Tuesday, January 31, 2012

शसस्त्र प्रहरीका डिआईजीले श्रीमती हत्या गर्नुका तीन कारण

Former DIG Of Armed Police Force(APF) Nepal (Ranjan Koirala) 
नवराज मैनाली  
‘यो हत्या १७-१८ वर्षदेखीको पारिवारीक विवादको उत्कर्ष हो,’सशस्त्रका डिआईजी रञ्जनको बारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं परिसरका एसपी राजेन्द्र श्रेष्ठले भने,‘तर यो कुनै आवेगप्रेरीत भवितब्य हत्या नभएर योजनाबद्ध हत्या हो ।’ 

विगत दुई सातादेखी नेपाली संचारमाध्यम डिआईजी रञ्जनको वरीपरी घुमिरहेका छन् । सो घटनामा पहिलोपटक आधिकारीक रुपमा प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर जिज्ञासा मेटाउन खोजेपछि गीता हत्या प्रकरणका मुख्य दुई रहस्य भने अझै खुल्न सकेनन् । पहिलो, हत्याको दिन रञ्जन र गीताबीच के विषयमा झगडा भयो र दोस्रो रञ्जनले कसरी श्रीमतीको हत्या गरे ?

सोमबारको पत्रकार सम्मेलनमा सुरुदेखी नै घटनाको विषयमा अनुसन्धान गर्दै आएका महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सुरशेबिक्रम शाहले हत्याको प्रत्यक्षदर्शी कोही पनि नभएकाले हत्या कसरी गरे भन्न्ने विषयमा रञ्जनको बयानमा विश्वास गर्नुबाहेक दोस्रो विकल्प नभएको बताए । जसले यो घटना रहस्यमै अन्त्य हुने निश्चित भएको छ । 

सरकारी वकिल कार्यालयमा दिइएको लिखित बयानमा त रञ्जनले छोराको ब्रतबन्धमा श्रीमतीले बोलाएर घरमा जा“दा झगडा हु“दा ठोक्किएर मृत्यु भएको बताएका छन् । आयुक्त कार्यालयका प्रवक्ता एसएसपी रवीराज श्रेष्ठका अनुसार गीताले ३÷४ लाख रकम मागेकी थिइन् त्यसमा रञ्जने आफुले सो रकम दिन नसक्ने बताउदा उनीहरुबीच झगडा भएको र भुईमा डलेर मृत्यु भएको बताएका छन् । तर प्रहरीले उनको भनाईमा विश्वास गरेको छैन । एसपी श्रेष्ठ योजनाबद्ध रुपमा नै उनले हत्या गरेको दाबी गर्छन । 


जसरी हत्या गरेपनि सशस्त्रको नेतृत्व सम्हाल्ने अवसर भएका व्यक्तिले किन त्यसरी श्रीमतीको हत्या गरे होलान ? अझै धेरैलाई यो जिज्ञासा पुरा भएको छैन । हालसम्मको अनुसन्धानमा सम्पती र श्रीमती गीताको अन्य व्यक्तिस“गको सम्बन्धलाइृ हत्याको प्रमुख कारण मानिएको छ । एसपी श्रेष्ठ पनि पारिवारीक विवाद नै घटनाको कारक भएको दाबी छ । 

सम्पतीको विषयमा प्रहरी अधिकारी दुईथरी तर्क गर्छन् । खासगरी पासिकोटको सो घर हात पार्नका लागि उनले श्रीमीतको हत्या गरेको केहीको तर्क छ । तर पोखरामा करोडौंको जग्गा जमिन भएका र हलचोकमा हालैमात्र नया“ घर बनाएका रञ्जनका लागि त्यो घर त्यती महत्वपूर्ण थिएन । तर घर झन्डै चार करोड मूल्यको भएकाले त्यसको लोभै नभएको पनि होइन । शान्ति मिसनबाट आएको पैसाले जग्गा किनेर रञ्जन आफैंले सो घर बनाएका थिए । अर्काेतर्फ अदालतले मानाचामल भराउन आदेश दिइसकेकाले पनि सम्पती पनि हत्या पछाडिको एउटा प्रमुख कारण भएको बताइन्छ । 

अर्काेतर्फ जसरी यो घटनाको पछाडि गीताको विभिन्न व्यक्तिस“गको सम्बन्ध पनि एउटा कारण भएको बताइन्छ । जसरी रञ्जन नया“ नया“ युवतीस“ग दोस्ती बढाउने गीताको पनि त्यस्तै नया“ नया“ केटा साथीहरु हुन्थे । प्रहरीले छलफलका लागि हनुमानढोका बोलाउदा पनि श्रीमती चरित्रहिन भएको बताउदै रञ्जनले उल्टै आरोप लगाउने गर्दथे । गीताका छिमेकीले पनि उनी पटक पटक घरबाट बेपत्ता हुने गरेको बताएका थिए । 

त्यसकारण श्रीमतीको हत्यामा रञ्जनलाई यस कुराले पनि प्रोत्साहीत गरेको देखिन्छ । अर्काेतर्फ रञ्जनले कान्छी श्रीमती स्वीकार गरेकी तारास“गको सम्बन्ध हो । तारास“ग रञ्जनको यती गहिरो सम्बन्ध थियो कि गीताको हत्यापछि पनि उनले पटक पटक तारास“ग कुराकानी गरेका थिए । टिष्टुङमा दोस्रोपटक शव जलाउन पुग्दा पक्राउ परी छुट्दा पनि उनी तारालाई भेट्न लगत्तै चितवन पुगेका थिए । भोलीपल्ट तारा डिआईजी रञ्जनले शव ओसार्न प्रयोग गरेको गाडीमा आएकी थिइन् भने रञ्जन आफ्नै कारमा काठमाडांैं फर्केका थिए । त्यहाबाट तारा फरार भइन भने रञ्जन प्रहरी खोरमा पुगे  । 

मनोविश्लेषक डा.निरञ्जनप्रसाद उपाध्यक्षको विश्लेषणमा यो हत्या पारिवारी पृष्ठभुमीको उपज हो । ‘रञ्जन पहिलेदेखी नै एग्रेसिभ व्यक्ति भएको बुझिएको देखिएको छ, उसलाई परिवारीक वातावरणले त्यस्तै बनायो,’ डा.उपाध्यय भन्छन्,‘अर्काेतर्फ श्रीमतीस“ग पनि उसको तिक्ततापूर्ण सम्बन्ध थियो त्यसकारण उसको तनाव र स्वाभावले नै श्रीमतीको हत्या गरेजस्तो देखिन्छ । 

कानुनी छिद्र खोज्दै रञ्जन 

उनकै साथीहरु हनुमानढोको माथिल्लो तलाका हाकिम भएर बसेका छन् । २०४६ सालमा स“गै प्रहरीमा इन्सपेक्टरमा भर्ना हु“दा रञ्जन अन्य साथीभन्दा निकै फरक थिए । किनकी उनी सिडिओका छोरा थिए । प्रशस्त सम्पती थियो, पावर थियो त्यसकारण उनको सान नै छुट्टै । उनका अन्य साथीको मोटरसाइल समेत थिएन भने उनी भने त्यो उमेरमा नै कार हाकेर हिड्थे ।  अर्थात् त्यो प्रहरी ब्याचीको उनी ‘हिरो नै थिए । 

तर ‘समयलाई मानिसलाई कहा“ कहा“ पु¥याउछ’ भन्ने गीतझै अहिले त्यतीखेरका हिरो रञ्जन अहिले हनुमानढोकाको चिसो खोरमा आफ्नो विगत सम्झेर रोइरहेका छन् । तर त्यसबेला मोटरसाइकल समेत किन्न नसक्ने उनका साथीहरुलाई त्यही हनिमानढोकाको माथिल्लो तलाका हाकिम छन् । उनीहरुको अर्कै साथ छ । 
श्रीमती गीताको हत्याको अभियोगमा हाल सबैको घुणाको पात्र भनेका छन् रञ्जन । आखिर किन गते त उनले श्रीमतीको हत्या जून कामले  उनलाई जेलमा पु¥याउनेछ ।
हुन त उनले शवलाई पुरै जलाएर नष्ट गरेर आफुलाई उनले जोगाउन खोजेका थिए तर पाप धुरीबाट कराउछ भनेझै उनी दोस्रोपटक शव जलाएको स्थानमा पुग्दा पक्राउ परेरै छोडे । जसकारण हत्या लुकाउन सक्ने बाटो नभएपछि उनले तत्कालै ‘यस आई एभ डन आईएम गन’ भन्दै आरोप स्वीकारेका थिए । 

हिरासतमा निकै गम्भीर मुद्रामा देखिने रञ्जन अहिले हत्यालाई भवितब्य बनाउने गरी हत्याको नया“ कथा बनाई बयान दिइरहेका छन् । तर कैद सजायमा १÷२ वर्ष  तलमाथि होला तर उनी जेल जाने निश्चित नै छ । 

No comments: