सातबुदेँ कार्यन्वयनमा आश्वस्त हुन सकिन्नः माओवादी
काठमाण्डौं, २६ चैत्र । एकीकृत नेकपा माओवादीले सात बुदेँ सहमितको कार्यन्यवयनमा एमाले प्रतिबद्ध नभएको भन्दै अझै आवश्वस्त हुने अवस्था नरहेको निष्कार्ष निकालेको छ । माओवादीको आज बसेको स्थायी समिती बैठकले सात बुदेँ सहमति विपरित एमाले र प्रधानमन्त्री झलनाथ खनालको क्रियाक्रपाल देखिएको भन्दै आलोचना गरेको हो ।
यद्यपि बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको चयनका भने टुङ्गो लगाउन सकेन । मन्त्री हुने आकाक्षिंहरुको लाइन लागेपछि माओवादीमा सरकारमा पठाउने ब्यक्तिको विषयलाइ लिएर विवाद रहँदै आएको छ ।
यसैबिच मधेशी मुद्यामा पार्टि कमजोर देखिएको भन्दै एकीकृत नेकपा माओवादीले छलफल सुरु गरेको छ । यसैक्रममा माओवादीले आज मिथीला र भोजपुरा राज्य समितीका सदस्यहरु सँग छलफल गरेको छ । मधेशमा नेतृत्व कमजोर भएको निष्कर्ष निकालेको माओवादीले पछिल्लोपटक मधेशमा संगठनलाइ क्रियाशिल बनाउन प्रयत्न गरिरहेको छ ।
सरकार संचालनका लागी राजनैतिक संयन्त्र निमार्ण गर्ने सहमति
काठमाण्डौं, २६ चैत्र । सत्ता साझेदार एकिकृत माओवादी र नेकपा एमालेवीच सरकार सञ्चालनका लागि तत्काल उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरी अघि बढ्ने सहमति भएको छ । सरकारले पूर्णता नपाउदै संचालनमा मतभेद देखिएपछि आज बसेको दुई दलका शिर्ष नेताहरुको बैठकमा सरकार संचालनको लािग न्युनतम साझा कार्यक्रम सहीत तत्काल उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेर अघि बढ्ने सहमती भएको हो ।
बैठकमा नयाँ बजेट तयारी बारेमा समिक्षा भएको र माओवादी पनि पूर्ण बजेट ल्याउन सहमत भएको बताइएको छ । यसअघि माओवादीले एमालेले एकलौटी रुपमा बजेटको तयारी गरेको भन्दै नयाँ बजेट ल्याउने निर्णयप्रति असहमति जनाएको थियो ।
बैठकपछि एमले सचेतक भिम आचार्यले सरकार संचालनका लागि उच्चस्तरीय संयन्त्र, न्युनतम साझा कार्यक्रम र आचार संहीता निर्माण गर्ने सहमति भएको जानकारी दिनुभयो । बैठकले सरकार विस्तारमा तगारो बनेको गृह मन्त्रालयको विवाद मिलाउने जिम्मा भने दुई दलका अध्यक्षलाई दिएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पुरक बजेट ल्याउन नसकेको भन्ने विषयमा समिक्षा भएको बताउनुभयो ।
यसैबिच एकीकृत नेकपा माओवादी पुरक भन्दा पनि नियमित बजेट ल्याउने एमाले प्रस्तावमा सकारात्मक देखिएको छ । बैठकपछि एमाले नेता भिम आचार्यले सरकारमा सहभागी दलको आर्थिक नीतिलाई समेत सम्बोधन हुने गरी पूर्ण बजेट ल्याउने सहमती भएको बताउनुभयो । आवाज , बैठक भोली पुन बस्ने नेताहरुले बताएका छन् ।
राष्ट्रपतिको अनावश्यक चासो
काठमाण्डौं, २६ चैत्र । राष्ट्रपति डा. रामबरण यादवले मन्त्रिपरिषद विस्तारमा भइरहेको ढिलाईप्रति चासो ब्यक्ति गर्नु भएको छ । प्रधानमन्त्री झलनाथ खनालसँग शितल निबासमा आज विहान भएको भेटवार्तामा राष्ट्रपति यादवले सरकारलाई छिटो पूर्णता दिएर संविधान लेखन र शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन सुझाव दिनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारको कामकारबाहीको विषयलाई लिएर सत्तारुढ माओवादी र एमालेबीच भएको खटपटको विषयमा पनि राष्टपतिले चासो राख्नु भएको थियो । राष्ट्रपतीसँग आफूले मुलुकको पछिल्लो राजनीतिकम अवस्थावारे जानकारी गराएको भन्दै प्रधानमन्त्री खनाललृ भेट सकारात्मक रहेको बताउनुभयो । केही दिन अघि विभिन्न दलका नेताहरुसँग राष्ट्रपतीले गर्नुभएको भेट प्रति असन्तुष्टि जनाउँदै आएनुभएको प्रधानमन्त्री खनालले शान्ति र संविधानलाई समयमै पुरा हुनेमा रायठ्रपितीलाई विशवस्त पार्नुभएको शीतलनिवास स्रोतको भनाइ छ ।
यस्तै प्रधानमन्त्री खनालले सत्ता साझेदार दलहरुसँग छलफल जारी रहेकोले सरकारले छिट्टै पूर्णता पाउने आफूले राष्ट्रपतीलाई बताएको जनाकरी दिनुभयो । प्रधानमन्त्री खनालले हाल सम्मको राजनितीक उपलब्धी, सरकारको नियमित कामकारबाही, शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
बन्द असफल भएपछि थरुहटघद्धारा चाडबाडको सहायतामा बन्द फिर्ता
काठमाण्डौं, २६ चैत्र । थरुहट स्वायत्त राज्य परिषदले थरुहट क्षेत्रमा हिजो देखि जारी राखेको अनिश्चितकालिन बन्द स्थगित गरेको छ । नयाँ बर्ष र हिन्दुहरुको चाड चैतै दशैलाई मध्यनजर गदैै बन्द बैशाख ३ गते सम्मका लागि स्थगित गरिएको परिषदले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनएको हो । चाडबाडका बेला भएको बन्दले सर्वसाधारणलाई मर्का पर्ने भन्दै बन्द फिर्ता लिएकोे परिषदका अध्यक्ष लक्ष्मणलाल थारुले बताउनुभयो । परिषदले बैशाख ३ गते बर्दियामा थरुहट राष्ट्रिय भेलको गरी निर्णायक आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । प्रधानमन्त्री झलनाथ खनाल , एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच गत चैत्र ९ गते भएको ४ बुँदे सम्झौताको विरोध स्वरुप परिषदले थरुहट क्षेत्रमा अनिश्चितकालिन बन्दको आव्हान गरेको थियो । गत चैत्र ९ गते फोरमलाई सरकारमा सहभागी गराउँन एमाले, माओवादी र फोरमबीच भएको सम्झौतामा मधेस शब्द राखिएकोप्रति परिषदले बिरोध गर्दै आएको छ ।
यसैबिच परिषदले आह्वान गरेको बन्दको दोश्रो दिन आज पनि पूर्व तथा पश्चिम तराईको जनजीवन प्रभावित बने । बन्दका कारण पुर्वका झापा, मोरङ लगायतका तराइका जिल्ला तथा पश्चिका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरु प्रभावित भए भने बन्दका कारण ती क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन भने बजार विद्यालय तथा कलकारखानाहरु ठप्प भए ।
यता नेवाः स्वायत्त मंकाः संघर्ष समिति र तामसालिङ्ग संयूक्त संघर्ष समितिले संयूक्त मोर्चा निर्माण गर्दै संविधान निर्माणकोलागी दवाव दिन आन्दोलनको घोषणा गरेका छन् । नेवाः तामसालिङ्ग संयूक्त संघर्ष समितिले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रममा बैशाख १४ गते अखण्डित नेवाः र स्वायत्त बन्द, चैत्र ३० गते आमसभा गर्ने र बैशाख १३ गते मसाल जुलुस गर्ने कार्यक्रम रहेका छन् । समितिले जेठ १४ गते धर्म निरपेक्षत, जातीय स्वायत्तता, संघीयता, लोकतन्त्र गणतन्त्र यूक्त आदीवासी जातिमैत्रि संविधान जारी हुनु पर्ने, संक्षिप्त संविधान जारी गर्न नहुने, आत्म निर्णय र राजनैतिक अग्राधिकारसहितको संघीयता बनाउनु पर्ने, प्रादेशिक भाषलाई केन्द्रीय सरकारको कामकाजी भाषाको रुपमा मान्यता दिनु पर्ने, लगायतका मागहरु अगाडि सारेको छ ।
माओवादीले इमान्दार भए तोकिएकै समयमा संबिधान जारी हुने
नुवाकोट, २६ चैत्र । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादीले इमान्दारिता देखाए अझैपनि तोकिएकै समयमा संविधान जारी हुने बताउनु भएको छ । कोइरालालले शान्तिसम्झौताको पालना गरी सहमतिको राजनीतिमा माओवादी प्रतिबद्ध नभएकाले संविधान निमार्णमा गतिरोध आएको समेत बताउनुभयो ।
जनआन्दोलन दिवसको अवसरमा स्व. गणेशमानको सम्झनामा नेपाली कांग्रेस नुवाकोटले आज विदुरमा आयोजना गरेको जनजागरण अभियान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति कोइरालाले वार्ता, सहमति र सहकार्यबाट देशको समस्या समाधान हुने बताउनुभयो ।
कार्यक्रममा नेता डा रामशरण महतले माओवादी लडाकूको समायोजन र पुनःस्थापना नभई संविधान जारी हुन नसक्ने बताउनुभयो । नेता महतले संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगे पनि सेना समायोजनको काम अगाडि बढ्न नसक्दा आगामी जेठ १४ मा संविधान बन्न नसक्ने दाबी गर्नुभयो ।
शान्ति प्रक्रिया र संविधान निमार्णको बाधक माओवादी होः काँग्रेस नेता पौडेल
बुटवल, २६ चैत्र । नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रिया टुङ्ग्याउने र समयमा नै संविधान जारी गर्ने कार्यमा एकीकृत नेकपा (माओवादी) ले अवरोध सिर्जना गरिरहेको आरोप लगाउनु भएको छ । रिपोर्टर्स क्लब लुम्बिनीले बुटवलमा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता पौडेलले १२ बुँदे सहमतिको मर्मअनुरूप एमाओवादी पूर्ण रूपमा शान्तिपूर्ण राजनीतिमा आउनुपर्ने र बहुदलीय व्यवस्थाप्रति प्रतिबद्ध हुन जरुरी रहेको बताउनुभयो ।
नेता पौडेलले प्रधानमन्त्री झलनाथ खनालले माओवादीबिना शान्ति र संविधान सम्भव नहुने भन्दै आफ्नै पार्टीको नेतृत्वको सरकार ढलाएर सात महिनासम्म मुलुकलाई अनिर्णयको बन्दी बनाए पनि अहिलेसम्म पनि शान्ति र संविधानको कामलाई अगाडि बढाउन नसकेको बताउनुभयो । शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने र समयमा नै संविधान जारी गर्ने कुरामा नेपाली काँग्रेस कहिल्यै बाधक नबनेको बताउँदै उहाँले शान्ति प्रक्रिया टुङ्गिने र संविधान जारी गर्ने कार्य जसको नेतृत्वमा भए पनि स्वीकार्न तयार रहेको उल्लेख गर्नुभयो ।नेता पौडेलले जेठ १४ सम्ममा शान्ति र संविधानको टुङ्गो नलागे संविधानसभाको म्याद फेरि बढाउने कुरामा नेपाली काँग्रेसले अहिलेसम्म कुनै औपचारिक निर्णय गरी नसकेको बताउनुभयो ।
अन्तराष्ट्रिय समाचार
अमेरिकामा बजेट पारित
अमेरिकी सरकार ठुलो आर्थीक संकट उत्पन्न हुनबाट बचेको छ । बजेट पारितका लागी दुइ घण्टा समय बाँकि रहँदा रिपब्लिकन पार्टिसँग ४० अर्ब डलर सरकारी खर्च कटौति गर्ने सहमति भएपछि संकटबाट बचेको हो । बजेट पारित नभएको भए सरकारी आठ लाख कर्मचारी काम छाडेर घर बस्ने स्थती श्रृजना भएको थियो । अमेरिकामा बजेट पारित नहुने हल्ला ब्यापक रुपमा फैलिएको थियो ।
अमेरिकामा विपक्षी रिपब्लिकन पार्टिले ६० अर्ब अमेरिकी डलर बराबरको सरकारी खर्च कटौतीको माग गर्दै बजेट पारितमा अवरोध श्रृजना गर्दै आएको थियो । यद्यपी सत्तासिन डेमोक्रेटिक पार्टिले भने सरकारी खर्च कटौती निकै थोरै गर्ने बताएको थियो । बजेट पारित भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाका लागी अब नयाँ बाटो खुलेको प्रतिक्रिया दिएका छन् ।
खेल समाचार
एएफसी च्यालेन्जकप फुटबल प्रतियोगितामा नेपाल पराजित
![]() |
What is UML saying ? |

Ladies From North Korea celebreat their 1-0 win in Nepal. |
राजधानीमा जारी समुह डी अन्तरगतको एएफसी च्यालेन्जकप फुटबल छनौट प्रतियोगिता अन्र्तगत उत्तर कोरियासँग आज भएको खेलमा नेपाल १—० गोल अन्तरले पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भएको खेलमा शक्तिसाली मानिएको उत्तर कोरियाका लागि जिल ज्वानले निर्णयक गोल गरेका थिए । नेपाली डिफेन्डरहरुलाई छककाउँदै ज्वाले आफ्नो टोलीका लागि विजयी गोल गरेका थिए । किपर चेमजोङ पनि पोस्ट भन्दा धेरै बाहिर आएकाले कोरियाली टोलीलाई गोलको अवसर जुटेको थियो । अस्तिको भन्दा सुधारिएको प्रदर्शन गरेको नेपालका लागि किपर किरण चेम्जोङले आज पनि सुन्दर खेल खेलेका थिए । उनले कोरियाली खेलाडीहरुले प्रहार गरेका आधा दर्जन गोलका अवसरहरुलाई विफल तुल्याएका थिए ।
गु्रप डिमा रहेको नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई १—० को साघुरो अन्तरले पराजित गरेको थियो भने उत्तर कोरियाले श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अब आफ्नो अर्काै खेलमा जित्नैपर्नै दववाका साथ श्रीलङकाको सामना गर्नैछ । यस्तै प्रतियोगिता अन्तरगत आजै शशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा अफगानिस्तानले श्रीलङ्कालाइ १–० गोलअन्तरले पराजित गरेको थियो ।

No comments:
Post a Comment