घाइते पत्रकार ढकालको उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने
काठमाडौ असार १५ । सरकारले एमाले भातृसंगठन युथफोर्सका कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भएका विराटनगरका पत्रकार खिलानाथ ढकालको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने निर्णय गरेको छ ।
ढकालको उपचारका लागि सरकारले तत्काल दुई लाख रुपैंया निकासा गर्ने निर्णय पनि गरेको छ । मन्त्रीपरिषदको आज साँझ बसेको बैठकले यस्तो निर्णय गरेको बैठकपछि शिक्षामन्त्री तथा सरकारका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिनुभयो ।
पत्रकार ढकाललाई केही समय अघि मोरङको विराटनगरमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । एमाले भातृसंगठन युथफोर्सका मोरङ अध्यक्ष पर्शुराम बस्नेतले ढकाललाई आक्रमण गरेको भएपनि सरकारले आजसम्म पक्राउँ गर्न सकेको छैन । यता बस्नेतलाई पक्राउ गर्न माग गर्दै पत्रकार महासंघले दोश्रो चरणको आन्दोलन जारी राखेको छ ।
मन्त्रीपरिषद बैठकले केही राजनीतिक नियुक्ती समेत गरेको छ । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष सुगतरत्न कंशाकार तथा महाप्रबन्धक केबी लिम्बूलाई हटाई मनरुप शाहीलाई अध्यक्षमा नियुक्ती गरेको छ । यस्तै राष्ट्रिय समाचार समितिको अध्यक्षमा कोमलराज बराल तथा साल्ट ट्रेडिङको अध्यक्षमा प्रमिला यादवलाई नियुक्ती गरेको मन्त्री तुलाधरले जानकारी दिनुभयो ।
शान्ति र संविधानका पक्षमा कागे्रसले संगठन परिचालन गर्नेः
नेपाली कागे्रसले शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधान निर्माणकालागि जनमत सृजनागर्न संगठन परिचालन गर्ने भएको छ । कागे्रस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ती प्रकाशितगरी असार, साउन र भदौ महिनाकालागि संगठन परिचालनका कार्यक्रम संचालनगर्न लागिएको जनाएको हो । संविधानसभाको थप गरिएको तीन महिनाको अबधिमा शान्ति प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याउन केन्द्रमा सबै राजनीतिक दलसंगको संवादलाइ निरन्तरतादिर्दै शान्ति र लोकतन्त्रको पक्षमा व्यापक जनमत सृजना गर्ने कागे्रसले बताएको छ । कागे्रसले थपिएको तीन महिनाको समयमा समेत शान्ति प्रक्रिर्याको काम सहज ढंगले अघि बढ्नेमा अशंका रहेको बताएको छ ।
काठमाडौ असार १५ । सरकारले एमाले भातृसंगठन युथफोर्सका कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भएका विराटनगरका पत्रकार खिलानाथ ढकालको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने निर्णय गरेको छ ।
ढकालको उपचारका लागि सरकारले तत्काल दुई लाख रुपैंया निकासा गर्ने निर्णय पनि गरेको छ । मन्त्रीपरिषदको आज साँझ बसेको बैठकले यस्तो निर्णय गरेको बैठकपछि शिक्षामन्त्री तथा सरकारका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिनुभयो ।
पत्रकार ढकाललाई केही समय अघि मोरङको विराटनगरमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । एमाले भातृसंगठन युथफोर्सका मोरङ अध्यक्ष पर्शुराम बस्नेतले ढकाललाई आक्रमण गरेको भएपनि सरकारले आजसम्म पक्राउँ गर्न सकेको छैन । यता बस्नेतलाई पक्राउ गर्न माग गर्दै पत्रकार महासंघले दोश्रो चरणको आन्दोलन जारी राखेको छ ।
मन्त्रीपरिषद बैठकले केही राजनीतिक नियुक्ती समेत गरेको छ । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष सुगतरत्न कंशाकार तथा महाप्रबन्धक केबी लिम्बूलाई हटाई मनरुप शाहीलाई अध्यक्षमा नियुक्ती गरेको छ । यस्तै राष्ट्रिय समाचार समितिको अध्यक्षमा कोमलराज बराल तथा साल्ट ट्रेडिङको अध्यक्षमा प्रमिला यादवलाई नियुक्ती गरेको मन्त्री तुलाधरले जानकारी दिनुभयो ।
शान्ति र संविधानका पक्षमा कागे्रसले संगठन परिचालन गर्नेः
नेपाली कागे्रसले शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधान निर्माणकालागि जनमत सृजनागर्न संगठन परिचालन गर्ने भएको छ । कागे्रस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ती प्रकाशितगरी असार, साउन र भदौ महिनाकालागि संगठन परिचालनका कार्यक्रम संचालनगर्न लागिएको जनाएको हो । संविधानसभाको थप गरिएको तीन महिनाको अबधिमा शान्ति प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याउन केन्द्रमा सबै राजनीतिक दलसंगको संवादलाइ निरन्तरतादिर्दै शान्ति र लोकतन्त्रको पक्षमा व्यापक जनमत सृजना गर्ने कागे्रसले बताएको छ । कागे्रसले थपिएको तीन महिनाको समयमा समेत शान्ति प्रक्रिर्याको काम सहज ढंगले अघि बढ्नेमा अशंका रहेको बताएको छ ।
कागे्रसले भदौ १ गते सबै जिल्लामा जिल्लामा जिल्ला स्तरिय कार्यकर्ता भोलाको आयोजना गर्न र भेलामा पार्टीका सबै कार्यकर्तालाइ अनिवार्य उपीसथत गराउन निर्देशन दिएको छ । कागे्रस मुख्य सचिव वसन्तकुमार गौतमका अनुसार जिल्ला, क्षेत्र, नगर, गाउँ र वडासम्म क्रिर्याशील सदस्यको भेला, बुद्धिजिविसंग अन्तरक्रिर्या गर्ने लगायत छन । असार १८ गते गिरिजाप्रसाद कोइरालाको ८८ औ जन्म जयन्ती तथा श्रावण ६ गते बीपीको जन्मजयन्तीका अबसरमा बृक्षारोपण कार्यक्रम आयोजना गरिने कागे्रसले जनाएको छ । कागे्रसले जिल्ला सम्मेलन लगायत पार्टीका हरेक तहमा बिधान बमोजिमका सम्मेलन आयोजनागरी १२ औ महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रम र पार्टीले लिएका निर्णय सुनाउन निर्देशन दिएको छ । जिल्ला स्तरमा हुने कार्यक्रमको सुपरिवेक्षणकालागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको मुख्य सचिव पोखे्रलले जानकारी दिनुभयो ।
पाँचबुदे सहमति कार्यान्वयनगर्न अनुगमन समितिको आग्रहः
काठमाण्डौ, असार १५ । संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमति कार्यान्वयनका लागि गठित संसदीय अनुगमन विशेष समितिले सहमतिको कार्यान्वयनगर्न सबैपक्षलाइ आह्वान गरेको छ । संसद सचिवालय सिंहदरवारमा आज पहिलो पटक बसेको समिति बैठकले सहमति कार्यान्वयनवारे सबैपक्षसंग छलफल गर्ने निर्णय गरेको समितिमा एमाले सदस्य राधा ज्ञवालीले जानकारी दिनुभयो । समितिले सेना समायोजनमा भएको प्रगतिवारे विशेष समितिसंग छलफल गर्ने उहाँले बताउनुभयो ।
बैठकमा नेपाली कागे्रसले पाँचबुदे सहमतिको महत्वपूर्ण बुदा प्रधानमन्त्री झलनाथ खनालको राजीनामालाइ प्रमुखताका साथ उठाएको थियो । स्रोतका अनुसार बैठकमा कागे्रस मुख्य सचेतक लक्ष्मण घिमिरेले पाँचबुदे सहमतिको कार्यान्वयन प्रधानमन्त्रीको राजीनामावाट सुरु गर्नुपर्ने बताउनु भएको थियो । बैठकमा अधिकाशं सभासदहरुले संविधानसभाको थपिएको कार्यकालको एक महिना खेर गएको भन्दै बाकी दुइ महिनालाइ सार्थक बनाउन अनुगमन समिति सक्रिय बन्न्ुपर्ने बताएका थिए । यसअघि व्यबस्थापिका संसदको सोमवार बसेको बैठकले सभामुख सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा १७ सदस्यीय संसदीय अनुगमन समिति गठन गरेको थियो ।
यसैबीच संसदको सार्वजानिक लेखा समितीले त्रिभुवन अन्तराष्टिय बिमानस्थलको धावन मार्ग निरिक्षण गरेको छ । निर्माण सम्पन्न भएको तिन महिना पनि नबित्दै धावन मार्ग भत्किएर पटक पटक हवाईसेवा नै अवरुद्ध हुन थालेपछि संसदिय समितीले चासो देखाएको हो । समिती सभापति रामकृष्ण यादवसहितको सभासदहरुको टोलीले बिमानस्थलको धावनमार्ग, हेलिप्याड र पार्किकस्थलको निरिक्षण गरेको छ । निरिक्षणपछि सञ्चाकर्मीसँग कुरा गर्दै समिती सभापति यादवले धावनमार्ग निर्माणमा घोटला भएको दाबी गर्दै भोली समितीको बैठकमा यस बिषयमा गम्भिर छलफल हुने जानकारी दिनुभयो । २४ करोडको लागतमा बनेको धावनमार्ग निर्माण गरिएको ३ महिना नबित्दै गत मंगलबार भत्किएपछि ३ घन्टा हवाई सेवा नै अवरुद्ध भएको थियो ।
कोशी वरपर अति संबेदनशिल क्षेत्र घोषणा
स्थानीय प्रशासनले कोसीले कटान गरिरहेको सुनसरीको प्रकासपुर क्षेत्रलाई आज अति संबेदनशिल क्षेत्र घोषणा गरेको छ । कोसीको तटबन्धको निरीक्षण अनुगमन र मर्मत सम्भारको काम गर्ने जिम्मा पाएको जल उत्पन्न प्रकोप तथा नियन्त्रण कार्यालयको अनुगमन पछि सो क्षेत्रलाई अति नै संबेदनशिल क्षेत्र घोषणा गरिएको हो । अति संबेदनशिल क्षेत्र घोषणा गरेर सो क्षेत्रको फोटो सहितको कागजात सरकारलाई पठाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसी नदीले सुनसरीको प्रकासपुरको २५ दशमलब ५७ र २६ दशमलब ४० स्परमा कटान गरिरहेको छ ।
यसैबिच सप्तकोशी नदीमा पानीको बहाब बिहानको तुलनामा केही घटेको त्यहाबाट हाम्रा स्थानीय प्रतिनिधीले जनाएका छन् । बिहान ६ बजे गरीएको मापन अनुसार कोशीमा १ लाख ९ हजार ७ सय क्युसेक पानी प्रति सेकेण्ड बगेकोमा अहिले पानीको बहाव प्रतिसेकेण्ड एक लाख १ हजार क्युसेक रहेको छ । पानीको मात्रा बढेपछि व्यारेजको पुर्वी भागमा रातो झण्डा गाडिएको छ भने व्यारेजका १५ वटा ढोका खोलिएको छ । कोसीमा एकलाख ५० हजार पानी पुगेपछि दुवै भागमा खतराको सूचक रातो झण्डा गाडिन्छ ।
एमालेमा दलको बिधान परिवर्तन गर्ने विषमया विवाद
नेकपा एमालेभित्र संसदीय दलको विधान संसोधनको विषयलाई लिएर तिब्र बिबाद भएपछि संसोधनबारे टुङगो लगाउन ११ सदस्यीय कार्यदल गठन गरिएको छ । आज बसेको ससदीय दलको बैठकले अधयक्ष झलनाथ खनाल र प्रभावशाली नेता केपी ओली पक्षधर दुबै तर्फका नेताहरुलाई समेटेर विधान संसोधनको टुङगो लगाउन कार्यदल गठन गरिएको हो । बिधान संशोधन गर्न अध्यक्ष खनाल पक्ष र ओली पक्षका सभाषदहरुबिच मत बाझिएपछि दुबै पक्षलाई समेटी कार्यदल गठन गरिएको प्रमुख सचेतक भिम अचार्यले जानकारी दिनुभयो । गठित कार्यदललाई संशोधनको प्रतिबेदन तयार गरी पार्टी केन्द्रिय समितीको बैठकमा पेश गर्न ३ दिनको समय दिइएको छ ।
कार्यदलमा प्रमुख सचेतक भिम आचार्य नेता सुरेन्द पाण्डे, भिम रावल, अग्नी खरेल, सपना प्रधान लगायतका नेताहरु रहेका छन् । संसदिय दलको उपनेता पनि बिधान संशोधन पछि नै चयन गरिने सहमती भएको आर्चाले जानकारी दिनुभयो । पार्टीको विधान अनुरुप नै संसदीय दलको विधान संसोधन हुन लागेको संस्थापन पक्षले दावी गर्दे आएको छ भने ओली निकट नेताहरुले अध्यक्षले संसदीय दलको उपनेता चयन नगर्ने चालबाजी गर्दे विधान संसोधनको प्स्ताजव गरेको दावी गर्दे आएको छ । यसअघि संसदिय दलको बिधान बिपरित एमालेको पार्टी बैठकले शंकर पोखरेलाई उपनेता बनाउने निर्णय गरेपछि बिधान संशोधनका बिषयलाई लिएर बिवाद उत्पन्न भएको थियो ।
आज देखि बिराटनगरमा क्षेत्रीयस्ततरको सुरक्षा गोष्ठि सुरु
गृहमन्त्रालयको आयोजनमा आज देखि बिराटनगरमा पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठी सुरु भएको छ । गृहमन्त्री कृष्ण बहादुर महराले उदघाट गर्नु भएको उक्त गोष्ठीमा क्षेत्रीय सुरक्षाको बिषयमा छलफल हुने र भाबि रणनिती तयार गरिने बताइएको छ ।
सुरक्षा स्थिती खस्कदै गएको अबस्थामा गृह मन्त्रालयले पुर्व क्षेत्रको सुरक्षा ब्यबस्थालाई कसरी मजदुत बनाउन सकिन्छ भन्ने बारेमा छलफल गर्न गोष्ठीको आयोजना गरेको हो । गोष्ठीमा तराईका बिभिन्न जिल्लामा भुमिगत संगठनको नाममा चन्दा, अपहरण, हत्या समेतका आपराधिक घटनाले प्रश्रय पाइरहेको बिषयमा प्रमुख जिल्ला अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु हुने जनाइएको छ ।
बिराटनगरको उद्योग संगठनमा हुने गोष्ठिमा पुर्व क्षेत्रका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख र क्षेत्रीय तथा अञ्चल सुरक्षा प्रमुखको सहभागीता रहेको जनाईएको छ ।
यसैबिच नेपाल पत्रकार महासघ मोरङ शाखाको नेतृत्वमा पूर्वका पत्रकारहरुले गृहमन्त्री महराविरुद्ध नारावाजी गरेका छन् । क्षेत्रीयस्तरको सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका महरालाई पत्रकार खिलानाथ ढकाल माथि आक्रमणका मुख्य योजनाकार पर्शुराम बस्नेतलाई हाल सम्म पक्राउ गर्न नसकेको बिरोधमा नाराबावज् गरिएको हो । साथै पत्रकारहरुले गृहमन्त्री समाबेश भएको सो कार्याक्रमको समाचार समेत बहिष्कार गरिदिएका छन् ।
तत्काल राष्ट्रिय सहमतीको सरकार बन्दैनः एमाले नेता ओली
भक्तपुर १५ असार । नेकपा एमालेका प्रभावशाली नेता नेता के.पी. ओलीले राष्ट्रिय सहमतीको सरकार अहिलेको आबश्यकता भएपनि राष्ट्रिय सहमतीको सरकार बन्ने संभावना नभएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा नेता ओलीले माओवादीका कारण सहमतीको सरकार सम्भब नभएको दावी गर्नुभएको हो । कांग्रेसलाई बर्तमान सरकारमा सहभागि गराई राष्ट्रिय सहमतीको सरकार बनाउन खोज्दा पनि माओवादीले त्यसलाई आफू बिरुद्धको षडयन्त्र मानेर सरकारमा सहभागि बन्न नदिएकाले राष्ट्रिय सहमतीको सरकार बन्न नसकेको उहाको आरोप थियो ।
संबिधान सभाको थप गरेदेखि यताका समयपनि उपलब्धिबिहिन भएको बताउदै उहाले भदौ १४ पछि नयाँ बाहाना बनाएर पून समय थप गर्ने चालबाजी भइरहेको आरोप लगाउनुभयो । ओलीले सहमति अनुसार प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने वा संबिधान सभाबाटै फेरि यही सरकालाई पूर्णता दिन अनुमोदन गर्नुपर्नेमा जोड दिनुभयो । माओवादीको हतियार र लडाकुको ब्यबस्थापन गरि शान्ति प्रक्रियालाई नटुङ्याए सम्म संबिधान जारी नहुने दाबी गर्दै उहाले यत्तिकैमा संबिधान आए कसैले नमान्ने र त्यो अन्तरिम संबिधान भन्दा माथि नहुने बताउनुभयो ।
प्रचण्ड र चिनीया राजदुत बिच भेट
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागी नबयिुक्त चिनिया राजदुत योङ हुलान बिच आज बिहान भेटबार्ता भएको छ । प्रचण्ड निवास नयाँबजारमा भएको भेटबार्तामा जारी शान्ति प्रक्रिया, सबिधान निमार्ण र दुई पक्षिय हितका बिषयमा छलफल भएको थियो ।
करिब १ घण्टा सम्म चलेको भेटमा राजदुत हुलानले देखाउनु भएको सुरक्षा चासो र चिन्ता प्रति अध्यक्ष प्रचण्डले एक चीन निती प्रतिको नेपालको प्रतिपद्धता ्दोह¥याउदै नेपाली भुमिमा कुनै पनि चीन बिराधी गतिबिधी हुन नदिने आश्वासन दिलाउनु भएको सा्रेतले बताएको छ ।
गत साता मात्र नेपाल आउनु भएका चिनीया राजदुत हुलान र माओबादी अध्यक्ष प्रचण्ड बिच भएको यो पहिलो भेटबार्ता हो ।
आज असार १५ ः खेतीको मौसम, दहि चिऊरा खाएर मनाइयो
आज आसार १५, कृषि प्रधान देश नेपालमा आजको दिनलाई कृषकहरुले विषेश दिनको रुपमा मनाएका छन । खेतिका लागी उपयुक्त मौसम शुरु भएको दिन असार १५ लाई रोपाई शुरु भएको दिनको रुपमा दही चिउरा खाएर मनाउने परम्परा छ । रोपाई गरी दही चीउरा खानाले शरीरमा स्फूर्ती उत्पन्न हुने जन विश्वासमा खेतीपाती नहुनेले पनि अरुको खेतमा वा आफ्नै करेसावारीमा रोपाई गरेर हिलो छ्यापा छ्याप गरि रमाईलो गर्ने गर्दछन् ।
यसैअवसरमा प्रधानमन्त्री झलनाथ खनालसहितका एमाले नेताहरुले भक्तपुरको आयोजित रोपाई पर्वमा सहभागीता जनाउनुभएको छ । किसान सङघद्धारा आयोजित रापाइमा खनालसहित एमाले नेताहरु केपी ओली,बामदेव गौतम, विद्या भन्डारी लगायतका नेताहरुले हिलो खेली रोपाई गरेको हाम भक्तपुर सहकर्मीले जनाएका छन् । यस्तै कृषि मन्त्रालयको आयोजनामा ललितपुरको बांडे गाउँमा पनि मन्त्री तथा सरकारका उच्च अधिकारीहरुको सहभागीतामा रापाई पर्व मनाईदै छ ।
यसैगरी आजकै दिनलाई राष्ट्रीय धान दिवशका रुपमा पनि मनाउने गरिन्छ । आठौँ राष्ट्रिय धान दिवस आज उपत्यका लगायत मुलुकभर धान उत्पादनमा बृद्धि, कृषि पर्यटनमा समृद्धि भन्ने मुल नाराका साथ रोपाई गरेर भब्यताका साथ मनाइको छ । कृषि क्षेत्रको प्रबद्र्धन तथा कृषकलाई प्रोत्साहन गर्ने उदैश्यले सरकारले २०६१ सालदेखी हरेक वर्षको असार १५ लाई धान दिवसको रुपमा मनाउदै आएको छ । यस पालिको धान दिबसमा उत्पादन बृद्धि र कृषि पर्यटनलाई बिशेष जोड दिएको छ । नेपालको कुल खाद्यान्नमा धानको करिव ५० प्रतिशत देन छ । चालु आर्थिक बर्षमा मुख्य बालीका रुपमा रहेको धानको उत्पादनमा ११ प्रतिशतले बृद्धि आएको छ । मुलुकमा १५ लाख हेक्टर जमिनमा धानखेती गरिदै आएको छ ।
जनकपुर अंचल अस्पतालमा विशेषज्ञ सर्जनको अभावमा उपचार प्रभावित
जनकपुर अंचल अस्पतालमा विशेषज्ञ सर्जनको अभावमा विरामीलाई स्वास्थ्योपचार प्रभावित भएको छ । वार्षिक करिब एक लाख सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने यस भेगकै एक मात्र सुविधा सम्पन्न जनकपुर अंचल अस्पतालमा सर्जिकल विभागमा एउटै पनि विज्ञ चिकित्सक नभएका कारण साना दुर्घटनाका विरामीलाई पनि बाहिर रेफर गर्ने गरिएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौराङ्ग मिश्राले विशेषज्ञ सर्जनको अभावमा समस्या भएको बताए । अस्पताललाई सरकारले दुई सय शैया संचालन गर्ने स्वीकृति दिएको छ तर अनुदान भने एक सय शैयाको मात्र दिने गरेको छ । सय शैया लागि स्वीकृत ३९ चिकित्सकको दरबन्दीमा हाल १२ जना चिकित्सक मात्र कार्यरत छन् ।
अपाङ्ग समाजको आग्रह हामीलाई नहेप
काठमाडौ, १५ असार । नेपाल अपाङग समाजले राजनीतिक पहुँचको आधारमा मात्रै राहत वितरण गर्ने परम्पराको तत्काल अन्त्य गर्न माग गरेको छ । समाजले आज पत्रकार सम्मेलनको आयोजना गरेर द्धन्द्धबाट पिडीत भएकाहरुलाई राज्यले राजनीतिक आस्थाको आधारमा विभेद गरेको भन्दै त्यस्तो कार्य तत्काल रोकेर समन्यायको आधारमा ब्यवहार गर्न आग्रह गरेको हो ।
समाजले राज्य वा विद्रोही पक्षबाट अपाङगता बनाईएका ब्यक्तिहरुको जिम्मा राज्यले लिनु पर्ने, विना भेदभाव सक्रमणकालीन न्याय प्रक्रियामा सहभागी गराउनु पर्ने, पिडकको पहिचान गरेर कानूनी प्रक्रिया अगाडि बढाउनु पर्ने, द्धन्द्ध प्रभावित अपाङगको पुर्नस्थापना, सहज राहत वितरण, शान्ति समितिमा अपाङग सम्बन्धी संस्थाको प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने, घाईतेको उपचार गर्नु पर्ने लगायतका सात सुत्रिय माग पनि अगाडि सारको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समाजकी अध्यक्ष तेजकुमारी तिवारीले द्धन्द्ध पिडीत अपाङहरुलाई राज्यले बेवास्ता गरेको भन्दै द्धन्द्ध पिडीत अपाङगहरुको घाउ राज्यले नभरेसम्म कुनै पनि हालतमा मुलुकमा दिगो शान्ति स्थापना हुन नसक्ने बताउनुभयो । उहाँले दिगो शान्ति स्थापनाकोलागी पहिला द्धन्द्धको घाउको रुपमा रहेका कारण तत्वहरुलाई सम्बोधन गर्नु पर्ने तर्क गर्नुभयो ।
आर्थिक समाचार
पेट्रोल अभाव जारी
राजधानीमा पेट्रोलियम पदार्थको ठुलो अभाव खड्कीएका वेला बीरगन्जको सीमावर्ती सहर रक्सौलबाट नेपालका लागि हुने पेट्रोलियम पदार्थको ढुवानी ट्याङकर व्यवसायीहरुले आज बिहानैदेखि ठप्प पारेका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ संघर्ष समिति बीरगंजको आह्वानमा ट्याङकर व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरेका हुन् । नेपाल आयल निगमले बरौनी रुटमा संचालनमा रहेका ६० ट्याङकरलाई राक्सौल काठमाडौं रुटमा ल्याएपनि ढुवानीको इजाजत नदिएको भन्दै ट्याङकर व्यवसायीहरुले हिजोबाट पेट्रोलियम ढुवानी अनिश्चितकालका लागि वन्द गरेका छन् ।
अन्तराष्ट्रिय समाचार
एनएलडीलाई राजनीतिक गतिबिधी बन्द गर्न सरकारको चेतावनी
बर्मा सरकारले प्रजातन्त्रबादी नेतृ आङसाङ सुचीको पार्टी नेशनल लिग फर डेमोक्रेसी एनएलडी लाई राजनीतिक गतीबिधी रोक्न निर्देशन दिएको छ । आन्तरिक मामिला सम्बन्धी मन्त्रालयले सुचीलाई पत्रमार्फत पार्टीले सामाजिक संगठनको रुपमा मान्यता नपाएको भन्दै यस्तो निर्देशन दिएको हो । नियम बिपरित नै एनएलडीले पार्टी खोल्ने तथा बैठकहरुलाई निरन्तरता दिएको सरकारको आरोप रहेको बिबिसीले जनाएको छ । एनएलडीले पछिल्लोपटक भएको निर्वाचनमा पार्टी दर्ता गराएको थिएन भने सर्वोच्च अदालतले दलको आधिकारिकता समाप्त भएको घोषणा गरीरसकेको थियो ।
लामो समयको नजरबन्दपछि गत नोभेम्बरमा छुटेपछि रंगुन शहरमा बस्दै आएका नेतृ सुकीले देशका अन्य क्षेत्रमा गएर आफ्ना समर्थकसँग मिल्ने बताएपनि त्यहाको सरकारी सञ्चारमाध्यमहरुले उनलाई त्यसो नगर्न चेतावनी दिदै आएका छन् । ती सञ्चारमाध्यमहरुले सुचि ग्रामिण इलाकामा गए दंगा भड्कन सक्ने चेतावनी दिएका छन् ।
खेल समाचार
बिश्वकप छनोट फुटबलमा नेपालको मेडन जित
नेपाली राष्ट्रिय फुटबल टोलीले ऐतिहासिक किर्तिमान रच्दै घरेलु मैदानमा बिश्वकप फुटबलको छनोट खेलमा पहिलो जित आत्मसाथ गरेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा सम्पन्न खेलमा नेपालले ईष्ट टिमोरलाई २—१ ले पराजित गर्दे मेडन जित दर्ता गराएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अनिल गुरुङले खेलको १४औ मिनटमा नै नेपाललाई अग्रता दिलाएका थिए । टिमोरका खेलाडीले नेपाली खेलाडीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई अनिलले सुन्दर प्रहार गर्दे बललाई जाली चुमाएका थिए ।
१ गोलको अग्रता सँगै आक्रामक फुटबल खेलेको नेपालविरुद्ध टिमोरले दोस्रो हाफ सुरु हुनासाथ बराबरी गोल गरेको थियो । उसका लागि कोरियाले फ्रिकिक मार्फत गोल गरेका थिए । साथै केही समयमा नै नेपालका भरपर्दा खेलाडी भरत खवास दुईवटा पहेलो कार्ड खाँदै मैदान छाड्न विवश भएपछि १० खेलाडीमा सिमित नेपाल लयमा फर्कन हम्मे परेको थियो । बराबरी गोल र १० खेलाडीमा सिमित भएपछि केही हतास देखिएको नेपाली टोलीले पहिलो हाफमा जस्तो आकर्षक फुटबल खेल्न भने सकेन । तर खेलको ६९औ मिनेटमा विराज महर्जनको सटिक पासलाई सदुपयोग गर्दे स्टार स्टा«ईकर जुमनु राईले नेपाललाई पून एकपटक अग्रता दिलाएका थिए । विराजको पासलाई जुमनुले हेडमार्फत जालीको दिसा दिलाएका थिए । यो उनको छैठौ अन्र्तराष्ट्रिय गोल समेत हो । त्यसपछि झनै रोमान्चक बनेको खेलको उत्तरार्धमा नेपालको आधा दर्जन सटिक प्रहारहरु सही निसानामा पर्न नसक्दा जित अन्तर बढ्न भने सकेन ।
अब शनिवार नेपालले दोस्रो पटक ईष्ट टिमोरको सामना गर्नैछ । होम अवेका आधारमा नेपालले अबको खेलमा टिमोरमा खेल्नुपर्र्नै भएपनि उपयुक्त मैदान नभएकाले पुन सो खेल पनि नेपाली र्मैदानमै हुन लागेको हो । नेपालले शनिवार हुने खेलमा बराबरी नजिता मात्रै निकालेपनि अर्काे चरणको खेलका लागि जोर्डनसँगको भेट पक्का गर्नेछ । आज एक गोल अन्तरले नेपाल विजयी भएकाले शनिवार हुने खेलमा ईष्ट टिमोरले सो भन्दा बढी अग्रताले खेल जितेमा भने नेपालको अर्काे छनोट चरण खेल्ने सपना चार वर्ष पर धकेलिने छ ।
No comments:
Post a Comment