Kanchan Aryal |
नेपालले अंग्रजी वर्ष सन् २०११ लाइ पर्यटन वर्ष मनाउनुको प्रमुख करण मध्येको एक नया“नया“ गन्तब्यमा पर्यटकलाइ पु¥याउनु मात्र थिएन ती ठा“उहरुको प्रचारप्रशार गर्नु पनि थियो । विडम्बना, पर्यटन वर्ष सकियो तर पर्यटन वर्षले लिएको लक्ष्य हासिल हुन सकेन ।
पर्यटन बर्ष सफल होस्र पनि कसरी, नेपालमा यस्ता पर्यटकीय संभावना बोकेका गाउ“हरु छन्, जसबारे पर्यटकहरुलाई पत्तै छैन, सरकारी गन्तब्यमा नपरेका कारण । ओझेलमा परेर प्रशस्त सम्भावना बोकेको धेरै गाउ“ मध्यएको एक हो, भजुङ । लमजुङ सदरमुकाम बे“शीसहरबाट करिब २५ किलोमिटरको गाडी यात्रा र झण्डै १० किलोमिटरको पैदल यात्राबाट पुगिन्छ, आम नेपाली कल्पनाभन्दा फरक शैलीको गाउ“ भुजुङ ।
त्यसो त लमजुङ जिल्लाकै उत्तरकन्या गाबीसमा रहेको घले गाउ“ नेपालको पहिलो होम स्टे सञ्चालन भएको गाउ“को रुपमा चिनिन्छ ।
उत्तरकन्या गाबीसमा रहेको घले गाउ“ र भुजुङ गाउ“ छिमेकी गाउ“ हो । तुलनात्मक रुपमा भुजुङभन्दा घले गाउ“मा प्रचारप्रसार बढी भएका कारण घले गाउ“मा आन्तरिक तथा बाह्य पर्यटक बढी पुग्ने गरे पनि नजिकै रहेको भुजुङमा भने कम मात्र पर्यटक पुग्ने गर्छन् ।
भुजुङ जान लमजुङ सदरमुकाम बे“शीसहरबाट ५ वटा बाटो भए पनि घले गाउ“सम्म हि“उदामा मोटर सजिलै पुग्ने भएकाले अधिका“श भुजुङ पुग्ने पर्यटक घले गाउ“सम्मको मोटर यात्रा अनि घले गाउ“बाट पैदल यात्राबाट भुजुङ पुग्ने गर्छन् ।
- भुजुङ पुगेपछि संसारको सबैभन्दा सुन्दर ठाउ“ नै यही हो की भन्ने भान हुन्छ
- झण्डै तीन दिनकोको बसाइमा उनले भनिन्–‘सार आइरहुनुस है’
समुन्द्री सतहबाट करिब १६ सय ५० मिटरको उचाइमा रहेको भुजुङ भौगोलिक हिसाबमा निकै विटक भए पनि भुजुङ पुगेपछि संसारको सबैभन्दा सुन्दर ठाउ“ नै यही हो की भन्ने भान हुन्छ । पहाडको टाकुराबाटा हेर्दा एउटा सानो अनि व्यवस्थित सहर जस्तो लाग्ने भुजुङ गुरुङ संस्कृतीको खानी नै हो भन्दा बढी नहोला । करिब १२ सय वर्ष अगाडीबाट बस्ती सुरु भएको भुजुङमा अहिले ४ सय ९५ घरधुरी छ । अझ रोचक र पत्यार नलाग्ने त के छ भने भुजुङको ४ सय ९५ घरमध्ये अधिका“श घर अर्थात झण्डै ९८ प्रतिशतको त गुरुङ जातिको नै घर छ ।
पहिला पहिला मृगको व्यापार हुने भुजुङमा गुरुङ भाषामा मृगलाइ फें र व्यापारलाइ प्जों भनिन्छ । फोजो सब्द अप्रभंश भएर नै भुजुङ बनेको स्थानीय बासिन्दा बताउ“छन् । प्राकृतिकरुपमा निकै सम्पन्न भुजुङमा चिया बगान मात्र हैन आ“गनको डिलबाट विहान तथा बेलुका देखिने लमजुङ हिमाल र अन्य हिमश्रृखलालले सबैको मन लोभ्याइदिन्छ । अझ गा“उमा अर्गानिक खेतीबाट उत्पादन गरिएको तरकारी र गाउ“ नजिकै खोलबाट मारेर ल्याइएको माछाकाो स्वाद त भुजुङबाट फर्केर आउने जोकोहीले लामो समयसम्म विर्सन सक्दैनन् ।
पहिला पहिला मृगको व्यापार हुने भुजुङमा गुरुङ भाषामा मृगलाइ फें र व्यापारलाइ प्जों भनिन्छ । फोजो सब्द अप्रभंश भएर नै भुजुङ बनेको स्थानीय बासिन्दा बताउ“छन् । प्राकृतिकरुपमा निकै सम्पन्न भुजुङमा चिया बगान मात्र हैन आ“गनको डिलबाट विहान तथा बेलुका देखिने लमजुङ हिमाल र अन्य हिमश्रृखलालले सबैको मन लोभ्याइदिन्छ । अझ गा“उमा अर्गानिक खेतीबाट उत्पादन गरिएको तरकारी र गाउ“ नजिकै खोलबाट मारेर ल्याइएको माछाकाो स्वाद त भुजुङबाट फर्केर आउने जोकोहीले लामो समयसम्म विर्सन सक्दैनन् ।
भुजुङ पुग्ने अधिकांश पर्यटकलाइ बस्नको लागि होम स्टेको व्यवस्था गरेको छ त्यहा“को पर्यटक समितिले । भुजुङबासीले लोकल कुखुराको मासु पनि कम मिठो बनाउदैन् । जुनेली रातमा गाउ“मा कोदोबाट उत्पादन भएको लोकल रक्सी जसलाइ गुरुङ भाषामा पा भनिन्छ पा स“गै हिमालको आनन्द लिदै कक्टेलमा रमाउनेको संख्या पनि कमि छैन अहिले भुजुङमा । अझै पनि भुजुङबासी फुर्सदमा हस्तकलका सामाग्री राडपाखी बनाउन पछि पर्दैनन् । निकै सुन्दर गाउ“ भुजुङमा नजिकै रहेको चिया बगान अनि गाउ“को सिरानीमा रहेको गुम्बाले पनि भुजुङ पुग्ने जोकोहीको मन लोभ्याउन छ । अन्नबालीमा कोदो, धान उत्पादन हुने गाउ“का अधिका“श घरका युवा भने इन्डियन तथा वृटिश आर्मीमा भर्ना हुन लाउर जाने गरेका छन् । निकै सुन्दर र सम्भावन बोकेको गाउ“ भुजुङमा विडम्बना युवाको जमात भने निकै कम देखिन्छ । एउटा सुविधासम्पन्न स्कुल छ भुजुङमा । तर त्यहा“ विद्यार्थीको संख्या एक दमै कम छ । दश कक्षा पास गरेपछि वा एसएलसीसम्म अध्ययन गरेपछि भुजुङका अधिका“श युवाहरु एक पटक लाहुरेको लागि प्रयास गर्ने गर्छन् । पुरुषको मात्र हैन युवतिको संख्या पनि त्यति देखिदैन भुजुङमा । अझै पनि छोरालाइ सुविधासम्पन्न स्कुल तथा बोडिङमा पढाउने तर छोरीलाइ सानै उमेर देखी पा अर्थात कोदोको रक्सी बनाउन लगाउने गर्छन भुजुङबासी ।
अन्धविश्वास र रुढीबादी समजाको पुरै अन्त्य नभए पनि भुजुङबासीहरुले पर्यटकलाइ आर्कर्षित गर्ने कला चै अचम्मकौ नै छ । भुजुङ पुग्ने जोकोहीलाइ पनि आमा समुह र त्यहा“को पर्यटक समितिले फुलमालाको स्वगत गर्ने परम्परा नै बनाइदिएका छन् भुजुङबासीले । हुन त भुजुङमा त्यस्तो कुनै सुविधासम्पन्न आधुनिक होटल छैन र भुजुङ पुग्नेले चाहेर पनि होटलमा बस्न पाउ“दैनन् । पर्यटकलाइ स्वगत तथा व्यवस्थापन गर्ने समितिमार्फत नै सबै कामा हन्छ भुजुङमा । भुजुङमा अहिले २५ वटा घरमा होम स्टेको व्यवस्था छ । समिति मार्फत नै पालैपालो पाउना राख्ने गर्छन होमस्टेमा ।
घले गाउ“बाट झण्डै सा“ढे २ घण्टाको पैदल यात्रापपछि पुगिने भुजुङ गाउ“ पुग्दा भुजुङबासीको सदासयता र अत्मीयताले बाटोको सबै थकान मेटिन्छ । गुरुङ संस्कृतीको खानी भुजुङमा रातीको खाना खाइसकेपछि प्रदर्शन गरिने घाटु कृष्ण चरित्र अनि आमा समुहको रोदीले सबैलाइ नाचुनाचु नै बनाइदिन्छ । त्यही भएर पनि होला होम स्टेमार्फत आफ्नो घरमा पाउनलाइ स्वगत सत्कार गर्ने फुलकुमारी गुरुङ भन्छिन होम स्टेको मात्रै आम्दानीले छोरोलाइ पोखराको एउटा राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको छु । झण्डै तीन दिनकोको बसाइमा उनले हामीस“ग भन्दै थिइन सार आइरहुनुस है भुजुङमा ।
No comments:
Post a Comment