Tuesday, April 12, 2011

चैत्र २९ गते २०६७

मुलुकको चौतर्फी विकासका लागि श्वेतपत्र सार्वजनिक
Finance Minister Adhakari
काठमाडौंँ, २९ चैत । सरकारले मुलुकको आर्थिक स्थिति तथा आफ्नो नीतिगत अवधारणासम्बन्धी श्वेतपत्र जारी गरेको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ३१ बुँदे श्वेतपत्रमा देशको समग्र आर्थिक अवस्थामा सुधार ल्याउन अवलम्बन गरिने नीति तथा कार्यक्रम समावेश गरिएको छ । स्वेतपत्रमा नयाँ आर्थिक बर्षका बजेटमा समेटिने योजनाहरु तथा आर्थिक क्षेतका चुनौती र समाधानका उपायहरु समेटिएको छ ।  अर्थमन्त्री भरतमोहना अधिकारीले सार्वजनिक गर्नुभएको स्वेत पत्रमा लोडसेडिङ र मजदुरहरुको हड्तालका कारण उद्योग र अर्थ क्षेत्रमा खतरा देखिएको भन्दै नयाँ बजेटमा सो को समबोधन गरिने उल्लेख गरिएको छ । अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरि सावैजनिक गरिएको स्वेत पत्रमा तीन खम्बे अर्थनीतिलाई प्रभावकारी रुपमा लागू गरी नेपालको आर्थिक क्षेलार्य समुन्नत बनाउने उल्लेख गरिएको छ ।  

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउने, विद्यमान ऊर्जा सङ्कट समाधानका लागि हालै घोषित ऊर्जा सङ्कट निवारण कार्यक्रमलाई प्राथमिकताका साथ प्रभावकारी कार्यान्वयन गर्ने, कषि, पशुपालन, फलफूलखेती, जडिबुटि प्रशोधन, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकासका साथै गरिबी न्यूनीकरणमा सघाउने नीतिगत अवधारणा श्वेतपत्रमा प्राथमिकताका साथ समावेश गरिएको छ ।

ऊर्जा सङ्कट निवारण कार्यक्रममा उल्लेख भएबमोजिम एक मेगावाटभन्दा घटीको लघु जलविद्युत् आयोजना सञ्चालन गर्ने सहकारीलाई प्रस्ताव गरिएको सहुलियत र सुविधाको भरपुर उपयोग गर्न सहकारी संस्थालाइ प्रोत्साहन गरिनेछ ।

त्यसैगरी, गाउँस्तरबाट ऊर्जा सङ्कट समाधान गर्न आह्वान हुनका साथै मध्य र दीर्घकालीन हिसाबले विद्युत् समस्या हल गर्न तत्काल केही लघु, मझौला र ठूला विद्युत् परियोजनाहरू सुरु गरिनेछन् ।

नौस्यालगाड परियोजनाको तत्कालै वातावरणीय सर्वेक्षण कार्य सम्पन्न गरी निर्माण कार्य अघि बढाइने, छ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजना र एक सय मेगावाटको जलाशययुक्त इन्द्रावती आयोजनाको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रारम्भ गरिनेछ ।

लोडसेडिङको अवस्था अत्यन्त गम्भीर भएकोले सरकारले ऊर्जा सङ्कटकाल घोषणा गरिसकेको सन्दर्भमा वर्तमान स्थितिमा सुधार नआएसम्म नेपालमा उत्पादित जलविद्युत् स्वदेशभित्रै खपत गर्ने व्यवस्था मिलाउने तथा मुलुकको अन्तरिम संविधान व्यवस्था गरेअनुसार जललगायतका सम्पूर्ण प्राकृतिक स्रोतसाधनको सम्बन्धमा कुनै पनि नयाँ व्यवस्था गर्दा व्यवस्थापिका—संसद्को दुई तिहाइ बहुमतको व्यवस्थालाई कडाइका साथ पालना गरिने श्वेतपत्रमा उल्लेख छ ।

निजीक्षेत्रको सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न प्रोत्साहन गर्ने, कर छली तथा अन्य माध्यमबाट भ्रष्टाचार र कालो धन्दा गर्ने आपराधिक क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गर्ने, सबै प्रकारका सिन्डिकेट र मिलोमतोमा मूल्य निर्धारण गर्ने कार्य गैरकानुनी घोषित भइसकेकोले कडाइका साथ नियन्त्रण गर्ने, निजी क्षेत्रले उद्योग सञ्चालनको क्रममा औद्योगिक उपत्पादन प्रयोग गरी अतिरिक्त विद्युत् उत्पादन गरेमा सो विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने व्यवस्था मिलाउने, निजी क्षेत्रले सौर्यलगायतको वैकल्पिक ऊर्जा उत्पादन गर्न आयात गर्ने मेसिनरी सामानमा भन्सार महसुल छुट दिइनेछ ।

अर्थतन्त्रको औद्योगीकरण एवम् आधुनिकीकरणका लागि आर्थिक वृद्धि, रोजगारीका अवसरको वृद्धि, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन एवम् पुँजी निर्माण गर्न सक्षम, स्वच्छ प्रतिस्पर्धी, पारदर्शी र आत्मविश्वासयुक्त निजी क्षेत्रको विकास गरिनेछ ।

पत्रकार सम्मेलनमा अर्थमनत्री अधिकारीले सबै क्षेत्रकाके विशवास लिएर आगामी बजेटलाइ पूर्णता दिने बताउनुभाये । विगतका बर्षहरुमा पर्याप्त रुपमा प्रि बजेटमा छलफल हुन नपाएको तथा विपक्षी दल कङग्रेसले पनि प्रि बजेटमा छलफलको माग गर्दै आएकाले यसपालीको बजेटमा पर्याप्त छलफल गर्नै समय मिलाउन  आफू सकारात्मक ।रहेको उल्लेख गर्नुभाये । बैशाख २० मा ल्याउने तयारी गरिएको बजेट छलफलका लागि पर्यापत समय छुट्टार्यने भएकाले केही दिन पर सर्न सक्ने पनि अधिकारीले जनाकारी दिनुभयो ।

उद्योग वाणिज्य महासंघको मतगणना जारीः

काठमाण्डौं, २९ चैत्र । उद्योग वाणिज्य महासंघका आगामी तीन बर्षे कार्यकालको नेतृत्व चयनकालागि आज भएको निर्वाचनको अहिले मतपरिणम आउने क्रम सुरु भएको छ । राजधानिको राष्ट्रिय सभा गृहमा जारी मतगणनाको पछिल्लो अवस्था अनुसार बस्तुगत तर्फको उपाध्यक्षमा प्रदिपजंग पाण्डे विजयी भएका छन् । पाण्डे आजाद श्रेष्ठको प्यानलबाट प्रतिष्पर्धामा उत्रिएका थिए । पाण्डेले अर्का प्रतिष्पर्धि सुरज बैद्य समुहका किरण साखः लाइ १९ मतले पराजित गरेका छन् । पाण्डले ४६ तथा साखः ले २७ मत प्राप्त गरेका थिए ।

त्यस्तै वस्तुगत तर्फबाट १२ जना चयन भएका छन् । बस्तुगत समुहका तर्फबाट २५ जना प्रतिष्पर्धामा उत्रिएका थिए । यसैबिच अहिले एसोसियट तर्फको मतगणना भइरहेको छु । १६ जना चयन हुने एसोसियट ततर्m २६ जना प्रतिष्पर्धामा रहेका छन् । एसोसियट लगत्तै जिल्ला तथा नगर समुहको मतगणना हुने र त्यसलगत्तै उपाध्यक्ष र त्यसपछिमात्र अध्यक्षको मतगणना गरिने निर्वाचन समितीले जनाएको छ ।

महासंघको नयाँ कार्यसमीतिका चयनका लागी राजधानीको राष्ट्रिय सभागृहमा अपरान्ह मतदान भएको थियो । महासंघको नयां नेतृत्वका लागि महासंघका पुर्व उपाध्यक्ष आजाद श्रेष्ठ र वर्तमान बरिष्ठ उपाध्यक्ष सुरज बैद्य समुह चुनावी मैदानमा रहेका छन् । निर्बाचनमा मुलुकभरका गरी ५ सय ६९ जना ब्यबसायीले भाग लिएका मध्यै ५ सय ६६ जनाले मतदानमा भाग लिएका थिए । निर्वाचनबाट ६१ सदस्यिय केन्द्रीय कार्यसमितीका चयन हुनेछ ।

जेठ १४ मा संविघान जारी नभएपनि संविधान सभा कायम रहन्छः प्रधानमन्त्री खनाल

इलाम, २९ चैत्र । प्रधानमन्त्री झलनाथ खनालले संविधान सभा सामान्य संसद जस्तो नभएकाले जेठमा संविधान जारी नभएपनि विघटन नहुने बताउनु भएको छ । गृह जिल्ला इलाम पुग्नु भएका खनालले भन्नुभयो ः ‘संविधानसभा सामान्य संसदजस्तो होइन, जो चाहेको बेला विघटन गरी नयाँ निर्वाचन गर्न सकियोस् !

इलामका कन्यामबासी सँगको अन्तरक्रियामा खनालले संविधान सभा ऐतिहासिक कार्यभारसहित गठन भएकाले निर्धारित काम सम्पन्न नगरी विघटन हुन नहुने बताउन बताउनुभयो । खनालले भन्नुभयो ः  नयाँ संविधान जारी नगरेसम्म संविधानसभाको औचित्य र दायित्व पूरा हुँदैन । प्रधानमन्त्री खनालले शान्ति प्रक्रियाको कामलाई गति दिएर नै संविधान निर्माणको काम अघि बढ्ने प्रष्ट पार्दै सरकार अर्जुनदृष्टिका साथ शान्ति प्रक्रिया सम्पन्न गर्न लागको सुनाउनुभयो ।

कन्याम महोत्सवको उद्घाटनका लागी इलाम पुग्नु भएका खनलाले कन्याम वासीलाइ फकाउन समेत भुल्नु भएन । खनालले भन्नुभयो  – ‘म तपाईहरूसँग यही जन्मेर यहींका भीर पखेराहरूमा सँगसँगै खेल्दै हुर्केको साथी, मित्र र नेता हुँ । मुलुकको प्रधानमन्त्रीका रुपमा यहाँको विकास प्रक्रियालाई अघि बढाउन मेरो दायित्व र जिम्मेवारी बढेको छ ।’

यसैबिच प्रधानमन्त्री खनालले नेकपा (एमाले)ले कुनै पार्टीलाई गृहमन्त्री दिने वा नदिने निर्णय नगरेका बताउनु भएको छ । इलाममा संचारकर्मीहरु सँग कुरा गर्दै खनालले भन्नुभयो गृहबारे जे निर्णय गर्नुपर्छ, त्यो सहमतिमा नै हुन्छ । किनभने सरकारका हरेक निर्णयहरू सहमतिमा नै गर्ने गरिएको छ ।’ प्रधानमन्त्री खनालले सबै दलहरुलाई समेट्ने प्रयास गरिएकाले मन्त्रीमन्डल विस्तारमा ढिलाई भईरहेको समेत बताउनुभयो । सरकामा जान धेरै दलहरुले ईच्छा देखाएकाले चरणबद्ध रुपमा मन्त्रीमन्डल विस्तार भईरहेको खनालले दावी गर्नुभयो ।

माओवादीले सरकारमा पठाउने नेताहरको टुङ्गो आउँदो बिहिबार लगाउने

काठमाण्डौं, २९ चैत्र । एकीकृत नेकपा माओवादीले सरकारमा पठाउने नेताहरको टुङ्गो आउँदो बिहिबार लगाउने भएको छ । माओवादीको आज बसेको स्थायी समिती बैठकपछि प्रवक्ता दिननाथ शर्माले आउँदो बिहिबार बस्ने स्थायी समिती बैठकले मन्त्रीमण्डलले पूर्णता पाउनेबारे निणर्य गर्ने जानकारी दिनुभयो । साथै माओवादीले एमालले गर्न लागेको सरकार विस्तारलाइ समेत सकारात्मक भनको छ । सरकार विस्तार गर्न नसकेको आरोप त कम्तीमा हल भयो बैठकपछि शर्माले भन्नुभयो । खनालजीको काम सकारात्मक छ ।

यसैबिच माओवादीले एमाले केन्द्रिय सदस्य एवं नवनियुक्र उर्जामन्त्री गोकर्ण विस्टमाथि हिजो भएको साङघातिक हमलाको दोषी तत्काल पत्ता लगाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । घटना निन्दनीय रहेको भन्दै कडा शब्दमा भत्र्सना पनि गरेको माओवादी प्रबक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । साथै बैठकले बिग्रदो शान्ति सुरक्षा प्रति विशेष ध्यान दिन आग्रह पनि गरेको छ । आज केहीबेर मात्र बसेको बैठक पर्सी विहान सम्मका लागि स्थगित भएको छ ।

यसैबिच प्रधानमन्त्री झलनाथ खनालले अपराधीहरुलाई नव नियुक्त मन्त्री गोकर्ण विष्टमाथी सांघातिक हमला गर्ने समुहलाइ कानुनको कठघरामा ल्इाएरै छाड्ने दृढता ब्यक्त गर्नुभएको छ ।

हिजो अज्ञात समूहको आक्रमणबाट घाइते हुनु भएका नवनियुक्त उर्जामन्त्री गोकर्ण विष्टको स्वास्थ्य अवस्थावारे जानकारी लिन मनमोहन अस्पताल पुग्नुभएका प्रधानमन्त्री खनालले अपराधी जो सुकै भएपनि कारबाही गराएरै छाड्ने बताउनुुभयो । संक्रमणकालीन राजनीतिको फाईदा उठाएर अराजक क्रियाकलाप गर्नै र गराउने तत्वहरु सल्बलाउन खाजेको टिप्पणी गर्नुभयो । घटना निन्दनीय भएको भन्दै खनालले सरकारले तदारुकताका साथ अपराधीको खोजी कार्य जारी राखेको जानकारी दिनभयो ।

संविधान निर्माण नभए निरङ्कुशता जन्मन्छः  नेम्बाङ

कपिलवस्तु, २९ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधानसभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको ६० वर्षदेखिको चाहना यसपालि पनि अधुरो रहेमा मुलुकमा निरङ्कुशता जन्मन सक्ने बताउनुभएको छ । प्रेस चौतारी कपिलवस्तुले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सके सर्वसम्मत नत्र दुई तिहाई बहुमतबाट संविधान निर्माण गरिनुपर्ने बताउनुभयो । उहाँले संविधान निर्माणको क्रममा देखिएका विवादहरु समाधान भैसकेको भन्दै बाँकी विवाद समाधानका लागि राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको दोहाराउनुभयो । केही पनि काम नगरी संविधानसभाको म्याद मात्र थप्ने काम जनतालाई स्वीकार्य नहुने बताउँदै उहाँले जेठ १४ भित्रै संविधान बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उता एकिकृत नेकपा माओवादीका सचिव पोष्ट बहादुर बोगटीले जेठ १४ भित्र संविधान घोषणा गर्न नचाहनेहरुको बहु्मत संविधानसभामा बढ्न थालको दावी गर्नुभएको छ । माओवादी बाहेकका दलहरुको स्पष्ट धारणा आउन नसक्दा संविधानका मुख्य विषयबस्तुहरुमा छलफल गर्न नसकिएको र संधिान जारी गर्न नचाहने तत्वले शीर उठाएको  बोगटीले आरोप लगाउनुभयो । क्रान्तिकारी पत्रकार संघ मकवानपुरले आज हेटौ“डामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव बोगटीले साना दलहरुले संवैद्यँनिक समितिको बैठक अबरुद्ध गर्नुमा पनि ठूलै शक्तिको हात भएको दावी गर्नुभयो । शान्तिप्रक्रियालाई निष्कर्षमा नपु¥याइ संविधान निर्माण हुन नसक्ने भएकाले अन्य दलहरुले शान्ति प्रक्रियालाई अघि बढाउन नचाहेको आरोप लगाउदै बोगटीले शान्ति र संविधानको भविष्य चिन्ताजनक अवस्थमा पुगेको उल्लेख गर्नुभयो ।

यता नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले राजनीतिक दल इमान्दारीपूर्वक नलागेमा जेठ १४ गतेभित्र संविधान जारी हुन नसक्ने ठोकुवा गर्नुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले संविधानसभाको म्याद थप्ने वा नथप्नेभन्दा पनि दलहरू गम्भीर भएर समयमै संविधान जारी गर्न लाग्नुपर्ने बताउनुभयो । विगतमा संविधानसभाको म्याद थप्नुबाहेक कुनै खासै काम गर्न नसकेको उल्लेख गर्दै नेत्री कोइरालाले अब म्याद थप्नु भनेको जनतालाई झुक्याउनु मात्र भएको टिप्पणी गर्नुभायो । उहाँले पहिले शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याएपश्चात् संविधान जारी गर्नुपर्ने उल्लेख गर्दै दलहरू त्यस कार्यमा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कैलालीमा ब्यापक वन अतिक्रमण

कैलाली (अत्तरिया), २९ चैत । कैलालीमा २२ हजारभन्दा बढी हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । मुक्तकमैया, बाढीपीडित, सुकुम्वासी, भूमिहीनलगायतका नाममा वन क्षेत्र अतिक्रमण भएको जिल्ला वन कार्यालय,कैलालीले जनाएको छ । सो कार्यालयका अनुसार कैलालीमा झन्डै ३७ हजार घर टहरा वन अतिक्रमण गरी बनाएका छन् । अतिक्रमण गरेको वन क्षेत्रमा खेतीपाती गर्न थालिएको जिल्ला वन कार्यालय सहायक वनअधिकृत हेमन्त शाहले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी वन अतिक्रमण भएका गाविसमा फूलबारी, रतनपुर, पवेरा, लालबोझी, पहलमानपुर, मसुरिया, रामशिखरझाला, हसुलियालगायतका छन् । जिल्ला वन कार्यालयले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको चैतसम्म १६५ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरी ५०० भन्दा बढी घर टहरा हटाएका छन् ।

बाराक ओबामाको समाचार

अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा विदेश मन्त्री हिलारी क्लिन्टनले नेपालीहरुको नयाँ बर्ष २०६८ को शुभकामना ब्यक्त गर्नु भएको छ । अमेरिकी विदेशमन्त्री क्लिन्टनले ओबामाको तर्फबाट एक विज्ञप्ती जारी गर्दै नयाँ बर्षले नेपालीहरुलाइ राष्ट्रिय एकता तथा ख्यातिको कामना गर्नु भएको छ । साथै विज्ञप्तीमा अमेकिारले नयाँ बर्षसँगै नेपालको शान्ति प्रक्रिया तथा संविधान निमार्ण पुरा हुने आशा ब्यक्त गर्दै नेपाल विकासको लागी अमेकिारले सधैँ सहयोग गर्ने जनाएको छ ।

संवैधानिक समितिको बैठक बसेन

काठमाडौँ, २९ चैत । संवैधानिक समितिको आज बिहान बस्ने गरी तय भएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको छ । सो समितिको विगतका बैठकमा आदिवासी जनजाति, पिछडिएका वर्ग, मुस्लिम समुदायको हकअधिकार नयाँ संविधानमा समावेश गर्ने सुनिश्चितता नभएसम्म बैठक चल्न नदिने केही सभासद्हरूको अवरोधका कारण बैठक विषयमै प्रवेश नगरी स्थगित हुँदै आएको थियो । समितिमा देखिएका विवाद र प्रश्नहरूको प्रमुख तीन राजनीतिक दलहरूबीच परामर्श भई समाधान निस्किएला र अन्य दलहरूसँग समेत छलफल होला भनी बैठक आजलाई डाकिएकोमा दलहरूको बैठकै नबसेको परिस्थितिमा आजको बैठक स्थगित गर्नु परेको समितिका सभापति नीलाम्बर आचार्यले जानकारी दिनुभयो । उहाँले समितिको अर्को बैठक आगामी २०६८ वैशाख २ गते बिहान साढे आठ बजे पनि जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय समाचार
लिबियाबारे फ्रान्स र बेलायतको नयाँ धारणा सार्वजनिक

काठमाण्डौं, २९ चैत्र । बेलायत र फ्रान्सले लिबियामा अभैmपनि सर्वसाधारण नागरिकहरु असुरक्षित रहेको भन्दै नेटोले थप कारवाहि गनुपर्ने बतएका छन् । दुबै देशका विदेशमन्त्रीले आज पत्रकर सम्मेलनको अयोजना गरि लिबियामा रहेका ठुला हातहतियारका कारण सर्वसाधारण असुरक्षित भएको भन्दै त्यसलाइ नेटोले विनाश गनुपर्ने बताएका छन् ।  नेटोले लिबियाली शाशक मुहम्मर गद्याफि समर्थीत सैनिकले प्रयोग गरिरहेको हातहतियार नष्ट गनुपर्छ  फ्रान्सका विदेशमन्त्री एलीन जुप्पीले भने ः नेटोको हवाइ हमलाका बाबजुत पनि लिबियामा नागरिक असुरक्षित रहेको छन् ।  जुप्पीले नेटोले खेलको भूमिका पूर्ण नभएको भन्दै पूर्णरुपमा भूमिका निर्वाह गर्न समेत नेटोलाइ आग्रह गरेका छन् ।

त्यस्तै बेलातिय विदेशमन्त्री विलियम हेगले पनि नेटोलाइ सैनिक हमलामा वृद्धि गर्न आग्रह गरेका छन् । साथै हेगले गद्याफिलाइ तत्काल आत्मसमपर्णका लागी समेत आग्रह गरेका छन् ।

जापानमा इमरजेन्सी स्तर बढ्यो

जापानले फकुशिमा आणविक केन्द्रको खतरा स्तरमा वृद्धि गरेको छ । जापानी आणविक हिदोहिको निसियामाले परमाणु केन्द्रको खतरा स्तर ७ पु¥याइएको जनाएका छन् । यो स्तर वृद्धि पछि सन् १९८६मा सोभियत संघको (चेर्नोबेल) जस्तै अवस्थामा पुगेको हो । यद्यपि हिदोहिकोले फुकुसिमाबाट चेर्नोबेल भन्दा १० गुणा कम आणविक चुहावट भइरहेको जानकारी दिएका छन् । जापानमा गत मार्च ११मा गएको भुकम्प र त्यसलगत्तै आएको सुनामीका कारण फकुशिमामा रहेका ६ वटा आणविक रियाक्टर विष्फोट भएको थियो । जसका कारण त्यहाँबाट आणविक वातावरणमा फैलिएको थियो । चर्नोबल आणविक विष्फोटलाइ हालसम्ककै भयंकर आणविक बिष्फोटका रुपमा लिइने गरिन्छ । जसका कारण हजारौ नागरिकले ज्यान गुमाएका थिए ।

No comments: