Sunday, June 26, 2011

असार १२ गते २०६८

सरकारका नीति कार्यक्रम असार १९ गते
Government logo of Nepal

काठमाण्डौँ, १२ असार । सरकारले आगामी १९ गते विहिबार सदनमा सरकारका नीति तथा कार्यक्रम पेशगर्ने भएको छ । सभामुख सुभासचन्द्र नेम्वाङले यही असार १९ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने पक्का भएको जानकारी दिनुभयो । 

संविधान सभाभवन नयाँ बानेश्वरमा आज पत्रकारहरुसंग कुरागर्दै सभामुख नेम्वाङ्गले आर्थिक वर्ष २०६८÷६९को बजेट असार ३० गते पेश हुने पनि उल्लेख गर्नुभयो ।  सवै दलसंगको छलफल र सहमतिमा प्री–बजेट छलफल सम्भव भएको उल्लेख गर्दै अध्यक्ष नेम्वाङले यही असार १३ गतेसम्म प्री–बजेटमाथिको छलफल तय गरिएकोमा एक दिन थप गरी १४ गतेसम्म छलफललाइ निरन्तरता दिन लागिएको जानकारी गराउनुभयो । 

प्री–बजेट तयारीका लागि विनियोजित विधेयकका सिद्धान्त, छलफलका निश्कर्ष र सुझावसहित पूर्ण बजेट आउने र यसका लागि सुझाव सङ्कलनार्थ अर्थमन्त्रालयबाट सचिव सहतिको एक टोली सदनमा खटिइ सकेको नेम्वाङले उल्लेख गर्नुभयो ।  

बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल  

काठमाण्डौ, असार १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कागे्रसले सरकारले संसदमा पेश गरेको बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता दिशाहिन भएको आरोप लगाएको छ । उत्पादनमुखी भन्दापनि उपभोगमूखी बजेट ल्याउने छनक मिलेको भन्दै कागे्रसले उपभोगमा नभइ उत्पादन र पूजी निर्माणको बजेट ल्याउन सरकारलाइ सुझाव दिएको छ । बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतावारे व्यबस्थापिका संसदमा दोस्रो दिनको छलफलमा भागलिदै कागे्रस नेता एवं पूर्ब–अर्थमन्त्री डा रामशरण महतले सरकारले संसदमा पेश गरेको बजेटका प्राथमिकताले मुलुकको आर्थिक समस्या संवोधन गर्न नसक्ने आरोप लगाउनु भएको हो । 

उर्जा संकट, भुक्तानी सन्तुलन घाटा, खाद्यान्न आयात, मूल्यबृद्धि, लगानियको वाताबरण नभएपनि यसलाइ संवोधन गर्नेवारे बजेटका सिद्धान्तमा नपाइएको महतको आरोप थियो । कागे्रसले सरकार छाड्दा साढे ५ प्रतिसतको आर्थिक बृद्धिदर रहेपनि सरकार छाडेको तीन बर्ष २७ महिना देखी भुक्तानी सन्तुलन निरन्तर घाटामा गएको तथा तीनबर्ष अघि नौ सयको विन्दुमा पुगेको शेयर बजारमा नेप्से ३ सय ५० मा झरेको स्मरणगर्दै महतले यस्तो आर्थिक भयाभहलाइ संवोधन गर्ने कार्यक्रम नआएको भन्दे आलोचना गर्नुभयो । 

महतले अर्थतन्त्रमा ८५ प्रतिसतमा रहेको निजि क्षेत्र र १ प्रतिसत योगदान गरेको सहकारीलाइ समान आखाले हेरेको आरोप लगाउनुभयो । सरकारी क्षेत्रमा ठूला व्याङ्क भएपनि सरकारले उर्जा विकास बैंक स्थापना गर्नु आर्को संकट निम्ताउने काम भएको दावीगर्दै महतले सरकारले समेत शेयर लगानी गर्नेगरी निजि वैंक खोल्नु उचित हुने बताउनुभयो । महतले ठूला भौतिक पूर्वाधार विकास, काठमाण्डौ–तराइ फाष्ट–ट्र्याक, मध्यपहाडि राजमार्ग, अन्तराष्ट्रिय विमानस्थल लगायतमा लगानिगर्न सरकारलाइ सुझाव दिनुभयो ।  

छलफलमा एकीकृत नेकपा माओवादीका नन्दकुमार प्रसाईले कृषिमा उत्पादन बढाउन बजेटमा कृषकलाइ रासायनिक मलमा अनुदानको व्यबस्थागर्न माग गर्नुभयो । उहाँले कृषिमा उत्पादकत्व बृद्धिगर्न स्वदेशमै रासायनिक मल कार्खाना खोल्नुपर्ने बताउनुभयो । 

नेकपा एमालेका भीम रावलले सुदुर पश्चिम र कर्णलीका पिछडिएका जनताकालागि विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो । उहाँले द्वन्दकालमा ध्वस्त भएका भौतिक पूर्वाधारको पुर्ननिर्माणलाइ बजेटको प्राथमिकतामा राख्न माग गर्नुभयो ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका डा तिलक रावलले प्रधानमन्त्रीले राजीनामा गर्ने सहमति भइसकेको र सरकारले नयाँ बजेट नल्याएको भए उचित हुने दावी गर्नुभयो । जर्जर अबस्थामा रहेको मुलुकको अर्थतन्त्रलाइ उकास्न पहिला राजनीतिक बिषयमा समाधान गर्नुपर्ने स्मरणगर्दैै उहाँले राष्ट्रिय सहमतिको सरकारले मात्र नयाँ कार्यक्रम सहितको बजेट ल्याउनुपर्ने बताउनुभयो । सम्पूर्ण निर्यात व्यापारवाट आर्जित रकम पेट्रोलियम पदार्थको आयातमा खर्च भएको अबस्थामा निर्यात बद्धितर्फ सरकारले केहि नगरेको आरोप लगाउनुभयो ।

तराइ मधेश लोकतान्त्रिक पार्टीका हृदयश त्रिपाठीले मधेश विरोधी सिद्धान्त र प्राथमिकता साथ आउने बजेट पारितगर्न नदिने चेताबनी दिनुभयो । उहाँले वर्तमान सरकार मधेशप्रति अनुदार रहेको जीकिरगर्दै सरकारले कृषि सामाग्रीमा हदभन्दा बढि व्याजदर लिएर किसानलाइ अन्याय गरेको आरोप लगाउनुभयो । बजेटका सिद्धान्त वितरणमूखी र बहुमुखी बजेटको तयारी स्वरुप आएको आरोप लगाउदै उहाँले भागवण्डाको भरमा आउने बजेटले देशलाइ भलाइ नगर्ने जीकिर गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले जनतालाइ प्रतक्ष राहत दिने खालका कार्यक्रम ल्याउन स’झाव दिनुभयो । व्यबस्थापिका संसदमा शुक्रवार देखी सुरु भएको प्रिबजेट छलफल भोली सकिने भनिएपनि ेछलफल एक दिन लम्बिएर मंगलवार मात्र सकिदै छ । 

माओवादीको अन्तरसंघर्षको संविधान निमार्णमा असर पदैन ः प्रचण्ड

काठमाण्डौँ, १२ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी भित्रको अन्तरसंघर्षले शान्ति र संविधान निमार्णमा कुनै असर नपर्ने बताउनु भएको छ । एमाले र काँग्रेसका नेताहरु सँग आज बिहान भएको भेटवार्तामा अध्यक्ष दाहालले माओवादीको शान्ति र संविधान प्रतिको विश्वासमा शंका नगर्न आग्रह गर्नुभएको हो । 

काँग्रेस उपसभापति रामचन्द्र पौडेलको बोहोराटार स्थीत निवासमा आज बिहान एमाले र काँग्रेसका नेताहरु सँग भएको भेटमा अध्यक्ष दाहालले माओवादीको पछिल्लो केन्द्रीय कमिटी बैठकमा पेश भएका प्रतिवेदन र शान्ति प्रक्रियाका सम्बन्धमा उठिरहेको प्रश्नबारे जानकारी गराउनु भएको थियो । 

भेटपछि अध्यक्ष दाहालले सेना समायोजन र अबरुद्ध बन्न पुगेको शान्ति प्रक्रियाका बिषयमा छलफल भएको जानकारी दिनुभयो । उहालेँ पाँच बुदे सहमती कार्यान्वयनका बिषयमा भने कुनै छलफल नभएको भन्दै यस बिषमा टुगो लगाउन दलहरु बिच लामो छलफलको महसुस भएको उल्लेख गर्नुभयो । 

कग्रेश उपसभापति रामचन्द्र पौडेलले माओवादी नेताहरुको लडाकु समायोजनबारे आइरहेको फरक फरक प्रतिक्रिया र अध्यक्ष प्रचण्डको धर्मराहटले कतै शान्ति प्रक्रियामा असर त पर्दैन भन्ने विषमया छलफल भएको जानकारी दिनुभयो । भेटमा सबैधानिक समिती अन्तर्गतको बिबाद समाधान उपसमितीलाई भोली देखि नै सक्रिय बनाइने बिषयमा सहमति भएको थियो । 

छलफलमा माओबादीका तर्फ बाट अध्यक्ष प्रचण्ड, एमाले नेता माधब कुमार नेपाल र कग्रेशका तर्फ बाट उपसभापति पौडेल  सहभागी हुनुहन्थ्यो ।

नेम्वाङ्गले सहमतिका नाममा प्रतिवेदन अड्कार संविधान बनेन ः सचिव गजुरेल

काठमाडौ, १२ असार । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले समयमा संविधान निर्माण हुन नसक्नुको प्रमुख कारण संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ भएको दावी गर्नु भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा सचिव गजुरेलले विषयगत समितिले प्रतिवेदन तयार पारेपछि १३ महिना सम्म छलफलको लागी नपठाएर रोकेर राखेकोले संविधान नबनेको आरोप लगाउनु भएको हो । उहाँले संविधानसभा अध्यक्ष नेम्वाङले सहमति नभएको भन्दै तेह्र महिना प्रतिवेदन अडकाएर राख्दा प्रक्रिया अगाडि बढन नसकेर संविधान निर्माण नभएकोले त्यसको सम्पूर्ण जिम्मेवारी उनले नै लिनु पर्ने तर्क गर्नुभयो । 

नेम्वाङको गल्तीको सजाय सभासदको किरिया गर्ने जस्तो अपमानजनक ब्यवहार सहेर तिरेको भन्दै उनले  दल र सभासदहरुलाई संविधान नबन्नुको दोषी भन्न नमिल्ने जीकिर गर्नुभयो । ‘सभामुखको सोचाई नै गलत थियो, उहाँले भन्नुभयो– सहमति सहमति भन्नुनै गलत भयो ।’ सचिव गजुरेलले मन्त्री परिषदलाई समावेसी नबनाईए आफ्नो पार्टी संसदीय दलको नेता परिवर्तन हुन सक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो –१ सय ५९ सभासदले हस्ताक्षर गरेको प्रस्ताव कार्यान्वयन नभए संसदीय दलको नेता फेर्ने प्रश्न अगाडि आउँछ । अहिले सभासदहरुले अध्यक्षको विगतको निर्णय गलत थियो भनेर खुल्ला चुनौति दिनु भएको छ । अब हेरौ उहाँ कसरी यो टेष्टबाट पार हुुनु हुन्छ । 

कार्यक्रममा नेकपा एमालेका सचिव यूवराज ज्ञावलीले भने शान्ति प्रक्रिया, संविधान निर्माण र सरकार गठनको विषय सँगसँगै अगाडि बढ्नु पर्ने विषय भएको भन्दै कुनै अगाडि र कुनै पछि हुनै नसक्ने दावी गर्नुभयो । उहाँले शान्ति प्रक्रिया अगाडि नबढाएसम्म सरकार परिवर्तनको विषय पनि अगाडि बढ्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो –सरकार फेर्न शान्ति प्रक्रिया अगाडि बढाउनु पर्छ ।

भदौ १४ गतेभित्र शान्ति प्रक्रियाका मुख्य मुख्य काम, संविधानको मस्यौदा र सहमतिको सरकार निर्माण सम्भव रहेको भन्दै माओवादी भित्र बढेको अन्र्तद्धन्द्धले शान्ति प्रक्रियालाई अल्मल्याएको उहाँको भनाइ थियो । नेपाली काग्रेसका नेता दिप कुमार उपाध्यायले समायोजनको मोडालिटि र संख्याको विषयमा माओवादीले पार्टीभित्र सैद्धान्तिक निर्णय गरे माओवादीकै नेतृत्वमा पनि काग्रेस सरकारमा जान तयार रहेको बताएउनुभयो । उहाँले भन्नुभयोे–माओवादीले सैद्धान्तिक रुपमा निर्णय गरेको अवस्थामा पनि काग्रेस माओवादीको नेतृत्वको बाधक बन्दैन । हामि माओवादीको नेतृत्वमा सरकारमा जान्छौ । 

सुनसरीका दर्जनौ गाबिस डुवानको जोखिममा

सुनसरी, १२ असार । पानीका बहाव बढे पछि सुनसरी स्थित कोशी ब्यारेजका १३ ढोका खोलिएको छ । पानीको बहाव यस बर्षकै सबै भन्दा उच्च भए पछि सम्भाबित डुवानलाई मध्यनजर गर्दै राखि ढोका खोलिएको हो । बाँध फुटने डरले पश्चिम कुशाहा लगायत चार गाबिसका स्थानीय बासिन्दा त्रसित बनेका छन । कोशी ब्यारेजमा खतराको सुचकका रुपमा रातो झण्डा फहराइएको छ । अहिले त्यहा प्रति सेकेण्ड ८४ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ ।

यसैबिच भारतीय ठेकेदारको लापरबाहीले  सुनसरीका दर्जनौ  गाबिस बाढीको जोखिममा परेका छन । भारतय ठेकेदारले बनाएका कारण प्रकाशपुर स्थित कोसिको पुर्वतटबन्द भत्किन थाले पछि त्यस क्षेत्रका गाबिस बाढीको जोखिममा परेका हुन । प्रकाशपुर क्षेत्रका दर्जनौ गाबिसमा कोसी पस्ने खतरा भएको स्थानीयबासीले बताएका छन । कोसीको पुर्वी तटबन्ध जोगाउनका लागी भारतीय ठेकेदारले बनाएको  सबै प्रकोप पाइन , ढुगा सतिको तारजाली र बालुवा भरिएका  बोरा बगाएको छ ।

सुडान प्रकरणका दोषि पूर्व प्रहरीको घरमा अख्तियारद्धारा सूचना टाँुस

सुडान घोटालाका अभियुक्तहरु पूर्व प्रहरी महानिरिक्षक ओमविक्रमण राणा र निलम्बित अतिरिक्त महानिरिक्षक मदनबहादुर खड्काको घरमा विशेष अदालतले अदालतमा उपस्थित हुन पूर्जी टाँस गरेको छ । ललितपुर जिल्ला अदालतबाट १५ दिन भित्रमा अदालतमा उपस्थित हुन पुर्जी बुझाउन जाँदा बुझ्न नमानेपछि सुचना घरमा नै टाँसिएको हो । यसअघि पनि उहाँहरुले पटक पटक पुर्जी बुझ्न मान्नुभएको थिएन । पुर्जी बुझ्न नमानेमा घरमा टाँस्ने र त्यसलाई आधिकारिक मान्नुपर्ने ब्यवस्था अनुसार पुर्जी टाँसिएको हो । पुर्जी टाँसेको १५ दिनभित्रमा अनिवार्य उपस्थित हुनुपर्नेछ । राष्ट्रसङघको आह्वानमा सुडानमा खटिएको नेपाल प्रहरीका लागि एपिसि लगायतका सामाग्रीहरुको खरिदमा करिब ३० करोड रुपैया घोटाला गरेको अभियोगमा राणा र खड्कासहित ३६ जनाविरुद्ध  अख्तियारले विशेष अदालतमा मुद्या दायर गरेको थियो । 

डुङगा पल्टिदाँ बेहुला बेहुली सहित ३ बेपत्ता

ओखलढुङ्गा, १२ असार । ओखलढुङगाबाट उदयपुर जाँदै गरेको जन्ति चढेको डुङगा आज विहान सुनकोसी नदीमा पल्टिँदा बेहुला बेहुली सहित तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेहुला उदयपुर घुर्मीका महेश धमला,बेहुली बलखु ३ की सुमित्रा लुँईटेल र जन्ती तिलक राइ रहेका छन् । प्रहरकिा अनुसार ओखलढुङगाबाट उदयपुरको घुर्मी जाँदै गरेको उक्त डुङगा बलखु ७को थुमलेघाटमा पल्टेको हो । ९ जना यात्रु सवार रहेको मा अन्यको भने सकुसल नै उद्धार गरिएको जनाईएको छ । ४ जना बेपत्ता भउकामध्यै एक जनालाई भने घाईते अवस्थामा उद्धार गरिएको हो । बेपत्ता भएकाहरुको प्रहरीले खोजतलास गर्नुको साथै अन्य आवश्यक अनुसन्धान भईरहेको प्रहरी े जनाएको छ गरिरहेको   छ  । 

उता उदयपुरमा जन्ती बोकेको को.१ ज ११५१ नम्वरको माइक्रोबसलाई खोलाले बगाउदा पल्टीएर खोलामा डुबेका बेहुला बेहुली सहित २४ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । त्रिबेणी–४ मा जन्ती बोकेको उक्त माइक्रो बसलाई हिजो दिउसो बेलाश्रोत खोलाले बगाउदा खोलाको बीचमा पल्टीएर अड्कीएका बसका जन्तीहरुलाई प्रहरीले सुकशल उद्धार गरेको थियो । 

यस्तै दिपायल सिलगुढी नगरपालिका–१ स्थित लम्बाटा भन्ने स्थानमा सडकको काम गरी रहेको अवस्थामा पहिरोले पुरिएका ३ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ  । हिजो साँझ सोही नगरपालिका–१ बस्ने ३२ बर्षीय सन्तोष बोहरा, १३ बर्षीय प्रकाश खत्री र ३८ बर्षीय भक्त मलासीलाई सडक माथिबाट आएको पहिरोले पुरेको थियो । उनीहरुलाई प्रहरीले उपचारको लागि जिल्ला अस्पतालमा लगेको छ । 

ग्य्राण्ड मेनपावरमा दिउसै गोली चलाउने पक्राउ 

काठमाडौं ।  लाजिम्पाटस्थित ग्रयाण्ड शिखर म्यानपावरमा गत सोमबार दिउँसै गोली फायर गर्ने समूहका ४ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिलबहादुर गुरुङ, कोभ्रा भनिने गोपीराम गुरुङ, आस गुरुङ र दिपक पुन रहेका छन् । उनीहरुको साथबाट नाईन एमएमको एक थान पेस्तोल र  सोमा लाग्ने ४ राउन्ड गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले अपहरणको अभियोगमा लमजुङ जेलमा रहेका भारतीय अपराधी उदय सेठ्ठीको निर्देशनमा गोली प्रहार गरिएको बताएको उच्च प्रहरी स्रोतको भनाई छ । शिखर म्यानपावरका प्रोपाईटर फहिम शाहसँग फिरौती रकम असुल्न गोली चलाईएको उनीहरुको भनाई रहेको स्रोतले जानकारी दिएको छ ।

शिखर म्यानपावरमा गत सोमबार दिउसो करिब एक बजे मेनेजर भेट्न भनेर आएका दुई व्यक्तिले रिसेप्सनको टेबुलमा गोली हानी भागेका थिए । म्यानपवार कम्पनीको सिटिटिभीमा कैद भएको दृश्यमा २०÷२२ वर्षका दुई युवाको हुलियाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनीहरुलाई पक्राउ गरेको हो ।

आदिवासी जनजाति महासं्घका महासचिव शेर्पा 

गौबध गरेको आरोपमा पक्राउ परेकाहरुबारे बुझ्न जाँदा पक्राउ परेका नेपाल आदिवासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पालाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएर रिहा गरेको छ । शेर्पालाइ गौबधमा पक्राउ परेकाहरुका बारेमा बुझ्न जाँदा प्रहरीले गिरफ्तार गरेको थियो । 

आफु त्यहां सत्य तथ्य बुझ्न गएकोमा बिना कारण पक्राउ गरीएको भन्दै शेर्पाले आपत्ति जनाउनुभयो । उहांले आरोपितहरुलाई बिना प्रमाण पक्राउ गरिएको आरोप समेत लगाउनुभयो । मुलुक धर्मनिरपेक्ष घोषणा भएपनि अन्तरिम संबिधानले गाईलाई राष्ट्रिय जनावर मानेको छ भने मुलिकी ऐनको चौपायाको महलको ११ नंबरमा गाई वा गोरु मार्ने व्यक्तीहरुलाई १२ बर्ष कैद सजाय गर्ने प्रावधान छ भने मार्न आदेश दिनेहरुलाई ६ बर्ष कैद सजाय गर्ने प्रावधान छ । गौवध गर्न नपाईने कानुन संसोधनका लागि संबिधानसभा भवन अगाडी भोली दवावमुलक धर्ना कार्यक्रम गरीने शेर्पाले जानकारी दिनुभयो । आदिवासी अधिकारकर्मी तथा अधिवक्ता रामवहादुर थापाले धर्म निरपेक्षको मर्मले यस्ता व्यवस्था तत्काल हटाउनुपर्ने भएपनि त्यो हुन नसकेको बताउनुभयो । 

काठमाणडौको मुलपानीमा गाई काट्ने चार जनालाई गएराती प्रहरीले पक्राउ गरेको थियो । स्थानीयबासीन्दाको सहयोगमा प्रहरीले उनीहरुलाई मुलपानी दक्षिणढोका बाट राती ९ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन््धुलीका चन्द्र बुढाथोकी, रामेछापका दावा मोक्तान , धरानका राजकुमार लामा र नुवाकोटका इन्द्र तामाङ रहेको बौद्ध प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाले आफुहरुले गाई काटेर मासु बिक्रि गर्ने गरेको प्रहरी समक्ष स्वीकार गरेका छन । पक्राउ परेका माथि कानुन बमोजिम  कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

नेपाल वायु सेवा निगमको विमानमा चरा ठोक्कियो

नेपाल वायु सेवा निगमको बिमानमा आज चरा ठेक्किएको छ । भोजपुरबाट काठमाडौं आएको नाइन एनबीओ बिमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा अगाडीको भागमा चरा आएर ठेक्किएको थियो । चरा ठेक्किएपछि बिमानमा सामान्य क्षति पुगेको छ । यात्रु र चालक दलका सदस्यहरुपनि सकुशल रहेको बिमानस्थल श्रोतले जनाएको छ । बिमानको ककपिटमा क्षति पुगेका कारण त्यसलाई फेर्नु पर्ने भएकाले हाल विमानलाई विमानस्थलमानै राखिएको छ । 

शान्ति र संबिधान निर्माण कार्य पुरा नभएसम्म मुलुकमा कुनै पनि विकास हुदैन - देउवा

भक्तपुर, १२ असार । नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकमा शान्ति र संबिधान निर्माण कार्य पुरा नभएसम्म मुलुकमा कुनै पनि विकास नहुने बताउनुभएको छ । नेपाली काङग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आज भक्तपुरमा आयोजना गरेको एसएलसी परीक्षामा सर्वोत्कृष्ठ प्रथम सहित बिशिष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गर्दै शान्ति र संविधान आजको आवश्यकता रहेको बताउनुभयो । शान्ति र संविधान निर्माण गर्ने कार्य पूरा नभएसम्म औद्योगिकरण एंव विकास नहुने हुदा बेरोजगारी समस्या बढदै गएको बताउनु भयो । शिक्षाको विकास भएपनि शैक्षिक बेरोजगार बढदै जादा मुलुकमा अशान्ति बढदै गएको उहाले बताउनुभयो । 

शान्ति र संविधान पूरा भएमा नेपाल शैक्षिक गन्तब्य बन्न सकिने बताउने उहाले नेपालले बरोजगारी समस्या समाधान गनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा देउवाले एसएलसीमा प्रथम हुने आकृति पाण्डे (९४.२५) लगायत ९० प्रतिशत भन्दा बढी अंक ल्याउने भक्तपुरका १६ जना विद्यार्थी सम्मान गर्नुभयो । 

एक साता देखि बन्द रहेका कञ्चनपुरका सरकारी कार्यालय आज देखि खुल्ला

एक साता देखि कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका कञ्चनपुरका कर्मचारी आज देखि काममा फर्केका छन । आन्दोलनरत कर्मचारी प्रतिनिधी र सुदुर पश्चिम क्षेत्रीय प्रशासक बिच हिजो भएको बार्तामा दोधारा गाबिसका प्राबिधिक सहायक यज्ञराज उपाध्ययको मृत्युको घटनाको छानबिन गर्न टोली गठन गर्ने सहमती भए प छि कर्मचारीहरु आन्दोलन स्थगीत गरि आज देखि काममा फर्कन सहमत भएका हुन । गत असार दुई गते गाबिस कार्यालय बाट केहि छिनमै फर्कने भनि मोटरसाइकलमा निस्केका उपाध्यायको दासा्रे दिन नेपाल भारत सीमा क्षेत्रमा चाँदनीको बलय बन्द सामुदायीक बनमा फेला परेको थियो ।

आर्थिक समाचार
वाणिज्य संघको अध्यक्षमा टेकन प्रशाद वस्नेत हिमाल निर्वाचित

दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा टेकन प्रशाद वस्नेत हिमाल निर्वाचित हुुनुभएको छ । हिमाल लोकतान्त्रीक प्यानलका अध्यक्षका उमेदवार हुनुहुन्थ्यो । आज विहान सम्म भएको मतगणना अनुसार १ सदस्य वाहेक अन्य १२ पदमा लोकतान्त्रीक समुहका उमेदवार निर्वाचित भएका छन् । हिमालले ५ सय ४४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिष्पर्धि विष्णुकुमार पुनले ३ सय ४७ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उद्योग उपाध्यक्षमा लोकतान्त्रीक प्यानलका विरवहादुर रावत , वाणिज्य उपाध्यक्षमा लाकतान्त्रीक प्यानलकै पुर्ण प्रशाद धिताल तथा महासचिवमा लोकतान्त्रीकका विमल रिजाल निर्वाचित हुनुभएको छ । 

अन्तराष्ट्रिय समाचार
चिनीया अधिकारकर्मी जिया रिहा 

सरकार विरोधि गतिविधिमा संलग्न भएको तथा राज्यका विरोधीहरुलाइ उकासेको आरोप लगेका चीनका अधिकारकर्मी हु जियालाइ त्यहाँको सररकाले जेल मुक्त गरेको छ । राज्यको विरोधमा लेख लेखेको तथा अन्तरवार्ता दिएको भन्दै चिन सरकारले हु लाइ सन् २००८ मा साँडे तिनबर्षे कारावासको सजाँय सुनाइएको थियो । 

हु लाइ रिहा गरिएको बारे उनकी श्रीमती जेन जियाङले ट्विटरमा पुष्टि गरेको विविसीले उल्लेख गरेको छ । जेनले आफ्नो ट्विटरमा हामी सबैलाइ राम्रो र खुसी छौँ । आरामका लागी केही समय चाहिएको छ । धन्यवाद लेखेकी थिइन् । नागरिक स्वतन्त्रताको आन्दोलनमा सहभागी हु ले वातावरण र स्वास्थ्यको क्षेत्रमा चिनियाँ नितिको विरोध गर्दै आएका थिए ।  

हु लाई चीनियाँ प्रधानमन्त्री वेन जियावाओको युरोप भ्रमणका बेला कारागार मुक्त गरीएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । युरोप भ्रमणका क्रममा बेइजिङको मानवअधिकारको अवस्थाका बारेमा प्रश्न उठ्न सक्ने अनुमान लगाउँदै हु लाइ रिहा गरिएको बताइएको छ । 

खेल समाचार
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा सन्तुष्ट छौँ ः सहायक प्रशिक्षक मेघराज केसी

काठमाण्डौँ, १२ असार । नेपाली राष्ट्रिय टोलीका साहयक प्रशिक्षक मेघराज केसीले यसै साता इस्ट टिमोर बिरुद्ध हुने खेलको लागि नेपालको तयारी सोचे अनुसार नै अघि बढेको जानकारी दिनुभएको छ ।  

केसीले नेपाल सामु छनोट हुनुको बिकल्प नरहेकोले नेपाली टोलीले कडा तयारी गरिरहेको समेत बताउनु भयो । त्यस अनुरुप प्रशिक्षक ग्राहम रोबर्टस पनि मिहेनत गरिरहेको केसीको भनाई थियो । केसिको अनुसार रोबर्टसको सिफारिसमा नेपाली राष्ट्रिय टोलीको अन्तिम छनोट अखिल नेपाल फुटबल संघले भोलि गर्नेछ । 

रोबर्टसलाई केसीले प्रशिक्षणमा सघाइरहेका छन् भने उपेन्द्रमान सिंहले गोलकिपरहरुलाई बिशेष प्रशिक्षण दिइरहेका छन् । नेपालले घरेलु मैदानमा बिश्वकप छनौट खेल्न लागेको यो नै पहिलो पटम भने होइन । दशरथ रंगशालामा २६ बर्ष अघि नेपालले बिश्वकप छनोट खलेको थियो । दशरथ रंगशालामा २०४१ फागुन १९ मा नेपालले पहिलोपल्ट दक्षिण कोरियाविरुद्ध विश्वकप छनोट खेलेको थियो । नेपालले त्यसमा चार खेलमा ३० गोल खाएको थियो । त्यस यता अन्तराष्ट्रिय प्रतियोगितामा त्यति जम्न नसकेको नेपाली फुटबल प्रशिक्षक ग्राहम रोबर्टस् आगमन पछि भने केहि जुर्मुराएको छ । 

यसैबिच नेपाल विरुद्ध विश्वकप छनोट खेल्न इस्ट टिमोर टोली भोलि नेपाल आइपुग्ने भएको छ । एन्फाका अनुसार २० खेलाडीसहितको ३१ सदस्यीय टिमोर टोली सोमबार दिउँसो काठमाडौं आइपुग्नेछ । नेपाल र इस्ट टिमोरबीच बुधबार र शनिबार दिउँसो साढे ३ बजे दशरथ रंगशालामा खेल हुनेछ ।

यता पहिलो खेलका म्याच कमिस्नर भुटानी मिन्दु दोर्जी आज नेपाल आइगेका छन् । रेफ्रि टोली भने सोमबारै आइपुग्नेछ । दुवै खेलमा म्याच कमिस्नार र रेफ्रि टोली अलग हुनेछ । पहिलो खेल लाइबेरियाका अली साहबाब र दोस्रो खेल दक्षिण कोरियाका लि मीन हुनले संचालन गर्नेछ ।

No comments: