R.P Pandey |
काठमाण्डौँ । सर्वोच्च अदालतका प्रधान्याधीश खिलराज रेग्मी नेपालको अन्तिरिम चूनावी मन्त्रीपरिषद्का अध्यक्ष भएका छन् । प्रमुख चार राजनैतिक दलहरुको सहमतिमा राष्ट्रपति डा रामवरण यादवले धारा १५८ अनुरुप बाधा अड्काउ फुकाउ गरेपछि खिलराज रेग्मी प्रधानमन्त्री बन्नु भएको छ । वास्वतमा को हुन् त खिलराज रेग्मी ?
बिक्रम संवत् २००६ साल जेठ १८ गते पश्चिमको पाल्पामा जन्मिएका खिलराज रेग्मी २०२८÷२९ सालमा शाखा अघिकृतमा सरकारी जागिरमा प्रवेश गरेका हुन् । रेग्मीले त्यसको दुई बर्षमै रेग्मी जिल्ला न्यायधीश बने । जिल्ला न्यायधीश बनेको एक बर्षमै उनि राज पत्रअंकित प्रथम श्रेणीका सरकारी कर्मचारीमा बढुवा भएर उपरजिष्ट्रार बने । ६ बर्षसम्म उप रजिष्ट्रारको जिम्मेवारी सम्हालेका रेग्मी त्यसपछि बिभिन्न पुनरावेदन अदालतमा न्यायधीश हु“दै प्रमुख न्यायधीश बने । पुनरावेदन अदालतमा पनि रेग्मीले चार बर्षभन्दा बढि काम गरेनन्, त्यसलगत्तै उनि सर्वोच्चमा न्यायधीशको रुपमा प्रवेश गरे २०५९÷६० सालबाट । सर्वोच्चका प्रधान न्यायधीश रामप्रसाद श्रेष्ठले अनिवार्य अवकाश पाएपछि २०६८ साल बैसाख २३ गते खिलराज रेग्मी प्रधान न्यायधीशमा बढुवा भएका हुन् । उमेर हदवन्दीका कराण सर्वोच्चमा प्रधान न्यायधीशको कार्यकाल छोटो मात्रै हुने गरेपनि रेग्मीको कार्यकाल अझै डेढ बर्ष बाकी नै छ ।
Chief Justice to be PM of Nepal |
शर्मा अन्तराष्ट्रिय कानुन अवार्ड, गोरखा दक्षिण बाहु तेस्रो र चौथो, त्रिशक्ति पट्ट तेस्रो लगायतका पदकहरुबाट विभूषित भएका कर्मशील ब्यक्तित्व मानिन्छन् ।शर्माले नेपालको न्यायलय र कानुन सुधारका लागि गठन गरिएका बिभिन्न आयोग र समितिमा रहेर समेत काम गरिसकेका छन् । नेपाल न्यायधीश समाजका अध्यक्ष समेत भइसकेका रेग्मी कम बोल्ने स्वभावका न्यायधीशको रुपमा परिचित छन् ।र उनी यतिबेला देशको कार्यकारी अधिकार सहितका प्रधानमन्त्री बनेका छन् ।
खिलराजको जीवन यात्रा ?
मान्छेको जीवन नै संयोगहरुको एउटा जीवन्त सङग्राहलय न हो आखिर । संयोगहरु कति दुखद हुन्छन् त कति सुखद पनि । सुखद संयोगहरुले मान्छेको जीवन नै कायापलट गरिदिएको त सबैले देखेकै छन् भोगेकै छन् । तर दुखद संयोगले जीवनको धार नै बदलेर मान्छे सफलताको उच्चतम विन्दुमा पुगेका उदाहरण भने शिला खोजे झै खोज्दा पनि भेटाउन गाह्रै पर्छ हाम्रो परिवेशमा ।
दुखद संयोगले सुखद जीन्दगीको रथ हाक्ने मध्येका एक हुन् न्यायमूर्ति खिलराज रेग्मी जो अहिले देशकै न्यायपालिकाको बागडोर सम्हाल्न सफल भएका छन् । पोखराथोकको धुले पाठशालामा खरिको ढुङो कोरेर कखरा सिकेका खिलराजका अभिभावकलाई छोरो गाउँमै रह्रयो भने यहिको अस्तव्यस्ततामा गुमनाम होला भन्ने चिन्ताले गाँजेरै होला तीन ताका काका को जिम्मा लगाएर वनारस तिर पढाउन पढाएका । पहाडका व्रहाम्हण परिवारले छोराहरुलाई वनारसमा संस्कृत पढ्न पढाउने प्रचलन समाजमा स्थापित भएको बखत उनी पनि बनारस त पुगे तर अरुहरुले झै संस्कृतमा भने उनको कत्ति लगाबै भएन त्यो वाल मस्तिष्कले संस्कृतमा मात्रै मेरो भविष्य छैन भन्ने कुरा कसरी जान्यो अहिले पुराना स्मृतिमा हराउदा कहिले काहि अचम्मै लाग्छ उनलाई ।
यसरी उनले त्यहिबाटै हाइ स्कुल पास गरे र बनारसमै आइएस्सी पढ्न भर्ना भए । आइएस्सी पढ्न भर्ना भएको केहि महिना पछि उनी नराम्ररी विरामी परेर थलिन पुगे । विरामी परेपछि उनले स्वास्थ्य लाभका लागी लामो समय सम्म आराम गर्नु पर्ने भयो । त्यसैले उनी आफ्नो पढाइ बिचैमा छाडेर गाउँ फर्किए । लामो ग्याप पछि स्वास्थ्य पूर्ण रुपमा ठिक भए पछि वनारस फर्किदा धेरै पढाइ छुटिसकेको हुनाले आइएस्सी पढ्न गाह्रो पर्ने भए पछि शिक्षकहरुले उनलाई आइ ए पढ्न केहि सहज हुने बताए पछि उनी आइए पढ्न थाले र राम्रै अङक ल्याए पनि । स्वास्थ्यकै कारण आइएस्सी पढ्नबाट बन्चित खिलराज यतिबेला आइएस्सीबाटै शैक्षिक यात्रा अगाडि बढाइरहेको भए सायद इन्जिनियरिङ पेशा तिर हुन्थे होला किनकी उनी सँगै त्यो ताका आइएस्सी पढेकाहरु अहिले इन्जिनियरिङ पेशामा छन् जुन पेशा एक ताका खिलराजको पनि पहिलो रोजाइ भित्र पथ्र्यो । तर उनी त्यहि एउटा सानो संयोगले गर्दा नै अहिलेको अवस्था सम्म आइपुगेको हुन् ।
स्वास्थ्यले मोडिदिएको पढाइले आखिर जीन्दगीको बाटो नै फरक बनाइदियो । वनारसमा युपि बोर्डबाट आइए पास गरे पछि त्यै मन रमाउन सकेन र उनी पुन फर्किए आफ्नै गाउँमा । विस्तारै विस्तारै पाल्पामा पनि शैक्षिक गतिविधि फस्टाउन थालको थियो त्यो ताका अनि तानसेनमा रहेको त्रिभुवन क्याम्पसमा विए पढ्न भर्ना भए खिलराज २०२५ सालमा । जव उनले तानसेनमा विए पास गरे त्यस पछि पुन उनी उच्च शिक्षाको लागी जिल्ला बाहिर जानु पर्ने भयो । कहाँ जाने के पढ्ने भन्ने अन्यौलले खिलराजका मनमा डेरा जमाएको अवस्थामा हजुरवुवा अमरनाथले अचनक एउटा भिन्न प्रस्ताव अगाडि सार्नु भयो परिवारका सामु र त्यो प्रस्ताव थियो खिलराजलाई कानून पढ्न काठमाडौ पठाउने ।स्नातक सकेर त्यतिबेला उनी गाउँकै विष्णु माविमा शिक्षक बनेका थिए । वालपन देखिकै आफ्नो नातिको आनीबानिको राम्रो भेउ पाएका हजुरवुवाले उनको स्वभावको मूल्याङकन गरेर नै उनलाई वकिल बनाउन खोजेका रहेछन् । हजुरवुवाको नातिको काठमाडौ यात्रा र कानून पढाइको कुरा पास भए पछि नै खिलराजको न्याय क्षेत्रको खुलेको हो ।
आफू कहिल्यै कसैसँग पनि झगडा नगर्ने र झगडा परेको ठाउँमा पनि कुराकानि मिलाएर दुबै पक्षलाई चित्त बुझाउने खुवि भएकैले होला उनले हुर्किदै गर्दा गाउँ ठाउँमा वाल वकिलको दज्यानी पदवि पाइ सकेका थिए आफ्ना साथि र अग्रजहरुबाट । वालापनको एउटा सम्झना भने अझै पनि ताजै छ उनको मनमा जसलाई उनी आफ्नो पहिलो इजलास नै मान्न तयार छन् । कुरा साल ताकाको हो जुन बेला उनी गाउँकै धुले पठशालामा पढ्र्थे । एक दिन साथिहरु एक आपसमा झगडा गरेर एकले अर्काको टाउकोमा ढुङगा हानेर रगत नै बगाइदिए छन् ।अनि त्यो बेला ती साथिहरुलाई मिलाउने काम खिलराजले नै गरेका थिए र उनीहरु विच समझदारि कामय भएको थियो । यो त एउटा प्रतिनिधि प्रसङग मात्र हो यस्ता खाले अनूभव त बाला पन देखि हुर्कदै गर्दा सम्मका कति छन् कति । साथि संगतिको वकिल हुदा हुँदै एकाएक उनी सारा देशकै नामुद वकिल बन्न सफल भए का हुन् ।
परिवारले उनलाई कनून पढ्न काठमाडौ त तपायो तर सोचे जस्तो सजिलो कहाँ पो थियो र कानून पढ्न । गाह्रो छ भनेर फेरी विचलिन हुन पनि उनलाई आफ्नो सपना र परिवारको सपनाले कत्ति पनि धरै दिएन किनकी काठमाडौको नेपाल ल क्याम्पसमा विएल पढ्न भर्ना भए देखि नै उनले आफ्नो दिर्घकालीन भविष्य कानून क्षेत्रमै छ भन्ने कुरा राम्ररी बुझिसकेका थिए । त्यसै त गाह्रो र झन्झटिलो विषय कानून त्यहि माथि संविधानको धारा , दफा र उपदफा कन्ठ पार्नु पर्ने केहि विषयहरु कहिले काहि त उनलाई विरक्त नलागेको पनि होइन र तर जुन विषय साथिभाई र अनी स्वयम्लाई अफ्ट्यारो लाग्थ्यो त्यहि विषय मै उनले सर्वोत्कृष्ट अङक ल्याएका थिए विएल पढ्दा । विएल पढ्दा देखि नै उनको लोकसेवा तयारीको क्रम हुरु भैसकेको थियो । र विएल पास हुदा नहुदै उनले लोक सेवाबाट शाखा अधिकृतमा नाम निकालिसकेका थिए ।
२०३० सालमा उनी २५ वर्षको उमेरमै बाग्लुङ जिल्लाको जिल्ला न्यायधिस भएर गएका थिए र उनलाई हेर्न फुच्ने आएको छ भनेर गाउँ गाउँबाट मान्छेहरु अदालत सम्म आउने गर्थे । बाग्लुङमा दुइ वर्ष काम गरिसके पछि उनी वर्दिया जिल्लाको न्यायधिस भएर गए । त्यहाँ उनले कमाएको छविका कारण निकै चर्तित समेत बन्न पुगे । त्यहि लोकप्रियताको जगमा उनको लगन गाँठो पनि गासियो २०३२ सालमा शान्ता रेग्मी सँग । वर्दियाबाट फर्केर पुनराबेदन अदालतमा छिरेका उनी न्याधीसबाट मुख्य न्यायधीस दुदै सर्वोच्च अदालतको न्यायधीस बन्न पुगे २०५९ सालमा त्यस पछि २०६८ बैसाख देखि उनी हाल नेपालको सबै भन्दा माथिल्यो न्यायीक निकाय सर्वोच्च अदालतमा प्रधान न्यायधीस छन् । जसलाई राज्यको तेस्रो अङ समेत भन्ने गरिन्छ ।
यसरी पोखराथोक देखि सर्वोच्च अदालत सम्मको यो लामो यात्रामा उनले थुप्रै अफ्ट्यारा घुम्ति र मोडहरु पार गर्नु परेको छ । निश्चय नै थोरै लागव र सपपर्णले डोहोर्यादैन सफलताको बाटो । सफलताको चावि खोल्ने साँचो त सबै सँग छ तर जो पायो त्यहि मान्छे सितिमिति मूल ढोका खोलेर भित्र छिर्ने सक्दैन । तपाईको सफलताको मुख्य राज के हो भन्ने प्रश्नको उत्तरमा उनको जवाफ छ मेरो कर्म प्रतिका विश्वास नै भन्छन् उनी । उनलाई लाग्छ आफूले आटेको काम समर्पित भएर गरिएन भने अवसर र सफलता कहि कतै बाट झर्ने होइन । खिलराजका अनुसार यो सफलताका पछाडि पाल्पाको समुदाय र त्यहाका शुभचिन्तकको सहयोग र त्यहाँका शक्ति पिठहरुको ठूलो हात छ ।
अरुको विवाद मिलाउनमै आफ्नो सम्पूर्ण जीवन अपर्ण गरेका खिलराजका आफ्नो कर्म प्रति सधै विश्वास गर्छन् । हाल सम्म उनले नत न्ययालयमा कुनै राजैतिक दवावबाट आफ्नो फैसला सुनाएका छन् नत कुनै पारिवारिक सम्बन्धहरुकै आधारमा , उनी भन्छन् दवाबहरुबाट विचलित नएरै म यो ठाउँ सम्म आइ पुगेको हुँ । आधुनिकता सँगै क्रमश विलिन हुदै गएको धार्मिक र नैतिक कानूनको उल्लङघन र हराउदो सामाजिक अनुसासन र सदाचारिताले गर्दा विगतको दाजोमा समाजमा अराजकता बढ्दै भएको र त्यसले गर्दा वर्तमान सन्दर्भमा कानूनि शासनको अभ्यास सार्थक हुन नसकेकोमा उनको साहै चित्त दुखाई छ । अब प्रधानमन्त्री बनेपछि खिलराज सामु अहिलेको संक्रमण काल ब्यवस्थापन गर्ने, असन्तुष्टलाई मनाउने र निर्वाचन गराउने रहेको छ ।
No comments:
Post a Comment