Tuesday, June 28, 2011

असार १४ गते २०६८

सवैका भावनालाइ समेटेर बजेट ल्याउछुः अर्थमन्त्री

काठमाण्डौ, असार १४ । उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले प्री–बजेट छलफलका क्रममा सभासदले उठाएका बिषयलाई समावेश गरेर बजेट ल्याउने बताउनु भएको छ । प्रिबजेट छलफलबाट आफू उत्साहित भएको अधिकारीको भनाई थियो । संसद भवन परिसर नयाँँ बानेश्वरमा संचारकर्मीहरुसंग कुरा गर्दै अर्थमन्त्री अधिकारीले सबैलाई खुशी बनाउने खालको बजेट ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

‘संसदमा महिला सभासदहरुले धेरै महत्वपूर्ण सहभागिता जनाउनुभएको छ, मन्त्री अधिकारीले भन्नुभयो–यसले मलाइ समावेशी बजेट बनाउन पे्ररणा मिलेको छ ।’ बजेटका प्राथमिकता र सिद्धान्त दिशाहिन भएको भन्ने विपक्षीदलको आरोप अश्वीकार गर्दै उहाँले आलोचना गर्नु नै प्रतिपक्षको धर्म भएको टिप्पणी गर्नुभयो ।

परियोजना निमार्णमा नयाँ बजेट मार्फत लगानी गर्न सरकारलाइ आग्रह :
सभासद्हरु
Finance Ministry of Nepal present New Budget
काठमाण्डौँ, १४ असार । सभासद्हरुले उर्जा विकास, औद्योगिक विकास, कृषिको आधुनिकीकरण तथा ठुला परियोजना निमार्णमा नयाँ बजेट मार्फत लगानी गर्न सरकारलाइ आग्रह गरेका छन् । चार दिन सम्म चलेको ब्यवस्थापिका संसदको सिद्धान्त र प्राथमिकतामाथीको छलफलमा भाग लिदैँ सभासद्हरुले उर्जा संकट आर्थीक विकासको प्रमुख बाधकको रुपमा देखिएकाले उर्जालाइ महत्वका साथ बजेटमा समावेश गर्न माग गरेका हुन् ।

त्यसअघि व्यबस्थापिका संसदमा विनियोजन विधेयकमाथी अन्तिम दिनको छलफलमा भागलिदै सभासदहरुले उर्जा क्षेत्रको विकासलाइ महत्व दिन माग गरेका थिए । सभासदहरुले कृषिको व्यबसायीक उत्पादन, औद्योगिक विकास र उर्जा विकासलाइ महत्व दिएर बजेट ल्याउन सरकारसंग माग गरे ।

एकीकृत माओवादीका अमिक शेरचनले आगामी बजेटमा उर्जा विकासलाइ महत्व दिन सुझाव दिनुभयो । शेरचनले राष्ट्रिय स्वाधिन अर्थतन्त्रको जग बनाउन स्वदेशमै उपलव्ध कच्चा पदार्थ प्रयोेग गर्ने खालका उद्योग विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । 

वयस्क अर्थतन्त्र भएका दुइ छिमेकी मुलुकसंग प्रतिष्पर्धा गर्न नसक्ने भएका कारण नेपाली मौलिकताको अर्थतन्त्रको विकास गर्न जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले मुलुक संविधान निर्माणको चरणमा रहेका कारण सबैको सहमति जुटाएर बजेट ल्याउन अर्थमन्त्रीलाइ सुझाव दिनुभयो ।


नेपाली कागे्रसका गोपालमान श्रेष्ठले पार्टीभन्दा माथि उठेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभयो । जेठ १४ मा पाँचबुदे सहमति भइसकेपछि वर्तमान सरकार कामचलाउ भइसकेकोले पार्टी विशेषका कार्यक्रम ल्याउन नमिल्ने उहाँले दावी गर्नुभयो । रोजगारीका लागि युवापुस्ता गाउ खाली गरेर विदेश गएको स्मरणगर्दै उहाँले स्वदेशमै रोजगारी सृजना गर्ने खालका कार्यक्रम ल्याउन माग गर्नुभयो ।

नेकपा एमालेकी राधा ज्ञवालीले सामान्तवादका आर्थिक आधार भत्काउन बैज्ञानिक भूमिसुधार र भुःउपभोगनीति बनाउन जरुरी रहेको बताउनुभयो । परंपरागत कृषिवाट देशको विकास संभव नभएकोले कृषिको व्यबसायीकरणमा रुपान्तरणगर्न कृषि औजार कार्खाना निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले कृषिको आधुनिकिरण मार्फत अर्थतन्त्र मजबुद बनाउन कृषिमा आधारित औद्योगिक नीति बनाउन सरकारलाई सुझाव दिनुभयो ।

यसैबीच व्यबसायीक पृष्ठभूमिका सभासदहरुले सरकारले लिएको गलत अर्थनीतिका कारण पूजी पलायन भइरहेको बताएका छन् । उर्जा संकट, तरलता अभाव र शान्ति सुरक्षा अभावमा अर्थतन्त्र शिथिल बन्दै गएको उनिहरुको भनाइ थियो । व्यबसायीक पृष्ठभूमिका सभासदले राजश्वमुखी मात्र नभइ पूजी निर्माण र उत्पादनमुखी बजेट बनाउन सुझाव दिए ।

नेकपा मालेका सभासद राजेन्द्र खेतानले कृषि, पर्यटन र औद्योगिक विकास तथा निर्यात बृद्धिमा जोडदिन सरकारलाइ सुझाव दिनुभयो । उहाँले बजारमा बढेको तरलता अभावले व्यबसायीको मनोबल खस्केको बताउदै तरलता समस्या कायमै रहे आर्थिक क्षेत्र झनै तहस नहस हुने बताउनुभयो । निकासीलाइ प्रमुख लक्ष नबनाए तरलता अझै खस्किने उहाँको भनाइ थियो । खेतानले करको दर भन्दापनि दायरा बढाउन तथा आयात भन्दापनि निर्यातमा जोडदिन सरकारसंग आग्रह गर्नुभयो ।

मधेशी जनअधिकार फोरमका श्रबणकुमार अग्रवालले आत्मनिर्भर अर्थतन्त्रको विकासकालागि निजि क्षेत्रलाइ प्रोत्साहन गर्नुपर्नेमा राजश्व संकलनका नाममा ‘झिङ्गाको बोसो निकाल्ने प्रयास’ गरिरहेको आरोप लगाउनुभयो । राज्यले खुला र उदार अर्थतन्त्रको नीति लिएमा राजनीतिक अस्थितरता बीचपनि आर्थिक विकास संभव हुने भन्दै उसकालागि निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने खालको बजेट ल्याउन सुझाव दिनुभयो । माओवादीका पद्म ज्वोतिले पनि करको दर भन्दापनि दायरा बढाउन तथा निर्यातलाइ बढवा दिने खालको निति लिन सुझाव दिनुभयो ।

यसैबिच सभासद्हरुले उठाएको प्रश्नको जवाफ दिदैँ अर्थमन्त्री भरतमोहन अधिकारीले सभासद्हरुको सुझावका आधारमा नयाँ बजेट ल्याइने बताउनु भएको छ । संसदमा सभासद्हरुले राखेका विचार तथा भनाइहरुलाइ आफुले गम्भीरता पूर्वक लिएको भन्दै मन्त्री अधिकारीले सभासद्हरुको माग अनुसार नै बजेट प्रस्तुत गरिने बताउनु भएको हो । व्यबस्थापिका संसदमा आगामी बजेट माथीको छलफल आज बाट सम्पन्न भएको छ । व्यबस्थापिका संसदको आर्को बैठक आगामी असार १९ गते दिउसो २ बजे पुनः बस्नेछ । सोही दिन राष्ट्रपतिले संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गनुहुनेछ ।

संसदीय अनुगमन समितिको पहिलो बैठक भोली

काठमाण्डौँ, १४ असार । संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमति कार्यान्वयनका लागि गठित संसदीय अनुगमन विशेष समितिको बैठक भोली बस्ने भएको छ । सहमति कार्यान्वयनकालागि सभामुखको संयोजकत्वमा गठित समितिको बैठक भोली दिउसो संसद सचिवालयमा बस्ने समितिमा एमाले सदस्य राधा ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा पाँचबुदे सहमतिको महत्वपूर्ण बुदा प्रधानमन्त्री झलनाथ खनालको राजीनामालाइ प्रमुखताका साथ उठाउने कागे्रसले बताएको छ । कागे्रस मुख्य सचेतक लक्ष्मण घिमिरेले भनौ १४ मा संविधानको एकीकृत मस्यौदा जारीगर्न वर्तमान सरकार बाधक भएकोले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।

पाँच बुदेँको कार्यन्वयन गर्न नसकेको तीनदलका नेताहरुको स्वीकारोक्ति

काठमाडौ, १४ असार । संविधानसभाको म्याद थप गर्ने क्रममा पाँच बुँदे सम्झौता गर्ने प्रमुख तीन दलका नेताहरुले नै सम्झौता भएको एक महिनामा शान्ति प्रक्रियाको काम एक कदम पनि अघि बढ्न नसकेको स्विकार गरेका छन् । राजधानीमा आज अयाोजित एक कार्यक्रममा माओवादी सचिव पोष्टबहादुर बोगटी, काग्रेस नेता डा मिनेन्द्र रिजाल र एमाले नेता प्रदिप ज्ञावलीले पाँच बुँदे सम्झौता अनुसारको शान्ति प्रक्रिया अगाडि बढ्न नसकेको स्विकार गरेका हुन ।

माओवादी सचिव पोष्टबहादुर बोगटीले पाँच बुँदे सम्झौताको स्प्रिटमा शान्ति प्रक्रियाको काम अगाडि बढ्न नसकेको भन्दै यस्तै अवस्था रहे भदौ १४ गते भित्रमा काम सम्पन्न हुनै नसक्ने ठोकुवा गर्नुभयो । उहाले समायोजनको नेतृत्व, मोडालिटि र संख्यामा सहमति जुटे बाँकी विषयहरु दु्रत गतिमा अगाडि बढ्ने दावी बोगटीले गर्दै त्यसकोलागी काग्रेसको यथास्थितिबादी सोच बाधक बनेको आरोप लगाउनुभयो ।

नेपाली काग्रेसका नेता एवम सेना समायोजन विशेष समितिका सदस्य डा मिनेन्द्र रिजालले पनि पाँच बुँदे सम्झौता अनुसार शान्ति प्रक्रियाको काम अलिकती पनि अगाडि बढ्न नसकेको दावी गर्दै यस्तो गतीले तीन महिनामा कुनै पनि हालतमा शान्ति प्रक्रिया निश्कर्समा पुग्न नसक्ने ठोकुवा गर्नुभयो । उहाले शान्ति प्रक्रिया निश्कर्समा पुर्याए काग्रेस संविधान निर्माण प्रक्रियामा हदैसम्म लचक भएर आउने उल्लेख गर्दै शान्ति प्रक्रियामा काग्रेस लचक हुनै नसक्ने बताउनुभयो ।

नेकपा एमालेका नेता प्रदिप ज्ञावलीले पाँच बुँदे सम्झौता अनुसार शान्ति प्रक्रिया र संविधान निर्माणको काम अगाडि बढ्न नसकेको भन्दै माओवादीमा बढेको द्धन्द्धले झनै चिन्ता बढाएको बताउनुभयो ।  माओवादीभित्र बढेको अन्र्तद्धन्द्ध अझै चर्किए यसले शान्ति प्रक्रियालाई धरापमा पार्ने ज्ञवालीको भनाई थियो । उहाले जारी शान्ति प्रक्रिया माओवादी कसरी अगाडि बढ्छ भन्ने कुरामा निर्भर रहने भन्दै माओवादीले शान्ति र संविधानप्रतिको निष्ठा स्थापित गर्नु पर्ने बताउनुभयो ।

प्रचण्ड खनाल भेट पाँच बुदेँ सहमतिको विषयमा छलफल 

काठमाण्डौँ, १४ असार । प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा करिब एक घण्टासम्म भएको छलफलमा दलहरुबीच भएको पाँचबुँदे सहमति कार्यान्वयन, शान्ति प्रक्रिया र संविधान निर्माण लगायतका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा उहाँहरुबीच पाँचबुँदे सहमति अबिलम्ब कार्यान्वयन गर्ने, प्रतिपक्षलाई समेत विश्वासमा लिएर बजेट ल्याउँने र शान्ति प्रक्रियालाई अविलम्ब अघि बढाउँने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री खनालले माओवादीभित्र चर्कदै गएको विवादका कारण शान्तिप्रक्रिया र संविधान निर्माण प्रभावित हुन सक्ने भन्दै अध्यक्ष प्रचण्डसँग चिन्ता ब्यक्त गर्नु भएको थियो । जवाफमा अध्यक्ष प्रचण्डले आफू विवाद मिलाउँन प्रयासरहत रहेको भन्दै पार्टीमा देखिएको विवादले शान्तिप्रक्रियामा कुनै असर नपर्ने विश्वास दिलाउँनु भएको बताइएको छ । साथै उहाँले आगामी केन्द्रीय समिति बैठकबाट पार्टीमा देखिएको आन्तरिक विवाद समाधान हुने समेत प्रधानमन्त्री खनाललाई जानकारी गराउँनु भएको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ । भेटमा शीर्ष दुई नेताका अतिरिक्त उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरा तथा एमाले नेता सुरेन्द्र पाण्डे समेत सहभागी हुनुहुन्थ्यो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको योगदान महत्वपूर्णः प्रधानमन्त्रि

काठमाडौ, अÈाढ १४ – प्रधानमन्त्री झलनाथ खनालले प्राज्ञिक व्यक्तिहरुले मुलुकलाई गलत दिशातर्फ जान नदिन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको २५ औ“ प्राज्ञसभाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री खनालले सङक्रमणकाललाई ठीक ढंगले व्यवस्थित गर्नमा प्राज्ञिक व्यक्तिहरुले सहयोग गनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्रि खनालले कला संस्कृति, साहित्य भाÈा र दर्शनको प्रवद्र्धन तथा सम्वद्र्धनका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठानको योगदान महत्वपूण रहेको चर्चा गर्नुभयो । सरकार शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई टुंगोमा पु¥याउन कटिबद्ध रहेको दोहो¥याउदै प्रधानमन्त्री खनालले देशको कला, संस्कृति र भाÈाको विकासका लागि पनि गतिशिल बनाउन प्रज्ञा प्रतिष्ठानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रपतिद्धारा रातो मछिन्द्रनाथको हिरा र पन्ना जडिट भोटो अवलोकन

काठमाण्डौँ, १४ असार । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा आज हिरा र पन्नाजडित भोटो देखाई सम्पन्न गरिएको छ । करिब ३ महिना सम्म चलेको जात्राको आज अन्तिम दिन ललितमण्डपमा गुठि सस्थान ललितपुरका प्रमुखले जाउलाखेलमा राष्ट्रपति डा. रामबरण यादवलाई भोटो देखाएपछि जात्रा सम्पन्न भएको हो । ललितपुरको जावलाखेलमा देखाइएको भोटो जात्रा अबलोकनका लािग राष्ट्रपति डा. यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री झलनाथ खनाल, लगायत सरकारका मन्त्रीहरु तथा उच्च पदस्थ सरकारी अधिकारीहरु सहभागि हुनुभएको थियो । उपत्यकाको तीन वटै सहरमा स्थानीयहरूले विशेष रुपमा मनाउने यो जात्रामा मच्छिन्द्रनाथलाई ३२ हात लामो रथमा विराजमान गराई पाटन क्षेत्रको परिक्रमा गराइएको थियो । 

किम्बदन्ती अनुसार एक दिन जात्रा हेर्नृ भनि गएका कृषकले आफुले हराएको भोटो भुतले लगाएको देखे पछि दुबैले त्यो आ—आफ्नो भएको दावी नछाडे पछि निर्णयका लागी मच्छिन्द्रनाथका पुगेका दुबैलाई उहाँले जसले प्रमाण ल्याउन सक्छ उसैलाई भोटो दिने भनिएकाले यो कस्को हो भनेर प्रत्येक बर्ष देखाउन थालिएको भन्ने भनाई छ । कालान्तरमा गएर जात्राको नाम नै भोटो देखाउने जात्रा रहन गएको किम्बदन्ती प्रचलित छ ।

माओवादीको विवादले शान्ति प्रक्रियामा असर प¥यो ः एमाले नेता नेपाल

काठमाण्डौँ, १४ असार । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले माओवादीभित्रको आन्तरीक बिबादले शान्तिप्रक्रियाले पूर्णता पाउन नसकेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले शान्तिप्रक्रियालाई टुङगोमा पुर्याउन सेना समायोजनमा लडाकुहरुको सङख्या निर्धारण, खाका र मापदण्डको बारेमा पार्टीभित्र छलफल गरेर अविलम्ब सहमति गर्न माओवादीलाई सुझाव समेत दिनु भयो ।

दुईवटा सेना मिलाएर एउटा सेना बनाउनेबारे विस्तृत शान्ति सम्झौतामा उल्लेख नभएको जिकिर गर्दै नेता नेपालले ती सम्झौताहरुमा माओवादीका लडाकुहरुलाई नेपालको सुरÔा निकायमा समायोजन गर्ने कुरा भएको दोहो¥याउनु भयो । शान्तिप्रक्रिया अघि बढ्न नसक्दा संविधान निर्माण्ँको काम सम्पन्न हुन नसकेको दाबी गर्दै उहाले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन इमान्दारीताका साथ काम गर्न नेताहरुलाई आग्रह समेत गर्नु भयो । एमालेभित्र भएका बवाद र मतमतान्तर स्वाभाविक भए पनि बिवादलाई अन्त्य गर्दै पार्टी संस्थागत निणर््ँयवाट चल्नु पर्ने नेपालको तर्क छ ।

सरकारबाट मन्त्री फीर्ता बोलाईदैनः सचिव बोगटि

काठमाडौ, १४ असार । एकीकृत नेकपा माओवादीका सचिव पोष्टबहादुर बोगटिले सरकारबाट मन्त्रीहरु फिर्ता नवोलाउने दावी गर्नुभएको छ । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै बोगटिले माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता नबोलाईने बरु समावेशी मात्रै बनाईने बताउनुभयो । १ सय ५९ सभासदको हस्ताक्षर सहितको ज्ञापन पत्रको विषयमा संसदीय दलको नेता र नेतृत्व फेर्न नल्याईएको उपाध्यक्ष बाबुराम भट्टराई सहितका नेताहरुले प्रष्ट पारिसकेको भन्दै उहाँले सरकारमा रहेको माओवादी मन्त्रीलाई समावेशी बनाईने बताउनुभयो ।

अध्यक्ष प्रचण्डसँगमात्रै पार्टीलाई मिलाएर अगाडि बढ्न सक्ने क्षमता रहेको दावी गर्दै प्रचण्डको नेतृत्वको विकल्प नरहेको र त्यस्तो कुनै प्रस्ताव पनि नआएको उहाँले दावी गर्नुभयो । प्रधानमन्त्रीको राजिनामा माओवादीको प्राथमिकताको विषय नभएको भन्दै बोगटिले माओवादी एक भएर शान्ति र संविधानमा लाग्ने तर्क गर्नुभयो ।

अमेरिकी चेम्बर अफ कमर्सको टोली र प्रधानमन्त्री खनालविच भेटवार्ता

नेपाल भ्रमण्ँमा रहेको अमेरिकी चेम्बर अफ कमर्सको टोलीले आज प्रधानमन्त्री झलनाथ खनालस“ग भेटवार्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिÈद्को कार्यलय सि“हदरबारमा मध्यान्ह भएको भेटमा नेपालमा लगानीको सम्भाब्यता, व्यापारको असर र त्यसका चुनौतीहरुबारे छलफल भएको छ । नेपालका लागी अमेरिकी राजदुत स्टक एच डेलिसि सहितको टोलीले दुई देशबिच बाणिज्य सन्धि भइसकेको अवस्थामा अब कसरी अघी बढ्न सकिन्छ भन्ने बिषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेश सल्लाहाकार सूर्य थापाले जानकारी दिनु भयो ।

नेपाल भ्रमणका क्रममा टोलीले एकीकृत नेकपा माओवादीका अध्यÔ पुष्प कमल दाहाल प्रचण्ड, उपाध्यÔ डा. बाबुराम भट्टराई, कांगे्रस उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्य रामशरण्ँ महत, उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारी र निजी Ôेत्रका लगानीकर्ताहरुस“ग पनि भेट बार्ता गर्नेछ । नेपालमा लगानी र व्यापारबारे अध्ययन गर्न टोली हिजो नेपाल आइपुगेको हो ।

आक्रमणमा संलग्नलाई कारबाहीको मागसहित पत्रकारहर आन्दोलनमा

पत्रकार आक्रमणमा संलग्नलाई पक्राउको मागसहित आन्दोलनरत देशभरका पत्रकारहरुले आज सरकारलाई लालटिन उपहार दिएका छन् । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरी फरार परशुराम बस्नेतलाई पक्राउ गर्न सजिलो होस भनेर पत्रकार महासंघका जिल्ला शाखाहरुले सम्बन्धित जिल्ला प्रशासनमार्फत सरकारलाई लालटिन उपहार दिएका हुन् । गत जेठ २२ गते युवा संघ मोरङका अध्यक्ष परशुराम बस्नेतको निर्देशनमा पत्रकार ढकालमाथि आक्रमण भएको भन्दै बस्नेतलाई पक्राउ गरी कारबाहीको मागसहित पत्रकारहरु दोस्रो चरणको आन्दोलनमा छन् । बस्नेतलाई कारबाही नभए अझ सशक्त आन्दोलनमा उत्रने नेपाल पत्रकार महासंघले चेतावनी दिएको छ ।

यसैबीच प्रेस चौतारी बा“केका अध्यक्ष रुद्र सुवेदीको नेपालगन्ज १६ मुक्तिपुरमा रहेको निवासलाई लक्षित गरेर गएराति बम बिष्फोट गराइएको छ । राति ८.३० बजेतिर उनको घरमा बम बिष्फोट गराइएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद समेत रहेका सुवेदी नेपालगन्जबाट प्रकाशित मध्यपश्चिम दैनिकका सम्पादक र राजधानी दैनिकका नेपालगन्ज व्यूरो संयोजक हुन् । प्रेस चौतारी बा“केले आज विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा तथा भत्रसना गरेको छ ।

बसमा ढुंगा खस्दा एक जनाको ज्यान गयो

गुडिरहेको बसमा माथिबाट खसेको ढुंगा लागि आज विहान चितवनमा एक जनाको मृत्यु भएको छ । राजविराजबाट काठमाडौं आइरहेको ना ४ ख ५०५ नम्बरको बसमा चितवनको चण्डीभन्ज्याङस्थित पाँच किलो भन्ने ठाउँमा सडकमा पहिरोसँगै खसेको ढुंगा लाग्दा बसमा सवार यात्रु सिराहाका सन्तु सर्फीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ढुंगा लागि अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा माथिबाट दश टनको ढुंगा खसेको र त्यो अहिलेपनि बसमै रहेको हाम्रा स्थानिय सहकर्मीले जनाएका छन् ।

यसैबिच तुइन तर्ने क्रममा तुइन चुडिन गई त्रिशुली नदीमा डुबेर हिजो बेपत्ता भएका ५ जनाको अवस्था अझै अज्ञात छ । उनीहरुको आज बिहानै देखि खोजी कार्य जारी राखिएपनि अझैसम्म फेला पर्न नसकेको धादिङ प्रहरीले जनाएको छ । तरकारी लिएर खोला तर्ने क्रममा धादिङको बेनीघाटमा तुइन अड्याउने काठ चुडिएर हिजो बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा गोर्खाका रञ्जित गैरे, मित्रा श्रेष्ठ, अमृतलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ र चितवनका राजु सिलवाल रहेका छन् । नदीमा खसेका १० जना मध्ये ५ जना भने पौडेर बाच्न सफल भएका थिए ।

आर्थिक समाचार
आजदेखि पेट्रोलियम ढुवानी ठप्प

पेट्रोलियम ढुवानी व्यवसायीले राक्सौल डिपोबाट आजदेखि ढुवानी ठप्प पारेका छन् । नेपाल आयल निगमले बरौनी अमलेखगन्ज रुटमा चल्ने ६० वटा ट्याङ्करलाई रक्सौल–काठमाडौं रुटमा स्थानान्तरको स्वीकृति दिएपनि कार्यान्वयन नगरेको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । माग अनुसार आपूर्ति नहु“दा अभाव भइरहेको अवस्थामा ढुवानी ठप्प हु“दा इन्धन हाहाकार हुने भएको छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ संघर्ष समितिले यसअघि २ दिनभित्र रक्सौल–काठमाडौं रुटमा चल्ने इजाजत नदिए पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी दिएको थियो । आन्दोलन जारी राखेको महासंघसँग आयल निगमले सम्झौता गरेको भनिएपनि पेट्रोलको अभाव भने अझै यथावत नै रहको छ ।

अन्तराष्ट्रिय समाचार
ग्रिसमा बजेट कटोतिको विरोधमा आम हड्ताल

ग्रिसमा मितब्ययिता अपनाउने भन्दै सरकारले खर्च कटौती गर्न लागेको विरोधमा विभिन्न टे«ड युनियनले ४८ घण्टे वृहत आम हड्ताल आयोजना गरेका छन् । खर्च कटौति पछि हाल रहेको १६ प्रशितको बेरोजगारी बढ्ने भन्दै टे«ड युनियनहरुले हड्तालको आयोजना गनुपरेको जनाएका छन् ।

यसअघि हिजो सरकारले देश आर्थीक संकटमा फसेको भन्दै संसदमा २८ अर्ब युरोपियन डलर खर्च  कटौतिको प्रस्ताव पेश गरेका थियो । ग्रिसका प्रधानमन्त्री पापुद्रेले संसदमा बजेट कटौतिको प्रस्ताव पेश गर्दै देशलाइ पुन आफ्नै खुट्टामा उभ्याऊने प्रयास स्वरुप खर्च कटौति गर्नु परेको बताएका छन् । उनले सरकारले खर्च कटौति गरेर देशलाइ पुरानो अवस्थामा नर्फकाए अन्तराष्ट्रिय मुद्रा कोषले १२ अर्ब युरोको ऋण सहयोग रोकने र त्यसलगत्तै देशको भण्डार नै रितिने बताएका छन् ।

यद्यपी प्रर्दशनकारीहरुले भने सरकारले नयाँ कार्ययोजना ल्याउनुको सट्टा बजेट कटौती गरेर देशलाइ झ्न गरिब बनाउन खोजेको टिप्पणी गरेका छन् । हड्डालका सुरु भए लगत्त ग्रिसको राजधानि एथेन्स लगातका ठाउँमा प्रर्दशन सुरु भएको छ भने प्रहरी र हड्टालकारी बिच झडप समेत भएको छ । आमहड्तालका कारण ग्रिसमा यातायात, अस्पताल लगायतका सार्वजकि सेवा ठप्प भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।  त्यस्तै हड्तालले शेयर बजार सहित सम्पूर्ण अर्थतन्त्र नै प्रभावित बनेको छ ।

खेल समाचार
विश्वकपमा चार एसोसियट मुलुकलाइ समावेश गराऊने आइसिसीको योजना

अन्र्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसिसीले आगामी सन् २०१५ को विश्वकप क्रिकेटमा ४ एसोसिएट राष्ट्रहरुलाई पनि समावेश गर्ने निर्णय गरेको छ । हङकङमामा जारी आईसिसिको वार्षिक सममेलनले यसअघिको निर्णय उल्टाउँदै अष्टे«लिया र न्युजिल्याण्डमा संयुक्त रुपमामा हुने आगामी विश्वकप क्रिकेटमा चार एसोसिएट राष्ट्र प्रवशेको मार्ग प्रशस्त गरेको हो । आईसिसीको यसअघिको निर्र्णय ब्यापक आलोचित बनेको थियो । यद्यपी उसले सन् २०१९मा हुने विश्वकपका लागि भने १० टेस्ट मान्यता प्राप्त राष्ट्रलाई समावेश गर्ने बताएको छ । साथै सन् २०१२ र २०१४ मा हुने २०—२० क्रिकेट विश्वकप क्रिकेटमा भने १६ बाट घटाएर १२ राष्ट्रमात्र समावेश गरिने भएको छ । आईसिसीको सो निर्णयसँर्ग आगामी विश्वकप क्रिकेटमा यस वर्ष जस्तै १४ देशले प्रतिस्पर्धा गर्नेछन् । यो निर्णयसँगै नेपाालको पनि छनोट पार गर्दे अष्टे«िलया यात्रा गर्ने लुप्त सपना जागृत भएको छ ।

No comments: