्दै गएकाले आफ्नो सस्थाले विगत ११ वर्षदेखि बागमती बचाआँै अभियान थालेको बताउनुभयो ।सो अवसरमा गोकर्णेश्वर युवा क्लब, स्थानीय युवा क्लब, आर्ट अफ लिभिङलगायतका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । नेपाल नदी संरक्षण कोषले आउँदो दुई महिनाभित्र उपत्यकाका महत्वपूर्ण मठमन्दिर र विभिन्न महत्व बोकेका १२ वटा घाटको सरसफाइ गर्ने योजना रहेको जानकारी पनि अध्यक्ष घलेले दिनुभयो ।
वर्षासँगै तरकारीको मूल्य बढ्यो
काठमाडाँै, ११ असार । स्थानीय उत्पादनमा कमी तथा वर्षाको मौसम सुरुवात भएपछि आपूर्तिमा कमी भई काठमाडौँ उपत्यकामा तरकारीको मूल्यमा वृद्वि भएको छ । राजधानीमा एकहप्ताअघिको तुलनामा अधिकांश तरकारीको थोकमूल्य बढेको छ । एक हप्ताअघि रु २०० पर्ने च्याउ हाल बढेर रु २३५ पुगेको छ ।
त्यसैगरी गोलभेँडा, आलु, प्याज, गाजर, बोडी, मटरकोसा, घिउसिमी, परबर, घिरौँला, झिँगुनी, भिन्डी, ब्रो काउली, रातो बन्दा, गान्टेमूलालगायतको पनि मूल्य बढेको कालीमाटी तथा फलफूल तरकारी बजार विकास समितिले जनाएको छ । थोकमूल्य प्रतिकेजी रु ८३ पर्ने ब्रो काउली बढेर रु १५० पुगेको छ । किलोको रु १७ पर्ने बोडी हाल रु २० पुगेको छ ।
किलोको रु १८ पर्ने प्याज बढेर रु २१ पुगेको छ भने प्रतिकेजी रु १४ पर्ने रातो आलु रु २० पुगेको कालीमाटी तथा फलफूल तरकारी बजार समितिको तथ्याङ्कमा उल्लेख छ । प्रतिकेजी रु १६ पर्ने घिरौँला हाल बढेर रु २१ पर्छ भने रु २६ पर्ने गान्टेमूला रु २९ पुगेको छ । प्रतिकेजी रु ३१ पर्ने गाजर बढेर रु ३५ मा विक्री भइरहेको छ । बन्दा, काउली, लाम्चोभन्टा, तीतेकरेला, चिचिण्डो, फर्सी न्युरोलगायत तरकारीको मूल्यमा भने कुनै परिवर्तन नभएको समितिले जनाएको छ ।
प्रायः तरकारीहरू गर्मी मौसममा उत्पादनमा कमी हुनुको साथै वर्षात् हुँदा कुहिने भएकाले यसको मूल्य बढेको समितिका बरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले बताउनुभयो । वर्षात्को समय भएकाले यसको असर तरकारीमा देखिने र मूल्य विस्तारै बढ्नसक्ने श्रेष्ठले बताउनुभयो । हाल कालीमाटी बजारमा दैनिक लगभग ६०० टन तरकारी भित्रिन्छ ।
आर्थिक समाचार
दाङका किसानहरू कम्पोष्ट मल बनाउँदै
दाङ, ११ असार । व्यावसायीकरूपमा तरकारीखेती गर्ने दाङका किसानहरू यतिबेला कृषि तालिमको सहायताले धमाधम कम्पोष्ट तथा प्राङ्गारिक मल बनाउन जुटेका छन् । परम्परागतरूपमा गर्र्दैआएको खेतीप्रणालीबाट अपेक्षित मुनाफा हात पार्न नसकेपछि जिल्लाका अधिकांश किसान कम्पोष्ट मल बनाई व्यावसायिक कृषितर्र्फ आकर्षित भएका हुन् । व्यावसायिक तरकारीखेती प्रणालीको सहायताले स्वरोजगार बन्दै गरेका दाङका मानपुर, ढिकपुर, डुरुवा, उरहरी गोल्टाकुरीलगायतका किसानले रासायनिक मलबाट उर्वराशक्ति घट्न थालेपछि कम्पोष्ट मल बनाउने कार्यलाई अगाडि बढाएको बताएका छन् । यता, नवलपरासीमा च्याउ उत्पादनबाट वार्षिक एक करोड बराबरको आन्दानी हुन गरको छ । च्याउ खेतीको व्यवसायमा नवलपरासीका करिब ३ सय किसानहरु प्रत्यक्ष सम्लग्न रहेका कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा च्याउ प्रतिकेजी १६० देखि २०० सय रुपैया सम्ममा बिक्रि हुने गरेको बताइएको छ ।
अन्तराष्ट्रिय समाचार
अफगानिस्तानको अस्पतालमा बम बिस्फोट
अफगानिस्तानको लोगर प्रान्तस्थित एक अस्पतालमा कार बम बिस्फोट हुदा दर्जनौको मृत्यु भएको छ । मृतकको यकिन तथ्याङक आइनसकेको भएपनि २० देखि ६० जनाको मृत्यु भएका हुन सक्ने अनुमान गरिएको बीबिसीले जनाएको छ । बिभिन्न निकायबाट मृतकको संख्या फरक फरक आएकाले यथार्थ बिवरण थाहा नभएको जनाइएको छ । लोगका अधिकारीले ४५ जनाको ज्यान गएको बताएको छ भने काबुलका अधिकारीहरुले २० देखि २५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । यद्धपी मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।
यता अफगानी सरकारलले सो आक्रमण तालिवानले गराएको आरोप लगाएपनि तालिवानले भने सो आरोपको खण्डन गरेको छ । तालिवानका एक प्रवक्ताले आफ्नो संगठनले सर्वसाधारणको ज्यान जानेगरी आक्रमण नगर्ने दाबी गरेको बीबिसीले उल्लेख गरेको छ । यसअघि हिजो साँझ कुण्डुज प्रान्तमा भएको बम आत्रमmणमा १० जनाको मृत्यु भएको थियो ।
यमनका घाइते राष्ट्रपति स्वदेश फर्किने
साना, ११ असार । यमनका घाइते राष्ट्रपति अलि अब्दुल्लाह सालेह चाँडै स्वादेश फर्किने तयारीमा रहेको यमनी अधिकारीले जनाएका छन् । गत महिना त्यहाँ आन्दोलनरत विभिन्न प्रतिपक्षीको आक्रमणमा परी घाइते भएका राष्ट्रपति सालेहले हाल साउदी अरेबियामा उपचार गराइरहनुभएको छ । यमनको सत्ताधारी पार्टीका एकजना अधिकारीले भने छातीमा चोट लागेका राष्ट्रपति सालेहको साउदी अरेबियाको राजधानी रियादको एक सैनिक अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था अहिले ठिक रहेको तथा छातीमा लागेको घाउ पनि निको भएकोले उहाँ केही दिनमै स्वदेश फर्किंदै हुनुहुन्छ उनले भने । बिगत करिब पाँच महिनादेखि यमनी नागरिकहरुले सालेहको सत्ताच्युतका साथै सरकारमा व्यापक परिवर्तनको माग राख्दै आन्दोलन जारी नै राखेका छन् । यमनमा जारी आन्दोलनका क्रममा सयौं नागरिकको ज्यान गइसकेको छ ।
No comments:
Post a Comment