नव नियुक्त उर्जा मन्त्री गोकर्ण बिष्ट माथी खुकुरी प्रहार
काठमाण्डौं, २८ चैत्र । नवनियुक्त उर्जा मन्त्री एवम् एमाले नेता गोकर्ण विष्ट माथी खकुरी प्रहार भएको छ । विष्टमाथी सामुखुसी गोगंबु टाउन प्लानीङमा उनकै निवास बाहिर साँझ आठ बजे खुकुरी प्रहार भएको महानगरिय प्रहरी प्रभागका डिएसपी केदार ढकालले जानकारी दिनुभयो ।
विष्टलाइ अहिले मनमोनहन मेमोरियल अस्पतालको इमरजेन्सी वार्डमा राखेर उपचार भइरहेको छ । मोबाइलमा कुरा गर्दै घरबाट बाहिर निस्केका विष्टको टाउको र हातमा खुकुरी प्रहार गरिएको ढकालले जानकारी दिनुभयो । विष्टको अवस्था चिन्ताजनक नरहेको बताइउको छ । खुकुरी कसले र किन प्रहार ग¥यो भन्ने बारेमा भने हालसम्म केही नखुलेको प्रहरीले जनाएको छ ।
एमालेद्धारा मन्त्री बन्नेको नाम तय
प्रधानमन्त्री चयन भएको दुइ महिना पश्चात भोली प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टिका नेताहरु मात्र समावेश गरेर मन्त्रीमण्डल विस्तार गर्नुहुने भएको छ । नेकपा एमालले पार्टिबाट मन्त्री बन्ने नेताहरको नाम राष्ट्रपति रामवरण यादव सामु पेश गरेपछि भोली मन्त्रीमण्डल विस्तार हुने पक्का भएको हो । खनालले भोली नै नव नियुक्त मन्त्रीहरुलाइ पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनु हुने बुझिएको छ ।
यसैबिच प्रधानमन्त्री झलनाथ खनालले नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ र ४० बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ । जस अनुसार
१. भरतमोहन अधिकारी उपप्रधानमन्त्री अर्थ र वाणिज्य तथा आपूर्ति ।
२. विष्णुप्रसाद पौडेल मन्त्री रक्षा र वातावरण ।
३. श्रीमती उर्मिला अर्याल मन्त्री स्थानीय विकास ।
४ गङ्गालाल तुलाधर मन्त्री शिक्षा, सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति र विज्ञान तथा प्रविधि ।
त्यस्तै नयाँ मन्त्री चयन हुने हरुमा
५. रघुवीर महासेठ मन्त्री सिँचाइ ।
६. गोकर्ण बिष्ट मन्त्री ऊर्जा ।
७. भानुभक्त जोशी मन्त्री वन तथा भू–संरक्षण ।
८. युवराज कार्की मन्त्री सामान्य प्रशासन
९. श्रीमती राधा ज्ञवाली राज्यमन्त्री शिक्षा ।
१०. शत्रूघन महतो राज्यमन्त्री स्थानीय विकास ।
११. दलबहादुर सुनार राज्यमन्त्री सिँचाइ ।
१२. रामजी शर्मा राज्यमन्त्री ऊर्जा ।
१३. डम्बर साम्बाहाम्फे राज्यमन्त्री सामान्य प्रशासन ।
१४. श्रीमती भगवती चौधरी राज्यमन्त्री वन तथा भू–संरक्षण ।
१५. डा ल्हारक्याल लामा राज्यमन्त्री अर्थ ।
मन्त्रीपरिषद्द्धारा उर्जा निवारण विद्येयकमा थप छलफलका लागी समिती गठन
काठमाण्डौं, २८ चैत्र । सरकारले उर्जा संकट निवारण विद्येयकमा थप छलफल गर्न मन्त्रीस्तरिय समिती गठन गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले उपप्रधानमन्त्री भरतमोहन अधिकारी, विष्णु पौडेल र बर्षमान पुन अनन्त सम्मीलित समिती गठन गरेको हो । मुख्यसचिव माधवप्रसाद घिमिरेको संयोजकत्वमा गठित ऊर्जा सङ्कट समितिले तयार पारेको प्रतिवेदनमाथि आजको बैठकमा छलफल भएको र थप छलफलका लागी समिती गठन गरिएको सरकारका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिनुुभयो ।
साथै बैठकले तिन जनालाइ उपमहालेखा परिक्षक समेत नियुक्ति गरेको छ । बैठकपछि सरकार प्रवक्ता गंगालाल तुलाधरले विमला सुवेदी, देब बहादुर बोहोरा र सोमराज पाखेरेललाइ सरकारको उप महालेखा परिक्षकमा नियुक्ति गरिएको जानकारी दिनुभयो ।
संवैधानिक परिषदद्वारा रेग्मीलाइ प्रधान न्यायाधीश सिफासिरः
काठमाण्डौं, २८ चैत्र । संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश खिलराज रेग्मीलाइ सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाउन सिफारीसगर्दै सुनुवाइकालागि संसदीय समितिमा नाम पठाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको परिषदको बैठकले वरिष्ठता र असल आचरणका आधारमा रेग्मीलाइ प्रधानन्यायाधीशमा सिफारिस गरेको समिति सदस्य सभामुख सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिनुभयो । नेम्वाङ्गले रेग्मीलाइ निरन्तरको क्रियाशिलता तथा अनुभवनका आधारमा प्रधानन्याधिशमा सिफारिस गरिएको बताउनुभयो । हालका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको कार्यकाल वैशाख तेस्रो साता समाप्त हुदैँछ ।
अन्तरिम संविधानको व्यबस्था अनुसार संसदीय सुनुवाइपछि राष्ट्रपतिले रेग्मीलाइ प्रधानन्यायाधीश नियुक्त गर्नुहुनेछ । बाँकी स्रवैधानिक निकायमा पदाधिकारी नियुक्तीगर्न परिषदको बैठक वैशाख ७ गते पुनः बस्ने सभामुख नेम्वाङले जानकारी दिनुभयो । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, संसदका प्रमुख प्रतिपक्षि दलका नेता र प्रधानमन्त्रीले तोकेका मन्त्री सदस्य रहने प्रावधान रहेको छ ।
यसैबिच न्याय परिषदले नैतिक आचरण ठिक नभएको तथा कार्य क्षमता अभाव देखिएको भन्दै दुई न्यायाधिशलाइ आज पदबाट बर्खास्त गरेको छ । बर्खास्तमा पर्नेहरमा पुनरावेदन अदालत पोखराका न्यायधिश ओमप्रकाश सुवेदी र हेटौंडाका न्यायधीस तेजबहादुर कार्की रहेका छन् । दुबैजनालाइ कार्यक्षमताको अभावका कारण पदमुक्त गरिएको न्यायपरिषद्का सचिव जिवनहरी अधिकारीले जानकारी दिनुभयो ।
सुवेदीलाइ पुनरावेदन अदालत तुलसीपुर र पुनरावेदन अदालत पोखरामा रहँदा बिदा नलिई हिँड्ने गरेका र नगएको समयको पनि हाजिर गरेको आरोपमा उनी विरुद्ध निवेदन परेपछि पदीय कर्तव्य इमान्दारिताका साथ पालना नगरेको र खराव आचरण देखाएको भन्दै न्यायाधीश तपबहादुर मगरको समितीको प्रतिवेदनमा कारावाही सिफारिस गरिएको थियो ।
त्यस्तै कार्कीले गत वर्ष साउनमा डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न चारजना अपहरणकारीलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्नेमा धरौटीमा रिहा गरेका थिए । यही काण्डमा गलत आचरणले सो कार्य गरेको भनी न्यायपरिषद्मा उजुरी परेको आधारमा कार्की एक वर्षदेखि छानबिनको दायरामा थिए ।
त्यस्तै न्याय परिषद्ले अन्य चार जना न्यायधीसलाई समेत आचरणमा सुधार ल्याउन निर्देशन दिएको छ । निर्देशन पाउनेहरुमा सर्लाहीका न्यायधीस विनोदप्रसाद शर्मा, अर्घाखाँचीका अच्युत विष्ट, पर्साका पशुपती आचार्य र जाजरकोटका सीताप्रसाद पोखरेल रहेका छन् ।
न्यायपरिषद्को आजको बैठकमा न्यायलयबाट भ्रष्टाचार हटाऊन पहलकदमी उठाउनुभएका प्रधानन्यायधीस रामप्रसाद श्रेष्ठले नै न्यायधीसहरु माथि कारबाहीको प्रस्ताव गर्नु भएको थियो । श्रेष्ठको प्रस्तावमा परिषदले सर्वसम्मतीबाट कारबाहीको निर्णय गरेको अधिकारीले बताउनुभयो । परिषदको आजको बैठकमा कानुन मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका उपप्रधानमन्त्री कृष्णबहादुर महराको समेत उपस्थिती रहेको थियो ।
पौडेलको राजीनामा स्वीकृत
काठमाडौँ, २८ चैत । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले भातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रदीप पौडेलले आफ्नो पदबाट दिनुभएको राजिनामा आजैबाट लागु हुने गरी स्वीकृत गर्नुभएको छ ।
सङ्घको अध्यक्ष पदमा रहेर पौडेलले निर्वाह गर्नुभएको भूमिका एवम् नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानको कदर गर्दै सभापति कोइरालाले आज एक विज्ञप्ति मार्फत पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिनुभएको छ । पौडेलले गत १९ गते पदबाट राजिनामा दिएका थिए ।
शान्ति र संविधानकै लागि आफू प्रधानमन्त्री—खनाल
काठमाण्डौं, २८ चैत्र । प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधानको कार्यभार आफू नेतृत्वको सरकाले पूरा गर्न नसके आफूले प्रधानमन्त्री पदमा बस्नेवारे पुर्नमुल्याङकन गर्नै बताउनु भएको छ । नेपाल ईन्जिनियर्स एसोसिएसनको १२ औ सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री खनालले शान्ति र संविधानकै लागि आफू प्रधानमन्त्री बनेको भन्दै फोटो झुन्डाउन मात्रै आफू कदापी प्रधानमन्त्री नबनेको जिकिर गर्नुभयो ।
सङक्रमणकालीन राजनीति ढिलो गतीमा चलेपनि शान्ति र संधिान यात्रा पूरा गर्नुनै सरकारको अर्जुनदृष्टी भएकोमा खनालले जोड दिनुभयो । संविधान निर्माण र राजनीतिक गतिरोधको निराकरण नक्सा कोरेजस्तो नभएको भन्दै खनालले नागवेली राजनीतिलाई सहमतीको दिशा दिन आफू लागिपरेको बताउनुभयो । संविधानका विवादित विषयहरुमा गम्भिरतापूर्वक छलफल भईरहेको भन्दै खनालले लडाकु समायेजनको मोडालिटीमा सहमती हुनासाथ शान्ति प्रक्रियाले ठूलो फड्को मार्ने दावी गर्नुभयो । केही समय भित्रनै दलहरु लडाकु समायोजनको मोडालिटी निर्धारण गर्न सक्षम हुने खनालले विश्वास ब्यक्त गर्नुभयो ।
काँगे्रसद्वारा लडाकूका क्रिर्याकलापवारे संसदमा प्रधानमन्त्रीको जवाफ मागः
काठमाण्डौ, चैत्र २८ । नेपाली कागे्रसले शान्ति सम्झौता विपरित माओवादी जनसेनाका लडाकूले मानव अधिकार उल्लघटनका घटना गराउदै हिडेपनि सरकार मुकदर्शक बनेको आरोप लगाएको छ ।
व्यबस्थापिका संसदको आज बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर नेपाली कागे्रसका डा रामशरण महतले सेना समायोजन विशेष समितिका संयोजकका हैसियतले लडाकूका शिबिर आसपासमा भएका मानव अधिकार उल्लघटनका घटनावारे संसदमा प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको हो ।
चैते दशैको पूर्वसन्ध्यामा चितवनको शक्तिखोर स्थित जुटपानीमा स्थानियबासीले कार्यक्रमगर्न खोज्दा माओवादीका लडाकूले स्थानियबासीमाथी आक्रमण गरेको घटनाको विबरण संसदमा पेशगर्दै लडाकूले मानव अधिकार र शान्ति सम्झौताको उल्लघन गरेको महतले बताउनुभयो । लडाकूका शिविर विशेष समिति मातहत आएको भनिएपनि शिविर कसैको नियन्त्रणमा नभएकोले लडाकूले आपराधिक कृर्याकलाप गर्दै हिडेको महतले आरोप लगाउनु भयो ।
‘अन्मिनको बहिरगमनपछि लडाकूको निगरानीको लागि आचार संहिता बनाइएको थियो, महतले भने–अन्मिन गएपछि त्यहाँ कसैको निगरानी नभएको स्पष्ट देखियो ।’ महतले लडाकूको भरण पोसणकालागि मासिक करोडौ रुपैया खर्च गरेपनि लडाकू शिविर आसपासका क्षेत्र राज्यविहिनतको अबस्था सृजना भएको आरोप लगाउनुभयो । संविधान निर्माणककालागि माओवादी सबैभन्दा ठूलो बाधक बनेको दावीगर्दै महतले लडाकूका शिविर कायम रहदासम्म शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याउन नसकिने जीकिर गर्नुभयो ।
संसदको विशेष समयमा माओवादीका नन्दकुमार प्रसाइले माओवादीका लडाकूको समायोजन विना संविधान बन्न सक्देन भन्नु आपत्तिपूर्ण रहेको बताउनुभयो । तोकिएको समयमै शान्ति र संविधान नबन्ने अबस्था आए लोकतन्त्र खतरामा पर्ने भएकोले दलहरुबीच सहमति गरेर राष्ट्रिय कार्यभार पूरा गर्न उहाँले दलहरुसंग आग्रह गर्नुभयो ।
संसदवाट सूर्तीजन्य पदार्थ नियन्त्रण विधेयक पारितः
काठमाण्डौं, २८ चैत्र । व्यबस्थापिका संसदवाट सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने विधेयक पारित भएको छ । संसदको आज बसेको बैठकवाट उपप्रधान एवं स्वास्थ्यमन्त्री कृष्णबहादुर महराले पेश गर्नुभएको विधेयक सर्बसम्मत पारित भएको हो । गत बर्ष नै पारित गर्ने तयारी गरिपनि प्राविधिक कारणले पारित हुन सकेको थिएन । सुर्तिजन्य पदार्थ नियन्त्रण गर्ने संसोधित विधेयक कार्यान्वयनमा आएपछि बालवालकिालाइ चुरोट बेच्न गर्न नपाईने तथा सार्वजानिक स्थानमा धुम्रपान गर्न पाइने छैन । साथै सुर्तीजन्य पदार्थलाई खाद्यजन्य पदार्थसँगै वेचविखन गर्न पनि पाईने छैन । संसदले मेलमिलाप सम्वन्धि विधेयक पनि पारित गरेको छ । पारित विधेयकले छरितो ढंगले विवाद समाधान गर्न सघाउ गर्ने अपेक्षा सरकारले गरेको छ । संसद बैठक आगामी वैसाख ४ गते आईतवार तीन वजेसम्मका लागि स्थगित भएको छ ।
तोकिएको समयमा संविधान दिन आवश्यक –राष्ट्रपति डा यादव
तनहुँ, २८ चैत्र । राष्ट्रपति डा रामवरण यादवले तोकिएको समयमा नेपाली जनतालाई संविधान दिन आवश्यक रहेको बताउनुभएको छ । भानु जन्मस्थल विकास समिति तनहूँद्वारा आयोजित पाँच दिने भानु महोत्सवको आज तनहुँमा उद्घाटन गर्दै राष्ट्रपति डा यादवले आम नेपाली जनताको चाहना भनेको शान्ति र संविधान भएकाले यसलाई अन्तिम टुङ्गोमा पु¥याउन दलहरुबीच सहकार्य र सहमति हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
थप समयमा समेत संविधान दिन नसके मुलुकमा गम्भीर सङ्कट आउन सक्ने उहाँको चेतावनी थियो । नेपाली भाषा र साहित्य क्षेत्रका महापुरुष मानिने आदिकवि भानुभक्तको विदेशमा समेत शालिक निर्माण र कृतिले सम्मान पाएको उल्लेख गर्दै राष्ट्रपति यादवले नेपाली भाषा र साहित्यको विकाससँगै चुँदीरम्घालार्ई साहित्यिक एवम् पर्यटकीय तीर्थस्थलको रुपमा परिचित गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधान जरूरी रहेको बताउनुभएको छ । दल र तिनका नेताको ढङ्ग नपुग्दा अप्ठेरो र जटिल परिस्थिति उत्पन्न हुन्छ भन्दै उहाँले दलका नेताहरुबीच देखिएको अविश्वासको पर्खाल हटाउन जरूरी रहेको बताउनु भयो । इलाममा आज बिहान आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माणको प्रक्रिया टुङ्गोमा पुग्ने ऐतिहासिक आधार तयार भइसकेको बताउनुभयो । संविधान निर्माणका क्रममा २१० मध्ये ८० वटा विवादित विषय सुल्झाउन बाँकी रहेको बताउँदै सभाध्यक्ष नेम्बाङले नागरिकता, भाषा, व्यवस्थापकीय अङ्गको स्वरुप, राज्य पुनःसंरचनालगायतका विषय टुङ्ग्याउन बाँकी रहेको बताउनुभयो ।
आर्थिक विकासकालागि लगानीयोग्य वाताबरणः प्रधानमन्त्री
काठमाण्डौ, चैत्र २८ । प्रधानमन्त्री झलनाथ खनालले औद्योगिक शान्तिविना मुलुकको आर्थिक विकास नहुने भन्दै त्यसतर्फ सरकार गँभीर रहेको बताउनु भएको छ । नेपाल उद्योग बाणिज्य महासघंको ४५ औ साधारण सभाको आज राजधानीमा उदघाटनगर्दै प्रधानमन्त्री खनालले लगानि योग्य वाताबरण बनाउन सरकार दृढ रहेको बताउनु भएको हो । आर्थिक विकासको मुख्य बाधक उर्जा संकट समाधानकालागि सरकारले उर्जासंकटकाल घोषणा गरेको स्मरणगर्दै प्रधानमन्त्रीले त्यसमा निजि क्षेत्रको सहयोगको अपेक्षा गर्नुभयो ।
सरकारले आर्थिक विकास सम्बन्धी मध्यकालिन र दीर्घकालिन योजना ल्याउन लागेको जानकारी प्रधानमन्त्रीले दिनुभयो । आर्थिक विकासकालागि राजनीतिक स्थिरता जरुरी रहेकोले सरकारले शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ अघि बढाइरहेको खनालले दावी गर्नुभयो । उहाँले संविधान जारी नगरि संविधानसभा भंग नहुने स्पष्टगर्दै त्यसमा निश्चिन्त बन्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले व्यबसायीको सुरक्षागर्नु सरकारको दायित्व भएको भन्दै विधिको साशन कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको दावी गर्नुभयो ।
कार्यक्रममा महासंघका अध्यक्ष कुशकुमार जोशीले लगानियोग्य वाताबरण बनाउन सरकार असफल भएको आरोप लगाउनुभयो । सरकार गरिखानेलाइ भन्दा मागिखानेको सुरक्षमा लागेका कारण लगानियोग्य वाताबरण बन्न नसकेको उहाँको आरोप थियो । राजनीतिक स्थाइत्वबिना आर्थिक विकास नहुने देखेर व्यबसायीले दलहरुलाइ एकठाउमा ल्याउने कोसिश गरेपनि दलहरु झन्झन विबादमा फसेको भन्दै जोशीले चिन्ता जनाउनुभयो । व्यबसायीहरुले शान्ति सम्झौता पछिपनि लगानिगोग्य वाताबरण बन्न नसकेको भन्दै चिन्ता जनाएका थिए ।
राजधानीमा आज सुरु साधारण सभाले तीन बर्षका लागी ६१ सदस्यीय नयाँ कार्यसमिती चयन गर्नेछ । नयाँ नेतृत्वका लागी आजाद श्रेष्ट र सुरज बैद्य समुह बिच कडा प्रतिष्पर्धा हुने देखिएको छ । छुट्टाछुट्टै प्यानल घोषणा गरेका दुबै पक्षले आफुले जित्ने दावी गरेका छन । निर्बाचनमा मुलुकभर बाट आएका ६ सय २९ जना ब्यबसायीले निर्बाचनमा भाग लिनेछन ।
यसैबीच राजधानीकै अर्काे एक कार्यक्रममा प्रधानमन्त्री खनालले आगामी चार वर्षमा नेपाललाई लोडसेडिङ मुक्र देश बनाउने कार्यमा सरकार दत्तचित्त भएर लागेको दावी गर्नुभयो । आफू नेतृत्वको सरकाले घोषणा गरेको उर्जा सङकटकालको अवधीमा लोडसेडिङ मुक्त गर्न आवश्यक ऐन,कानुन तथा नियमहरुको निर्माणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने उहाँको प्रतिबद्धता थियो । साधन र स्रोतको उचित उपयोग गर्न सकिए दोहोरो अङकमा अर्थिक बृद्धिदर पुराउन सकिनेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री खनालले आयोजनाहरुमा निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन सरकार लागिपरेको उल्लेख गर्नुभयो । निर्माणका क्रममा रहेका मध्य पहाडी राजमार्ग तथा हुलाक राजमार्गले पूर्वाधार विकासमा ठूलो परिवर्तन ल्याउने भन्दै खनालले विकास निमार्णमा ईन्जिनियरहरुले विशेष स्थान दिनुपर्नै बताउनुभयो ।
नयाँ रणनीति बनाउन मधेशी मोर्चाको बैठकः
बिकसित पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिवारे छलफलगर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आजदेखि सुरुभएको छ । तमलोपा संसदीय दलको कार्यालय सिंहदरवारमा आज बसेको बैठकमा जेठ १४ पछिको अबस्थाका रणनीतिवारे गम्भीर छलफल भएकोे सदभावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो ।
बैठकले संविधानसभाको म्याद थपगर्ने÷नगर्ने बारे मोर्चाको आधिकारीक धारणा तय गर्ने एक नेताले जानकारी दिएका छन । समग्र विषयमा मोर्चाको धारणा तय गर्न बैठक पर्सी सम्म चल्ने महतोले जानकारी दिए ।
बैठकमा राष्ट्रिय जनगणनाको बिषयमा समेत गम्भीर छलफल भएको महतोले बताउनुभयो । मधेशी जनअधिकार फोरमसंग प्रमुख सत्तारुढ दलले गरेको चारबुदे सहमतिको समिक्षा गर्नेछ । मोर्चामा आबद्ध तीनदलका नेता भारत भ्रमणमा गएर फर्कीएपछि मोर्चाको बैठक पहिलो पटक बसेको हो । बैठकमा मधेशी जनअधिकार फोरम लमेकतान्त्रिक, तमलोपा र सदभावना पार्टी सहभागि छन ।
अन्तराष्ट्रिय समाचार
आइभोरिकोष्टका बाग्बो पक्राउ
आइभोरिकोष्टमा निर्वाचनमा पराजित भएर पनि पदमा बाहाल रहँदै आएका राष्ट्रपति लोरेन्ट बाग्बोलाइ अन्तराष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति अल्साने ओटारा र फ्रान्सका सैनिकहरुले पक्राउ गरेका छन् । बाग्बोलाइ अज्दाविया स्थीत उनकै निवासबाट पक्राउ गरिएको लिबिया स्थीत फ्रान्सेली राजदुतावासले जनाएको छ । आइभोरिकोष्टमा गत नोभेम्बरमा भएको निर्वाचनमा पराजित भएपनि बाग्बोले ओटारालाइ पद छाड्न अस्वीकार गर्दै आएका थिए । आज बिहान बाग्बोको निवासमा फ्रान्सेली ट्याङ्कले हमला गरेपछि साँझ बाग्बोलाइ समातिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । राष्ट्रसंद्धारा मान्यता प्राप्त राष्ट्रपति ओटाराका प्रवक्ताले पक्राउ परेका बाग्बोलाइ अज्दाविया स्थीत ओटारा रहेकै गल्फ होटलमा राखिएको जानकारी दिएका छन् ।
खेल समाचार
एएफसीको अन्तिम छनौट खेल
छनौट चरणको अन्तिम खेलमा श्रीलन्कासँग गोल रहित बराबरी खेलेपनि नेपाल एएफसी च्यालेन्ज कपमा छनौट भएको छ । शशस्त्र प्रहरीको खेल मैदान हल्चोकमा भएको खेलमा गु्रप डि को शक्तिशाली मानिएको उत्तर कोरीयाले अफगानिस्तानलाइ २–० गोलअन्तरले हराएपछि नेपाल समुह डि को उपविजेताको रुपमा छनौट भएको हो । यता तिनै खेलमा विजयी बनेको उत्तर कोरिया समुह विजेताको रुपमा च्यालेन्ज कपका लागी छनोट भएको छ ।
त्रिपुरेश्वर स्थीत दशरथ रंगशालामा एसियाली प्रतिद्धन्द्धि श्रीलङ्का सँग भएको जित्नेपर्ने खेलमा नेपाली स्टाइकरहरुले कुनै करिश्मा देखाउन नसकेपछि गोलको खाता नखोल्दा पनि समुह डि को उप विजेता बन्दै नेपाल दोश्रो चरणमा पुगेको हो । नेपाली मिडफिल्ड र रक्षापंक्ति केही मजबुद देखिएपनि नेपाली स्टाइकरहरुले गोलका केही सुर्वण अवसर खेर फाल्दा टोली गोलरहित बराबरीमा रोकिएको थियो । तुलनात्मक रुपमा कमजोर मानिएको श्रीलङ्काली डिफेण्डरहरुले भने आज राम्रो प्रर्दशन गरेका थिए । सुरुवातमा आक्रामक फुटबल खेलेको नेपालको खेल दोश्रो हाफमा भने सुस्ताएको थियो ।
अष्टेलिया विजयी
ओपनर सेन वाट्सनले एकै ईनिङमा सर्वाधिक छक्का हान्ने विश्व किर्तिीमान सहित नटआउट १८५ रनको योगदान गरेपछि बङगलादेश विरुद्धको दोस्रो वान डे क्रिकेटमा अष्टे«लिया ९ विकेटको फराकिलो अन्तरले विजयी भएको छ । विस्फोटक ईनिङ खेलेका वाट्सनले १५ छक्का र १५ नै चौका प्रहार गरेका थिए । पहिले ब्याटिङ गर्दै बङगलादेशले दिएको २३० रनको लक्ष्य असिस टोलीले केवल २६ ओभर खेल्दै १ विकेट गुमाएर लक्ष्य पार गरेको थियो । सुरुवातमै खराब प्रदर्शन गरेको बङगलादेशका लागि मुसफिकर रहिमले नटआउट रहँदै सर्वाधिक ८१ रनको योगदान गरेका थिए । यो जितसँगै बङगलादेशमा जारी ३ म्याचको श्रृङखला भ्रमणकारी टोली अष्टे«लियाले २—० ले कब्जा गरेको छ ।
No comments:
Post a Comment