Sunday, April 10, 2011

चैत्र २७ गते २०६७

नेविसंघको महाधिवेशनका लागी महामन्त्रीको संयोजकत्वमा तिन सदस्यीय तदर्थ समिती गठन

काठमाण्डौं, २७ चैत्र । नेपाली काँग्रेसले भातृ संगठन नेपाल विद्यार्थी संघको आउँदो महाधिवेशन गर्न तर्दथ समिती गठन गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितीको आज दिनभर चलेको बैठकले ६ महिना भित्र महाधिवेशन गर्न महामन्त्री प्रकाशमान सिंहको संयजकत्वमा समिती गठन गरेको हो । समितीमा बलबहादुर केसी र सुरेन्द्र पाण्डे सदस्य रहनु भएको छ ।

यद्यपी बैठकमा नेविसंघ विघटन गर्न नहुने बताउँदै आएका बरिष्ट नेता शेरबहादुर देउवा पक्षधर केन्द्रीय सदस्यहरुले भने समिती गठनको विरोध गर्दै बैठक बहिष्कार गरेका छन् । सभापति कोइरालाले तिन सदस्यीय समिती घोषणा गरे लगत्तै देउवा पक्षिय केन्द्रीय सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् । देउवा पक्षधर केन्द्रीय सदस्यहरुले नेविघसंघको महाधिवेशनका लागी वर्तमान केन्द्रीय समितीलाइ नै दिनुपर्ने बताउँदै आएका छन् ।

नेविसंघ विघटनको विषयलाइ लिएर काँग्रेसमा विवाद भएपछि नेविसंघका अध्यक्ष प्रदिप पौडलले गत १९ गते पदबाट राजिनामा दिएका थिए । पौडेलको राजिनामा सँगै नेविसंघ महाधिवेशनका लागी काँग्रेसमा तदर्थ कमिटी निमार्णको तयारी भएको थियो ।

तदर्थ कमिटी निमार्ण गर्ने तयारी बुझेका नेबिसंघका केहि सदस्यहरुले भने साँझ सम्म पार्टि कार्यलय बाहिर प्रर्दशन गरेका थिए । उनीहरुले सभापती कोइरालाको तदर्थ समिती गठन गर्ने निणर्यको विरोध जनाउँदै बर्तमान निर्वाचित कार्यसमितीलाइ निरन्तरता दिन माग गरेका थिए । उनीहरुले अध्यक्ष पौडलले कार्यसमितीमा छलफलमा नै नगरि राजीनामा दिएकाले पौडेलको राजिनामा स्वीकृत भएपनि निर्वाचित कार्यसमितीलाइ निरन्तरता दिन माग गरेका थिए ।

यसैबिच नेपाली काँग्रेसका सभापति शुशील कोइरालाले भातृ संगठन महिला संघ र तरुण दल समेत विघटन गर्न प्रस्ताव गर्नु भएको छ । पार्टि भातृसंगठनमा देखिएको विवाद समाधान समितीको प्रतिवेदनको पक्षमा बोल्दै सभापती कोइरालाले संगठनलाइ थप जुझारु बनाउन पनि संगठन विघटन गनुपर्ने बताउनु भएको हो । कोइरालाले म्याद सकिएका संगठनलाइ विघटन गरेर नयाँ कार्यसमिती चयनका लागी महाधिवेशनमा लैजान बैठकमा प्रस्ताव पेश गर्नु भएको काँग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदाङ्वेले जानकारी दिनुभयो ।

साझा कार्यक्रम बनाउन माओवादी–एमालेद्वारा कार्यदल गठनः

काठमाडौं, २७ चैत्र । प्रमुख सत्तारुढ दल नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सरकार सञ्चालनका लागि गठन गर्ने भनिएको उच्चस्तरिय राजनीतिक संयन्त्रको कार्यबीध, सरकारको न्युनतम साझा कार्यक्रम र सरकारको आचार संहिता तयार गर्न एक कार्यदल गठन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको दुई दलका शिर्ष नेताहरुको बैठकले दुबै पार्टीका चार–चार जना सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । कार्यदलमा माओवादीका तर्फबाट उपाध्यक्ष प्रकाश, पोष्टबहादुर बोगटी, देवप्रसाद गुरुङ र दिनानाथ शर्मा तथा एमालेका तर्फबाट भरतमोहन अधिकारी, भीम रावल, सुरेन्द्र पाण्डे र भीम आचार्य रहनु भएको छ । कार्यदललाइ दुई दिन भित्र तीन वटै दस्तावेज तयार गर्ने जिम्मेवारी दिएको प्रकाशले बताउँनु भयो ।

कार्यबीधि र सरकारका न्यूनतम साझा कार्यक्रम तयगर्न कार्यदलको बैठक भोलि विहान बस्नेछ । बैठकमा सरकारलाई चाडै पूर्णता दिने बारेमा पनि छलफल भएको प्रकाशले जानकारी दिनुभयो ।  तर सरकार निर्माणका बेला भएको सात बुँदे सहमति बाट माओवादी पछि नहटने उहााले दावी गर्नुभयो । बैठकमा प्रधानमन्त्री झलनाथ खनालले गृहमन्त्रालयवारे सहमतिगर्न केहि दिनको समय माग गर्नुभएको थियो ।

यसैबिच गृह मन्त्रालयमा सहमती हुन नसकेपछि माओबादीले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरुको नाम तत्काल नपठाउने भएको छ । एमालेसँगको छलफल पछि मात्रै सरकारमा सहभागीहरुको नाम पठाउने भन्दै सरकारमा पठाउने बाँकी सदस्यको नाम चयन गर्न आज बस्ने भनिएको माओबादी स्थायी समितीको बैठक पनि स्थगित भएको छ । मन्त्रीमण्डल बिस्तारका बिषयमा एमालेको निर्णय पछि नै माओबादीले मन्त्रिमा पठाउने सदस्यको नाम चयन गर्ने स्रोतले बताएको छ । माओबादी र एमालेबिच गृृह मन्त्रालयमा देखिएको बिबाद टुङो लाग्न नसक्दा खनाल प्रधानमन्त्रीमा निर्बाचीत भएको दुई महिना बिति सक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

संवैधानिक उपसमितिको बैठक बस्न सकेन, मधेशी मोर्चाको बैठक भोली,

काठमाण्डौ, चैत्र २७ । नयाँ संविधानका अन्तरबस्तुमा देखिएका विबाद निरुपणगर्न संवैधानिक समितिद्वारा गठित विबाद समाधान उपसमितिको म्याद सकिन तीन दिन बाकी रहदा समेत बैठक नबोलाएको भन्दै सदस्यहरुले असन्तुष्टि जनाएका छन । गत फागुन १३ गते गठित उसपमितिको दोश्रो पटक चैत्र १५ गते म्याद थप गरेपछि एक पटकपनि बैठक बस्न सकेको छैन । समिति सदस्य लक्ष्मणलाल कर्णले उपसमिति संयोजक पुष्पकमल दाहाल प्रचण्ड सरकार गठनमा व्यस्त भएका कारण उपसमिति बस्न नसकेको बताउनुभयो ।

चैत्र एकमा पहिलोपटक म्याद थपिएपछि औपचारिक रुपमा एकपटक मात्र बैठक बसेपनि चैत्र १५ मा म्याद थपिएपछि एक पटकपनि बैठक बस्न नसकेको कर्णले जानकारी दिनुभयो । समिति सदस्य कल्पना राणाले उपसमिति बैठक नबोलाएकोमा आफूलाइ आश्चर्य लागेको बताउनुभयो । सुरुमा संयोजक विबाद देखिएपनि गत २३ गते बसेको माओवादी स्थाइ समिति बैठकले अध्यक्ष प्रचण्डलाइ संयोजकमा निरन्तरता दिने निर्णय गरेको थियो । सदस्य राणाले म्याद सकिन लागेको भन्दै उपसमितिको बैठक छिटो बोलाउन संयोजकसंग माग गर्नुभयो ।

न्यायप्रणाली, व्यबस्थापिकीय अंगको स्वरुप निर्धारण लगायत बिषयमा महत्वपूर्ण सहमति जुटाएको भन्दै उपसमितिको म्याद थप गरिएको थियो । नेता कर्णले प्रमुख दलको कार्यशैलीले आगामी जेठ १४ मा संविधान नभइ नयाँ संविधानको एकीकृत मस्यौदा समेत नआउने लक्षण देखिएको टिप्पणी गर्नुभयो । उहाँले संविधानको एकीकृत मस्यौदा समेत नबन्ने अबस्थामा मधेशी मोर्चा संविधानसभाको म्याद थप गर्ने पक्षमा नरहने स्पष्ट गर्नुभयो । संविधान जारीगर्ने दिन जेठ १४ आउन अब ४८ दिन बाकी छ ।

यसैबीच, बिकसित पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिवारे छलफलगर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक भोली विहान बस्ने भएको छ । तमलोपा संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने बैठकले मधेशी जनअधिकार फोरमसंग प्रमुख सत्तारुढ दलले गरेको चारबुदे सहमतिको समिक्षा गर्नेछ । बैठकले संविधानसभाको म्याद थपगर्ने÷नगर्ने बारे मोर्चाको आधिकारीक धारणा तय गर्ने एक नेताले जानकारी दिए । मोर्चामा आबद्ध तीनदलका नेता भारत भ्रमणमा गएर फर्कीएपछि मोर्चाको बैठक बसन सकेको छैन ।

संविधान अगाडी शान्ति प्रक्रिया टुङग्याउन प्रचण्ड तयार छन् ः प्रधानमन्त्री खनाल


प्रधानमन्त्री झलनाथ खनालले संबिधान निर्माण कार्यलाई सहज बनाउन चाडो भन्दा चाडो शान्ति प्रक्रिया टुङगोमा पु¥याउनु पर्ने बताउनुभएको छ । राजधानीमा आज आयोजित किरात राई अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री खनालले संबिधान निर्माण अघि शान्ति प्रक्रियालाई टुङगोमा पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

बिहान माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि संबिधान निर्माण अघि नै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने बिषयमा छलफल भएको जानकारी दिदै उहाले शन्ति र सहमतीका लागि एक दुइ दल मात्र नभएर सबै दलहरु अग्रसर हुनुपर्ने बताउनुभयो । शन्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउदा संबिधान निर्माणका लागि समेत सहज बाटो हुने भन्दै उहाले प्रयास गर्दागर्दै पनि निर्धारित मितिमा संबिधान जारी गर्न नसके राजनीतिक दल तथा जनताको समेत सहमतीमा अघि बढ्न सकिने धारणा राख्नुभयो । संबिधान निर्माण कार्यका लागि सबै दलहरुको संकल्प आवश्यक रहेको उहाको भनाई थियो ।  

भक्तपुरको प्रसिद्घ विस्केट जात्रा आज देखि सुरु
Jatra in Nepal : Bisket Jatra
 
भक्तपुर, २७ चैत । भक्तपुरको प्रशिद्ध बिस्केट जात्रा आज देखि सुरु भएको छ  । नववर्षको चार दिन अगाडिबाट सुरु हुने विस्केट जात्रा ८ रात ९ दिनसम्म धुमधामका साथ मनाइन्छ । 

नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्रामध्ये एक मानिने विस्केट जात्राको पहिलो दिन अहिले भैरवनाथ र भद्रकालीको रथ तान्ने काम भइरहेको छ । काठै—काठले प्यागोडा शैलीमा निर्माण गरिएको ३ तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा तानेर लैजाने परम्परा रहेको छ ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तान्नेर तल्लो क्षेत्र टौमढी, बुलुचा, घट्खा, वंशगोपाल, र माथिल्लो क्षेत्र साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय स्थानसम्म रथ तानेर पुनः सोही स्थानमा फर्काइन्छ । नयाँ वर्ष बैशाख १ गतेका दिन लिङ्गो ढाले पछि यस बर्षको यात्रा सम्पन्न हुनेछ ।

आगामी बजेटमा बादी समस्या समाधानका लागि कार्यक्रम ल्याइने

उपप्रधानमन्त्रि कृष्णबहादुर महराले आगामी बजेटमा सरकारले बादी समुदायको पुनस्थपनाका लागि कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । बादी समस्या समाधानका लागि सरकारले यसअघि नै आश्वयसन दिइसकेको भन्दै उहाले यस बर्षको बजेटमा उनीहरुको पुनस्थापनाका लागि बजेट छुट्टाइने बताउनुभयो । व्यवस्थापिका संसद अन्तरगतको महिला बालबाकिा तथा समाज कल्याणसमितीको बादी समस्या समाधान उपसमितीको आज बसेको बैठकमा मन्त्री महराले संसदिय समितीले निर्देशन दिए यस बिषयलाई प्राथमिकताका साथ समेट्न सरकार तयार रहेको बताउनुभएको हो ।

भुमिसुधार मन्त्रालय समेत सम्हाल्नुभएका मन्त्री महराले बादी सामुदयाको संख्या धेरै नभएकाले उनीहरुको पुनस्थापनाका लागि समस्या नहुने बताउनुभयो । बैठकमा उपसमिती संयोजक बिनोद पहाडीले सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउनु अगाबै बादी सामुदायको पुनस्थापनाका लागि समितीले निर्देशन दिइसक्ने बताउनुभयो । उपसमितीले नयाँ बजेटमा बादी समस्या समाधानका लागि बजेट छुट्टाउने बारेमा अर्थमन्त्रि भरतमोहन अधिकारीसँग पनि छलफल गरेको छ ।

अन्तराष्ट्रिय समाचार
आइसल्याण्डद्धारा डुबेको पैसा तिर्न अस्वीकार

काठमाण्डौं, २७ चैत्र । युरोपियन मुलुक आइसल्याण्डले सन् २००८मा बैङ्किङ सिस्टम डुबेको बेला डुबेको बेलायत तथा नेदरल्याण्डका पैसा तिर्न अस्वीकार गरेको छ । आइसल्याण्डमा भएको जनमत संग्रहमा पैसा तिर्ने विपक्षमा निणर्य आएको हो । जनमत सँग्रहमा आइसल्याण्डका ५८ प्रतिशत जनताले पैसा नतिर्न सरकारलाइ निर्देश गरेको हो । आइसल्याण्डमा बैङ्कीक सिस्टम डुब्दा नेदरल्याण्ड र बेलायतको ४ बिलियन युरो डुबेको थियो । यद्यपि आइसल्याण्डका प्रधानमन्त्रीले भने जनमत सँग्रहलेबाट आएको परिणामले आश्र्चय चकित भएको बताएका छन् ।

यसैबिच बेलायतका बित्तमन्त्री डेनी एलेक्सजेण्डरले आइसल्याण्डको निणर्यको विरोध गरेका छन् । उनले आइसल्याण्डका निणर्य विरुद्ध अन्तराष्ट्रिय अदालत जाने बताएका छन् । त्यसैगरी नेदरल्याण्डका अर्थमन्त्री जान किडी जागरले पनि आइसल्याण्ड विरुद्ध थप कदम चाल्ने बारे बेलायतसँग परार्मश गर्ने बताएका छन् । उनले नेदरल्याण्ड कोर्टमै मामिला टुङ्गाउन चाहेको बताएका छन् । 

खेल समाचार
एएफसी छनौटहुने नेपालको आशा जिवितै 

काठमाण्डौं, २७ चैत्र । एएफसी च्यालेन्ज कपको अन्तिम छनोट खेलमा भोलि नेपालले श्रीलंकाको सामना गर्दैछ । भोलि हुने खेलमा नेपालले श्रीलंकालाई पराजित गरे सिधै छनौट हुनेछ भने अफगानिस्तालाई उत्तर कोरियाले २ भन्दा बढी गोल अन्तरले पराजित गरेमा हारका बाबजुद पनि नेपाल छनौट हुनेछ ।

यता नेपाल श्रीलंकास“ग पराजित भए वा अफगानिस्तानस“ग कोरिया हारेको खण्डमा भने नेपाल छनौट हुने छैन । तर यो समीकरण भने गणितीय मात्र हो । यस अघिका दुवै खेलमा पराजित भएको श्रीलंकाको यात्रा भने कठिन छ । भोलिको खेलमा नेपाल निश्चित जितको लक्ष्य लिएर खेल्ने नेपाली टोलीका प्रशिक्षक ग्राहम रोबर्टले बताएका छन् । पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको तथा देस्रो खेलमा बलियो मानिएको उत्तर कोरियालाई गतिलो चुनौती दिएकाले पनि नेपाली खेलाडीको आत्मविश्वास बढेको छ । उत्तर कोरियास“ग रक्षात्मक रणनीति अपनाएको नेपालले भोलिको खेलमा आक्रामक रणनीति लिने नेपाली टिम व्यवस्थापकले जनाएको छ । उत्तर कोरियाविरुद्धको खेलमा चोटका कारण अनुपस्थित भएका रोहित चन्दले भोलिको नेपाली रक्षापङ्क्ति सम्हाल्नेछन् ।

Nepal's New purposed International Airport

Purposed International Airport of Nepal at Simara, Bara. when it will be fulfill.

No comments: