Monday, June 27, 2011

असार १३ गते २०६८

सबैधानिक उपसमितीको बैठक : राज्यपुर्न सरचनामा देखिएका बिबादलाई २५ बँुदामा

काठमाण्डौँ, १३ असार । संवैधानिक समिति अन्तरगतको विवाद समाधान उपसमितिले राज्यपुर्न सरचनामा देखिएका बिबादलाई २५ बँुदामा झारेको छ । दुई साता पछि आज पहिलो पटक बसेको उपसमिती  बैठकले राज्यपुर्न संरचना लगायत सबिधानका विवादीत ७८ बुँदालाई २५ वटा झर्ने  कार्यदलको सहमतिलाई अनुमोदन गरेको हो ।  राज्यपुर्नसंरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमा रहेका विबादमा समाधान गर्न उपसमितिले सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदललाई सहमति जुटाउन एक साताको समयाबधी दिइएको थियो । शासकीय स्वरुपका बिषयमा भने सहमति जुटन नसकेको कार्यदल सदस्य कल्पना राणाले जानकारी दिनुभयो ।
CA sub-committe meeting

उपसमितिका संयोजक एंव माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कार्यदलले पेश गरेको प्रतिवेदनका बिषयमा आज सामान्य छलफल भएको र अर्को बैठक विहिवार बस्ने जानकारी दिनुभयो । उहाँले  सहमती जुटन बाँकी रहेका बिषयमा राजनितीक तबर बाट समाधान खोजीने भन्दै दलहरु बिचको छलफलले तिब्रता पाउने बताउनु भयो । कार्यदलले विवादीत बिषयको टुंगो लगाउन उपसमितिमा राजनीतिक सहमति आवश्यक परेको भन्दै सचिबालयले झारेको २६ बुँदा बाट एउटा बुँदा मात्र कम गरेको थियो । 

पाँचबुदे सहमति कार्यान्व्यनको अनुगमन गर्न संसदीय समिति गठन

काठमाण्डौ, असार १३ । संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमति कार्यान्वयनको अनुगमन गर्न व्यबस्थापिका संसदले संसदीय अनुगमन समिति गठन गरेको छ ।

व्यबस्थापिका संसदको केही बेरअघि बसेको दोस्रो बैठकले अनुगमन समिति गठन गरेको हो । सभामुख सुवासचन्द्र नेम्वाङ संयोजक र उपसभामुख पूर्णकुमारी सुवेदी उपसंयोजक रहनु भएको अनुगमन समिति गठन सम्बन्धी प्रस्ताब संसद बैठकले सर्बसम्मत रुपमा पारित गरेको हो । समितिमा संयोजक र उपसंयोजक गरी विभिन्न दलका १७ सभासद रहेका छन् । समितिमा माओवादीका ४, काँगे्रसका तीन, एमाले र मधेशी मोर्चावाट दुइ÷दुइ तथा साना दलका प्रतिनिधि छन् । समितिले पाँचबुदे सहमतिको अनुगमन गरि संसदको बैठकमा प्रस्ताव समेत पेश गर्ने सभामुख नेम्वाङले संसद बैठक अघि संचारकमीहरुलाई जानकारी गराउनु भयो ।

समितिमा माओवादीका पोष्टबहादुर बोगटि, गिरिराजमणी पोखे्रल, पम्फा भुषाल र हिसिला यमी सदस्य छन । यसैगरी नेपाली कागे्रसका तर्फवाट लक्ष्मणप्रसाद घिमिरे, विमलेन्द्र निधि र कमला थापा तथा नेकपा एमालेका तर्फवाट भीम आचार्य र राधा ज्ञवाली सदस्य हुनुहुन्छ । समितिमा रामजनम चौधरी, आत्मराम प्रसाद शाह, प्रतिभा राणा, सरिता गिरि, परि थापा र पे्रमबहादुर सिंह सदस्य रहेका छन ।

माओवादीका तर्फवाट नाम अनाउदा समिति गठनमा ढिलाइ भएको थियो । समिति गठनमा ढिलाइ भएपनि त्यसलाइ क्षतिपूर्ती गर्नेगरी समितिले काम गर्ने सभामुख नेम्वाङले दावीगर्नुभयो ।

‘संसदमा प्रवेश पाएको पाँचबुदे सहमति अनुगमन गरी समितिले संसदमा प्रतिवेदन बुझाउने छ । संविधानसभाको म्याद ३ महिना थप गर्ने क्रममा गत जेठ १४ गेत मध्येराती प्रमुख तीन दलवीच भएको पाँच बुदे सहमति कार्यान्वयन हुन नसकी रहेको अवस्थामा समिति गठन भएको हो । पाँच बुँदे सहमति अनुरुप शान्ति प्रक्रिया टुङ्ग्याउन दलहरुले कार्यतालिका बनाएपनि कार्यतालिका अनुरुप काम भने हुन सकेको छैन ।

कृषिक्षेत्रको विकासलाइ प्राथमिकता दिएर बजेट ल्याउन सभासदको सुझावः

काठमाण्डौ, असार १३ । सभासदहरुले कृषि क्षेत्रको विकासलाइ आगामी बजेटमा प्राथमिकतामा राख्न सुझाव दिएका छन् । विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथी व्यबस्थापिका संसदमा तेस्रो दिनको छलफलमा बोल्ने अधिकाशं सदस्यहरुले अर्थतन्त्रको विकासकालागि कृषिको आधुनिकिकरण जरुरी रहेको बताएका हुन । एकीकृत माओवादीका देवप्रसाद गुरुङले बामपन्थी नेतृत्वको सरकारले सैद्धान्तिक रुपले अस्पष्ट रहेकोआरोप लगाउनुभयो ।

उहाँले कृषिलाइ प्राथमिकतमा राखेर उत्पादकत्व बृद्धिगर्ने बजेट ल्याउन सरकारलाइ सुझाव दिनुभयो । नेता गुरुङ्गले नेपालको परनिर्भर अर्थतन्त्रलाइ अन्त्य गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र विकासमा मद्दत गर्ने खालको कार्यक्रम बनाउन आबस्यक रहेको बताउनुभयो । आर्थिक बर्षने परिवर्तन गर्नुपर्ने बताउनुभयो । नेपाली कागे्रसका लक्ष्मण घिमिरेले संसदमा पेश गरेको सिद्धान्त र प्राथमिकता भन्दापनि नीति र कार्यक्रमको रुपमा सारसंग्रहवादी ढंगले आएको आरोप लगाउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका निम्ति स्वदेशमै रासायनिक मल कार्खाना स्थापना गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । घिमिरेले अर्थतन्त्रमा देखिएका समस्या संवोधन गर्न विशेष कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

नेकपा एमालेका विष्णु रिमालले कृषि क्षेत्रमा गलानी बृद्धिगर्ने र व्यापक रोजगारी सृजना गर्ने खालका कार्यक्रम बजेटमा ल्याउन सुझाव दिनुभयो । उहाँले कृषि क्षेत्रमा न्यून ज्यालाका कारण रोगजारीको खोजीमा लाखौ युवा शहर पस्नुपर्ने अबस्था आएको भन्दै उचित ज्यालाको व्यबस्थागर्न सरकारसंग माग गर्नुभयो ।

सभासद प्रकाशचन्द्र लोहनी, वृजेशकुमार गुप्ता, चन्दन यादव लगायतले किसानका उत्पादनको मूल्य निर्धारण गर्ने संयन्त्रको विकास, कृषकलाइ मल बिउ खरिदकालागि सरल ऋणको व्यबस्थागर्न सरकारसंग माग गर्नुभयो । संसदमा बोल्ने अधिकाशं सभासदहरुले धान रोप्ने समयमा तराइका जिलामा मलको अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।


बजेट पारित हुन नदिने मोर्चाको चेतावनी

काठमाण्डौँ, १३ असार । संयुक्त लोकतानन्त्रिक मधेशी मोर्चाले सरकारले संसदमा पेश गरेको बजेटका प्राथमिकता मधेश विरोधी भएको आरोप लगाएको छ । व्यबस्थापिका संसदमा प्रिबजेटमाथीको छलफलमा मोर्चामा आबद्ध दलका सभासदहरुले अहिलेकै सिद्धान्तका आधारमा मधेश विरोधी बजेट ल्याए पारितगर्न नदिने चेतावनी दिएका हुन । तराइ मधेश लोकतान्त्रिक पार्टीका मुख्य सचेतक बृजेशकुमार गुप्ताले आफूहरुको समर्थनविना बजेट आए पारित हुन नदिने चेतावनी दिनुभयो ।

उहाँले मधेशवादी दलहरुसंग सल्लाह गरेर मात्र बजेट ल्याउन सरकारलाइ सुझाव दिनुभयो । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका रामानन्द मण्डलले मधेश विरोधी र मधेशी जनतालाइ अन्याय गर्नेगरी आएको मधेशी मोर्चाको समर्थन नरहने बताउनुभयो । व्यबस्थापिका संसदमा गत शुक्रवार सुरु भएको बजेटका सिद्धान्त र प्राथमिकता माथीको छलफल भोली सकिदै छ । तमलोपा नेपालकी चन्दन शाहले संयुक्त लोकतान्त्रिक मोर्चाको भावना विपरित कार्यक्रम आएको भन्दै विरोध जनाउनुभयो ।

स्थागित केन्द्रीय कमिटी बैठक बोलाऊने विषयालाइ लिएर माओवादीमा विवाद

काठमाण्डौँ, १३ असार । गत शुक्रबार तिन दिनका लागी भन्दै स्थगित गरिएको केन्द्रीय समिती बैठक बोलाउने विषयलाइ लिएर माओवादीमा विवाद भएको छ । शिर्ष तिन नेता बिच भावि कार्यदिशा वर्तमान मार्गचित्र तथा लडाकु समायोजनका विषयमा साझा धारणा निमाण गर्न भन्दै स्थगित भएको बैठक सुरु गर्ने विषयमा लिएर विवाद भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिन शिर्ष नेताहरु बिच सहमति कायम गरेर मात्र बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ भने उपाध्यक्ष मोहन बैद्य पक्षधरका नेताहरुले तत्काल बैठक बोलाउन माग गरेका छन् । तिन दिन अघि सुरु भएको बैठकमा अध्यक्ष दाहालले संविधान निमार्ण, शान्ति प्रक्रिया, कार्यविभाजन, कार्यदिशा लगायतका विषयमा विवाद रहँदै आएको छ ।

केन्द्रीय बैठक स्थगित भएपछि माअ‍ोवादीमा गुटगत भेलामा तिव्रता आएको छ भने कार्य विभाजनको विषयलाइ उत्पन्न विवाद समेत ठुलो खाडलमा परिणत भएको छ । आजमात्र माओवादी उपाध्यक्षद्धय बाबुराम भट्टराइ पक्षधर तथा माहेन बैद्य पक्षधरले छुट्टा छुट्टै गोप्य भेला समेत गरेका थिए ।

दलको विधान परिवर्तन गर्ने कसरतमा एमाले

काठमांडौ, ३१ जेठ । नेकपा एमालमो संसदिय दलको बिधान संशोधन र उपनेता चयनमा बिवाद भएको छ । बिधान संशोधनका लागि छलफल गर्न आज बसको संसदिय दलको बैठकमा सभासदहरुले छुट्टाछुट्टै धारणा राखेपछि थप छलफलपछि मात्र बैठक बस्ने गरी स्थगित भएको छ ।

दलको बिधान बिपरित पार्टीले शंकर पोखरेललाई संसदिय दलको उपनेता बनाउनुपर्ने निर्णय गरेपछि बिधान संशोधनको कुर उठेको हो । दुइ साता अघिको पार्टी बैठकले गरेको उक्त निर्णयलाई दलको बैठकले अहिले सम्म अनुमोदन गरेको छैन । स्रोतका अनुसार बैठकमा बिधान संशोधनको नेता केपी ओली पक्षका र उपनेता चयनमा अध्यक्ष झलनाथ खनाल पक्षका सभासदहरुले बिरोध जनाएका थिए । ब्यबस्थापिका संसदको बैठकमा सहभागी हुनुपर्ने भएकाले दलको बैठक पर्सिसम्मका लागी स्थगित गरिएको मुख्य सचेतक भिम अचार्यले जानकारी दिनुभयो । मुख्य सचेतक भीमप्रसाद आचार्यले बिधान संशोधनका लागि केहिदिन अघि प्रस्ताव पेश गर्नु भएको थियो ।

हजयात्रामा हुने अनियमितता रोक्न लेखाको पुर्ननिर्देशनः

काठमाण्डौँ, १३ असार । व्यबस्थापिका संसदको सार्बजनिक लेखा समितिले साउदी अरबको मक्का मदिना हज गर्न लैजादा लेखा समितिले विगतमा दिएका निर्देशन कार्यान्वयन गर्न सरकारलाइ पुन निर्देशन दिएको छ । संसद सचिवालय सिंहदरवारमा आज बसेको बैठकले यसअघि दिएका निर्देशन पुर्ण रुपमा कार्यान्वयन नभएको ठहरगर्दै पुन निर्देशन भएको हो । गृहसचिब लिलामणि पौडेलसंगको छलफलपछि समितिले पूर्व निर्देशन कडाइकासाथ कार्यान्वयन गर्न निर्देशन दिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।

बैठकमा गृहसचिब पौडेलले गतबर्ष हज गएकाहरुको भिसा शुल्क फिर्ता गरिएको जानकारी दिनुभयो । उहाले बिगतमा भएका कमि कमजोरी र समस्यामा हल गर्न गृहबाट पनि प्रतिनिधी पठार्ईएको बताउनुभयो । गएको बर्ष ७ सय २२ जना हज गएको र उनीहरुबाट प्रतिब्यक्ति ५ हजारका दरले लिएको ३६ लाख १० हजार रुपैया फिर्ता गरिएको हो । बैठकमा समिती सदस्यहरुले हज कमिटीमा आर्थिक अनियमितता भएको आरोप लगाएका थिए । गृह मन्त्रालयको वेरुजुको एकीकृत लगत भित्र केन्द्रिय हज समितीको वेरुजु समेत समावेश हुने गरेको छ । चालु आवमा केन्द्रीय हज समितीको मात्र रु ३,४४,६४,५८२ वेरुजु फछ्यौट भई परीक्षण समेत भैसकेको छ ।

चिनियाँ राजदुतद्वारा गृहमन्त्रीसंग भेटवार्ता

काठमाण्डौँ, १३ असार । उपप्रधान एवं गृहमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत यङ होउलानले आज भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा विहान भएको भेटमा राजदुत होउलानले नेपाल र चीनको सम्बन्ध समुधर रहेको र त्यसलाई आफ्नो कार्यकालमा थप सुमधुर बनाउन प्रयास गर्ने बताउनुभएको थियो । उहाँले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गगर्दै फ्रि तिव्वत अभियानका नाममा अुलै कुनै पनि क्रिर्याकलाप हुन नदिन सरकारसंग आग्रह गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापना दिवस मनाउँदै गर्दा नेपालमा फ्रि तिब्बतसम्बन्धि गतिविधि हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गरिदिन उहाँले विशेष आग्रह गर्नुभएको महराका सहयोजिले जानकारी दिए । 

भेटमा राजदुत होउलानले उपयुक्त समय मिलाएर चीनको भ्रमण गर्न चिनियाँ सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री महरालाई निमन्त्रणा गर्नुभएको छ । जवाफमा गृहमन्त्री महराले नेपाल र चीनको सम्बन्ध तत्कालको नभई ऐतिहासिक खालको भएको धारणा राख्नुभयो । नेपाल र चीनबीचमा जनता–जनता, सरकार–सरकार र पार्टी–पार्टी बीचमा सम्बन्ध छ भन्नुहुँदै नेपाल सरकार र चीन सरकार, नेपाली जनता र चिनियाँ जनताबीचको सम्बन्ध अझ माथि उठाउनुपर्छ भन्नुभयो ।

नेपाल पुरानो राजनीतिक स्थितिबाट नयाँ स्थितिमा प्रवेश गर्ने क्रममा रहेको छ, नेपालका जनता आमूल परिवर्तनको पक्षमा छन्, म सम्बद्ध पार्टी आमूल परिवर्तनको पक्षमा छ भन्नु हुँदै महराले त्यो अभियान पुरा हुने छ भन्नुभयो । शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन र नयाँ संविधान लेख्न अहिलेको मुख्य कार्यभार हो भन्नुहुँदै उहाँले यसमा चुनौती पनि छ सम्भावना पनि छ तर चुनौती भन्दा सम्भावना बढी छ भन्नुभयो ।

महराले नेपाललाई चीनको राम्रो सहयोग रहेको छ भन्नुहुँदै सहयोग जारी राख्न आग्रह गर्नुभयो । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, नेपालीले आफ्नो अधिकारको फैसला आफै गरुन् भन्ने चीन सरकारको चाहानाको नेपाली जनताले स्वागत गरिरहेका छन् भन्नुभयो । नेपाली भूमी कुनै पनि छिमेकी मुलुकका विरुद्धमा प्रयोग हुन दिने नेपालको नीति छैन, फ्रितिब्बतसम्बन्धि आन्दोलनप्रति हामी सचेत छौं, नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन दिनेवाला छैनौं, भन्नुहुँदै गृहमन्त्री महराले भेटमा फ्रितिब्बतसम्बन्धि कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल सरकार एक चीन नीतिप्रति प्रतिबद्ध छ । म रहेको पार्टी पनि एक चीन नीति प्रति प्रतिबद्ध छ, यसमा कडाईकासाथ लागिने छ, उहाँको भनाई रह्यो । भेटघटमाा गृहमन्त्री महराले चीन सरकारको चीन भ्रमणसम्बन्धि निमन्त्रणालाई स्वीकार गर्दै अनुकुल समयमा चीनको भ्रमण गर्ने जानकारी गराउनुभयो ।

तुइिन चुडिदा ५ जना बेपत्ता, आक्रोशित स्थानीयबासीद्धारा सडक अवरुद्ध

धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा डुबेर ५ जना बेपत्ता भएका छन् । तरकारी लिएर खोला तर्ने क्रममा तुइन चुडिएर उनीहरु बेपत्ता भएका हुन् । नदीमा खसेका १० जना मध्ये ५ जना भने पौडेर बाच्न सफल भएको प्रत्यक्षदर्शीले बताएका थिए । तुइन पुरानो र जिर्ण अवस्थामा रहकाले चुडिएको बताइएको छ । बेपत्ता हुनेमा गोर्खाका रञ्जित गैरे, मित्रा श्रेष्ठ, अमृतलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ र चितवनका राजु सिलवाल रहेका छन् । प्रहरी र स्थानीबासीले उनीहरुको खोजी कार्य जारी राखेपनि नदीमा पानीको बहाव बढि भएकाले खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ । 

यसैबिच घटनापछि आक्रोशितस्थायीयबासी तथा बेपत्ता भएकाहरुका आफन्तले पृथ्बि राजमार्ग अन्तरगत चरौदी सडकखण्डमा चक्काजाम गरेका छन । तुईन बिग्रदो अवस्थामा रहेका कारण दुर्घटना भएको भन्दै उनीहरुले सडक अबरुद्ध गरेका हुन् ।

गाई काट्न पाउनु प¥यो ः आदिवासी जनजाति महासंघ

काठमाण्डौँ, १३ असार । चौपाय संरक्षण बिधेयक अन्तर्गत गाई, गोरुको मासु खाएमा जेल सजाय दिने बिधेयक खारेजीको माग गर्दै आदिवासी जनजाती सम्बद्ध संघसंस्थाहरुले आज संबिधानसभा भवन अगाडी धर्ना दिएका छन । नेपाल आदीवासी जनजाती महासंघको पहलमा १ सय वटा चौपायाहरुको फोटो बोकेर आदिवासी जनजाती जन्य संघसंस्था, सर्वसाधारण, अधिकारकर्मी तथा सभाषदहरुको उपस्थितिमा बिहान धर्ना दिईएको हो । मुलुक धर्म निरपेक्ष घोषित भएको लामो समयसम्म पनि राज्यको पक्षपातपुर्ण व्यवहारमा परिवर्तन नभएको भन्दै आफुहरु बिरोधमा उत्रिएको महासंघका महासचिव आङकाजी शेर्पाले जानकारी दिनुभयोे ।

यसअघि हिजो गौबध गरेको आरोपमा पक्राउ परेकाहरुवारे बुझ्न महानगरिय प्रहरी बृत्त बौद्ध पुग्नुभएका नेपाल आदिवासी जनजाती महासंघका महासचिव शेर्पालाई प्रहरीले गिरफ्तार गरेको थियो । मुलुक धर्मनिरपेक्ष घोषणा भएपनि अन्तरिम संबिधानले गाईलाई राष्ट्रिय जनावर मानेको छ भने मुलिकी ऐनको चौपायाको महलको ११ नंबरमा गाई वा गोरु मार्ने व्यक्तीहरुलाई १२ बर्ष कैद सजाय गर्ने प्रावधान छ भने मार्न आदेश दिनेहरुलाई ६ बर्ष कैद सजाय गर्ने प्रावधान छ ।

सामुदायिक विद्यालयको स्तर खस्कनुमा शिक्षक जिम्मेवार

काठमाडौं, १३ असार । सामुदायिक विद्यालयको स्तर खस्कनुमा शिक्षकहरु नै मुख्य जिम्मेवार भएको शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाले बताएका छन् । शिक्षा पत्रकार समूह र सूर्याेदय शैक्षिक प्रतिष्ठानद्धारा आज राजधानीमा आयोजित अन्तरक्रिया छलफल कार्यक्रममा प्रवेशिका परीक्षामा कम विद्यार्थी उत्तिर्ण हुनुमा पनि शिक्षकहरु दोषी रहेको बताएका हुन् । शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले शिक्षकहरुले पढाउने कामलाई पहिलो प्राथमिकता नदिएर राजनीतिमा मात्रै चासो राख्ने भएकाले शिक्षाको स्तर खस्केको टिप्पणी गर्नुभयो । उहाँले शिक्षकहरुलाई राजनीतिक पार्टीको झोले नबनाउन पार्टी र शिक्षकहरुबीच संवाद चलाउन पनि सुझाव दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम अधिकारीले शिक्षकहरुमा पढाउने आदतमा ह्रास आएको स्वीकार गर्दै पुराना शिक्षकहरुलाई राहत दिएर सम्मानका साथ विदाई गर्न र शिक्षकहरुका पेसागत माग पूरा गर्न सरकार तयार भएमा शिक्षाको गुणस्तरमा सुधार आउने दाबी गर्नुभयो ।

नेपाल शिक्षक सङ्घका अध्यक्ष मोहन ज्ञवालीले ठूला र आवासीय सामुदायिक विद्यालयको अवधारणाबारे प्रस्तुत गर्दै अङ्ग्रेजी जान्दैमा गुणस्तर हुन्छ भन्ने मान्यता गलत भएको बताउनुभयो । अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सामुदायिक विद्यालय सुधारका लागि अभिभावक क्रमशः सचेत हुँदै आएको भन्दै परीक्षा प्रणालीमा पनि सामयिक परिवर्तनको माग गर्नुभयो ।

आर्थिक समाचार
अमेरिकी लगानी कर्ता नेपालमा

अमेरिकी च्याम्बर अफ कर्मसको एक टोली तीन दिने भ्रमणका सिलसिलामा आज काठमाडौं आइपुगेको छ । तेह् वर्षपछि आएको टोलीले नेपालमा लगानी र व्यापारका अवसर हरुको अध्ययन गर्ने बताइएको छ ।  टोलीले नेपालमा लगानीको बाताबरणका बिषयमा एकिकृत माओबादीका शीर्ष तीन नेता सँग छुट्टाछुट्टै परामर्श गर्नेछ । माओबादी भित्र तीन नेताका छुट्टाछुट्टै ट्रेड युनियन सञ्चालनमा रहेका कारण लगानी कर्ताले तीन वटै नेता सँग छलफल गर्न चाहेका हुन ।

पछिल्लो पटक भारतीय कम्पनी जीएमआर द्धाराप्रबद्र्धित माथिल्लो कर्णाली जलबिद्युत परियोजनामा माओबादीले आक्रमण गरि अबरोध पु¥याए पछि अमेरिकी लगानी कर्तामा माओबादीको बिकास नीति प्रति चासो बढेको हो । अमेरिकी लगानीकर्ताको दुई दिने कार्यक्रममा बाणिज्य, उर्जा र अर्थ मन्त्रालयले नेपालमा लगानी र ब्यापारको अबस्था तथा अमेरिकी लगानी कर्ताका लागी अबसर सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री लगायत विभिन्न सरका।ी अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

अन्तराष्ट्रिय समाचार
लिबियालि बिद्रोहीहरु राजधानि त्रिपोली नजिक

अन्तराष्ट्रिय अपराध न्यायलयले लिबियाली शाशक मुहम्मर गद्याफि विरुद्ध पक्राऊ पुर्जी जारी गरेको छ । अन्तराष्ट्रिय अदालले उनी विरुद्ध आम नागरिक माथी हमलाका लागी निर्देशन दिएको भन्दै मानव अधिकार हननमा संलग्न रहेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो । त्यस्तै न्यायलयले गद्याफीका छोरा  सेफ अल अस्लाम तथा लियिबाली अनुसन्धान विभागमा प्रमुख अब्दुल्ला अल सुनसाइलाइ समेत पक्राउका लागी पुर्जी जारी गरेको छ ।

अन्तराष्ट्रिय अपराध न्यालयलका मुख्य अधिवक्ताले मानव अधिकारी हनन तथा युद्ध अपराध गरेको भन्दै पक्राउ पुर्जी जारी गर्न माग गर्दै न्यायलयमा मुद्या दायर गरेका थिए ।

यता लिबियाली शाशक कर्नेल मुहम्मर गद्याफि विरुद्ध आन्दोलन गरिरहेका लिबियाली बिद्रोही तथा सरकारी सैनिक बिच राजधानि त्रिपोली प्रवेशका नाकाहरुमा भिडन्त भएको छ । विद्रोहीहरुले त्रिपोली प्रवेशका लागी सरकारी सेनासँग अन्तिम युद्ध गर्ने भन्दै ब्यापक शक्तिका साथ युद्ध गरिरहको विविसीले उल्लेख गरेको छ । युद्धमा परि दुइ बिद्रोहीको मृत्यु भएको बताइएको छ यद्यपी सरकारी सुरक्षाकर्मी तर्फको क्षतिको विवरण भने हालसम्म प्राप्त नभएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । लिबियामा विद्रोहीरुले ३० बर्ष देखी सत्ता सम्हाल्दै आएका गद्यफि विरुद्ध आन्दोलन गर्दै आएका छन् । विद्राहीरुलाइ बहुराष्ट्रिय सैन्य गठबन्धन नेटोले सहयोग गदै आएको छ ।

उता, सिरियाका सरकार बिरोधी प्रर्दशनकारीहरुले राजधनी दमास्कसमा भेला भएर गत तीन महिनादेखि जारी प्रदर्शन र त्यसबाट उत्पन्न राजनीतिक संकटका बारेमा छलफल गरेका छन । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सरकार विरोधी प्रदर्शनकारी विरुद्ध सेनाले कारबाही तीव्र बनाएको बेला प्रदर्शनकारीले भने आफ्नो आन्दोलनको उपलब्धिको समीक्षा गर्न सम्मेलन आयोजना गरेका हुन ।
सम्मेलनका सहभागीहरुले सर्वसाधारण प्रदर्शनकारीलाई देशबाट पलायन नहुन आग्रह गरेका छन् । सरकारले सिरियाका विभिन्न शहरमा सेना तैनाथ गर्न थालेपछि प्रदर्शनकारीहरु देश छाडेर पलायन हुने क्रम बढदै जान थाले पछि यस्तो आग्रह गरिएको हो ।सम्मेलन स्थलमा ठूलो संख्यामा सेना तैनाथ गरिए पनि सेनाले कुनै अवरोध पु¥याएको छैन ।

खेल समाचार
नेपालले इष्ट टिमोर विरुद्धको खेल जित्ने प्रशिक्षकका दावि, २३ सदस्यीय टोली घोषणा

काठमाण्डौँ, १३ असार । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्राहम रोबर्टले इस्ट टिमोर बिरुद्धको विश्वकप छनौट खेलमा नेपाल छनौट हुनेमा शतप्रतिशत विश्वस्त रहेको बताएका छन् ।

राजधानीमा आज नेपाली टोलीको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा  रोबर्टस्ले खेलाडीहरुले राम्रो तयारी गरेकोले नेपालले फराकिलो गोल अन्तरको जित हात पार्ने दाबी समेत गरेका छन् ।

राष्ट्रिय टोलीमा विश्वस्तरका खेलाडी भएको हुंदा जस्तोसुकै टोलीलाई पराजित गर्न नेपाल सक्षम रहेको रोबर्टसको भनाई थियो । सबै खेलाडीहरु फिट भैसकेकाले पनि जित हात पार्न कुनै समस्या छैन ः उनले भने । राष्ट्रिय स्ट्राइकर सन्तोष साहुखलको कारवाहिको बिषयमा सोधिएको प्रश्नमा रोबर्टस्ले साहुखलले समयको महत्व बुझ्न नसकेकोले टोलीमा स्थान बनाउन नसकेको बताए । विश्वकप फुटबल छनौट जस्तो महत्वपूर्ण खेललाइ हल्का ढंग लिनु सन्तोषको भुल हो ः रोबर्टसले भने । नेपाली राष्ट्रिय टोलीमा अनुशासित र मिहनती खेलाडीलाई मात्र स्थान दिने पनि प्रशिक्षक रोबट्र्सको भनाई थियो । साहुखलको बिषयलाई मात्र बढवा नदिन आग्रह गर्दै रोबट्र्सले नेपाली राष्ट्रिय टोलीको धेरै सकारात्मक कुरा भएको स्पष्ट पारे । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले भने राष्ट्रिण टोलीको सम्पूर्ण जिम्मा प्रशिक्षकलाइ दिएकाले सन्तोषको कार्वाहिको बिषमा एन्फाले पछि मात्र औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

यसैबिच प्रशिक्षक रोबट्र्सले विश्वकप छनौटको लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेका छन् । आज घोषणा गरिएको राष्ट्रिय टोलीमा यस अघि टोलीमा परेका सन्तोष साहुखल र बिशाल राई बी भने पर्न असफल भएका छन् । नेपाल र इस्ट टिमोरबीच सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबलका लागी आउ“दो बुधबार र शनिबार एसियन छनौट अन्तर्गत दशरथ रंगशालामा खेल हुदँैछ । 

इस्ट टिमोर नेपाल आइपुग्यो

काठमाण्डौँ, १३ असार । सन् २०१४ मा ब्राजिलमा हुने बिश्वकप फुटबल प्रतियोगिताको छनौट खेलमा सहभागि हुन इस्ट टिमोरको फुटबल टोली आज काठमाडौमा आइपुगेको छ । नेपालले बुधबार र शनिबार विश्वकप छनौटका लागी इस्ट टिमोर संग प्रतिष्पर्धा गर्दैछ ।

इस्ट टिमोरको २९ सदस्यीय टोली आज काठमाडौंमा आइपुगेको हो । टोलीका ब्राजिलियन प्रमुख प्रशिक्षक एनथेनियो कार्लोस भिएराले आफुहरुले नेपाली राष्ट्रिय टोलीको बारेमा कुनै जानकारी नभएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए । लामो समय सम्म प्रशिक्षणमा रहेकोले आफनो टोली पुणर््ा रुपमा फिट रहेको उनको तर्क थियो । एनथेनियाले विश्कपमा छनोटको लागि आफ्नो टोलीले दुई महिना प्रशिक्षण गरेकोले नेपालसँगको प्रतिष्पर्धामा खरो उत्रने टिप्पणी समेत गरेका छन् । इन्डोनेसियाबाट १५ बर्ष अघि स्वतन्त्र भएको इस्ट टिमोरले अहिले सम्म फुटबलको कुनै अन्तराष्ट्रिय खेल जित्न सकेको छैन भने फिफा बरियता क्रममा पनि २ सयऔँ स्थानमा रहको छ ।

No comments: