तत्काल राजिनामा दिन्नँ ः प्रधानमन्त्री खनाल
काठमाण्डौँ, ०९ असार । प्रधानमन्त्री झलनाथ खनालले पाँचबुँदे सहमतिको प्राथमिकता शान्ति र संविधान भएकाले त्यसमा समाधान नगरी मार्गप्रशस्तका नाममा राजिनामा गरेर आफुले मुलुकलाई अन्योल र दिशाहीन नबनाउने बताउनु भएको छ । प्रेस चौतारी नेपालले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री खनालले भन्नुभयो ः ‘मुलुकलाइ अन्यौल र दिशा हिन बनाएर मैले सरकार छाड्न मिल्दैन’ । खनालले भन्नुभयो ः जब विकल्प तयार हुन्छ । म मार्गप्रशस्त गर्न तयार छु । प्रधानमन्त्रीले आफुलाइ कुर्सी मोह नभएको समेत स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री खनालले संविधानसभाको थप गरिएको अवधिको बाँकी समय देशको भविष्य लेख्नका लागि महत्वपूर्ण भएकाले यस अवधिको हरेक क्षण सदुपयोग गरेर जानुपर्ने बताउनुभयो । शान्ति र संविधानका बाँकी कार्यभार पुरा गर्न नसकेमा मुलुकमा दुर्भाग्य र विपत्ति हुने उहाँको भनाइ थियो । खनालले तीन दलका शीर्ष नेताबीच शान्ति र संविधानका टुङ्गो लगाउन बाँकी विषयमा घनीभूतरुपमा वार्ता चलिरहेको जनाउँदै केही दिनभित्र समाधान निकाल्नुको विकल्प नभएको बताउनुभयो ।
पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने आरोपितलाई गिरफ्तार गर्न सरकार लागिरहेको दावीगर्दै प्रधानमन्त्री खनालले अपराधीले कुनै पार्टीको छहारी ओढेर बच्न नसक्ने प्रस्ट गर्नुभयो । खनालले पत्रकार आक्रमणमा संलग्नलाइ कार्वाहीगर्न सरकारले निर्देशन दिएको उल्लेखगर्दै अपराधी पक्रिएरै छाडने ठोकुवा गर्नुभयो । ‘अपराधीले न्यायको कठघरामा नआइ सुखै छैन, उहाँले भन्नुभयो–समय लागेको मात्र हो अपराधी पक्रिने छ ।’
सो अवसरमा प्रधानमन्त्री खनालले प्रेस चौतारीद्वारा स्थापित ‘हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार’ विजय चालिसे तथा ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ किशोर श्रेष्ठलाई र ‘वीरेन्द्र साह क्रियाशील युव पत्रकारिता पुरस्कार’ निशा विश्वकर्मालाई प्रदान गर्नुभएको थियो ।
यसैबिच आजै आयोजित अर्को एक कार्यक्रममा प्रधानमन्त्री झलनाथ खनालले आफूले दुई शीर्ष दल माओवादी र कङग्रेसका शीर्ष नेताकै सल्लाहमा राजिनामा नदिएको दावी गर्नुभएको छ । उपयुक्त विकल्प तयार नभएकाले देशलाई अस्थिर र अन्योलपूर्ण अवस्थामा छाडेर आफूले प्रधानमन्त्री पदबाट तत्काल राजिनामा नदिने खनालेको भनाइ थियो । राजधानीमा आज एक अस्पतालको उद्घाटन समारोहमा बोल्दै खनालले राजिनामाका समबन्धमा आफूले माओवादी अध्यक्ष प्रचन्ड र कङग्रेस सभापती शुसील कोइरालासँग प¥र्याप्त छलफल गरेको उल्लेख गर्दे उहाँहरुले नै तत्काल राजिनामा नदिन सुझाव दिएको खुलासा गर्नुभयो ।
राजधानीको पचलीस्थित अनमोल हस्पिटल एन्ड रिसर्च सेन्टरको उद्घाटन गर्र्दै प्रधानमन्त्री खनालले सहमती बनेको खन्डमा आफू एक सेकेन्ड पनि प्रधानमन्त्री पदमा नरहने दोहो¥याउनुभयो । दलहरुलाई अविलम्ब विकल्प दिन अग्रह गर्दे उहाँले दुई शीर्ष नेताले बारमबार सत्ता भन्दा पनि शान्ति र संविधान मुख्य विषय भएकाले राजिनामा गौण भएको बताउँदे आएकाले राजिनामा नआएको दावी गर्नुभयो । दलहरु सबै तत्काल जिम्मेवार बने थपिएको समयमा शान्ति प्रक्रिया र संविधान लेखन दुबैले पूर्णता पाउने दावी गर्दे उहाँले संविधान सभा विघटन गरी कुनै आयोग र समितीबाट ल्याईने संविधान जनताको संविधान बन्नै नसक्ने ठोकुवा गर्नुभयो ।
माओवादी नेताहरु आन्तरिक परामर्शमाः
काठमाण्डौ, भदौ ९ । पार्टीभीत्र आन्तरिक कलह चुलिएको समयमा भोलीदेखी सुरु हुने भनिएको बहुप्रतिक्षित केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीति बनाउन माओवादी शीर्ष नेताहरुले आज छुट्टा÷छुट्टै आन्तरिक बैठक गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आफ्नै निवासमा प्रभावशाली नेताहरुसंग परामर्श गर्नुभएको छ । उहाँले भोलीको केन्द्रीय कमिटि बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको बिषयमा उपाध्यक्ष वाबुराम भट्टराइ लगायत आफू निकटस्थसंग छलफल गर्नुभएको हो । प्रचण्डले केन्द्रीय समिति बैठक सुरु हुनुपूर्ब वरिष्ठ उपाध्यक्ष मोहन बैद्यसंग समेत छलफल गर्नुहुने माओवादी उच्च स्रोतले बतायो । आज बस्ने भनिएको स्थाइ कमिटि बैठक स्थगित भएपछि नेताहरु आन्तरिक तयारीमा लागेका हुन ।

केन्द्रीय कमिटि बैठकमा प्रस्तुत हुने रणनीतिवारे उपाध्यक्ष बैद्य पक्षधर नेताहरुले पनि आज छुट्टै बैठक गरेका छन । बैद्यपक्षधरले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र प्रस्तुतिका आधारमा बैठकमा पेश हुने सहमति गरेको स्रोतको भनाइ छ । केन्द्रीय कमिटि बैठकमा पालुङ्गटार विस्तारित बैठकले तय गरेका कार्यदिशा परिवर्तन गर्न खोजे अध्यक्ष प्रचण्डलाइ संसदीय दलको नेता परिवर्तनको प्रस्ताव लैजाने तयारी भएको बैद्य निकटस्थ स्रोतले बतायो । असन्तुष्ट पक्षले प्रगतिशिल संविधान निर्माणको सुनिश्चितता नभएसम्म माओवादी जनसेनाका लडाकूको समायोजन गर्न नहुने कुरालाइ जोडदार ढंगले राख्ने तयारी गरेको छ । हतियार अलग गरेर समायोजनमा जानेकुरा निशस्त्रीकरण हुने भन्दै त्यस्तो विकल्पमा गए पार्टी विभाजनमा जाने चेतावनि बैद्य पक्षधरले दिएको छ ।
भदौ १४ मा एकीकृत मस्यौदा नआउने खतराः
काठमाण्डौ, असार ९ । एकीकृत माओवादी र नेपाली कागे्रसका नेताहरुले आगामी भदौ १४ गते नयाँ संविधानको एकीकृत मस्यौदा नआउने खतरा बढेको बताएका छन । संविधान नबन्नुको कारण उनिरुले एक आर्को दललाइ लगाए । दक्षिण एसियाली महिला पत्रकार संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा कागे्रस केन्द्रीय सदस्य एवं सभासद विमलेन्द्र निधिले माओवादी हतियार मोहका कारण फेरिपनि संविधान नबन्ने खतरा रहेको बताउनु भएको हो ।
जेठ १४ गते भएको पाँचबुदे सहमति अनुसार सेना समायोजनमा माओवादी गम्भीर नभएका कारण आगामी दुइ महिनामा नयाँ संविधानको एकीकृत मस्यौदा बन्ने संभावना कमजोर बन्दै गएको उहाँले बताउनु भयो । निधिले भदौ १४ सम्म शान्ति प्रक्रिर्या टुङ्गिएर संविधानको एकीकृत मस्यौदा बन्ने अबस्था सृजना नभए फेरिपनि संविधानसभाको म्याद थपगर्ने औचित्य समाप्त हुने बताउनुभयो । कार्यक्रममा माओवादी पोलिटव्युरो सदस्य जनार्दन शर्माले कागे्रस बाधक नभए तोकिएको समयमै संविधानको मस्यौदा बनाउन सकिने बताउनुभयो ।
माओवादी शान्ति प्रक्रिर्या र संविधान निर्माणमा गम्भीर भएको दावीगर्दै उहाँले कागे्रस वातावरण विथोल्न लागेको जीकिर गर्नुभयो । सोही कार्यक्रममा विभिन्न दलका सभासदहरुले नयाँ संविधानमा महिलाका मुद्दालाइ संवोधन गर्ने आश्वासन दिए । पूर्बप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ संविधानले महिला हिंसालाइ निषेध गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संविधानसभा मौलिक हक समितिकी सभापति विन्दा पाण्डेले संविधानसभाका मस्यौदा प्रतिवेदनमा प्रस्तावित महिलाका मुद्दावारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने, उक्त कार्यपत्रमाथी सभासद उषाकला राइले टिप्पणी गर्नुभएको थियो ।
नियम विपरितका सरुवा बदर गर्न निर्देशनः
व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले ऐन÷नियम विपरितका सरुवा, काज वा सोका लागि प्रदान गरिएको सहमती सात दिन भित्र रद्द गर्न सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज बसेको वैठकले निजामती सेवा ऐन र नियमावली विपरित सरुवा भएको ठहर गर्दै नियम विपरितका कार्य बदरगर्न निर्देश दिएको हो । कर्मचारीको तलव भत्ता पुनरावलोकन समितिको प्रतिवेदन समितिमा छलफलका लागि उपलव्ध गराउन आग्रह गरिएको समिति सभापति रामनाथ ढकालले जानकारी दिनुभयो ।
समिति वैठकमा मन्त्री कार्कीले राजनीतिक पुर्वाग्रह र आस्थाका कारण सरुवा वढुवा नगरेको दावी गर्नुभयो । सरुवा वढुवाको प्रणाली र मापदण्डमा रहेका कमिकमजोरीका कारण केहि जटिलता थपिएको स्विकार गर्दै प्रणाली परिमार्जन गर्ने दिसामा कृयाशील रहेको उल्लेख गर्नुभयो । बैठकमा कागे्रस सभासदहरुले वर्तमान सरकारले कर्मचारीको कार्यसम्पादन क्षमताको मुल्याँकन नगरि सरुवा र वढुवा गरेको आपत्ति जनाएका थिए ।
माओवादी सांसद पम्फा भुसालले सिंगो प्रशासन संयन्त्रको पुनर्संरचना गर्नुपर्ने भएकोले सो सम्वन्धि विधेयक पास गर्नुपुर्व समितिमा छलफल गराउनुपर्नेमा जोड दिनुभयो । सामान्य प्रशासन मन्त्रालयले १८ जना सहसचिव, ४४ जना उपसचिव स्तरका कर्मचारी, १०४ जना शाखा अधिकृत स्तरका कर्मचारीको अनियमित र आस्थाका आधारमा सरुवा गरेको कर्मचारी संगठनले बताएका छन ।
भदौ भित्र दुईवटा नयाँ विमान ल्याउने पर्यटन मन्त्रीको घोषणा
काठमाडौ, ९ असार । पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्गबहादुर विश्वकर्माले आगामि भदौ भित्रमा नेपाल बायू सेवा निगमकोलागी दुई वटा नयाँ विमान ल्याउने तायारी भइरहेको जानकारी दिनुभएको छ । राजधानीमा आज आयोजित एक कर्याक्रममा मन्त्री विश्वकर्माले नयाँ विमान खरिदको विषयमा आफूले अर्थमन्त्रायल, मन्त्री परिषद र प्रमुख राजनीतिक दललाई समेत कन्भिन्स गरिसकेको दाबी गर्नुभयो । आफुले सबैलाई सहमतीमा ल्याइसकेको बताउदै उहाले आगामि मन्त्रीपरिषदको बैठकमा सो प्रस्ताव लैजाने बताउनुभयो । नेपाल बायू सेवा निगम माफीया र दलालहरुको चंगुलमा फसेकोले माथि उठन नसकेको दावी गर्दै मन्त्री विश्वकर्माले निकम्मा भईसकेको सन्चालक समिति एक साता भित्र भंग गर्ने तयारी भईरहेको खुलासा समेत गर्नुभयो । उहाले नेपालको एकमात्र अन्तराष्ट्रि बिमानस्थल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ध्वाँजा फाटिरहनुको बिषयमा तत्काल छानबिन हुने बताउनुभयो ।
दलालको ठगीमा परेको भन्दै बैङ्ककस्थित राजदूतावासमा आउने नेपालीको सङ्ख्या बढ्यो
काठमाडौँ, ९ असार । थाइल्यान्डको बैंककस्थित नेपाली दतावासले दलालमार्फत बैदेशिक रोजगारीमा जाने प्रलोभनमा नपर्न सर्वसाधारणलाई अह्वान गरेको छ । द’तावासले एक बिज्ञप्ती जारी गरी रोजगारीका नाममा दलालहरूले ठूलो सङ्ख्यामा सर्वसाधारण नेपालीलाई थाइल्यान्डमा ल्याएर आफूहरू फरार हुने प्रवृति बढ्दै गएकाले यस्तो प्रलोभनमा नपर्न आह्वान गरेको हो । दूतावसले राजधानी बैङ्ककलगायत युरोपका विभित्र देशमा राजेगारीका लागि दलालमार्फत थाइल्यान्ड आई आफुहरू ठगीमा परेको भनी राजदूतावासमा आउने नेपालीको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गइरहेको जनाएको छ ।
दूतावासका अनुसार प्राप्त निवेदन र उजुरीका आधारमा किम भत्रे परशुराम गुरुङ, विभित्र छद्म नाममा पनि ठग्ने गरेको भीम गुरुङ भत्रे सन्दिप राई, आफूलाई नेपाली सेनाको मेजर भन्दै हिँड्ने अर्जुनबहादुर शाही, हरिप्रसाद राई, शिवजङ्ग लिम्बु, मायादेवी कामी ‘काली’, तिलक गुरुङ, कमल श्रेष्ठ, विनोद थापालगायतका व्यक्तिहरू ठगीमा संलग्न रहेका छन् ।
रोजगारीको सिलसिलामा थाइल्यान्ड आउन चाहने नेपाली नगारिकलाई सर्वप्रथम थाइल्यान्डले रोजगारीका लागि नेपालबाट कामदार ल्याउन दिएको छ—छैन, कुन कम्पनी वा संस्थाले मगाएको हो, यहाँ आएर के काम गर्ने, मासिक कति तलब पाइन्छ, नेपालमा ती कम्पनीका ऐजन्टहरू छन्—छैनन् आदि सम्पूर्ण व्यहोरा बुझेर मात्र थाइल्यान्ड आउन दूतावासले सुझाव दिएको छ ।
लडाकु मोडालिटीका बिषययमा छलफल हुदै
सेना समायोजन विशेष समितिको बैठक आज बस्दैछ । अहिले केहिबेरपछि नयाँ बानेश्वरस्थित समितीको सचिवालय कार्यलयमा बस्ने बैठकमा समायोजन गर्ने लडाकुको संख्या तथा मोडालिटीका विषयमा छलफल हुने बताइएको छ । लडाकुको मोडालिटी र समायोजनबारे दलहµबीच कुरा नमिल्दा त्यसबारे अझै टुंगो लाग्न सकेको छैन । लडाकुको मोडालिटी र समायोजनमा बारेमा माओवादीको आन्तरिक द्धन्द्धका कारण शान्तिप्रक्रियामा उल्लेखनीय प्रगति भने हुन सकेको छैन । गत मंगलबार बस्ने भनिएको समितिको बैठक प्रधानमन्त्री झलनाथ खनालको कार्यव्ययस्तताका कारण बस्न सकेको थिएन ।
यसैबीच, नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रधानमन्त्रीले तत्काल राजीनामा दिए शान्ति प्रक्रिर्या ओझेलमा पर्ने बताउनु भएको छ । राजधानीमा आयोजित कार्यक्रममा उहाले राजनीतिक दलहरूले सहमतिको आधारमा संविधानसभाको म्याद आवश्यकताअनुरूप बढाई शान्ति र संविधानलाई पूर्ण सफल बनाउनुपर्नेमा जोड दिनुभयो । भदौ १४ पछि संविधानसभा विघटन हुने अवस्था आएमा त्यस्तो राजनीतिक शून्यताको फाइदा देशभित्र–बाहिरका दक्षिणपन्थी तथा जातीय र क्षेत्रीय साम्प्रदायिक शक्ति केन्द्रले मात्र उठाउनसक्ने महासचिव मैनालीको भनाई थियो ।
सेना समायोजन विशेष समितिको बैठक भएन
काठमाडाँै, ९ असार । माओवादीका नेताहरु अनुपस्थीत भएपछि सेना समायोजन विशेष समितिको नियमित बैठक बस्दै नबसी स्थगित भएको छ । एकीकृत नेकपा (माओवादी) को भोलीदेखि हुने केन्द्रीय कार्यसमितिको बैठकको तयारीमा ब्यस्त रहेका भन्दै माओवादी नेताहरु बैठकमा अनुपस्थीत भएका थिए ।
बैठकमा सहभागी हुन पुग्नु भएका प्रधानमन्त्री खनालले माओवादी नेताहरु अनुपस्थति भएकाले आज अनौपचारिक छलफल मात्र भएको जानकारी दिनुभयो । खनालले भन्नुभयो ः आन विगतमा भएका निर्णय तथा प्रगतिको पुनरवलोकन गरियो । माओवादीको अनुपस्थितिका कारण समायोजन पुनः स्थापना लगायत निर्धारित कार्यतालिका प्रभावित हुँदैन र भन्ने सञ्चारकर्मीको जिज्ञासामा ‘त्यसले सामान्य असर पार्ने’ खनालको भनाइ थियो । समितिको अर्को बैठक यही असार १२ गते बस्नेछ ।
काँग्रेसद्धारा प्रिबजेट छलफलमा सक्रिय सहभागीता जनाउने निणर्य
काठमाण्डौँ, ०९ असार । नेपाली कागे्रसले संसदमा जारी प्रिबजेट छलफलमा सक्रिय रुपमा सहभागी हुने निणर्य गरेको छ । वर्तमान सरकारले बजेट ल्याउन नहुने अडान राख्दै आएको काँग्रेसले आज बजेटको विषयमा लचकता प्रस्तुत गर्दै प्रिबजेट छलफलमा सहभागी हुने निणर्य गरेको हो ।
नेपाली काँग्रेसको आज बसेका अनौपचारिक केन्द्रीय समिती बैठकले बजेटमा आफ्ना कार्यक्रमहरु समावेश गर्ने गरि संसदमा आवाज उठाउने भन्दै सक्रिय रुपमा छलफलमा सहभागी हुने निणर्य गरेको हो ।
त्यस्तै बैठकले संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमति कार्यान्वयन गर्नकालागि दवाव अभियान सुरु गर्ने समेत निणर्य गरेको छ । पाँचबुदे सहमति कार्यान्वयनगर्न दवाव दिने सहमति भएको केन्द्रीय सदस्य अर्जननंसिह केसीले बताउनुभयो । कागे्रसले कुटनीतिक मर्यादा विपरित राजदुत फीर्ता गर्ने भन्ने परराष्टमन्त्रीको भनाइप्रति आपत्ति जनाएको छ । कागे्रसले सेना समायोजनमा ढिलाइ भइरहेको प्रति चिन्ता व्यक्त गरेको छ ।
चैनपुरको झाडापखाला नियन्त्रणमा
चितवन (रत्ननगर), ९ असार । चितवनको चैनपुरमा देखिएको झाडापखालाको प्रकोप आजबाट नियन्त्रणमा आएको छ । यही असार ३ गतेदेखि देखिएको झाडापखाला नियन्त्रणमा आएपछि जिल्ला जनस्वास्थ्य कार्यालयबाट उपचारका लागि त्यसतर्फ गएका स्वास्थ्यकर्मीहरु फर्किएका छन् । अहिले पनि सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै प्रत्यक्ष निगरानीका लागि त्यहाँ दुईजना स्वास्थ्यकर्मी राखिएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो ।एक साताको अन्तरालमा यहाँ १४५ जनामा झाडापखालाको प्रकोप देखिएको कार्यालयले जनाएको छ । अहिले अधिकांश बिरामी उपचारपछि घर फर्किएका र बाँकी रहेकाहरुको पनि स्वास्थ्यस्थिति राम्रो भएको बताइएको छ । गाउँमा रहेको एक पोल्ट्री फर्मको फोहर व्यवस्थित नहुँदा त्यसैबाट झाडापखाला फैलिएको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् । स्वास्थ्यकर्मीहरुका अनुसार गाउँमा झिङ्गा अत्यधिक देखिएको छ । त्यहाँ के कारण सो रोग फैलिएको हो भन्नेबारे कार्यालय अनभिज्ञ छ ।
पत्रकार महासङ्घको आन्दोलनमा पत्रकार सङ्गठनको ऐक्यबद्धता
काठमाडौँ, ९ असार । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणका योजनाकार र संलग्न आरोपीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने भन्दै नेपाल पत्रकार महासङ्घले थालेको आन्दोलनमा मुख्य पार्टी सम्बद्ध पत्रकार सङ्गठनले ऐक्यबद्धता जनाएका छन् । पत्रकार महासङ्घद्वारा आज महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित अन्तत्र्रिmयामा नेपाल पे्रस युनियन, पे्रस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार सङ्गठनसम्बद्ध पत्रकारहरुले पत्रकारमाथि आक्रमण गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुनेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सभापति शिव गाउँलेले पत्रकार कुटपिटमा संलग्न दोषीमाथि सशक्तरुपमा कारबाही गर्नुपर्ने र आरोपी युवा सङ्घ नेपालका मोरङ उपाध्यक्ष परशुराम बस्नेतलाई कानुनको दायरामा ल्याउन सरकारको प्रतिबद्धता आउनुपर्ने बताउनुभयो ।
नेपाल पे्रस युनियनका अध्यक्ष किरण पोखरेलले सो घटनाका योजनाकार परशुराम बस्नेत र त्यसमा संलग्न अन्यलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । पे्रस चौतारी नेपालका अध्यक्ष गगन विष्टले पत्रकार महासङ्घको आन्दोलनमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै पत्रकार आक्रमणको घटनामा संलग्न आरोपीलाई कुनै पनि बहानामा छुट दिन नहुने बताउनुभयो । पत्रकार ढकालमाथि भएको साङ्घातिक आक्रमणका आरोपीलाई कानुनको कठघरामा ल्याउने विषयमा पत्रकार महासङ्घले आइतबार मानवअधिकारवादीसँग अन्तत्र्रिmया कार्यक्रमको आयोजना गर्दैछ भने असार १७ गते माइतीघर मण्डलामा सिटी जुलुसको आयोजना गर्ने भएको छ ।
पहिलो चरणको जनगणनामा रौतहटको एक गाउँ नै छुट्यो
रौतहट, ९ असार । जनगणनामा घरघरमा गएर प्रत्येक नागरिकको वास्तविक तथ्याङ्क लिने र घरको सूचीकृत गर्ने भने पनि पहिलो चरणमा रौतहटमा एक गाउँ नै छुटेको छ ।रौतहटको सन्तपुर गाविसका एकगाउँका बासिन्दाहरु सूचीकृत हुनबाट वञ्चित हुन पुगेका छन् ।सन्तपुर मटिऔन गाविस वडा नं ८ अन्तर्गत पुरानो टोलमा रहेका करिव २७ घरधुरीको पहिलो चरणको जनगणनामा खटिएका सुपरिवेक्षक नआएको गाउँलेले बताएका छन् ।मरधरटोलमा पहिलो चरणको कार्यक्रमअन्र्तगत सुपरिवेक्षकहरुले लागत नलिएको स्थानीय बासिन्दा खड्कराज गिरीले बताए ।रौतहटको औरया गाविस वडा नम्बर ८ र ९ मा नगइ फारम भरेको स्थानीयवासीको आरोप छ । एघारौँैँ जनगणना २०६८ लागि पहिलो चरणमा खटिएका सुपरिवेक्षकहरुले गाउँका एकदुई जनालाई भेटेर सवै गाउँलेको तथ्याङ्क सङ्कलन गरेर लगेको औरयाका स्थानीयवासी तथा उप स्वास्थ्य केन्द्रका प्रमुख अमरेन्द्र साहले जनगणना कार्यालय गौरमा आएर गुनासो गरेका थिए ।
सारंगीलाइ राष्ट्रिय बाजा घोषणागर्न मागः
गन्धर्व समुदायले आफ्नो पुर्खौली पेशा र सारंगीको सरक्षणकालागि नयाँ संविधानमा सारंगीलाई राष्टिय वाजा घोषणा गर्न माग गरेका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वांङलाइ आज ज्ञापनपत्र मार्फत नयाँ वन्ने संविधानमा सारगीलाइ राट्रिय बाजा घोषणा गर्न माग गरेका हुन । नेम्वांगले गन्धर्व समुदयले नेपालको राजनीतिक तथा साँस्कृतीक आन्दोलनमा खेलेको भुमीकाको सराहना गर्दै नयाँ संविधानमा गन्धर्व समुदायको हक अधिकार सुनिश्चित गर्न पहल गर्ने प्रतीवद्धता व्यक्त गर्नुभयो । गन्दर्भ समुदायले आज राजधानीमा सारगीं सहितको ¥याली समेत आयोजना गरेका थिए ।
यसैबीच, नेपाल उद्योग संघको ११ औ साधारण सभाको अबसरमा गोर्खा एफएमका गोविन्द गिरि सम्मानित हुनु भएको छ । नेपाली गित संगितको संरक्षण र पाइरेसि बिरुद्ध योगदान पु¥याएको भन्दै गिरिलाइ आज राजधानीमा सम्मन गरिएको हो ।
यसैबीच, यसबर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार मह जोडीलाई दिईने भएको छ । कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई दिने निर्णय भएको मदन भण्डारी राष्ट्रिय पुरस्कार कोष कार्यसमितीका संयोजक प्रदिप ज्ञवालीद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ । १ लाख रुपैयाँ पुरस्कार राशी रहको सो पुरस्कार हरेक बर्ष मानवअधिकार र लोकतन्त्र स्थापानामा योगदान दिने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ ।
अन्तराष्ट्रिय समाचार
जुलाई देखि अफगानिस्तानमा रहेका अमेरिकी सेनालाई फिर्ता बोलाउँन शुरु गर्ने
अमेरिकाले अफगानिस्तानबाट सैन्य फिर्ता गर्ने घोषणा गरे लगत्तै फ्रान्सले पनि अफगानिस्तानमा रहेका आफ्ना सैनिकलाइ फिर्ता बोलाउने घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले अफगानिस्तानमा रहेका आफ्ना चार हजार सैनिकलाइ विभिन्न चरणमा फिर्ता गर्ने बताएका हुन् ।
त्यसअघि आजै अमेरीकी राष्ट्रपति बराक ओबामाले आगामी जुलाई देखि अफगानिस्तानमा रहेका अमेरिकी सेनालाई फिर्ता बोलाऊन सुरु गर्ने बताउनु भएको थियो । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ओबामाले आगामी वर्षको सेप्टेम्बर सम्ममा ३३ हजार सेना फिर्ता गरिने जानकारी दिनुभयो ।
ओबामाले अर्को महिनाबाट नै सैन्य फिर्ता प्रक्रिया सुरु गरिने समेत बताउनुभयो । यो वर्षको अन्त्यसम्ममा दश हजार अमेरिकी सेना आ–आफ्नो घर पुगिसक्ने ओबामाको दाबी थियो । अमेरिकी सेनाको फिर्ता अफगान युद्धको समाप्त गर्ने तथा अफगान सेनाका हातमा सुरक्षाको जिम्मेवारी सुम्पने प्रक्रियाको शुरुवात भएको पनि ओबामाको भनाइ छ । हाल अफगानिस्तानमा एक लाख भन्दा बढी अमेरिकी सेना कार्यरत रहेका छन् । अमेरिकाले सन् २०१४ सम्ममा सम्पूर्ण सेनालाई फिर्ता गरिसक्ने लक्ष्य राखेको छ ।
यसैबिच अफगानि रक्षा मन्त्रालयले अमेरिकी सेनाले देश छाडेपनि आफु सुरक्षा ब्यवस्था कायम गर्न सक्षम रहेको जनाएको छ । रक्षामन्त्रालयले आफु तालिबानी तथा अन्य आतंकवादी संगठनहरु सँग जुध्न तयार रहेको जनाएको हो । यद्यपी अफगानिस्तानले आफुसँग प¥याप्त हात हतियार र सैन्य सामाग्री नभएको भन्दै आफुलाइ सहयोग गर्न आग्रह गरेको छ ।
खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग
काठमान्डाँै, ९ असार । शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तगत आज भएको खेलमा जित हात पार्दै पार्दै मनाङ मस्याङ्दी क्लबले लिगको शिर्ष स्थानमा रहेको नेपाल पुलिससँगको दुरी घटाएको छ । अंक तालिकामा दोश्रो स्थानमा रहेको मनाङले आज भएको खेलमा जाउलाखेल युथ क्लबलाइ १–० ले पराजित गर्दै पुलिससगँको अंक दुरीलाइ एकमा झारेको हो । मनाङको जितमा सन्तोष साऊखलले खेलको ६० औँ मिनेटमा गोल गरेका थिए ।
निकै प्रतिष्पर्धात्मक खेलमा जाउलाखेलले खेल अवधिभर मनाङलाइ दबाबमा राखेको थियो । अंक तालिकामा पुलिसको ३५ अंक रहेका छ भने आजको जितसँगै मनाङको ३४ अंक पुगेको छ ।
प्रतियोगिता अन्तरगत नै आजै भएको दोश्रो खेलमा सरस्वती युवा क्बलले कोइलापानी पोलस्टारलाइ ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेका छ । सरस्वतिका लागी विदेश खेलाडी योना इलिसाले ह्याट्रिक पुरा गर्दै चार गोल गरेका थिए । त्यस्तै सरस्वतिका लगाी धिलान मोक्तान, रमेश घिसिङ र सौगात मल्लले एक एक गोल गरेका थिए । पराजित कोइलापानिका लगाी एक मात्र गोल जङ्बु शेर्पाले गरेका थिए ।
जितसँगै सरस्वतीले आफुलाइ रेलिगेशनमा पर्नबाट जोगाउँदै लगेको छ भने कोइलापानि अंक तालिकामा पुछारमा रेलिगेशनमा जोनको एक नम्बरमा रहेको छ ।
No comments:
Post a Comment